उन्‍नाइस वर्षसम्‍म बगाएको रगत-पसिना

16 डिसेम्बर 2024

वाङ युफेङ्, चीन

म सानै छँदादेखि प्रभुको विश्‍वासी थिएँ, र मेरा आमाबुबा पनि विश्‍वासी नै हुनुहुन्थ्यो। म तीसको दशकमा पुगेपछि मेरो श्रीमान बिरामी भएर बित्‍नुभयो, र मेरा दुई जना छोरा र एउटी छोरीलाई हुर्काउने भार म एकलैको काँधमा आयो। प्रभुको अनुग्रहको कारण मेरा छोराछोरी आ-आफ्‍नो क्षेत्रमा सफल हुन पुगे र आर्थिक रूपमा सबल भएर सुखी परिवार पाए। त्यसपछि सन् १९९९ मा मेरो सबै परिवार र मैले सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गर्‍यौँ, र हामीले जोशका साथ राज्यको सुसमाचार प्रचार गर्न र गवाही दिन थाल्यौँ। तैपनि, अचानकको पक्राउ अभियानले हाम्रो परिवारको शान्तिपूर्ण जीवन छताछुल्‍ल भयो।

सन् २००२ को जुनको एक रात, मैले मेरो छोरालाई पक्रिन पुलिस उसको अफिसमा गएका छन् भन्‍ने थाहा पाएँ, तर पुलिसले ध्यान नदिएको अवस्थामा ऊ भागेर गएछ। तिनीहरूले उसलाई जताततै खोजिरहेका थिए। यो खबर सुन्दा मलाई चिन्ता र डर लाग्यो। के तिनीहरूले उसलाई पक्रिन्छन्? ऊ साँच्‍चै पक्राउ पर्‍यो भने तिनीहरूले अवश्य नै उसलाई यातना दिनेछन् र तिनलाई निकै हानि गर्नेछन्। हामी सुखी परिवार थियौँ र हामीलाई सबै कुरा पुगेको थियो। मेरा छोराछोरीहरू सबै विश्‍वासी थिए र आफ्‍नो कर्तव्यमा सक्रिय थिए—यो कति सुन्दर कुरा थियो! तर अहिले पुलिसहरू मेरो छोराको पछि लागेका थिए, उसले जागिर गुमाएको थियो र घर फर्केर आउने आँट गर्दैनथियो। हाम्रो परिवार टुक्रिएको थियो। के गर्ने थाहा थिएन। यसको बारेमा जति सोचेँ म त्यति व्याकुल भएँ, त्यसकारण म परमेश्‍वरको अघि आएँ र मेरो छोरालाई रक्षा गर्नुहोस् र मलाई तपाईंको इच्‍छा बुझ्‍न अगुवाइ गर्नुहोस् भनेर अनुरोध गरेँ। प्रार्थना गरिसकेपछि मलाई परमेश्‍वरले भन्‍नुभएको एउटा वचन याद आयो: “निराश नबन्, कमजोर नबन्, अनि म तेरो लागि सबै कुरा स्पष्ट बनाउनेछु। राज्यमा पुग्‍ने मार्ग सहज छैन; कुनै पनि कुरा त्यति साधारण छैन! तिमीहरूकहाँ आशिष सहजै आएको नै तिमीहरू चाहन्छौ, होइन र? आज सबैले तितो परीक्षाको सामना गर्नु पर्नेछ। यस्तो परीक्षाविना मेरो निम्ति तिमीहरूसँग भएको प्रेम बलियो हुन सक्दैन अनि तिमीहरूमा मेरो निम्ति साँचो प्रेम हुनेछैन। यस्ता परीक्षाहरू स-साना परिस्थितिहरूले भरिएका भए तापनि सबैले यसबाट पार भएर नै जानुपर्नेछ, केवल परीक्षाको कठिनाइ व्यक्ति अनुरूप फरक हुनेगर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ४१)। परमेश्‍वरका वचनहरूबाट, विश्‍वासमा रहनु र परमेश्‍वरलाई पछ्याउनु सजिलो छैन—सबै जना कठिनाइ र परीक्षाबाट गुज्रिनुपर्छ भन्‍ने मैले थाहा पाएँ। पुलिसले मेरो छोराको खेदो गर्नु परमेश्‍वरले नै अनुमति दिनुभएको कुरा थियो। उहाँले हाम्रो विश्‍वास र प्रेमलाई सिद्ध पार्न यस्तो पीडादायी परिस्थितिको प्रयोग गरिरहनुभएको थियो—यो कष्ट परमेश्‍वरबाट आएको आशिष्‌ थियो। यसरी विचार गर्दा मलाई अलिक शान्त महसुस भयो, र मैले मेरो छोरालाई परमेश्‍वरकै हातमा समर्पित गर्न र उहाँको नियम र बन्दोबस्तहरूमा अर्पित हुन तयार हुँदै प्रार्थना गरेँ।

पछि, पुलिसले मण्डलीमा मेरो छोराले परमेश्‍वरका वचनहरूको पुस्तकहरू छापिरहेको थियो भन्‍ने थाहा पाएपछि, तिनीहरूले उसलाई राष्ट्रव्यापी रूपमा भगुवा अपराधीको रूपमा सूचीकृत गरे र उसलाई पक्रनै पर्ने भन्दै उसलाई खोजी गर्न ठूलो सङ्ख्यामा अफिसरहरू खटाए। यो खबर सुन्दा म अत्यन्तै व्याकुल र चिन्तित भएँ—कम्युनिस्ट पार्टीले उसलाई मुख्य प्राथमिकताको निसाना बनाएको छ भने ऊ कसरी उम्कन सक्छ? मैले भर्खरै एक जना ब्रदरको बारेमा सुनेकी थिएँ जसलाई पुलिसले पक्राउ गरेर कुटपिट गरी मारेका थिए। कम्युनिस्ट पार्टीले विश्‍वासीहरूलाई यति धेरै घृणा गर्ने यस्तो अवस्थामा, के तिनीहरूले मेरो छोरालाई हात पारे भने धेरै यातना दिनेछैनन् र? यसको बारेमा मैले जति विचार गरेँ मलाई त्यति नै डर लाग्यो, जसले गर्दा म दिनहुँ भयमा बाँचिरहेँ। मलाई खान वा सुत्‍न मन लाग्दैनथियो, र पुलिसको कारको साइरन बजेको सुन्‍ने बित्तिकै मुटु ढुकढुक हुन्थ्यो। त्यो बेला म अत्यन्तै धेरै चिन्तामा थिएँ, र मेरो स्वास्थ्य स्थिति पनि खराब नै थियो। केही दिनपछि, पुलिसले मेरो छोराको कहाँ छ भनेर बुझ्‍नको लागि दुई पटक हाम्रो घरमा फोन गरे र धम्की दिँदै भने, “तिमीहरूले त्यसलाई हाम्रो हातमा सुम्‍पेनौ भने त्यो अपराधीलाई आश्रय दिनु हो र तिमीहरूको परिवारका एक जनालाई पनि छाडिनेछैन!” त्यो सुन्दा मलाई अत्यन्तै डर लाग्यो र पुलिस हाम्रो घरमा कुन बेला आएर खानतलासी गर्छ र मलाई, मेरो कान्छा छोरा र बुहारीलाई पक्रेर लैजान्छ भन्ने थाहा थिएन। तिनीहरूले मेरो जेठो छोरालाई कहिले पक्रिन्छन् होला भनेर मलाई अझै धेरै चिन्ता लागेको थियो। मैले परमेश्‍वरसँग बारम्‍बार प्रार्थना गरिरहेँ, र मलाई विश्‍वास र शक्ति दिनुहोस्, र मेरो जेठो छोरालाई रेखदेख गर्नुहोस् ताकि ऊ नडराइकन बस्‍न सकोस् भनेर उहाँलाई अनुरोध गरिरहेँ। प्रार्थना गरेपछि मैले परमेश्‍वरको यो वचन सम्झेँ: “तँ यो र त्यो कुराप्रति डराउनु हुँदैन; तैँले जतिसुकै अप्ठ्यारा र खतराको सामना गर्नुपरे पनि, तँ कुनै पनि बाधाबाट अवरोधमा नपरी मेरो अगाडि स्थिर रहन सक्छस्, ताकि मेरो इच्छा विनारोकटोक पूरा होओस्। यो तेरो कर्तव्य हो…। मैले तँलाई जाँच गर्नुपर्ने समय यही हो: के तँ तेरो बफादारी मलाई अर्पण गर्छस्? के यो मार्गको अन्त्यसम्म तँ मलाई निष्ठापूर्वक पछ्याउन सक्छस्? नडरा; तैँले मेरो साथ पाएपछि, यो मार्गलाई कसले छेक्न सक्छ र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १०)। परमेश्‍वरका वचनहरूले मेरो विश्‍वासलाई दह्रिलो बनाए—परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ र सबै कुरा उहाँकै हातमा छन्, त्यसकारण हाम्रो परिवारका हरेक व्यक्तिको भाग्य पनि उहाँकै हातमा छैन र? परमेश्‍वरको अनुमतिविना पुलिसले हामीलाई केही पनि गर्न सक्दैनथियो। मेरो परिवारका सदस्यहरू पक्राउ पर्छन् भन्‍ने मेरो चिन्ता र म निरन्तर डरमा जिउनुको अर्थ ममा परमेश्‍वरप्रतिको साँचो विश्‍वासको कमी छ भन्‍ने थियो। परमेश्‍वरको वचनहरूको अगुवाइद्वारा मलाई निकै ढुक्‍क भयो। परमेश्‍वर मेरो साथमा हुनुभएकोले म डराउनुपर्ने कुरा केही थिएन—म हाम्रो सारा परिवार उहाँकै हातमा सुम्‍पन तयार भएँ, र म पक्राउ परेँ भने पनि कहिल्यै पनि मेरा ब्रदर-सिस्टरहरूलाई र परमेश्‍वरलाई कहिल्यै धोका दिनेछैन भनेर सङ्कल्प गरेँ!

केही महिनापछि, पुलिसले मेरो छोरालाई नभेटेपछि तिनीहरूले हाम्रो सम्पूर्ण परिवारलाई पक्राउ गर्ने धम्की दिन थाले। मेरो कान्छा छोरा, बुहारी, र मैले हाम्रो घर छोडेर लुक्‍ने बाहेक केही विकल्‍प थिएन। घरबाट जानुभन्दा पहिले मेरो जेठा छोरा भागिहिँड्नु परेको छ र ऊ कहाँ छ मलाई थाहा छैन, र अब हामी हाम्रो घरबाट भाग्‍नु परेको छ, हाम्रो सुखी परिवारलाई चिनियाँ कम्युनिस्ट पार्टीले टुक्राटुक्रा पारेको छ भन्‍ने सोचेर निकै मन रोयो। म अत्यन्तै व्याकुल थिएँ। परमेश्‍वरलाई विश्‍वास गर्नु र आराधना गर्नुमा के गलत छ र? कम्युनिस्ट पार्टीले हामीलाई बरबाद पार्ने अठोट गरेको थियो। तिनीहरूले विश्‍वासीहरूलाई कुनै पनि हालतमा जिउन दिँदैनन्—कम्युनिस्ट पार्टी अत्यन्तै घृणास्पद छ! म मेरो ३० को दशकमा बिधुवी भएकी थिएँ र एकलै तीन जना सन्तानलाई हुर्काउन संघर्ष गरेँ। मेरो जीवनको धेरैजसो समय अथक रूपमा काम गर्दै आएकी थिएँ र बल्‍ल त्यसबाट पार पाएकी थिएँ। यस्तो वृद्ध उमेरमा म कम्युनिस्ट पार्टीबाट भागिहिँड्नु पर्छ भनेर मैले कहिल्यै पनि सोचेकी थिइनँ। त्यसरी घर छोडेर हिंड्दा त्यो पार्टीले हाम्रो सबै सम्‍पत्ति र घर जफत गर्नेथिएन र? त्यसपछि हामी कसरी बाँच्ने? यी कुरा सोच्दा मलाई अत्यन्तै पीडा भयो। मैले परमेश्‍वरको अघि आएर प्रार्थना गरेँ, “हे परमेश्‍वर! म मेरो हृदयबाट हाम्रो सम्पत्तिलाई त्याग्‍न सक्दिनँ, र अबदेखि कसरी बाँच्‍ने भन्‍ने चिन्ता लागेको छ। बिन्ती छ मलाई तपाईंको इच्‍छा बुझ्‍न अगुवाइ गर्नुहोस्।” प्रार्थना गरिसकेपछि मलाई प्रभु येशूले भन्‍नुभएको वचन याद आयो: “तिमीहरूमध्ये जसले ऊसँग भएको सबै कुरा त्याग्दैन, ऊ मेरो चेला हुन सक्दैन(लूका १४:३३)। प्रभु येशूका चेलाहरूले उहाँलाई पछ्याउन आफूसँग भएको सबै कुरा त्याग्‍नु परेको थियो। मलाई मत्तीको बारेमा याद आयो—तिनी महसूल उठाउने व्यक्ति थिए, तर प्रभु येशूले बोलाउनुभएपछि तिनले आफ्‍नो सबै सम्पत्ति त्यागे र प्रभुलाई पछ्याउन सबै कुरा बलिदान दिए। त्यसरी नै जब प्रभुले पत्रुसलाई बोलाउनुभयो, तिनले उहाँलाई पछ्याउन आफ्नो मछुवा काम त्यागे। तर कम्युनिस्ट पार्टीको दमनको सामना गर्दा मैले एक-दुई वटा सम्पत्तिलाई समेत छोड्न सकिनँ। ममा विश्‍वासको कमी थियो। आकाशका पक्षीहरूले न त छर्छन् न त कटनी गर्छन्, तर पनि परमेश्‍वरले तिनीहरूको हेरचाह गर्नुहुन्छ—अनि हामी मानवलाई चाहिँ गर्नुहुन्न र? यो विचारले मलाई मेरा चिन्ताहरू कम गर्न सहयोग गर्‍यो। आखिरी दिनहरूमा, परमेश्‍वर देह बन्‍नुभएको छ र उहाँले हामीलाई शुद्ध पार्न र मुक्ति दिन सत्यता व्यक्त गरिरहनुभएको छ। मैले परमेश्‍वरलाई पछ्याएर सत्यता र जीवन पाउन सकेकोमा म अत्यन्तै सौभाग्यशाली थिएँ—यसको लागि थोरै कष्ट भोग्‍नु त सार्थक कुरा हो! सत्यता भनेको अमूल्य सम्पत्ति हो जसलाई जति धेरै सम्पत्ति भए पनि किन्‍न सकिँदैन, र यसको लागि भविष्यमा जति नै कष्ट भोग्‍नु परे पनि यो सार्थक कुरा हुन्छ भन्‍ने मलाई थाहा थियो।

हामी घर छोडेर गएपछि, पुलिसले म र मेरो सम्पूर्ण परिवार सर्वशक्तिमान्‌ परमेश्‍वरका विश्‍वासी हौँ भन्‍ने थाहा पाए र तिनीहरूले सहरभरि हाम्रो खोजीको कारबाही चलाए। पक्राउबाट बच्‍नको लागि हामी ठाउँ-ठाउँ भागिहिँड्यौँ, र कहिलेकहीँ एक महिना पनि नबिती अर्को ठाउँमा सर्नुपर्थ्यो। हरेक पटक, म थकित हुन्थेँ र मेरो ढाड दुखिरहेको हुन्थ्यो। पुलिसले भेट्टाउँछन् भन्‍ने डरले हामी स-साना एक-तले घरमा बस्‍नु पर्थ्यो। जाडो महिनामा ती घरहरूमा यति चीसो हुन्थे कि पानी समेत जम्ने गर्थ्यो, र हप्ताभरि आगो बाल्दा पनि घर तातिँदैनथियो। मेरो हातको छाला चिसोले फुट्न थालेको थियो र पानी छुँदा अत्यन्तै दुख्थ्यो। अन्तिम पटक हामी एउटा गाउँको चल्‍ला राख्‍ने गोठमा सरेका थियौँ, त्यो ठाउँ अँध्यारो र चिसो थियो, अनि किराफट्याङ्ग्राले भरिएको थियो। यस्तो घिनलाग्दो थियो कि त्यहाँ म खानेकुरा खानै सक्दिनथिएँ। मलाई राम्रो अपार्टमेन्टमा रहेको न्यानो र सहज घरमा बिताएका दिनहरू याद आयो। त्यसलाई अहिलेको परिस्थितिसँग तुलना गर्दा मलाई निकै दुःख लाग्यो। ती दिनहरूको अन्त्य कहिले हुनेछ मलाई थाहा थिएन। म राम्रो स्थितिमा छैन भन्‍ने महसुस गरेपछि, म प्रार्थना गर्न तुरुन्तै परमेश्‍वरको अघि आएँ र मलाई अन्तर्दृष्टि दिनुहोस् र तपाईंको इच्‍छा बुझ्‍न अगुवाइ गर्नुहोस् भनेर अनुरोध गरेँ। प्रार्थना गरेपछि मलाई परमेश्‍वरको यी वचनहरू याद आयो: “तँ सृष्टि गरिएको प्राणी होस्—तैँले अवश्य पनि परमेश्‍वरको आराधना गर्नुपर्छ र अर्थपूर्ण जीवनको खोजी गर्नुपर्छ। यदि तैँले परमेश्‍वरको आराधना गर्दैनस् तर आफ्नै फोहोर देहमा जिउँछस् भने, के तँ मानिसको वस्त्र धारण गरेको पशु हुँदैनस् र? तँ मानिस भएकोले तैँले आफूलाई परमेश्‍वरका निम्ति समर्पित गर्नुपर्छ र सबै दुःख भोग्नुपर्छ। तँ आज जुन सानो दुःखमा परेको छस् त्यसलाई तैँले खुसी र निर्धक्कसाथ स्वीकार गर्नुपर्छ, अनि अय्यूब र पत्रुसले जस्तो अर्थपूर्ण जीवन जिउनुपर्छ। … तिमीहरू त्यस्ता मानिसहरू हौ जसले सही मार्ग पछ्याउँछन्, जसले सुधार खोजी गर्छन्। तिमीहरू त्यस्ता मानिसहरू हौ जो ठूलो रातो अजिङ्गरको देशमा खडा हुन्छन्, जसलाई परमेश्‍वरले धर्मी भन्नुहुन्छ। के त्यो सबैभन्दा अर्थपूर्ण जीवन होइन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (२))। परमेश्‍वरका वचनहरूले मलाई साँच्‍चै उत्साह दिए। मलाई शैतानले अय्यूबलाई परीक्षा गरेको बारेमा याद आयो—अय्यूबले आफ्‍ना सबै पारिवारिक सम्पत्ति गुमाएका थिए र तिनका छोराछोरीलाई मारिएको थियो। तिनी आफैको सारा शरीर खटिराले ढाकेको थियो। त्यस्तो भयङ्कर कष्टमा पनि तिनले अझै पनि परमेश्‍वरको नाउँको प्रशंसा गरे र परमेश्‍वरको लागि सानदार गवाही दिए। परमेश्‍वरले अय्यूबलाई अनुमोदन गरेर आशिष्‌ दिनुभयो। पत्रुसको खोजी भनेको परमेश्‍वरलाई प्रेम गर्नु र चिन्‍नु थियो। तिनले सयौँ परीक्षाको सामना गरे पनि कहिल्यै विश्‍वास गुमाएका थिएनन्, र परमेश्‍वरको लागि अन्त्यमा तिनी उधमुन्टे क्रूसमा टाँगिए। मृत्युसम्‍मै समर्पित हुन सकेर तिनले सुन्दर गवाही दिए र अत्यन्तै अर्थपूर्ण जीवन जिए। तर मैले भने एक-दुई पटक सर्नुपर्दा र थोरै कष्ट भोग्‍नु पर्दा समेत त्यसलाई सहन सकिनँ। मसँग परमेश्‍वरप्रति कुनै साँचो आज्ञाकारीता थिएन! त्यो बेला मैले भोगेको कष्ट ठूलो रातो अजिङ्गरको सतावटकै कारणले आएको थियो। ठूलो रातो अजिङ्गरलाई घृणा गर्नुको सट्टा म त नकरात्मक बनेर गनगन गरिरहेकी थिएँ—म कति अविवेकी रहेछु! ठूलो रातो अजिङ्गरको खेदोले गर्दा मैले निश्‍चित मात्रामा कष्ट भोगेकी थिएँ, तर मैले यसको सारलाई बुझिरहेकी थिएँ, परमेश्‍वरलाई घृणा र विरोध गर्ने यसको दुष्ट सारलाई स्पष्ट रूपमा देखेकी थिएँ। हामीलाई परमेश्‍वरले नै सृष्टि गर्नुभएको हो, त्यसकारण उहाँको आराधना गर्नु सही र उचित कुरा हो। यो जीवनको सही मार्गमा हिँड्नु हो, र सुसमाचार प्रचार गर्नु भनेको सबैलाई परमेश्‍वरको आवाज सुन्‍न र सत्यता स्वीकार गर्न सहयोग गर्नु हो, त्यसपछि तिनीहरूले मुक्ति पाउन सक्छन्। तर कम्युनिस्ट पार्टीले हामीलाई दमन गर्छ र हरेक मोडमा हाम्रो बाटो छेक्छ, एउटी आमालाई उसका छोराछोरीबाट समेत अलग गर्छ। मैले यो दुष्ट पार्टी हो र परमेश्‍वरको कट्टर शत्रु हो भन्‍ने कुरा स्पष्ट रूपमा देख्‍न सकेँ—मलाई यसप्रति घृणा जाग्यो र मैले यसलाई हृदयदेखि नै सरापेँ। यदि मैले त्यो पीडा अनुभव नगरेर घरमा नै शान्तिपूर्ण जीवन जिइरहेकी भए मैले ठूलो रातो अजिङ्गरको सारलाई देख्‍ने थिइन होला, र यसलाई त्याग्‍न र हृदयबाट इन्कार गर्न सक्‍ने थिइन होला। त्यो बेला मैले परमेश्‍वरलाई पछ्याउन थोरै कष्ट भोगिरहेकी थिएँ, तर मैले सत्यता र जीवन पनि प्राप्त गरिरहेकी थिएँ—त्यो कष्ट-भोग अत्यन्तै अर्थपूर्ण थियो। परमेश्‍वर देह बन्‍नुभयो, ठूलो रातो अजिङ्गरको देशमा काम गर्न आउनुभयो, कम्युनिस्ट पार्टीको सतावट र खेदो सहनुभयो, र उहाँको शिर लुकाउने ठाउँ समेत थिएन। उहाँले भोग्‍नुभएको पीडालाई गन्ती गर्न सकिँदैन। अहिले परमेश्‍वरलाई पछ्याएको कारण हाम्रो परिवारले कम्युनिस्ट पार्टीको सतावट भोगेर भागिहिँड्नुपरेको थियो, र यो ख्रीष्‍टको कठिनाइमा सहभागी हुनु थियो। यो त परमेश्‍वरले हामीलाई गर्नुभएको उत्थान थियो! मैले मनमनै के सङ्कल्प गरेँ भने मैले जस्तो कष्ट भोग्‍नु परे पनि, म अन्त्यसम्‍मै परमेश्‍वरलाई पछ्याउनेछु।

पछि, मेरी छोरी सुसमाचार सुनाउन गएकी बेला पुलिसले निगरानी गरेर पछ्याए। उनले तिनीहरूलाई ठूलो सुपरमार्केटमा गएर लुगा फेरेर झुक्याउन सकिन्। त्यसपछि उनी त्यो ठाउँबाट भाग्‍न बाध्य भइन्। थाहै नपाई हाम्रो परिवार तोडियो, र हामी वर्षभरि नै भागिहिँड्नु पर्‍यो। म सधैँ मेरो जेठा छोरा र छोरी कस्तो अवस्थामा छन् होला भन्‍ने सोचिरहेकी हुन्थेँ, तिनीहरू पक्राउ पर्छन् कि भन्‍ने चिन्ता लागिरहन्थ्यो। मलाई खान वा सुत्‍न पनि मन लाग्दैनथियो, र मेरो दम रोग झन् बढ्यो। मेरो ध्यान सजिलै अलमलिन थाल्यो र म प्रायजसो टोलाइरहेकी हुन्थेँ। मलाई त्यस्तो अवस्थामा देख्दा मेरो कान्छो छोरोलाई असहाय भयो, त्यसकारण उसले खतरा मोल्दै घर गएर अवस्था कस्तो रहेछ भनेर हेर्ने निर्णय लियो। ऊ हिँडेपछि म पर्खँदै, कामना गर्दै बसिरहेँ…। साँझको ७ बजिसक्दा पनि ऊ फर्केर नआएको देख्दा मलाई चिन्ता लाग्‍न थाल्यो। सोचेँ: त्यो कहाँ छ? के त्यसलाई पुलिसले पक्रियो? होइन होला, एक वर्ष बितिसक्दा पनि, तिनीहरूले अझै हाम्रो घर निगरानीमा राखिरहेका हुन सक्छन् र? तर मैले रातभरि पर्खेँ, र पनि ऊ फर्केर आएन। केही भयो भन्‍ने कुरामा म निश्‍चित थिएँ, किनभने ऊ जाने ठाउँ अरू कतै थिएन। यदि ऊ साँच्‍चै नै पक्राउ परेको थियो भने पुलिसले उसलाई यातना दिन कस्तो तरिका अपनाउँछ मलाई थाहा थिएन। तिनीहरूले उसलाई कुटेर अङ्गभङ्ग समेत गर्न सक्थे। यसको बारेमा सोच्दा मैले आँसु रोक्‍न सकिनँ। धेरै दिनसम्‍म मैले खान वा सुत्‍न सकिनँ, तर एकोहोरो भएर बाहिर हेर्दै ओछ्यानमा बसिरहेँ। म ठूलो पीडामा थिएँ—मेरो मुटुमा छुरा रोपिएको छ जस्तो लाग्थ्यो। मेरो जेठो छोरा जिउँदो छ कि मर्यो थाहा थिएन, मेरो छोरी खतरामा छ कि छैन थाहा थिएन, र अहिले मेरो कान्छो छोरा पक्राउ परेको हो भने, मैले के गर्ने? पीडा र विवशतामा, मैले परमेश्‍वरको अघि आएर प्रार्थना गरेँ, त्यसपछि उहाँका यी वचनहरू मनमा आए: “मानिसको भाग्य परमेश्‍वरका हातहरूद्वारा नियन्त्रित हुन्छ। तैँले आफैलाई नियन्त्रण गर्न सक्दैनस्: मानिसले सधैँ आफ्नै खातिर भागदौड गरे तापनि र व्यस्त रहे तापनि उसले आफूलाई नियन्त्रण गर्न सक्दैन। यदि तैँले आफ्नै भविष्य जान्न सक्थिस् भने, यदि तैँले आफ्नै भविष्यलाई नियन्त्रण गर्न सक्थिस् भने, के तँ अझै सृष्टि गरिएको प्राणी नै हुनेथिइस् र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु)। यसको बारेमा सोच्दा, मैले के बुझें भने मानिसहरूको भाग्य पूर्ण रूपमा परमेश्‍वरकै पकडमा हुन्छ, त्यसकारण हामीले जति धेरै कष्ट भोगे पनि र हामीले जस्तोसुकै परिस्थितिको सामना गरे पनि त्यो सबै परमेश्‍वरले नै निर्धारित गर्नुभएको हुन्छ। मैले जति चिन्ता गरे पनि केही हुनेथिएन। मेरा छोराछोरीलाई परमेश्‍वरको हातमा समर्पित गर्न तयार हुँदै मैले हृदयदेखि परमेश्‍वरलाई प्रार्थना गरेँ। पछि, मेरी बुहारीले मण्डलीको एक जना सिस्टरबाट के थाहा पाइन् भने मेरो कान्छो छोरालाई हाम्रो घर निगरानी गर्ने पुलिसले पक्राउ गरेको रहेछ। पुलिसले उसलाई चौकीमा लगेर कुट्दै गाली गर्दै हाम्रो बारेमा सोधेछन्। उसले केही नबोलेकोले उसलाई १५ दिन थुनामा राखेर छोडेछन्। उसलाई भर्खरै छोडिएको रहेछ। उसलाई रिहाइ गरेकोमा पुलिसलाई पछुतो भएकोले तिनीहरूले फेरि उसलाई खोज्‍न थालेका थिए। तिनीहरूलाई हामी भएको ठाउँमा ल्याउँछु कि भन्‍ने डरले मेरो छोराले कहिल्यै पनि घर फर्केर जाने आँट नगरेको, बरु ऊ भागिहिँडेको रहेछ। यो सुनेपछि म अत्यन्तै क्रोधित भएँ। हामी घर नफर्केको एक वर्षभन्दा बढी भइसकेको थियो, तर पुलिसले अझै पनि हाम्रो अत्तोपत्तो थाहा पाउन हामीलाई निगरानी गर्ने प्रयास गरिरहेको थियो, हामीलाई पक्रिन सबै उपाय लगाइरहेको थियो। तिनीहरूले हामीलाई खतम पार्न चाहन्थे। ठूलो रातो अजिङ्गर साँच्‍चै घृणित छ! त्यसले मलाई जति दमन गर्‍यो, मैले त्यति नै यसको दुष्ट स्वरूपलाई देख्‍न सकेँ, र मैले परमेश्‍वरलाई विश्‍वास गर्ने र पछ्याउने त्यति नै ठूलो सङ्कल्‍प गरेँ।

केही समयपछि नै, ब्रदर-सिस्टरहरूको सहयोगमा मेरो कान्छो छोरा त्यो क्षेत्रबाट उम्कन सक्यो। त्यसको केही समयपछि बुहारी र म अर्को प्रान्तमा गयौँ। हाम्रो सुरक्षाको लागि मलाई छोडेर एकलै लुक्‍न जाने बाहेक उनीसँग कुनै विकल्‍प थिएन। हाम्रो सम्पूर्ण परिवारलाई कम्युनिस्ट पार्टीले कसरी अलग गरेको छ भन्‍ने सोच्दा मलाई अत्यन्तै पीडा भयो। विशेष गरी अरू मानिसहरूले आफ्‍ना आमाबाबुलाई ध्यान दिएको र आदर गरेको देख्दा मलाई मेरा छोराछोरीको अझै बढी याद आयो। म त ढल्‍ने अवस्थामा थिएँ। म खोजी गर्नको लागि परमेश्‍वरको अघि आएँ, र उहाँका वचनहरूको यो खण्ड सम्झेँ: “परमेश्‍वरले हामीलाई डोऱ्याउनुहुने मार्ग सिधा छैन, तर खाल्डा-खुल्डीले भरिएको घुमाउरो बाटो हो; यसबाहेक, परमेश्‍वर भन्नुहुन्छ, कि मार्ग जति धेरै ढुङ्गेनी हुन्छ, त्यत्ति नै बढी त्यसले हाम्रो प्रेमिलो हृदयहरूलाई प्रकट गर्न सक्छ। तर हामीमध्ये कसैले पनि त्यस्तो बाटो खोल्न सक्दैनौं। मेरो अनुभवमा, म धेरै ढुङ्गेनी, धोकेबाज मार्गहरू हिँडेको छु र मैले ठूलो यातना भोगेको छु; कहिलेकहीँ म शोकले यति धेरै ग्रस्त भएको छु कि म रुन चाहन्थें, तर म आजको दिनसम्म यो मार्गमा हिँडेको छु। म विश्‍वास गर्दछु कि यो परमेश्‍वरले डोऱ्याउनुभएको बाटो हो, त्यसैले म सबै दुःखको यातना सहन्छु र अगाडि बढिरहन्छु। किनकि परमेश्‍वरले ठहराउनुभएको यही हो, त्यसकारण त्यसबाट को उम्कन सक्छ र? म कुनै आशिष् पाऊँ भनी माग्दिनँ; म केवल यति मात्र बिन्ती गर्दछु कि मैले जुन बाटोमा हिँड्नुपर्छ त्यसमा म परमेश्‍वरका अभिप्रायहरूअनुसार हिँड्न सकूँ। म अरूले हिँडेको बाटो हिँड्दै अरूको अनुकरण गर्न खोज्दिनँ; म यति मात्रै चाहन्छु कि, मेरो तोकिएको मार्गमा हिँडेर मैले मेरो भक्तिसाथ पूर्ण रूपमा पूरा गर्न सकूँ। … कि एक व्यक्तिले जति दुःख भोग्नुपर्छ र उनीहरूले आफ्नो मार्गमा जति दूरी हिँड्नु पर्ने हुन्छ त्यो परमेश्‍वरद्वारा तोकिएको हुन्छ, र कसैले पनि अरू कसैलाई वास्तवमा सहायता गर्न सक्दैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मार्ग … (६))। परमेश्‍वरका वचनहरूको बारेमा विचार गर्दा मैले के बुझें भने व्यक्तिले जति नै कष्ट भोगे पनि उसले कति धेरै बाटो हिँड्नुपर्छ भन्‍ने कुरा परमेश्‍वरले पहिले नै निर्धारित गर्नुभएको हुन्छ। मेरो मार्गमा जति आँधीबेहरी आउँथ्यो, मेरो साँचो कद त्यति नै प्रकट हुन सक्थ्यो। पहिले मेरा छोराछोरी सबै मसँगै थिए र हाम्रो शान्तिपूर्ण र एकीकृत परिवार थियो। त्यो बेला म आफ्‍नो पछ्याइमा जोशका साथ लागिपरेकी थिएँ। तर अहिले ठूलो रातो अजिङ्गरको दमन र खेदोको कारण मेरा छोराछोरी भागिहिँड्नु परेकोले म व्याकुल, निराश, र गुनासोले भरिएकी थिएँ। त्यो दमन र कठिनाइले मलाई खुलासा गरेको थियो। त्यसपछि मात्रै मैले के महसुस गरेँ भने मैले त परमेश्‍वरको आशिष्‌ र अनुग्रह पाउन, देहको सुखमा रमाउनको लागि मात्रै विश्‍वास गरेकी रहेछु। यो सत्यताको पछि लाग्‍न वा परमेश्‍वरमा समर्पित हुनको लागि हुँदै होइन रहेछ। त्यो कसरी साँचो विश्‍वास थियो र? यदि ती कठिन परिस्थितिहरूले मलाई त्यसरी खुलासा नगरेको भए मैले मेरो विश्‍वासको गलत पछ्याइलाई कहिल्यै पनि देख्‍ने थिइनँ। मैले शान्तिपूर्ण वातावरणमा त्यस्तो बुझाइ प्राप्त गर्न सक्‍नेथिइनँ। मैले अनुग्रह परमेश्‍वरले दिनुहुने आशिष्‌ हो, तर त्योभन्दा पनि बढी कठिनाइ र परीक्षा परमेश्‍वरको आशिष्‌ हो भन्‍ने कुरा बल्‍ल देखेँ। भविष्यमा मेरो मार्ग जति नै कठिन भए पनि मैले परमेश्‍वरमा भरोसा गरेर यसबाट पार पाउनुपर्छ—म परमेश्‍वरको नियम र बन्दोबस्तमा समर्पित हुनुपर्छ भन्ने मलाई थाहा थियो। मैले अरू सिस्टरहरूसँग मिलेर नियमित रूपमा परमेश्‍वरका वचनहरू पढिरहेँ, र भेला भएर परमेश्‍वरका वचनहरूमा सङ्गति गरिरहेँ। मलाई बिस्तारै सहज महसुस हुन थाल्यो।

केही समय बित्यो, र कम्युनिस्ट पार्टीले फेरि पनि सबै ठाउँका विश्‍वासीहरूलाई खेदो गर्दै पक्राउ गर्न थाल्यो, यसरी जताततै गुप्तचर, सुराकी र “रातो पेटी बाँधेका जासूसहरू” पठाउन थाल्यो। म त्यो ठाउँको बासिन्दा थिइनँ, र म मुख्य निसाना बनेकी थिएँ। त्यो बेला म पक्राउ पर्छु होला भन्‍ने डर थियो, र मलाई मेरा छोराछोरी पक्राउ पर्छन् भन्‍ने कुरामा झन् सधैँ डर हुन्थ्यो। म राती सुत्‍न सक्दिनथिएँ, र कहिलेकहीँ म नराम्रो सपना समेत देख्थेँ। म मेरा छोराछोरीलाई पुलिसले यातना दिएको सपना देख्थेँ। चिन्ता र डर, अनि निराशामा यति लामो समय जिउनु परेकोको कारण मलाई हाइपरथाइराइड भयो र म दुब्‍लाएर हाड र छाला मात्रै भएँ। मेरो मुटुको ढुकढुकी कमजोर भएको थियो र हिँड्न समेत गाह्रो हुन्थ्यो। मलाई ओछ्यानबाट उठ्न समेत हम्‍मे-हम्‍मे हुन्थ्यो। मलाई आफ्‍नै घरमा रहँदाको समय याद आउँथ्यो। म बिरामी हुँदा मेरा सबै छोराछोरी साथमै हुन्थे, मेरो हेरचाह गर्थे, अनि मेरो सानो नातिले यसो भन्दै बोलाइरहेको हुन्थ्यो, “बजू! बजू!” यो सबै कति मायालु लाग्थ्यो। तर कम्युनिस्ट पार्टीले हामीलाई टाढा हुन बाध्य पारेको थियो, मैले मेरा छोराछोरीलाई भेट्न पाउँदिनथिएँ, र तिनीहरू कहाँ छन् भन्‍ने मलाई केही थाहा थिएन। मैले यसको बारेमा जति विचार गर्थेँ मलाई त्यति नै खिन्‍न लाग्थ्यो। उठ्न समेत कठिन भएकोले म ओछ्यानमा नै घुँडा टेकेर बस्थेँ, पीडाले रुन्थेँ अनि परमेश्‍वरसँग प्रार्थना गर्थेँ, “हे परमेश्‍वर! अहिले मलाई निकै गाह्रो भइरहेको छ! म त मर्ने बेला भयो। हे परमेश्‍वर, बिन्ती छ, मलाई यो कष्ट सहने सङ्कल्प र विश्‍वास दिनुहोस्, ताकि म दह्रिलो गरी खडा हुन सकूँ।” प्रार्थना गरिसकेपछि मैले परमेश्‍वरको यो वचन पढेँ: “कामको यस चरणमा हामीबाट ठूलो विश्‍वास र प्रेम आवश्यक हुन्छ। थोरै लापरवाहीको कारण हामीले ठक्कर खान सक्छौं, किनकि यस चरणको काम पहिलेका सबै चरणहरू भन्दा फरक छ: परमेश्‍वरले जे सिद्ध पार्दै हुनुहुन्छ त्यो मानवजातिको विश्‍वास हो, जुन अदृष्य र अमूर्त दुवै छ। परमेश्‍वरले जे गर्नुहुन्छ त्यो वचनहरूलाई विश्‍वासमा, प्रेममा र जीवनमा परिवर्तन गर्नु हो। मानिसहरू त्यो विन्दुमा पुग्नुपर्छ जहाँ तिनीहरूले सयौं शुद्धीकरणहरू सहन गरिसकेका हुन्छन् र तिनीहरूले अय्यूबको भन्दा ठूलो विश्‍वास धारण गरिसकेका हुन्छन्। तिनीहरूले परमेश्‍वरलाई नछाडीकनै अविश्‍वसनीय कष्ट र हरप्रकारका यातना सहन गर्नुपर्छ। जब तिनीहरू मृत्युसम्मै समर्पित रहन्छन्, र तिनीहरूसँग परमेश्‍वरमाथिको ठूलो विश्‍वास हुन्छ, तब परमेश्‍वरको कामको यो चरण पूरा हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मार्ग … (८))। परमेश्‍वरका वचनहरूबाट मैले के बुझें भने आखिरी दिनहरूको उहाँको काम भनेको मानिसहरूको विश्‍वासलाई सिद्ध पार्नु हो। जब हामी रोग-बिमारमा पर्छौँ, तब त्यसमा परमेश्‍वरका असल अभिप्रायहरू लुकेका हुन्छन्; हामीले सत्यताको खोजी गरेर अय्यूबको विश्‍वासको उदाहरणलाई पछ्याउनुपर्छ। अय्यूबले त्यस्तो ठूलो परीक्षाको सामना गरे र तिनका शरीरभरि खटिरा आएको थियो, र जब तिनले सहन नसक्‍ने अवस्था आयो, तब तिनी खरानीमा बसे र खपटाले जिऊ कन्याउन थाले। अय्यूबकी पत्‍नीले तिनलाई परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वास त्याग्‍न लगाउँदा तिनले भने: “के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र दुष्टताचाहिँ ग्रहण नगर्ने?” (अय्यूब २:१०)। अय्यूबमा परमेश्‍वरप्रति कुनै गलतबुझाइ वा दोष थिएन—तिनले आफ्‍नो विश्‍वासलाई कायम राखिरहे। तर म भने, मलाई हाइपरथाइराइड हुने बित्तिकै परमेश्‍वरलाई दोष दिएँ। परमेश्‍वरप्रति मसँग कति सानो विश्‍वास रहेछ, र मैले कसरी परमेश्‍वरको इच्‍छा बुझेकी छैन भन्‍ने कुरा देखेँ। हामीलाई मुक्ति दिन परमेश्‍वर देह बन्‍नुभएको छ र पृथ्वीमा आउनुभएको छ, र यति ठूलो अपमान, कम्युनिस्ट पार्टीको दमन र अत्याचार अनि धार्मिक संसारको इन्कार सहनुभएको छ। परमेश्‍वरले मानवजातिलाई मुक्ति दिन सबै कुरा बलिदान दिनुभएको छ, तर सानो कष्टमा पनि म नकरात्मक बनेकी थिएँ, र मैले परमेश्‍वरलाई दोष समेत दिएँ। म परमेश्‍वरप्रति अत्यन्तै धेरै ऋणी थिएँ। त्यसपछि मैले विगत युगका सन्तहरूको बारेमा विचार गरेँ जसलाई परमेश्‍वरको खातिर सतावट गरियो र शहीद बनाइयो। तिनीहरूले आफ्‍नो ज्यान दिएर परमेश्‍वरको लागि गवाही दिएका थिए—त्योभन्दा बढी सम्‍मानजनक कुरा अरू केही थिएन। हाम्रो सम्पूर्ण परिवार कम्युनिस्ट पार्टीको सतावटमा परिरहेको भए पनि, हामीले परमेश्‍वरको लागि गवाही दिने मौका पाएका थियौँ। यो परमेश्‍वरले हामीलाई गर्नुभएको उत्थान थियो। हाम्रो अशुद्धता र भ्रष्टताको आधारमा, हाम्रो पहिचानको आधारमा त हामी परमेश्‍वरको निम्ति गवाही दिन योग्यका थिएनौँ। मैले परमेश्‍वरको इच्‍छा बुझेपछि, मलाई उप्रान्त त्यति धेरै नराम्रो लाग्‍न छोड्यो। एक जना सिस्टरले मेरो स्वास्थ्य सम्‍बन्धी समस्याको बारेमा थाहा पाइन् र अस्पतालबाट मेरो लागि केही औषधि ल्याइन्। दिन-प्रतिदिन म क्रमिक रूपमा निको हुन थालेँ। साँच्‍चै परमेश्‍वरलाई धन्यवाद होस्!

म धेरै वर्षसम्‍म भागिहिँडेकी थिएँ, र पुलिसको खोजी र पक्राउबाट बच्‍न म बाकस र आलुको ढुकुटीमा लुकेँ, र परमेश्‍वरको अचम्‍मको सुरक्षाद्वारा म एकपछि अर्को खतरनाक परिस्थितिबाट बच्‍न सकेँ। सन् २००८ को डिसेम्‍बर महिनामा सुसमाचार प्रचार गरेको कारण मेरो बारेमा उजुरी गरिएको रहेछ। यो निकै तनावग्रस्त स्थिति थियो—हामीलाई पक्राउ गर्न धार्मिक पादरीहरूले पुलिस अफिसरहरू ल्याएका थिए। मलाई फरार अपराधी ठहराइएको थियो, त्यसकारण पुलिसले साँच्‍चै मलाई पक्राउ गरे भने तिनीहरूले मलाई सहजै छोड्नेथिएनन्। मेरा ब्रदर-सिस्टरहरूले मलाई तुरुन्तै एउटा एकान्त गाउँमा लिएर गए, र सिस्टर लि छिन्यूले मेरो लागि केही खानेकुरा र अरू आवश्यक सामग्रीहरू ल्याइदिने गर्थिन्। तर केही महिनापछि, छिन्यू अचानक आउन छोडिन्—किन हो मलाई थाहा थिएन। त्यो ठाउँमा गोबरबाट बनाइएको गुइँठो पोल्‍ने गरिन्थ्यो। डिसेम्‍बर महिनामा माइनस बीस डिग्रीभन्दा बढी चीसो हुन्थ्यो। गुइँठो सकिन लागेपछि मैले थोरै-थोरै पोल्‍न थालेँ। घरभित्र निकै चीसो हुन्थ्यो र पर्खालमा समेत तुसारो लाग्थ्यो। र बिहान उठ्दा मेरो टाउको तुषारोले ढाकिएको हुन्थ्यो। मलाई छिन्यू चाँडै आऊन् भन्‍ने आशा थियो, तर मैले पर्खिरहेँ-पर्खिरहेँ, उनी कहिल्यै आइनन्। यति चीसो थियो कि म घरमा उफ्रिरहन्थेँ। मलाई त्यो ठाउँमा म बिरानो परदेशी हुँ जस्तो लाग्थ्यो। मलाई बाहिर दाउरा किन्‍न जान समेत आँट आउँदैनथियो र मैले त्यहाँ अरू ब्रदर-सिस्टरहरूलाई भेट्टाउन सकिनँ। त्यो ठाउँ हिउँले ढाकिएको थियो र म बाहिर दाउरा खोज्‍न जानु सम्‍भव नै थिएन। छिन्यू आइनन् भने मैले के गर्ने होला? के म त्यहाँ कठ्याङ्ग्रिएर नै मर्छु कि? त्यो सोच्दा मेरो आङ जिरिङ्ग भयो र मैले विवश महसुस गरेँ। मैले हृदयमा परमेश्‍वरलाई बारम्‍बार प्रार्थना र पुकारा गरिरहेँ। त्यसपछि मलाई एलिया अगमवक्ताको बारेमा याद आयो—तिनी कुनै खानेकुरा र पानीविना मरुभूमिमा हुँदा परमेश्‍वरले तिनलाई खुवाउन रोटी र मासु ल्याउन कागहरूलाई आज्ञा दिनुभएको थियो। के यो काम परमेश्‍वर स्‍वयम्‌ले धेरै पहिले गर्नुभएको काम थिएन र? त्यस्तो परिस्थितिको सामना गर्दा ममा कसरी विश्‍वासको कमी भयो? मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ: “त्यस ठूलो रातो अजिङ्गरले परमेश्‍वरलाई सताउँछ अनि त्यो परमेश्‍वरको शत्रु हो, यसैले, यही देशमा, परमेश्‍वरमा विश्‍वास गर्नेहरू अपमान र उत्पीडनको सिकार बन्छन्…। त्यो ठूलो रातो अजिङ्गरको देशमा आफ्नो काम पूरा गर्नु परमेश्‍वरको निम्ति अत्यन्तै गाह्रो हुन्छ—तथापि यही कठिनाइद्वारा नै परमेश्‍वरले उहाँको बुद्धि र उहाँका अचम्‍मका कामहरू प्रकट गर्दै, अनि मानिसहरूको यो समूहलाई पूर्ण बनाउन यो मौका प्रयोग गर्दै, उहाँ आफ्नो कार्यको एउटा चरण गर्नुहुन्छ। मानिसहरूको कष्ट भोगाइद्वारा, तिनीहरूकै क्षमताद्वारा, अनि यस फोहोर देशका मानिसहरूको सारा शैतानिक स्वभावद्वारा नै परमेश्‍वरले शुद्धीकरण र विजयको कार्य गर्नुहुन्छ, ताकि यसद्वारा उहाँले महिमा पाउन सक्‍नुभएको होस्, अनि उहाँले आफ्‍ना कार्यहरूको साक्षी बन्‍नेहरूलाई प्राप्त गर्न सक्‍नुभएको होस्। मानिसहरूको यस समूहका निम्ति परमेश्‍वरले गर्नुभएका सबै बलिदानको पूर्ण महत्त्व यही नै हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?)। यो पढ्दा मैले तुरुन्तै अन्तर्दृष्टि पाएँ। आखिरी दिनहरूमा परमेश्‍वरले विजेताहरूको समूह निर्माण गर्ने आफ्‍नो काम समाप्त गर्न ठूलो रातो अजिङ्गरलाई सेवाकर्ताको रूपमा प्रयोग गर्नुहुन्छ। म भ्रष्ट व्यक्ति हुँ, त्यसकारण परमेश्‍वरको काम अनुभव गर्ने, ठूलो रातो अजिङ्गरको दमन र पक्राउको सामना गर्दै परमेश्‍वरको लागि गवाही दिने मौका पाउनु परमेश्‍वरले मलाई दिनुभएको ठूलो सम्‍मान थियो, र जति नै धेरै कष्ट सहनु परे पनि यो सार्थक नै थियो! यो महसुस गरेपछि मैले परमेश्‍वरको नियम र बन्दोबस्तमा समर्पित हुन तयार हुँदै परमेश्‍वरसँग प्रार्थना गरेँ। म त्यहाँ कठ्याङ्ग्रिएर मर्नु नै परे पनि मसँग कुनै गुनासो हुनेथिएन। म समर्पित भएपछि अचानक अर्की सिस्टर आइन्। छिन्यूको क्रियाकलापको बारेमा पुलिसले निगरानी गरिरहेको हुनाले मलाई पनि मुछ्ने डरले उनी फेरि आउन छोडेकी रहेछिन् भन्‍ने मलाई थाहा भयो। त्यस सिस्टरले त्यो ठाउँ कति चिसो छ भन्‍ने देखेर मलाई उनको घरमा बस्‍न लगिन्। उनले आफ्‍नो श्रीमान विश्‍वासी नरहेको र काम गर्न छोडेको धेरै वर्ष भएको कुरा बताइन्। अहिले तिनले बाहिर गएर काम गर्ने र पछि नहट्ने अठोट गरेका रहेछन्। तिनका श्रीमान घरमा भएको भए म त्यहाँ बस्‍ने कुनै उपाय हुने थिएन—यो साँच्‍चै नै परमेश्‍वरले मेरो लागि ढोका खोलिदिनुभएको थियो! उनले यसो भनेको सुन्दा म यति खुशी भएँ कि मेरो आँखाबाट आँसु बग्‍न थाले। परमेश्‍वरले मेरो लागि सबै कुरा मिलाइसक्‍नुभएको रहेछ भन्‍ने मैले थाहा पाएँ—यति मात्र हो, ममा विश्‍वासको कमी रहेछ, अनि केही कठिनाइहरूको सामना गर्दा म नकरात्मक र कमजोर बनेँ। परमेश्‍वरको प्रेम अत्यन्तै वास्तविक छ र मैले यसको साँचो स्वाद पाएकी थिएँ।

सन् २०१४ मा, कम्युनिस्ट पार्टीले सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीको विरुद्धको आफ्‍नो सतावटलाई अझै बढायो, र देशभरिका इसाईहरूलाई पागलले झैँ पक्राउ गर्न सशस्‍त्र प्रहरी खटायो। मलाई फेरि पनि मेरा छोराछोरीको चिन्ता लाग्‍न थाल्यो, र त्यो बेला तिनीहरूको अवस्था के छ मलाई थाहा थिएन। त्यसपछि एक दिन मेरा सिस्टरहरूसँग भिडियो हेरिरहेकी थिएँ, हेर्दै गर्दा अचानक एउटा दृश्य आयो जसमा मलाई मेरो छोरा देखेजस्तो लाग्यो। मलाई त पत्याउनै गाह्रो भयो—मैले आँखा माडेँ र केही छुट्ला कि भनेर फेरि भिडियोमा नजर लगाएँ। केही समयपछि नै, मेरो छोरा फेरि देखा पर्‍यो, र यस पटक दृश्य स्पष्ट थियो। मेरै छोरा हो भन्‍नेमा म निश्‍चित थिएँ। मैले चिच्याउँदै भने, “अहो!” त्यसपछि भनेँ, “मेरो छोरा, मेरो छोरा! मेरो छोरा देशबाट बाहिर गएको रहेछ!” त्यसको ठीक पछि, अर्को दृश्य झलक्‍क देखेँ जहाँ मैले मेरो कान्छो छोरालाई देखेँ। म यति हर्षित भएँ कि म बसेको ठाउँबाट जुरुक्‍क उठेँ। तिनीहरू कहिले चीनबाट गएछन्? परमेश्‍वर साँच्‍चै नै सर्वशक्तिमान् हुनुहुन्छ! मैले हेरिरहेँ र त्यसमा मेरी बुहारीलाई पनि देखेँ। तिनीहरू सबै देशबाट बाहिर गएका रहेछन् र अब मैले तिनीहरूको सुरक्षाको बारेमा चिन्ता गर्नु आवश्यक थिएन। म यति भावुक भएँ कि आँखा आँसुले भरिएर धमिलो भयो, र मैले मनमनै परमेश्‍वरलाई बारम्‍बार धन्यवाद दिइरहेँ। मेरा सिस्टरहरूले पनि खुशी हुँदै परमेश्‍वरको सर्वशक्तिमान्‌ताको प्रशंसा गरिरहेका थिए। मेरा दुई जना छोरा र बुहारी सबैलाई कम्युनिस्ट पार्टीले पक्राउ गर्न चाहेको थियो, तर पार्टीकै आँखा अगाडि तिनीहरू विदेश भागेर गएका थिए—यो परमेश्‍वरको अख्तियार र शक्ति थियो। पहिले, म सधैँ मेरा छोराहरूको सुरक्षाको फिक्री गर्थेँ, तर त्यो दिन मैले शैतान जति नै निर्दयी भए पनि, यो परमेश्‍वरकै नियन्त्रणमा हुन्छ भन्‍ने देखेँ। परमेश्‍वरले अनुमति दिनुभएन भने शैतानले हामीलाई हात लगाउन सक्दैन। यो महसुस गरेपछि यसले परमेश्‍वरमाथिको मेरो विश्‍वासलाई अझै बलियो बनायो।

१६ वर्षसम्‍म भागदौड गर्दै हिँडेपछि, सन् २०१८ मा मेरी छोरीले अवस्था बुझ्‍न घर फर्केर आउने खतरा मोलिन्, र अत्यन्तै नराम्रो खबर लिएर आइन्—मेरो १२ वर्षको नातिले ठूलो रातो अजिङ्गरको सतावट सहन नसकेर आत्‍महत्या गरेछ। मेरो जेठा छोरा भागेपछि पुलिस निरन्तर मेरो घरमा र स्कूलमा गएर मेरो नातिलाई डरत्रास देखाउने गरेका रहेछन्, उसलाई उसको बाबुको बारेमा बताउन जोरजुलुम गर्दै त्यो कुरा नबताए उसलाई बाँकी जीवनभरि जेलमा राख्‍ने भनेर तर्साउने गरेका रहेछन्। ऊ अत्यन्तै डराएका थियो, त्यसकारण उसले जतिबेला पनि नराम्रो सपना देख्न थाल्यो। पुलिसले उसका शिक्षकहरूलाई पनि कक्षाका साथीहरू लगाएर तिनलाई बहिस्कार र दुर्व्यवहार गर्न अह्राएका रहेछन्। ऊ आफ्‍ना शिक्षक र कक्षाका साथीहरूदेखि डराउँथ्यो, र उसलाई सोधपुछ गर्न र दबाउनको लागि पुलिस लागिपरेको देख्दा ऊ झनै डराएको थियो। पुलिसको दुर्व्यवहार र हेपाइको सन्त्रासमा चार वर्ष बिताएपछि मेरो नाति सहन नसक्‍ने अवस्थामा पुग्‍यो। उसले घरमा झुण्डिएर आत्‍महत्या गर्‍यो। यो खबर सुनेपछि म रन्थनिएँ र झण्डै बेहोस भएँ। केही समयसम्‍म त मेरो होस नै फर्केन। पुरानो दियाबलस कम्युनिस्ट पार्टीले मेरो सम्पूर्ण परिवारलाई तोडेको मात्र थिएन, तर मेरो सानो नातिलाई समेत छाडेको थिएन। ऊ भर्खर १२ वर्षको रमाउने र बढ्दो उमेरमा थियो, तर उसलाई कम्युनिस्ट पार्टीले मर्न बाध्य पार्यो। म पूर्ण रूपमा शोकमा डुबेँ, र दुष्ट कम्युनिस्ट पार्टीप्रति क्रोधित भएँ। म कति पीडामा छु भन्‍ने मेरी छोरीले देखेपछि, उनले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेर मलाई सुनाइन्: “यस्तो अन्धकारको समाजमा जहाँ भूतहरू निर्दयी र अमानवीय हुन्छन्, जहाँ शैतानका राजाले कुनै चासो नराखी मानिसहरूलाई मार्छ, त्यसले यस परमेश्‍वरको अस्तित्वलाई कसरी सहन गर्न सक्छ जो प्रेमिलो, दयालु, साथै पवित्र पनि हुनुहुन्छ? त्यसले परमेश्‍वरको आगमनको प्रशंसा र जयजयकार कसरी गर्न सक्छ? यी चापलुसहरू! तिनीहरूले दयाको बदलीमा घृणा गर्छन्, तिनीहरूले धेरै पहिलेदेखि नै परमेश्‍वरलाई शत्रुको रूपमा व्यवहार गर्न थालेका छन्, तिनीहरूले परमेश्‍वरसित दुर्व्यवहार गर्छन्, तिनीहरू चरम रूपमा क्रूर छन्, तिनीहरूमा परमेश्‍वरप्रति अलिकति पनि आदर छैन, तिनीहरू लुट्छन् र खोस्छन्, तिनीहरूले सबै विवेक गुमाएका छन्, तिनीहरू सबै विवेकको विरुद्धमा जान्छन्, तिनीहरूले निर्दोष मानिसहरूलाई असमझतातर्फ लोभ्याउँछन्। प्राचीनका पुर्खाहरू? प्रिय अगुवाहरू? तिनीहरू सबैले परमेश्‍वरको विरोध गर्छन्! तिनीहरूका हस्तक्षेपले आकाशमुनिका सबैलाई अन्धकार र अराजकताको स्थितिमा छोडेको छ। धार्मिक स्वतन्त्रता? नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै पाप ढाक्ने युक्तिहरू हुन्। … समय अहिले नै हो: त्यस दियाबलसको घृणित अनुहार तोड्न र अन्धो पारिएका र हरप्रकारका दुःख र कठिनाइ झेलेका मानिसहरूलाई तिनीहरूको पीडाबाट उठ्ने र त्यो बूढो दियाबलसको विरुद्ध विद्रोह गर्नका निम्ति मानिसले धेरै समयदेखि आफ्ना सबै शक्ति जम्मा गर्दैआएको छ, उसले आफ्ना सबै प्रयासहरू समर्पण गरेको छ र यसका लागि हरेक मूल्य चुकाएको छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (८))। कम्युनिस्ट पार्टी परमेश्‍वरको शत्रु हो—यो परमेश्‍वरको विरोध गर्ने र मानिसहरूलाई निल्‍ने दैत्य हो। यसले सबै विश्‍वासीलाई पक्रेर परमेश्‍वरको कामलाई पूर्ण रूपमा रोक्‍न मन पराउँछ—यसले सारा मानवजातिलाई सदासर्वदाको लागि नियन्त्रण गर्न मरिहत्ते गरिरहेको छ। परमेश्‍वरले आखिरी दिनहरूमा मानवजातिलाई मुक्ति दिन काम गरिरहनुभएको छ, र कम्युनिस्ट पार्टी त्यसलाई रोक्‍न, त्यसमा बाधा दिन पागलझैँ लागिपरेको छ। यसले सब विश्‍वासीहरूलाई पूर्ण रूपमा परास्त पार्न मरिहत्ते गर्छ—तिनीहरूले १२ वर्षको बालकलाई समेत छोड्दैनन्। तिनीहरूले हामीलाई यति सताए कि हाम्रो परिवार घर फर्कन समेत सकेन, हामी अलग भएका थियौँ र मेरो नातिको मृत्यु भएको थियो। कम्युनिस्ट पार्टी अत्यन्तै दुष्ट छ, मानव जीवनलाई कुनै सम्‍मान नगर्ने दुष्ट छ। यो कुनै हिचकिचाहटविना मानिसहरूलाई हत्या गर्ने दियाबलसहरूको राजकुमार हो। मलाई हृदयको गहिराइदेखि नै यसप्रति घृणा जाग्यो, र यसले मलाई यसरी जति सतायो, मैले परमेश्‍वरलाई पछ्याउन र यो पुरानो दियाबलसलाई लाजमा पार्न त्यति नै सङ्कल्‍प गरेँ।

कम्युनिस्ट पार्टीले आजको दिनसम्‍म पनि मेरो परिवारलाई खेदो गरिरहेको छ। १९ वर्षसम्‍मको भगुवा जीवनलाई फर्केर हेर्दा के देख्छु भने परमेश्‍वरका वचनहरूले नै मलाई आजको दिनसम्‍म अगुवाइ गर्दै र अन्तर्दृष्टि दिँदै विश्‍वास र शक्ति दिएको छ। परमेश्‍वरको सुरक्षा नपाएको भए, परमेश्‍वरका वचनहरूले मलाई अगुवाइ र भरणपोषण नदिएको भए, सायद मैले धेरै पहिले नै यो संसार छोडिसकेको हुनेथिएँ, म मरिसकेको वा पागल भइसकेको हुनेथिएँ। हामी विश्‍वासी भएकै कारण कम्युनिस्ट पार्टीले हामीलाई हरसम्‍भव खेदो गरिरहेको छ, जसले गर्दा म घर फर्केर जान सकेकी छैन अनि यसले मेरो परिवार तोडेको छ। कम्युनिस्ट पार्टी अत्यन्तै कुमतिको छ—यो परमेश्‍वरलाई घृणा गर्ने, परमेश्‍वरको विरोध गर्ने भूत हो। म यसलाई मेरो हृदयको अन्तस्करणबाट नै त्याग्छु र इन्कार गर्छु! आजको दिनसम्‍म बाँच्‍ने सौभाग्य पाउनु परमेश्‍वरकै रेखदेख र सुरक्षाले गर्दा हो। परमेश्‍वरले मात्रै मानिसहरूलाई साँचो रूपमा प्रेम गर्नुहुन्छ, र साँचो रूपमा मुक्ति दिनुहुन्छ। मैले परमेश्‍वर कति प्रेमिलो हुनुहुन्छ भन्‍ने कुरा देखेकी छु, र परिस्थिति जति नै कठिन, जति नै गाह्रो भए पनि, म अन्त्यसम्‍मै परमेश्‍वरलाई पछ्याउनेछु, आफ्‍नो कर्तव्य पूरा गर्नेछु, र परमेश्‍वरको प्रेमको ऋण तिर्नेछु! परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परीक्षा र संकष्टहरूमार्फत सिद्ध तुल्याइएको विश्‍वास

शू चाङ्ग, दक्षिण कोरियासन् १९९३ मा मेरी आमाको स्वास्थ्यमा समस्या आयो, जसको परिणामस्वरूप मेरो सबै परिवारले प्रभु येशूमा विश्‍वास गर्न...

सोधपूछ कोठामा दिइएको यातना

जियाओ मिन, चीनसन् २०१२ मा, सुसमाचार प्रचारको क्रममा मलाई चिनियाँ कम्युनिस्ट पार्टीले गिरफ्तार गर्‍यो। १३ सेप्टेम्बरको साँझ म घर फर्केँ,...

बीस दिनको वेदना

ये लिन, चीनडिसेम्‍बर २००२ को एक दिन अपरान्‍ह ४ बजेतिर, म सडकको एक छेउमा उभिएर फोनमा बोलिरहेको थिएँ, मलाई अचानक पछाडिबाट कसैले कपाल र हातमा...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्