एउटा गलत रिपोर्ट

25 अप्रिल 2023

एक वर्षभन्दा बढी समयसम्‍म, परमेश्‍वरले झूटा अगुवाहरूलाई चिन्‍नेसम्‍बन्धी सत्यताहरूमा सङ्गति गर्नुभएको छ। भेलाहरूमा, म प्रायजसो आफ्‍नै बुझाइ र ज्ञानबारे सङ्गति गर्थेँ, तर वास्तविक जीवनमा, म झूटा अगुवाहरू चिन्‍न सक्दिनथेँ। अगुवाले अलिकता व्यावहारिक काम नगरेको कुरा देख्थेँ, म उनलाई अन्धाधुन्ध झूटो अगुवाको रूपमा निन्दा गर्थेँ, परिणामस्वरूप, मैले मण्डलीको कामको रक्षा गर्न नसकेको मात्र होइन, तर काममा झण्डै बाधा पुऱ्याएँ। तथ्यहरूले प्रकट गरेको कुराद्वारा, मैले आफ्‍ना असफलताहरूबाट केही पाठ सिकेँ, जसद्वारा झूटा अगुवाहरूलाई केही मात्रामा चिनेँ।

म मण्डलीमा प्रशासनिक काम गर्थेँ। मैले मण्डलीका केही सामग्रीहरू व्यवस्थित गर्ने जिम्‍मा पाएको थिएँ। आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा, ब्रदर-सिस्टरहरूले ती सामग्रीहरू अनुचितरूपमा प्रयोग गर्ने गरेका भेट्टाएँ। यसले गर्दा व्यवस्थापन गर्न गाह्रो हुन्थ्यो। मैले गएर अगुवा सिस्टर मेगानलाई यी समस्याहरूबारे रिपोर्ट गरेँ। मैले उनलाई यो कुरा अरूका अगाडि उठाएर तीबारे भेलाहरूमा सङ्गति गर्न सक्‍नुहुन्छ भनेर पनि सम्झाएँ। उनले यो बुझेपछि, सो गर्न सहमत भइन्। त्यसपछि, मेगान भेलामा आउँछिन् भनेर मैले पर्खेँ, तर निकै समय बितेपछि पनि, मैले उनलाई भेलाहरूमा आएकी देखिनँ र उनले यसको कहिल्यै अनुगमन पनि गरिनन्, त्यसकारण मैले अगुवालाई नियाल्‍न थालेँ। मैले सोचेँ, “निकै समय बितिसक्यो। उनले किन यस कामको अनुगमन गरेकी छैनन्? मैले उनलाई यो समस्याबारे एकपटकभन्दा बढी बताएको थिएँ, तर यो समाधान भएको छैन। परमेश्‍वरले झूटा अगुवाहरूलाई चिन्‍नेसम्‍बन्धी सत्यताका पक्षहरूमा सङ्गति गर्दै आउनुभएको छ। यदि तपाईं अनुगमन गरी समस्याहरू समाधान गर्नुहुन्‍न भने, तपाईं झूटो अगुवा हुनुहुन्छ, र मैले तपाईंभन्दा माथिका व्यक्तिहरूलाई यसको रिपोर्ट गर्नुपर्छ। त्यसरी, तपाईंभन्दा माथिका अगुवाहरूले ममा न्यायको बोध रहेछ भन्ठान्नेछन्। तिनीहरूले त मलाई आदरसमेत गर्लान्!” त्यो बेला, मैले यसबारे विचार मात्रै गरेँ। पछि, परमेश्‍वरको वचनका पुस्तकहरू राख्‍ने ठाउँको भाडा सम्झौताको म्याद सिकिएको एक महिनाभन्दा बढी भएको थियो, त्यसकारण पुस्तकहरू अर्को ठाउँमा सार्नुपर्थ्यो। पुस्तकहरू धेरै भएको, र हरेक बाकस गह्रौँ भएकोले, म आफैले सार्नु गाह्रो हुन्थ्यो, र धेरै समय लाग्थ्यो। मलाई अलिक चिन्ता लाग्यो, त्यसैले मैले अगुवालाई सहयोग गर्ने केही मानिसहरू खोजिदिन सक्नुहुन्छ कि भनेर अनुरोध गरेँ। अगुवाले सधैँ मानिसहरू खोज्दै छु भन्थिन्, तर लामो समयसम्‍म पनि कोही आएनन्। अन्तिममा, दुई जना ब्रदरहरू आए, र मलाई एकपटक सहयोग गरेर हतार-हतार गइहाले। यो परिस्थितिले मलाई निकै हताश तुल्यायो। मैले सोचेँ, “किन अगुवाले थप मानिसहरू खोजिनन्? उनी किन यस कामको अनुगमन गर्दिनन्? किन उनी यहाँ आएर मेरो काम कति धेरै छ भनी हेर्दिनन्?” जति सोचेँ, मलाई त्यति नै रिस उठ्यो, र मलाई अबउसो समस्याहरूबारे अगुवालाई रिपोर्ट गर्न मन लागेन, किनभने त्यो बेकार देखिन्थ्यो। त्यो अवधिमा, म अगुवालाई भेट्न चाहन्‍नथेँ, र उनलाई भेट्दा मलाई उनीसँग बोल्‍न मन लाग्दैनथ्यो। म सोच्थेँ, “यदि मेरो लागि मानिसहरू खोज्‍न चाहन्‍नौ भने, झन्झट नगर। म आफै गर्नेछु। जे भए तापनि, तिमीले गर्ने हर कुरा मलाई याद छ। समय आएपछि, म यो कुरा माथिका व्यक्तिहरूलाई रिपोर्ट गर्नेछु।” मलाई झूटा अगुवाहरू चिन्‍नेसम्‍बन्धी परमेश्‍वरको वचनको अर्को खण्ड याद आयो। “झूटा अगुवाहरूले मण्डलीको काममा देखा पर्ने समस्याहरूलाई पनि बेवास्ता गर्छन्। तिनीहरूले तुरुन्तै समस्याहरू पहिचान गर्न, तिनलाई समाधान गर्न, र विचलन र हेलचेक्र्याइँ हुन नदिनका लागि कामको स्थिति बुझ्न वा फलोअप गर्न वा वास्तवमा के भइरहेको छ भनेर वस्तुस्थिति थाहा पाउन कार्यस्थल जाने गर्दैनन्। मण्डलीको कामका कठिनाइहरूको सन्दर्भमा, झूटा अगुवाहरूले थोरै सिद्धान्तका कुरा गरेजस्तो वा केही नाराहरू भट्याएजस्तो मात्रै गर्छन्(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। मैले सोचेँ, “मेरा अगुवाको व्यवहार परमेश्‍वरको वचनले बताएको जस्तै छ। यदि उनले मेरो कामका समस्याहरू अनुसन्धान वा समाधान गर्दिनन् भने, के उनी झूटो अगुवा होइनन् र?” त्यो बेला मैले पनि यो कुरा विचार गरेको थिएँ। मैले समस्या देखेँ तर उनलाई बताइनँ, यसलाई पुष्टि गर्न सत्यता बुझ्‍ने मानिसहरूलाई पनि सोधिनँ, त्यसकारण मैले उनलाई रूखो शैलीमा झूटा अगुवा भन्‍न मिल्‍दैनथ्यो। मैले सोचेँ, “मैले सुरुमा यो क्षेत्रबारे सत्यताका थप सिद्धान्तहरू खोजेर, निर्णय गर्नुअघि सत्यता बुझ्‍ने केही ब्रदर-सिस्टरहरूसँग छलफल गर्दा कसो होला?” तर उनको व्यवहार परमेश्‍वरको वचनले बताएको जस्तै थियो, त्यसैले अरू भन्‍नु के रह्यो र? मेरो दृष्टिकोण सही छ कि छैन भन्‍नेमा म पक्‍का थिइनँ, र म उनलाई गलतरूपमा दोष दिन चाहन्‍नथेँ, त्यसैले के गर्ने भनेर म दोधारमा परेँ। मेरो मनमा अगुवाले कसरी मेरो समस्या समाधान गरिरहेकी थिइनन् भन्‍ने दृश्य झलझली आइरहेको थियो। त्यसरी, मैले तबउसो सत्यता खोजिनँ, परमेश्‍वरको वचनको पृष्ठभूमिलाई विचार गरिनँ, र गलतरूपमा परमेश्‍वरको वचनलाई बुझेँ। मैले मेगानलाई दोष दिन एउटा हरफ, र एउटा व्यवहार प्रयोग गरेँ, र उनी झूटो अगुवा हुन् भन्‍ने विश्‍वास गरेँ।

त्यसपछि, अर्को प्रशासनिक काम गर्ने सिस्टरहरूले मेगानले तिनीहरूको काम त्यति अनुगमन गर्दिनन्, र कहिलेकाहीँ तिनीहरूको काममा ढिलाइ हुन्छ भनेर भनेका मैले सुनेँ। यो सुनेपछि, मलाई झनै निश्‍चित भयो, “मेगानले व्यावहारिक काम गर्दिनन् र कामबारे निरीक्षण वा अनुसन्धान गर्दिनन्, त्यसैले के उनी झूटो अगुवा हुन् भन्‍ने कुरा प्रकट हुँदैन र? भर्खरै हामीले भेलाहरूमा झूटा अगुवाहरू चिन्‍नेबारे सङ्गति गरेका छौँ। मैले एक जना पनि भेट्टाएको छु भन्‍नेमा मलाई विश्‍वास छैन। ममा न्यायको बोध हुनुपर्छ, मैले मण्डलीको काम कायम राख्नुपर्छ, र झूटो अगुवालाई खुलासा गर्नुपर्छ।” तर मैले यी समस्याबारे मेगानभन्दा माथिका व्यक्तिहरूलाई रिपोर्ट गर्न चाहँदा, मलाई अप्ठ्यारो लाग्यो। मैले अझै यी समस्याहरूबारे उनीसँग छलफल गरेको थिइनँ, र सत्यता बुझेका मानिसहरूसँग यसबारे सोधपुछ वा छलफल गरेको थिइनँ, त्यसैले के यो अत्यन्तै अन्धोपन र मनमानी गर्नु भएन र? तर यो बेला मैले के सुनेँ भने मेगानभन्दा माथिका व्यक्तिहरू उनीसँग कुरा गर्न आएका थिए, र उनको कर्तव्य प्रस्तुतिबारे सबै टोली अगुवाहरूलाई सोधेका पनि थिए। यो सुनेपछि, मैले आफूलाई शान्त पार्न सकिनँ। अप्रत्याशितरूपमा, मेगानभन्दा माथिका व्यक्तिहरूलाई उनमा समस्या छ भन्‍ने थाहा भइसकेको रहेछ, त्यसैले उनी झूटो अगुवा हुन् भन्‍ने कुरा लगभग पक्‍का थियो। मैले सोचेँ, “मैले मेगानका समस्याहरूबारे उनीभन्दा माथिका व्यक्तिहरूलाई तुरुन्तै रिपोर्ट गर्नुपर्छ। मैले थप खोजी गरिरहनु पर्दैन। नत्र, मेगानमाथिका व्यक्तिहरूले अनुसन्धान पूरा गरेर उनलाई बर्खास्त गरेपछि, र कसले उनको वास्तविकता चिनेका थिए, कसले उनका समस्याहरू पत्ता लगाएका थिए, र कसले न्याय बोध गरेर उनीबारे रिपोर्ट गरेका भनी छलफल गर्दा, तिनीहरूले मेरो नाम उल्‍लेख गर्नेछैनन्, त्यसपछि म आफूसँग समझ छ भनेर कसरी देखाउन सक्छु र? मैले अब पर्खनु हुँदैन।” मैले उत्सुकतासाथ मेगानका अगुवा, ब्रदर सीनसँग भेट गरेँ र उनका समस्याहरूबारे तिनलाई रिपोर्ट गरेँ। मैले भनेँ, “मेगानले अगुवाको रूपमा मेरो कामको अनुगमन गर्दिनन् र मेरो कामका समस्याहरूबारे बुझ्दिनन्। मैले उनलाई हरेकपटक समस्याबारे बताउँदा, उनी ती समाधान गर्दिनन्।” मैले झूटा अगुवालाई चिन्‍नेसम्‍बन्धी परमेश्‍वरका वचनहरूको एउटा खण्ड पनि देखाएँ। परमेश्‍वरको वचनमा खुलासा गरिएका झूटा अगुवाहरूको व्यवहार उनकै जस्ता छन्, र उनी झूटो अगुवा हुन् भन्‍ने मलाई लाग्छ भनेर भनेँ। मेरो कुरा सकिएपछि, तिनले भने, “हामीले यसबारे अनुसन्धान गरिसका छौँ, र मेगानमा केही समस्याहरू छन् नै। कतिपय कामबारे उनले उचितरूपले निरीक्षण गरेकी छैनन्, र उनी आफ्‍नो कर्तव्यमा झारा टार्छिन्। उनलाई काटछाँट र निराकरण गर्नुपर्छ, अनि आत्मचिन्तन गर्न र पाठ सिक्‍न सहयोग गर्नुपर्छ। तर हामीले के थाहा पायौँ भने, विगत केही महिनादेखि, मेगानले मुख्यतः मलजल कामको रेखदेख गरिरहेकी छिन्, किनभने हालै धेरै नयाँ विश्‍वासीहरू मण्डलीमा आबद्ध भएका छन्। केही धार्मिक पाष्टरहरूले गम्‍भीर बाधा दिइरहेका छन्। यी नयाँ विश्‍वासीहरूलाई साँचो मार्गमा बलियो जरा गाड्न लगाउन तुरुन्तै मलजल गर्नुपर्छ। अहिलेको सबैभन्दा महत्त्वपूर्ण र उल्लेखनीय काम यही हो। मेगानले यो काममा आफ्‍नो सारा ऊर्जा लगाइरहेकी छिन्। प्रशासनिक काम त्यति अर्जेन्ट छैन। यसले बाधा ल्याउँदैन भने, अहिले उनले अनुगमन अलिक ढिलो गरे पनि यो ठूलो समस्या होइन। यो काम यति बेला नै आइपरेको, र हामीसँग कर्मचारीको पनि अभाव भएको कारण, उनले प्राथमिकता छुट्याउनुपर्छ, त्यसैले अहिलेको लागि प्रशासनिक कामलाई स्थगित गर्नुपर्छ। यही कारण मेगानले तपाईंको कामको समयमै अनुगमन गरिरहेकी छैनन्, तर उनले आफ्‍ना सहकर्मीहरूसँग छलफल गरेर मात्रै यसो गर्ने निर्णय लिएकी हुन्। साथै, मेगान पहिले एउटै कामका इन्‍चार्ज थिइन्। उनी नयाँ अगुवा हुन्, र धेरै कामको जिम्‍मेवारी लिनु उनलाई गाह्रो हुन्छ। कतिपय कुराहरूको उनी अनुगमन गर्न सक्दिनन्, त्यसैले उनलाई हाम्रो सहयोग र सम्पर्क चाहिन्छ।” यस बेला, सिनले सम्बन्धित सिद्धान्तहरू पठाए। त्यसपछि मात्रै मलाई कहिलेकाहीँ कामलाई प्राथमिकताको आधारमा छुट्याउनुपर्छ भन्‍ने थाहा भयो। त्यो बेला, मलजलको काम प्राथमिकतामा पर्थ्यो। मलजलको काममा असर परेन भने मात्रै तिनीहरू अरू काम गर्न सक्थे। यदि मलजलको काममा असर परेको भए, के त्यो महत्त्वहीन कुराको लागि महत्त्वपूर्ण कुरा त्याग्‍नु हुनेथिएन र? मेगानले कतिपय कामको उचित अनुगमन नगरेकी भए पनि, उनले प्राथमिकता छुट्याइरहेकी थिइन्, व्यावहारिक काम गर्न चुकिरहेकी थिइनन्। तर मैले उनले किन मेरो कामको अनुगमन गरिनन् वा मैले उठाएका समस्याहरू किन समाधान गरिनन् भनेर कहिल्यै बुझ्‍ने प्रयास गरिनँ। बरु, म उनीविरुद्ध पूर्वाग्रही भएँ, उनलाई नियाल्दै बसेँ, उनी व्यावहारिक काम गर्दिनन् भनेर सोचेँ, सिधै उनलाई झूटो अगुवाको रूपमा चित्रण गरेँ। के म अत्यन्तै स्‍वेच्‍छाचारी बनिरहेको थिइनँ र? यस बेला सिनले मलाई सोधे, “यदि हामीले मेगानलाई अहिले बर्खास्त गऱ्यौँ भने, के उनको सट्टामा मण्डलीले अर्को कोही भेट्टाउन सक्छ? के काम निरन्तर चल्न सक्छ?” मैले यसबारे विचार गरेँ र मलाई मेगान अझै अगुवाको रूपमा काम गर्न उपयुक्त छिन् भन्‍ने लाग्यो। सिनसँग कुरा गरेपछि, मलाई साह्रै दुःख लाग्यो। सुरुमा त, मलाई ममा न्यायको बोध छ भन्‍ने लाग्थ्यो, र मैले परमेश्‍वरको वचनका सम्‍बन्धित खण्डहरूसमेत भेट्टाएको थिएँ। सत्यता खोजेपछि मात्रै मैले मेगानको रिपोर्ट गरेको हुँ भन्‍ने मैले सोचेँ। मैले त सत्यता बुझेको रहेनछु, र मैले गलत रूपमा बुझेको रहेछु। त्यसोभए, मेरो गल्ती कहाँ भयो त?

मैले खोजी गर्ने क्रममा, परमेश्‍वरको वचनको एउटा खण्ड पढेँ। “कसैलाई झूटो अगुवा वा झूटो सेवक भनी चित्रण गर्दा त्यो पर्याप्त तथ्यहरूमा आधारित हुनुपर्छ। यो एकदुई वटा घटना वा अपराधको आधारमा हुनु हुँदैन, क्षणिक भ्रष्टतालाई यसको आधारको रूपमा प्रयोग गर्नु त झनै मिल्दैन। कुनै व्यक्तिको चरित्र चित्रण गर्ने सही मापदण्ड भनेको उसले व्यावहारिक काम गर्न र समस्याहरू समाधान गर्न सत्यता प्रयोग गर्न सक्छ कि सक्दैन, साथै ऊ सही व्यक्ति हो कि होइन, ऊ सत्यतालाई प्रेम गर्ने र परमेश्‍वरको आज्ञापालन गर्न सक्‍ने व्यक्ति हो कि होइन, र उसमा पवित्र आत्‍माको काम र अन्तर्दृष्टि छ कि छैन भन्‍ने कुरा हो। यी तथ्यहरूको आधारमा मात्र कुनै व्यक्तिलाई सहीसँग झूटो अगुवा वा झूटो सेवकको रूपमा चित्रण गर्न सकिन्छ। कुनै व्यक्ति झूटो अगुवा वा झूटो सेवक हो कि होइन भनेर मुल्याङ्कन र निर्धारण गर्ने मापदण्ड र सिद्धान्तहरू यिनै हुन्(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। परमेश्‍वरको वचनबाट मैले के बुझेँ भने झूटो अगुवालाई चिन्‍नको लागि, हामीले मुख्यतः तिनीहरू व्यावहारिक काम गर्न र सत्यता स्विकार्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरा हेर्नुपर्छ। यो कुरा मैले कल्‍पना गरेजस्तो अगुवाहरूले मेरो कर्तव्यको हरेक समस्या समाधान गर्नुपर्छ, र त्यसो गरे भने, तिनीहरू साँचो अगुवा हुन्, तर त्यसो गरेनन् भने, तिनीहरू व्यावहारिक काम नगर्ने झूटा अगुवा हुन् भन्‍ने होइन। यो दृष्टिकोण गलत छ र यो सत्यताअनुरूप छैन। कुनै अगुवा झूटो हो कि होइन भनेर निर्धारित गर्नको लागि, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तिनीहरू आफ्‍नो जिम्‍मेवारीको दायराभित्रको हरेक कामको प्रगति र स्थितिलाई रेखदेख गर्न, बुझ्‍न, र जान्‍न सक्छन् कि सक्दैनन्, ब्रदर-सिस्टरहरूले आफ्‍नो कर्तव्यमा भोगेका समस्या, कठिनाइ र विचलनहरूलाई तुरुन्तै पत्ता लगाउन र अनुसन्धान गर्न सक्छन् कि सक्दैनन् र यी समस्याहरूको समाधानमा सत्यताका सिद्धान्तहरू खोज्न उनीहरूसँग काम गर्न सक्छन् कि सक्दैनन् भन्‍ने हो। यी कुराहरूको आधारमा, हामी कुनै अगुवाले व्यावहारिक काम गर्छ कि गर्दैन भनेर मूल्याङ्कन गर्न सक्छौँ। साथै, यो तिनीहरू सत्यता खोज्न सक्छन् कि सक्दैनन् र सही व्यक्ति हुन् कि होइनन् भन्‍ने कुरामा निर्भर हुन्छ। यदि अगुवाहरूले कुनै कुरा बुझ्न सक्दैनन् भने, माथिकाहरूलाई सोध्‍न सक्छन्। अरूले सुझाव दिँदा, वा तिनीहरूका कमीकमजोरी औँल्याइदिँदा, तिनीहरूले पालना गर्न, सत्यता खोज्न, र आत्मचिन्तन गर्न सक्नैपर्छ। तिनीहरूले काटछाँट, निराकरण, रोकावट, र असफलता भोग्दा, पाठहरू सिकेर परिवर्तन हुन सक्नैपर्छ। यसको अर्थ तिनीहरू सत्यता स्विकार्ने मानिस हुन्। साथै, कुनै अगुवाले धेरैवटा कामको जिम्‍मेवारी पाउँदा, त्यो सब आफै गर्नु आवश्यक छैन। तिनीहरू मुख्यतः हरेक काम जाँच गर्ने भूमिका निर्वाह गर्छन्, ताकि मण्डलीको काम सामान्यरूपमा अघि बढोस्। यसो गर्ने व्यक्ति सुयोग्य अगुवा हो। झूटा अगुवाहरू बाहिरीरूपमा सधैँ व्यस्त देखिन्छन्, तर सतही वा महत्त्वहीन काम मात्रै गर्छन्। तिनीहरू सबैभन्दा महत्त्वपूर्ण काम कहिल्यै समयमा गर्दैनन्, तिनीहरू अन्धाधुन्ध दौडधूप गर्छन् र आफूलाई व्यस्त तुल्याउँछन्, र दक्ष हुँदैनन्। तिनीहरूले सत्यताका सिद्धान्तहरू नबुझ्ने हुनाले, आफ्‍नो कामका समस्याहरू पत्ता लगाउन वा स्पष्टसित देख्‍न सक्दैनन्, र कार्य योजना बनाउने वा त्यसलाई मिलाउने तरिका जान्दैनन्। तिनीहरू लेखोट र धर्मसिद्धान्तहरू वा खोक्रा शब्‍दहरू मात्रै बोल्न सक्छन्, जसले अभ्यासको मार्ग प्रदान गर्दैन अनि ब्रदर-सिस्टरहरूले आफ्‍नो कर्तव्यमा सामना गर्ने समस्याहरू समाधान गर्दैनन्। समस्यामा पर्दा तिनीहरू सत्यता खोज्दैनन्, अरूको डोऱ्याइ र सहयोग स्विकार्दैनन्, र अन्त्यमा, धेरै काम सहजरूपमा अघि बढ्दैनन् वा ती सुस्तसमेत हुन्छन्। यो त कर्तव्यमा गम्भीर लापर्बाही हो, र यो झूटा अगुवा हो। मैले परमेश्‍वरको वचनबाट के बुझेँ भने कुनै व्यक्ति झूटो अगुवा हो कि होइन भनेर चिन्न विभिन्‍न पक्षलाई हेर्नुपर्छ र राम्ररी अनुसन्धान गर्नुपर्छ। यदि हामीले मानिसहरूको क्षणिक व्यवहार वा भ्रष्टतालाई मात्रै हेऱ्यौँ, पृष्ठभूमि, कारण, र तिनीहरू पश्‍चात्ताप गरेर परिवर्तन हुन्छन् कि हुँदैनन् भन्‍ने कुरालाई बेवास्ता गऱ्यौँ, र तिनीहरूलाई मनमानी ढङ्गले चित्रण गऱ्यौँ भने, हामी एकदमै सजिलै मानिसहरूलाई गलतरूपमा दोष दिन पुग्छौँ। सबैमा भ्रष्टता र कमीकमजोरी हुन्छ, तर हामी आफूलाई चिन्‍न, पश्‍चात्ताप गर्न, र परिवर्तन हुन सक्छौँ भने, मण्डलीले हामीलाई अभ्यास गर्ने मौका दिनेछ। परमेश्‍वरका वचन र सिद्धान्तहरू मेगानको व्यवहारमा लागू गरिसकेपछि, उनले सबैभन्दा महत्त्वपूर्ण कामहरूको अनुगमन गरिरहेकी, र समस्याहरू आइपर्दा, ती समाधान गर्न अरूसँग छलफल गर्ने गरेकी मैले देखेँ। समग्रमा, उनी वास्तवमा केही व्यावहारिक काम गरिरहेकी र आफ्‍नो कर्तव्यमा परिणामहरू निकालिरहेकी थिइन्। यति मात्रै हो, सबै काम एकै समय आइपरेका थिए, र उनले अझै सन्तुलन मिलाएकी थिइनन्, त्यसैले कतिपय कुरा उनले सम्‍हाल्‍न सकिनन्। यो उनको कर्तव्यमा भएको कमजोरी थियो, र उनलाई सम्झौटो र सहयोग चाहिन्थ्यो। यी कुरा महसुस गरिसकेपछि, मलाई बल्‍ल आफूले सत्यताका सिद्धान्तहरू बुझेको रहेनछु र मैले मानिसहरूलाई निष्पक्ष व्यवहार गर्न सकिन रहेछु भन्‍ने थाहा भयो। मैले मेरा अगुवामा समस्याहरू देखेँ, तर यसबारे कुरा गरिनँ, सबै पक्षलाई विचार गर्न सकिनँ, र उनलाई अन्धाधुन्ध झूटा अगुवा भनेँ। मेरो हृदयमा परमेश्‍वरप्रति पटक्कै डर थिएन।

त्यसपछि, मैले परमेश्‍वरको वचनको एउटा खण्ड देखेँ। “जब दाजुभाइ र दिदीबहिनीहरूले कसैलाई अगुवा चुन्छन् वा निजलाई परमेश्‍वरको घरद्वारा कुनै एक निश्‍चित काम गर्न वा एक निश्‍चित कर्तव्य गर्नका लागि प्रोत्साहन र पदोन्‍नति गरिन्छ, तब यसको अर्थ उनीहरूको विशेष प्रतिष्ठा वा पहिचान छ, वा उनीहरूले बुझेका सत्यताहरू अन्य मानिसहरूले बुझेका भन्दा धेरै गहिरो र धेरै सङ्ख्यामा छन् भन्‍ने होइन—उक्त व्यक्तिले आफूलाई परमेश्‍वरमा समर्पित गर्न सक्छ, र उहाँलाई धोका दिंदैन भन्‍ने त कुरै छोडौं। स्वाभाविक रूपमै, यसको अर्थ उनीहरूले परमेश्‍वरलाई चिन्छन्, र उनीहरू परमेश्‍वरको डर मान्‍ने मानिसहरू हुन् भन्‍ने पनि होइन। वास्तवमा, तिनीहरूले यी कुनै पनि कुरा हासिल गरेका हुँदैनन्; प्रोत्साहन र जगेर्ना त सीधा अर्थमा प्रोत्साहन र जगेर्ना मात्रै हो, र यो तिनीहरूलाई परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको र मान्यता दिनुभएको सरह होइन। उनीहरूको प्रोत्साहन र जगेर्नाको सामान्य अर्थ उनीहरूलाई पदोन्‍नति गरिएको छ, र उनीहरू आफ्नो जगेर्ना हुने प्रतीक्षामा छन् भन्‍ने मात्र हो। अनि यो जगेर्नाको अन्तिम परिणाम यो व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन, र सत्यता पछ्याउने मार्ग छनौट गर्न सक्छ कि सक्दैन भन्‍ने कुरामा निर्भर हुन्छ। यसैले, जब मण्डलीमा कसैलाई अगुवा हुनका निम्ति प्रोत्साहन र जगेर्ना गरिन्छ, उनीहरूलाई सीधा अर्थमा प्रोत्साहन र जगेर्ना मात्र गरिएको हुन्छ; यसको अर्थ उनीहरू पहिलेदेखि नै योग्य अगुवा, वा दक्ष व्यक्ति हुन्, उनीहरू अगुवाको काम गर्नका लागि सक्षम छन्, र उनीहरूले वास्तविक काम गर्न सक्छन् भन्‍ने होइन—यसको अर्थ त्यो होइन। धेरैजसो मानिसहरूले यी कुराहरू स्पष्ट रूपमा देख्दैनन्, र आफ्‍ना कल्‍पनाहरूमा भर परेर, यी प्रोत्साहन र जगेर्ना गरिएकाहरूतर्फ नजर उठाएर हेर्छन्, तर त्यो गल्ती हो। ती प्रोत्साहन गरिएकाहरूले जति नै वर्ष विश्‍वास गरेका भए पनि, के तिनीहरूसँग साँच्‍चै नै सत्यताको वास्तविकता हुन्छ? हुन्छ नै भन्‍ने जरुरी छैन। के तिनीहरू परमेश्‍वरको घरको कार्य बन्दोबस्तलाई सफल बनाउन सक्षम हुन्छन्? हुन्छन् नै भन्‍ने जरुरी छैन। के तिनीहरूसँग जिम्‍मेवारीको बोध हुन्छ? के उनीहरूमा प्रतिबद्धता? के तिनीहरू परमेश्‍वरमा समर्पित हुन सक्छन्? जब उनीहरू समस्याको सामना गर्छन्, त्यस बेला के उनीहरू सत्यको खोजी गर्न सक्छन्? यो सब अज्ञात हुन्छ। के यी मानिसहरूमा परमेश्‍वरको भय मान्‍ने हृदय हुन्छ? अनि, उनीहरूले कतिसम्म परमेश्‍वरको डर मान्छन्? के उनीहरूले केही काम गर्दा आफ्नै इच्छा पालन गर्न सम्भावना हुन्छ? के तिनीहरूले परमेश्‍वरको खोजी गर्न सक्छन्? उनीहरूले अगुवाको काम गरिरहेका बेला के उनीहरू नियमित र बारम्बार रूपमा परमेश्‍वरको इच्छा खोज्न परमेश्‍वरको सामु आउँछन्? के उनीहरूले मानिसहरूलाई सत्य वास्तविकतामा प्रवेश गर्नका निम्ति डोर्‍याउन सक्छन्? तिनीहरू तुरुन्तै त पक्‍कै पनि त्यस्ता कुराहरू गर्न नसक्‍ने अवस्थामा हुन्छन्। तिनीहरूले तालिम प्राप्त गरेका हुँदैनन् र तिनीहरूसँग थोरै मात्र अनुभव हुन्छ, त्यसकारण तिनीहरू यी कुराहरू गर्न सक्‍ने अवस्थामा हुँदैनन्। त्यही कारणले गर्दा कसैलाई प्रोत्साहन र जगेर्ना गर्नुको अर्थ उनीहरूले पहिलेबाटै सत्य बुझेका छन् भन्‍ने होइन, न त यसको अर्थ उनीहरू पहिलेबाटै आफ्नो कर्तव्य सन्तोषजनक ढङ्गले गर्न सक्षम छन् भन्‍ने नै हो। त्यसो भए, कसैलाई प्रोत्साहन र जगेर्ना गर्नुको उद्देश्य र महत्त्व के हो त? यही कि त्यस्तो व्यक्तिलाई सत्यका सिद्धान्तहरू बुझाउन, विभिन्‍न कार्यहरू गर्ने सिद्धान्तहरू अनि विभिन्‍न समस्याहरू सुल्झाउन सिद्धान्त, साधन र तरिकाहरू बुझाउन, साथै उनीहरूले विभिन्‍न प्रकारका वातावरण र मानिसहरूको समना गर्दा, तिनीहरूलाई परमेश्‍वरको इच्छाअनुसार र कुनै न कुनै तवरमा परमेश्‍वरको घरको हितको रक्षा हुने गरी कसरी सम्हाल्ने र मिलाउने सो सिकाउनको लागि एक व्यक्तिको रूपमा तालिम र विशेष सिञ्‍चन र प्रशिक्षण दिनका निम्ति प्रोत्साहन र पदोन्‍नति गरिएको छ भन्‍ने हो। के यसले परमेश्‍वरको घरद्वारा प्रोत्साहन र जगेर्ना गरिएको प्रतिभा प्रोत्साहन र जगेर्ना गरिएको अवधिमा वा प्रोत्साहन र जगेर्ना गरिनुअघि राम्रोसित आफ्नो काम गर्न र आफ्नो कर्तव्य पूरा गर्न पर्याप्त रूपमा सक्षम भएको संकेत गर्छ? निश्‍चय पनि गर्दैन। यसैले जगेर्ना र विकासको अवधिमा यी मानिसहरूले निराकरण, छाँटकाँट, न्याय र दण्ड, खुलासा र प्रतिस्थापन समेत भोग्‍नु अपरिहार्य छ; यो सामान्य कुरा हो, र तालिम र जगेर्नाको अर्थ नै यही हो(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। परमेश्‍वरको वचनबाट मैले के बुझेँ भने यदि कसैलाई अगुवा वा सेवक छनौट गरियो भने, यसको अर्थ तिनीहरू सत्यता बुझ्छन् र त्यो कामको लागि पूर्ण योग्य छन् भन्‍ने होइन। यसको अर्थ तिनीहरू सबै कुरा बुझ्छन् र सबै प्रकारको काम राम्ररी गर्न सक्छन् भन्‍ने पनि होइन। त्यति हो, बढुवा पाउनेहरूमा केही क्षमता र कार्य दक्षता हुन्छ, र तिनीहरू सत्यता स्विकार्न र खोज्न सक्छन्, तसर्थ मण्डलीले तिनीहरूलाई प्रगति गर्ने र तालिम लिने मौका दिन्छ। तिनीहरूले आफ्‍नो कर्तव्यमा निरन्तर समस्याहरू पत्ता लगाएर र समाधान गरेर, अन्तिममा केही सत्यता प्राप्त गर्छन् र सिद्धान्तअनुसार काम गर्न सिक्छन्। तर यो अवधिमा, अगुवा र सेवकहरू अझै पनि अभ्यासको चरणमा हुन्छन्, त्यसैले तिनीहरूको काममा विचलन, त्रुटि र कमीकमजोरी हुन्छै हुन्छ, र हामीले यो मामिला सही तरिकाले सम्‍हाल्नुपर्छ। हामीले आफूमा समस्या वा कठिनाइहरू आइपर्दा, अगुवाहरूसँग खोजी गर्नुपर्छ, सङ्गति गर्नुपर्छ र परिस्थिति सुल्झाउनुपर्छ। यसरी मात्रै काम प्रभावकारी हुन सक्छ। यदि हामीले अगुवा र सेवकहरूबाट धेरै माग गर्छौँ, भेट्टाउने सबै समस्याहरू तिनीहरूलाई नै समाधान गर्न दिन्छौँ, वा तिनीहरू समस्या समाधान गर्न सुस्त हुँदा तिनीहरूलाई झूटा अगुवा भन्छौँ भने, अगुवाहरूलाई यसरी व्यवहार गर्नु सिद्धान्तहीन र परमेश्‍वरको इच्‍छाअनुरूप होइन। मैले परमेश्‍वरको वचनद्वारा के थाहा पाएँ भने अगुवाहरूप्रतिको मेरो व्यवहार सत्यताका सिद्धान्तअनुरूप नभई, मेरा आफ्‍नै धारणा र कल्‍पनाहरूअनुरूप रहेछ। अगुवाहरूप्रति मेरा मापदण्डहरू अति उच्च र धेरै माग गर्ने खालका थिए। मेरा अगुवाले मेरो कर्तव्यको उचित अनुगमन नगरेको र तुरुन्तै मेरा समस्या र कठिनाइहरू समाधान नगरेको देख्दा, मैले उनलाई झूटो अगुवा भनेँ। मैले उनको कामको पृष्ठभूमि वा समग्र प्रगतिलाई हेरिनँ, र उनले सत्यता स्विकार्न वा परिस्थिति परिवर्तन गर्न सक्छिन् कि सक्दिनन् भनेर विचार गरिनँ। मैले आफूले देख्‍न सकेको एकतर्फी जानकारीको आधारमा उनलाई अन्धाधुन्ध झूटो अगुवा भएको दोष लगाएँ। यो न्यायको बोध थिएन, यो त बाधा थियो, र यसले सत्यताका सिद्धान्तहरू उल्‍लङ्घन गऱ्यो। मैले सत्यता बुझेको छैनँ अनि म अगुवा र सेवकहरूलाई सिद्धान्तहरूअनुरूप व्यवहार गर्दिनँ भन्‍ने देखेँ, र अझै गम्‍भीर कुरा, मेरो हृदयमा परमेश्‍वरप्रति डर थिएन। मैले मेरो अगुवामा थोरै समस्या देख्दा, यसलाई ठूलो समस्या बनाएँ, उनलाई लापरर्बाही ढङ्गले निन्दा गरेँ, र हरेक समस्या खोतलेँ। मैले उनलाई उनको प्रकृति र सार वा वास्तविक परिस्थितिको आधारमा व्यवहार गरिनँ। मेरो व्यवहार झूटा अगुवा र ख्रीष्टविरोधीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई दमन गर्ने शैलीजस्तै थियो। यो सोच्दा, मलाई अचानक डर लाग्यो। समस्याको प्रकृति गम्‍भीर रहेछ भन्‍ने मलाई महसुस भयो। यदि सिनले परिस्थिति थाहा नपाएका, र मेरो कुरा सुनेर मेगानलाई बर्खास्त गरेका भए, मण्डलीको काममा असर पुग्नेथ्यो, तसर्थ के मैले दुष्कर्म गरिरहेको हुनेथिइनँ र? त्यो ठूलो अपराध हुनेथ्यो! यदि मलाई फेरि यस्तै घटना घटेको भए, मैले अरूलाई मूल्याङ्कन गर्न आफ्‍नो कल्‍पनामा भर पर्नु हुँदैनथ्यो। मैले अझै बढी सत्यताका सिद्धान्तहरू खोज्नुपर्थ्यो, परमेश्‍वरको मापदण्डहरूअनुसार मानिसहरूलाई निष्पक्ष व्यवहार गर्नुपर्थ्यो, र सिद्धान्तअनुसार कामकुरा गर्नुपर्थ्यो।

पछि, मेगान मकहाँ आइन्, र मलाई उनको हालैको अवस्था र कामका समस्याहरूबारे बताइन्। उनले आफू परिवर्तन हुन चाहेको कुरा बताइन्, अनि मेरो कामका समस्या र कठिनाइहरूबारे बुझिन्, र मसँग मिलेर हरेक समूहका ब्रदर-सिस्टरहरूसँग छलफल गर्नका लागि कागजातहरू मिलाइन्। मैले उनी सत्यता नस्विकार्ने व्यक्ति होइनन् भन्‍ने महसुस गरेँ। उनको काममा भूलचूकहरू भएका र उनले कतिपय क्षेत्रमा अनुगमन नगरेकी भए पनि, उनले समस्या छ भन्‍ने थाहा पाएपछि, तुरुन्तै परिस्थिति परिवर्तन गर्न सकिन्। मैले वास्तवमा उनी व्यावहारिक काम नगर्ने झूटो अगुवा होइनन् भन्‍ने देखेँ।

सुरुमा त, मैले यो मामिला केही बुझेको छु, सत्यता बुझेको छैनँ र झूटा अगुवाहरू चिन्‍न सक्दिनँ, जसले गर्दा मैले यो गल्ती गरेको हुँ भन्‍ने सोचेँ। तर एकपटक एउटा भेलामा, मैले धेरै ब्रदर-सिस्टरहरूले कहिलेकाहीँ समझको कमी वा सत्यता नबुझेको कारणले मात्रै गल्ती हुँदैन भनेका सुनेँ। हामीले अशुद्ध मनसाय वा भ्रष्ट स्वभावले गर्दा गल्ती भएको हो कि भनेर पनि हेर्नुपर्छ। मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ, जसमा यसो भनिएको छ, “आफ्ना अपराधहरूलाई केवल अपरिपक्व वा मूर्ख व्यक्तिले गरेका गल्तीहरूको रूपमा मात्रै नमान्; तैँले आफ्नो कमजोर क्षमताले यसो गर्न असम्भव बनाएकोले गर्दा आफूले सत्यताको अभ्यास गरिन भन्‍ने बहानाबाजी नगर्। यसबाहेक, तैँले गरेका अपराधहरूलाई केवल त्योभन्दा राम्रो केही थाहा नभएको व्यक्तिले गरेका कार्यहरूको रूपमा नमान्। यदि तँ आफूलाई क्षमा गर्न र आफूलाई उदारताका साथ व्यवहार गर्नमा खप्पिस छस् भने म त भन्छु तँ एक काँतर होस् जसले कहिल्यै पनि सत्यता हासिल गर्नेछैन, न त कहिल्यै तेरा अपराधहरूले तेरो पिछा गर्न नै छाड्नेछन्; तिनीहरूले तँलाई सधैँ सत्यताका मागहरू पूरा गर्नबाट रोक्नेछन्, र तँलाई सधैँको लागि शैतानको बफादार रहने बनाउनेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपराधले मानिसलाई नर्कतर्फ डोर्याउनेछ)। परमेश्‍वरको वचन पढिसकेपछि, मैले के बुझेँ भने परिस्थितिहरू आइपर्दा, हामीले त्यसलाई त्यतिकै जान दिनु हुँदैन। हामीले त्यसमा सत्यता खोज्नुपर्छ र आफ्ना भ्रष्ट स्वभावहरू जान्‍नुपर्छ। त्यसपछि मात्रै जीवनमा साँचो परिवर्तन र वृद्धि हुन सक्छ। यदि हामीले आफ्ना अपराधहरूलाई सधैँ क्षणिक गल्तीको रूपमा लिन्छौँ, त्यसले केही फरक पार्दैन, अर्कोपटक अलिक बढी ध्यान दिन्छु भन्ठान्छौँ, र सधैँ आफ्‍ना अपराधहरूलाई क्षमा गर्छौँ भने, हामीले कहिल्यै आफ्‍ना समस्याहरू बुझ्‍नेछैनौँ, कहिल्यै सत्यता प्राप्त गर्नेछैनौँ, र अन्तिममा, हाम्रा अपराधहरू आकासिँदै जान्छन् र हामीमा पटक्कै परिवर्तन आउँदैन, परमेश्‍वरले हामीलाई घृणा गरेर हटाउनुहुनेछ। परमेश्‍वरको वचनले प्रकट गरेको कुराबाट, मैले यो परिस्थिति आइपर्दा मेरा सोचाइहरू कस्ता थिए र मैले कस्ता अशुद्ध मनसाय वा भ्रष्ट स्वभावहरू प्रकट गरेँ भन्‍नेबारे मनन गर्न थालेँ। मननद्वारा मैले के थाहा पाएँ भने, म अगुवाका समस्याहरू देख्दा, यो सही तरिकाले देखेको छु कि छैन भनेर मलाई पक्‍का हुँदैनथ्यो, र म अझै बढी परमेश्‍वरको वचन पढ्न चाहन्थेँ। तर मेगानले अरू प्रशासनिक कर्मचारीहरूको काम अनुगमन गरेकी छैनन्, र उनका अगुवाहरूले उनको कार्यप्रस्तुति नियालिरहेका छन् भन्‍ने सुन्दा, मैले उनी पक्‍कै पनि झूटो अगुवा हुन्, र ब्रदर-सिस्टरहरूलाई ममा न्यायको बोध र समझ छ भनेर देखाउन तुरुन्तै मेगानका अगुवाहरूलाई यसको रिपोर्ट गर्नुपर्छ भन्‍ने मलाई विश्‍वास भयो। त्यसकारण, सत्यताका सिद्धान्तहरू नबुझी वा खोजीलाई जारी नराखी, अनि पृष्ठभूमि वा कारणहरू थाहा नपाई, मैले आफूले सुनेको थोरै जानकारीको आधारमा मेगानलाई अन्धाधुन्ध झूटो अगुवा भनेँ। मैले यो कुरालाई सहीरूपमा बुझेको छु र कुनै समस्या छैन भन्‍नेसमेत मलाई लाग्यो। तर अहिले, मलाई आफू अत्यन्तै लापरवाह थिएँ, र मेरा अभिप्रायहरू गलत थिए भन्‍ने महसुस भयो। मैले मनन गरेँ, “मैले सत्यताका सिद्धान्तहरू नबुझी किन मेरा अगुवाको रिपोर्ट गरेँ? समस्याको स्रोत के हो?”

मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ, “धेरै मानिसहरूले आफूले जे गरे पनि आफ्‍नै विचारहरू पछ्याउने गर्छन्, र सबै कुरालाई अत्यन्तै सरल रूपमा लिन्छन्, र सत्यताको खोजी पनि गर्दैनन्। तिनीहरूमा सिद्धान्त भन्‍ने कुरा हुँदै हुँदैन, र तिनीहरूले आफ्‍नो हृदयमा परमेश्‍वरले कसरी काम गर्न लगाउनुभएको छ वा परमेश्‍वरलाई कसरी सन्तुष्ट पार्ने भन्‍नेबारेमा कुनै ध्यान दिँदैनन्, र तिनीहरूले एकोहोरो आफ्‍नो इच्‍छा पछ्याउन मात्रै जानेका हुन्छन्। यस्ता मानिसहरूको हृदयमा परमेश्‍वरको निम्ति कुनै ठाउँ हुँदैन। कतिपय मानिसहरू भन्छन्, ‘कठिनाइको सामना गर्दा मात्रै म परमेश्‍वरलाई प्रार्थना गर्छु, तर अझै पनि यसले कुनै प्रभाव पार्दैन जस्तो लाग्छ—त्यसकारण सामान्यतया समस्याहरू आइपर्दा म अचेल परमेश्‍वरलाई प्रार्थना गर्दिनँ, किनभने परमेश्‍वरलाई प्रार्थना गर्नुको कुनै अर्थ छैन।’ त्यस्ता मानिसहरूको हृदयबाट परमेश्‍वर पूर्ण रूपमा टाढा हुनुभएको हुन्छ। तिनीहरूले जे गरे पनि सत्यता खोजी गर्दैनन्; तिनीहरूले आफ्‍नै विचारहरू मात्र पछ्याउने गर्छन्। त्यसो भए, के तिनीहरूको कार्य-व्यवहारमा सिद्धान्तहरू हुन्छन् त? अवश्‍य नै हुँदैनन्। तिनीहरूले सबै कुरा सरल तरिकाले हेर्छन्। मानिसहरूले तिनीहरूलाई सत्यताका सिद्धान्तहरूको बारेमा सङ्गति दिँदासमेत, तिनीहरूले ती सिद्धान्तहरूलाई स्वीकार गर्न सक्दैनन्, किनभने तिनीहरूको कार्य-व्यवहारमा कहिल्यै कुनै सिद्धान्त लागू गरिएकै हुँदैन, तिनीहरूको हृदयमा परमेश्‍वरको निम्ति कुनै ठाउँ हुँदैन, र तिनीहरूको हृदयमा तिनीहरू आफैबाहेक अरू कोही पनि हुँदैन। तिनीहरूलाई आफ्ना अभिप्राय असल छन्, आफूले कुनै दुष्कर्म गरिरहेको छैन, र आफूलाई सत्यता उल्लङ्घन गरिरहेको भनेर सकिँदैन भन्‍ने लाग्छ, र तिनीहरू आफ्‍नै अभिप्रायहरूअनुसार काम गर्नुलाई नै सत्यताको अभ्यास गर्नु हो, र त्यसरी काम गर्नु नै परमेश्‍वरको आज्ञापालन गर्नु हो भन्‍ने ठान्छन्। वास्तवमा, यस विषयमा तिनीहरूले साँचो रूपमा खोजी गरिरहेका वा परमेश्‍वरलाई प्रार्थना गरिरहेका हुँदैनन्, बरु आफ्‍नै जोसपूर्ण अभिप्रायहरूका आधारमा आवेगमा आएर काम गरिरहेका हुन्छन्, तिनीहरूले परमेश्‍वरले भन्‍नुभए जसरी आफ्‍नो कर्तव्य पूरा गरिरहेका हुँदैनन्, तिनीहरूसँग परमेश्‍वरप्रति आज्ञाकारी हृदय हुँदैन, र तिनीहरूमा यो कुराको चाहना नै हुँदैन। मानिसहरूको अभ्यासमा हुने सबैभन्दा ठूलो गल्ती यही हो। यदि तैँले परमेश्‍वरमा विश्‍वास त गर्छस् तैपनि तेरो हृदयमा उहाँ हुनुहुन्‍न भने, के तैँले परमेश्‍वरलाई छल गर्ने प्रयास गरिरहेको हुँदैनस् र? अनि परमेश्‍वरमाथिको यस्तो विश्‍वासले कस्तो प्रभाव ल्याउन सक्छ? तैँले आखिर के प्राप्त गर्न सक्छस्? अनि परमेश्‍वरमाथिको यस्तो विश्‍वासको अर्थ के हुन्छ र?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरको वचनले प्रकट गरेको कुराबाट, मैले परिस्थितिहरू आइपर्दा, म विरलै सत्यता खोज्ने र यसका सिद्धान्तहरूअनुसार अभ्यास गर्ने गर्थेँ भन्‍ने थाहा पाएँ। बरु, म त आफ्‍नै विचारहरूलाई सत्यताको रूपमा लिन्थेँ र आफ्‍नै विचारहरू पछ्याउथेँ। मेरो हृदयमा, न त परमेश्‍वरको निम्ति ठाउँ थियो न त उहाँप्रति कुनै डर नै। परमेश्‍वरको डर मान्‍नेहरूले यस्ता परिस्थितिहरू आइपर्दा, सुरुमा सत्यताका सिद्धान्तहरू र परमेश्‍वरको वचनले यी मामिलाहरूमा के भन्छ भनी खोजी गर्छन्, त्यसपछि परमेश्‍वरको वचन र सत्यताको आधारमा मानिस र परिस्थितिलाई हेर्छन्। मैले झूटा अगुवाहरूलाई चिन्‍न नसकेको अवस्थामा, सत्यता खोजी गर्नुपर्थ्यो, झूटा अगुवाहरूको अर्थ, तिनीहरूका प्रकटीकरणहरू, झूटा अगुवाहरू कसरी निर्धारण गर्ने र सत्यताका यस्ता अन्य सिद्धान्तहरू स्पष्ट बुझ्‍नुपर्थ्यो। तर मैले त्यसो गरिनँ। मैले आफ्‍नै विचार र कल्‍पनाअनुसार मनमानी ढङ्गले मूल्याङ्कन गरेँ। मेरो कामको अनुगमन नगरेको र मेरा समस्याहरू समाधान नगरेको कारण उनी झूटो अगुवा हुन् भन्‍ने मैले सोचेँ। यो अवधिमा मैले परमेश्‍वरको वचन पढे पनि, यसलाई बुझिनँ। मैले झूटा अगुवाबारे लागू हुने जस्तो देखिएको परमेश्‍वरको वचनको एउटा हरफ देख्दा, त्यो लागू गरेँ, र उनी झूटो अगुवा हुन् भन्‍ने निष्कर्ष निकालेँ, अनि सही र सटीकरूपमा यो परिस्थितिलाई बुझेकको छु भन्‍ने सोचेँ। वास्तवमा, मैले परिस्थितिलाई प्रसङ्गबाहिर लगेर अन्धाधुन्ध नियमहरू लागू गरिरहेको थिएँ। अनि यो प्रक्रियाभरि मलाई अप्ठ्यारो लाग्यो। रिपोर्ट गर्नुअघि म थप खोजी गर्न र मेगानसँग कुराकानी गर्न चाहन्थेँ, तर मलाई लाग्यो, मेगानको व्यवहार पहिले नै अति स्पष्ट छ, र परमेश्‍वरको वचनले बताएको जस्तो ठ्याक्कै छ, त्यसैले किन थप खोजी गर्ने? त्यसैले, मैले प्रार्थना गरिनँ वा थप खोजी गरिनँ, चुपचाप आफ्‍नै विचारअनुसार काम गरेँ। मैले आफ्‍नो अहङ्कारी स्वभावअनुसार काम गरेँ र लापरवाह व्यवहार गरेँ भन्‍ने थाहा पाएँ। मैले आफ्‍नै विचार र सोचहरूको आधारमा काम गरेँ तर सत्यतालाई पन्छाएँ। यदि मैले यसै गरिरहेको भए, ढिलो-चाँडो दुष्कर्म गर्नेथिएँ। यो निकै खतरनाक अवस्था थियो! त्यति खेरै, मैले आफूमा खराब मानवता भएको थाहा पाएँ। मैले परमेश्‍वरको इच्‍छालाई ध्यान दिइनँ र मण्डलीका हितहरूलाई साँच्चै रक्षा गरिनँ। मानवता र समझ भएको व्यक्तिले मण्डलीको काममा भूलचूकहरू देख्दा समयमा सहयोग र सम्झौटो दिनुपर्छ, वा अगुवासँग सत्यता खोज्नुपर्छ र समस्या कसरी समाधान गर्ने सो हेर्नुपर्छ। तर मैले मेरा अगुवाको काममा समस्याहरू देख्दा, खोजी र सङ्गति गर्न त्यसबारे कुरा उठाइनँ। बरु, मैले ती लुकाएँ, र उनीमाथिका अगुवालाई यसको रिपोर्ट गरेँ, ताकि उनका अगुवाले ममा समझ रहेछ भन्‍ने सोचून्। मैले यी कुराहरूबारे मेगानलाई खुलस्त बताउनुको सट्टा, उनलाई पछाडीबाट छुरा घोपेँ, र आफूलाई देखाउन उनका समस्याहरूबारे रिपोर्ट गरेँ। मैले म घृणित व्यक्ति रहेछु भन्‍ने देखेँ। यो कुरा महसुस गर्दा अति दुःख लाग्यो। मैले आफू यस्तो व्यक्ति हुँ भन्‍ने कहिल्यै कल्‍पना गरेको थिइनँ। मैले स्पष्टसित सत्यता बुझेको थिइनँ, झूटा अगुवाहरूलाई चिन्‍न सकिनँ, र म साह्रै अहङ्कारी र अविवेकी थिएँ। मैले आफ्‍नो अगुवाको रिपोर्ट गर्दा मलाई आफैप्रति खुसी लागेको थियो किनभने मैले बाहेक कसैले मेगानलाई झूटो अगुवा भनेर चिन्न सकेको छैन र सबैभन्दा राम्ररी सत्यताका सिद्धान्तहरू बुझेको छु भन्‍ने मलाई लागेको थियो। अहिले यसबारे सोच्दा, मैले त केही बुझेको रहेनछु भन्‍ने मलाई महसुस भएको छ। मैले त लेखोट र धर्मसिद्धान्तहरू मात्रै बुझेको थिएँ, र पनि अन्धाधुन्ध नियमहरू लागू गरेँ। मैले सत्यताका सिद्धान्तहरू बुझेको थिइनँ, तर पनि परिणामहरूलाई विचार नगरी रिपोर्ट गरेँ। गलत रिपोर्टले मण्डलीको काममा असर गर्छ कि गर्दैन वा मेगानलाई हानि गर्छ कि गर्दैन भनेर मैले विचार गरिनँ। मैले परमेश्‍वरको इच्‍छालाई ख्याल गर्न वा मण्डलीका हितहरूको रक्षा गर्न उनका समस्याहरूबारे रिपोर्ट गरेको थिइनँ, तर आफूलाई देखाउन यसो गरेको थिएँ। मैले सिद्धान्तविना मनमानी ढङ्गले रिपोर्ट गरेँ। के यसले मण्डलीको सामान्य काममा बाधा दिइरहेको थिएन र? मैले असल काम बटुलिरहेको थिइनँ, तर दुष्कर्म गरिरहेको थिएँ!

पछि, मैले परमेश्‍वरको वचन पढेँ अनि अगुवा र सेवकहरूलाई व्यवहार गर्नेसम्‍बन्धी सिद्धान्तहरू सिकेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “मानिसहरूले प्रोत्साहन र जगेर्ना गरिएकाहरूबाट ठूल्ठुला आशाहरू राख्‍नु वा उनीहरूमा अवास्तविक मापदण्डहरू थोपर्नु हुँदैन; त्यसो गर्नु अनुचित हुनेछ, र उनीहरूप्रति अन्याय हुनेछ। तिमीहरूले उनीहरूको काम अनुगमन गर्न सक्‍छौ, र यदि तिमीहरूले उनीहरूको कामको दौरान समस्याहरू वा सिद्धान्त उल्लङ्घन गर्ने कुराहरू पत्ता लगायौ भने, तिमीहरूले यी समस्याहरूबारे कुरा उठाउन अनि तिनलाई सुल्झाउन सत्यता खोजी गर्न सक्छौ। तर तिमीहरूले उनीहरूलाई आलोचना, निन्दा, आक्रमण वा बहिष्कारचाहिँ गर्नु हुँदैन, किनकि उनीहरू जगर्ना अवधिमा हुन्छन्, र उनीहरूलाई सिद्ध बनाइसकिएका व्यक्तिहरूको रूपमा हेरिनु हुँदैन, र उनीहरूलाई सिद्ध वा सत्यताको वास्तविकता धारण गरेका व्यक्तिहरूको रूपमा हेरिनु त झनै हुँदैन। उनीहरू तिमीहरू जस्तै हुन्: यो उनीहरूलाई तालिम दिइँदै गरेको समय हो। … त्यसो भए, उनीहरूसित व्यवहार गर्ने सबैभन्दा तर्कसंगत तरिका के हो त? उनीहरूलाई साधारण मानिसहरूको रूपमा सोच्नु र खोजी गर्न आवश्यक पर्ने समस्या आइपर्दा उनीहरूसँग सङ्गति गर्नु र एकअर्काको सबल पक्षबाट सिक्‍नु र एकअर्काको परिपूरक बन्‍नु। यसबाहेक, अगुवा र सेवकहरूले वास्तविक काम गरिरहका छन् कि छैनन्, र उनीहरूले समस्या सुल्झाउन सत्यता प्रयोग गर्छन् कि गर्दैनन् भनी निगरानी गर्ने जिम्मेवारी सबैको हो; कुनै अगुवा वा सेवक मापदण्डअनुरूप छ कि छैन भनेर मापन गर्ने मापदण्ड र सिद्धान्तहरू यिनै हुन्। यदि तिनीहरू साधारण समस्याहरू सम्‍हाल्‍न र समाधान गर्न सक्छन् भने, तिनीहरू सक्षम छन्। तर यदि तिनीहरू साधारण समस्याहरू पनि सम्‍हाल्‍न र समाधान गर्न सक्दैनन् भने, तिनीहरू अगुवा वा सेवक हुन लायक छैनन्, र तिनीहरूलाई तुरुन्तै बर्खास्त गरिनुपर्छ। अरू कसैलाई चुन र परमेश्‍वरको घरको काममा ढिलाइ नगर। परमेश्‍वरको घरको काममा ढिलाइ गर्नु भनेको तिमीहरू आफैलाई र अरूलाई चोट पुर्‍याउनु हो, यो कसैको लागि राम्रो हुँदैन(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। परमेश्‍वरको वचन पढेपछि, मैले अगुवा र सेवकहरूलाई कसरी व्यवहार गर्ने भनेर बुझेँ। अगुवाहरूले पूर्णरूपमा सत्यता बुझ्दैनन्, उनीहरू पूर्ण योग्य हुँदैनन्, र सबै काम बुझ्दैनन् वा यसलाई कसरी राम्ररी गर्ने त्यो जान्दैनन्। तिनीहरू अभ्यासको अवधिमा पनि हुन्छन्, अनि भ्रष्टता र विचलन पनि देखाउन सक्छन्। हामीले मानिसहरूलाई निष्पक्ष व्यवहार गर्नुपर्छ र तिनीहरूबाट अति धेरै माग गर्नु हुँदैन, तिनीहरूले सबै काम सिद्धरूपमा गरेको र विचलन वा भूलचूक नदेखाएको अव्यावहारिक माग गर्नु हुँदैन। बरु, हामी बुज्झकी, सहनशील हुनैपर्छ, र हामीले मण्डलीको काम गर्न सहकार्य गर्नैपर्छ। यसो गर्नु भनेको परमेश्‍वरको इच्‍छालाई ध्यान दिनु हो, अनि अगुवा र सेवकहरूलाई यसरी व्यवहार गर्नु सिद्धान्तहरूअनुरूप हो। साथै, अगुवाहरूको कामको रेखदेख गर्नु हाम्रो जिम्‍मेवारी हो। अगुवाहरूको काम सत्यताअनुरूप छ भने हामीले त्यो स्वीकार र पालना गर्नुपर्छ, तर तिनीहरूको काम सत्यताका सिद्धान्तहरूअनुरूप छैन भने, हामीले यस विषयमा कुरा उठाउनुपर्छ, सङ्गति गर्नुपर्छ, र तिनीहरूलाई समयमै सहयोग गर्नुपर्छ, ताकि तिनीहरूले आफ्‍नो कर्तव्यका विचलनहरू महसुस गरेर तुरुन्तै सच्याउन सकून्। यो तिनीहरूको जीवन प्रवेश र मण्डलीको कामको लागि फाइदाजनक छ। यदि कुनै व्यक्ति सत्यताका सिद्धान्तहरूअनुसार व्यावहारिक काम नगर्ने झूटो अगुवा हो भनेर निर्धारित हुन्छ भने, उसको खुलासा र रिपोर्ट गर्नुपर्छ। यो महसुस गरेपछि, मेरो हृदय प्रसन्न भयो, र भविष्यमा अगुवा र सेवकहरूलाई कसरी व्यवहार गर्ने त्यो मलाई थाहा भयो।

यसपटक मैले अगुवाबारे गरेको रिपोर्ट गलत भए पनि, मैले झूटा अगुवाहरूलाई चिन्‍नेसम्‍बन्धी सत्यताका केही सिद्धान्तहरू बुझेँ, अगुवा र सेवकहरूलाई कसरी व्यवहार गर्नुपर्छ त्यो जानेको छु, आफ्‍नै भ्रष्ट स्वभावलाई केही मात्रामा बुझेँ, र केही पाठहरू सिकेँ। परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरको गवाही दिनु भनेको साँचो रूपमा कर्तव्य पूरा गर्नु हो

केही समय अघि, मैले नयाँ विश्‍वासीहरूको अनुभव सम्‍बन्धी गवाहीका भिडियोहरू हेरेकी थिएँ, र म निकै प्रभावित भएँ। दुई-तीन वर्ष विश्‍वास गरेर...

आफ्नो कर्तव्यमा लागिरहनु

याङ्ग्मु, दक्षिण कोरियाम ब्रदर-सिष्टरहरूले प्रदर्शन गरेको, परमेश्‍वरको प्रशंसा गर्दै गीत गाएको देख्दा म डाह गर्थें। म एक दिन मञ्चमा गएर...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्