यौवनकालका महत्वपूर्ण क्षणहरू जेलमा बिताउँदा

21 अक्टोबर 2021

चेन्जी, चीन

सबैले भन्छन्, हाम्रो यौवनकाल जीवनको सबैभन्दा उत्कृष्ट र सबैभन्दा शुद्ध समय हो। धेरैका निम्ति सायद ती वर्षहरू सुन्दर स्मृतिहरूले भरिएका होलान् तर मैलेचाहिँ आफ्नो यौवनकाल श्रम शिविरमा बिताएँ जुन मैले कहिल्यै आशा गरेको थिइन। यस कुराले गर्दा सायद तपाईंले मलाई अनौठो मान्‍नुहुन्छ होला तर मलाई यसमा कुनै खेद छैन। जेलभित्रको त्यो समय तीतोपना र आँशुहरूले भरिएको भए पनि त्यो मेरो जीवनको सबैभन्दा बहुमूल्य उपहार थियो र मैले त्यसबाट धेरै कुरा हासिल गरेँ।

यो अप्रिल २००२ कुरा हो, एक दिन म एउटी दिदीको घरमा बास बसिरहेकी थिएँ र त्यही बेला पक्राउ भयो। बिहान १ बजेतिर ढोकामा डयाङ डयाङ हानेको ठूलो आवाज आयो र हामी अकस्मात् ब्युझिँयौ। बाहिर कोही, “ढोका खोल्! ढोका खोल्!” भन्दै कराइरहेको थियो। दिदीले ढोका मात्र के खोल्नुभएको थियो, दर्जनौँ प्रहरीहरू एक्‍कासी ढोका ठेलेर आक्रामक ढङ्गले भित्र छिरे। तिनीहरूले “हामी सार्वजनिक सरक्षा ब्युरोबाट आएका हौँ” भने। “सार्वजनिक सरक्षा ब्युरो” भन्‍ने तीनवटा शब्दहरू सुनेर म तुरुन्तै नर्भस भएँ। के यिनीहरू हामीले परमेश्‍वरमा विश्‍वास गरेको कारण हामीलाई पक्राउ गर्न आएका हुन्? मैले केही दाजुभाइ र दिदीबहिनीहरू आफ्नो विश्‍वासको कारणले पक्राउ र सतावटमा परेको कुरा सुनेकी थिएँ; के यही कुरा अहिले ममाथि पनि भइरहेको हुन सक्छ? त्यही बेला, मेरो हृदय बेस्सरी धड्कन थाल्यो; म आत्तिएँ र मैले के भन्‍ने, के गर्ने केही मेलोमेसै पाइन। त्यसैले, मैले हतारहतार परमेश्‍वरसित प्रार्थना गरेँ, “परमेश्‍वर, म बिन्ती गर्छु, तपाईं मसितै रहिदिनुहोस्। मलाई विश्‍वास र साहस दिनुहोस्। जस्तोसुकै परिस्थिति आओस्, म तपाईंको निम्ति गवाही भई खडा हुन सधैँ इच्छुक हुनेछु। म बिन्ती गर्छु, मलाई तपाईंको बुद्धि र मैले भन्‍नुपर्ने वचनहरू दिनुहोस्, अनि तपाईंलाई विश्‍वासघात गर्न र मेरा दाजुभाइ र दिदीबहिनीहरूलाई धोका दिनदेखि मलाई बचाउनुहोस्।” प्रार्थना गरेपछि, मेरो हृदय बिस्तारै शान्त हुन थाल्यो। मैले चार-पाँच दुष्ट प्रहरीहरूले त्यहाँ डाँकुजस्तै ओछ्यान, दराज, बाकस र ओछ्यानमुनि समेत खोतलखातल गर्दै गरेको देखेँ र अन्त्यमा तिनीहरूले परमेश्‍वरका वचनहरूका केही पुस्तक र भजनका केही सीडीहरू भेट्टाए। त्यसपछि, तिनीहरूले हामीलाई प्रहरी चौकीमा लिएर गए। जब हामी चौकीमा पुग्यौँ, दर्जनौं हट्टाकट्टा प्रहरीहरू हाम्रो पछिपछि भित्र आए र मेरो दायाबायाँ उभिए। दुष्ट प्रहरीहरूको समूहको टाउकेले गर्जेर मलाई सोध्यो, “तिमीहरूलाई के भनेर बोलाइन्छ? तिमीहरू कहाँका हौ? तिमीहरू जम्मा कतिजना छौ?” मैले आफ्नो मुख खोलेको मात्र थिएँ, उत्तर दिने क्रमको बीचैमा उसले मतर्फ झम्टेर मेरो गालामा दुई थप्पड हान्यो। म स्तब्ध भई चुप लागेँ। मैले मनमनै सोचेँ, “मलाई किन पिटेको? मैले उत्तर दिएर सिध्याएको पनि थिइनँ। किन तिमीहरू यति अशिष्ट र असभ्य छौ, मैले जनताहरूको प्रहरी जस्तो हुनुपर्छ भनी सोचेकी थिएँ, त्योभन्दा तिमीहरू किन पूरै फरक छौ?” त्यसपछि, उसले म कति वर्षको भएँ भनेर सोध्यो, र जब मैले सत्र वर्षको भएँ भनेर इमान्दारितापूर्वक उत्तर दिएँ, उसले फेरि दुईचोटि मेरो अनुहारमा हिर्कायो र झुट बोल्छस् भन्दै गाली गर्‍यो। त्यसपछि, मैले जेसुकै भने पनि उसले मेरो अनुहारमा अन्धाधुन्ध एकपछि अर्को थप्पड हान्यो, र मेरो अनुहार पीडाले रातै भयो। यी क्रुर प्रहरीहरूसित तर्कवितर्क गर्नु केही फाइदा छैन भनी मेरा दाजुभाइ-दिदीबहिनीहरूले भनेको याद आयो। म आफैले यो अनुभव गरेको हुनाले, त्यसपछि तिनीहरूले जेसुकै सोधे पनि मैले मुखबाट एक शब्द पनि निकालिनँ। जब तिनीहरूले मलाई नबोलेको देखे, तब तिनीहरूले मलाई चिच्याउँदै भने, “तँ कुकुर्नी! म तँलाई सोच्ने ओखती दिन्छु, नत्र तैँले साँचो कुरा बक्‍नेछैनस्!” यति भनिसकेपछि तिनीहरूमध्ये एउटाले डरलाग्दो गरी मेरो छातीमा दुईपल्ट मुक्‍का हान्यो जसले गर्दा म ढुन्मुनिँदै गर्लम्मै भुईंमा ढलेँ। त्यसपछि, उसले मलाई दुईपल्ट कडासँग लात्तीले हान्यो, भुईंबाट मलाई पछाडितिर तान्यो र घुँडा टेक् भन्दै बेस्सरी चिच्यायो। मैले मानिनँ, अनि उसले दुई-चारपल्ट मेरो घुँडामा लात्तीले हान्यो। मेरो शरीरभरि उठेको तीव्र पीडाको तरङ्गले गर्दा, डयाङग आवाज आउने गरी मैले भुइँमा घुँडा टेकेँ। उसले मेरो कपाल समातेर जोरले तलतिर तान्यो र एक्‍कासी मेरो शिरलाई झड्कारेर पछिल्तिर तान्यो र माथितिर हेर्न लगायो। मेरो अनुहारमा अझै एक-दुईपल्ट थप्पड हान्दै उसले मलाई मनपरी भन्यो र मैले संसार फन्फनी घुमेको मात्रै महसुस गरेँ। अनि तुरुन्तै, म भुइँमा लडेँ। त्यति नै बेला, दुष्ट प्रहरीहरूको टाउकेले मेरो नाडीमा घडी देख्यो। त्यसमाथि लोभी नजर लगाउँदै, ऊ चिच्यायो, “तैँले त्यो के लगाइरहेको छस्?” तुरुन्तै, एउट प्रहरीले मेरो नाडी समातेर बलजफतीपूर्वक मेरो घडी तानेर निकाल्यो, र त्यो उसको “मालिक” लाई दियो। एउटा क्रुर प्रहरीले मेरो कठालो यसरी समात्यो मानौँ उसले कुखुराको चल्लालाई पक्रिरहेको छ, अनि मलाई भुइँबाट उचालेर गर्जंदै भन्यो, “ए, तँ निकै कठोर छस्, होइन? चुप लागेर बसिस् भने तैँले पाउने यै हो!” त्यति भनेर उसले मलाई एक-दुईपल्ट डरलाग्दो प्रकारले हिर्कायो, अनि म फेरि भुईंमा पछारिएँ। त्यतिबेलासम्ममा, मेरो पूरै शरीर सहनै नसक्‍ने गरी दुखिरहेको थियो र मसित कुनै संघर्ष गर्ने शक्ति बाँकी थिएन। म हलचल नगरी आँखा चिम्म गरी भुइँमा त्यत्तिकै लडिरहेकी थिएँ। मेरो मनभित्र, मैले तुरुन्तै परमेश्‍वरसित बिन्ती चढाएँ, “हे परमेश्‍वर, मलाई थाहा छैन यी दुष्ट प्रहरीहरूले ममाथि अझ कस्ता बर्बर कार्यहरू गर्न गइरहेका छन्। म सानो कदकी र शारीरिक रूपले कमजोर छु भनी तपाईंलाई थाहा छ। म तपाईंलाई बिन्ती गर्छु, मलाई सुरक्षा दिनुहोस्। यहूदा भएर तपाईंलाई विश्‍वासघात गर्नुभन्दा बरु म मर्छु।” मेरो प्रार्थनापछि, परमेश्‍वरले मलाई विश्‍वास र शक्ति दिनुभयो। परमेश्‍वरलाई विश्‍वासघात गरेर अनि मेरा दाजुभाइ र दिदीबहिनीहरूलाई धोका दिएर यहूदा हुनुभन्दा म बरु चाँडै मर्नेथिएँ। म परमेश्‍वरको निम्ति दृढताका साथ गवाही भएर खडा हुनेथिएँ। त्यति नै बेला, मेरो नजिकै भएका व्यक्तिले भन्दै थिए, “यो किन अलिकति पनि हलचल गरिरहेकी छैन? के ऊ मरिसकी?” त्यसपछि, एउटाले जानीजानी मेरो हातमाथि टेक्यो र खुट्टाले कुल्चँदै डरलाग्दो प्रकारले गर्जेर भन्यो, “उठ्! हामी तँलाई अर्को ठाउँ लाँदैछौँ।”

त्यसपछि, मलाई काउन्टी सार्वजनिक सुरक्षा ब्युरोमा लगियो। जब हामी सोधपुछ कक्षमा पुग्यौँ, तब ती दुष्ट प्रहरीहरूको टाउके र अन्य दुईले मलाई घेरे र मेरो सामु ओहोरदोहोर गर्दै, मेरा मण्डलीका अगुवाहरू र मेरा दाजुभाइ र दिदीबहिनीहरूको नाम भन्‍न दवाब दिँदै मलाई बारम्बार प्रश्‍न सोधे। जब तिनीहरूले आफूले सुन्‍न चाहेको उत्तर मैले दिन नचाहेको देखे, तब तीनै जनाले पालैपालो मेरो गालामा थप्पड बर्साउन थाले। तिनीहरूले कतिपल्ट मलाई हिर्काए, मलाई थाहै भएन; तिनीहरूले हिर्काउँदा निस्केको थप्पडको आवाज मात्र मैले सुन्‍न सक्‍थेँ, जसले त्यो निस्तब्ध कालो रातलाई चिरिरहेको प्रतीत हुन्थ्यो। तिनीहरूका हात दुखेको कारण ती दुष्ट प्रहरीहरूले मलाई किताबहरूले हिर्काउन थाले। तिनीहरूले मलाई हिर्काइरहे र अन्त्यमा मैले पीडा अनुभव गर्नै छाडेँ; मेरो अनुहार सुन्‍निएर लाटो भयो। अन्त्यमा, मबाट कुनै महत्वपूर्ण जानकारी प्राप्त गर्न नसक्‍ने देखेपछि, ती दुष्ट प्रहरीहरूले एउटा सम्पर्क पुस्तिका निकाले, अनि आफैसित खुशी हुँदै भने, “हामीले तेरो झोलामा यो भेट्टायौँ। तैँले हामीलाई केही नबताए पनि हामीसँग अर्को युक्ति छ!” एक्‍कासी, म अत्यन्तै चिन्तित भएँः यदि मेरा दाजुभाइ र दिदीबहिनीहरूले फोन उठाए भने तिनीहरू पक्राउ पर्न सक्‍नेछन्। यसले मण्डली पनि संलग्‍न भएको आरोप लाग्‍न सक्छ र परिणामहरू विनाशकारी हुन सक्छन्। अनि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद गरेँः “ब्रह्माण्डमा हुने सबै कुरामध्ये, त्यहाँ यस्तो केही छैन जसमा मेरो निर्णय हुँदैन। के त्यस्तो कुनै कुरा छ जुन मेरो हातमा छैन?” (वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूको “अध्याय १”)। “सही हो,” मैले मनमनै सोचेँ। “सबै कुरा र घटनाहरू परमेश्‍वरद्वारा नै योजनाबद्ध र बन्दोबस्त गरिएका हुन्। फोन जानु नजानु पनि पूर्ण रूपले परमेश्‍वरकै निर्णयमा भर पर्छ। म परमेश्‍वरलाई आदर गर्न, उहाँमाथि निर्भर हुन र उहाँका योजनाहरूमा समर्पित हुन इच्छुक छु।” त्यसैले, मैले परमेश्‍वरसित यी दाजुभाइ र दिदीबहिनीहरूलाई रक्षा गर्न बिन्ती गर्दै घरिघरि प्रार्थना गरेँ। फलस्वरूप, तिनीहरूले यी नम्बरहरू डायल गरे र केही कलहरूको घण्टी गयो तर अरू नम्बरहरूमा पटक्‍कै सम्पर्क हुन सकेन। अन्त्यमा, निराश भएर सराप्दै ती दुष्ट प्रहरीहरूले त्यो सम्पर्क पुस्तिकालाई टेबलमै फ्याँके र फोन गर्न छोडे। मैले परमेश्‍वरलाई धन्यवाद र प्रशंसा नदिइरहन सकिनँ।

तथापि, तिनीहरूले हार मानेका थिएनन् र तिनीहरूले मलाई मण्डलीको कामकाजको बारेमा निरन्तर सोधी नै रहेँ। मैले उत्तर दिइनँ। उत्तेजित र क्रुद्ध भई तिनीहरूले मलाई कष्ट दिने कोशिशमा अझ घिनलाग्दो कदम चालेः एउटा दुष्ट प्रहरीले मलाई जबरजस्ती आधा टुक्रुक्‍क बस्‍न लगायो र मैले बिल्कुल हलचल नगरी आफ्नो पाखुरालाई काँधसँग सीधा हुने गरी तेर्सो पाउनुपर्थ्यो। छिट्टै, मेरा खुट्टाहरू काम्‍न थाले र मैले मेरा पाखुराहरूलाई त्यसभन्दा बढी सीधा राख्‍न सकिनँ र मेरो शरीर अनायासै सीधा भई उभिन थाल्यो। त्यो प्रहरीले एउटा फलामे डन्डी लियो र बाघले आफ्नो शिकारलाई हेरेजस्तै मलाई डरलाग्दो गरी हेर्‍यो। म अलि मात्र के उभिएकी थिएँ, उसले निर्दयतापूर्वक मेरा खुट्टाहरूमा हिर्कायो। मलाई यति साह्रो पीडा भयो कि म झण्डैले घुँडा टेकेर पछिल्तिर लडेँ। अर्को आधा घण्टासम्म, मेरा खुट्टा वा पाखुरा अलिकति मात्र चल्यो भने उसले तुरुन्तै मलाई डन्डीले पिटिहाल्थ्यो। मलाई थाहा छैन, उसले मलाई कतिपल्ट पिट्यो। लामो समयसम्म आधा टुक्रुक्‍क बस्‍नु परेकोले मेरा दुवै खुट्टाहरू अति सुन्‍निएका थियो र हड्डी भाँचिएकोले ती सहनै नसक्न्ने गरी दुख्थे। समय बित्दै जाँदा, मेरा खुट्टाहरू झनै जोरले कामिरहेका र मेरा दाँतहरू लगातार बजिरहेका थिए। त्यति नै बेला, मैले मेरो शक्तिले काम गर्न छोडिरहेको अनुभव गरेँ। तथापि, ती दुष्ट प्रहरीहरूले मलाई गिल्ला र उपहास मात्र गरे, मानिसहरूले निर्दयतापूर्वक बाँदरलाई चटक गर्न लगाएजस्तै तिनीहरूले निरन्तर मलाई तिरस्कारपूर्ण मुस्कान र नीच हाँसो देखाउँदै गरे। जति बढी मैले तिनीहरूको कुरूप, घिनलाग्दो अनुहार हेरेँ, त्यति नै बढी मैले ती दुष्ट प्रहरीहरूप्रति घृणा अनुभूति गरेँ। अनि मैले परमेश्‍वरका यी वचनहरू याद गरेँ, “जब मानिसहरूले आफ्‍नो जीवन बलिदान दिन तयार हुन्छन्, सबै कुरा तुच्छ बन्छ, र त्यतिको उत्तम कुरा कसैले पनि गर्न सक्दैन। जीवनभन्दा महत्त्वपूर्ण कुरा अरू के हुन सक्छ र? तसर्थ, मानिसहरूमा थप कुनै काम गर्न शैतान असमर्थ हुन्छ, यसले मानिसलाई गर्न सक्ने कुरा केही पनि छैन” (वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको निम्ति परमेश्‍वरका वचनहरूका रहस्यहरूको अर्थ-अनुवादहरूको “अध्याय ३६”)। त्यसैले, म एक्‍कासी उठेँ र तिनीहरूलाई ठूलो सोरमा, भनेँ, “अब म टुक्रुक्‍क बस्‍नेछैन। मलाई मृत्युदण्ड दिए नि दिनुहोस्! आज, मसित गुमाउनको लागि केही पनि छैन! मलाई मर्न पनि डर छैन, अनि म किन तपाईंहरूसित डराउने? तपाईंहरू त्यस्ता ठूला मान्छेहरू भएर पनि, तपाईंहरूले जानेको कुरा एउटी सानी केटीलाई दादागिरी देखाउनु मात्रै रहेछ!” आश्‍चर्यको कुरा, यति भनेपछि, ती दुष्ट प्रहरीहरूको समूहले केही सरापका शब्दहरू ओकले र मलाई सोधुपछ गर्न छोडे।

त्यो दुष्ट प्रहरीहरूको झुण्डले मलाई अधिकांश रात यातना दिएका थिए; तिनीहरूले यातना दिन छोड्दा बिहान भएको हुन्थ्यो। तिनीहरूले मलाई हस्ताक्षर गर्न लगाए, र मलाई हिरासतमा राख्‍न गइरहेको कुरा बताए। त्यसपछि, एक वृद्ध प्रहरीले दयाको स्वाङ पार्दै मलाई भन्यो, “हेर नानी, तिमी जवान छ्यौ—युवावस्थाको उत्तम क्षणमा छ्यौ—त्यसैले तिमीलाई थाहा भएको सबै कुरा चाँडै भन्‍नु नै राम्रो हुन्छ। म ग्यारेन्टी दिन्छु, म तिमीलाई मुक्त गराइदिनेछु। यदि तिम्रो केही समस्या छ भने मलाई भन्‍न नहिच्किचाऊ। हेर, तिम्रो अनुहार पाउरोटी जस्तै सुन्‍नेको छ। के तिमीलाई कष्ट भोग्‍न पुगेन र?” उसले यसरी बोलेको सुनेपछि, उसले मलाई कुनै कुरा स्वीकार गराउन प्रलोभन दिने कोशिश गरिरहेको थियो भन्‍ने थाहा भयो। मेरा दाजुभाइ र दिदीबहिनीहरूले बैठकहरूको समयमा भनेका केही कुरा पनि मैले सम्झेँः ती दुष्ट प्रहरीहरूले जे चाहन्छन्, त्यो पाउन दाम र दण्ड दुवै प्रयोग गर्नेछन् र मानिसहरूलाई धोका दिन हरप्रकारका छलहरूको सहारा लिनेछन्। यो सोचेर, मैले वृद्ध प्रहरीलाई उत्तर दिएँ, “तपाईं असल व्यक्ति हुनुहुन्छ जस्तो अभिनय नगर्नुहोस्; तपाईंहरू सबैजना एउटै झुण्डको हिस्सा हो। के तपाईं मैले स्वीकार गरेको चाहनुहुन्छ? तपाईंले जे गर्दै हुनुहुन्छ, त्यसलाई बलजफतीपूर्वक स्वीकार गर्न लगाइएको भनिन्छ। यो गैह्रकानूनी दण्ड हो!” यो सुनेर उसले निर्दोष अनुहार बनाएर तर्क प्रस्तुत गर्‍यो, “तर, मैले तिमीलाई एकपल्ट पनि हिर्काएको छैन। तिमीलाई हिर्काउने तिनीहरू हुन्।” परमेश्‍वरको अगुवाइ र सुरक्षाको निम्ति म कृतज्ञ थिएँ, जसले मलाई एकपल्ट फेरि शैतानको परीक्षामाथि विजयी बनायो।

काउन्टी सार्वजनिक सुरक्षा ब्युरो छोडिसकेपछि, तिनीहरूले मलाई सीधै थुनाघरमा लगेर राखे। हामी अगाडिको द्वारबाट प्रवेश गर्नेबित्तिकै मैले त्यो ठाउँ अग्ला पर्खालहरूले घेरिएको देखेँ र त्यसको टुप्पामा बिजुली छोडिएको घुमाउरो काँढे तारहरू थिए र चारमध्ये चारै कुना पहरेदारको टावरजस्तै देखिन्थ्यो जसभित्र हतियारधारी प्रहरीहरू पहरा दिई बस्थे। यसले भयावह र डरलाग्दो अनुभूति गराउँथ्यो। एकपछि अर्को फलामे द्वार भएर गएपछि म एउटा कोठामा आइपुगेँ। अनि मैले बरफ जस्तै चिसो खाटमाथि जीर्ण, मलमलले ढाकेका सिरकहरू देखेँ, तिनीहरू कालो र फोहोर थिए र त्यसबाट तीखो, घिनलाग्दो दुर्गन्ध आइरहेको थियो, तब मैले घृणाको तरङ्ग अनुभूति नगरी रहन सकिनँ। खाना खाने समयमा, हरेक कैदीलाई केवल बफ्याइएको एउटा सानो डल्ले पाउरोटी दिइयो जुन अमिलो र आधा काँचो थियो। म प्रहरीद्वारा आधा रातसम्म यातना पाएर केही नखाएको भए पनि यो खाना देखेर साँच्‍चै मेरो भोक हरायो। त्यसमाथि, मेरो अनुहार प्रहरीको पिटाइद्वारा यति सुन्‍निएको थियो कि यो टेपले बेरिएको जस्तै कसिएको अनुभव हुन्थ्यो। कुरा गर्नको निम्ति मुख खोल्दा समेत दुख्थ्यो, खाने कुरा खाँदा त झन् कस्तो हुन्थ्यो कुरै नगरौँ। यस्ता परिस्थितिहरूमा हुँदा, म अत्यन्त उदास मनस्थितिमा थिएँ र धेरै अन्यायमा परेको अनुभव गरेँ। म वास्तवमै त्यहाँ रहनुपर्छ र त्यस्तो अमानवीय जिन्दगी जिउनुपर्छ भन्‍ने सोचले मलाई भावुक बनायो र अनायासै मैले केही आँशुहरू झार्न पुगेँ। मसितै पक्राउ परेकी सिष्टरले मसित परमेश्‍वरका वचनहरूको सङ्गति गरिन्, अनि मैले बुझेँ, यो परिस्थिति त परमेश्‍वरले नै ममाथि आउन दिनुभएको हो र यो म गवाही भएर खडा हुन सक्छु कि सक्दिनँ भनेर उहाँले मलाई परिक्षा गर्दै र जाँच्दै हुनुहुन्थ्यो। उहाँले मेरो विश्‍वासलाई सिद्ध तुल्याउने अवसरको रूपमा पनि यसलाई प्रयोग गर्दै हुनुहुन्थ्यो। यस्तो कुरा महसुस गरिसकेपछि, मैले आफू अन्यायमा परेको अनुभव गर्न छोडिदिएँ र मैले भित्रभित्रै कठिनाइ सहने सङ्कल्प गरेँ।

दुई हप्ता बिते अनि ती दुष्ट प्रहरीहरूको टाउके फेरि मलाई सोधपुछ गर्न आयो। म कुनै डरविना शान्त र संयमित रहेको देखेर उसले ठूलो सोरमा मेरो नाउँ लिँदै चिच्यायो, “मलाई साँचोसाँचो भन् तँ पहिले कहाँ पक्राउ परेका थिइस्; जेलभित्र पक्‍कै पनि यो तेरो पहिलोपल्ट होइन; नत्रभने, कति पनि नडराएजस्तो कसरी तँ शान्त र बानी परेको अभिनय गर्न सक्थिस्?” जब उसले त्यसो भनेको मैले सुनेँ, मैले आफ्नो हृदयमा परमेश्‍वरलाई धन्यवाद र प्रशंसा नगरी रहन सकिनँ। परमेश्‍वरले मलाई सुरक्षा दिनुभएको थियो र साहस दिनुभएको थियो, र यसप्रकार यी दुष्ट प्रहरीहरूसित पूर्ण निडरताका साथ सामना गर्न दिनुभएको थियो। त्यति नै बेला, ममा भित्रैबाट रिस उम्लेर आयोः तिमीहरूले मानिसहरूलाई तिनीहरूका धार्मिक विश्‍वासहरूको कारण सताउँदै आफ्नो शक्तिको दुरुपयोग गर्दै छौ, तिमीहरू परमेश्‍वरमा विश्‍वास गर्नेहरूलाई विनाकारण पक्राउ गर्छौ, दादागिरी देखाउँछौ र चोट पुर्‍याउँछौँ। तिमीहरू पृथ्वी वा स्वर्गको कुनै पनि कानून पालन गर्दैनौ। म परमेश्‍वरमा विश्‍वास गर्छु र म सही बाटोमा हिँड्छु, अनि मैले कानून तोडेको छैन। म किन तिमीहरूदेखि डराउनुपर्‍यो? म तिमीहरूको गिरोहको दुष्ट शक्तिको अधीनमा आउनेछैनँ! त्यसपछि, मैले मुखभरि जवाफ दिएँ, “के अरू सबै ठाउँ नरमाइलो भएर म यहाँ आउन चाहेको भनी तपाईंहरूले सोच्नुभएको हो? तपाईंहरूले मलाई अन्याय र तुच्छ व्यवहार गर्नुभएको छ! मलाई बलजफतीपूर्वक स्वीकार गर्न लगाउने वा झुटा आरोप लगाउने तपाईंहरूका सबै प्रयास व्यर्थ हुनेछन्!” यो कुरा सुनेर ऊ यति रिसायो कि उसका कानहरूबाट धूवाँ नै निस्कन लागेको प्रतीत हुन्थ्यो। ऊ चिच्यायो, “हामीलाई केही पनि नबताउन तँ हदैसम्म हठी छस्। तँ बोल्दैनस्, होइन त? म तँलाई तीन वर्षको जेल सजाय दिँदै छु, अनि तँ सुध्रिन्छेस् कि हामी हेर्नेछौँ! तँ यसरी नै हठी भइराख्”। त्यतिबेलासम्ममा, म क्रुद्ध भइसकेको थिएँ। ठूलो सोरमा मैले जवाफ दिएँ, “म अझै जवान छु, त्यसैले, मेरो निम्ति तीन वर्ष के हो र? म आँखाको एक झिमिकमै जेलबाट बाहिर निस्कनेछु।” क्रोधित हुँदै, त्यो दुष्ट प्रहरी एकाएक उठ्यो र त्यसका पुच्छरहरूलाई झोक्‍किएर भन्यो, “मैले सकिनँ। तँ अब यसलाई सोधपुछ गर्।” त्यसपछि, आफ्नो पछाडि ढोकालाई डयाम्म लगाउँदै ऊ हिँड्यो। जे भएको थियो, त्यसलाई देखेर ती दुई प्रहरीले मलाई थप केही प्रश्‍न सोधेनन्; तिनीहरूले मलाई हस्ताक्षर गराउन एउटा बयान लेखी सिध्याए, त्यसपछि बाहिर निस्के। दुष्ट प्रहरीहरू पराजित भएको देखेर म निकै खुशी भएँ, अनि मैले मेरो हृदयमा शैतानमाथि परमेश्‍वरको विजयको प्रशंसा गरेँ। सोधपुछको दोस्रो चरणमा, तिनीहरूले रणनीति बदले। तिनीहरू ढोकाबाट भित्र आउनेबित्तिकै, तिनीहरूले मेरो चिन्ता गरेको जस्तो बहाना गरे, “तिमी यहाँ रहेको निकै लामो समय भइसकेको छ। किन तिम्रा परिवारका सदस्यहरू कोही पनि तिमीलाई भेट्न आएका छैनन्? तिनीहरूले तिमीलाई त्यागिसकेको हुनुपर्छ। तिमी आफैले तिनीहरूलाई एकचोटि फोन गरेर तिमीलाई भेट्न आउन बोलाउँदा कसो होला?” यो सुनेर म हृदयभित्रैबाट निकै खिन्‍न र उदास भएँ। मैले एक्लो र असहाय महसुस गरेँ। मलाई घरको याद आयो र मैले आफ्नो आमाबुबाको अनुपस्थिति महसुस गरेँ, अनि स्वतन्त्रताको मेरो चाहना झन् झन् तीव्र हुँदै गयो। अनायासै, मेरा आँखाहरूमा आँशु भरिन थाल्यो तर म यी दुष्ट प्रहरीहरूको गिरोहको सामु रुन चाहिनँ। शान्तपूर्वक, मैले परमेश्‍वरसित प्रार्थना गरेँ, “हे परमेश्‍वर, अहिले म अति दयनीय र पीडामा छु र म अति असहाय महसुस गर्छु। कृपया, मलाई सहयोग गर्नुहोस्। म शैतानलाई मेरो कमजोरी देखाउन चाहन्‍न। तथापि, अहिले म तपाईंको इच्छा बुझ्न सक्दिनँ। म बिन्ती गर्छु, मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस्।” प्रार्थना गरेपछि, अकस्मात् एउटा विचार मेरो मनमा आयो: यो शैतानको धूर्त चाल हो; तिनीहरूले मलाई मेरो परिवारलाई सम्पर्क गर्न लगाउनु सायद मेरो परिवारबाट फिरौती लिने चाल हुन सक्छ, यसरी प्रचुर धन कमाउने तिनीहरूको उद्देश्य हुन सक्छ वा सायद तिनीहरूले मेरो परिवारका सबै सदस्यहरूले परमेश्‍वरमा विश्‍वास गरिसकेको कुरा थाहा पाएको हुन सक्छ र उनीहरूलाई पक्राउ गर्न तिनीहरूले यो अवसर प्रयोग गर्न चाहेको हुन सक्छ। ती दुष्ट प्रहरीहरू साँच्‍चै नै युक्तिहरूले भरिपूर्ण थिए। यदि मैले परमेश्‍वरको अन्तर्दृष्टि नपाएको भए, सायद मैले घरमा फोन गरिसक्थेँ। अनि, के म यहूदाजस्तो हुनेथिइनँ र? त्यसैले, मैले गुप्त प्रकारले शैतानलाई घोषणा गरेँः “नीच शैतान, म तँलाई तेरो छलमा सफल हुन दिनेछैनँ।” त्यसपछि, मैले उदासीन भावले भने, “मेरो परिवारका सदस्यहरू किन मलाई भेट्न आएका छैनन्, मलाई थाहा छैन। तैँले मलाई जेसुकै गरे पनि, म वास्ता गर्दिनँ!” त्यसपछि, तिनीहरूले फेरि मलाई सोधपुछ गरेनन्।

एक महिना बित्यो। एकदिन, मेरो काका एक्‍कासी मलाई भेट्न आउनुभयो र मलाई त्यहाँबाट निकाल्ने कोशिश गरिरहेको र म केही दिनपछि नै मुक्त हुने कुरा बताउनुभयो। जब म भेट गर्ने कोठाबाट बाहिर निस्केँ, म अत्यन्तै खुशी भएँ। मैले सोचेँ, मैले फेरि दिनको उज्यालो र मेरा दाजुभाइ, दिदीबहिनी र प्रियजनहरूलाई देख्‍न सक्‍नेछु। त्यसैले, मैले दिवास्‍वप्‍न देख्‍न थालेँ र मेरो काका मलाई लिन आउने दिनको प्रतीक्षा गर्न थालेँ। हरेक दिन, पहरेदारहरूले मलाई जेल छोड्ने समय आयो भनी बोलाएको आवाज सुन्‍न मैले आफ्ना कानहरूलाई खुला राख्थेँ। आशा गरेअनुरूप नै, एक हप्तापछि, एउटा पहरेदार बोलाउँदै आयो, र मेरो हृदय धड्केर छातीबाट बाहिर आउलाजस्तै अनुभव भयो। म बडो आनन्दपूर्वक भेट गर्ने कोठामा आइपुगेँ। तर, जब मैले मेरो काकालाई देखेँ, उहाँले आफ्नो शिर झुकाउनुभयो। निकै लामो समयपछि उहाँले हतोत्साहित आवाजमा भन्‍नुभयो, “तिनीहरूले तिम्रो मुद्दालाई अन्तिम रूप दिइसकेछन्। तिमीलाई तीन वर्षको जेल सजाय भएको छ।” जब मैले यो सुनेँ, म स्तब्ध भएँ, र मेरो दिमाग पूरै शून्य भयो। मैले आँशु झर्न दिइनँ र रुनबाट आफूलाई रोक्‍ने कोशिश गरेँ। मेरो काकाले त्यसपछि के भन्‍नुभयो, त्यो मैले केही सुन्‍न नसकेको जस्तो अनुभूति भयो। म त्यस भेट गर्ने कोठाबाट होस गुमेको जस्तो अवस्थामा बाहिर निस्केँ, मेरा पाउहरू केही गह्रौं सिसाले भरिएजस्तो लाग्यो र हरेक पाइला पहिलेको पाइलाभन्दा भारी हुँदै गयो। म कसरी आफ्नो कोठामा आइपुगेँ भन्‍ने कुराको कुनै सम्झना मसित थिएन। जब म त्यहाँ पुगेँ, म भुईंमा डङ्ग्रङ्ङ ढलेँ। मैले मनमनै सोचेँ, “यो अमानवीय जिन्दगीको विगत एकाध महिनाको हरेक दिन नै एक वर्षजस्तो लागेको छ मैले कसरी तीनतीन वर्ष बिताउन सकूँला?” म जति बढी यसबारेमा घोत्लिएँ, त्यति नै बढी मेरो सन्ताप बढ्यो र त्यति नै बढी मेरो भविष्य अस्पष्ट र अथाह प्रतीत हुन थाल्यो। लामो समयसम्म आँशु थाम्‍न सकिन र मेरो आँखाबाट आँशुको धारा बग्‍न थाल्यो। म नाबालिग भएको हुनाले मैले कहिल्यै पनि जेल सजाय पाउनेछैन वा बढीमा म केही महिनासम्म थुनामा रहनेछु भनी सोचेकी थिएँ। मैले अलिकति बढी पीडा र कठिनाइ सहनुपर्नेछ र अलिकति लामो समय बिताउनुपर्नेछ, अनि यो सिद्धिनेछ भनी सोचेकी थिएँ; मैले वास्तवमै तीन वर्ष जेलमा बिताउनुपर्ला भनी मलाई कहिल्यै लागेको थिएन। पीडित भएर म फेरि परमेश्‍वरको सामु आएँ। मैले उहाँको सामु इमान्दारितापूर्वक आफ्नो कुरा राखेँ, “हे परमेश्‍वर, सबै कुरा र घटनाहरू तपाईंकै हातमा छन् भनी म जान्दछु तर अहिले मेरो हृदयले पूरै रित्तिएको अनुभव गर्छ। म छिन्‍नभिन्‍न हुन लागेको अनुभव गर्छु; मलाई लाग्छ, जेलमा यो तीन वर्ष सहनु मेरो लागि एकदमै गाह्रो हुनेछ। हे परमेश्‍वर, म बिन्ती गर्छु मलाई तपाईंको इच्छा प्रकट गर्नुहोस् र म तपाईंसित प्रार्थना गर्छु मलाई विश्‍वास र शक्ति दिनुहोस् ताकि म पूर्ण रूपले तपाईंमा समर्पित हुन सकूँ र ममाथि जे आइपरेको छ, त्यसलाई बहादुरीपूर्वक स्वीकार गर्न सकूँ।” यो प्रार्थनापछि, मैले परमेश्‍वरका यी वचनहरू सम्झेँः “यी आखिरी दिनहरूमा तिमीहरूले परमेश्‍वरको गवाही दिनैपर्छ। तिमीहरूका दु:ख-कष्टहरू जतिसुकै ठूलो भए पनि तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि तिमीहरू परमेश्‍वरप्रति र परमेश्‍वरको कृपामा विश्‍वासयोग्य रहनुपर्छ; केवल यो मात्रै परमेश्‍वरलाई साँचो रूपले प्रेम गर्नु हो, र यो मात्र बलियो र जोडदार गवाही हो” (वचन देहमा देखा पर्नुहुन्छको “कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्”)। परमेश्‍वरका वचनहरूले मलाई विश्‍वास र शक्ति दिए र म समर्पित हुन इच्छुक भएँ। ममाथि जे आइपरे पनि वा जतिसुकै कष्ट मैले भोग्‍नुपरे पनि, म परमेश्‍वरलाई बिल्कुल दोष दिनेथिइनँ; म उहाँको निम्ति गवाही भएर खडा हुनेथिएँ। दुई महिनापछि, मलाई एउटा श्रम शिविरमा लगियो। जब मैले मेरो फैसलाका कागजहरू प्राप्त गरेँ र त्यसमा हस्ताक्षर गरेँ, तब मेरो तीन वर्षको जेल सजाय एक वर्षमा घटाइएको मैले पत्ता लगाएँ। मेरो हृदयमा मैले परमेश्‍वरलाई बारम्बार धन्यवाद र प्रशंसा चढाएँ। परमेश्‍वरले नै यो सबै योजना गरिरहनुभएको थियो र यसभित्र मैले मेरो निम्ति परमेश्‍वरले राख्‍नुभएको अपार प्रेम र सुरक्षा देख्‍न सक्थेँ।

श्रम शिविरमा, मैले दुष्ट प्रहरीहरूको झन् नीच र झन् बर्बर पक्ष देखेँ। बिहान सबेरै हामी उठ्थ्यौँ र काममा जान्थ्यौँ र हरेक दिन हामी कामको बोझले बेसरी लादिन्थ्यौँ। हामीले हरेक दिन लामो समयसम्म श्रम गर्नुपर्थ्यो र कहिलेकाहीँ त हामीले लगातार कैयौँ दिन र रातसम्म चौबिसै घण्टा काम गर्थ्यौं। केही कैदीहरू बिरामी पर्थे र तिनीहरूलाई सलाइन पानी दिनुपर्थ्यो तर पानीको थोपा खसाल्ने दर अत्यन्त छिटो गतिमा मिलाइन्थ्यो ताकि त्यो सिद्धिनेबित्तिकै तुरुन्तै तिनीहरू कार्यशाला फर्केर काममा लाग्‍न सकून्। यसले पछि गएर बहुसंख्यक कैदीहरूलाई निको नहुने रोगहरू लाग्यो। केही मानिसहरूले बिस्तारै काम गर्दा पहरेदारहरूबाट बारम्बार मौखिक दुव्यर्वहार सहनुपर्थ्यो, तिनीहरूको फोहोरी भाषा सुन्‍नै नसकिने हुन्थ्यो। केही मानिसहरूले काम गर्दा नियम तोड्थे, र तिनीहरू दण्डित हुन्थे। उदाहरणको लागि, तिनीहरूलाई “डोरीको ठिङ्गुरी” मा राखिन्थ्यो, यसको अर्थ, तिनीहरूले भुइँमा घुँडा टेक्‍नुपर्थ्यो अनि तिनीहरूका हातहरू तिनीहरूका ढाडपछाडि बाँधिएका हुन्थे, तिनीहरूका पाखुराहरू बलपूर्वक घाँटीको तहसम्म कष्टपूर्वक उठाइएको हुन्थ्यो। अरूलाई कुकुरजस्तै फलामे साङलाले रूखमा बाँधेर निर्दयतापूर्वक कोर्राले हानिन्थ्यो। केही मानिसहरू यस्तो अमानवीय यातना सहन नसकेर नमरुञ्‍जेलसम्म भोकभोकै बस्‍ने कोशिश गर्थे। पछि दुष्ट पहरेदारहरूले तिनीहरूको गोलीगाँठो र नाडी दुवैमाथि हथकडी लगाएर तिनीहरूको शरीरलाई कसिलो गरी समातेर तिनीहरूभित्र खुवाउने ट्युब बलपूर्वक छिराएर झोल खानेकुरा खुवाउँथे। कैदीहरू मर्छन् भनेर तिनीहरू डराउँथे, तर तिनीहरूले जीवनलाई मूल्यवान् सम्झेर होइन, तिनीहरूले कैदीबाट पाउने सस्तो श्रम गुमाउनुपर्ला कि भनेर चिन्ताले डराउँथे। जेलका पहरेदारहरूले गरेका दुष्कर्महरू साँच्‍चै अनगिन्ती थिए, र भयङ्कर हिँसात्मक र रक्तपातपूर्ण घटनाहरू पनि अनगिन्ती रूपमै घट्थे। यी सबै कुराले मलाई के स्पष्ट गरायो भने चिनियाँ कम्युनिष्ट पार्टीको सरकार आत्मिक संसारमा वास गर्ने शैतानको पार्थिव प्रतीक हो; यो सबै दियाबलसहरूमध्येमा सबैभन्दा दुष्ट दियाबलस हो अनि यसको सत्ताको अधीनमा रहेका सबै जेलहरू नाउँमा मात्र होइन, वास्तविकतामा नै पृथ्वीका नरक हुन्। मलाई सोधपुछ गरिएको कार्यालयको पर्खालमा लेखिएको शब्दहरू याद आउँछ: “मानिसहरूलाई जथाभावी पिट्नु वा गैह्रकानूनी दण्ड दिनु मनाही छ, र यातनाद्वारा साबिती गराउनु अझै सख्त मनाही छ।” तर वास्तविकतामा, तिनीहरूका कार्यहरू खुल्लमखुल्ला यी नियमहरूको विरोधमा थिए। तिनीहरूले मजस्ती बालिग पनि भइनसकेकी केटीलाई निर्दयतापूर्वक पिटेका थिए, र मलाई गैह्रकानूनी दण्ड दिएका थिए; यसभन्दा बढी, तिनीहरूले परमेश्‍वरमा मैले विश्‍वास गरेको कारणले मात्रै मलाई जेल सजाय दिएका थिए। यो सबैले मलाई चिनियाँ कम्युनिष्ट पार्टीले शान्ति र समृद्धिको झुटो रूप प्रस्तुत गर्दै जनताहरूलाई धोका दिन प्रयोग गरेका छलहरू स्पष्ट देख्‍न सक्षम तुल्यायो। यो परमेश्‍वरले भन्‍नुभएको जस्तै थियोः “शैतानले मानिसको सम्पूर्ण शरीरलाई कसिलो गरी बाँधेर राख्छ, त्यसले उसका दुवै आँखाहरू ढाकिदिन्छ, र उसका ओठहरू बलियो गरी बन्द गरिदिन्छ। दियाबलसहरूका राजाले हजारौं वर्षदेखि आजको दिनसम्म उधुम मच्चाएको छ, अनि अझै पनि यसले भूतको सहरमाथि ध्यान लाएर हेर्छ, मानौं यो भूतहरूको अभेद्य महल हो; यस बेला रखवारी कुकुरहरूको यो झुन्डले परमेश्‍वरले उनीहरूलाई थाहै नपाई पक्रनुहुनेछ र ती सबैलाई मेटाउनुहुनेछ, शान्ति र आनन्दको ठाउँ हुनेछैन भनी डराएर ठूला-ठूला आँखाले हेर्छन्। यस्तो भूतको शहरका यस्ता मानिसहरूले कसरी परमेश्‍वरलाई देखेका हुन सक्छन् र? के तिनीहरूले कहिल्यै परमेश्‍वरको मायालु र प्रेमिलोपनको आनन्द उठाएका छन्? मानव संसारका मामिलाको बारेमा तिनीहरूले कति बुझेका छन्? तिनीहरूमध्ये कसले परमेश्‍वरको उत्सुक इच्छालाई बुझ्न सक्छ? त्यसैले देहधारी परमेश्‍वर पूर्ण रूपमा लुकेर रहनु त्यत्ति अचम्मको कुरा होइन: यस्तो अन्धकारको समाजमा जहाँ भूतहरू निर्दयी र अमानवीय हुन्छन्, जहाँ शैतानका राजाले कुनै चासो नराखी मानिसहरूलाई मार्छ, त्यसले यस परमेश्‍वरको अस्तित्वलाई कसरी सहन गर्न सक्छ जो प्रेमिलो, दयालु, साथै पवित्र पनि हुनुहुन्छ? त्यसले परमेश्‍वरको आगमनको प्रशंसा र जयजयकार कसरी गर्न सक्छ? यी चापलुसहरू! तिनीहरूले दयाको बदलीमा घृणा गर्छन्, तिनीहरूले परमेश्‍वरलाई तुच्छ ठानेको धेरै भइसक्यो, तिनीहरूले परमेश्‍वरसित दुर्व्यवहार गर्छन्, तिनीहरू चरम रूपमा क्रूर छन्, तिनीहरूमा परमेश्‍वरप्रति अलिकति पनि आदर छैन, तिनीहरू लुट्छन् र खोस्छन्, तिनीहरूले सबै विवेक गुमाएका छन्, तिनीहरू सबै विवेकको विरुद्धमा जान्छन्, तिनीहरूले निर्दोष मानिसहरूलाई मूर्ख बनाएका छन्। प्राचीनका पुर्खाहरू? प्रिय अगुवाहरू? तिनीहरू सबैले परमेश्‍वरको विरोध गर्छन्! तिनीहरूका हस्तक्षेपले आकाशमुनिका सबैलाई अन्धकार र अराजकताको स्थितिमा छोडेको छ। धार्मिक स्वतन्त्रता? नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै पाप ढाक्ने युक्तिहरू हुन्” (वचन देहमा देखा पर्नुहुन्छको “काम र प्रवेश (८)”)।

दुष्ट प्रहरीहरूको सतावट अनुभव गरेपछि, म परमेश्‍वरले बोल्नुभएका वचनहरूको यो खण्डप्रति पूर्ण रूपले विश्‍वस्त भएँ र त्यसपछि त मसित यसको केही वास्तविक ज्ञान र अनुभव थियोः चिनियाँ कम्युनिष्ट पार्टीको सरकार साँच्‍चै एउटा दुष्टात्माको फौज हो जसले परमेश्‍वरलाई घृणा र विरोध गर्छ, दुष्टता र हिँसाको वकालत गर्छ र त्यो शैतानी सत्ताको दमनमुनि जिउनु मानव नरकमा जिउनुभन्दा केही फरक छैन। यसका साथै, श्रम शिविरमा मैले आफ्नै आँखाले सबै प्रकारका मानिसहरूको कुरूपता देखेँः मुख्य पहेदारहरूबाट कृपा लिने ती चिप्लो कुरा गर्ने अवसरवादी साँपहरूका घिनलाग्दा अनुहारहरू, कमजोरहरूमाथि दादागिरी देखाउने ती भयानक रूपमा हिँसा गर्ने मानिसहरूका दियाबलसरूपी अनुहारहरू, आदि इत्यादि। मैले बालिगको रूपमा अझै जीवन सुरु नगरिसकेको भए पनि जेल जीवनको त्यस वर्षको समयमा, मैले अन्ततः मानवताको भ्रष्टता स्पष्ट रूपले देखेँ। मैले मानिसहरूको हृदयमा धोका देखेँ र मानव संसार कति भयावह हुनसक्‍ने रहेछ भनी महसुस गरेँ। मैले सकारात्मक र नकारात्मक, कालो र सेतो, ठीक र बेठीक, राम्रो र नराम्रो, अनि कुन महान् छ र कुन तुच्छ छ भनी फरक छुट्याउन पनि सिकेँ; मैले शैतान कुरूप, दुष्ट, बर्बर छ, केवल परमेश्‍वर पवित्रता र धार्मिकताको प्रतीक हुनुहुन्छ भनी स्पष्ट रूपले देखेँ। केवल परमेश्‍वरले मात्रै सुन्दरता र असलपनको प्रतिनिधित्व गर्नुहुन्छ; केवल परमेश्‍वर प्रेम र मुक्ति हुनुहुन्छ। परमेश्‍वरको देखरेख र सुरक्षा पाएर मेरो निम्ति त्यो अविस्मरणीय वर्ष चाँडै बित्यो। अहिले, त्यसलाई फर्केर हेर्दा, म देख्छु कि मैले जेल जीवनको त्यस वर्ष केही शारीरिक कष्ट भोगे पनि परमेश्‍वरले मलाई डोर्‍याउन र मार्गदर्शन गर्न आफ्ना वचनहरू प्रयोग गर्नुभयो, र यसरी उहाँले मेरो जीवनलाई परिपक्‍व हुन सक्षम तुल्याउनुभयो। यो कष्ट र परीक्षा मेरो निम्ति परमेश्‍वरको विशेष आशिष् हो। सर्वशक्तिमान् परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

चिनियाँ कम्युनिस्ट पार्टीको झ्यालखानमा दिन-प्रतिदिन

याङ्ग यि, चीन सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “धेरै स्थानहरूमा, परमेश्‍वरले सिनिमको भूमिमा उहाँले विजयीहरूको एउटा समूह प्राप्त...

जेलको कष्ट

जियाओ फान, चीन मे २००४ को एक दिन, म केही दाजुभाइ-दिदीबहिनीहरूसँग भेलामा सहभागी भइरहेकी थिएँ त्यही बेला अचानक २० जनाभन्दा बढी प्रहरीहरू...

सोधपूछ कोठामा दिइएको यातना

जियाओ मिन, चीन सन् २०१२ मा, सुसमाचार प्रचारको क्रममा मलाई चिनियाँ कम्युनिस्ट पार्टीले गिरफ्तार गर्‍यो। १३ सेप्टेम्बरको साँझ म घर फर्केँ,...

नतोडिने विश्‍वास

मेङ्ग योङ्ग, चीन डिसेम्बर २०१२ मा, धेरै जना दाजुभाइ-दिदीबहिनीहरू र म सुसमाचार प्रचार गर्न गाडीमा चढेर एउटा ठाउँमा गयौं, र दुष्ट मानिसहरूले...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्