सोधपूछ कोठामा दिइएको यातना

15 अक्टोबर 2021

जियाओ मिन, चीन

सन् २०१२ मा, सुसमाचार प्रचारको क्रममा मलाई चिनियाँ कम्युनिस्ट पार्टीले गिरफ्तार गर्‍यो। १३ सेप्टेम्बरको साँझ म घर फर्केँ, सधैँ जस्तै मैले आफ्नो इलेक्ट्रिक स्कुटर बाहिर पार्क गरें र ढोकाको घण्टी दबाएँ। म छक्‍क परेँ किनभने, मैले ढोका खोलेको मात्र के थिएँ, चार जना हट्टाकट्टा पुरुषहरूले ब्वाँसो जस्तै ममाथि झम्टिए। उनीहरूले मेरो हात मेरो ढाड पछाडि बटारे र मलाई हतकडी लगाए, अनि मलाई एउटा कुर्सीमा बलजफती खाँदे र हलचल गर्न नदिइ थिचेर राखे। धेरै जना प्रहरीले तुरुन्त मेरो ब्यागमा खानतलासी गर्न लागे। शक्तिको यो अचानक र क्रूर प्रदर्शनको सामना गर्नुपर्दा म डरले स्तब्ध भएँ, दुष्ट ब्वाँसोको पकडमा परेको कुनै पनि प्रकारको प्रतिरोध गर्ने शक्ति नभएको एउटा दयनीय सानो भेडाको पाठो जस्तो अनुभूति गरें। त्यसपछि तिनीहरूले मलाई बाहिर निकाले र एउटा कालो सेडान कारको पछाडि हाले। कारभित्र, आफ्नो सफलताको नशामा मातिएका दयनीय सानो मान्छे जस्तो देखिने प्रहरी प्रमुख मतिर फर्के र स्यालजस्तो गरी मतिर खिस्स हाँस्दै भने, “हँ! हामीले तँलाई कसरी पक्रियौं तँलाई थाहा छ?” म कतै भागिहाल्छु कि भन्ने डरले दुईजना प्रहरीले मलाई दुवैतिरबाट थिचेर राखेका थिए, मानौं म कुनै खतरनाक अपराधी हो। मलाई रिस पनि उठ्यो र पीडा पनि भयो, र प्रहरीले मलाई कसरी सताउँछन् भन्ने मलाई थाहा थिएन। मैले तिनीहरूको यातना सहन नसकी एउटा यहूदा बनेर परमेश्‍वरलाई धोका दिन्छु कि भन्‍ने मलाई ठूलो डर थियो। तर फेरि मैले परमेश्‍वरका वचनहरू स्मरण गरें: “जहिलेसम्म तिमीहरूले मेरो सामु निरन्तर प्रार्थना र निवेदन गर्छौ, म तिमीहरूमाथि सबै विश्‍वास खन्याइदिनेछु। सत्तामा हुनेहरू बाहिरबाट द्वेषपूर्ण देखिन सक्छन्, तर नडराऊ, किनकि तिनीहरूसित थोरै विश्‍वास छ। जहिलेसम्म तिमीहरूको विश्‍वास बढ्छ, कुनै पनि कुरा अति कठिन हुनेछैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ७५)। सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूले मलाई विश्‍वास र शक्ति दियो, अनि बिस्तारै तिनले मलाई शान्त हुन मद्दत गरे। “हो,” मैले सोचेँ। “दुष्ट प्रहरी चाहे जतिसुकै क्रूर र उग्र भए पनि, परमेश्‍वरको हातमा उनीहरू केवल कठपुतली हुन् र तिनीहरू परमेश्‍वरको योजनाबद्ध कार्यमा छन्। जबसम्म म साँचो हृदयले परमेश्‍वरसँग प्रार्थना गर्छु र उहाँलाई पुकार्छु, तबसम्म परमेश्‍वर मसँगै हुनुहुनेछ र चिन्ता गर्नुपर्ने कुनै कारण हुनेछैन। यदि यी दुष्ट प्रहरीले मलाई यातना दिन्छन् र मलाई क्रूर तरिकाले पिट्छन् भने पनि, त्यो केवल परमेश्‍वरले मेरो विश्‍वासको परीक्षा लिन चाहनुभएको हुनेछ। तिनीहरूले मेरो देहलाई जतिसुकै पीडा दिए पनि, तिनीहरूले मेरो हृदयलाई परमेश्‍वरतिर हेर्न र उहाँलाई पुकार्नबाट कहिले रोक्न सक्दैनन्। तिनीहरूले मेरो देहलाई मारे पनि तिनीहरूले मेरो आत्मालाई मार्न सक्दैनन्, किनकि म जे जति छु त्यो परमेश्‍वरको हातमा छ।” मैले यो कुरा सोचेपछि, मलाई शैतान र दियाबलससँग डर लाग्न छोड्यो, र मैले परमेश्‍वरको साक्षी बन्ने सङ्कल्‍प गरेँ। त्यसैले मैले मेरो हृदयमा पुकारेँ, “हे सर्वशक्तिमान् परमेश्‍वर! तिनीहरूले मलाई आज जेसुकै गरे पनि, यो सबै झेल्नको लागि म तयार छु। मेरो देह कमजोर भए पनि, म तपाईंमा निर्भर रहन चाहन्छु र शैतानलाई मेरो शोषण गर्ने एउटा पनि मौका दिन चाहन्न। कृपया मलाई रक्षा गर्नुहोस्, मबाट तपाईंलाई धोका हुन नदिनुहोस, र मलाई एउटा लाजमर्दो यहूदा बन्न नदिनुहोस्।” हामी गाडीमा अघि बढिरहेको बेला, मैले मनमनै मण्डलीको एउटा भजन गरिरहेँ: “परमेश्‍वरको पवित्र योजना र सार्वभौमिकताद्वारा, म मेरो लागि तोकिएका परीक्षाहरूको सामना गर्छु। म कसरी हरेस खान वा लुक्‍ने प्रयास गर्न सक्‍छु? परमेश्‍वरको महिमा नै पहिलो कुरा हो। विपत्तिको बेला, परमेश्‍वरका वचनहरूले मलाई मार्गदर्शन गर्छन् र मेरो विश्‍वास सिद्ध पारिएको छ। म अत्यन्तै र पूर्ण रूपले परमेश्‍वरमा समर्पित छु, मृत्युको कुनै डरबिना समर्पित छु। सबैभन्दा माथि उहाँको इच्‍छा छ” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्को “म केवल परमेश्‍वर सन्तुष्ट हुनुभएको चाहन्छु”)। मैले मनमनै गाउने क्रममा, मेरो हृदय तागतले भरियो, र मैले साक्षी बन्न र शैतानलाई अपमानित गर्नको लागि परमेश्‍वरमा भरोसा गर्ने सङ्कल्‍प गरेँ।

जब तिनीहरूले मलाई सोधपुछ कक्षमा लगे, त्यहाँ मैले जस्तै सोही मण्डलीको कर्तव्य निर्वाह गरेकी र त्यहाँको अगुवासमेत रहेकी एकजना सिस्टरलाई देखेर म छक्क परेँ। तिनीहरू पनि सबै पक्राउ परेका रहेछन्! एक जना प्रहरी अधिकारीले मलाई मेरो मण्डलीको सिस्टरलाई हेर्दै गरेको देख्यो र मलाई एकटकले हेर्दै यसो भन्दै मलाई गाली गर्‍यो, “तँ के हेर्दैछेस् हँ? त्यहाँ जा!” हामीलाई आपसमा कुराकानी गर्नबाट रोक्नको लागि प्रहरीले हामीलाई अलग-अलग सोधपुछ कक्षमा बन्द गरिदियो। तिनीहरूले मलाई भद्दा तरिकाले तलाशी लिए, मेरो पेटी खोले र मलाई सबैतिर जथाभाबी छामछुम गरे। मलाई यो एउटा घोर अपमान जस्तो लाग्यो र चिनियाँ कम्युनिस्ट पार्टी सरकारका यी दुष्ट मानिसहरू कति खराब, निर्लज्ज र नीच रहेछन् भन्ने मैले देखेँ! मलाई एकदम रिस उठिरहेको थियो, तर मैले मेरो रिसलाई दबाउनु परेको थियो, किनकि दानवहरूको यो गुफामा तर्कको कुनै ठाउँ थिएन। जब तिनीहरूले मण्डलीको नाममा रहेको नयाँ इलेक्ट्रिक स्कुटर र मसँग भएको ६०० युआन जफत गरे, तिनीहरूले मलाई प्रश्न गर्न थाले। “तेरो नाम के हो? मण्डलीमा तेरो पद के हो? तेरो अगुवा को हो? तिनीहरू अहिले कहाँ छन्?” मैले कुनै उत्तर दिइनँ, त्यसैले त्यो प्रहरीले मलाई गर्जंदै भन्यो, “के तैंले हामीलाई नभन्दैमा हामीले पत्ता लगाउनेछैनौं भन्ने तँलाई लाग्छ? जानिराख्, हामीले तँभन्दा माथिका अगुवाहरूलाई पनि गिरफ्तार गरेका छौं।” त्यसपछि तिनीहरूले केही नामको सूची बनाए र तिनीहरू कसैलाई चिन्छु कि भनेर सोधे, र तिनीहरूले मलाई प्रश्न गर्न जारी राखे। “तेरो मण्डलीको सबै पैसा कहाँ राखिएको छ? हामीलाई भन्!” मैले तिनीहरूले भनेको हरेक कुराको खण्डन गर्दै भनें, “म कसैलाई पनि चिन्दिन! मलाई केही थाहा छैन!” जब तिनीहरूलाई आफ्नो सोधपुछको पहिलो चरण असफल भएको लाग्यो, तब तिनीहरूले आफ्नो एक्का खेल्ने फैसला गरे, र तिनीहरूले पालैपालो सोध्न थाले र मलाई हैरान बनाउने प्रयासमा मलाई सताउन थाले। पहिलो दिनमा प्रहरीले मबाट तिनीहरूले चाहेको जानकारी पाउन सफल नभएको हुनाले, तिनीहरू रिसले रातोपिरो भए, र तिनीहरूमध्येको प्रमुखले जङ्गिँदै भन्यो, “म त्यसको जिद्दीपनको अगाडि झुक्नेवाला छैन। त्यसलाई यातना देओ!” प्रहरीले मेरो हतकडी भएको हात, जुन अझै पनि मेरो ढाड पछाडि थियो, तिनलाई टेबलमा झुन्ड्याइ दिए, त्यसपछि तिनीहरूले मलाई आधा-बसाइको आसनमा खडा हुन बाध्य बनाए। तिनीहरूले मलाई सत्रुतापूर्ण नजरले हेरे र मलाई प्रश्नहरूले दबाब दिए। “तेरो अगुवा कहाँ छ? मण्डलीको सबै पैसा कहाँ छ?” तिनीहरूले म यो यातनाको दबाबमा टुट्ने र तिनीहरूको सामुन्ने आत्मसमर्पण गर्ने प्रतीक्षा गरिरहेका थिए। दुष्ट प्रहरीले यो यातना दिन थालेको लगभग आधा घण्टापछि, मेरो खुट्टा दुख्न र काम्न थाल्यो। मेरो मुटु जोडले धड्किरहेको थियो र मेरो हातपाखुरा पनि धेरै दुखिरहेको थियो। म मेरो सहनको सीमा बिन्दुमा थिएँ र मलाई लाग्यो अब म एक पल पनि अरू टिक्न सक्दिनँ, त्यसैले मैले मेरो हृदयको गहिराइबाट पुकारेँ: “हे सर्वशक्तिमान परमेश्‍वर! कृपया मेरो रक्षा गर्नुहोस्। अब म योभन्दा बढी सहन सक्दिनँ। म तपाईंलाई यहूदा भएर धोका दिन चाहन्न। कृपया मलाई शक्ति दिनुहोस्।” ठीक त्यही बेला परमेश्‍वरका यी वचनहरू मेरो मनमा आए: “तिमीहरूमा परमेश्‍वरले गर्ने कार्यको प्रत्येक कदमको पछाडि शैतानले परमेश्‍वरसँग बाजी थापेको हुन्छ—पछाडिपट्टि यो सबै युद्ध हो। … जब आत्मिक क्षेत्रमा परमेश्‍वर र शैतानबीच युद्ध हुन्छ, तैँले परमेश्‍वरलाई कसरी सन्तुष्ट बनाउनुपर्छ, र उहाँलाई साक्षी दिन तँ कसरी दह्रिलो भएर खडा हुनुपर्छ? तँलाई हुने सबै कुराहरू ठूलो जाँच हो र साक्षी दिनका लागि परमेश्‍वरलाई तेरो आवश्यकता पर्ने समय हो भन्‍ने तँलाई थाहा हुनुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो)। परमेश्‍वरका वचनहरूले मलाई जगायो र मलाई परमेश्‍वरलाई धोका दिन र सत्यताको अनुसरण गर्न छोड्न लगाउनको लागि शैतानले मलाई पीडा दिइरहेको छ भन्ने महसुस गर्न सक्षम बनायो। यो आत्मिक संसारमा भइरहेको युद्ध थियो: यो शैतानले मलाई लोभ्याउन खोजिरहेको घटना थियो, र यो परमेश्‍वरले मलाई दिइरहनुभएको मौका पनि थियो। परमेश्‍वरले मलाई साक्षीको रूपमा खडा गराउन चाहनुभएको क्षण यही थियो। मप्रति परमेश्‍वरका अपेक्षाहरू थिए र दियाबलस शैतान लगायत धेरै स्वर्गदूतहरूले मलाई हेरिरहेका थिए, अनि सबैले मैले कुन पक्ष लिन्छु भनेर मेरो प्रतीक्षा गरिरहेका थिए। म हार खाएर गिर्नु हुँदैनथियो, र मैले शैतानलाई आत्मसमर्पण गर्नु हुँदैनथियो; मलाई थाहा थियो, मैले परमेश्‍वरको इच्छा पूरा गर्नको लागि परमेश्‍वरको कार्यलाई मद्वारा पूरा हुन दिनुपर्छ। अपरिवर्तनीय सिद्धान्त अनुसार, यो त्यो कर्तव्य थियो जुन मैले एउटा सृष्टिको प्राणीको रूपमा निर्वाह गर्नुपर्थ्यो—मेरो बोलावट यही थियो। यो महत्वपूर्ण मोडमा, मेरो आचरण र मेरो व्यवहारले परमेश्‍वरको लागि विजयी साक्षी बन्ने मेरो क्षमतामा सिधा प्रभाव पार्नेथियो, र यो भन्दा पनि अझ बढी परमेश्‍वरबाट शैतानको पराजय र उहाँको महिमा प्राप्तिको साक्षी बन्ने मेरो क्षमतामा सिधा प्रभाव पार्नेथियो। मैले परमेश्‍वरलाई दुःखी वा निराश गराउनु हुँदैन थिएँ, र मैले मलाई पीडित बनाउने शैतानको धूर्त योजनाहरूलाई सफल हुन दिनु हुँदैन भन्‍ने मलाई थाहा थियो। यी विचारहरूलाई सोच्दै गर्दा मेरो हृदयमा एकाएक शक्ति उदय भयो र मैले दृढतापूर्वक भनें, “तिमीहरूले मलाई कुटीकुटी मार्न सक्छौ, तर मलाई अझै पनि केही थाहा छैन।” ठीक त्यही बेला एक जना महिला प्रहरी कोठामा आइन्। उनले मलाई हेरिन् र भनिन्, “छिटो, त्यसलाई तल झार। तिमीहरूले के गर्न खोज्दैछौ, त्यसलाई मार्न? यदि उनलाई केही भयो भने, यो तिमीहरूको टाउकोमा आउँछ।” मलाई सर्वशक्तिमान परमेश्‍वरले मेरो प्रार्थना सुन्नु भएको छ र मलाई यो खतराको घडीमा हानिबाट सुरक्षित राख्नुभएको छ भन्‍ने कुरा मेरो हृदयमा थाहा थियो। जब दुष्ट प्रहरीले मलाई तल झारे, म तुरुन्त भुइँमा लडेँ। म उठ्न सक्दिनथिएँ, मेरो हातखुट्टाहरूले पूर्ण रूपमा सबै चेत गुमाएका थिए। मसँग मुस्किलले सास लिने शक्ति थियो र मेरो चार वटै हातपाउले केही पनि महसुस गर्न सकिरहेको थिएन। मलाई धेरै डर लागिरहेको थियो र मेरो आँखाबाट लगातार आँसु बगिरहेको थियो। मैले सोचेँ: “के म अब अपाङ्ग हुनेछु?” यी सबैको बाबजुत पनि दुष्ट प्रहरीले मलाई अझै जान दिएनन्। मेरो दुवैतिर एउटा-एउटाले मेरो पाखुरा समातेका थिए र मलाई लास जस्तै एउटा कुर्सीमा घिसारेर ल्याए, र त्यसमा मलाई खाँदे। एउटा प्रहरीले क्रूरतापूर्वक भन्यो, “यदि त्यो बोल्दिन भने त्यसलाई डोरीले झुन्ड्याओ!” तुरुन्तै अर्को प्रहरीले एउटा पातलो नाइलनको डोरी निकाल्यो र य हतकडी लगाएका मेरा हातलाई हिटिङ पाइपमा झुन्ड्याउन यसको प्रयोग गर्‍यो। मेरो पाखुराहरू तुरुन्तै सिधा तन्कियो, र मेरो ढाड र काँधहरूमा पीडा हुन थाल्यो। दुष्ट प्रहरीहरूले मलाई प्रश्न सोधिरह्यो, “हामीले सोधेको कुरा भन्छस्?” अझै पनि मैले केही जवाफ दिइनँ। तिनीहरू यति धेरै क्रोधित भए कि तिनीहरूले यो तँलाई जगाउन हो भन्दै मेरो अनुहारमा एक कप पानी छ्यापे। यो समयसम्म, मलाई पहिले नै यति हदसम्म यातना दिइसकिएको थियो कि मसँग एकरत्ति पनि तागत बचेको थिएन, र मेरा आँखा यति थकित थिए कि मैले आँखा खोल्न पनि सक्दिनथिएँ। म चुपचाप बसेको देखेर एउटा दुष्ट प्रहरीले मेरो मजाक उडाउन आफ्‍नो हातले बडो नीच र लज्जास्पद ढङ्गले मेरो आँखा जबरजस्ती च्यात्यो। कयौं घण्टासम्मको सोधपुछ र यातनामा दुष्ट प्रहरीहरूले तिनीहरूले जानेको हरेक युक्ति अपनाइसकेका थिए, तर मेरो मुख खोलाउने तिनीहरूको सबै प्रयास बेकार भयो।

मलाई सोधपुछ गरेर तिनीहरूले मबाट केही निकाल्न नसक्ने देखेर, दुष्ट प्रहरीहरूले शैतानी तरिका प्रयोग गर्ने निर्णय गरे: तिनीहरूले आफूलाई एउटा “सोधपुछ विज्ञ” ठान्‍ने व्यक्तिलाई ल्याए र मेरो निराकरण गर्न लगाए। तिनीहरूले मलाई अर्को कोठामा लगे र मलाई एउटा फलामको कुर्सीमा बस्न आदेश दिए, अनि तिनीहरूले मेरो गोलीगाँठोहरूलाई कुर्सीको खुट्टामा र मेरो हातहरू कुर्सीको हात राख्ने ठाउँमा सिक्रीले बाँधे। केही समयपछि, चश्मा लगाएको एक जना परिष्कृत जस्तो देखिने पुरुष एउटा ब्रिफकेस बोकेर भित्र आयो। तिनले मलाई ठूलो मुस्कान दियो, र मसँग असल व्यवहार गर्ने अभिनय गर्दै कुर्सीमा सिक्रीले बाँधिएका मेरा हात र गोलीगाँठोहरू खोलिदियो र मलाई कोठाको एउटा छेउमा रहेको खाटमा बस्न दियो। एक क्षणमा तिनले मेरो लागि एक कप पानी हालिरहेको थियो, फेरि उसले मलाई मिठाइ खान दिइरहेको थियो। ऊ मेरो नजिक आयो र नक्कली मित्रता देखाउँदै भन्यो, “किन यसरी पीडा खप्ने? तिमीले धेरै पीडा खपिसकेकी छ्यौ, तर यो खासमा कुनै ठूलो कुरा होइन। हामीले जान्न चाहेको कुरा हामीलाई भन, र सबै कुरा ठीकठाक हुनेछ…।” यो नयाँ परिस्थितिको सामना गर्दा मैले के गर्नुपर्छ भन्ने मलाई थाहा भएन, त्यसैले मैले हतार-हतार मेरो हृदयमा परमेश्‍वरसँग प्रार्थना गरें र मलाई अन्तर्दृष्टि र मार्गदर्शन प्रदान गर्न उहाँलाई पुकारेँ। त्यही बेला मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका यी वचनहरू याद आयो: “तिमीहरू सँधै जागा र पर्खिरहनुपर्छ, र तिमीहरूले मेरो सामु अझै बढी प्रार्थना गर्नुपर्छ। तिमीहरूले शैतानका विभिन्‍न षड्यन्त्रहरू र धूर्त चलाकीहरूलाई पहिचान गर्नुपर्छ, आत्माहरूलाई चिन्‍नुपर्छ, मानिसहरूलाई जान्नुपर्छ, र हरेक प्रकारका मानिसहरू, घटनाहरू, र थोकहरूलाई छुट्याउन सक्‍नुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १७)। परमेश्‍वरका वचनहरूले मलाई अभ्यासको मार्ग देखायो र शैतान सदैव शैतान नै रहनेछ, र शैतानले कहिले पनि आफ्नो राक्षसी परमेश्‍वर-विरोधी, परमेश्‍वरलाई घृणा गर्ने सार बदल्न सक्दैन भन्ने महसुस गरायो। तिनीहरूले कठोर युक्तिको प्रयोग गरून् वा नरम युक्ति, तिनीहरूको लक्ष्य भनेको सधैँ मलाई परमेश्‍वरलाई धोका दिन र सत्यताको मार्ग त्याग्‍न लगाउनु नै हो। परमेश्‍वरका वचनका चेतावनीको कारण, मलाई शैतानको धूर्त योजनाहरूको बारेमा केही थाहा भयो, मेरो मन सफा भयो र मैले दृढ सङ्कल्‍प लिन सकेँ। फेरि सोधपुछकर्ताले मलाई भन्यो, “चिनियाँ कम्युनिस्ट पार्टी सरकारले जनतालाई परमेश्‍वरमा विश्‍वास गर्नबाट मनाही गर्दछ। यदि तिमीले सर्वशक्तिमान परमेश्‍वरमा विश्‍वास गरिरह्यौ भने, तिम्रो पूरै परिवार फस्नेछ, र यसले तिम्रो परिवारका छोराछोरीको भविष्य, रोजगारका सम्भावना र सरकारी सेवाको सम्भावनालाई प्रभावित गर्नेछ। तिमीले यस विषयमा ध्यानपूर्वक सोच्‍नु नै राम्रो हुन्छ।” तिनले यति भनिसकेपछि मभित्र एउटा युद्ध चल्‍न थाल्यो, र म झन् धेरै विचलित भएँ। मलाई अन्योल महसुस भइरहेको बेला, मलाई अचानक पत्रुसको अनुभवहरूको बारेमा याद आयो जति बेला तिनी शैतानको अगाडि सफलतापूर्वक साक्षीको रूपमा खडा भएका थिए; पत्रुसले सधैँ शैतानले तिनीमाथि प्रयोग गर्ने धूर्त योजनाहरूको माध्यमबाट परमेश्‍वरलाई बुझ्ने कोसिस गर्थे। त्यसैले, मेरो हृदयको गहिराइमा मैले परमेश्‍वरलाई हेरें र सबै कुरा उहाँलाई नै सुम्पिएँ, र मैले परमेश्‍वरको इच्छाको खोजी गरें। थाहै नपाइ, सर्वशक्तिमान परमेश्‍वरका वचनहरू मेरो मनमा आए: “परमेश्‍वरले यस संसारलाई सृष्‍टि गर्नुभयो, उहाँले यस मानवजातिलाई सृष्‍टि गर्नुभयो, साथै उहाँ प्राचीन ग्रीक संस्कृति र मानव सभ्यताका योजनाकार हुनुहुन्थ्यो। परमेश्‍वरले मात्र यस मानवजातिलाई सान्त्वना दिनुहुन्छ, र परमेश्‍वरले मात्र यस मानवजातिलाई रात र दिन हेरचाह गर्नुहुन्छ। मानव विकास र प्रगति परमेश्‍वरको सार्वभौमिकताबाट अविभाज्य छन्, र मानवजातिको इतिहास र भविष्य परमेश्‍वरका योजनाहरूबाट अलग छैनन्। यदि तँ साँचो इसाई होस् भने, कुनै पनि देश वा राज्यको उदय र पतन परमेश्‍वरको योजनाअनुसार हुन्छ भनी तैँले अवश्य पनि विश्‍वास गर्छस्। कुनै देश वा राज्यको नियति परमेश्‍वरलाई मात्र थाहा छ, अनि परमेश्‍वरले मात्र यस मानवजातिको गति-पथलाई नियन्त्रण गर्नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ)। परमेश्‍वरका वचनहरूले मलाई प्रकाशले भरिदिए। “हो!” मैले सोचेँ। “परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ र मानवजातिको रूपमा रहेको हाम्रो भाग्य परमेश्‍वरको हातमा छ। शैतान त्यो प्रकारको दानव हो जसले परमेश्‍वरको अवहेलना गर्दछ। यदि तिनीहरूले नरकमा जाने आफ्नो भाग्य बदल्न सक्दैनन् भने तिनीहरूले मानिसको भाग्यमाथि कसरी शासन गर्न सक्छन्? मान्छेको नियति परमेश्‍वरद्वारा पूर्व निर्धारित हुन्छ, र भविष्यमा मेरो सन्तानहरूले जे-जस्तो जागिर गर्छन् र तिनीहरूको सम्भावना जे-जस्तो हुन्छ, त्यो परमेश्‍वरमा निर्भर रहन्छ—यी कुरामा शैतानको कुनै नियन्त्रण हुँदैन।” यो सोचिसकेपछि शैतान र दानवहरू कति धेरै नीच र निर्लज्ज छन् भन्ने कुरा मैले अझै स्पष्ट रूपमा देख्न सकेँ। मलाई परमेश्‍वरलाई नकार्न र परमेश्‍वरलाई अस्वीकार गर्न बाध्य बनाउनको लागि मलाई फसाउन यसले कपडी र घटिया युक्तिहरू—यी दिमागका खेलहरू—अपनाइरहेको थियो। यदि सर्वशक्तिमान्‌ परमेश्‍वरले समयमै अन्तर्दृष्टि र मार्गदर्शनको नदिनुभएको भए म पहिले नै शैतानद्वारा उखालिएको र बन्दी बनाइएको हुन्थें। अब मैले शैतान कति धेरै नीच र दुष्ट हुन्छ भन्ने थाहा पाइसकेपछि, त्यसका धूर्त योजनाहरूको अगाडि नझुक्ने मेरो विश्‍वास अझ धेरै मजबुत भयो। अन्तमा, दुष्ट प्रहरीले केही उपाय निकाल्न सकेन र अरू के गर्ने भन्ने तिनलाई थाहा थिएन, त्यसैले तिनी निराश भएर गए।

तेस्रो दिनमा, तिनीहरूले मबाट कुनै जानकारी निकाल्न नसकेको अपराध पुलिस ब्रिगेडका प्रमुखले थाहा पाए र रिसाउँदै आफ्नो मातहतका अधिकारीहरूको असक्षमताको बारेमा गुनासो गर्न थाले। तिनी मकहाँ आए र अनुहारमा तीखो मुस्कान ल्याउँदै व्यङ्ग्यात्मक तरिकाले बोले, “तैँले किन अझै अपराध स्वीकार गरेको छैनस्? तैँले आफूलाई को सोचेकी छेस्, लियू हुलान? के तँलाई हामीले सबैभन्दा ठूलो क्रूरता अपनाइसकेका छौं त्यसैले अब तँलाई कुनै डर छैन भन्‍ने लाग्छ, हँ? तेरो सर्वशक्तिमान्‌ परमेश्‍वर आएर तँलाई किन बचाउँदैन?” जब तिनी यसरी बोलिरहेका थिए, तिनले मेरो आँखाको सामुन्ने एउटा सानो बिजुलीको डन्डा हल्लाउँदै मलाई तर्साए, जसमा आवाज सहित नीलो प्रकाश चम्किँदैथियो, त्यसपछि तिनले मलाई एउटा ठूलो बिजुलीको डन्डातिर सङ्केत गरे जुन अहिले चार्जमा राखिएको थियो र मलाई धम्क्याउँदै भने, “के तैंले त्यो देखिस्? यो सानो डन्डामा छिट्टै ऊर्जा सकिनेछ। केही क्षणमा नै म त्यो पूर्ण चार्ज भएको डन्डा तँलाई झड्का लगाउन प्रयोग गर्नेछु, र अनि तँ बोल्छेस् कि बोल्दिनस् हामी हेर्नेछौं! मलाई थाहा छ तैंले त्यसपछि बोल्न सुरु गर्छेस्!” मैले त्यो ठूलो डन्डातिर हेरें र डरले आत्तिन थालें: “यो दुष्ट प्रहरी यति धेरै भयङ्कर र शैतानी छ। के त्यसले मलाई मारेरै छाड्नेछ? के म यो पीडा सहन सक्छु? के मलाई करेन्ट लगाएर मारिनेछ?” त्यो क्षणमा कमजोरी, कायरता, पीडा र असहायपन सबै मेरो मनमा आएको मैले महसुस गरें। मैले झटपट परमेश्‍वरलाई पुकारेँ: “हे परमेश्‍वर, कृपया मेरो रक्षा गर्नुहोस् र मलाई विश्‍वास र शक्ति दिनुहोस्।” त्यसपछि, परमेश्‍वरका वचनहरू भएका एउटा भजनको कयौं पंक्तिहरू मेरो दिमागमा आए: “विश्वास भनेको एउटै मुढाको पुलजस्तो हुन्छ: दयनीय रूपले जीवनमा अलझिरहेका मानिसहरूलाई त्यो पार गर्न कठिनाइ हुनेछ, तर आफूलाई बलिदान दिन तयार रहेकाहरूले नडगमगाइ र निष्फिक्रीसित त्यसलाई पार गर्न सक्छन्। यदि मानिसले आफ्नो मनमा डरपोक र भयका विचारहरू राख्छ भने शैतानले उनीहरूलाई मूर्ख बनाएको हुन्छ, हामी विश्वासको पुल पार गरी परमेश्‍वरमा प्रवेश गरौंला भनी त्यो डराएको हुन्छ(थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्को “रोगको शुरुआत परमेश्‍वरको प्रेम हो”)। प्रभु येशूका यी वचनहरू पनि मेरो मनमा आए: “अनि शरीर मार्ने तर आत्मा मार्न नसक्‍नेहरूसँग नडराओ, तर उहाँसँग डरायो जसले आत्मा र शरीर दुवै नरकमा नष्ट पार्न सक्‍नुहुन्छ(मत्ती १०:२८)। परमेश्‍वरका वचनहरूको कारण मेरा आँसुहरू बग्न थाले-मैले अत्यन्तै भावविव्हल महसुस गरें। मेरो हृदयमा जुन शक्ति थियो त्यो प्रचण्ड आगो सरह थियो। मैले सोचेँ, “यदि म आज नै मरेँ भने पनि, डर मान्ने कुरा के छ र? परमेश्‍वरको लागि मर्नु एउटा गौरवको कुरा हो, र म शैतानसँग लड्नको लागि आफ्नो सबै कुरा बलिदान गरिदिन्छु!” ठीक त्यति बेला नै परमेश्‍वरका वचनको अर्को भजनका केही पंक्तिहरू मेरो मनमा आए: “यरूशलेमतर्फ जाने बाटोमा येशू ठूलो वेदनामा हुनुहुन्थ्यो, मानौं उहाँको मुटुमा छुरी रोपेको जस्तो भएको थियो, तापनि उहाँमा आफ्नो वचनबाट पछि फर्कने अलिकति पनि इच्छा थिएन; त्यहाँ सधैँ एउटा प्रबल शक्ति थियो, जसले उहाँलाई त्यतातिर बढ्न बाध्य बनायो, जहाँ उहाँ क्रूसमा टाँगिनु हुनेथियो। अन्त्यमा, उहाँलाई क्रूसमा काँटी ठोकियो र मानवजातिको छुटकाराको काम पूरा गर्दै उहाँ पापी मानिसको समानतामा हुनुभयो। उहाँले मृत्यु र पातलका बन्धनहरू तोडेर स्वतन्त्र हुनुभयो। उहाँको सामुन्ने मृत्यु, नरक र पातालले तिनीहरूका शक्ति गुमाए, र उहाँद्वारा पराजित भए(थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्को “प्रभु येशूको अनुकरण गर”)। मैले आफ्नो हृदयमा यो भजन गाइरहेँ, र मेरो गाला हुँदै आँसु लगातार बगिरहे। प्रभु येशू ख्रीष्टलाई क्रूसमा चढाइएको दृश्य मेरो आँखामा झलझली आयो: फारिसीहरूले प्रभु येशूको गिल्‍ला, निन्दा र बदनामी गरे, शासकले उहाँलाई तीखो सिसाहरू भएको कोर्राले उहाँको शरीरभरि घाउचोटहरूले नभरिएसम्म प्रहार गरे, अन्तमा उहाँलाई क्रूसमा क्रूरतापूर्वक काँटी ठोकियो, तैपनि उहाँले अलिकति पनि आवाज निकाल्‍नुभएन। प्रभु येशूले जे-जति सहनुभयो, त्यो सबै मानवजातिप्रतिको उहाँको प्रेमको लागि थियो र यो प्रेमले उहाँको आफ्नै जीवनप्रतिको उहाँको प्रेमलाई जितेको थियो। त्यो क्षणमा, मेरो हृदय परमेश्‍वरको प्रेमले उत्प्रेरित र प्रभावित भयो, र मभित्र अथाह शक्ति र विश्‍वास भरियो। मलाई कुनै कुराप्रति पनि डर लागेन, र परमेश्‍वरको लागि मर्नु भनेको गौरवको कुरा हो भन्ने मलाई लाग्यो, जबकि यहूदा हुनु भनेको सबभन्दा ठूलो लाजको कुरा हुन्थ्यो। म आश्चर्यमा परेँ, किनभने जब मैले आफ्नै जीवन गुमाएर भए पनि म परमेश्‍वरको लागि साक्षी बन्नेछु भन्ने निर्णय गरें, एउटा दुष्ट प्रहरी कोठामा दगुर्दै आयो र भन्यो, “सहरको चोकमा समस्या आएको छ, यसलाई दबाउन र सार्वजनिक व्यवस्था कायम गर्न हामीले प्रहरी बल परिचालन गर्नुपर्छ!” दुष्ट प्रहरीहरू हतार-हतार निस्के। तिनीहरू फर्केर आउँदासम्म, राती धेरै अबेर भइसकेको थियो र मसँग अब सोधपुछ गर्नको लागि तिनीहरूसँग कुनै शक्ति थिएन। तिनीहरूले मलाई कठोरतापूर्वक भने, “तँ नबोल्ने भएकोले हामी तँलाई बन्दीगृहमा पठाउनेछौं!” चौथो दिनको बिहान, दुष्ट प्रहरीले मेरो फोटो खिचे र ब्रसले मेरो नाम लेखिएको एउटा ठूलो वर्गाकार सङ्केत मेरो घाँटीमा झुन्ड्याइदिए। मलाई प्रहरीले बदनामी अपराधीलाई जस्तै मजाक उडाउँदै र उपहास गरिरहेको थियो। मैले सबभन्दा ठूलो अपमान झेल्नु परिरहेको छ भन्ने मलाई लाग्यो, र मैले भित्री रूपमा निकै कमजोर महसुस गरिरहेकी थिएँ। मैले मेरो मनस्थिति ठीक छैन भन्‍ने महसुस गरें, त्यसैले मैले झटपट आफ्नो हृदयमा चुपचाप परमेश्‍वरलाई पुकारेँ: “हे परमेश्‍वर! कृपया मेरो हृदयको रक्षा गर्नुहोस् र मलाई तपाईंको इच्छा बुझ्न र शैतानको धूर्त योजनाहरूको शिकार नबन्न सक्‍ने बनाउनुहोस्।” प्रार्थना गरिसकेपछि परमेश्‍वरका वचनहरूका एउटा खण्ड मेरो मनमा प्रकट भयो: “तँ एक सृष्टि गरिएको प्राणी होस्—तैँले अवश्य पनि परमेश्‍वरको आराधना गर्नुपर्छ र अर्थपूर्ण जीवनको खोजी गर्नुपर्छ। यदि तैँले परमेश्‍वरको आराधना गर्दैनस् तर तेरो आफ्नै फोहोर देहमा जिउँछस् भने, के तँ मानिसको वस्त्र धारण गरेको पशु हुँदैनस् र? तँ एक मानिस भएकोले तैँले आफैलाई परमेश्‍वरका निम्ति समर्पित गर्नुपर्छ र सबै दुःखहरू भोग्नुपर्छ। तँ आज जुन सानो दुःखमा परेको छस् त्यसलाई तैँले खुसी र दृढतासाथ स्वीकार गर्नुपर्छ, अनि अय्यूब र पत्रुसले जस्तो एक अर्थपूर्ण जीवन जिउनुपर्छ। … तिमीहरू त्यस्ता मानिसहरू हौ जसले सही मार्गलाई पछ्याउँछन्, जसले सुधारका खोजी गर्छन्। तिमीहरू त्यस्ता मानिसहरू हौ जो ठूला रातो अजिङ्गरको देशमा खडा हुन्छन्, जसलाई परमेश्‍वरले धर्मी भन्नुहुन्छ। के त्यो सबैभन्दा अर्थपूर्ण जीवन होइन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (२))। परमेश्‍वरका वचनहरूले मलाई सृष्टि गरिएको प्राणी भएको नाताले सत्यताको अनुसरण गर्न सक्‍नु, र परमेश्‍वरको आराधनामा जीवन जिउनु र परमेश्‍वरलाई सन्तुष्ट गर्नु सबभन्दा अर्थपूर्ण र सार्थक जीवन हो भन्ने बुझ्न मद्दत गर्‍यो। परमेश्‍वरमाथिको मेरो विश्‍वासको लागि आज गिरफ्तारीमा पर्न र बन्दी हुन सक्‍नु, यी सबै अपमान र पीडा सहनु र ख्रीष्टको कष्टहरूमा भागीदार हुन सक्‍नु लाजको कुरा थिएन, बरु यो त एउटा गौरवपूर्ण कुरा थियो। शैतानले परमेश्‍वरको आराधना गर्दैन; यसको विपरीत यसले परमेश्‍वरको काममा बाधा र अवरोध उत्पन्न गर्ने हरसम्भव प्रयास गर्छ, र यो सबभन्दा लज्जास्पद र घृणित कार्य हो। यी कुराहरू सोचेर मभित्र शक्ति र आनन्द भरियो। दुष्ट प्रहरीहरूले मेरो अनुहारमा मुस्कान देखे र छक्क परेर मलाई हेरे, अनि भने, “तँसँग त्यस्तो खुसी हुने कुरा के छ?” मैले तर्कपूर्ण र दमदार जवाफ दिएँ, “परमेश्‍वरमा विश्‍वास गर्नु र परमेश्‍वरको आराधना गर्नु पूर्ण रूपमा उचित छ। यसो गर्नुमा बिलकुल गलत होइन। अनि म किन खुसी नहुने?” यो शब्द सुनेर तिनीहरू केही बोलेनन्। परमेश्‍वरका वचनहरूको मार्गदर्शनमा मैले एक पटक फेरि शैतानमाथि विजय पाउन परमेश्‍वरमा भरोसा गर्न सकेँ।

त्यसपछि मलाई बन्दीगृहमा लगियो। त्यो ठाउँको हरेक कुरा अझै बढी उदास र भयावह थियो, र म कुनै नर्कमा झरेर आएको छु जस्तो मलाई लाग्यो। हरेक पटकको खानामा मलाई उसिनेको रोटीको एउटा सानो कालो टुक्रा र एक कचौरा सादा सूप दिइन्थ्यो, जसको माथि केही सागका पत्ताहरू तैरिएका हुन्थे। मलाई हरेक दिन यति धेरै भोक लाग्थ्यो कि मेरो पेट खानाको लागि कुइँकुइँ रोइरहन्थ्यो। यसको बाबजुद पनि मैले अझै पनि भारी बोक्ने जनावरले जस्तै काम गर्नुपर्थ्यो, र यदि मैले मेरो कोटा पूरा गरिनँ भने मलाई पिटिन्थ्यो वा सजायको रूपमा गार्ड भएर उभिन लगाइन्थ्यो। ती दुष्ट प्रहरीले मलाई धेरै दिनसम्म क्रूरतापूर्वक यातना दिएका हुनाले, मेरो टाउकोदेखि खुट्टासम्म पहिले नै चोटैचोट थिए, र हिँड्न समेत कठिन हुन्थ्यो, तर सुधार अधिकृतले अझै पनि मलाई तामाको तारको ठूलो भारी जबरजस्ती बोक्न लगाउँथे। यो भारी कामले गर्दा मेरो घाइते पिठ्यूँमा असहनीय रूपमा पीडा हुन्थ्यो र प्रत्येक दिनको अन्तमा मैले गर्नसक्ने भनेको आफ्नो ओछ्यानमा घिस्रँदै जानु हुन्थ्यो। यसको बाबजुद पनि, ती दुष्ट सुधार अधिकृतले मलाई रातको समयमा गार्डको रूपमा उभिन लगाउँथे, र यसले मलाई एकदमै थकित गराउथ्यो। एक रात गार्डको ड्युटीमा रहँदा मैले दुष्ट सुधारक अधिकारीको अनुपस्थितको फाइदा उठाएँ र चुपचाप आराम गर्ने आशाले टुक्रुक्क तल बसेँ। तर एउटा दुष्ट सुधार अधिकारीले मलाई निगरानी कक्षमा रहेको स्क्रिनमा देखेछ, अनि तिनले म भएको ठाउँमा दौडिँदै आएर चिच्याउँदै भन्यो, “तँ बस्न सक्छेस् भनेर कसले भन्यो?” एउटा अर्को कैदीले मेरो कानमा कानेखुसी गर्दै भनिन्, “छिटो गर र उहाँसँग माफी माग, नत्र उहाँले तिमीलाई काठको ओछ्यानमा सुताइदिन्छ।” उनले काठको ढोकाको बोर्ड कैदीको कक्षमा लगेर तिनीहरूको खुट्टा र पैताला यसमा बाँधिने अनि तिनीहरूको हातको नाडीलाई डोरीले यसमा बाँधेर यसरी दिने यातनाको बारेमा कुरा गरिरहेकी थिइन्। त्यो कैदीलाई फेरि बोर्डमा बाँधिन्छ, र तिनीहरूलाई फेरि दुई हप्तासम्म स्थानान्तरण गर्न दिइँदैन। यो सुनेर म रिस र घृणा दुवैले भरिएँ, तर मैले अलिकति पनि प्रतिरोध देखाउनु हुँदैन भन्‍ने मलाई थाहा थियो—मैले गर्नसक्ने भनेको आफ्नो रिसलाई निल्नु मात्रै थियो। मलाई यस्तो सतावट र यातना सहन मुस्किल भइरहेको थियो। त्यो रात म यी सबैको अन्यायप्रति रोएरै आफ्नो अति चिसो बेडमा पल्टिएर रहेँ, मेरो हृदय परमेश्‍वरप्रति गुनासो र मागले भरियो, र मैले सोचेँ: “यो कहिले समाप्त होला? यो नारकीय ठाउँमा केवल एक दिन भनेको पनि धेरै एक दिन जस्तै हो।” त्यसपछि मैले परमेश्‍वरका यी वचनहरू सम्झिएँ: “यदि तैँले मानव जीवनको महत्त्वलाई बुझ्छस् अनि मानव जीवनको सही बाटो लिएको छस्, र यदि परमेश्‍वरले तँसित जसरी व्यवहार गर्नुभए पनि तँ कुनै गुनासो नगरी वा छनौट नगरी उहाँका योजनाहरूमा आफैलाई सुम्पिन्छस् भने, अनि यदि तँ परमेश्‍वरलाई कुनै मागहरू गर्दैनस् भने, यस प्रकारले तँ मूल्यवान् व्यक्ति हुनेछस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ मार्गको अन्तिम भागसम्म कसरी हिँड्नुपर्छ)। परमेश्‍वरका वचनहरूले मलाई आफैप्रति लज्जित तुल्यायो। मैले जतिसुकै ठूलो पीडा वा कठिनाइ भए पनि म पत्रुसले जस्तै परमेश्‍वरको आज्ञाको पालना गर्न चाहन्छु, र म आफ्नो लागि कुनै पनि निर्णय वा माग गर्नेछैन भनेर कसरी मैले सधैँ भन्‍ने गर्थेँ त्यसको बारेमा विचार गरेँ। जब ममाथि सतावट र कठिनाइ आइलाग्यो, र मैले कष्ट भोग्नुपर्‍यो र मूल्य चुकाउनु पर्‍यो, मैले उम्कने बाटो खोज्ने कोसिस गरें। मसँग कुनै आज्ञाकारीता थिएन! तब मात्र मैले बल्‍ल परमेश्‍वरको असल अभिप्रायलाई बुझेँ: परमेश्‍वरले यो दुःख ममाथि आइपर्न दिइरहनुभएको थियो ताकि दुःख सहने आफ्नो संकल्पलाई मैले संयमित गर्न सकूँ, मैले मेरो दुःखको बेलामा कसरी आज्ञापालन गर्ने भनेर सिक्न सकूँ, म परमेश्‍वरको योजनाबद्ध कार्यप्रति समर्पित रहन सकूँ र उहाँको वचन प्राप्त गर्न योग्य हुन सकूँ। परमेश्‍वरले मेरो साथ गरिरहनुभएको हरेको कुरा प्रेमको कारण गरिएको थियो र यो मलाई बचाउनको लागि नै गरिएको थियो। यसपछि मेरो हृदय मुक्त भयो, र मैले त्यहाँदेखि कुनै अन्याय वा पीडाको महसुस गरिनँ। म केवल परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुन, साक्षी बन्न र शैतानलाई अपमानित गर्न चाहन्थें।

एक महिनापछि, मलाई रिहाइ गरियो। तर मेरो व्यक्तिगत स्वतन्त्रतालाई निषेधित गर्नको लागि तिनीहरूले मलाई “कानुन व्यवस्थाको उल्‍लङ्घन गरेको र एउटा जिय जियाओ सङ्गठन” मा भाग लिएको आरोप लगाए। एक वर्षको लागि मलाई आफ्नो सहर वा प्रदेश छोड्ने अनुमति थिएन, र प्रहरीले चाहेको बेला म तिनीहरूकहाँ उपस्थित हुनुपर्थ्यो। घर फर्केपछि मात्र मलाई मैले घरमा राखेका सबै सामान लुटिएको थियो र प्रहरीले लगेको थियो भन्ने थाहा भयो। यसबाहेक दुष्ट प्रहरीले लुटेराहरूले जस्तै मेरो घरमा तोडफोड गरेका थिए, र मलाई छोड्नुभन्दा पहिले तिनीहरूलाई २५ हजार युआन दिनुपर्छ भनेर मेरो परिवारलाई धम्क्याएका थिए। मेरी सासूले यी सबै कुराको डर सहन सक्नुभएन र उहाँलाई हृदयघात भयो, र अस्पताल भर्ना गरी उपचार गरेपछि मात्र ठीक हुनुभयो, र यसको लागि दुई हजार युआन भन्दा बढी खर्च भयो। अन्तमा, मेरो परिवारले प्रहरीको लागि तीन हजार युआन सङ्कलन गर्न बाध्य भएर आफूले चिनेजानेका सबैसँग पैसा सापटी माग्नुपर्‍यो र त्यसपछि मात्र मलाई मुक्त गरियो। दुष्ट प्रहरीद्वारा ममाथि गरिएको क्रूर यातनाको कारण मेरो शरीरले दुष्परिणामहरू भोगिरहनु परेको छ: मेरो कैदको समयमा मेरो हात र खुट्टाहरूमा परेको दबाबको कारण ती प्रायजसो सुन्निन्छन् र दुख्छन्; म अढाई किलो तरकारी पनि उचाल्न सक्दिन, न त मेरो कपडाहरू नै धुन सक्छु, र मैले कम गर्ने क्षमता पूर्ण रूपमा गुमाएकी छु।

गिरफ्तारीमा पर्नु र सताइनुको त्यो अनुभवले मलाई कम्युनिस्ट पार्टीको बारेमा, सत्यतालाई घृणा गर्ने र परमेश्‍वरलाई घृणा गर्ने त्यसको दुष्ट शैतानी अनुहारको बारेमा एउटा स्पष्ट दृष्टिकोण प्रदान गरेको छ। यसले शैतानप्रतिको र पूर्ण रूपमा स्वर्गको विपरीत रहेको दानवी, दुष्ट चिनियाँ कम्युनिस्ट पार्टीप्रतिको मेरो घृणालाई जगाएको छ। परमेश्‍वरको कार्य कति व्यवहारिक र बुद्धिमान छ भन्ने विषयमा मैले एउटा वास्तविक, व्यक्तिगत अनुभव पनि प्राप्त गरेँ। कम्युनिस्ट पार्टीद्वारा गिरफ्तार हुनु र सताइनुले मेरो विवेकको विकास भयो; यसले मेरो संकल्पलाई पनि दह्रिलो बनायो, र मेरो विश्‍वासलाई सिद्ध बनायो, अनि यसबाट मैले कसरी परमेश्‍वरलाई हेर्ने र उहाँमाथि निर्भर रहने भन्ने कुरा सिक्न सकेँ। मैले परमेश्‍वरका वचनहरू सधैँ हाम्रो साथमा रहने सहायताको स्रोत हुन सक्छन् भन्‍ने देख्दै त्यसको शक्ति र अख्तियारको पनि स्वाद पाएँ। परमेश्‍वरले मात्र मानिसलाई प्रेम गर्नुहुन्छ र परमेश्‍वरले मात्र मानिसलाई मुक्ति दिन सक्नुहुन्छ भन्ने मैले बुझेँ। म मेरो हृदयमा परमेश्‍वरको अझ नजिक भएकी छु। मैले यी सबै इनामहरू कठिनाइ र परीक्षाहरूबाट गुज्रेर हासिल गरेकी हुँ। म परमेश्‍वरलाई धन्यवाद दिन्छु!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

कष्टहरू परमेश्‍वरका आशिष्‌ हुन्

वाङ ग्याङ, चीन सन् २००८ को हिउँदेयामको एउटा मध्याह्न, दुईजना दिदीहरू र म आखिरी दिनहरूमा परमेश्‍वरले गर्नुभएको कामको बारेमा एकजना सुसमाचार...

परीक्षा र संकष्टहरूमार्फत सिद्ध तुल्याइएको विश्‍वास

शू चाङ्ग, दक्षिण कोरियासन् १९९३ मा मेरी आमाको स्वास्थ्यमा समस्या आयो, जसको परिणामस्वरूप मेरो सबै परिवारले प्रभु येशूमा विश्‍वास गर्न...

चिनियाँ कम्युनिस्ट पार्टीको झ्यालखानमा दिन-प्रतिदिन

याङ्ग यि, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “धेरै स्थानहरूमा, परमेश्‍वरले सिनिमको भूमिमा उहाँले विजयीहरूको एउटा समूह प्राप्त...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्