चलाक र छली बन्दा सिकेको पीडादायी पाठ

25 अप्रिल 2023

सन् २०२० मा मैले मण्डलीमा डिजाइनको काम गरिरहेकी थिएँ, विशेष गरी खाका बनाउने काम। केही समयपछि, मैले खाका बनाउने काम अरू कामभन्दा ढिलो काम रहेछ भन्‍ने थाहा पाएँ। मेरा सुपरभाइजरले अरू कामको पनि रेखेदेख गरिरहेकी थिइन्, त्यसैले उनले हाम्रो कामको त्यति लेखाजोखा गरिरहेकी थिइनन्। म सुस्त हुन थालेँ। मलाई कसैले पनि हतार लगाइरहेका थिएनन्, त्यसैले म सधैँका कर्तव्यहरू नै पूरा गर्थेँ। म अल्छे भइनँ र हरेक दिन केही तस्विरहरू सकाएँ भने काफी हुन्छ भन्‍ने लाग्थ्यो। जे भए पनि, यो निकै आरामको काम थियो। मैले यसमा हतार गर्नु वा शारीरिक कष्ट भोग्‍नु पर्दैनथ्यो। हाम्रो समूहको मुख्य व्यक्ति म नै थिएँ; मलाई सबै सिद्धान्तहरू र कामबारे थाहा थियो। त्यसैले म त्यो कर्तव्यमा अवश्य रहिरहन्छु र अन्तिममा मुक्ति पाउँछु भन्‍ने मलाई लाग्थ्यो। त्यस्तो दृष्टिकोण बोकेर, मैले आफ्नो कर्तव्यमा दैनिक उद्देश्य वा योजना बनाउने गर्दिनथेँ। म आफूले सक्‍ने जति गर्थेँ र जति काम गरिन्थ्यो त्यसैमा चित्त बुझ्थ्यो। म कहिल्यै अल्छे देखिँदिनथेँ, तर म पूर्णरूपमा ढुक्‍क हुन्थेँ। चित्र बनाउने क्रममा मलाई ध्यान केन्द्रित गर्न निकै गाह्रो हुन्थ्यो। म आफ्नो च्याटिङ सफ्टवेरमा आएका मेसेज नोटिफिकेसनहरू तुरुन्तै चेक गर्थेँ, महत्त्वपूर्ण वा आतुरी जे-जस्तो भए पनि प्रतिक्रिया दिन्थेँ र उठेका कुराहरू सम्‍हालिहाल्थेँ। म थाहै नपाई धेरै समय बरबाद गर्थेँ। कहिलेकहीँ हाम्रो भेला बिहान हुन्थ्यो, र मैले आफ्‍नो समय राम्ररी सदुपयोग गरेकी भए, त्यो दिन म तीनवटा चित्र पूरा गर्न सक्थेँ, तर पहिलो चित्र पूरा गरेपछि मलाई निकै सन्तुष्ट लाग्थ्यो, र सोच्थेँ, बिहानको भेलाले आधा दिन लिइसकेकोले, दुइटा चित्र बनाउनु नै पर्याप्त हुन्छ। त्यसैले म अल्याङटल्याङ गर्थेँ र दुइटा मात्रै चित्र पूरा गर्थेँ। त्यति मात्र होइन, म खाली समयमा समाचार हेर्थेँ। म आफ्‍नो जीवन प्रवेशबारे वा आफ्नो कर्तव्यमा के-कस्ता समस्याहरू हुन सक्लान् भनेर विचार गर्दिनथेँ। त्यो अवधिमा, मैले आफ्‍नो कर्तव्यमा मेहनत मात्रै गरिरहेकी थिएँ, परमेश्‍वरको वचन पढ्न वा आत्मचिन्तन गर्न ध्यान दिँदिनथेँ। मैले भ्रष्टता देखाएँ तर त्यो समाधान गर्न सत्यता खोजिनँ। मलाई आफ्नो काममा कुनै निश्‍चित कठिनाइ छैन र मैले निकै नै डिजाइनहरू पूरा गरेकी छु, त्यसैले मैले आफ्‍नो कर्तव्यमा ठिकै गरिरहेकी छु भन्‍ने लाग्थ्यो।

कामको बोझ बढिरह्यो, तर हाम्रो चित्र बनाउने गति अत्यन्तै सुस्त भयो, त्यसैले काम थुप्रियो। एउटा डिजाइन त पुरै एक महिना थाँतीमा रह्यो। सुपरभाइजरले यसबारे थाहा पाएर हाम्रो दैनिक कामको परिणाम जाँचेपछि, हाम्रो परिणाम कति न्यून छ भन्‍ने थाहा पाइन् र हामीलाई आफ्‍नो कर्तव्यमा अल्छी र लापरवाह भएकोमा कठोर निराकरण गरिन्। काम कति पछि परेको छ भन्‍ने देख्दा पनि हामीलाई आतुरी भएन, र कसैले यसको रिपोर्ट गरेनन्। हामी लापरवाह थियौँ, बोझ लिँदैनथ्यौँ, र कर्तव्यमा अल्याङटल्याङ गर्थ्यौँ, र त्यो सुसमाचार काममा बाधा थियो। सुपरभाइजरले त्यसो भनेको सुन्दा म निकै छक्‍क परेँ। मलाई सामान्यतया आफू निकै व्यस्त भएको र आफूले धेरै काम गरेको जस्तो लाग्थ्यो, त्यसैल ध्यान दिएर हिसाब लगाउँदा किन त्यो यति थोरै भयो? के त्यसले मलाई मण्डली चुस्ने परजीवी तुल्याउँदैन र? यस्तै भइरहेको भए, मलाई बर्खास्त गरिनेथ्यो र निकालिनेथ्यो। त्यसपछि, सुपरभाइजरको रेखदेखमा कर्तव्यमा मेरो दक्षता अलिक सुध्रियो। तर बाँकी रहेका सबै डिजाइनहरू देख्दा म चिन्तित हुन्थेँ। विशेष गरी, सुपरभाइजरले कामको राम्ररी अनुगमन गरिरहेकी थिइन्, उनी कहिलेकहीँ विस्तृतमा सोध्थिन् र हामीलाई कहाँ समस्या भइरहेको छ भनेर जाँच्थिन्। हामीले फेरि अल्याङटल्याङ गरिरहेका देख्दा, उनी हामीसँग अझ रूखो शैली प्रयोग गर्थिन्। मलाई रिस उठ्थ्यो। भन्‍न सजिलो, तर गर्न गाह्रो—मलाई उनले अत्यधिक माग गरिरहेकी छिन् जस्तो लाग्थ्यो। के उनलाई यी डिजाइनहरू गर्न सजिलो छ जस्तो लाग्यो? मैले परिश्रम गरिरहेकै थिएँ। उनले त्यस्तै मागहरू गरिरहिन् भने के गर्ने? म महामानव त थिइनँ नि। म प्रतिरोधको स्थितिमा थिएँ, त्यसैले मलाई थप कष्ट भोग्‍न वा मूल्य चुकाउन मन लागेन। चाँड-चाँडो मेरो देखावटी प्रयास सुपरभाइजरलाई देखाउन मात्रै थियो। म अति सुस्त भएँ भने मलाई निराकरण गरिनेछ भन्‍ने डर थियो। मलाई घिसार्दै छ जस्तो लाग्थ्यो र हरेक दिन म थकेर चूर हुन्थेँ। सबै चित्र क्षणभरमै बनाउन सकिए त कति राम्रो हुनेथ्यो भनेर म प्रायः कल्‍पना गर्थेँ, र मलाई अरू सिस्टरहरूको डाहासमेत लाग्थ्यो, तिनीहरूको कर्तव्य साह्रै आरामदायी छ, तर मैले भने हरेक दिन असीमित डिजाइनहरू गर्नुपर्छ भनी सोच्थेँ। यो निकै गाह्रो र थकाइलाग्दो थियो, र मलाई ढिलो काम गरेमा निराकरण गरिन्थ्यो। मैले यो काम राम्रो छैन भन्‍ने सोचेँ। म सही स्थितिमा नभएकी हुनाले, केही समयसम्‍म मलाई निरन्तर निद्रा मात्रै लाग्थ्यो। राती म पर्याप्त सुत्थेँ, तर दिउँसो पनि म अर्ध निद्रामा हुन्थेँ। मैले डिजाइनमा काम गर्न आफ्‍नो ऊर्जा बटुल्‍नुपर्थ्यो। त्यसपछि मैले मसँग काम गर्ने दुई जना सिस्टरहरूको काममा केही समस्या देखेँ। एउटीले सिद्धान्तहरू बुझेकी थिइनन् र उनले सानातिना कुराहरू खोतलिरहेकी कारण हाम्रो प्रगतिमा ढिलाइ भइरहेको थियो। अर्कीले झारा टार्ने मात्रै गरिरहेकी थिइन्, तर मैले यी कुरा त्यतिकै औँल्याइदिएँ मात्रै तर कहिल्यै अनुगमन गरिनँ, र मैले यसबारे हाम्रा अगुवालाई बताएकी थिइनँ। हाम्रा टोली अगुवाले समस्याहरू पत्ता लगाएर ती सम्‍हालिन्, तर हाम्रो काम ढिलो भइसकेको थियो।

एक दिन अगुवाले मलाई अचानक भेटेर भनिन्, “तपाईं आफ्‍नो कर्तव्यमा झाराटारुवा, चलाक, छली, र गैरजिम्‍मेवार बनिरहनुभएको छ। कसैले टेवा दिँदा मात्रै तपाईं प्रयास गर्नुहुन्छ। तपाईंले साँचोरूपमा आफूलाई परमेश्‍वरमा समर्पित गरिरहनुभएको छैन। तपाईंको व्यवहारको आधारमा, तपाईंलाई बर्खास्त गरिएको छ। तर चाहनुहुन्छ भने, डिजाइनको काम पार्टटाइम गर्न सक्‍नुहुन्छ। तपाईंले साँच्‍चै पश्‍चात्ताप गर्नुभयो भने हामी तपाईंलाई भविष्यमा फेरि लिनेछौँ।” अगुवाले मेरो खुलासा गरेको देख्दा म अवाक् भएँ। मैले आफ्‍नो कर्तव्य त्यसरी पूरा गर्दै आइरहेकी थिएँ। तर मलाई त्यो परिस्थिति अति अचानक भयो। मैले त्यो वास्तविकतालाई तुरुन्तै स्विकार्न सकिनँ। मैले हाम्रो काममा ढिलाइ गरेकी छु र त्यसले वास्तविक हानि गरेको छ भनेर स्विकारेँ। म निकै दुःखी भएँ अनि पछुतो र आत्मग्‍लानिले भरिएँ, र परमेश्‍वरको धर्मी स्वभावले कुनै मानव अपराध सहँदैन भन्‍ने कुरा मैले महसुस गर्न सकेँ। परमेश्‍वरले कसैलाई हेर्नुहुँदा, उसले कति राम्रो व्यवहार गरेको र ऊ कति व्यस्त भएको देखिन्छ त्यो हेर्नुहुन्‍न। उहाँ सत्यता र आफ्‍नो कर्तव्यप्रति तिनीहरूको मनोवृत्ति हेर्नुहुन्छ। तर आफ्‍नो कर्तव्यप्रति मेरो साँच्चै लापरवाह मनोवृत्ति थियो, झारा टार्थेँ, अल्याङटल्याङ गर्थेँ, र मलाई सधैँ अरूले टेवा दिनुपर्थ्यो। मलाई निराकरण गरिएपछि म परिवर्तन भइनँ र परमेश्‍वरले मलाई धेरैपहिले घृणा गरिसक्‍नुभएको थियो। बर्खास्त हुनु परमेश्‍वरको ताडना र अनुशासन थियो। यसको दोषी म नै थिएँ—मैले जे छरेँ त्यसैको कटनी गरिरहेकी थिएँ। म समर्पित भएर साँचो आत्मचिन्तन गर्न र आफ्नो विगतका अपराधहरू सच्याउनलाई पश्‍चात्ताप गर्न तयार भएँ। तर मैले नबुझेको कुरा के थियो भने सुरुमा म राम्रो काम गर्न चाहन्थेँ, तर पनि म किन आफ्‍नो कर्तव्य त्यसरी पूरा गर्न पुगेँ? त्यसको कारण के थियो? मैले अन्योल भएर परमेश्‍वरलाई प्रार्थना गरेँ र आफ्‍नो समस्या बुझ्‍न अन्तर्दृष्टि मागेँ।

त्यसपछि मैले मेरो भक्तिको समयमा परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “वास्तवमा, यदि तिमीहरूले होसियारीसाथ र जिम्‍मेवारीपूर्वक आफ्‍नो कर्तव्य पूरा गरेका भए, आफ्‍ना अनुभवहरू बताउन र परमेश्‍वरको गवाही दिन सक्‍ने बन्न पाँच-छ वर्ष पनि लाग्‍दैनथियो, अनि मण्डलीका विभिन्‍न काम निकै प्रभावकारी रूपमा पूरा हुनेथियो—तर तिमीहरू परमेश्‍वरको इच्‍छालाई ध्यान दिन इच्‍छुक हुँदैनौ, न त सत्यताप्रति नै तिमीहरू लागिपर्छौ। तिमीहरूलाई कतिपय कुराहरू कसरी गर्नुपर्छ भन्‍ने थाहा छैन, त्यसैले म तिमीहरूलाई सही-सही निर्देशनहरू दिन्छु। तिमीहरूले सोचविचार गर्नुपर्दैन, तिमीहरूले केवल सुन्नु र त्यसलाई कार्यान्वयन मात्र गर्नुपर्छ। तिमीहरूले लिनैपर्ने थोरै जिम्मेवारी यो मात्रै हो—तर त्यो पनि तिमीहरूले गर्न सक्‍नेभन्दा परको कुरा हो। तिमीहरूको बफादारीता कहाँ छ? त्यो कहीँ पनि देखिँदैन! तिमीहरू मिठा-मिठा कुरा मात्रै गर्छौ। तिमीहरूलाई आफूले के गर्नुपर्छ भन्‍ने मनमा थाहा हुन्छ, तर तिमीहरू सत्यता अभ्यास नै गर्दैनौ। यो परमेश्‍वरविरुद्ध विद्रोह हो, र मुख्यतः यो सत्यताप्रति प्रेम नहुनु हो। सत्यताअनुसार कसरी काम गर्ने त्यो तिमीहरूलाई मनमा एकदमै राम्ररी थाहा छ—तिमीहरू यसलाई अभ्यास मात्रै गर्दैनौ। यो गम्‍भीर समस्या हो; तिमीहरू सत्यता अभ्यास नगरी यसलाई हेरी मात्रै रहेका छौ। तिमीहरू परमेश्‍वरको आज्ञापालन गर्ने व्यक्ति हुँदै होइनौ। तिमीहरूले परमेश्‍वरको घरमा कर्तव्य पूरा गर्न कम्तीमा पनि सत्यता खोजी र अभ्यास गर्नैपर्छ अनि सिद्धान्तहरूअनुसार काम गर्नैपर्छ। तैँले आफ्‍नो कर्तव्य पूरा गर्दा सत्यता अभ्यास गर्न सक्दैनस् भने, यसको अभ्यास कहाँ गर्न सक्छस् र? अनि यदि तैँले कुनै पनि सत्यता अभ्यास गर्दैनस् भने, तँ गैरविश्‍वासी होस्। तँ सत्यता स्विकार्दैनस्—यसलाई अभ्यास गर्नु त कता हो कता—र परमेश्‍वरको घरमा अल्याङटल्याङ गर्छस् भने तेरो उद्देश्य वास्तवमा के हो? के तँ परमेश्‍वरको घरलाई तेरो अवकाशगृह वा दानशाला बनाउन चाहन्छस्? यदि त्यस्तो हो भने, तँ गलत छस्—परमेश्‍वरको घरले फाइदा लुट्ने वा भतुवा मानिसहरूलाई हेरचाह गर्दैन। कमजोर मानवता भएको, आफ्‍नो कर्तव्य खुसीसाथ पूरा नगर्ने, कर्तव्य पूरा गर्न अयोग्य जोकोही सबैलाई हटाइनैपर्छ; सत्यता पटक्‍कै स्वीकार नगर्ने सबै गैरविश्‍वासीहरूलाई हटाइनैपर्छ। कतिपय मानिसहरू सत्यता बुझ्छन् तर आफ्‍नो कर्तव्य पूरा गर्दा यसको अभ्यास गर्दैनन्। जब तिनीहरू समस्या देख्छन्, त्यसलाई समाधान गर्दैनन्, अनि कुनै कुरा आफ्नो जिम्‍मेवारी हो भन्‍ने तिनीहरूलाई थाहा हुँदा, तिनीहरू त्यो काम तनमनले गर्दैनन्। तैँले गर्न सक्‍ने जिम्‍मेवारीहरूसमेत पूरा गर्दैनस् भने, आफ्‍नो कर्तव्य पूरा गर्दा के-कस्ता मूल्य वा परिणाम निस्कन सक्छन् र? यसरी परमेश्‍वरमा विश्‍वास गर्नु अर्थपूर्ण हुन्छ र? सत्यता बुझ्‍ने तर यसलाई अभ्यास गर्न नसक्‍ने, आफूले भोग्‍नुपर्ने कष्ट भोग्‍न नसक्‍ने व्यक्ति कर्तव्य निर्वाहको लायक हुँदैन। कर्तव्य पूरा गर्ने कतिपय मानिसहरू पेट भर्न मात्रै त्यसो गर्छन्। तिनीहरू भिखारी हुन्। तिनीहरू आफूले परमेश्‍वरको घरमा केही काम गरे भने, आफ्नो गाँसबासको व्यवस्था हुनेछ, काम नगरी खान पाइनेछ भन्‍ने विचार गर्छन्। के त्यस्तो मोलमोलाइ पनि हुन्छ र? परमेश्‍वरको घरले भतुवाहरूलाई पाल्दैन। यदि कसैले अलिकति पनि सत्यता अभ्यास गर्दैन, र जो आफ्‍नो कर्तव्यमा निरन्तर लापरवाह र झाराटारुवा हुन्छ, अनि परमेश्‍वरमा विश्‍वास गर्छु भनी भन्छ भने, के परमेश्‍वर उसलाई स्वीकार गर्नुहुन्छ? त्यस्ता सबै मानिसहरू गैरविश्‍वासी हुन् र परमेश्‍वरको नजरमा तिनीहरू दुष्कर्मी हुन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। राम्रोसित आफ्‍नो कर्तव्य निभाउनको लागि, व्यक्तिमा कम्तीमा पनि विवेक र तर्कशक्ति हुनुपर्छ)। परमेश्‍वरको वचन विचार गर्दा, उहाँले मेरै अघि मलाई खुलासा गरिरहनुभएको छ जस्तो लाग्यो। उहाँले मैले आफ्‍नो कर्तव्य कसरी पूरा गरेँ त्यो ठ्याक्कै बताउनुभएको थियो। मैले विगतमा घटेका एकपछि अर्को घटनाबारे विचार गरेँ। सुपरभाइजरले कामको त्यति अनुगमन नगरेको देख्दा, मैले त्यसको फाइदा उठाउन थालेँ, चलाक र धूर्त बनेँ। म अल्छे देखिँदिनथेँ, तर त्यति काम गर्दिनथेँ। खाली समयमा, म आफ्नो कर्तव्यमा के-कस्ता समस्याहरू छन् भनेर वा मेरो जीवन प्रवेशबारे सोच्दिनथेँ, तर जिज्ञासाले समाचार हेर्थेँ—मेरो हृदयमा कुनै कुरा उचित थिएन। मैले हाम्रो कामको प्रगतिमा कसरी ढिलाइ गरिरहेकी छु भनेर म पूर्णतया अनभिज्ञ थिएँ। सुपरभाइजरले मलाई काटछाँट र निराकरण गरेपछि मैले आफ्नो कार्य दक्षता अलिक सुधारेँ, तर बर्खास्त नहुनका लागि मात्रै मैले जबरजस्ती प्रयास गरिरहेकी थिएँ। उनको रेखदेख र सुपरिवेक्षणप्रति म प्रतिरोधी र अप्रसन्‍न थिएँ, र मलाई आफ्‍नो कर्तव्य पूरा गर्दा रिससमेत उठ्यो। मलाई यो जस नपाउने र कठिन काम जस्तो लाग्थ्यो। मसँग काम गर्ने एउटी सिस्टरले झारा टारिरहेकी र काममा बाधा दिइरहेकी छिन् भन्‍ने मलाई थाहा थियो, तर मैले त्यो नदेखे जस्तो गरेँ। मैले आफूमा आफ्नो कर्तव्यप्रति इमानदारीता नभएको महसुस गरेँ। मैले पटक्कै सत्यता अभ्यास गरिरहेकी थिइनँ वा परमेश्‍वरको इच्‍छालाई ध्यान दिइरहेकी थिइनँ। म आफ्‍नै शारीरिक सहजता र आरामबारे मात्रै वास्ता गर्थेँ। म मण्डलीबाट सित्तैँमा खान खोज्‍ने परजीवी थिएँ। ममा विवेक वा समझ थिएन! मेरो व्यवहार आफ्‍नो पेट भरेर आशिषहरू प्राप्त गर्न मात्रै ध्यान दिने गैरविश्‍वासीहरूको भन्दा फरक थिएन। मैले कामबारे नबुझेको वा ममा सही सीप नभएको कारण आफ्‍नो कर्तव्य त्यसरी पूरा गरिरहेकी थिइनँ। त्यसको कारण त ममा मानवताको कमी थियो र मैले सत्यता पछ्याएकी थिइनँ, अनि म देहसुखको लोभ गर्थेँ। म मण्डलीमा कर्तव्य पूरा गर्न पटक्‍कै लायक थिइनँ।

मैले आत्मचिन्तनको बेला परमेश्‍वरका केही वचनहरू पढेँ। “परमेश्‍वरका चुनिएका सबै मानिसहरूले अहिले आफ्‍नो कर्तव्य पूरा गर्ने अभ्यास गरिरहेका छन्, र परमेश्‍वरले मानिसहरूको कर्तव्य निर्वाहलाई मानिसहरूको एउटा समूहलाई सिद्ध पार्न र अर्को समूहलाई हटाउन प्रयोग गर्नुहुन्छ। त्यसकारण, कर्तव्य पूरा गर्दा नै हरेक प्रकारको व्यक्ति प्रकट हुन्छ, र तिनीहरूको कर्तव्य निर्वाहमा नै हरेक प्रकारको धोकेबाज, गैरविश्‍वासी, र दुष्ट व्यक्ति प्रकट भएर हटाइन्छ। विश्‍वासयोग्य ढङ्गले आफ्‍नो कर्तव्य पूरा गर्नेहरू इमानदार मानिस हुन्; निरन्तर लापरवाही गर्ने र झारा टार्नेहरू छली, छट्टू मानिस हुन्, र तिनीहरू गैरविश्‍वासी हुन्; अनि आफ्‍नो कर्तव्यमा बाधा र व्यवधान पैदा गर्नेहरू दुष्ट मानिस हुन्, र तिनीहरू ख्रीष्टविरोधी हुन्। … आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा सबै मानिसहरू खुलासा हुन्छन्—व्यक्तिलाई कर्तव्यमा लगाउनु मात्रै पर्छ, त्यसपछि ऊ इमानदार हो कि धोकेबाज हो र ऊ सत्यतालाई प्रेम गर्ने व्यक्ति हो कि होइन भनेर चाँडै प्रकट भइहाल्छ। सत्यतालाई प्रेम गर्नेहरूले इमानदारीपूर्वक आफ्‍नो कर्तव्य पूरा गर्न र परमेश्‍वरको घरको काम कायम राख्न सक्छन्; सत्यतालाई प्रेम नगर्नेहरूले परमेश्‍वरको घरको काम अलिकति पनि कायम राख्दैनन्, र तिनीहरू आफ्‍नो कर्तव्य निर्वाहमा गैरजिम्‍मेवार हुन्छन्। यो कुरा आँखा भएका जोकोहीले देख्‍न सक्छन्। आफ्‍नो कर्तव्य राम्ररी पूरा नगर्ने कोही पनि सत्यतालाई प्रेम गर्ने वा इमानदार व्यक्ति होइन; तिनीहरू सबै प्रकट हुने र हटाइने वस्तु हुन्। आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न, मानिसहरूमा जिम्‍मेवारी र बोझको बोध हुनैपर्छ। यसरी, काम उचितरूपमा नहुने प्रश्‍नै उठ्दैन। यदि कुनै व्यक्तिमा बोझ वा जिम्‍मेवारीको बोध थिएन, यस्तो हुनु त हुँदैन, र उसलाई सबै कुरा गर्न प्रेरित गर्नुपऱ्यो, र ऊ सधैँ लापरवाह र झाराटारुवा बन्यो अनि समस्याहरू आउँदा उसले अरूलाई दोष लगाउने प्रयास गऱ्यो, जसले गर्दा समस्याहरू थाँती रहे र समाधान भएनन् भने—के काम अझै पनि राम्ररी गर्न सकिनेछ? के त्यस्तो कर्तव्य निर्वाहले कुनै परिणाम ल्याउन सक्छ? तिनीहरू आफ्नो निम्ति बन्दोबस्त गरिएको कुनै पनि काम गर्न चाहँदैनन्, र अरूलाई काममा सहयोग चाहिएको देख्दा तिनीहरू चासो लिँदैनन्। आदेश दिइँदा, गर्नैपर्ने हुँदा अनि आफूसँग कुनै विकल्‍प नहुँदा मात्रै तिनीहरू थोरै काम गर्छन्। यो तिनीहरूले आफ्‍नो कर्तव्य पूरा गरेको हुँदैन—यो त ज्यालादारी काम हुन्छ! ज्यालादारले रोजगारदाताको लागि काम गर्छ, दैनिक ज्यालाको लागि दिनभरि काम गर्छ, एक घण्टाको ज्यालाको लागि एक घण्टा काम गर्छ। तिनीहरू ज्याला पर्खिरहेका हुन्छन्। तिनीहरूलाई मालिकले नदेख्‍ने कुनै काम गर्छु कि, आफूले गरेको कामको इनाम पाउँदिनँ कि भन्‍ने डर हुन्छ, र तिनीहरू देखाउनका लागि मात्रै काम गर्छन्—जसको अर्थ तिनीहरूमा बफादारिता हुँदैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र व्यक्तिले साँचो मानव स्वरूपमा जिउन सक्छ)। “परमेश्‍वरमा विश्‍वास गर्नु भनेको जीवनको सही मार्गमा हिँड्नु हो, र व्यक्ति सत्यताको पछि लाग्नैपर्छ। यो आत्मा र जीवनको कुरा हो, र यो अविश्‍वासीहरूको सम्पत्ति र वैभवको खोजी, आफ्‍नो लागि अमेट नाम कमाउने प्रयासभन्दा फरक कुरा हो। यी फरक-फरक मार्गहरू हुन्। अविश्‍वासीहरूले आफ्‍नो काममा, कसरी थोरै काम गरेर धेरै पैसा कमाउने, अझै धेरै कमाउन कसरी शङ्कास्पद चालहरू चल्न सकिन्छ भनेर सोच्छन्। तिनीहरू कसरी धनी बन्‍ने र आफ्‍नो परिवारको लागि सम्पत्ति कमाउने भनेर दिनभरि सोच्छन्, र आफ्‍नो उद्देश्य हासिल गर्न तिनीहरू बेइमान उपायहरूसमेत निकाल्छन्। यो दुष्टको मार्ग, शैतानको मार्ग हो, र यो अविश्‍वासीहरू हिँड्ने मार्ग हो। परमेश्‍वरमा विश्‍वास गर्नेहरू हिँड्ने मार्ग भनेको सत्यताको पछि लाग्नु र जीवन प्राप्त गर्नु हो; यो परमेश्‍वरलाई पछ्याउने र सत्यता प्राप्त गर्ने मार्ग हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र व्यक्तिले साँचो मानव स्वरूपमा जिउन सक्छ)

मैले परमेश्‍वरका वचनहरूबाट के देखेँ भने अविश्‍वासीहरूको काम लेनदेन हो—यो त पैसा कमाउनु र स्वार्थको लागि हो। तिनीहरू केही नगरी पैसा कमाउनसमेत इच्छा गर्छन्। कसैले तिनीहरूको कामको निरीक्षण गर्दा तिनीहरू नाटक गरेर केही गरेजस्तो गर्छन् तर कसैले नदेखेको बेला तिनीहरू धूर्त र छली हुन्छन्। तिनीहरूको कामको स्थिति जेजस्तो भए पनि तिनीहरूलाई चिन्ता लाग्दैन। तिनीहरू पैसा मात्रै चाहन्छन्। म यस्तै रहेछु भन्‍ने मलाई थाहा भयो। मैले आफ्नो कर्तव्यमा कुनै दबाब वा कठिनाइ नहुँदा, कष्ट भोग्‍नु वा मूल्य चुकाउनु नपर्दा, मलाई त्यो कर्तव्य त्यति नराम्रो होइन जस्तो लाग्थ्यो। म अल्छे भइनँ र मैले केही काम पूरा गर्न सकेँ भने, मलाई हटाइनेछैन, म मण्डलीमा रहन योग्य हुनेछु र अन्तिममा मलाई मुक्ति दिइनेछ, यसरी एउटा ढुङ्गाले दुइटा चरा मर्नेछ भन्‍ने सोच्थेँ। म निश्‍चितरूपमा अल्छी देखिँदिनथेँ र अरूले कुनै समस्या देख्दैनथे, तर मैले यसमा आफ्‍नो सर्वस्व लगाइरहेकी थिइनँ—म थोरै काममा नै सन्तुष्ट थिएँ। बाँकी समय म महत्त्वहीन जानकारीहरू हेरेर बस्थेँ, यसरी केही नयाँ कुरा खोज्न महत्त्वहीन कुराहरूको पछि लाग्थेँ। म निरन्तर आलटाल गरिरहेकी हुन्थेँ। यो त हाकिमका लागि काम गर्ने अविश्‍वासीभन्दा फरक थिएन। हाम्रो काममा ढिलाइ हुँदा, मैले यो ठूलो कुरा होइन जस्तो व्यवहार गरेँ र मलाई कुनै हतार भएन। मलाई निराकरण र खुलासा गरिएपछि, इज्‍जत बचाउन र बर्खास्त नहुन मैले अलिक धेरै प्रयास त गरेँ, तर मापदण्डहरू बढाइँदा, म तुरुन्तै प्रतिरोधी भएँ र गुनासो गरेँ, र मलाई अलिक सहज र आरामदायी कर्तव्यमा सर्न मन लाग्यो। मैले आफ्‍नो कर्तव्य पूरा गरिरहेकी छु जस्तो देखिन्थ्यो, तर सुपरभाइजरलाई देखाउन मात्रै काम गरिरहेकी हुन्थेँ। ममा आफ्‍नो कर्तव्य वा परमेश्‍वरप्रति निष्कपटता थिएन। म स्वर्गको राज्यका आशिषहरूका खातिर थोरै मूल्य चुकाउन चाहन्थेँ। त्यो त परमेश्‍वरसँग लेनदेन गर्ने प्रयास हो। यतिका वर्ष कर्तव्य पूरा गरिसकेपछि म यस्तो चलाख र धूर्त व्यक्तिको रूपमा खुलासा हुनेछु भन्‍ने मैले कहिल्यै कल्‍पना गरेकी थिइनँ। मैले परमेश्‍वरले दिनुभएका सबै कुरा र उहाँका वचनहरूको भरणपोषण प्राप्त गरेकी थिएँ, तर मैले आफ्‍नो कर्तव्यमा सहजता र आराम मात्रै खोजेँ, कष्ट भोग्‍नुनपर्ने कुरा मात्रै गरेँ, मण्डलीको काम वा परमेश्‍वरको आतुरी इच्‍छालाई ध्यान दिइनँ। परमेश्‍वरप्रति ममा कुनै श्रद्धाभाव थिएन। त्यो कसरी कर्तव्य पूरा गरेको भो र? मैले मण्डलीको काममा स्पष्टै ढिलाइ गरिरहेकी थिएँ, र म मण्डलीबाट फाइदा लुट्ने अवसरवादी थिएँ। मैले मनन गर्दा के महसुस गरेँ भने, म यति स्वार्थी भएकी रहेछु, किनभने मैले शैतानी दर्शनहरू पालना गरिरहेकी थिएँ जस्तै “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “मीठो खाना र राम्रो लाउनको लागि शासक भइन्छ,” र “जीवन छोटो छ; जहिले सकिन्छ तहिले आनन्द लेऊ।” यी कुराहरू मेरो जीवन नै बनेका थिए। यी कुराहरूअनुसार जिउँदा, म आफ्नो कामकुरामा आफ्‍नै देहगत हितहरूबारे मात्र विचार गर्थेँ। मलाई के लाग्थ्यो भने जीवनमा हामी आफैप्रति दयालु हुनुपर्छ, अनि लखतरान भएर कडा परिश्रम गर्नु सार्थक छैन। स्वतन्त्र र सहज हुनु राम्रो कुरा हो, अनि चिन्तित र थकित हुनु भनेको परिस्थितिसँग हार्नु हो। म सधैँ आफ्‍नो कर्तव्यमा यस्तो मनोवृत्ति राख्थेँ, लापरवाह र सुस्त हुन्थेँ, जसले गर्दा मण्डलीको काममा ढिलाइ भयो र मेरो चरित्र बरबाद भयो। म विश्‍वासी थिएँ, तर मैले परमेश्‍वरको वचन अभ्यास गरिरहेकी थिइनँ, बरु शैतानी भ्रमहरूअनुसार जिइरहेकी थिएँ, झन्-झन् स्वार्थी, धूर्त, र भ्रष्ट हुँदै गइरहेकी थिएँ। ममा कुनै चरित्र वा मर्यादा थिएन र म भरोसा गर्न लायक थिइनँ। जागिर खाने अविश्‍वासीले समेत, यदि अलिक अवसरवादी मानसिकताले कामकुरा गरे भने, केही समयसम्‍म त्यसबाट बच्न सक्लान्, तर केही समयपछि अरूले तिनीहरूलाई छर्लङ्गै देख्छन्। अझ, मैले मण्डलीमा परमेश्‍वरकै अघि आफ्‍नो कर्तव्य पूरा गरिरहेकी थिएँ, जसले मानिसहरूको हृदय र मन जाँच्नुहुन्छ। मैले खेल खेलिरहेकी र चाल चलिरहेकी थिएँ, र केही समयसम्‍म मेरो पर्दाफास नभए पनि, परमेश्‍वरले सबै कुरा एकदमै स्पष्टसित देख्‍नुभएको थियो। मैले उहाँको लागि साँचोरूपमा आफूलाई समर्पित गरिरहेकै छैनँ, तर आलटाल मात्रै गरिरहेकी छु भन्‍ने उहाँले देख्‍नुभएको थियो। त्यो बेला मलाई लाग्यो—मलाई काम गर्दा सधैँ निद्रा लाग्‍नु र जोसजाँगर हराउनु, र परमेश्‍वरको उपस्थिति महसुस गर्न नसक्‍नु कुनै अचम्म होइन। म चलाक र छली भएकोले यस्तो भएको थियो, जसलाई परमेश्‍वर घृणा र तिरस्कार गर्नुहुन्छ। उहाँले धेरैपहिले नै मबाट आफ्नो अनुहार लुकाइसक्‍नुभएको थियो। पवित्र आत्‍माको कामविना, म अत्यन्तै भावशून्य बनेकी थिएँ, त्यसैले मलाई कामबारे जति राम्ररी थाहा भए पनि वा म जति अनुभवी भए पनि, मैले काम राम्रो गर्नेथिइनँ।

पछि मैले परमेश्‍वरका अझै धेरै वचनहरू पढेँ जसले कर्तव्यमा लापरवाह हुनुको प्रकृतिबारे मलाई स्पष्ट पारे, र मैले परमेश्‍वरको स्वभाव चिढ्याउन नसकिने रहेछ भनेर पनि देख्न सकेँ। परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरका आज्ञाहरूलाई तैँले कसरी लिन्छस् भन्‍ने कुरा अत्यन्तै महत्त्वपूर्ण छ, र त्यो एकदमै गम्भीर विषय हो! यदि परमेश्‍वरले मानिसहरूलाई सुम्‍पनुभएको कुरा तैँले पूरा गर्न सक्दैनस् भने, तँ उहाँको उपस्थितिमा जिउन लायक छैनस् र तँलाई सजाय दिइनुपर्छ। परमेश्‍वरले सुम्पनुभएका आज्ञाहरूलाई मानिसहरूले पूरा गर्नुपर्छ भन्‍ने कुरा स्वर्गद्वारा आदेश दिइएको र धर्तीद्वारा स्वीकार गरिएको कुरा हो; यो तिनीहरूको सर्वोच्च उत्तरदायित्व हो, र यो कुरा तिनीहरूको जीवन जत्तिकै महत्त्वपूर्ण छ। यदि तैँले परमेश्‍वरका आज्ञाहरूलाई गम्भीरताका साथ लिँदैनस् भने तैँले उहाँलाई सबैभन्दा घोर रूपले धोका दिइरहेको हुन्छस्; यसमा, तँ यहूदाभन्दा पनि बढी विलापमय हुन्छस्, र तँ श्रापित हुनुपर्छ। मानिसहरूले आफूलाई परमेश्‍वरले के सुम्‍पनुहुन्छ सो कुरालाई कसरी हेर्ने भन्‍ने बारेमा पूर्ण बुझाइ हासिल गर्नुपर्छ र कम्तीमा पनि उहाँले मानवजातिलाई सुम्पिनुभएका आज्ञाहरू परमेश्‍वरबाट प्राप्त पदोन्नति र विशेष कृपाहरू हुन् भनी बुझ्नुपर्छ; तिनीहरू सबैभन्दा महिमामय कुराहरू हुन्। अन्य सबै कुराहरूलाई त्याग्न सकिन्छ; व्यक्तिले आफ्नो जीवनलाई समेत बलिदान दिनुपर्छ भने पनि, उसले परमेश्‍वरका आज्ञाहरूलाई पूरा गर्नैपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। “एकपटक, मैले कसैलाई काम गर्न जिम्‍मा दिएँ। मैले तिनलाई कामबारे बताउँदा, तिनले ध्यान दिएर आफ्‍नो कपीमा लेखे। त्यो लेख्‍न तिनी कति ध्यान दिइरहेका छन् भनेर मैले देखेँ—तिनमा कामप्रति बोझको बोध रहेछ, र तिनमा होसियार र जिम्‍मेवार मनोवृत्ति रहेछ भन्‍ने देखिन्थ्यो। तिनलाई कामबारे बताएपछि, म तिनीबाट नयाँ खबर पाउने प्रतीक्षामा बसेँ; दुई हप्ता बित्यो, र पनि तिनले खबर पठाएनन्। त्यसकारण, म आफै गएर तिनलाई भेटेँ, र मैले तिनलाई दिएको काम कस्तो भइरहेको छ भनेर सोधेँ। तिनले भने, ‘अहो—मैले त भुसुक्‍कै बिर्सेछु! के पो थियो, फेरि भन्‍नुहोस् त।’ तिनको उत्तर तिमीहरूलाई कस्तो लाग्यो? काम गर्दा तिनको त्यस्तो मनोवृत्ति थियो। मैले सोचेँ, ‘यो व्यक्ति साँच्‍चै भरपर्दो रहेनछ। तरुन्तै गइहाल्! म तँलाई फेरि हेर्न चाहन्‍नँ!’ मलाई त्यस्तो लाग्यो। त्यसकारण, म तिमीहरूलाई एउटा तथ्य बताउनेछु: तिमीहरूले परमेश्‍वरका वचनहरूलाई कहिल्यै ठगका झूटहरूसँग जोड्नु हुँदैन—त्यसो गर्नु परमेश्‍वरको लागि घृणास्पद कुरा हो। कतिपय मानिसहरू बोलेको कुरा पुऱ्याउँछु, र बोली नै मेरो तमसुक हो भनी भन्छन्। यदि त्यसो हो भने, परमेश्‍वरका वचनहरूको हकमा, के तिनीहरू ती वचन सुनेपछि ती वचनले भनेअनुसार गर्न सक्छन्? के तिनीहरू आफ्‍ना व्यक्तिगत मामिलाहरूलाई जस्तै ती वचनलाई होसियारीसाथ लागू गर्न सक्छन्? परमेश्‍वरको हरेक वाक्य महत्त्वपूर्ण हुन्छ। उहाँले ठट्टा कुरा गर्नुहुन्‍न। उहाँ जे भन्‍नुहुन्छ, त्यो मानिसहरूले पालन गरेर काममा उतार्नुपर्छ। जब परमेश्‍वर बोल्‍नुहुन्छ, के उहाँ मानिसहरूसँग परामर्श लिइरहनुभएको हुन्छ? अवश्य नै हुँदैन। के उहाँले तँलाई बहु-वैकल्‍पिक प्रश्‍नहरू सोधिरहनुभएको हुन्छ? अवश्य नै हुँदैन। परमेश्‍वरका वचनहरू र आज्ञाहरू आदेश हुन्, मानिसले ती वचनमा भनिएअनुसार गर्नैपर्छ र ती लागू गर्नैपर्छ भन्‍ने तँ महसुस गर्न सक्छस् भने, ती पालन गरेर काममा उतार्ने तेरो दायित्व हुन्छ। यदि तँ परमेश्‍वरका वचनहरू ठट्टा मात्र हुन्, आफूलाई मन परे गर्न सकिने नत्र नगर्ने सामान्य टिप्पणी मात्र हुन् भनेर सोच्छस्, र तिनलाई त्यसरी लिन्छस् भने, तँमा समझको निकै कमी छ र तँ व्यक्ति कहलिन लायक छैनस्। परमेश्‍वर तँसँग फेरि कहिल्यै बोल्‍नुहुनेछैन। परमेश्‍वरका मापदण्डहरू, उहाँका आदेश र आज्ञाहरूको विषयमा व्यक्तिले सधैँ आफ्‍नै छनौटहरू गरिरहेको हुन्छ, र ती कुराप्रति लापरवाह मनोवृत्ति राखिरहेको हुन्छ भने, ऊ परमेश्‍वरले घृणा गर्नुहुने व्यक्ति हो। मैले तँलाई सिधै अह्राउने र आज्ञा गर्ने कुराहरूमा, यदि तँलाई सधैँ मेरो रेखदेख र प्रोत्साहन चाहिन्छ, मैले अनुगमन गर्नुपर्छ, मैले सधैँ चिन्ता गर्नुपर्छ र सोधखोज गर्नुपर्छ, हरेक मोडमा तँलाई जाँच गर्नुपर्छ भने, तँ हटाइनुपर्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट तीन: नोआ र अब्राहामले कसरी परमेश्‍वरका वचनहरू सुने र उहाँको आज्ञापालन गरे (भाग दुई))। मैले परमेश्‍वरका वचनहरूबाट के सिकेँ भने उहाँले भन्‍नुहुने र माग गर्नुहुने कुनै पनि कुरालाई सृष्टि गरिएको प्राणीले पूरा गर्नैपर्छ र पालना गर्नैपर्छ। यदि हामी परमेश्‍वरको वचनलाई गम्‍भीररूपमा लिँदैनौँ, तर हाम्रो काममा सधैँ अरूले रेखदेख गर्नुपर्छ र सम्झाउनुपर्छ, वा कसैले हामीलाई कर गर्दा मन नलागी-नलागी थोरै काम गर्छौँ भने, त्यो वास्तवमा परमेश्‍वरलाई छल गर्नु र धोका दिनु हो, जुन कुरालाई उहाँ घृणा गर्नुहुन्छ। त्यस्तो व्यक्ति परमेश्‍वरको वचन सुन्‍न वा मण्डलीमा रहन लायक हुँदैन, तर उसलाई हटाउनुपर्छ। परमेश्‍वरका वचनहरूबारे सोच्दा मलाई निकै डर लाग्यो, विशेष गरी उहाँको भनाइको यो भाग विचार गर्दा, “यो व्यक्ति साँच्‍चै भरपर्दो रहेनछ। तरुन्तै गइहाल्! म तँलाई फेरि हेर्न चाहन्‍नँ!” मैले पहिले आफ्‍नो कर्तव्यमा गरेको दुष्कर्मबारे मलाई निकै पछुतो र ग्‍लानि भयो, र बरबर आँसु झरी नै रह्यो। आफ्‍नो कर्तव्यप्रतिको मेरो मनोवृत्तिलाई फर्केर हेर्दा, यो परमेश्‍वरले खुलासा गर्नुभएको जस्तै रहेछ; यो अत्यन्तै लापरवाहीपूर्ण थियो। यो राज्यको सुसमाचार फैलाउने महत्त्वपूर्ण समय हो, र अरू ब्रदर-सिस्टरहरू कर्तव्य पूरा गर्न मरिहत्ते गरिरहेका छन्। तर मचाहिँ मेरो देहसुखको लोभ गरिरहेकी थिएँ, आफ्‍नो कर्तव्यमा फुर्सदिलो र लापरवाह बनेँ, अनि दक्ष बन्ने प्रयास नगरी सेवा गर्नमै मलाई सन्तुष्ट बनेँ जसले मेरो कामका परिणामहरूमा असर पाऱ्यो। म आफ्‍नो कर्तव्यमा सुस्त, लापरवाह भतुवा थिएँ, आफ्‍नै सन्तुष्टिबारे मात्रै सोच्थेँ। मण्डलीले मलाई यस्तो महत्त्वपूर्ण कार्य सुम्पेको थियो, तर मैले यसलाई कहिल्यै मोल गरिनँ वा गम्भीररूपमा लिइनँ। मैले यसलाई कष्ट नभोगी वा कुनै मूल्य नचुकाई, वा आफ्‍नो कर्तव्य कसरी सुधार्ने भनेर नसोची मण्डलीमा निर्भर बन्ने मेरो पूँजी, मोलतोलको माध्यम ठानेँ। मैले जतिसक्दो कम काम गरिरहेकी थिएँ। म आफ्नो प्रगति कति सुस्त छ वा परमेश्‍वरको इच्‍छा कति अर्जेन्ट छ भनेर वास्ता गर्दिनथेँ। म आफूलाई थकित नबनाउन मात्रै ध्यान दिन्थेँ। म आफ्‍नो कर्तव्यमा लापरवाह र असावधान थिएँ, मलाई आलटाल गर्न र सक्दो अल्याङटल्याङ गर्न मन लाग्थ्यो। मेरो हृदयमा परमेश्‍वरको निम्ति कुनै ठाउँ थिएन, र ममा उहाँप्रति कुनै श्रद्धा थिएन। आफ्‍नो कर्तव्यमा यति लापरवाह हुँदा के म कुकुरभन्दा पनि नीच भइनँ र? कुकुरहरू आफ्‍ना मालिकहरूप्रति वफादार हुन्छन्। तिनीहरूका मालिक साथमा होस् या नहोस्, तिनीहरू आफ्‍नो जिम्‍मेवारी पूरा गरेर मालिकको घरको रखवाली गर्छन्। मेरो व्यवहारको आधारमा त, म त्यो कर्तव्य पूरा गरिरहन लायक थिइनँ। त्यस दिनदेखि मैले पश्‍चात्ताप गर्नेछु र म ऋणी रहेको कुरा चुक्ता गर्नेछु भनेर मनमनै कसम खाएँ।

त्यसपछि मैले आफ्नो भक्तिको समयमा, परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ जसले मलाई भविष्यमा आफ्‍नो कर्तव्य कसरी पूरा गर्नुपर्छ त्यसको मार्ग दिए। परमेश्‍वरका वचनहरूले भन्छ, “परमेश्‍वरले जहाज बनाउने आदेश दिनुभएपछि नोआले मनमा के सोचे? तिनले सोचे, ‘आजदेखि, ठूलो जहाज बनाउनु जत्तिको अर्थपूर्ण कुरा अरू हुनेछैन, योभन्दा महत्त्वपूर्ण र अत्यावश्यक अरू कुनै कुरा हुनेछैन। मैले सृष्टिकर्ताको हृदयका वचनहरू सुनेको छु, मैले उहाँको आतुर इच्‍छा थाहा पाएको छु, त्यसकारण मैले ढिलाइ गर्नु हुँदैन; परमेश्‍वरले भन्‍नुभएको र बनाउन लगाउनुभएको ठूलो जहाँ मैले हतारोसाथ निर्माण गर्नुपर्छ।’ नोआको मनोवृत्ति कस्तो थियो? लापरवाह हुन आँट नगर्ने मनोवृत्ति। अनि, तिनले ठूलो जहाज निर्माण गर्ने काम कसरी पूरा गरे? ढिलाइ नगरीकन। तिनले परमेश्‍वरले भन्‍नुभएको र निर्देशन दिनुभएको हरेक विवरणलाई तिनले लापरवाह वा झाराटारुवा नबनी कुनै ढिलासुस्ती नगरी, र आफ्‍नो सारा शक्तिले पालन गरेर पूरा गरे। समग्रमा भन्दा, नोआले सृष्टिकर्ताको आज्ञाप्रति आज्ञापालनको मनोवृत्ति राखेका थिए। यसबारे तिनी बेपरवाह थिएनन्, र तिनको हृदयमा प्रतिरोध थिएन, न त उदासीनता नै थियो। बरु, तिनले हरेक कुराको विवरण लेख्दा लगनशील भई सृष्टिकर्ताको इच्‍छालाई बुझ्‍ने प्रयास गरे। तिनले परमेश्‍वरको आपतकालिन इच्‍छालाई बुझेपछि चाँडो अघि बढ्ने, परमेश्‍वरले तिनलाई सुम्पनुभएको काम तुरुन्तातुरुन्ती पूरा गरिहाल्ने निर्णय गरे। ‘तुरुन्तातुरुन्तै’ भन्नुको अर्थ के हो? यसको अर्थ पहिले एक महिना लाग्‍ने कामलाई जतिसक्दो कम समयमा पूरा गर्नु, फिटिक्कै लसकमसक नगरी वा अलिकति पनि आलटाल नगरी, पूरै परियोजनालाई सकेजति अघि बढाएर तोकिएको मितिभन्दा तीन वा पाँच दिनपहिले नै पूरा गर्नु हो। स्वभाविकतः, तिनी हरेक काम गर्दा, हानि र गल्तीहरूलाई कम गर्न र दोहोर्‍याउनुपर्ने गरी कुनै काम नगर्न सक्दो प्रयास गर्थे; तिनले हरेक काम र प्रक्रियालाई गुणस्तर सुनिश्चत गरेर तोकिएको समयमा नै राम्ररी पूरा गर्थे। यो लसकमसक नगर्ने कार्यको साँचो प्रकटीकरण थियो। त्यसोभए, तिनले लसकमसक नगरी काम गर्न सक्नुको पूर्व शर्त के थियो? (तिनले परमेश्‍वरको आज्ञा सुनेका थिए।) हो, तिनको यस उपलब्धिको पूर्व शर्त र प्रसङ्ग त्यही थियो। अब, नोआले किन लसकमसक नगरी काम गर्न सके? कतिपय मानिसहरू नोआमा साँचो आज्ञापालन थियो भनेर भन्छन्। त्यसकारण तिनमा त्यस्तो के थियो जसले गर्दा तिनले त्यस्तो साँचो आज्ञापालन हासिल गर्न सके? (तिनी परमेश्‍वरको इच्‍छालाई ख्याल गर्थे।) सही हो! हृदय हुनु भनेको यही हो! हृदय भएका मानिसहरूले परमेश्‍वरको इच्‍छालाई ख्याल गर्न सक्छन्; हृदय नभएका मानिसहरू रित्तो गाग्री, मूर्ख हुन्, तिनीहरू परमेश्‍वरको इच्‍छालाई ख्याल गर्न जान्दैनन्: ‘परमेश्‍वरका लागि यो जति नै आतुरी भए पनि, म वास्ता गर्दिनँ, म जे चाहन्छु त्यही गर्छु—आखिर, म जाँगरमरुवा वा अल्छी होइन।’ यस्तो मनोवृत्ति, यस्तो नकारात्मकता, सक्रियताको पूर्ण अभाव—यो परमेश्‍वरको इच्छालाई ख्याल गर्ने व्यक्ति होइन, न त उसले परमेश्‍वरको इच्‍छालाई कसरी ख्याल गर्ने भनेर नै बुझ्छ। त्यस्तो अवस्थामा, के तिनीहरूमा साँचो विश्‍वास हुन्छ? अवश्य नै हुँदैन। नोआ परमेश्‍वरको इच्‍छालाई ख्याल गर्थे, तिनमा साँचो विश्‍वास थियो, त्यसकारण तिनले परमेश्‍वरको आज्ञा पूरा गर्न सके। त्यसैले, परमेश्‍वरको आज्ञा स्वीकार गरेर केही प्रयास गर्न इच्‍छुक हुनु मात्रै पर्याप्त हुँदैन। तैँले परमेश्‍वरको इच्‍छालाई पनि ख्याल गर्नैपर्छ, आफ्‍नो सर्वस्व सुम्पेर समर्पित हुनैपर्छ—जसको लागि मानिसहरूमा विवेक र समझ हुनुपर्छ; मानिसहरूमा हुनुपर्ने कुरा यही हो, र नोआमा यही कुरा थियो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट तीन: नोआ र अब्राहामले कसरी परमेश्‍वरका वचनहरू सुने र उहाँको आज्ञापालन गरे (भाग दुई))। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने नोआ परमेश्‍वरलाई साँचो विश्‍वास गर्थे र उहाँको इच्‍छालाई ध्यान दिन्थे, त्यसैले तिनले परमेश्‍वरको अनुमोदन पाएका थिए। तिनले परमेश्‍वरको आज्ञा पाएपछि, जहाज बनाउने कामलाई प्राथमिकता दिए। तिनले आफ्‍नो शारीरिक कष्ट वा यो कति गाह्रो हुनेछ भन्‍नेबारे सोचेनन्। त्यो पूर्व-औद्योगिक युगमा त्यस्तो ठूलो जहाज बनाउन पक्‍कै पनि धेरै शारीरिक र मानसिक प्रयास गर्नुपरेको हुनुपर्छ, र तिनले अरूका गिल्‍ला पनि सहनुपरेको थियो। यी परिस्‍थितिहरूमा, नोआ परमेश्‍वरको आज्ञा पूरा गर्न १२० वर्षसम्‍म दह्रिलो भई रहे, र अन्तिममा परमेश्‍वरको हृदयलाई सान्त्वना मिल्यो। नोआले परमेश्‍वरको लागि आफूलाई साँचोरूपमा समर्पित गरे र परमेश्‍वरको भरोसा जिते। तर म भनेँ, कसैले मलाई गर्-गर् नभन्दा र नहेर्दा, मैले अल्छी र कुटिल बन्ने मौका छोपेँ, देहसुखको लोभ गरेँ, काममा अल्याङटल्याङ गरेँ, र मैले कामकुरामा कति ढिलाइ गरेकी छु भनेर कहिल्यै विचार गरिनँ। ममा साँच्‍चै मानवता थिएन र म परमेश्‍वरको मुक्ति पाउन लायक थिइनँ। अब मलाई थाहा भयो, कर्तव्य निर्वाह नोआले जहाज बनाएको जस्तै हुनुपर्छ, त्यसमा वास्तविक पाइला चाल्नुपर्छ। अगाडि बढ्न र अझै दक्षतापूर्वक काम गर्न मैले हरेक क्षणको सदुपयोग गर्नुपर्छ। कसैले मलाई गर्-गर् नभने पनि वा मेरो जाँच नगरे पनि, मैले जिम्‍मेवार भएर आफूले सक्‍ने जति सबै गर्नुपर्छ। विवेक र मानवता भएको व्यक्ति बन्‍ने एकमात्र उपाय त्यही हो।

त्यसपछि मैले समय-तालिका बनाउन थालेँ। डिजाइनको काम नगरेको बेला, म खाली समयमा अर्को कर्तव्यमा सघाउँथेँ र म आफ्‍नो स्थितिलाई राम्ररी जाँचिरहन्थेँ। हरेक दिनको मेरो तालिका भरिएको हुन्थ्यो, तर मलाई निकै शान्ति लाग्थ्यो, र म पहिलेभन्दा धेरै आफ्‍नो कर्तव्यमा लागिपरेँ। कहिलेकहीँ काम सकिन लाग्दा र मलाई फेरि पनि सुस्त हुन मन लाग्दा, वा मैले कामकुरा राम्ररी नमिलाएको कारण खाका तयार गर्ने काम ढिलो हुँदा, मलाई फेरि आफैमा लिप्त हुन मन लाग्थ्यो, यस्तो लाग्थ्यो, म टोलीको सदस्य होइन र मलाई कसैले पनि अघि बढ्न लगाइरहेको छैन, साथै मैले अर्को काममा सघाइरहेकी छु, त्यसैले डिजाइनको काममा अलिक सुस्त हुनु उचितै हो। त्यो सोचेपछि, मलाई आफू ठिक स्थितिमा नभएको महसुस भयो र मैले यो समाधान गर्न तुरुन्तै सत्यता खोजेँ। मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ: “जब मानिसहरूले आफ्‍नो कर्तव्य पूरा गर्छन्, तब तिनीहरूले वास्तवमा आफूले जे गर्नुपर्ने हो त्यही गरिरहेका हुन्छन्। यदि तैँले यो कार्य परमेश्‍वरको अघि गर्छस् भने, यदि तैँले आफ्‍नो कर्तव्य इमानदारिताको मनोवृत्तिसहित हृदयबाटै गर्छस् र तँ परमेश्‍वरमा समर्पित हुन्छस् भने, के यो मनोवृत्ति धेरै नै सही हुँदैन र? त्यसो भए, तैँले यो मनोवृत्तिलाई कसरी तेरो दैनिक जीवनमा लागू गर्नुपर्छ त? तैँले ‘परमेश्‍वरलाई हृदय र इमानदारिताका साथ आराधना गर्ने’ कार्यलाई तेरो वास्तविकता बनाउनुपर्छ। जब-जब तँ सुस्त हुन र झारा टार्न चाहन्छस्, जब-जब तँ अल्याङटल्याङ गर्न र अल्छी बन्‍न चाहन्छस्, र जब-जब तेरो ध्यान भड्किन्छ वा तैँले आफै मस्ती गरिरहेको हुन्छस्, तैँले यस्तो विचार गर्नुपर्छ: ‘यस्तो व्यवहार गर्दा, के म अविश्‍वसनीय भइरहेको छु? के यसले मेरो हृदयलाई कर्तव्य पूरा गर्नमा लगाइरहेको छ? के यसो गरेर म निष्ठाहीन भइरहेको छु? यसो गरेर, के म परमेश्‍वरले मलाई सुम्‍पनुभएको कार्यभार पूरा गर्नमा खरो उत्रन असफल भइरहेको छु?’ तैँले यसरी नै आफ्‍नो बारेमा मनन गर्नुपर्छ। यदि तैँले आफू कर्तव्यमा सधैँ लापरवाह र झाराटारुवा छु, अनि विश्‍वासघाती व्यवहार गर्छु, र आफूले परमेश्‍वरलाई चोट पुर्‍याएको छु भनेर थाहा पाइस् भने, तैँले के गर्नुपर्छ? तैँले यसो भन्‍नुपर्छ, ‘मलाई त्यो बेला केही गलत छ भन्‍ने लागेको थियो, तर मैले यसलाई समस्याको रूपमा लिइनँ; मैले यसलाई लापरवाहीसाथ हल्काफुल्का रूपमा मात्र हेरेँ। अहिले मात्रै मलाई म साँच्‍चै लापरवाह र झाराटारुवा बनेँ, र आफ्‍नो जिम्‍मेवारीको स्तरमा जिइनँ भन्‍ने थाहा भयो। ममा साँच्‍चै नै विवेक र समझको कमी रहेछ!’ तैँले समस्या पत्ता लगाएको छस् र आफ्नो बारेमा थोरै भए नि थाहा पाएको छस्—त्यसकारण अब, तैँले आफूलाई परिवर्तन गर्नुपर्छ! कर्तव्य निभाउनेबारे तेरो मनोवृत्ति गलत थियो। अतिरिक्त काम गरेजस्तै तँ यो काममा लापरवाह थिइस्, र तैँले यसमा आफ्‍नो मन लगाइनस्। यदि तँ यसरी नै फेरि पनि लापरवाह र झाराटारुवा भइस् भने, तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र आफूलाई अनुशासनमा राख्‍न र ताडना दिन लगाउनुपर्छ। आफ्‍नो कर्तव्य निभाउँदा व्यक्तिमा यस्तो इच्‍छाशक्ति हुनुपर्छ। त्यसपछि मात्रै तिनीहरूले साँचो रूपमा पश्‍चात्ताप गर्न सक्छन्। व्यक्तिको विवेक सफा छ र कर्तव्य निभाउनेबारे उसको मनोवृत्ति रूपान्तरित हुन्छ भने मात्रै उसले आफूलाई परिवर्तन गर्न सक्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरका वचनहरू नियमित पढ्दा र सत्यको गहन मनन गर्दा मात्रै अघि बढ्ने बाटो भेटिन्छ)। परमेश्‍वरका वचनहरू पढेर मलाई अभ्यासको मार्ग अझै स्पष्ट भयो। कर्तव्य भनेको परमेश्‍वरले हामीलाई दिनुभएको आज्ञा हो। कसैले हाम्रो रेखदेख गरिरहेको होस् वा नहोस्, हामीले परमेश्‍वरको छानबिन स्विकार्नुपर्छ र यसमा आफ्नो सर्वस्व लगाउनुपर्छ। थोरै काम गर्न पनि सधैँ अरूले टेवा दिनुपर्ने अवस्था भनेको समर्पणको कमी हो र अरूलाई समेत त्यो लज्जास्पद लाग्छ। म त्यस्तो भइरहनु हुँदैनथ्यो, तर ममा परमेश्‍वरप्रति श्रद्धा हुनुपर्थ्यो र मैले उहाँको छानबीन स्विकार्नुपर्थ्यो। अरूको आग्रहविना म आफ्‍नो कर्तव्यमा सक्रिय हुनुपर्छ। दुवै कर्तव्यमा चटारो हुँदा र मैले मूल्य चुकाउनुपर्दा, म पहिले नै मेरो तालिका बनाउँथेँ र झारा टार्ने प्रयास नगरी सक्दो गर्थेँ। यसरी कामकुरा गर्दा, केही समयपछि मैले आफ्‍नो कर्तव्यमा केही परिणामहरू देख्‍न थालेँ। मैले यसमा पहिलेभन्दा बढी गर्नुपर्थ्यो र मैले केही ऊर्जा लगाएँ, तर मलाई थकाइ पटक्‍कै लाग्दैनथ्यो—मलाई ढुक्‍क र शान्ति हुन्थ्यो। मैले कर्तव्यमा कठिनाइहरू सामना गर्दा, सत्यता खोजेर, अप्रत्याशित उपलब्धिहरू पाएँ। मैले मेरो प्राविधिक सीप तिखारेँ साथै जीवन प्रवेशमा प्रगति गरेँ।

सन् २०२१ को जूननमा एक दिन अगुवा मसँग कुरा गर्न आइन् र मलाई डिजाइनको काममा फेरि खटाइँदै छ भनेर भनिन्। म यति उत्साहित भएँ कि बोली नै फुटेन, र मैले परमेश्‍वरलाई हार्दिक धन्यवाद दिएँ। मेरो कर्तव्यमा भएको त्यो परिवर्तनले म कति अल्छी, स्वार्थी र नीच रहेछु भन्‍ने देखायो, र मलाई आफूप्रति साँच्‍चै घृणा जाग्यो, र ममा परमेश्‍वरप्रति केही श्रद्धाभाव जाग्यो। कहिलेकाहीँ मलाई अझै अल्छी लाग्छ, तर म प्रार्थना गर्छु र मेरो हृदयको रक्षा गर्नुहोस्, अनि म लापरवाह, चलाक र धूर्त बनेँ भने, मलाई तुरुन्तै खुलासा गर्नुहोस्, हप्काउनुहोस्, र अनुशासनमा राख्‍नुहोस् भनेर बिन्ती गर्छु। त्यसलाई अभ्यास गरेपछि, म चलाक र छली बन्नु निकै कम भएको छ र मैले आफ्‍नो कर्तव्यमा अझै राम्रा परिणामहरू प्राप्त गरेकी छु। यसो गर्दा अलिक थकाइ त लाग्छ, तर मलाई निकै सन्तुष्टि मिल्छ। अगुवाले पछि मलाई मैले आफ्‍नो कर्तव्य पहिलेभन्दा निकै राम्ररी गरिरहेकी छु भनेर भनिन्। त्यो सुन्दा म निकै भावुक, र प्रोत्साहित भएँ। मैले अझै पनि पर्याप्त गरिरहेकी छैनँ र कडा परिश्रम गरिरहनुपर्छ भन्‍ने मलाई थाहा छ। परमेश्‍वरले मलाई ताडना र अनुशासन दिनुभएकोमा म कृतज्ञ छु, जसबाट मलाई आफ्नो कर्तव्यप्रतिको मनोवृत्ति बदल्न सहयोग मिल्यो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

झूटो अगुवाको रक्षा गर्दा के हुन्छ

सन् २०२० को अक्टोबरको अन्त्यतिर, व्यावहारिक काम गर्न नसकेकोमा मलाई अगुवाको पदबाट बर्खास्त गरियो र म मेरो स्‍थानीय मण्डलीमा फर्केँ। मेरो घर...

सुसमाचार प्रचार गर्नुको चाबी जिम्‍मेवारी नै हो

म आफ्‍नो कर्तव्यलाई त्यति गम्‍भीर रूपमा लिँदिनथिएँ र प्रायजसो सुस्त हुन्थेँ। म प्रायजसो अल्याङटल्याङ गर्थेँ। म सुसमाचार प्रचार गर्न लायक...

एन्जेलको कथा

एन्जेल, म्यान्मारमैले सिस्टर टिनालाई २०२० को अगस्टमा फेसबुकमा भेटेँ। उनले मलाई प्रभु येशू फर्किसक्नुभएको, उहाँले धेरै सत्यता व्यक्त...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्