परमेश्वरको डर नमान्नु खतरनाक मार्ग हो
गत वर्षबाट सुरु गर्दै, मैले मण्डलीमा मलजल गर्ने कामको जिम्मेवारी लिएँ। एक पटक भेलामा, सुसमाचार कार्यको सुपरभाइजर ब्रदर वाङ्गले मलाई केही...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
एक वर्षभन्दा बढी समयदेखि, परमेश्वरले झुट्टा अगुवाहरूलाई खुट्याउने सत्यताका बारेमा सङ्गति गर्दै आउनुभएको छ। भेलाहरूमा, म प्रायः यसबारे मेरा आफ्नै बुझाइ र ज्ञानका आधारमा सङ्गति गर्थेँ, तर वास्तविक जीवनमा भने म झुट्टा अगुवाहरूलाई खुट्याउन सक्दिनथेँ। कुनै अगुवाले वास्तविक काम नगरेको थोरै मात्र प्रकटीकरण देख्नासाथ, म अन्धाधुन्ध तिनीहरूलाई झुट्टा अगुवाका रूपमा चित्रण गर्थेँ। यसको परिणाम स्वरूप, मैले मण्डलीको कामको सुरक्षा गर्न असफल मात्र भइनँ, काममा झन्डै अवरोध खडा गरिदिएँ। यस असफलताले मलाई एउटा पाठ सिकायो, जसले मलाई झुट्टा अगुवाहरूलाई खुट्याउने केही क्षमता दियो।
म मण्डलीमा सामान्य मामिलाहरू सम्हाल्थेँ। म मण्डलीका केही सामान र उपकरण व्यवस्थापन गर्ने जिम्मेवारीमा थिएँ। आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, मैले ब्रदर-सिस्टरहरूले ती सामानहरू अनुपयुक्त ढङ्गले प्रयोग गरेको पाएँ। यसले गर्दा व्यवस्थापन गर्न गाह्रो भयो। म अगुवा, सिस्टर मेगनकहाँ गएँ, अनि यी समस्याहरू उहाँलाई रिपोर्ट गरेँ। मैले उहाँलाई भेलाहरूमा अरूका अगाडि यी समस्याहरू उठाउन र तीबारे सङ्गति गर्न सक्नुहुन्छ भनेर पनि सम्झाएँ। कुरा बुझेपछि, उहाँ त्यसो गर्न सहमत हुनुभयो। त्यसपछि, म मेगन भेलामा आउने प्रतीक्षामा बसेँ, तर लामो समय पर्खिँदा पनि मैले उहाँलाई कुनै भेलामा देखिनँ, र उहाँले यसमा कहिल्यै अनुगमन गर्नुभएन, त्यसैले मेरो ध्यान अगुवामै अल्झिरह्यो। मैले सोचेँ, “धेरै समय भइसक्यो। उहाँले यस कामको किन अनुगमन गर्नुभएको छैन? मैले उहाँलाई यस समस्याबारे एक पटकभन्दा बढी भनिसकेको छु, तर यो कहिल्यै समाधान भएन। परमेश्वरले झुट्टा अगुवाहरूलाई खुट्याउने विषयसँग सम्बन्धित सत्यताका पक्षहरूमा सङ्गति गर्दै आउनुभएको छ। यदि तपाईँ समस्याहरूको अनुगमन र समाधान गर्नुहुन्न भने, तपाईँ झुटो अगुवा हुनुहुन्छ। मैले यो समस्या तपाईँ माथिका अगुवाहरूलाई रिपोर्ट गर्नै पर्छ। त्यसो गर्दा, तपाईँभन्दा माथिका अगुवाहरूले मसँग इन्साफको बोध रहेछ भनी महसुस गर्नेछन्। उहाँहरूले मेरो उच्च मूल्याङ्कन गर्न पनि सक्नुहुन्छ!” तर त्यस बेला, मैले यसबारे सोचेँ मात्र, र कुनै कदम चालिनँ। पछि, हामीले परमेश्वरका वचनहरूका पुस्तक भण्डारण गरेको ठाउँको बहाल सम्झौता एक महिनाभन्दा अलि बढी समयमै सकिँदै थियो, त्यसैले ती पुस्तकहरूलाई जतिसक्दो चाँडो अर्को ठाउँमा सार्नुपर्ने थियो। त्यहाँ धेरै पुस्तकहरू भएकाले र प्रत्येक बाकस गह्रौँ भएकाले, मलाई एक्लै सार्न गाह्रो हुनेथियो, अनि यसका लागि धेरै समय लाग्नेथियो। म अलि चिन्तित थिएँ, त्यसैले सघाउनका लागि केही मानिस खोजिदिन सक्नुहुन्छ कि भनेर अगुवालाई सोधेँ। अगुवाले सधैँ आफूले मानिसहरू खोजिरहेको कुरा भन्नुहुन्थ्यो, तर लामो समयसम्म कोही पनि आएन। अन्ततः दुई जना ब्रदर आएर एक खेप सार्न मलाई सघाए, तर त्यसपछि हतार-हतार गए। यस परिस्थितिले मलाई धेरै दिक्क बनायो। मैले सोचेँ, “अगुवाले सघाउन थप मानिसहरू किन खोज्न सक्नुभएन? उहाँले किन यस कामको अनुगमन गर्नुहुन्न? मैले कति धेरै काम गर्नुपरेको छ भनेर उहाँ यहाँ आएर किन हेर्नुहुन्न?” मैले जति धेरै सोचेँ, मलाई त्यति नै बढी रिस उठ्यो, र उप्रान्त म अगुवालाई समस्याहरू रिपोर्ट गर्न चाहन्नथेँ किनभने यो निरर्थक जस्तो लाग्थ्यो। त्यस समयमा, मलाई अगुवासँग भेट्न मन लाग्दैनथ्यो, अनि भेटिहाले पनि मलाई उहाँसँग कुरा गर्न मन हुँदैनथ्यो। मैले सोचेँ, “यदि तपाईँ कोही खोज्न चाहनुहुन्न भने, ठिकै छ। म यो आफै सिध्याउनेछु। जे होस्, म तपाईँको यो व्यवहार याद राख्नेछु, र समय आएपछि, यसको रिपोर्ट तपाईँ माथिका अगुवाहरूलाई गर्नेछु।” त्यसपछि मैले झुट्टा अगुवाहरूलाई खुट्याउनेबारे परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झिएँ: “मण्डलीका काममा पैदा हुने समस्या र कठिनाइहरूका सम्बन्धमा भन्नुपर्दा, झूटा अगुवाहरूले तिनलाई ध्यान दिँदै दिँदैनन् वा तिनलाई पन्छाउन थोरथोरै धर्मसिद्धान्त बोल्ने र केही नाराहरू फलाक्ने मात्र गर्छन्। सबै खालका काममा, तिनीहरू कामबारे बुझ्ने र त्यसको अनुगमन गर्ने प्रयास गर्न आफै कार्यस्थल आएको कहिल्यै देखिँदैन। तिनीहरूले त्यहाँका समस्याहरू समाधान गर्न सत्यतामा सङ्गति गरेको देखिँदैन, र तिनीहरूले त्यहाँ व्यक्तिगत रूपमा कामको निर्देशन दिइरहेको र सुपरिवेक्षण गरिरहेको, र यसमा त्रुटि र विचलनहरू देखा पर्नबाट रोकेको देखिनु त झन् परको कुरा हो। झूटा अगुवाहरूले झाराटारुवा तरिकामा काम गर्नुको सबैभन्दा स्पष्ट प्रकटीकरण यही हो” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (४))। मैले सोचेँ, “मेरी अगुवाको व्यवहार परमेश्वरका वचनहरूले वर्णन गरेजस्तै नै छ। यदि उहाँले मेरो काममा भएका समस्याहरूको जाँचबुझ वा समाधान गर्नुहुन्न भने, के उहाँ झुटो अगुवा होइन र?” तर मैले के पनि सोचेँ भने मैले देखेका समस्याहरूबारे अगुवासँग कुराकानी गरेको छैन, न त मैले यसलाई पुष्ट्याइँ गर्न सत्यता बुझेका केही मानिसलाई सोधेको छु, त्यसैले सायद मैले यति हतारमा उहाँलाई झुटो अगुवा भनेर चित्रण गर्न मिल्दैन। मलाई लाग्यो, “कुनै निर्णय लिनुअघि, पहिला मैले नै यस क्षेत्रमा थप सत्यता सिद्धान्तहरू खोज्दा, अनि सत्यता बुझेका केही ब्रदर-सिस्टरसँग यसबारे छलफल गर्दा कस्तो होला?” तर उहाँको व्यवहार ठ्याक्कै परमेश्वरका वचनहरूले वर्णन गरेजस्तै थियो, त्यसैले त्यहाँ खोज्नुपर्ने थप कुरा के नै थियो र? मेरो दृष्टिकोण सही थियो कि थिएन भन्नेमा म निश्चित थिइनँ र म उहाँलाई गलत आरोप लगाउन चाहन्नथेँ, त्यसैले के गर्ने भनेर म द्विविधामा थिएँ। मेरो दिमाग अगुवाले मेरो समस्या समाधान नगरेका दृश्यहरूले भरिएको थियो। त्यसैले त्यत्तिकै, मैले सत्यताको खोजी गर्न छोडिदिएँ, परमेश्वरको सङ्गतिको पृष्ठभूमिमाथि विचार गरिनँ, अनि परमेश्वरका वचनहरूलाई गलत तरिकाले बुझेँ। मेगनलाई आरोप लगाउन र उहाँ झुटो अगुवा हो भनी विश्वास गर्न मैले एउटा मात्र वाक्यांश, व्यवहारको एउटै मात्र दृष्टान्तलाई प्रमाणका रूपमा प्रयोग गरेँ। पछि, मैले सामान्य मामिलाहरू सम्हाल्ने अरू केही सिस्टरले मेगनले तिनीहरूको कामको पनि त्यति अनुगमन नगरेको, र कहिलेकाहीँ तिनीहरूको काममा ढिलाइ भएको भनेको सुनेँ। यो कुरा सुनेर, म अझ बढी निश्चित भएँ, “मेगन कुनै वास्तविक काम गर्नुहुन्न र कामको अनुगमन पनि गर्नुहुन्न, त्यसैले के यसले उहाँलाई झुटो अगुवाका रूपमा प्रकट गर्दैन र? हालसालै भेलाहरूमा, हामीले झुट्टा अगुवाहरूलाई खुट्याउने विषयसँग सम्बन्धित सत्यताका पक्षहरूमा सङ्गति गरेका छौँ। मैले एउटा यस्तै व्यक्ति भेटेँ भनेर म पत्याउनै सक्दिनँ। मसँग इन्साफको बोध हुनुपर्छ, मैले मण्डलीको कामलाई कायम राख्नुपर्छ, अनि यो झुटो अगुवाको खुलासा गर्नुपर्छ।” तर जब म यी समस्याहरू मेगनका माथिल्ला अगुवाहरूलाई रिपोर्ट गर्न चाहेँ, तब मैले असहज महसुस गरेँ। मैले अझै पनि यस विषयमा उहाँसँग छलफल गरेको थिइनँ, न त मैले सत्यता बुझेकाहरूसँग यसको खोजी वा छलफल नै गरेको थिएँ, त्यसैले के यो अति अन्धो र मनमानी हुनु भएन र? तर त्यही बेला मैले मेगनका माथिल्ला अगुवाहरू उहाँसँग कुरा गर्न आउनुभएको छ, र सबै टोली अगुवालाई उहाँको कार्यसम्पादनका बारेमा सोध्नुभएको छ भन्ने सुनेँ। यो सुनेर, म शान्त रहन सकिनँ, “मेगनमा समस्या छ भन्ने कुरा उहाँका माथिल्ला अगुवाहरूले पहिल्यै पत्ता लगाइसक्नुभएको रहेछ भन्ने कसलाई पो थाहा थियो र? अब त उहाँ झुटो अगुवा हुनुहुन्छ भन्ने कुरा लगभग निश्चित नै भयो।” मैले सोचेँ, “मैले तत्कालै मेगनका समस्याहरू उहाँका माथिल्ला अगुवाहरूलाई रिपोर्ट गर्नै पर्छ। मैले थप खोजी गरिरहनु आवश्यक छैन। अन्यथा, मेगनका माथिल्ला अगुवाहरूले आफ्नो जाँचबुझ सकेर उहाँलाई बर्खास्त गरेपछि, कोसँग उहाँलाई खुट्याउने क्षमता थियो, कसले उहाँका समस्याहरू पत्ता लगायो, अनि कसले इन्साफको बोध राखेर उहाँको रिपोर्ट गर्यो भनी कुरा उठ्दा मेरो नाम आउनेछैन। त्यसोभए मसँग खुट्याउने क्षमता थियो भनेर मैले कसरी देखाउन सक्छु त? म अब थप पर्खन सक्दिनँ!” मैले उत्सुकतापूर्वक मेगनका माथिल्ला अगुवा, ब्रदर सनलाई भेट्ने समय मिलाएँ, अनि मेगनका समस्याहरू उहाँलाई रिपोर्ट गरेँ। मैले भनेँ, “एउटी अगुवा भएर, मेगनले मेरो कामको अनुगमन गर्नुहुन्न, न त उहाँले मेरो काममा भएका समस्याहरूबारे सोधपुछ नै गर्नुहुन्छ। हरेक पटक मैले उहाँलाई समस्याका बारेमा भन्दा, उहाँले त्यसलाई समाधान गर्नुहुन्न।” मैले उहाँलाई झुट्टा अगुवाहरूलाई खुट्याउने विषयमा परमेश्वरका वचनहरूको एउटा खण्ड पनि देखाएँ। मैले परमेश्वरका वचनहरूमा प्रकट गरिएका झुट्टा अगुवाहरूको व्यवहार उहाँको जस्तै छ, र मलाई उहाँ झुटो अगुवा हुनुहुन्छ भन्ने लाग्छ भनी बताएँ। मेरो कुरा सिद्धिएपछि, उहाँले भन्नुभयो, “हामीले यसबारे पहिल्यै हेरिसकेका छौँ, र मेगनमा केही समस्या पक्कै छन्। उहाँले उचित रूपमा अनुगमन नगरेका केही काम छन्, अनि उहाँले आफ्नो कर्तव्यमा अलमल गर्नुहुन्छ। उहाँलाई काँटछाँट गरिनुपर्छ, अनि आत्मचिन्तन गर्न लगाएर यसबाट सिक्न उहाँलाई सघाउनुपर्छ। तर हामीले के पनि थाहा पायौँ भने, भर्खरै मण्डलीमा धेरै नयाँ विश्वासी सामेल भएका हुनाले विगत केही महिनादेखि मेगनले मुख्यतया मलजल गर्ने कामको अनुगमन गरिरहनुभएको छ। केही धार्मिक पाष्टरले गम्भीर बाधाहरू खडा गरिरहेका छन्, र साँचो मार्गमा जरा गाड्नका लागि यी नयाँ विश्वासीहरूलाई तत्कालै मलजल गर्नुपर्ने आवश्यकता छ। अहिलेका लागि यो नै सबैभन्दा महत्त्वपूर्ण र जरुरी काम हो। मेगनले आफ्नो सम्पूर्ण ऊर्जा यही काममा लगाइरहनुभएको छ। सामान्य मामिलाहरू त्यति धेरै जरुरी छैनन्। यसले कामकुराहरूमा रोकावट नगरेसम्म, अहिलेका लागि उहाँले अनुगमन गर्न अलि ढिलो गरे पनि यो कुनै ठुलो समस्या होइन। यी सबै काम एकै समयमा आएकाले र हामीसँग जनशक्तिको अभाव भएकाले, उहाँले प्राथमिकता निर्धारण गर्नुपर्ने हुन्छ, त्यसैले सामान्य मामिलाहरूलाई अहिलेका लागि थाती राख्नुपर्छ। मेगनले समयमै तपाईँको कामको अनुगमन नगर्नुको कारण यही हो, तर आफ्ना सहकर्मीहरूसँग छलफल गरेपछि मात्र उहाँले यसरी अभ्यास गर्ने निर्णय गर्नुभएको हो। यसबाहेक, मेगनले पहिले एउटा मात्र कामको जिम्मेवारीमा हुनुहुन्थ्यो। उहाँ नयाँ अगुवा हुनुहुन्छ, त्यसैले उहाँका लागि यति धेरै कामको जिम्मेवारी लिनु गाह्रो कुरा हो। के यस्ता कुराहरू छन् जसमा उहाँले अनुगमन गर्न सक्नुहुन्न, त्यसैले उहाँलाई हाम्रो मद्दत र कुराकानीको आवश्यकता छ।” सनले यसबारेका सिद्धान्तहरू पनि पठाउनुभयो। सिद्धान्तहरू पढेपछि मात्र मैले बढी महत्त्वपूर्ण कामलाई पहिले प्राथमिकता दिनुपर्छ भन्ने महसुस गरेँ। त्यस क्षणमा, मलजल गर्ने काम नै प्राथमिकताको विषय थियो। मलजल गर्ने काम प्रभावित नभएसम्म मात्र उनीहरूले अन्य काम गर्न सक्थे। यदि मलजल गर्ने काममा ढिलाइ भएमा, के त्यो कम महत्त्वपूर्ण कुराका लागि महत्त्वको कुराको बलिदान दिनु हुने थिएन र? हुनत मेगनले केही कामको उचित रूपमा अनुगमन गर्नुभएन, तर यो उहाँले बढी महत्त्वपूर्ण कामलाई प्राथमिकता दिइरहनुभएको कारणले गर्दा थियो, वास्तविक काम गर्न असफल असफल हुनुभएको कारणले होइन। तर मैले उहाँले किन कामको अनुगमन गर्नुभएन, वा मैले उठाएका समस्याहरू किन समाधान गर्नुभएन भनी बुझ्ने प्रयास कहिल्यै गरिनँ। त्यसको सट्टा, मैले उहाँप्रति पूर्वाग्रह पालेँ, मेरो ध्यान उहाँमै अल्झिरह्यो, उहाँले वास्तविक काम गर्नुहुन्न भन्ने सोचेँ, अनि तत्कालै उहाँलाई झुटो अगुवाका रूपमा चित्रण गरेँ। के म अति नै मनमानी ढङ्गले चलिरहेको थिइनँ र? यस घडीमा, सनले मलाई सोध्नुभयो, “यदि हामीले मेगनलाई अहिल्यै बर्खास्त गर्यौँ भने, के मण्डलीले उहाँको ठाउँमा तुरुन्तै कसैलाई पाउन सक्छ? के काम अघि बढ्न सक्छ?” मैले यसबारे सोचेँ अनि मेगन नै अगुवाका रूपमा निरन्तर रहनु अझै पनि उपयुक्त हुन्छ भन्ने महसुस गरेँ। सनसँग कुरा गरेपछि, मलाई धेरै दुःख लाग्यो। सुरुमा, मलाई मसँग इन्साफको बलियो बोध छ जस्तो लागेको थियो, अनि मैले यस परिस्थितिसँग मिल्ने परमेश्वरका वचनहरू पनि फेला पारेको थिएँ, र सत्यता खोजेपछि मात्रै मेगनको रिपोर्ट गरेको थिएँ। तर पछि थाहा भयो, मैले त सत्यता बुझेकै रहेनछु, अनि मेरो खुट्याइ नै गलत रहेछ। म कहाँ चुकेँ त?
मैले खोज्दै जाँदा, परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “कसैलाई झूटो अगुवा वा झूटो कामदार भनी चित्रण गर्दा त्यो पर्याप्त तथ्यहरूमा आधारित हुनुपर्छ। यो एकदुई वटा घटना वा अपराधमा आधारित हुनु हुँदैन, क्षणिक भ्रष्टताको प्रकटीकरणलाई यसको आधारका रूपमा प्रयोग गर्नु त झनै मिल्दैन। कुनै व्यक्तिको चरित्र चित्रण गर्ने एउटै मात्र सही मानक भनेको उसले वास्तविक काम गर्न सक्छ कि सक्दैन र समस्याहरू समाधान गर्न सत्यता प्रयोग गर्छ कि गर्दैन, साथै ऊ सच्चा व्यक्ति हो कि होइन, ऊ सत्यतालाई प्रेम गर्ने र परमेश्वरमा समर्पित हुन सक्ने व्यक्ति हो कि होइन, र उसमा पवित्र आत्माको काम र अन्तर्दृष्टि छ कि छैन भन्ने हो। यी तथ्यहरूका आधारमा मात्र कुनै व्यक्तिलाई झूटो अगुवा वा झूटो कामदारका रूपमा सही तरिकाले चित्रण गर्न सकिन्छ। यी तत्त्वहरू नै कुनै व्यक्ति झूटो अगुवा वा झूटो कामदार हो कि होइन भनेर मुल्याङ्कन र निर्धारण गर्ने मानक र सिद्धान्त हुन्” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (२०))। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने, झुट्टा अगुवालाई खुट्याउन, हामीले मुख्यतया उनीहरूले वास्तविक काम गर्न सक्छन् कि सक्दैनन्, अनि उनीहरूले सत्यता स्वीकार गर्छन् कि गर्दैनन् भनेर हेर्नुपर्छ। मैले कल्पना गरेजस्तो, अगुवाहरूले मेरो कर्तव्यका हरेक समस्या समाधान गर्नै पर्छ, र त्यसो गरे भने उनीहरू साँचो अगुवा हुन्, तर त्यसो गरेनन् भने उनीहरू वास्तविक काम नगर्ने झुट्टा अगुवा हुन् भन्ने कुरा पटक्कै होइन रहेछ। यो दृष्टिकोण गलत छ र सत्यता अनुरूप छैन। कोही झुटो अगुवा हो कि होइन भनी निर्धारण गर्नका लागि, सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, उनीहरूले आफ्नो जिम्मेवारीको दायराभित्र रहेका हरेक कामको प्रगति र अवस्थालाई तुरुन्त अनुगमन गर्न, बुझ्न र त्यसको जानकारी राख्न सक्छन् कि सक्दैनन्; ब्रदर-सिस्टरहरूले आफ्ना कर्तव्यहरूमा सामना गर्ने समस्या, कठिनाइ र विचलनहरूलाई तुरुन्तै पत्ता लगाउन र सोधपुछ गर्न सक्छन् कि सक्दैनन्; अनि यी समस्याहरू समाधान गर्न ब्रदर-सिस्टरहरूसँग मिलेर सत्यता सिद्धान्तहरू खोज्छन् कि खोज्दैनन् भन्ने हो। यसका आधारमा, हामी कुनै अगुवाले वास्तविक काम गरिरहेको छ कि छैन भनेर मूल्याङ्कन गर्न सक्छौँ। साथै, उनीहरूले सत्यता स्वीकार गर्न सक्छन् कि सक्दैनन्, र उनीहरू सही व्यक्ति हुन् कि होइनन् भन्ने कुरामा पनि यो निर्भर गर्छ। यदि अगुवाहरूसँग आफूले नबुझेका प्रश्नहरू छन् भने, उनीहरूले माथिल्लो तहको मद्दत लिन सक्छन्। अरूले सुझाव दिँदा वा कमजोरीहरू औँल्याउँदा, अगुवाहरूले त्यसको पालन गर्न, सत्यता खोज्न र आत्मचिन्तन गर्न सक्षम हुनुपर्छ। काँटछाँट, रोकावट र असफलता भोग्दा, उनीहरूले त्यसबाट सिक्न र पछि परिवर्तन हुन सक्नुपर्छ। यसले उनीहरू सत्यता स्वीकार गर्ने मानिसहरू भन्ने देखाउँछ। साथै, जब कुनै अगुवा धेरै कार्यको जिम्मेवारीमा हुन्छन्, तब उनीहरू आफैले ती सबै गर्नुपर्दैन। उनीहरूको मुख्य भूमिका भनेको प्रत्येक कार्यको जाँच गर्नु हो ताकि मण्डलीको काम सामान्य रूपमा अघि बढोस्। यसो गर्ने व्यक्ति नै योग्य अगुवा हो। झुट्टा अगुवाहरू सधैँ बाहिरी रूपमा व्यस्त देखिएझैँ गर्छन्, तर सतही वा कम महत्त्वको काम मात्र गर्छन्। उनीहरू सबैभन्दा महत्त्वपूर्ण काम कहिल्यै समयमै गर्दैनन्; उनीहरू अन्धाधुन्ध यताउता दगुर्छन् र आफैलाई व्यस्त राख्छन्, तर प्रभावहीन हुन्छन्। सत्यता सिद्धान्तहरू नबुझ्ने भएकाले, उनीहरूले आफ्नो काममा भएका समस्याहरू स्पष्ट रूपमा चिन्न वा देख्न सक्दैनन्, र उनीहरूलाई कामकुराहरूको कसरी योजना बनाउने वा व्यवस्थित गर्ने भन्ने थाहा हुँदैन। उनीहरू केवल धर्मसिद्धान्त र खोक्रा शब्दहरू मात्र फलाक्न सक्षम हुन्छन्, जसले अभ्यासका मार्गहरू प्रदान गर्दैनन् वा ब्रदर-सिस्टरहरूले आफ्ना कर्तव्यहरूमा सामना गर्ने वास्तविक समस्याहरू समाधान गर्दैनन्। यसका साथै, झुट्टा अगुवाहरूले कुराहरूहरूको सामना गर्दा सत्यता खोज्दैनन्, अरूको मार्गदर्शन र सहयोग स्वीकार गर्दैनन्, अनि अन्ततः धेरै कार्यलाई सहज रूपमा अघि बढ्नबाट रोक्छन्, र ती कार्यहरू ठप्पसमेत बनाउँछन्। यो कर्तव्यको गम्भीर बेवास्ता हो; झुट्टा अगुवा भनेको यही हो। मैले परमेश्वरका वचनहरूबाट के बुझेँ भने कोही झुटो अगुवा हो कि होइन भनेर खुट्याउनका लागि धेरै पक्षमा हेर्न र विस्तृत जाँचबुझ गर्न आवश्यक हुन्छ। यदि हामीले कुनै व्यक्तिको क्षणिक व्यवहार र भ्रष्टताको प्रकटीकरणलाई मात्र हेर्यौँ, पृष्ठभूमि र कारणहरूलाई बेवास्ता गर्यौँ, अनि उनीहरूले पश्चात्ताप गरेर परिवर्तन गरेका छन् कि छैनन् भनी नहेरी मनमानी ढङ्गले चित्रण गर्यौँ भने, मानिसहरूमाथि गलत आरोप लगाउन धेरै नै सजिलो हुन्छ। हरेक व्यक्तिमा भ्रष्टता र कमजोरीहरू हुन्छन्, तर जबसम्म उनीहरूले आफैलाई चिन्न, पश्चात्ताप गर्न र परिवर्तन ल्याउन सक्छन्, तबसम्म मण्डलीले उनीहरूलाई अभ्यास गरिरहने अवसर दिनेछ। मेगनको व्यवहारमा सत्यता सिद्धान्तहरू लागू गरेपछि, मैले उहाँले सबैभन्दा महत्त्वपूर्ण कामहरूको अनुगमन गर्दै आउनुभएको, अनि समस्या पर्दा अरूसँग छलफल गरेर समाधान निकालेको देखेँ। समग्रमा, उहाँले वास्तविक काम गरिरहनुभएको थियो अनि आफ्नो कर्तव्यमा नतिजाहरू ल्याइरहनुभएको थियो। कुरा के मात्र थियो भने यी सबै काम एकै समयमा आएका थिए, त्यसैले उहाँले सन्तुलन मिलाउन सक्नुभएको थिएन, र केही कुरा छुटेका थिए। यो उहाँको कर्तव्यमा रहेको एउटा कमजोरी थियो, अनि उहाँलाई सम्झाउनुपर्ने र सहयोग गर्नुपर्ने आवश्यकता थियो। यी कुराहरू महसुस गरेपछि, अन्ततः मैले के देखेँ भने मैले सत्यता सिद्धान्तहरू बुझेको रहेनछु र मानिसहरूलाई निष्पक्ष रूपमा व्यवहार गर्न सकेको रहेनछु। मैले आफ्नो अगुवामा समस्याहरू देखेँ, तर तीबारे उहाँसँग कुराकानी गरिनँ; म सबै पक्षलाई विचार गर्न असफल भएँ, अनि अन्धाधुन्ध उहाँलाई झुटो अगुवाका रूपमा चित्रण गरेँ। मेरो हृदयमा परमेश्वरको डर पटक्कै थिएन।
यसपछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड देखेँ: “जब कसैलाई दाजुभाइ-दिदीबहिनीहरूले अगुवा बन्न चयन गर्छन्, वा उसलाई कुनै एक निश्चित काम गर्न वा एक निश्चित कर्तव्य निर्वाह गर्नका लागि परमेश्वरको घरद्वारा प्रवर्धन गरिन्छ, तब यसको अर्थ उसको विशेष हैसियत वा पद छ, वा उसले बुझेका सत्यताहरू अन्य मानिसहरूले बुझेका सत्यताभन्दा गहिरो र धेरै छन् भन्ने होइन—उसले आफूलाई परमेश्वरमा समर्पित गर्न सक्छ, र उहाँलाई धोका दिनेछैन भन्ने त झनै होइन। निश्चय नै, यसको अर्थ उसले परमेश्वरलाई चिन्छ, र ऊ परमेश्वरको डर मान्ने व्यक्ति हो भन्ने पनि होइन। वास्तवमा, उसले यीमध्ये कुनै पनि कुरा हासिल गरेको हुँदैन। प्रवर्धन र संवर्धन त सिधा अर्थको प्रवर्धन र संवर्धन मात्रै हो, र यो उसलाई परमेश्वरले पूर्वनियोजन गर्नुभएको र योग्य ठान्नुभएको बराबर होइन। उसको प्रवर्धन र संवर्धनको अर्थ उसलाई प्रवर्धन गरिएको छ, र ऊ संवर्धन हुने प्रतीक्षामा छ भन्ने मात्र हो। अनि यो संवर्धनको अन्तिम परिणाम यो व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन, र सत्यता पछ्याउने मार्ग छनौट गर्न सक्छ कि सक्दैन भन्ने कुरामा निर्भर हुन्छ। तसर्थ, जब मण्डलीमा कसैलाई अगुवा हुनका निम्ति प्रवर्धन र संवर्धन गरिन्छ, उसलाई केवल सिधा अर्थमा प्रवर्धन र संवर्धन गरिएको हुन्छ; यसको अर्थ अगुवाका रूपमा ऊ पहिलेदेखि नै मानकअनुरूप र दक्ष छ, ऊ पहिल्यै अगुवाइको काम गर्न सक्षम छ, र उसले वास्तविक काम गर्न सक्छ भन्ने होइन—कुरा त्यस्तो होइन। धेरैजसो मानिसहरूले यी कुराहरूलाई छर्लङ्ग देख्न सक्दैनन्, र तिनीहरू बढुवा गरिएकाहरूलाई आफ्नै कल्पनाहरूका आधारमा सम्मान गर्छन्। यो गल्ती हो। ती प्रवर्धन गरिएकाहरूले परमेश्वरमा जति नै वर्ष विश्वास गरेका भए पनि, के तिनीहरूसँग साँच्चै नै सत्यता वास्तविकता हुन्छ? हुन्छ नै भन्ने हुँदैन। के तिनीहरू परमेश्वरको घरको कामका प्रबन्धहरू लागू गर्न सक्षम हुन्छन्? हुन्छन् नै भन्ने हुँदैन। के तिनीहरूसँग जिम्मेवारी बोध हुन्छ? के तिनीहरू बफादार हुन्छन्? के तिनीहरू समर्पित हुन सक्छन्? कुनै समस्याको सामना गर्नुपर्दा, के तिनीहरूले सत्यताको खोजी गर्न सक्छन्? यो सब अज्ञात हुन्छ। के यी मानिसहरूमा परमेश्वरको डर मान्ने हृदय हुन्छ? अनि, परमेश्वरको डर मान्ने उनीहरूको हृदय कति ठूलो हुन्छ? के तिनीहरू कामकुरा गर्दा आफ्नै इच्छा नपछ्याउन सक्षम हुन्छन्? के तिनीहरू परमेश्वरको खोजी गर्न सक्षम हुन्छन्? तिनीहरूले अगुवाइको काम गरिरहेका बेला के तिनीहरू परमेश्वरका अभिप्रायहरू खोज्न बारम्बार परमेश्वरसामु आउन सक्छन्? के तिनीहरूले मानिसहरूलाई सत्यता वास्तविकतामा डोर्याउन सक्छन्? तिनीहरू निश्चय नै त्यस्ता कुराहरू गर्न असक्षम हुन्छन्। तिनीहरूले तालिम प्राप्त गरेका हुँदैनन् र पर्याप्त अनुभवहरू पाएका हुँदैनन्, त्यसकारण तिनीहरू यी कामकुरा गर्न असक्षम हुन्छन्। यही कारणले गर्दा कसैलाई बढुवा र संवर्धन गर्नुको अर्थ उसले पहिल्यै सत्यता बुझेको छ भन्ने होइन, न त यसको अर्थ ऊ पहिलेबाटै मानकअनुरूप आफ्नो कर्तव्य पूरा गर्न सक्षम छ भन्ने नै हुन्छ। त्यसोभए, कसैलाई प्रवर्द्धन र संवर्धन गर्नुको उद्देश्य र महत्त्व के हो त? यही कि यो व्यक्तिलाई, एउटा व्यक्तिगत रूपमा प्रवर्द्धन गरिन्छ ताकि उसले अभ्यास गरोस्, र उसले विशेष रूपमा मलजल र तालिम प्राप्त गरोस्, यसरी ऊ सत्यता सिद्धान्तहरू, अनि विभिन्न कामकुरा गर्ने र विभिन्न समस्याहरू समाधान गर्ने सिद्धान्त, उपाय, र विधिहरू बुझ्न, साथसाथै उसले सामना गर्ने विभिन्न प्रकारका वातावरण र मानिसहरूलाई परमेश्वरका अभिप्रायहरूअनुसार, र परमेश्वरको घरका हितहरूको सुरक्षा गर्ने तरिकाले कसरी सम्हाल्ने र व्यवहार गर्ने भनी बुझ्न सक्षम होओस्। यी बुँदाहरूका आधारमा मूल्याङ्कन गर्दा, के परमेश्वरको घरद्वारा प्रवर्द्धन र संवर्धन गरिने प्रतिभावान् मानिसहरू प्रवर्द्धन र संवर्धन गरिने अवधिमा वा प्रवर्द्धन र संवर्धनको अगावै राम्रोसित आफ्नो काम गर्न र आफ्नो कर्तव्य पूरा गर्न पर्याप्त रूपमा सक्षम हुन्छन् त? अवश्य नै हुँदैनन्। यसैले, संवर्धनको दौरान, यी मानिसहरूले काँटछाँट, न्याय र सजाय, खुलासा र बर्खास्ती समेत भोग्नु अपरिहार्य हुन्छ; यो सामान्य कुरा हो, यो तालिम र संवर्धन हो” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (५))। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने, यदि कोही अगुवा वा कामदारका रूपमा छानिन्छन् भने, यसको अर्थ उनीहरूले सत्यता बुझ्छन् र आफ्नो काम गर्न पूर्ण रूपमा सक्षम हुनेछन् भन्ने होइन। उनीहरूले सबै कुरा बुझ्छन् अनि हरेक कार्य त्रुटिहीन रूपमा गर्न सक्छन् भन्ने पनि यसको अर्थ होइन। उनीहरूसँग केही क्षमता र कार्य सामर्थ्य मात्र हुन्छ, अनि उनीहरूले सत्यता स्वीकार गर्न र पछ्याउन सक्छन्, त्यसैले मण्डलीले उनीहरूलाई संवर्धित गर्ने र प्रशिक्षित हुने मौका दिन्छ। आफ्नो काममा निरन्तर समस्याहरू पत्ता लगाएर र समाधान गरेर, उनीहरूले अन्ततः केही सत्यता बुझ्नेछन् र सिद्धान्तअनुसार काम गर्न सिक्नेछन्। तर यस अवधिमा, अगुवा र कामदारहरू अझै पनि अभ्यासकै चरणमा हुन्छन्, त्यसैले उनीहरूको काममा विचलन, अपूर्णता र कमीकमजोरीहरू हुनु अपरिहार्य छ, र हामीले यस मामलालाई सही ढङ्गले व्यवहार गर्नुपर्छ। हामीलाई समस्या वा कठिनाइहरू पर्दा, हामीले हाम्रा अगुवाहरूसँगै मिलेर सत्यता खोजेर र सङ्गति गरेर कुराहरू समाधान गर्नुपर्छ। यसरी मात्र काम प्रभावकारी हुन सक्छ। यदि हामीले अगुवा र कामदारहरूबाट धेरै माग गर्यौँ भने, यदि हामीले पत्ता लगाएका सबै समस्याहरू समाधान गर्नका लागि उनीहरूमाथि नै थोपर्यौँ भने, अनि उनीहरूले समाधान खोज्न ढिलाइ गर्दा उनीहरूलाई झुट्टा अगुवाहरूका रूपमा चित्रण गर्यौँ भने, यो सिद्धान्तहीन हुन्छ अनि परमेश्वरका अभिप्रायहरूअनुरूप हुँदैन। परमेश्वरका वचनहरू पढेर, मैले के देखेँ भने अगुवा र कामदारहरूप्रतिको मेरो व्यवहार सत्यता सिद्धान्तहरूमा आधारित थिएन, बरु मेरा आफ्नै धारणाहरू र कल्पनामा आधारित थियो। अगुवाहरूप्रतिका मेरा मागहरू धेरै उच्च र कठोर थिए। जब मैले आफ्नो अगुवाले मेरो कामको उचित रूपमा अनुगमन नगरेको अनि मेरा समस्या र कठिनाइहरू छिटो समाधान नगरेको देखेँ, तब मैले उहाँलाई झुटो अगुवाको बिल्ला भिराएँ। मैले समस्याको पृष्ठभूमि वा समग्र रूपमा उहाँको कामलाई विचार गरिनँ, न त उहाँले सत्यता स्वीकार गरेर कामकुराहरूलाई सुधार्न सक्नुहुन्छ कि हुन्न भनेर नै सोचेँ। मैले देखेको अपूर्ण जानकारीका आधारमा मैले अन्धाधुन्ध उहाँलाई झुटो अगुवाका रूपमा चित्रण गरेँ। यो इन्साफको बोध थिएन, यो त एउटा बाधा थियो, अनि यसले सत्यता सिद्धान्तहरूको उल्लङ्घन गर्यो। मैले सत्यता बुझेको थिइनँ अनि अगुवा र कामदारहरूप्रतिको मेरो व्यवहार सिद्धान्तहीन थियो। अझ गम्भीर कुरा त, मेरो हृदयमा परमेश्वरको डर पटक्कै थिएन। जब मैले आफ्नो अगुवामा अलिकति मात्र समस्या देखेँ, मैले त्यसलाई ठुलो कुरा बनाएँ, जथाभाबी उहाँलाई दोषी ठहराएँ, अनि त्यो कुरालाई त्यत्तिकै छोड्न चाहिनँ। मैले उहाँको प्रकृति सार वा परिस्थितिको वास्तविक पृष्ठभूमिका आधारमा उहाँलाई व्यवहार गरिनँ, त्यसको सट्टा मैले उहाँलाई चोट पुर्याएको थिएँ। यो सोच्दा, म अचानक भयभीत भएँ। मलाई यस समस्याको प्रकृति गम्भीर छ भन्ने महसुस भयो। यदि सनलाई परिस्थिति थाहा नभएको भए, अनि मेरो कुरा मात्र सुनेर मेगनलाई बर्खास्त गर्नुभएको भए, मण्डलीको काम प्रभावित भएको हुनेथियो, त्यसो हुँदा के मैले दुष्टता गरिरहेको हुने थिइनँ र? त्यो त एउटा ठुलो अपराध भएको हुने थियो! यदि मसँग फेरि यस्तै कुरा भयो भने, म अरूको मूल्याङ्कन गर्न आफ्नै कल्पनामा निर्भर हुन मिल्दैनथ्यो। मैले सत्यता सिद्धान्तहरू अझ बढी खोज्नुपर्थ्यो, परमेश्वरका मागहरूअनुरूप मानिसहरूलाई निष्पक्ष रूपमा व्यवहार गर्नुपर्थ्यो, अनि सिद्धान्तअनुसार काम गर्नुपर्थ्यो।
त्यसपछि, मेगन मकहाँ आउनुभयो अनि आफ्नो हालको स्थिति र काममा भएका समस्याहरूबारे कुरा गर्नुभयो। उहाँले आफू परिवर्तन हुन चाहेको कुरा बताउनुभयो, अनि उहाँले मेरो काममा भएका समस्या र कठिनाइहरूबारे बुझ्नुभयो, र हामीले सँगै मिलेर हरेक टोलीका ब्रदर-सिस्टरहरूसँग सङ्गति गर्यौँ। उहाँ सत्यता स्वीकार नगर्ने व्यक्ति हुनुहुन्न भन्ने मैले महसुस गरेँ। हुनत उहाँको काममा केही त्रुटि थिए र उहाँले अनुगमन नगरेका क्षेत्रहरू पनि थिए, तर समस्या छ भन्ने थाहा पाएपछि, उहाँले छिट्टै परिवर्तन ल्याउन सक्नुहुन्थ्यो। उहाँ वास्तवमा वास्तविक काम नगर्ने झुटो अगुवा हुनुहुन्न भन्ने मैले देखेँ।
सुरुमा, मलाई यस विषयमा केही बुझाइ छ जस्तो लागेको थियो, तर मैले सत्यता बुझेको थिइनँ अनि झुट्टा अगुवाहरूलाई खुट्याउन सकिनँ, जसले गर्दा मबाट गल्ती हुन गयो। तर एक पटक एउटा भेलामा, मैले मेरा ब्रदर-सिस्टरहरूले के भनेको सुनेँ भने कहिलेकाहीँ गल्तीहरू केवल खुट्याउने क्षमताको अभाव वा सत्यताको बुझाइको कमीले मात्र हुँदैनन्। हामीले हाम्रा कार्यहरूमा खराब नियत वा भ्रष्ट स्वभावहरूको मिसावट थियो कि थिएन भनेर पनि जाँच गर्नुपर्छ। मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ जसमा यसो भनिएको छ: “आफ्ना अपराधहरूलाई केवल अपरिपक्व वा मूर्ख व्यक्तिले गरेका गल्तीहरूको रूपमा मात्रै नमान्; तैँले आफ्नो कमजोर क्षमताले यसो गर्न असम्भव बनाएकोले गर्दा आफूले सत्यताको अभ्यास गरिन भन्ने बहानाबाजी नगर्। यसबाहेक, तैँले गरेका अपराधहरूलाई केवल त्योभन्दा राम्रो केही थाहा नभएको व्यक्तिले गरेका कार्यहरूको रूपमा नमान्। यदि तँ आफूलाई क्षमा गर्न र आफूलाई उदारताका साथ व्यवहार गर्नमा खप्पिस छस् भने म त भन्छु तँ एक काँतर होस् जसले कहिल्यै पनि सत्यता हासिल गर्नेछैन, न त कहिल्यै तेरा अपराधहरूले तेरो पिछा गर्न नै छाड्नेछन्; तिनीहरूले तँलाई सधैँ सत्यताका मागहरू पूरा गर्नबाट रोक्नेछन्, र तँलाई सधैँको लागि शैतानको बफादार रहने बनाउनेछन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अपराधले मानिसलाई नरकतर्फ डोर्याउनेछ)। परमेश्वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने जब कुनै परिस्थिति उत्पन्न हुन्छ, हामीले यसलाई सामान्य कुराका रूपमा लिएर त्यत्तिकै छोड्न मिल्दैन। हामीले सत्यता खोज्नुपर्छ अनि हाम्रो आफ्नै भ्रष्ट स्वभावलाई चिन्नुपर्छ। अनि मात्र हाम्रो जीवनमा साँचो परिवर्तन र वृद्धि हुन सक्छ। यदि हामीले हाम्रा अपराधहरूलाई सधैँ क्षणिक गल्तीका रूपमा मान्यौँ, ती कुराहरूले केही फरक पार्दैन भन्ने महसुस गर्यौँ, अर्को पटक अझ बढी ध्यान दिनेछौँ भन्यौँ, अनि सधैँ आफ्नै अपराधहरूलाई क्षमा दियौँ भने, हामीले आफ्ना समस्याहरू कहिल्यै बुझ्नेछैनौँ, सत्यता कहिल्यै प्राप्त गर्नेछैनौँ, अनि अन्ततः हाम्रा अपराधहरू थपिँदै जाँदा र हामीले कुनै परिवर्तन नल्याउँदा, परमेश्वरले हामीलाई तिरस्कार गर्नुहुनेछ र हटाउनुहुनेछ। परमेश्वरका वचनहरूले प्रकट गरेका कुराहरूमार्फत, यो परिस्थिति आउँदा मेरा विचारहरू ठ्याक्कै के थिए, ममा कस्ता नियतहरू मिसावट थिए, वा मैले कस्ता भ्रष्ट स्वभावहरू देखाएँ भनेर मैले चिन्तन गर्न थालेँ। चिन्तन गर्दा मैले के पाएँ भने, जब मैले अगुवाका समस्याहरू देखेँ, मैले कुराहरूलाई सही रूपमा देखेको छु कि छैन भन्नेमा म वास्तवमै निश्चित थिइनँ, र म परमेश्वरका वचनहरू अझ धेरै पढ्न चाहन्थेँ। तर जब मैले मेगनले सामान्य मामिलाहरू सम्हाल्ने अरू मानिसहरूको कामको अनुगमन नगरेको, अनि उहाँका माथिल्ला अगुवाहरूले उहाँको कार्यसम्पादनको जाँचबुझ गरिरहेको भन्ने सुनेँ, तब मलाई उहाँ झुटो अगुवा हो भन्ने बलियो सम्भावना छ भन्ठानेँ, अनि मेरा ब्रदर-सिस्टरहरूले मसँग इन्साफको बोध र खुट्याउने क्षमता छ भन्ने देखून् भन्नका लागि मैले मेगनका माथिल्ला अगुवाहरूलाई छिट्टै रिपोर्ट गर्नुपर्छ भन्ने लाग्यो। त्यसैले, सत्यता सिद्धान्तहरू नबुझी वा निरन्तर रूपमा खोजी नगरी, अनि कुनै पृष्ठभूमि वा कारणहरू नबुझी, मैले सुनेको एउटा जानकारीकै आधारमा मैले अन्धाधुन्ध मेगनलाई झुटो अगुवाका रूपमा चित्रण गरेँ। मैले कुराहरूलाई सही रूपमा देखेको छु र यसमा कुनै समस्या हुनुहुँदैन भन्ने मलाई लागेको थियो। तर मैले हतार गरेको रहेछु, अनि मेरो नियत गलत रहेछ भन्ने मलाई अहिले महसुस भयो। मैले आत्मचिन्तन गरेँ, “सत्यता सिद्धान्तहरू नबुझी मैले किन मेरी अगुवाको रिपोर्ट गरेँ? यस समस्याको मूल के हो?” मैले परमेश्वरका वचनहरूमा यस्तो पढेँ: “धेरै मानिसहरूले आफूले जे गरे पनि आफ्नै विचारहरू पछ्याउने गर्छन्, र सबै कुरालाई अत्यन्तै सरल रूपमा लिन्छन्, र सत्यताको खोजी पनि गर्दैनन्। तिनीहरूमा सिद्धान्त भन्ने कुरा हुँदै हुँदैन, र तिनीहरूले आफ्नो हृदयमा परमेश्वरले कसरी काम गर्न लगाउनुभएको छ वा परमेश्वरलाई कसरी सन्तुष्ट पार्ने भन्नेबारेमा कुनै ध्यान दिँदैनन्, र तिनीहरूले एकोहोरो आफ्नो इच्छा पछ्याउन मात्रै जानेका हुन्छन्। यस्ता मानिसहरूको हृदयमा परमेश्वरको निम्ति कुनै ठाउँ हुँदैन। कतिपय मानिसहरू भन्छन्, ‘कठिनाइको सामना गर्दा मात्रै म परमेश्वरलाई प्रार्थना गर्छु, तर अझै पनि यसले कुनै प्रभाव पार्दैन जस्तो लाग्छ—त्यसकारण सामान्यतया समस्याहरू आइपर्दा म अचेल परमेश्वरलाई प्रार्थना गर्दिनँ, किनभने परमेश्वरलाई प्रार्थना गर्नुको कुनै अर्थ छैन।’ त्यस्ता मानिसहरूको हृदयबाट परमेश्वर पूर्ण रूपमा टाढा हुनुभएको हुन्छ। तिनीहरूले साधारण समयहरूमा जे गरे पनि सत्यता खोजी गर्दैनन्; तिनीहरूले आफ्नै विचारहरू मात्र पछ्याउने गर्छन्। त्यसो भए, के तिनीहरूको कार्य-व्यवहारमा सिद्धान्तहरू हुन्छन् त? अवश्य नै हुँदैनन्। तिनीहरूले सबै कुरा सरल तरिकाले हेर्छन्। मानिसहरूले तिनीहरूलाई सत्यता सिद्धान्तहरू सङ्गति गर्दासमेत, तिनीहरूले ती सिद्धान्तहरू स्विकार्न सक्दैनन्, किनभने तिनीहरूको कार्य-व्यवहारमा कहिल्यै कुनै सिद्धान्त लागू गरिएकै हुँदैन, तिनीहरूको हृदयमा परमेश्वरको निम्ति कुनै ठाउँ हुँदैन, र तिनीहरूको हृदयमा तिनीहरू आफैबाहेक अरू कोही पनि हुँदैन। तिनीहरूलाई आफ्ना अभिप्राय असल छन्, आफूले कुनै दुष्कर्म गरिरहेको छैन, र आफूलाई सत्यता उल्लङ्घन गरिरहेको भनेर भन्न सकिँदैन भन्ने लाग्छ, र तिनीहरू आफ्नै अभिप्रायहरूअनुसार काम गर्नुलाई नै सत्यता अभ्यास गर्नु हो, र त्यसरी काम गर्नु नै परमेश्वरप्रति समर्पित हुनु हो भन्ठान्छन्। वास्तवमा, यस विषयमा तिनीहरूले साँचो रूपमा परमेश्वरसित खोजी वा प्रार्थना गरिरहेका हुँदैनन्, बरु आफ्नै जोसपूर्ण अभिप्रायहरूका आधारमा आवेगसाथ काम गरिरहेका हुन्छन्, तिनीहरूले परमेश्वरले भन्नुभए जसरी आफ्नो कर्तव्य निभाइरहेका हुँदैनन्, तिनीहरूसँग परमेश्वरप्रति समर्पित हृदय हुँदैन, र तिनीहरूमा यो कुराको चाहना नै हुँदैन। मानिसहरूको अभ्यासमा हुने सबैभन्दा ठूलो गल्ती यही हो। यदि तैँले परमेश्वरमा विश्वास त गर्छस्, तैपनि तेरो हृदयमा उहाँ हुनुहुन्न भने, के तैँले परमेश्वरलाई छल गर्ने प्रयास गरिरहेको हुँदैनस् र? अनि परमेश्वरमाथिको यस्तो विश्वासले कस्तो प्रभाव ल्याउन सक्छ? तैँले आखिर के प्राप्त गर्न सक्छस्? अनि परमेश्वरमाथिको यस्तो विश्वासको अर्थ के हुन्छ र?” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूको खुलासामार्फत, मैले के देखेँ भने कुनै कुरा हुँदा म विरलै मात्र सत्यता खोज्थेँ वा सिद्धान्तहरूअनुरूप अभ्यास गर्थेँ। त्यसको सट्टा, म आफ्नै विचारहरूको पछि लाग्थेँ। मेरो हृदयमा न त परमेश्वरका लागि कुनै स्थान थियो न त उहाँप्रतिको डर नै थियो। कुनै कुरा हुँदा, परमेश्वरको डर मान्नेहरूले पहिले सत्यता सिद्धान्तहरू र त्यस मामलामा परमेश्वरका वचनहरूले के भन्छन् भनी खोजी गर्छन्, त्यसपछि परमेश्वरका वचनहरू र सत्यताका आधारमा मानिस र कामकुराहरूलाई हेर्छन्। म झुट्टा अगुवाहरूलाई खुट्याउन असमर्थ भएकाले, मैले सत्यता खोज्नुपर्थ्यो, झुट्टा अगुवाहरू भनेका के हुन्, उनीहरूका प्रकटीकरणहरू कस्ता हुन्छन्, र को झुटो अगुवा हो भनेर कसरी निर्धारण गर्ने भन्ने कुरा स्पष्ट रूपमा बुझ्नुपर्थ्यो, तर त्यसको सट्टा मैले आफ्नै कल्पनाका आधारमा मनमानी निर्णयहरू गरेँ। यदि कुनै अगुवाले मेरो कामको अनुगमन गर्नुभएन वा मेरा समस्याहरू समाधान गर्नुभएन भने, त्यसले उहाँलाई झुटो अगुवा बनाउँछ भन्ने मलाई लाग्थ्यो। हुनत त्यस अवधिमा मैले परमेश्वरका वचनहरू पढेँ र मनन गरेँ, तर मैले ती कुराहरू बुझिनँ। जब मैले झुट्टा अगुवाहरूबारे परमेश्वरका वचनहरूको एउटा हरफ देखेँ जुन मेगनको व्यवहारसँग हुबहु मिल्थ्यो, तब म उहाँ झुटो अगुवा हुनुहुन्छ भन्ने निष्कर्षमा पुगेँ, अनि मैले परिस्थितिलाई धेरै सही रूपमा देखेको छु भनी ठानेँ। वास्तविकतामा, मैले कुराहरूलाई प्रसङ्गबाहिर लगेर हेरिरहेको थिएँ अनि अन्धाधुन्ध नियमहरू लागू गरिरहेको थिएँ। अनि यस सम्पूर्ण प्रक्रियाभरि मैले असहज महसुस गरेँ। मेगनको रिपोर्ट गर्नुअघि म अझै खोज्न र उहाँसँग कुराकानी गर्न चाहन्थेँ, तर मलाई उहाँको व्यवहार पहिल्यै यति स्पष्ट छ जस्तो लाग्यो कि मैले थप खोजी गर्ने झन्झट नै गरिनँ, अनि केवल आफ्नै विचारहरूअनुसार काम गरेँ। म कति अहङ्कारी र आत्मधर्मी थिएँ! मैले ममा खराब मानवता छ भन्ने कुरा पनि देखेँ। मैले परमेश्वरका अभिप्रायहरूलाई साँच्चिकै ख्याल गरिनँ, न त मैले मण्डलीको कामको सुरक्षा नै गरेँ। जब मैले मेरी अगुवाको काममा समस्याहरू देखेँ, मैले ती कुराहरू उहाँलाई औँल्याएर भनिनँ; त्यसको सट्टा, मैले आफ्नो खुट्याउने क्षमता देखाउन सकूँ भनेर उहाँका माथिल्ला अगुवाहरूसँग उहाँको विरुद्धमा रिपोर्ट गर्ने मौका खोजेँ। म कति नीच थिएँ भनेर म देख्न सक्थेँ, अनि यो एउटा हृदयविदारक अनुभूति थियो। म यस्तो प्रकारको व्यक्ति हुँ भनेर मैले कहिल्यै कल्पनै गरेको थिइनँ। मैले स्पष्ट रूपमा सत्यता सिद्धान्तहरू बुझेको थिइनँ, तैपनि म कति धेरै अहङ्कारी र अविवेकी थिएँ। मेरी अगुवाको रिपोर्ट गरेपछि म आफैसँग दङ्ग परेँ, किनभने मलाई लाग्यो मैले अरू कसैले खुट्याउन नसकेका कुराहरू देखेको छु अनि सत्यता सिद्धान्तहरू बुझेको छु। तर वास्तवमा मैले केही पनि बुझेको रहेनछु; मैले बुझेका कुराहरू भनेका केवल शब्द र धर्मसिद्धान्तहरू मात्र थिए, अनि मैले अन्धाधुन्ध नियमहरू लागू गरेँ। मैले सिद्धान्तविना नै मनमानी ढङ्गले कसैको रिपोर्ट गरेँ। के यो मण्डलीको काममा बाधा दिइरहनु थिएन र? मैले असल कार्यहरू तयार गरिरहेको थिइनँ, मैले त दुष्टता गरिरहेको थिएँ!
पछि, मैले परमेश्वरका वचनहरू पढेँ अनि अगुवा र कामदारहरूलाई व्यवहार गर्ने सिद्धान्तहरू सिकेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मानिसहरूले बढुवा र संवर्धन गरिएकाहरूबाट कुनै उच्च आशाहरू राख्नु वा उनीहरूमा अवास्तविक मागहरू थोपर्नु हुँदैन; त्यसो गर्नु अनुचित हुनेछ, र तिनीहरूलाई अन्याय हुनेछ। तिमीहरूले तिनीहरूको काम सुपरिवेक्षण गर्न सक्छौ। यदि तिमीहरूले तिनीहरूको कामको दौरान समस्याहरू वा सिद्धान्त उल्लङ्घन गर्ने कुराहरू पत्ता लगायौ भने, तिमीहरूले यी समस्याहरूबारे कुरा उठाउन सक्छौ र यी मामलाहरूलाई सुल्झाउन सत्यता खोजी गर्न सक्छौ। तिमीहरूले तिनीहरूलाई आलोचना, निन्दा, आक्रमण वा बहिष्कारचाहिँ गर्नु हुँदैन, किनकि तिनीहरू केवल संवर्धनका क्रममा हुन्छन्, र तिनीहरूलाई सिद्ध पारिएका मानिसका रूपमा हेरिनु हुँदैन, र दोषरहित वा सत्यता वास्तविकता भएका मानिसका रूपमा त झनै हेरिनु हुँदैन। तिमीहरू जस्तै, तिनीहरू केवल तालिम लिने क्रममा हुन्छन्। फरक यति हो कि तिनीहरूले सामान्य मानिसहरूले भन्दा धेरै काम र जिम्मेवारीहरू लिन्छन्। तिनीहरूसँग धेरै काम गर्ने जिम्मेवारी र दायित्व हुन्छ; तिनीहरूले बढी मूल्य चुकाउनुपर्छ, बढी कठिनाइ भोग्नुपर्छ, बढी मानसिक मेहनत लगाउनुपर्छ, बढी समस्याहरू समाधान गर्नुपर्छ, मानिसहरूबाट बढी आलोचना सहनुपर्छ, र अवश्य नै तिनीहरूले मेहनत पनि बढी नै लगाउनुपर्छ, र—आफ्ना कर्तव्य पूरा गर्ने साधारण मानिसहरूका तुलनामा—तिनीहरू अलिकति कम सुत्नुपर्छ, राम्रा चिजहरूको आनन्द अलि कम लिनुपर्छ, र त्यति धेरै गफगाफमा संलग्न हुनु हुँदैन। तिनीहरूको विशेष कुरा यही हो; यसबाहेक, तिनीहरू अरूजस्तै हुन्। … त्यसोभए, तिनीहरूसित व्यवहार गर्ने सबैभन्दा मनासिब तरिका के हो? तिनीहरूलाई साधारण मानिसका रूपमा लिनु र कुनै समस्याको सम्बन्धमा कोही व्यक्तिकहाँ जान आवश्यक परेमा तिनीहरूसँग सङ्गति गर्नु र एकअर्काको सबल पक्षबाट सिक्नु र एकअर्काको परिपूरक बन्नु। यसबाहेक, अगुवा र कामदारहरूले वास्तविक काम गरिरहेका छन् कि छैनन्, तिनीहरूले समस्या सुल्झाउनहेतु सत्यता प्रयोग गर्न सक्छन् कि सक्दैनन् भनी सुपरिवेक्षण गर्नु सबैको जिम्मेवारी हो; कुनै अगुवा वा कामदार मानकअनुरूप छ कि छैन भनेर मापन गर्ने मानक र सिद्धान्तहरू यिनै हुन्। यदि कुनै अगुवा वा कामदारले साधारण समस्याहरू सम्हाल्न र समाधान गर्न सक्छ भने, ऊ सक्षम छ। तर यदि उसले साधारण समस्याहरू समेत सम्हाल्न र समाधान गर्न सक्दैन भने, ऊ अगुवा वा कामदार हुन लायक छैन, र उसलाई पदबाट तुरुन्तै हटाइनुपर्छ। अरू कसैलाई नै छनोट गर्नुपर्छ, र परमेश्वरको घरका काममा ढिलाइ गर्नु हुँदैन। परमेश्वरको घरका काममा ढिलाइ गर्नु भनेको आफैलाई र अरूलाई चोट पुर्याउनु हो, यो कसैका लागि राम्रो हुँदैन” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (५))। परमेश्वरका वचनहरू पढेपछि, अगुवा र कामदारहरूलाई कसरी व्यवहार गर्ने भन्ने कुरा मैले बुझेँ। मण्डलीले छान्ने अगुवाहरूले पूर्ण रूपमा सत्यता बुझेका हुँदैनन्, पूर्ण रूपमा योग्य हुँदैनन्, अनि कामको हरेक पक्षलाई बुझेका हुँदैनन् वा यसलाई कसरी राम्ररी गर्ने भन्ने उनीहरूलाई थाहा हुँदैन। उनीहरू पनि अभ्यासकै अवधिमा हुन्छन्, र उनीहरूले भ्रष्टता र विचलन देखाउन सक्छन् वा गल्तीहरू गर्न सक्छन्। हामीले मानिसहरूलाई निष्पक्ष रूपमा व्यवहार गर्नुपर्छ र उनीहरूबाट धेरै माग गर्नुहुँदैन; उनीहरूले कुनै पनि विचलन वा त्रुटिहरू बिना हरेक काम पूर्ण रूपमा गरुन् भन्ने माग गरेर हामी अविवेकी बन्नु हुँदैन। त्यसको सट्टा, हामी समझदार र सहनशील हुनैपर्छ, अनि मण्डलीको काम राम्ररी गर्नका लागि उनीहरूसँग सौहार्दपूर्ण सहकार्य गर्नैपर्छ। परमेश्वरका अभिप्रायहरूको ख्याल गर्नु भनेको यही हो, अनि अगुवा र कामदारहरूलाई यसरी व्यवहार गर्नु सिद्धान्तअनुरूप छ। साथै, हामीमा अगुवाहरूको कामको सुपरिवेक्षण गर्ने जिम्मेवारी छ। हाम्रा अगुवाहरूका कार्यहरू सत्यताअनुरूप हुँदा हामीले त्यसलाई स्वीकार गर्नुपर्छ र त्यसमा समर्पित हुनुपर्छ, तर जब उनीहरूका कार्यहरू सत्यता सिद्धान्तहरूअनुरूप हुँदैनन्, तब हामीले समयमै कुराहरू उठाउनुपर्छ, यसबारे सङ्गति गर्नुपर्छ, र उनीहरूलाई मद्दत गर्नुपर्छ, ताकि उनीहरूले आफ्नो कर्तव्यमा भएका विचलनहरूलाई थाहा पाएर त्यसलाई छिट्टै सच्याउन सकून्। यो उनीहरूको जीवन प्रवेश र मण्डलीको कामका लागि लाभदायक हुन्छ। यदि सिद्धान्तहरूले कोही व्यक्ति वास्तविक काम नगर्ने झुटो अगुवा हो भनी पुष्टि गर्छन् भने, उनीहरूको खुलासा गरेर रिपोर्ट गरिनुपर्छ। जब मैले यो कुरा महसुस गरेँ, मेरो हृदय उज्यालो भयो, अनि भविष्यमा अगुवा र कामदारहरूलाई कसरी व्यवहार गर्ने भन्ने कुरा मैले थाहा पाएँ।
यस पटक मैले गलत रूपमा खुट्याएर मेरी अगुवाको रिपोर्ट गरेको भए पनि, मैले झुट्टा अगुवाहरूलाई खुट्याउने बारेमा केही सत्यता सिद्धान्त सिकेँ। मैले अगुवा र कामदारहरूलाई कसरी व्यवहार गर्नुपर्छ भन्ने कुरा पनि सिकेँ, आफ्नै भ्रष्ट स्वभावका बारेमा केही ज्ञान प्राप्त गरेँ, र केही पाठ सिकेँ। परमेश्वरलाई धन्यवाद!
गत वर्षबाट सुरु गर्दै, मैले मण्डलीमा मलजल गर्ने कामको जिम्मेवारी लिएँ। एक पटक भेलामा, सुसमाचार कार्यको सुपरभाइजर ब्रदर वाङ्गले मलाई केही...
सु यान, चीनसन् २०२३ को नोभेम्बरमा, मैले प्रवचनहरूको मूल्याङ्कन र छनौट गर्ने कर्तव्य सुरु गरेँ। पहिले अगुवा हुँदा मेरो क्षमता कमजोर भएकोले र...
मैले मण्डली अगुवाको रूपमा सेवा गर्दा वाङ हुवाले मेरो कामको रेखदेख गर्थिन्। उनले प्राय उनी मण्डलीको काम कसरी सम्हाल्छिन् भन्नेबारे कुरा...
चेन लिङ्ग, चीनप्राथमिक विद्यालयमा, मेरो पढाइ राम्रो थिएन, तर म सानै थिएँ त्यसैले मैले लाज मानिनँ। तर माध्यमिक विद्यालयमा, जब मैले शिक्षक र...