सिद्धान्तविना कर्तव्य फलदायी हुन सक्दैन

25 अप्रिल 2023

गत वर्षको फेब्रुवरीमा, मलाई अगुवाको रूपमा एउटा मण्डलीमा सरुवा गरियो। मैले मण्डलीको कामका सबै पक्ष त्यति प्रभावकारी नभएका देखेँ, र मलाई लाग्यो, “मलाई यो मण्डलीमा पठाउने अगुवाहरूले पक्‍कै पनि मलाई निकै मोल गरेका र यो मण्डलीको काम परिवर्तन गर्न सक्छु भन्‍ने ठानेका हुनुपर्छ, त्यसकारण मैले राम्रो काम गर्नुपर्छ र अगुवाहरूलाई म व्यावहारिक काम गर्न सक्छु र तिनीहरूले मलाई सही छनौट गरे भनी सोच्‍ने तुल्याउनुपर्छ।” त्यसपछि, म कामको अवस्था बुझ्‍न र ब्रदर-सिस्टरहरूका कर्तव्यमा भएका कठिनाइ र समस्याहरू समाधान गर्न मण्डलीको हरेक समूहमा गएँ। केही ब्रदर-सिस्टर खराब स्थितिमा थिए, त्यसकारण मैले तिनीहरूलाई प्रेमपूर्वक सहयोग र साथ दिएँ। काममा अनुपयुक्त व्यक्तिहरू देख्दा, मैले मेरी सहकर्मीसँग छलफल गरेँ र सिद्धान्तहरूअनुसार तिनीहरूलाई सरुवा वा प्रतिस्थापन गरेँ। केही समय बितेपछि, मण्डलीको काम अलिक सुध्रियो। मलाई साह्रै खुसी लाग्यो, र म यस्तो नसोची बस्‍नै सकिनँ, “मैले अझै केही व्यावहारिक काम गर्न सक्‍ने रहेछु। त्यसकारण मैले कडा परिश्रम गरेर अझै राम्रा नतिजाहरू प्राप्त गर्नुपर्छ ताकि मेरा ब्रदर-सिस्टरहरूले ममा काम गर्ने क्षमता छ र म असल अगुवा हुँ भनी देखून्।”

एक दिन, हामीले केही कामहरूको अवलोकन गर्दा, मलजल कामको प्रभावकारिता निकै खस्‍केको र धेरै नयाँ विश्‍वासीहरू भेलामा नआइरहेका मैले देखेँ। सोचेँ, “अहिले अरू सबै काम अझै प्रभावकारी भएका छन्, तर मलजल कामको प्रभावकारिताचाहिँ घटेको छ। हामीले मलजल कामको कारण समग्र नतिजामा असर पर्न दिनु हुँदैन, नत्र सबैले मलाई असक्षम अगुवा भन्‍नेछन्, र यसले तिनीहरूको हृदयमा बसेको मेरो छविमा असर गर्नेछ।” त्यसकारण, म तुरुन्तै मलजलकर्ताकहाँ गएर कुरा केलाएँ, र समूह अगुवा वु वेनले नयाँ विश्‍वासीहरूका भेला र कर्तव्य मिलाउँदा तिनीहरूका कठिनाइहरूलाई ध्यान दिँदिनन् भन्‍ने थाहा पाएँ। उनले केही नयाँ विश्‍वासीहरूले काम गर्नुपर्ने बेलामा भेलाहरू आयोजना गर्थिन्, जसले गर्दा तिनीहरू भेलाहरूमा सहभागी हुन पाउँदैनथे, र केही नयाँ विश्‍वासीहरूलाई कठिनाइ थियो, तिनीहरू यो काम गर्न आफू लायक छैनन् भन्‍ने सोचेर नकारात्मक बनेका थिए। यो सुन्दा मलाई अलिक रिस उठ्यो। मैले सोचेँ, “हामीले नयाँ विश्‍वासीहरूका लागि भेला र कर्तव्यहरू मिलाउँदा तिनीहरूको परिस्थितिलाई विचार गर्नुपर्छ भनेर मैले उनलाई स्पष्ट बताएको थिएँ। उनले किन लचक भई यो अवधारणालाई बुझेर राम्ररी प्रयोग गर्न सक्दिनन्? उनमा नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने क्षमता छैन जस्तो देखिन्छ। हाम्रा कामका खराब नतिजाहरू सबै उनका कारण भएका हुन्। मैले उनलाई मात्रै कामका परिणामहरूमा प्रभाव पार्न दिनु हुँदैन। उनलाई तुरुन्तै बर्खास्त गर्नुपर्छ। मैले उनलाई बर्खास्त गरिनँ भने, कामका परिणामहरू कहिल्यै सुध्रिनेछैनन्। यसले मण्डलीको काममा बाधा दिने मात्रै होइन, मेरा वरिष्ठहरू र ब्रदर-सिस्टरहरूले म काम गर्न वा वास्तविक समस्याहरू समाधान गर्न सक्दिनँ भनेर पनि सोच्नेछन्। मैले मानिसहरूलाई मेरो दक्षतामा प्रश्‍न उठाउन दिनु हुँदैन।” त्यसकारण, भेलापछि, मैले मेरी सहकर्मी र डिकनहरूसँग वु वेनलाई बर्खास्त गर्ने कुरा उठाएँ। मलजल डिकनले भने, “विगतमा वु वेन नयाँ विश्‍वासीहरूलाई मलजल गर्नमा प्रभावकारी थिइन्। अहिले उनी खराब स्थितिमा हुन सक्छिन्, र सायद उनले नयाँ विश्‍वासीहरूलाई अलिक हतारमा तालिम दिएकी हुन सक्छिन्। हामीले उनको अवस्थाबारे अनुसन्धान गरेर उनलाई सङ्गति र सहयोग दिनुपर्छ। केही समय बितेपछि पनि उनी परिवर्तन भइनन् भने, हामी उनलाई बर्खास्त गर्न सक्छौँ।” तर त्यो बेला, मैले आफ्नो प्रतिष्ठा र हैसियतमा धक्का पुग्छ भनेर मात्रै सोच्न सकेँ। सोचेँ, “वु वेनले नयाँ विश्‍वासीहरूलाई मलजल गर्न भर्खर थालेकी होइनन्। मैले उनलाई यसबारे पहिले पनि सम्झाएको थिएँ। उनले सम्झौटो र सहयोग स्विकार्दिन रहेछिन्। हामीले उनलाई समयमा बर्खास्त गरेनौँ, र काममा ढिलाइ भयो वा असर पुग्यो भने, जिम्‍मेवारी सधैँ मेरै काँधमा आउनेछ, तसर्थ जेसुकै होस्, मैले यसपटक तिनीहरूलाई मसँग सहमत हुन लगाएर वु वेनलाई बर्खास्त गर्नुपर्छ।” त्यसकारण, मैले रिसाउँदै भनेँ, “वु वेन आफ्‍नो कर्तव्यमा प्रभावकारी छैनन्, यसबाट उनी यो कामको लागि अयोग्य र अनुपयुक्त छिन् भन्‍ने प्रमाणित हुन्छ। यदि तपाईंहरूले उनलाई राख्‍नुभयो, र हाम्रो कामका परिणामहरू सुध्रिएनन् भने, तपाईंहरू कसले त्यसको जिम्‍मेवारी लिन सक्‍नुहुन्छ? तपाईंहरू उनलाई मविना सहयोग गर्न सक्‍नुहुन्छ!” मेरो मनोवृत्ति देखेपछि, मेरी सहकर्मी र डिकनहरूले केही भनेनन्।

पछि, प्रतिस्थापन गरिएपछि वु वेन अत्यन्तै नकारात्मक भइन् भन्‍ने मैले सुनेँ। उनलाई आफूले नयाँ विश्‍वासीहरूलाई धेरै वर्षदेखि राम्रो परिणामसहित मलजल गरिहेकी छु भन्‍ने लागेको थियो। मण्डलीमा मलजलकर्ताको कमी भएको कारण उनले नयाँ विश्‍वासीहरूलाई तालिम दिइरहेकी थिइन्, र उनले धेरैवटा भेला समूहहरूलाई एउटैमा गाभिन्। त्यसकारण, नयाँ विश्‍वासीहरूका सबै कठिनाइहरू समाधान गर्न नसक्‍ने गरी उनी व्यस्त भएपछि समस्याहरू देखा परेका हुन्। उनले आफू यसरी बर्खास्त हुन सक्ला भन्‍ने सोचेकी थिइनन्, त्यसकारण हामीले उनलाई सिद्धान्तहरूबाहिर बर्खास्त गरेका हौँ, र उनको निरन्तर व्यवहारको सन्तुलित मूल्याङ्कनको आधारमा नभई, क्षणिक व्यवहारको आधारमा यसो गर्‍यौँ भन्‍ने उनलाई लाग्यो। तर यो सुनेपछि, मैले सत्यता खोजेर आत्मचिन्तन नगरेको मात्र होइन, मलाई वु वेनको कद अत्यन्तै सानो छ, र उनले आफूलाई चिन्‍न वा पाठहरू सिक्‍न सक्दिनन् भन्‍ने लाग्यो, त्यसकारण मैले यसलाई पटक्‍कै गम्‍भीररूपमा लिइनँ।

वु वेनलाई बर्खास्त गरिएपछि, हामीले समूह अगुवाको रूपमा सिस्टर झेन सिनलाई छनौट गऱ्यौँ। मैले खुसी हुँदै सोचेँ, “अब मलजलको काम अझै प्रभावकारी हुनुपर्ने हो।” तर केही समय बितेपछि, मैले झेन सिनको काम गर्ने क्षमता झनै राम्रो छैन, र उनी वु वेन जत्तिको जिम्‍मेवार छैनन् भन्‍ने थाहा पाएँ। उनी समयमा नै नयाँ विश्‍वासीहरूका स्थितिहरू बुझ्‍न सक्दिनथिइन्, र तिनीहरूका समस्याहरू कसरी समाधान गर्ने उनलाई थाहा हुँदैनथ्यो। परिणामस्वरूप, केही समय बितेपछि, मलजलको काममा अझै सुधार आएन। मलाई अप्ठ्यारो लाग्‍न थाल्यो, र वु वेनलाई बर्खास्त गर्नु गल्ती थियो कि भन्‍ने लाग्यो, तर अवस्था यस मोडमा पुग्दा, मैले झेन सिनलाई सङ्गति दिएर थप सहयोग गर्ने अनि उनका परिणाम सुध्रिन्छ कि भनेर हेर्ने निर्णय गरेँ।

झन्-झन् धेरै नयाँ विश्‍वासीहरू मण्डलीमा आएपछि, मुख्य प्राथमिकता भनेको अझै धेरै मलजलकर्तालाई चाँडोभन्दा चाँडो तालिम दिनु थियो। त्यसकारण मैले तुरुन्तै उम्मेदवारहरू खोज्‍न थालेँ। मलाई सिस्टर चेन चेनको याद आयो, जसलाई बर्खास्त गरिएको थियो र अझै अलग राखी आत्म-चिन्तन गर्न लगाइएको थियो। उनले पहिले सुसमाचार प्रचार गरेकी र केही परिणाम प्राप्त गरेकी थिइन्, त्यसैले म उनलाई तालिम दिन चाहन्थेँ। मलाई लाग्यो, उनी मित्रैलो र मानिसहरूसँग कुराकानी गर्न सिपालु छिन्, तसर्थ मैले उनलाई तालिम दिएँ भने, मलजल कामका समस्याहरू समाधान हुनेछन्, र मेरा वरिष्ठहरूले अवश्य नै ममा राम्रो क्षमता छ र म असल अगुवा हुँ भनी भन्‍नेछन्। त्यसैले, मैले मलजल डिकनलाई चेन चेनलाई तालिम दिन ध्यान दिन अनुरोध गरेँ। अप्ठ्यारो मान्दै मलजल डिकनले भने, “हामीले त्यसै गर्ने सोचेका थियौँ, तर चेन चेनलाई बर्खास्त गरिएपछि पनि उनमा अझै आत्मज्ञान आएको छैन भन्‍ने हामीले देख्यौँ। उनी सुसमाचार प्रचार गर्दा, ख्याति र प्राप्तिको लागि प्रतिस्पर्धा गर्छिन्, डाहा र विवाद पैदा गर्छिन्, जसले गर्दा अरूले आफ्‍नो कर्तव्य सामान्यरूपमा पूरा गर्न असम्‍भव हुन्छ। हामीले उनलाई अहिले नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने तालिम दियौँ भने, के उनले झनै दुष्ट काम गरेर अझै धेरै बाधा पुऱ्याउँदैनन् र? मलजल गर्नु परमेश्‍वरको घरको एउटा सबैभन्दा महत्त्वपूर्ण काम हो। यसको तालिम पाएकाहरूमा असल मानवता हुनैपर्छ र तिनीहरूले मण्डलीको काममा बाधा दिनै हुँदैन। हामीले सिद्धान्तअनुसार काम गर्नुपर्छ!” उनको कुराले म चिन्तित भएँ। मैले सोचेँ, “चेन चेन मित्रैलो र क्षमतावान् छिन्। उनलाई नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने तालिम दिँदा पक्‍कै हाम्रो काम अझै प्रभावकारी हुन्छ। उनमा साँचो पश्‍चात्तापको कमी छ जस्तो देखिएकोले हामीले अहिले उनलाई तालिम नदिने निर्णय गऱ्यौँ भने, मेरा अगुवाहरूले मेरो कार्य क्षमता देख्‍नेछैनन्। त्यो राम्रो होइन। मैले आफूले चाहेको कुरा उनलाई गर्न लगाउनुपर्छ। मैले हार मान्नु हुँदैन।” त्यसकारण, मैले यसो भन्दै मलजल डिकनलाई आलोचना गरेँ, “के अहिले अन्धाधुन्ध नियमहरू पालन गर्ने समय हो? सिद्धान्तहरूले यो पनि भन्छन्, विगतमा अपराध गर्नेहरूलाई पश्‍चात्ताप गर्ने अवसर दिनुपर्छ। चेन चेन मित्रैलो छिन् र उनमा नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने क्षमता छ, तसर्थ हामी उनलाई तालिम दिन सक्छौँ। हामीले उनलाई नजिकबाट नियाल्‍नु मात्रै पर्छ र बाधाहरू पैदा गर्न दिनु हुँदैन। चेन चेनको क्षमता राम्रो छ र उनले चाँडै सिक्‍न सक्छिन्। अर्को मलजलकर्ता भयो भने मण्डलीका धेरै समस्या समाधान हुनेछन्। गएर उनलाई भेलामा ल्याउनुहोस्!” मेरो जिद्दी मनोवृत्ति देखेर मलजल डिकनले केही पनि भनिनन्।

तर केही दिनपछि, मलजल डिकनले के रिपोर्ट गरिन् भने चेन चेनले मलजल गर्नुअघि नयाँ विश्‍वासीहरूका धारणा र अन्योलबारे अनुसन्धान गर्दिनन् र लक्षित सङ्गति दिँदिनन्। बरु, उनले आफ्‍नै विचारहरूका आधारमा सङ्गति गर्न जोड दिन्छिन्, जसले गर्दा दुई जना नयाँ विश्‍वासी विरोध, र प्रतिरोध गर्ने भए र तिनीहरूले विश्‍वास गर्न छोडे। त्यो बेला, मलाई अलिक अप्ठ्यारो लाग्यो। चेन चेनजस्तो क्षमतावान् व्यक्तिले यस्तो कुरा नगर्नुपर्ने हो। पछि, मैले चेन चेनसँग कुरा गर्दा, उनी आफ्ना कर्तव्यमा बाहिरीरूपमा मात्रै सक्रिय हुन्छिन् भन्‍ने थाहा पाएँ। उनले आफ्‍नो विगतका अपराधहरूलाई बुझेकी थिइनन्, र उनको मलजल काममा त्यस्तो ठूलो समस्या देखा परेपछि, उनले आत्मचिन्तन गरिनन् र पटक्‍कै पाठ सिकिनन्। उनी चेतनाशुन्य भएकी थिइन्। मलाई तब मात्रै के थाहा भयो भने सायद मैले अति हतारमा उनलाई तालिम दिएछु, र सायद उनलाई अलग बसेर मनन गर्न दिइरहनुपर्थ्यो। तर अर्को मनले सोच्दा, चेन चेन क्षमतावान् र अगुवा बनिसकेकी थिइन्, त्यसकारण मैले उनलाई थप सहयोग गरेँ भने, उनले तुरुन्तै अवस्थालाई बुझेर परिवर्तन गर्न सक्नुपर्ने हो। मैले उनलाई तालिम दिएर मलजल कामका परिणामहरू सुधार्नु मात्रै पर्थ्यो, र मेरा अगुवाहरूले मलाई अनुमोदन गर्नेथिए।

तसर्थ, मैले असल परिणामहरू अपेक्षा गरिरहेको बेला, एक बिहान मेरी सहकर्मीले मलाई भनिन्, “तपाईं आफ्‍नो कर्तव्य सिद्धान्तहरूअनुसार पूरा गर्नुहुन्‍न भनेर ब्रदर-सिस्टरहरूले लेखेका छन्। तपाईंले जबरजस्ती चेन चेनलाई मलजलको काम दिनुभयो, जसलाई अझै अलग राखिएको थियो। यस अवधिमा, चेन चेनले नयाँ विश्‍वासीहरूलाई मलजल गर्दा धेरै समस्या पैदा गरेकी छिन्, तर उनले आत्मचिन्तन गरेकी वा आफूलाई बुझेकी कुरा देखाएकी छैनन्। उनको निरन्तर व्यवहारलाई हेर्दा, उनी तालिम पाउन लायक छैनन्, र तिनीहरूले उनलाई अलग राखेर आत्मचिन्तन गर्न लगाउने सिफारिस गरेका छन्।” मेरी सहकर्मीको कुरा सुन्दा, मेरो मुटुको धड्कन नै रोकियो। “लौ खत्तम भो। म बरबाद भएँ! यो त सामान्य प्रतिक्रिया मात्रै होइन, तर यो त सिद्धान्तअनुसार काम नगरेकोमा मलाई खुलासा गर्ने औपचारिक रिपोर्ट हो। मैले परमेश्‍वरमा विश्‍वास गरेको त्यतिका वर्ष भयो, र कसैले कहिल्यै मेरो रिपोर्ट गरेको छैन। अब मेरा ब्रदर-सिस्टरहरूले मलाई के सोच्‍नेछन्?” त्यो बेला, मलाई साह्रै लाज लाग्यो। मैले गिलास उठाएँ र आफूलाई शान्त पार्ने प्रयासमा केही घुट्की पानी पिएँ तर मेरो हृदय आँधी आएको समुद्रजस्तै अशान्त थियो, “यदि मेरा अगुवाहरूले त्यो पत्रको कुरा थाहा पाए भने, म सिद्धान्तअनुसार आफ्‍नो कर्तव्य पूरा गर्दिनँ, र मैले मण्डलीको काममा बाधा दिइरहेको छु भनी भन्‍नेछन्। यसले गर्दा के तिनीहरूले मलाई बर्खास्त गर्नेछन्?” मेरो मनमा हलचल मच्चियो। अन्त्यमा, म हावा गएको बल जस्तै कुर्सीमा थच्च बसेँ। मेरो स्थिति देखेर मेरी सहकर्मीले भनिन्, “ब्रदर-सिस्टरहरूले हामीलाई निगरानी र खुलासा गर्नु हाम्रो लागि उपयोगी हुन्छ। अब, तपाईंले यो परमेश्‍वरबाट आएको मान्नुपर्छ।” मैले यसलाई परमेश्‍वरबाट आएको हो भनी स्विकार्छु भनेर मुखले त भनेँ, तर मन शान्त पार्नै सकिनँ। दिनभरि मलाई खान वा सुत्‍न मन भएन। यो पत्रमा मेरो व्यवहारलाई खुलासा गरिएको तथ्यबारे सोच्दा मुटु घोच्थ्यो। मैले घुँडा टेकेर परमेश्‍वरलाई प्रार्थना गरेँ। “हे परमेश्‍वर! तपाईंले मलाई यो हुन दिनुमा असल अभिप्रायहरू छन् भन्‍ने मलाई थाहा छ। तपाईंको इच्‍छा बुझ्‍न र यसबाट पाठहरू सिक्‍न मलाई होऱ्याउनुहोस्।”

पछि, मैले मनन र खोजी गर्ने क्रममा, परमेश्‍वरका केही वचनहरू पढेँ। “ख्रीष्टविरोधीहरूले जे गरिरहेको भए पनि, तिनीहरूको सधैँ आफ्‍नै उद्देश्य र अभिप्रायहरू हुन्छन्, तिनीहरू सधैँ आफ्‍नै योजनाअनुसार काम गरिरहेका हुन्छन्, र परमेश्‍वरको घरका बन्दोबस्त र कामप्रति तिनीहरूको मनोवृत्ति यस्तो हुन्छ, ‘तपाईंका हजारौँ योजना होलान्, तर मेरो एउटै नियम छ’; यो सबै ख्रीष्टविरोधीको प्रकृतिले निर्धारित गरेको हुन्छ। के ख्रीष्टविरोधीले आफ्‍नो मानसिकता परिवर्तन गरेर सत्यताका सिद्धान्तहरूअनुसार काम गर्न सक्छ? त्यो पूर्ण रूपमा असम्‍भव हुन्छ। … तिनीहरूले जुनसुकै कर्तव्य निभाए पनि, तिनीहरू सधैँ एउटै सिद्धान्तमा लागिरहन्छन्: तिनीहरूले केही न केही फाइदा पाउनैपर्छ। ख्रीष्टविरोधीहरूलाई आफ्नो कुनै लागत नलाग्‍ने, तिनीहरूले कुनै कष्ट भोग्‍नु वा मूल्य चुकाउनु नपर्ने, अनि तिनीहरूको प्रतिष्ठा र हैसियतमा फाइदा पुग्‍ने काम सबैभन्दा बढी मन पर्छ। समग्रमा, ख्रीष्टविरोधीहरूले जे गरिरहेका भए पनि, तिनीहरू सुरुमा आफ्‍नै हितहरूलाई विचार गर्छन्, र यो सबै विचार गरेपछि मात्रै तिनीहरू काम गर्छन्; तिनीहरू सम्झौता नगरी साँचो रूपमा, इमानदारीपूर्वक, र पूर्ण रूपमा सत्यता पालना गर्दैनन्, तर छनौट गरेर अनि सर्तमा मात्रै सो गर्छन्। यो कस्तो सर्त हो? यो तिनीहरूको हैसियत र प्रतिष्ठालाई रक्षा गरिनैपर्छ, र कुनै घाटा हुनै हुँदैन भन्‍ने सर्त हो। यो सर्त पूरा भएपछि मात्रै तिनीहरू के गर्ने भनेर निर्णय र छनौट गर्छन्। अर्थात्, सत्यताका सिद्धान्तहरू, परमेश्‍वरका आज्ञाहरू, र परमेश्‍वरको घरको कामलाई कसरी लिने, वा आफूले सामना गर्ने कुराहरू कसरी सम्‍हाल्‍ने भन्‍ने कुरालाई ख्रीष्टविरोधीहरू गम्‍भीर रूपमा विचार गर्छन्। तिनीहरू परमेश्‍वरको इच्‍छा कसरी पूरा गर्ने, परमेश्‍वरको घरका हितहरूलाई हानि गर्नबाट कसरी बच्‍ने, परमेश्‍वरलाई कसरी सन्तुष्ट तुल्याउने, वा दाजुभाइ-दिदीबहिनीहरूलाई कसरी फाइदा पुऱ्याउने भन्‍नेबारे विचार गर्दैनन्; यी तिनीहरूले विचार गर्ने कुरा होइनन्। ख्रीष्टविरोधीहरू केलाई विचार गर्छन्? कतै आफ्नो हैसियत र प्रतिष्ठामा असर पो पुग्ने हो कि, र कतै तिनीहरूको प्रतिष्ठा पो घट्ने हो कि भनेर विचार गर्छन्। यदि सत्यताका सिद्धान्तहरूअनुसार कुनै काम गर्दा मण्डलीको काममा र दाजुभाइ-दिदीबहिनीहरूलाई फाइदा पुग्छ, तर तिनीहरूको आफ्‍नै प्रतिष्ठामा धक्का पुग्छ र धेरै मानिसहरूले तिनीहरूको साँचो कद अनि तिनीहरूमा कस्तो प्रकृति र सार छ भन्‍ने कुरा थाहा पाउँछन् भने, तिनीहरूले अवश्य नै सत्यताका सिद्धान्तहरूअनुसार काम गर्नेछैनन्। यदि व्यावहारिक काम गर्दा अझ धेरै मानिसहरूले तिनीहरूको इज्जत गर्छन्, आदर र प्रशंसा गर्छन्, वा तिनीहरूको बोली अख्‍तियारपूर्ण बन्छ र अझै धेरै मानिसहरूले तिनीहरूको कुरा मान्छन् भने, तिनीहरू त्यो काम त्यसरी गर्ने निर्णय गर्छन्; नत्र, तिनीहरूले परमेश्‍वरको घर वा दाजुभाइ-दिदीबहिनीहरूका हितका खातिर आफ्‍नै हितहरूलाई बेवास्ता गर्ने निर्णय कहिल्यै गर्नेछैनन्। ख्रीष्टविरोधीहरूको प्रकृति र सार यही हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्‍वरको वचनमा प्रकट गरिएको कुराबाट मैले के बुझेँ भने ख्रीष्टविरोधीहरूले आफ्‍नै प्रतिष्ठा र हैसियत जोगाउन मात्रै सबै कुरा गर्छन्। तिनीहरू आफ्नो प्रतिष्ठा र हैसियत नमुछिएका कुरामा, सत्यताका सिद्धान्तअनुसार काम गर्न सक्छन्, तर सत्यताका सिद्धान्तअनुसार काम गर्दा आफ्नो प्रतिष्ठा र हैसियत खतरामा पर्छ भने, निर्लज्जसँग सिद्धान्तहरू उल्‍लङ्घन गरेर आफ्‍नै विचारअनुसार आफूखुसी काम गर्छन्। तिनीहरू आफ्ना हितको रक्षा गर्न मण्डलीको कामलाई हानि गर्न रुचाउँछन्। मैले आफू अगुवा बनेदेखि के गरेँ भनेर मनन गरेँ र यो त परमेश्‍वरको वचनले प्रकट गरेका ख्रीष्टविरोधीहरूकै जस्तो काम थियो। म आफूलाई दक्ष र व्यावहारिक काम गर्न सक्‍ने व्यक्ति हुँ भनेर प्रमाणित गर्न तुरुन्तै उपलब्धि देखाउन चाहन्थेँ, ताकि मेरा वरिष्ठहरू र ब्रदर-सिस्टरहरूले मलाई अगुवा बनाउँदा सही निर्णय भएछ भन्‍ने देख्‍न सकून्। तसर्थ, मैले मानिसहरू छनौट गरेर प्रयोग गर्दा, सत्यताका सिद्धान्तहरू पटक्‍कै पालना गरिनँ, मैले मण्डलीको काममा कसरी फाइदा पुऱ्याउने भनेर सोचिनँ, अरूको सल्‍लाह सुनिनँ, तर आफै निर्णय गर्ने जोड गरेँ। वु वेनले नयाँ विश्‍वासीहरूका वास्तविक परिस्थितिअनुसार भेला र कर्तव्य नमिलाएकी देख्दा, मैले उनको स्थिति र कठिनाइहरूबारे सोधिनँ, वा उनी उही गल्तीहरू गर्नबाट बच्न सकून भनी समस्याहरूको मूल कारण पत्ता लगाएर सिद्धान्तहरूमा प्रवेश गर्न उनीसँग काम गरिनँ। उनले आफ्‍नो कर्तव्यमा नतिजाहरू हासिल गर्दिनन्, जसले गर्दा मेरो प्रतिष्ठा र हैसियतमा क्षति पुग्‍नेछ भनेर मैले सोचेँ, तसर्थ मैले उनलाई अनुचित दोष लगाएँ, बहिष्कार गरेँ, र बर्खास्त गर्न चाहेँ। मैले आफ्‍नो प्रतिष्ठा र हैसियत जोगाउन, सिद्धान्तहरू र सहकर्मीहरूको सल्‍लाहलाई बेवास्ता गरेँ र जबरजस्ती वु वेनलाई हटाएँ। र पनि, उनीप्रति ममा प्रेम वा धैर्य थिएन। उनलाई आफ्‍नो कर्तव्य पूरा गर्न कठिनाइ भइरहेको छ भन्‍ने मलाई थाहा थियो, तर मैले उनलाई सहयोग गर्न सङ्गति दिइनँ, सिधै उनलाई बर्खास्त गरेँ। मैले त निर्दयी हत्याराले झैँ व्यवहार गरेँ। यो साँच्‍चै अमानवीय कार्य थियो! मैले उनलाई बर्खास्त गरेपछि, मैले छनौट गरेकी नयाँ सिस्टरले काम गर्न सकिनन्, जसले गर्दा मलजलको काममा प्रत्यक्ष असर पुग्यो। र पनि, मैले आत्मचिन्तन गर्न जानिनँ, र मैले प्रतिभालाई तालिम दिने र मलजलको काम सुधार्ने नाममा मण्डलीको काममा बाधा दिने व्यक्तिलाई बढुवा दिन जारी राखेँ। मैले कुरालाई प्रङ्गबाहिर लगेर हामीले उनलाई पश्‍चात्ताप गर्ने मौका दिनुपर्छ भन्‍ने असङ्गत कुरासमेत भनेँ। मैले मलजल डिकनलाई अन्धाधुन्ध नियमहरू पालना गरेकोमा निराकरण गरेँ र उनी मेरो खण्डन गर्न डराइन्। परिणामस्वरूप, चेन चेन पटक्कै उपयुक्त थिइनन् र उनले मलजलको काममा हानि पुऱ्याइन्। मैले देखेँ, म आफ्नो प्रतिष्ठा र हैसियतको लागि, आफ्‍नो कर्तव्यमा छिटोमिठो तरिका अपनाउन, सिद्धान्त र अरूका सुझाव बेवास्ता गर्न सक्‍ने रहेछु, र रिपोर्ट गरेर खुलासा गरिएपछि पनि, म आफूलाई अगुवाहरूले कसरी हेर्छन् भन्‍नेबारे चिन्तित भएँ। मैले आफ्‍ना असफलताका कारणहरूबारे मनन गरिनँ, मैले जिद्दी भएर आफ्नो प्रतिष्ठा र हैसियतको रक्षा गरेँ, र म आफ्‍ना हितहरूको रक्षा गर्न मण्डलीको काममा हानि हुन दिन चाहन्थेँ। मैले ख्रीष्टविरोधीको स्वभाव प्रकट गरेँ!

पछि, मैले खोजी गर्ने क्रममा परमेश्‍वरको वचनमा यो कुरा पढेँ, “यदि कसैले सत्यलाई प्रेम गर्छु भन्छ र उनीहरू सत्यको पछि लाग्छौँ भनी भन्छन्, तर सारगत रूपमा उनीहरूको पछ्याउने लक्ष्य भनेको प्रतिष्ठा हासिल गर्नु, आफैलाई विशिष्ट बनाउनु, धाकरवाफ देखाउनु, मानिसहरूलाई उनीहरूको बारेमा उच्‍च सोच्ने बनाउनु, उनीहरूका आफ्नै स्वार्थ पूरा गर्नु हो र उनीहरू परमेश्‍वरको आज्ञापालन गर्न वा उहाँलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य निर्वाह गर्दैनन्, बरु त्यसको सट्टा प्रतिष्ठा र हैसियत हासिल गर्न कर्तव्य निर्वाह गर्छन् भने, उनीहरूको खोजी अवैध हुन्छ। यस्तो मामिला हुँदा, जब मण्डलीको कामको कुरा आउँछ, के उनीहरूका कार्यहरू बाधा-व्यवधान हुन्छन्, कि उनीहरूले यसलाई अगाडि बढाउन सहयोग गर्छन्? उनीहरू स्पष्ट रूपमा बाधा-व्यवधान हुन्; उनीहरूले यसलाई अगाडि बढाउँदैनन्। केही मानिसहरू मण्डलीको काम गर्ने झन्डा फहराउँदै, आफ्नै व्यक्तिगत प्रतिष्ठा र हैसियतको पछि लाग्‍ने, आफ्नै कार्यप्रणाली चलाउने, आफ्नै सानो समूह, आफ्नै सानो राज्य बनाउने गर्छन्—के यस किसिमका व्यक्तिहरूले आफ्नो कर्तव्य पूरा गरिरहेका हुन्छन्? उनीहरूले गर्ने सबै कामहरूले अनिवार्य रूपमा वाधा, व्यवधान ल्याउँछन् र मण्डलीको कामलाई हानि गर्छन्। तिनीहरूको हैसियत र प्रतिष्ठाको खोजीको परिणाम के हुन्छ? सबैभन्दा पहिले, यसले परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरका वचनहरू कसरी खान्छन् र पिउँछन्, र कसरी सत्यता बुझ्छन् भन्‍ने कुरामा असर पुर्‍याउँछ, यसले उनीहरूको जीवन प्रवेशमा बाधा उत्पन्‍न गर्छ, उनीहरूलाई परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा प्रवेश गर्नबाट रोक्छ, र उनीहरूलाई गलत मार्गमा डोर्‍याउँछ—र यसले चुनिएका जनहरूलाई हानि गर्छ र बरबादीमा पुर्‍याउँछ। अनि, यसले अन्त्यमा मण्डलीको कामलाई के गर्छ? यो बाधा, क्षति, र विघटन हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग एक))। परमेश्‍वरको वचन पढेपछि मैले के बुझेँ भने जब हामी आफ्‍नो कर्तव्य पूरा गर्ने नाममा व्यक्तिगत प्रतिष्ठा र हैसियतको पछि लाग्छौँ, तब यसको सार शैतानको दासको रूपमा काम गरेर मण्डलीको काममा बाधा दिने हुन्छ। परमेश्‍वरको वचनले मेरो कामको सार प्रकट गरिदियो। मैले मण्डली अगुवाको रूपमा परमेश्‍वरको इच्‍छालाई ध्यान दिनुपर्छ, ब्रदर-सिस्टरहरूलाई राम्ररी मलजल गर्नुपर्छ, तिनीहरूको जीवन प्रवेशका कठिनाइ र समस्याहरू समाधान गर्नुपर्छ, अनि मण्डलीका विभिन्‍न काम गर्न उपयुक्त व्यक्तिहरूलाई बढुवा र तालिम दिनुपर्छ र मण्डलीको काम सामान्यरूपमा अघि बढेको सुनिश्‍चित गर्नुपर्छ। तर मैले परमेश्‍वरका इच्‍छा र मापदण्डहरूलाई विचार गरिनँ, र अगुवाको रूपमा आफ्‍ना जिम्‍मेवारीहरू पूरा गरिनँ। मैले मानिसहरूलाई छनौट गरेर प्रयोग गर्दा, आफ्‍नै हितहरूबारे मात्रै विचार गरेँ। परिणामस्वरूप, मैले नयाँ विश्‍वासीहरूलाई साथ दिन नसकेको मात्र होइन, तर मलजलको काममा बाधा पनि दिएँ, जसले गर्दा नयाँ विश्‍वासीहरू पछि हटे। मैले कसरी आफ्‍नो कर्तव्य पूरा गरिरहेको थिएँ? मैले मण्डलीको काममा बाधा दिइरहेको र दुष्कर्म गरिरहेको थिएँ! यसो हुँदासमेत, ममा चेतना आएन। म अत्यन्तै स्वार्थी थिएँ र मेरो चेतना हराएको थियो। मलाई मण्डलीबाट निष्कासित ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूको याद आयो। तिनीहरू सधैँ आफ्नो फाइदाका लागि षड्यन्त्र गरिरहेका हुन्थे, र आफ्‍नो प्रतिष्ठा र हैसियत कायम राख्‍न सत्यताका सिद्धान्तहरूलाई बेवास्ता गर्थे, आफ्‍नो कर्तव्य मनमानी र अत्याचारी ढङ्गले गर्थे, मण्डलीको काममा गम्‍भीर बाधा दिन्थे, र अन्तिममा, तिनीहरूका धेरै दुष्ट कामहरूको कारण परमेश्‍वरले तिनीहरूलाई घृणा गर्नुभयो र हटाउनुभयो। मैले गरेको काम र यी ख्रीष्टविरोधीहरूका कामबीच कुनै आधारभूत भिन्‍नता थिएन! यो पहिचान गरेपछि, मलाई चिसो पसिना छुट्यो, र मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म आफ्‍नो कर्तव्यमा लापरवाह भएँ। मैले ख्याति, हैसियत, र छिटो सफल हुन खोजेँ, र गलत मार्ग अपनाएँ। हे परमेश्‍वर, म तपाईंसामु पश्‍चात्ताप गर्न चाहन्छु। बिन्ती छ मलाई अगुवाइ गरेर बाटो देखाउनुहोस्।”

पछि, मनन र खोजीद्वारा मलाई के महसुस भयो भने, हामी आफ्नो कर्तव्यमा प्रभावकारी हुन हामीमा सही अभिप्राय हुनुपर्छ, हामीले सत्यता खोज्नमा ध्यान दिनुपर्छ, र सिद्धान्तहरूअनुसार काम गर्नुपर्छ। त्यसपछि मात्रै हामी परमेश्‍वरको डोऱ्याइ पाउन, र निरन्तर परिणामहरू सुधार्न सक्छौँ। मलाई परमेश्‍वरका केही वचनहरू याद आयो। “जब मानिसहरू परमेश्‍वरको आदेश स्वीकार गर्छन्, तब तिनीहरूले आफ्ना कर्तव्य र मिसन पूरा गर्नका लागि सुरुमा परमेश्‍वरको इच्‍छा बुझ्नैपर्छ। तैँले यो आज्ञा परमेश्‍वरबाट आएको हो भन्‍ने जान्‍नैपर्छ; यो उहाँको इच्‍छा हो, र तैँले यसलाई स्वीकार गर्नुपर्छ, ध्यान दिनुपर्छ, र अझै महत्त्वपूर्ण, तँ यसमा समर्पित हुनुपर्छ। यसको साथै, तैँले कुन सत्यताहरू बुझ्‍नुपर्छ, कुन सिद्धान्तहरू पालना गर्नुपर्छ, र कर्तव्य पूरा गर्दा यसलाई परमेश्‍वरका चुनिएका मानिसहरू र परमेश्‍वरको घरको कामका निम्ति फाइदाजनक बनाउन तैँले कसरी अभ्यास गर्नुपर्छ, त्यसका उत्तरहरू खोज्‍नुपर्छ। तैँले कसरी अभ्यास गर्नुपर्छ त्यसका सिद्धान्तहरू यिनै हुनुपर्छ। तैँले परमेश्‍वरको इच्‍छा बुझेपछि, यस्तो कर्तव्य पूरा गर्नका लागि समय खेर नफाली सत्यताहरू खोज्ने र बुझ्‍ने प्रयास गर्नुपर्छ; अनि तैँले यी सत्यताहरू बुझेपछि, ती अभ्यास गर्न सिद्धान्तहरू र मार्ग निर्धारित गर्नुपर्छ। ‘सिद्धान्तहरू’ ले केलाई जनाउँछन्? निश्‍चित रूपमा, सिद्धान्तहरूले सत्यता अभ्यासका मापदण्ड र परिणामहरू हासिल गर्नका लागि पछ्याउनैपर्ने कुराहरूलाई जनाउँछन्—सिद्धान्त भनेको सबैभन्दा महत्त्वपूर्ण, र सबैभन्दा आधारभूत कुरा हो। तैँले आफ्‍नो कर्तव्य निर्वाहका आधारभूत सिद्धान्तहरू बुझिसकेपछि, यो कर्तव्य पूरा गर्नका लागि चाहिने मापदण्डहरू बुझेको छस् भन्‍ने कुरा प्रमाणित हुन्छ; अनि सिद्धान्त बुझ्‍नु सत्यता अभ्यास गर्न सक्‍नु सरह हो। त्यसोभए सत्यता अभ्यासको यो क्षमता केको जगमा निर्मित छ? परमेश्‍वरको इच्‍छा र सत्यता बुझाइको जगमा। परमेश्‍वर के माग गर्नुहुन्छ भनेर थाहा हुनुलाई मात्रै सत्य बुझेको मानिन्छ? मानिँदैन—त्यसोभए सत्यता बुझेको मानिन कुन मापदण्ड चाहिन्छ? तैँले आफ्‍नो कर्तव्य पूरा गर्नुको महत्त्व र मूल्य बुझ्नैपर्छ; यी दुईवटा कुरा बुझ्‍नु नै आफ्‍नो कर्तव्य निर्वाहको सत्यता बुझ्‍नु हो। यति मात्र होइन, तैँले सत्यता बुझेपछि आफ्‍नो कर्तव्य निर्वाहका सिद्धान्तहरू, र अभ्यासको मार्ग बुझ्नैपर्छ। यदि तैँले यो कर्तव्य निर्वाहका सिद्धान्तहरू बुझ्‍न र लागू गर्न सक्छस्, र चाहेको बेला बुद्धि पनि चलाउन सक्छस् भने, यो कर्तव्य पूरा गर्दा तँ प्रभावकारी हुनेछस् भन्‍ने पक्‍का हुन्छ; अनि जब तैँले सिद्धान्त बुझेर सिद्धान्तअनुसार काम गर्छस्, तब यसलाई सत्यता अभ्यास मानिनेछ। यदि यो मानव विचारहरूद्वारा कलङ्कित भएको छैन, र यसलाई परमेश्‍वरका मापदण्डहरूको पूर्ण पालनामा र परमेश्‍वरको घरको कामसम्‍बन्धी बन्दोबस्तहरूअनुसार, र यो पूर्णतया परमेश्‍वरका वचनहरूअनुरूप छ भने, तेरो कर्तव्य निर्वाह पूर्णतः मानकअनुरूप छ, अनि तेरो प्रभावकारिता र परमेश्‍वरको मापदण्डबीच केही भिन्‍नता हुन सके पनि, यसलाई परमेश्‍वरका मापदण्डहरू पूरा गरेको मानिनेछ। यदि तेरो कर्तव्य निर्वाह पूर्णतया सिद्धान्तअनुरूप छ, र तैँले यसलाई निष्ठापूर्वक पूरा गरेको छस्, यसमा आफ्‍नो सारा प्रयास लगाएको छस् भने, तेरो कर्तव्य निर्वाह पूर्ण रूपमा परमेश्‍वरको इच्‍छाअनुरूप हुन्छ, र तैँले परमेश्‍वरको प्राणीको कर्तव्य आफ्‍नो सारा हृदयले, सारा मनले, र सारा शक्तिले पूरा गरेको हुन्छस्—जुन सत्यता अभ्यास गरेर प्राप्त परिणाम हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु एक)। परमेश्‍वरका वचनहरू अत्यन्तै स्पष्ट थिए। कर्तव्य स्विकारेपछि, पहिले हामीले परमेश्‍वरको इच्‍छा खोज्नैपर्छ, प्रवेश गर्न आफ्नो कर्तव्यका सिद्धान्तहरू खोज्नुपर्छ, सत्यता बुझ्‍नुपर्छ, परमेश्‍वरको आज्ञा मान्नुपर्छ, र आफ्‍नो कर्तव्यमा कडाइका साथ सिद्धान्तहरू लागू गर्नुपर्छ। साथै, हामीले आफ्‍नो कर्तव्य पूरा गर्दा, मण्डलीको कामलाई ध्यान दिनुपर्छ, आफूलाई बारम्‍बार जाँच्‍नुपर्छ, र व्यक्तिगत फाइदाको लागि युक्ति रच्नु हुँदैन। यसले हाम्रो अशुद्ध विचार, र आफ्‍नो कर्तव्यका गल्तीहरूलाई घटाउँछ। म आफ्‍नो कर्तव्यमा कसरी आफ्‍नै महत्त्वाकाङ्क्षा र इच्‍छाअनुसार काम गर्थेँ, सत्यताका सिद्धान्तहरू बिरलै लागू गर्थेँ, र यसबारे अलिकति थाहा हुँदासमेत, आज्ञापालन गर्दिनथेँ भेनर सोचेँ। मलजलकर्ता छनौट गर्दा, चाहिएका मुख्य गुणहरू भनेका सत्यतामा स्पष्टसित सङ्गति गर्नु, धैर्यशील हुनु, र जिम्मेवार बन्‍नु हुन्। वु वेन आफ्‍नो कर्तव्यमा जिम्‍मेवार, अनि नयाँ विश्‍वासीहरूप्रति प्रेमिलो र धैर्यशील थिइन्। नयाँ विश्‍वासीहरूका स्थिति वा कठिनाइ जेजस्तो भए पनि, सक्रियरूपमा सङ्गति गरेर समस्याहरू समाधान गर्न सक्थिन्, र उनले नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने केही सिद्धान्तहरू पनि बुझेकी थिइन्। विगतमा, उनी आफ्‍नो कर्तव्यमा प्रभावकारी थिइन्, र अहिले उनले कतिपय समस्याहरू सम्‍हाल्‍न नसकेकीले मात्र केही गल्ती गरेकी थिइन्। यस परिस्थितिमा, हामीले प्रेमपूर्वक सङ्गति दिएर सहयोग गर्नुपर्थ्यो, वा निराकरण, काटछाँट, खुलासा गर्नुपर्थ्यो, र हप्काउनुपर्थ्यो, उनलाई लापरवाही तरिकाले बर्खास्त गर्नु हुँदैनथ्यो। साथै, बाहिरीरूपमा चेन चेन उत्साहित र मित्रैलो देख्दा, उनी तालिम दिन लायक छिन् भन्‍ने मैले कल्‍पना गरेँ, तर यो सिद्धान्तहरूअनुरूप थिएन भन्‍ने मलाई महसुस भयो। आत्मचिन्तन गर्न अलग राखिएकाहरूले बाधा ल्याउँदैनन् भने उनीहरूलाई सुसमाचार सुनाउने र नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने काम दिन सकिन्छ, तर दुष्ट काम गर्ने र मण्डलीको काममा बाधा दिने खराब मानवता भएका मानिसहरूलाई तालिम दिनु हुँदैन। नाम र हैसियतप्रति चेन चेनको चाहना दह्रिलो थियो, र विगतमा तिनी यसको लागि प्रायः लडाइ गर्थिन्, र मण्डलीको काममा बाधा दिन्थिन्। बर्खास्त भएर अलग राखिएपछि, उनले आफ्‍नो विगतका अपराधहरूलाई साँचोरूपमा बुझेको कुरा कहिल्यै देखाइनन्। उनले अझै पनि आफ्‍नो कर्तव्यमा गलत मार्ग अपनाउनेथिइन्, र मण्डलीको काममा बाधा दिने कुराहरू कुनै पनि बेला गर्न सक्थिन्। त्यस्ता मानिसहरूलाई महत्त्वपूर्ण तालिम दिन ध्येय राख्नु हुँदैन। मैले मानिसहरूलाई बर्खास्त र प्रयोग गर्ने सिद्धान्तहरू बुझेकै रहेनछु, तसर्थ महत्त्वाकाङ्क्षा र इच्‍छाहरू बोकेर काम गरेछु, जसले मण्डलीको काममा बाधा र व्यवधान ल्यायो, र साथै यो चेन चेनको लागि हानिकारक र विनाशकारी बन्यो। मैले यी कुराहरू महसुस गरिसकेपछि, मलाई रिपोर्ट र खुलासा गर्न ब्रदर-सिस्टरहरूलाई पत्र लेख्‍न लगाउनुभएकोमा परमेश्‍वरलाई धन्यवाद दिएँ, जसले गर्दा म आफ्नो दुष्ट मार्गमा अघि बढ्न छोडेँ।

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ। “परमेश्‍वरको घरमा, तैँले जे गरे पनि, तैँले आफ्‍नै उद्यमको काम गरिरहेको हुँदैनस्; यो परमेश्‍वरको घरको काम हो, यो परमेश्‍वरको काम हो। तैँले सधैँ यो ज्ञान र सचेतनालाई ध्यान दिएर भन्‍नुपर्छ, ‘यो मेरो आफ्‍नै कामकाज होइन; मैले त आफ्नो कर्तव्य निर्वाह गरिरहेको छु र आफ्नो जिम्‍मेवारी पूरा गरिरहेको छु। म मण्डलीको काम गरिरहेको छु। यो मलाई परमेश्‍वरले सुम्पनुभएको काम हो र मैले उहाँको लागि यो काम गरिरहेको छु। यो मेरो कर्तव्य हो, आफ्‍नै व्यक्तिगत कामकाज होइन।’ मानिसहरूले बुझ्‍नुपर्ने पहिलो कुरा यही हो। यदि तैँले आफ्‍नो कर्तव्यलाई व्यक्तिगत व्यवसायको रूपमा लिन्छस्, र काम गर्दा सत्यताका सिद्धान्तहरू खोज्दैनस्, अनि यसलाई आफ्‍नै अभिप्राय, दृष्टिकोण, र कार्यसूची अनुसार गर्छस् भने, तैँले गल्ती गर्ने सम्‍भावना धेरै हुन्छ। त्यसोभए, यदि तैँले आफ्‍नो कर्तव्य र व्यक्तिगत मामिलाहरूबीच स्पष्ट भिन्‍नता छुट्याउँछस्, र यो कर्तव्य हो भन्‍ने तँलाई थाहा छ भने तैँले कसरी काम गर्नुपर्छ? (परमेश्‍वरले माग गर्नुहुने कुरा र सिद्धान्तहरू खोजी गर्नुपर्छ।) ठिक भनिस्। यदि तँलाई कुनै कुरा आइपर्छ र तैँले सत्यता बुझ्दैनस्, अनि तँसँग केही विचार छ तर तँलाई अझै कुराहरू स्पष्ट छैन भने, तैँले सङ्गति गर्न सत्यता बुझेका ब्रदर वा सिस्टरलाई खोज्नैपर्छ; यो सत्यता खोजी गर्नु हो, र अरू सबै कुराभन्दा पहिले, यो तैँले आफ्नो कर्तव्यप्रति राख्नुपर्ने मनोवृत्ति हो। तैँले आफूलाई उचित लाग्ने कुराको आधारमा निर्णय गर्ने, अनि त्यसपछि अन्तिम निर्णय सुनाउँदै मामिला खतम भयो भन्‍ने गर्नु हुँदैन—यसले सहजै समस्याहरू निम्त्याउँछ। कुनै कर्तव्य तेरो व्यक्तिगत मामिला होइन; ठूलो होस् या सानो, परमेश्‍वरको घरका कामकुराहरू कुनै व्यक्तिका व्यक्तिगत मामिला होइनन्। यो कर्तव्यसँग सम्‍बन्धित छ भने, तेरो निजी कुरा होइन, यो तेरो व्यक्तिगत मामिला होइन—यो सत्यतासँग सम्बन्धित छ, र यो सिद्धान्तसँग सम्‍बन्धित छ। त्यसोभए तिमीहरूले गर्नुपर्ने पहिलो कुरा के हो? तिमीहरूले सत्यता खोज्नुपर्छ, र सिद्धान्तहरू खोजी गर्नुपर्छ। अनि यदि तिमीहरूले सत्यता बुझ्दैनौ भने, सुरुमा सिद्धान्तहरू खोजी गर्नैपर्छ; यदि तिमीहरूले सत्यता बुझिसकेका छौ भने, सिद्धान्त पहिचान गर्न सहज हुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?)। परमेश्‍वरको वचनले मलाई अभ्यासको मार्ग दियो। कर्तव्यहरू परमेश्‍वरले दिनुभएका आज्ञा हुन्, व्यक्तिगत मामिला होइनन्, तसर्थ हामीले आफ्ना व्यक्तिगत हितहरू पूरा गर्न ती काम आफूलाई मन लागेअनुसार गर्न मिल्दैन। सबै कुरामा, हामीले सत्यताका सिद्धान्तहरू खोजेर परमेश्‍वरका मापदण्डहरूअनुसार अभ्यास गर्नैपर्छ। बुझिएन भने, अरूसँग सङ्गति गरेर अझ धेरै खोजी गर्नुपर्छ। अरूले जेसुकै सोचे पनि, परमेश्‍वरको छानबिन स्विकारेर आफूले सक्दो गर्नुपर्छ। कहिलेकाहिँ आफ्नो काममा गल्ती नै भयो, र तुरुन्तै राम्रा परिणामहरू हासिल नै भएन भने पनि, अरूलाई देखाउन मात्रै काम गरेको होइन भने, सही मार्गमा हिँडिरहेको होइन्छ, र परमेश्‍वरको डोऱ्याइ र आशिष्‌ पाइनेछ। पछि, मैले आफूबारे ब्रदर-सिस्टरहरूलाई खुलस्त बताएँ, म कसरी प्रतिष्ठा र हैसियतको लागि कर्तव्य पूरा गर्थेँ, चाँडो सफल हुने आफ्नो इच्‍छा, मानिसहरूलाई प्रयोग गर्दा सिद्धान्तको उल्लङ्घन, साथै मैले आफूखुसी काम गरेको, र अरूलाई हप्काउन आफ्‍नो पद प्रयोग गरेको, र यसले तिनीहरूलाई हानि गरेको कुरा खुलासा गरेँ। मैले गम्‍भीरतासाथ तिनीहरूलाई माफी मागेँ र मलाई अझै निगरानी गर्न अनुरोध गरेँ। मैले यसरी अभ्यास गर्दा, ब्रदर-सिस्टरहरूले मलाई तुच्छ ठानेनन्, तर प्रोत्साहन दिए, र हामीले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न एकअर्कालाई रेखदेख गर्न र मिलेर काम गर्न सक्छौँ भनी भने।

केही समयपछि, एउटा घटना घट्यो। सुसमाचार डिकनले परिवारको बाधाले गर्दा केही समय आफ्‍नो कर्तव्य पूरा गर्न नसक्‍ने भयो। यो खबर सुनेपछि, मलाई अलिक चिन्ता लाग्यो। मैले सोचेँ, “अहिले, हरेक मण्डली सुसमाचार प्रचार गर्न सक्दो लागिपरिरहेको छ, त्यसकारण, यस्तो बेला सुसमाचार डिकनले आफ्‍नो कर्तव्य पूरा गर्न सकिनन् भने, हाम्रो काममा ठूलो असर पर्नेछ! मैले उनको सट्टा समयमा नै मान्छे राखिनँ भने, हाम्रा परिणामहरू कहिल्यै सुध्रनेछैनन्। सुपरभाइजरहरूले मलाई अवश्य यस कामको लागि अयोग्य र अनुचित ठान्नेछन्।” त्यसकारण, मैले मेरी सहकर्मीसँग सुसमाचार डिकनलाई सरुवा गरेर उनको ठाउँमा कसैलाई राख्‍ने कि भनेर छलफल गरेँ। मेरी सहकर्मीले भनिन्, “सुसमाचार डिकन सधैँ जिम्‍मेवार र सक्षम कर्मचारी रहेकी छिन्, र सुसमाचार कामका परिणामहरू राम्रा भएका छन्। क्षणिकरूपमा परिवारको बाधा सम्‍हाल्‍न नसकेकोमै तपाईंले उनलाई सरुवा गर्नुभयो भने, त्यो सिद्धान्तविपरीत हुनेछ।” मैले तर्क गर्नलागेको बेला वु वेनलाई कसरी जबरजस्ती हटाएको थिएँ भन्‍नेबारे मलाई याद आयो। के मैले फेरि आफ्‍नो प्रतिष्ठा र हैसियत जोगाउने काम गरिरहेको थिइनँ र? मेरी सहकर्मीले मलाई मैले सिद्धान्तअनुसार कर्तव्य पूरा गर्नुपर्छ भनेर सम्झाइन्। मैले झण्डै अर्को ठूलो गल्ती गरेँ। मैले परमेश्‍वरलाई हृदयबाटै धन्यवाद दिँदै सहकर्मीलाई भनेँ, “मेरा अभिप्रायहरू गलत रहेछन्। मैले आफ्‍नो प्रतिष्ठा जोगाउन उनलाई सिद्धान्तहरू लागू नगरी सरुवा गरिरहेको रहेछु। उनी साँच्‍चै जिम्‍मेवार र सही व्यक्ति हुन्। उनले अहिले आफ्‍नो काम गर्न सक्दिनन् भने, हामी अपुरो रहेको काम लिनेछौँ र सुसमाचारको काम गर्नेछौँ। उनको अवस्थाबारे अझै बुझौँ र उनलाई साथ र सहयोग देऔँ।” मेरो कुरा सुनेपछि, सहकर्मीले सहमतिमा शिर हल्‍लाइन्, र मलाई यसरी अभ्यास गर्दा सहज भयो।

अहिले, म आफ्‍नो कर्तव्य पूरा गर्दा, प्रायजसो आफूलाई सोध्‍ने गर्छु, “के मैले सत्यताका सिद्धान्तहरूअनुसार आज आफ्‍नो कर्तव्य पूरा गरेँ? के मैले मानिसहरूसँग अन्तरक्रिया गर्दा भ्रष्ट स्वभावले कामकुरा गरेँ?” यदि मैले सिद्धान्तहरू र परमेश्‍वरको इच्‍छाअनुरूप काम गरिनँ भने, यसलाई परिवर्तन गर्न सहयोग माग्दै परमेश्‍वरलाई प्रार्थना गर्थेँ। यसरी अभ्यास गर्दा, मैले परमेश्‍वरको मार्गदर्शन आएको, मण्डलीको काम अलिक सुध्रिएको र ब्रदर-सिस्टरहरूले सक्रियरूपमा आफ्‍नो कर्तव्य पूरा गर्न सकेका देखेँ। परमेश्‍वर धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

हामीले अरूलाई हेर्ने एकमात्र आधार परमेश्‍वरका वचनहरू हुन्

शीला र म निकै पुराना चिनजान हौँ र म उनलाई राम्ररी चिन्छु। हाम्रो भेट हुँदा, सधैँ उनी मसँग आफ्नो वर्तमान स्थितिबारे कुरा गर्थिन्। उनी सधैँ...

अहङ्कारी स्वभाव परिवर्तन गर्न सकिँदैन भनेर कसले भन्छ?

झाओ फान, चीनपरमेश्‍वरका वचनहरूले भन्छ, “मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका वचनहरूको न्याय र सजाय, र...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्