शैतानका परीक्षाहरूका बीचमा विजयी भएको

15 अक्टोबर 2021

चेन लु, चीन

डिसेम्बर २०१२ तिरको कुरा हो, जब म सहरभन्दा बाहिर सुसमाचारको प्रचार गरिरहेको थिएँ। एक दिन बिहान म एक दर्जनभन्दा धेरै अन्य दाजुभाइ-दिदीबहिनीहरूसँग एउटा भेलामा गएकी थिएँ, अचानक ढोकामा टकटक आवाज आयो र अनि छ-सात जना प्रहरी अधिकारी आक्रामक तरिकाले लाठीचार्ज गर्दै पसे। उनीहरूले हामीलाई छिन्नभिन्न बनाए, त्यो ठाउँलाई अस्तव्यस्त बनाउँदै खानतलासी गर्न सुरु गरे। एक जना सिस्टरले अगाडि बढेर सोधिन्, “हामीले कुनै कानुन तोडेका छैनौं—तपाईंहरूको तलासी लिने के अधिकार छ?” एउटा अधिकारीको रिसाएको जवाफ थियो, “खबरदार! जहाँ तँलाई बस्न भनिएको छ त्यहीँ बस्, र बोल् नभनिन्‍जेलसम्‍म नबोल्!” त्यसपछि तिनले उनलाई जोडले धकेलेर भुइँमा लडाइदियो, उनको एउटा नङ भाँचियो र रगत आयो। प्रहरी कति दुष्ट हुन्छन् भन्ने देखेर मलाई रिस पनि उठ्यो, र डर पनि लाग्यो, त्यसकारण मैले मनमनै प्रार्थना गरेँ, परमेश्‍वरसँग मलाई विश्‍वास र शक्ति दिनको लागि अनुनय गरेँ, ताकि म उहाँको लागि साक्षी बन्न सकूँ। प्रार्थना गरिसकेपछि मलाई धेरै शान्ति महसुस भयो। त्यो ठाउँ पूरै खानतलासी गरिसकेपछि प्रहरीले केही सुसमाचार सामग्री र परमेश्‍वरका वचनहरूको पुस्तक जफत गर्‍यो र हामी सबैलाई तिनीहरूको गाडीमा हाल्यो।

प्रहरी स्टेसनमा, हामीसँग भएका सबै कुरा तिनीहरूले खोसे र हाम्रो नाम, ठेगाना र मण्डली अगुवा को हो भनेर सोधे। मैले एक शब्द पनि भनिनँ। अनि जब तिनीहरूले मलाई एक्लै सोधपुछ गर्ने तयारी गर्न थाले, मलाई साँच्चै नै डर लाग्न थाल्यो। प्रहरीले सुसमाचार प्रचार गर्न यात्रा गरिरहेको भेट्टाएका व्यक्तिसँग धेरै क्रूर हुन्छन् भन्‍ने मैले सुनेकी थिएँ, र तिनीहरूले मलाई सोधपुछको प्रमुख लक्ष्य बनाएका थिए। यो मेरो लागि निकै भयानक कुरा थियो। ठीक त्यही बेला मेरो दाहिनेतिर रहेकी सिस्टरले यसो भन्दै प्रार्थना गरेको सुनें, “हे परमेश्‍वर तपाईं हाम्रो बलियो धरहरा हुनुहुन्छ, हाम्रो शरण लिने ठाउँ हुनुहुन्छ। शैतान तपाईंको पाउमा छ। म तपाईंको वचनहरूमा भरोसा गर्न चाहन्छु, साक्षी बन्न चाहन्छु र तपाईंलाई सन्तुष्ट गर्न चाहन्छु!” यसले मेरो हृदय उज्ज्वल बनायो, र मैले सोचेँ, “त्यो कुरा सही हो। परमेश्‍वर हाम्रो आड हुनुहुन्छ, त्यसैले मैले डराउनुपर्ने नै के छ र? जबसम्म म परमेश्‍वरमा निर्भर हुन्छु, मैले निश्चित रूपमा शैतानमाथि विजय प्राप्त गर्न सक्छु।” मेरो डर कम भयो र मलाई त्यही समय लाज पनि लाग्यो। यो क्षणमा पनि उनले आफ्नो विश्‍वासमा नडगमगाइकन परमेश्‍वरसँग प्रार्थना गरिन् र उहाँमाथि भरोसा राखिन्, तर मैले एउटा विश्‍वासीमा हुनुपर्ने हिम्मत पूर्णरूपमा गुमाउँदै डरले काँपिरहेकी थिएँ। यो सिस्टरको प्रार्थनाको प्रोत्साहन र मद्दत, अर्थात्, परमेश्‍वरको प्रेमले गर्दा मैले मनमनै म निश्चित रूपमा साक्षी बन्नेछु, म यहूदा बनेर परमेश्‍वरलाई बिलकुलै धोका दिनेछैन भन्दै मेरो हृदयमा संकल्प गरेँ।

करिब १० बजेतिर दुई जना अधिकारीले मलाई हतकडी लगाए र व्यक्तिगत सोधपुछको लागि एउटा कक्षमा लगे। एउटाले मलाई स्थानीय भाषामा केही भन्यो जुन मैले बुझ्न सकिन, अनि मैले उसले के भनेको भनेर सोधेँ। म छक्‍क परेँ किनभने यो कुराले तिनीहरू सबै क्रोधित भए, र उसको छेउमा उभिएको अर्को व्यक्तिले मेरो कपालमा समात्यो र मेरो टाउको अगाडि पछाडि झड्कार्‍यो। यसले मलाई रिङ्गटा लाग्यो र ज्ञान हराएजस्तो भयो; मेरो कपालको जरामा चिरिँदै गरेको जस्तो महसुस भयो र मेरो कपाल भुइँभरि छरिएको थियो। त्यसलगत्तै अर्को अधिकारी मतिर भुक्न थाल्यो, “हामी यो कुरा तँबाट एउटा तरिकाले नभए अर्को तरिकाबाट निकाल्ने नै छौं। बोल्! तँलाई धर्म परिवर्तन गर्नको लागि कसले पठायो?” मैले “सुसमाचार बाँड्नु मेरो कर्तव्य हो” भनेर मात्र के भनेको थिएँ, त्यसपछि तिनले मेरो कपालमा समात्यो र मलाई थप्पड हान्न सुरु गर्‍यो, अनि चिच्याउँदै भन्यो, “तैंले त्यो सुसमाचार फेरि बाँडेको म हेर्न चाहन्छु!” पिटाइले मेरो अनुहार पोलिरहेको थियो र सुन्निदै गएको थियो। तिनले आफू थकित भएपछि मात्र छोड्यो, तर तिनले मलाई प्रश्नहरू गरिरह्यो। “तँ यहाँकी होइनस्—धेरै राम्रोसँग बोल्छेस्, तँ साधारण व्यक्ति मात्रै त होइनस्। आफ्नो मुख खोल्! तँ यहाँ किन आइस्? तँलाई यहाँ कसले पठायो? तेरो अगुवा को हो? …” मेरो मुटु उफ्रेर मेरो घाँटीमा आयो र मैले लगातार परमेश्‍वरलाई पुकारिरहें, उहाँसँग विश्‍वास र शक्ति मागिरहें। प्रार्थनाले मेरो चिन्तालाई स्थिर गरिदियो र मैले जवाफ दिएँ, “मलाई केही पनि थाहा छैन।” अनि तिनी टेबल ठटाउँदै चिच्यायो, “तँलाई पख्। तँलाई हामी अहिले नै ठेगान लगाउँछौं।” तिनले मेरो एमपी-फोर प्लेयर उठायो र यसलाई यता-उति चलाउन थाल्यो। तिनीहरूले मलाई यातना दिन के कस्तो युक्ति अपनाउलान् भनेर डराउँदै र सोच्दै मैले तुरुन्तै परमेश्‍वरलाई पुकारेँ। त्यति बेलै यस्तो भइदियो कि त्यो एमपी-फोर प्लेयरमा परमेश्‍वरका वचनहरूको पाठ यसो भन्दै बज्न थाल्यो, “संकष्टको समयमा मप्रति अलिकति पनि निष्ठा नदेखाउनेहरुप्रति, अब म कृपालु हुनेछैन, किनभने मेरो कृपा यहीँ सम्मका लागि मात्रै थियो। साथै, मलाई एकपटक विश्‍वासघात गर्नेहरुलाई म मनपराउँदिन, र आफ्ना साथीहरुको हितलाई बिक्री गर्नेहरुसँग संलग्न हुन झनै मनपराउँदिन। मानिस जोसुकै भए पनि मेरो स्वभाव यही हो। मैले तिमीहरुलाई यो भन्नैपर्छ: मेरो हृदय तोड्ने जोसुकैले मबाट दोस्रो पटक क्षमा पाउनेछैन, र मप्रति निष्ठावान् रहनेहरु सधैँ मेरा हृदयमा रहनेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्)। यो सुनेर वास्तवमा नै मेरो रौँ ठाडो भयो। मैले जब प्रभु येशूले उहाँको काम गरिरहनुभएको थियो, त्यो बेला उहाँको अनुसरण गर्ने र उहाँको कृपाको आनन्द लिने धेरै मानिसहरू थिए; तर जब उहाँलाई क्रूसमा झुन्ड्याइयो र रोमन सैनिकले पागलले झैँ इसाईहरूलाई गिरफ्तार गर्न थाले, तब तीमध्ये धेरै पछि हटे र डरले भागे। यो परमेश्‍वरको लागि धेरै मन दुखाउने कुरा थियो। ठीक त्यसैगरी, मैले पनि परमेश्‍वरको अनुग्रह र आशिषको आनन्द लिइरहेकी थिएँ, र आत्मविश्‍वासका साथ उहाँको अनुसरण गरिरहेकी थिएँ, तर मैले कष्ट झेल्नुपर्ने र मूल्य चुकाउनुपर्ने कठिनाइको सामना गर्दा, म डरपोक र भयभीत भएँ। त्यसले कसरी परमेश्‍वरको हृदयलाई सान्त्वना दिन सक्थ्यो? आखिरी दिनहरूमा, परमेश्‍वर देह बनेर चीन आउनुभएको छ, दानवहरूको यो भूमि जहाँ चिनियाँ कम्युनिस्ट पार्टीले शासन गर्छ, त्यहाँ भ्रष्ट भएका हामी मानवजातिलाई मुक्ति दिन आउनु भएको छ। उहाँले कम्युनिस्ट पार्टीको दमन र उत्पीडनबाट पीडित हुनुभएको छ, तर पनि उहाँले सत्यता व्यक्त गर्न र हामीलाई मार्गदर्शन गर्न कहिल्यै छोड्नुभएको छैन। हामीलाई मुक्ति दिन उहाँले चुकाउनुभएको मूल्य विशाल छ, र मैले स्वतन्त्र भएर परमेश्‍वरको मुक्तिको आनन्द लिइरहेकी थिएँ, तर मैले परमेश्‍वरलाई सन्तुष्ट गर्न अलिकति पनि कठिनाइको सामना गर्न सकिनँ। त्यो अत्यन्तै स्वार्थीपन थियो। मेरो विवेकमा दोषी महसुस हुँदैथियो र मलाई मप्रतिको परमेश्‍वरको प्रेम र रेखदेखको गहिरो अनुभूति भयो। मेरो कद कति अपरिपक्व छ र म शैतानको दुर्व्यवहारबाट भयभीत भएकी छु भन्‍ने परमेश्‍वरलाई थाहा थियो। त्यसैले मलाई प्रतिकूल परिस्थितिमा साक्षी बन्नको लागि मद्दत गर्न मैले सुन्‍ने गरी प्रहरीलाई उहाँको वचनहरूको पाठ बजाउन लगाएर उहाँले मलाई उहाँको इच्छा बुझ्ने अवसर दिनुभयो। म परमेश्‍वरको प्रेमबाट यति प्रभावित भएँ कि मेरो अनुहारबाट आँसु बग्न थाल्यो, र मैले चुपचाप प्रार्थना गरेँ, “परमेश्‍वर, म तपाईंलाई धोका दिनेछैन। शैतानले मलाई जतिसुकै पीडा दिए पनि, म दृढतापूर्वक साक्षी बन्नेछु र तपाईंको हृदयलाई सान्त्वना दिन शैतानलाई लाजमा पार्नेछु।”

त्यो अधिकारीले अचानक एमपी-फोर प्लेयर हातले प्रहार गरी बन्द गरिदियो र मलाई धम्की दिँदै भन्यो, “यदि तँ अझै पनि बोलिनस् भने, तेरो लागि मसँग अरू पनि धेरै कुरा छ।” त्यसपछि प्रहरीले मलाई भुइँमा खाली खुट्टा खडा गरायो र मेरो दाहिने हातलाई एउटा कंक्रीट ब्लकमा जडिएको फलामे रिङमा लगेर हतकडी लगायो, जुन वास्तवमा भुइँभन्दा तल थियो। तिनीहरूले मलाई बसाउनुको साटो कम्मरमा झुक्न लगाए, र तिनीहरूले मेरो अर्को हातलाई खुट्टामा भरथेग गर्नको लागि राख्न दिएनन्। केही बेरपछि जब म थप खडा हुन सकिरहेकी थिइनँ र म बसेँ, एउटा अधिकारीले मलाई चिच्याउँदै भन्यो, “बस्ने होइन! यदि तँ केही राहत चाहन्छेस् भने तैंले बोल्नु राम्रो हुन्छ!” मैले त्यो क्षणमा गर्नसक्ने भनेको आफूलाई त्यो आसनमा जबरजस्ती राख्नु थियो। केही बेरपछि, मलाई थाहा छैन कति लामो समयसम्म, मेरो पैतला हिउँ जस्तै चिसो भयो र मेरो खुट्टा पीडाले भरिएको र सुन्निएको थियो। म साँच्चै नै खडा हुन नसकेर तल बसेँ। प्रहरीले मलाई फेरि माथि उठायो र एक गिलास चिसो पानी मेरो गर्धनको पछाडिबाट खन्यायो, जसले गर्दा म झन् चिसोले काँपिरहेकी थिएँ। त्यसपछि तिनीहरूले मेरो हतकडी खोलिदिए, मलाई काठको कुर्सीमा बसाए, मेरो हातलाई मेरो पछाडि कुर्सीको दुवैतिर हतकडीले बाँधिदिए, झ्याल खोले र एयर कन्डिसनर चालू गरिदिए। चिसो हावा सोझै मतिर बहिरहेको थियो, म चिसोले काँपिरहेकी थिएँ र म चुपचाप नरोकिइकन प्रार्थना गरिरहेकी थिएँ, मेरो देहको कमजोरीमाथि विजय पाउन मद्दत गर्नको लागि परमेश्‍वरसँग यसको सामना गर्ने संकल्प मागिरहेको थिएँ। ठीक त्यही बेला मलाई परमेश्‍वरका वचनहरूको एउटा भजनको एक पंक्ति स्मरण याद आयो: “विश्‍वास भनेको एउटै मुढाको पुलजस्तो हुन्छ: दयनीय रूपले जीवनमा अलझिरहेका मानिसहरूलाई त्यो पार गर्न कठिनाइ हुनेछ, तर आफूलाई बलिदान दिन तयार रहेकाहरूले नडगमगाइ र निष्फिक्रीसित त्यसलाई पार गर्न सक्छन्(थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्को “रोगको शुरुआत परमेश्‍वरको प्रेम हो”)। प्रहरीले मलाई शारीरिक यातनाको माध्यमबाट मलाई परमेश्‍वरलाई धोका दिन लगाउन चाहन्छ, र यदि मैले देहको परवाह गरेँ भने म तिनीहरूको जालमा फस्नेछु भन्ने मैले महसुस गरेँ। मैले जत्तिसुकै कष्ट सहनु परे पनि, मैले परमेश्‍वरमा विश्‍वास राख्नु पार्थ्यो र म उहाँको साक्षी बन्नुपर्थ्यो। त्यसपछि, प्रहरीले चिसो पानीको एउटा ठूलो भाँडो ल्यायो र मेरो कपडा निथ्रुक्कै भिज्ने गरी गर्धनबाट पानी खन्यायो। मलाई कुनै हिमघरमा धकेलिँदैछजस्तो भयो। म यति धेरै काँपिरहेको देखेर एउटा अधिकारीले मलाई मेरो कपालमा समात्यो र मेरो टाउको जबरजस्ती माथि फर्कायो, मैले झ्यालबाट आकाशतिर हेरिरहेकी थिएँ, अनि मजाक गर्दै भन्यो, “तँलाई साह्रै जाडो लाग्यो, हैन त? ल तेरो परमेश्‍वरलाई बोलाएर तँलाई बचाउन अनुरोध गर्!” जब मैले तिनको कुरा बेवास्ता गरेँ, तब तिनले चिसो पानीको अर्को ठूलो भाँडो ममाथि खन्यायो, एयर कन्डिसनरलाई सबभन्दा न्यून बिन्दुमा सेट गरिदियो, र सोझै मतिर आउने बनायो। जमाउने चिसो हावा र बाहिरको ठन्डा वायुले मलाई फेरि एक पटक लपेट्यो, मलाई अति नै चिसो बनायो, त्यसैले म एउटा सानो भकुण्डोजस्तो आकारमा खुम्चिएर बसेँ। म अब जमेर ठोस हुनेवाला छु र मेरो रगत बरफमा बदलिँदैछ जस्तो मलाई लाग्यो। मेरो मनमा अनेकन् सोच आउन थाल्यो: “ममाथि ठन्डा पानी हाल्नु र यस्तो चिसो दिनमा पनि एयर कन्डिसनर प्रयोग गर्नु—तिनीहरूले मलाई जमाएर नै मार्न खोजिरहेका छन्, हैन त? यदि म यहाँ मरेँ भने मेरो परिवारलाई थाहा पनि हुँदैन…।” मैले जति धेरै यस्तो सोच्थें, त्यति धेरै म अँधेरोमा डुब्दै गएँ। ठीक त्यही बेला प्रभु येशूले मानिसहरूलाई छुटकारा दिनको लागि क्रूसमा पीडा भोग्नुभएको घटना अचानक मेरो मनमा आयो, जुन कुरालाई परमेश्‍वरका वचनहरूको यो खण्डमा उल्‍लेख गरिएको छ: “जुन प्रेमले शोधनको अनुभव गरेको हुन्छ त्यो प्रेम बलियो हुन्छ, कमजोर होइन। परमेश्‍वरले तँलाई जहिले वा जसरी उहाँका परीक्षाहरूमा पार्नुभए पनि, तैँले जिउने वा मर्ने चिन्तालाई पन्छाउन सक्षम हुनेछस्, सबै कुरा परमेश्‍वरका लागि खुशीसाथ त्याग्न सक्छस्, र खुसीसाथ परमेश्‍वरका लागि कुनै पनि कुरा सहन सक्छस्—यसप्रकार तेरो प्रेम शुद्ध हुनेछ र तेरो विश्‍वास वास्तविक हुनेछ। तब मात्र तँ परमेश्‍वरद्वारा साँच्चै प्रेम गरिएको र परमेश्‍वरद्वारा साँच्चै सिद्ध पारिएको व्यक्ति बन्‍नेछस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ)। परमेश्‍वरका वचनहरूले वास्तवमा नै मलाई प्रोत्साहित गर्‍यो। परमेश्‍वरले हामीलाई मुक्ति दिनको लागि अत्यन्त कष्ट सहनुभयो र आफ्‍नो ज्यान समेत अर्पिनुभयो। के सृष्टिको एउटा प्राणीको रूपमा म परमेश्‍वरको लागि जुनसुकै प्रकारको पीडा सहन अझै तयार हुनु पर्दैन र? म शैतानको अगाडि परमेश्‍वरको साक्षी बन्न सक्‍नु भनेको परमेश्‍वरले मलाई उत्थान गरिरहनुभएको थियो, र यसको अर्थ यदि मैले मृत्यु नै सहनु परे पनि म परमेश्‍वरप्रति अडिग भई समर्पित हनु पर्नेथियो। बिस्तारै मेरो जाडो कम हुँदै गयो। प्रहरीले दिउँसो मध्य दिनदेखि साँझको करिब सात बजेसम्म सोधपुछ गरिरहे। मैले अझै पनि आफ्नो मुख नखोल्ने देखेर तिनीहरूले एयर कन्डिसनर चालू राखी मलाई सोधपुछ कक्षमा चाबी लगाएर बन्द गरिदिए।

प्रहरीले आफ्नो खाना खाएर आएपछि मलाई धम्क्याउँदै भने, “कुरा ओकल्! तेरो मण्डली अगुवा को हो? यदि तैँले हामीलाई भनिनस् भने, हामी तँलाई तातो खोर्सानी पानी पिलाउँछौं, साबुन पानी पिलाउँछौं, मलमूत्र खुवाउँछौं, तेरो सबै कपडा च्यातिदिन्छौं र तँलाई भुइँतलामा घिसार्दै लगेर त्यहाँ चिसोले जमेर मर्न छोडिदिन्छौं!” तिनीहरूले यो भनेको सुनेर मलाई वास्तवमा थाहा भयो कि तिनीहरू अलिकति पनि मानव होइनन्, बरु मानवरूपी दानवहरूको झुण्ड हुन्। तिनीहरू जति धेरै क्रूर हुन्थे, तिनीहरूले मलाई जति धेरै तर्साउथे, तिनीहरूलाई म त्यति नै तिरस्कार गर्थें, तिनीहरूसँग म कहिल्यै झुक्दिन भनेर त्यति नै बढी म दृढ हुन्थें। जब मैले अझै पनि हार खाइनँ, तिनीहरूले कपडाको झोला चिसो पानीमा डुबाए र मेरो टाउकोमा राखे, मेरो टाउको हलचल गर्न नसक्ने गरी अठ्याए र त्यसको मुख कस्न थाले। केही समयमै म त्यहाँ भित्र निसासिन थालें, तर अझै पनि कुर्सीमा हतकडीले बाँधिएकी हुनाले म अलिकति पनि हलचल गर्न सकिनँ। मलाई कस्तो लाग्यो भने मेरो पूरै शरीर अरट्ठिन थालेको छ। तिनीहरूको लागि त्यो पनि अझै पर्याप्त थिएन। तिनीहरूले भाँडोको चिसो पानी मेरो नाकमा खन्याए, मैले कबुल गर्न अस्वीकार गरिरहेँ भने तिनीहरूले मलाई मारिदिनेछौं भन्दै गए। मलाई सास लिन धेरै कठिन भइरहेको थियो र मृत्यु बिस्तारै मतिर बढ्दैछ भन्ने मैले महसुस गर्न सक्थें त्यसैले, मैले चुपचाप परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, तपाईंले नै मलाई यो सास दिनुभएको हो। प्रहरीले मेरो साथ जेसुकै गरे पनि, मैले मेरो जीवन नै गुमाउनु परे पनि, म तपाईंलाई धोका दिनेछैन। म तपाईंको योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन तत्पर छु।” जब म होश गुमाउने र लगभग सास फेर्न नसक्ने अवस्थामा पुगेकी थिएँ, तब प्रहरीले अचानक मलाई छोड्यो। मैले आफ्नो हृदयमा परमेश्‍वरलाई बारम्बार धन्यवाद दिएँ। म प्रहरीको हातमा परेकी भए पनि जबसम्म परमेश्‍वरले अनुमति दिनुहुन्‍न, तिनीहरूले मेरो ज्यान लिन सक्दैनन्। मेरो विश्‍वास अझ धेरै बढेर गयो।

भोलिपल्ट दिउँसो, केही अधिकारीहरूले मलाई र अर्को सिस्टरलाई बन्दी केन्द्रमा लगे। तिनीहरूमध्ये एउटाले मलाई धम्की दिँदै भन्यो, “तँ यहाँको स्थानीय होइनस्, त्यसैले हामी तँलाई केही महिनाको लागि थुन्न सक्छौं, त्यसपछि तीनदेखि पाँच वर्षसम्मको लागि जेल सजाय दिनेछौं। कसैलाई पनि थाहा हुनेछैन।” जेल सजाय दिने कुरा सुन्ने बित्तिकै म केही कमजोर भएँ र सोचेँ, “यदि मलाई साँच्चै जेल सजाय भयो भने, मैले कसरी फेरि मेरो मुख देखाउने होला? मानिसले मेरो बारेमा के सोच्छन् होला?” मलाई थुनिएको कोठामा सर्वशक्तिमान परमेश्‍वरको मण्डलीका सिस्टरहरूले भरिएको थियो, त्यसैले जब तिनीहरूले मलाई नकारात्मक र कमजोर महसुस गरेको देखे, तिनीहरूले मेरो मद्दत र समर्थन गर्नको लागि मसँग सत्यताको सङ्गति गरे, र मेरो लागि “परमेश्‍वरको प्रेमको ऋण तिर्नु र उहाँको गवाही बन्‍नु,” भन्‍ने बोलको भजन गाए, र यसले भन्छ: “परमेश्‍वर मानिसजातिलाई मुक्ति दिन नम्र भई देह बन्‍नुभयो, यसरी हरेक कदममा मार्गदर्शन गर्नुभयो, मण्डलीहरूका बीच हिँड्डुल गर्नुभयो, सत्यता व्यक्त गर्नुभयो, मानिसलाई पानी हाल्नुभयो, उसलाई शुद्ध पार्नुभयो र सिद्ध पार्नुभयो। परमेश्‍वरले धेरै वसन्तहरू देख्‍नुभएको छ, उहाँले धेरै ग्रीष्महरू देख्नुभएको छ, शरद र शिशिरहरू देख्‍नुभएको छ, तीता-मीठा पलहरू बिताउनुभएको छ। उहाँले कहिल्यै पछितो नगरी सबै बलिदान गर्नुहुन्छ, उहाँले निस्स्वार्थ रूपमा आफ्‍नो प्रेम दिनुभएको छ। मैले परीक्षाहरूको तीतो स्वाद चाखेको छु अनि परमेश्‍वरको न्यायबाट गुज्रेको छु। तीतोपछि मीठो आउँछ, र मेरो भ्रष्टता धोइएको छ। म मेरो हृदय चढाउँदै, म मेरो ज्यान चढाउँदै परमेश्‍वरको प्रेमको ऋण तिर्छु, परमेश्‍वरको प्रेमको ऋण तिर्छु। प्रियजनहरूले मलाई त्यागेका छन्, अरूले मेरो बदनाम गरेका छन्, तर परमेश्‍वरप्रतिको मेरो प्रेम अन्तिमसम्‍म नै अटल छ। परमेश्‍वरलाई पछ्याउने कार्यमा म अत्यन्तै समर्पित छु। म सतावट र संकष्टहरू भोग्छु, र उकाली-ओरालीको अनुभव गर्छु। मैले यो जीवनमा कष्ट भोगेँ के भो र, मेरो जीवन तिक्तताले भरिए के भो र। मैले त परमेश्‍वरलाई पछ्याउनुपर्छ र उहाँको गवाही दिनैपर्छ” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्)। भजनका शब्‍दहरूमा सोचविचार गर्दा यसले वास्तवमा नै मेरो हृदय छोयो। हामी परमेश्‍वरलाई अरू कुनै पनि देशले भन्दा बढी घृणा र प्रतिरोध गर्ने यो देश, अर्थात् चीनमा थियौं, हामीले साँचो परमेश्‍वरको अनुसरण गरिरहेका थियौं र जीवनमा सही मार्ग लिइरहेका थियौं, त्यसैले हामीले धेरै पीडा र कष्टहरू भोग्नु अपरिहार्य नै थियो। यसमा लाज मान्‍नु पर्ने कुनै कुरा थिएन—हामीलाई सतावट गरियो किनभने हामीले विश्‍वास गरेका थियौं र हामी सही मार्गमा थियौं। हामीले धार्मिकताको लागि अत्याचार सहिरहेका थियौं र त्यो एउटा सम्मानको कुरा थियो। मैले विभिन्न युगका ती सबै सन्तहरूको बारेमा सोचेँ जसले परमेश्‍वरका यति धेरै वचनहरू सुन्ने मौका कहिल्यै पाएका थिएनन्, तर पनि तिनीहरूमा अझै पनि परमेश्‍वरमाथि विश्‍वास थियो, र तिनीहरूको उत्पीडन जतिसुकै ठूलो भए पनि वा तिनीहरूले जतिसुकै अपमान सहनु परे पनि, तिनीहरूले परमेश्‍वरलाई कहिल्यै धोका दिएनन्, चाहे यसको लागि तिनीहरूले ज्यान नै दिनु किन नपरोस्। तिनीहरू महान साक्षी थिए। मैले परमेश्‍वरका वचनहरूबाट सित्तैँमा धेरै नै मलजल र पोषण प्राप्त गरेकी थिएँ र पुस्तौंपुस्ताले पहिले कहिल्यै बुझ्न नसकेको रहस्य र सत्यता बुझ्ने मौका पाएकी थिएँ, तैपनि मैले किन थोरै कष्ट खेपेर परमेश्‍वरको साक्षी दिन सकिन? यो सोचले मलाई लज्जित र दोषी महसुस गरायो, र परमेश्‍वरको लागि साक्षी बन्न मैले विश्‍वास, शक्ति र संकल्प फेरि प्राप्त गरेँ।

१० दिनपछि, प्रहरीले मलाई एक्लै बन्दीगृहमा ल्यायो। म भित्र जाने बित्तिकै, अर्को कैदीले मलाई भन्यो, “यहाँ आउने धेरैजसो मानिस बाहिर निक्लिँदैनन्। हामी सबै हाम्रो फैसलाको प्रतीक्षा गरिरहेका छौं, र हामीमध्ये केहीले महिनौं महिनासम्म प्रतीक्षा गरेका छौं।” यो कुराले मलाई ती दाजुभाइ-दिदीबहिनीहरूको बारेमा याद दिलायो जसले ८, १० वा १५ वर्ष वर्षको सजाय काटेका थिए। मैले कति वर्ष पाउने हो मलाई थाहा थिएन—म यो कालो नर्कमा थुनिएर बस्नुपर्‍यो भने के होला? म अगाडिका लामा दिनहरू कसरी पार गरूँ? म वेदनामा थिएँ, र मेरो आँखाभरि आँसु भरिएर आयो। म शैतानको एउटा चालमा परिरहेकी छु भन्ने जानेर मैले उत्साहसाथ परमेश्‍वरसँग प्रार्थना गरेँ र मेरो हृदयको रक्षा गर्नुहोस् भनी अनुरोध गरेँ। त्यसपछि मैले आफूभित्र एउटा स्पष्ट अगुवाइको प्रकाश पाएँ: परमेश्‍वरले ममा त्यसरी यस्तो हुन दिइरहनुभएको थियो, जसरी अय्यूबको परीक्षा भएको थियो—मैले गुनासो गर्नु हुँदैनथियो। परमेश्‍वरका यी वचनहरू मेरो मनमा आए: “जसरी मानिसको पूर्ण विजयमा गवाही हुन्छ, त्यस्तै शैतानलाई पराजित गर्ने गवाही मानिसको बफादारीता र आज्ञाकारीतामा रहन्छ। … तँ (मृत्यु वा विनाश नै आइपरे पनि) मेरो हरेक प्रबन्धको अधीनमा रहन्छस् कि मेरो सजायबाट बच्न बीचैबाट भाग्छस्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासको बारेमा तँलाई के थाहा छ?)। परमेश्‍वरको यो प्रश्नले मलाई लज्‍जित तुल्यायो। मसँग परमेश्‍वरप्रतिको भक्ति र आज्ञाकारिताको पूर्ण अभाव छ भन्ने मलाई महसुस भयो। म परमेश्‍वरको लागि अद्भुत साक्षी बन्नेछु भनेर मैले दाबी गरेकी थिएँ, तर जब मैले वास्तवमा नै जेल समयको सामना गर्नुपर्‍यो, म यो परिस्थितिबाट भाग्न र बच्न चाहन्थें। त्यो कस्तो प्रकारको समर्पण थियो? मेरो गिरफ्तारी भएदेखिको समयलाई फर्केर हेर्दा परमेश्‍वरले पुरै समय आफ्नो वचनले मलाई मार्गदर्शन दिँदै र प्रोत्साहन गर्दै आउनुभएको थियो, मलाई सदैव शैतानका चालहरू थाहा पाउन, ती दानवहरूको क्रूर यातनामा विजय पाउन र जीवित रहनको लागि प्रेरित गरिरहनुभएको थियो। मेरो लागि परमेश्‍वरको प्रेम कति साँचो थियो, यो अलिकति पनि खोक्रो वा झूटो थिएन भन्ने मैले देखेँ। तर मैले यो वातावरणमा परमेश्‍वरको साक्षी बन्ने र उहाँलाई सन्तुष्ट गर्ने बारेमा सोचिरहेकी थिइनँ; यसको साटो म स्वार्थी र स्वपोषक थिएँ, देहको लाभ र हानिहरूको बारेमा मात्र सोच्ने र अलिकति कष्ट भोग्ने बित्तिकै त्यो क्षणबाट भाग्न चाहने। म कति स्वार्थी र घृणित थिएँ। कहाँ थियो मेरो मानवता? कहाँ थियो मेरो विवेक? यो सोच्दा म पछुतो र आत्मद्वेषले भरिएँ, त्यसैले मैले चुपचाप पश्‍चाताप गर्दै परमेश्‍वरलाई प्रार्थना गरेँ। “हे परमेश्‍वर, म गलत थिएँ। म यो तरिकाले देखावटी प्रेमलाई निरन्तरता दिन र तपाईंसँग बेइमान भइरहन सक्दिनँ। म तपाईंलाई वास्तविक कर्मले प्रसन्न गर्न चाहन्छु। म कुनै सन्देह नराखी साक्षी बन्नेछु, चाहे फैसला जेसुकै होस्।” मौसम चिसो थियो, त्यसैले बन्दीगृहका अन्य कैदीहरूले मलाई केही लुगा दिए र मैले हरेक दिन गर्नुपर्ने श्रममा तिनीहरूले मलाई मद्दत गरे। तिनीहरूले हरतरहले मेरो ख्याल राखे। मलाई परमेश्‍वरले व्यवस्था गर्नुभएको कुरा हो भन्‍ने थाहा थियो र मैले उहाँलाई हार्दिक धन्यवाद दिएँ।

बन्दीगृहमा प्रहरीले केही दिनको फरकमा मलाई सोधपुछ गर्थे। कठोर रणनीतिले काम गरिरहेको छैन भन्‍ने देखेर, तिनीहरूले नरम शैली अपनाए। एउटा अधिकारीले मिलनसार अनुहार बनाउँदै मसँग कुरा गर्न कोसिस गर्‍यो र मलाई केही राम्रो खानेकुरा किनिदियो। तिनले मलाई एउटा राम्रो जागिर खोज्न मद्दत गर्न सक्ने पनि बताए। यो शैतानको एउटा चाल हो भन्‍ने मलाई थाहा थियो, त्यसैले मैले उसलाई पूरै बेवास्ता गरिदिएँ। एक सोधपुछको दौरान प्रहरीले अन्ततः आफ्नो खराब मनसायको खुलासा गर्‍यो: “हामीसँग तेरो विरुद्ध कुनै पनि व्यक्तिगत कुरा छैन—हामी केवल सर्वशक्तिमान परमेश्‍वरको मण्डलीलाई मेटाउन चाहन्छौं, र तैंले हाम्रो लागि काम गर्न सक्छेस् भनेर हामीले आशा गरिरहेका छौं।” तिनीहरूले यस्तो भयानक कुरा गरेको सुनेर मलाई भित्रदेखि नै रिस उठ्यो। परमेश्‍वर मानवजातिलाई मुक्ति दिनको लागि आखिरी दिनहरूमा देह धारण गरेर यो संसारमा आउनुभएको छ, तर चिनियाँ कम्युनिस्ट पार्टीले पागल झैं उहाँको विरोध र निन्दा गर्छ, र विश्‍वासीहरूलाई गिरफ्तार गरेर सताउँछ, र अब मैले मण्डलीलाई बेचेको र तिनीहरूको कठपुतली बनेको तिनीहरू चाहन्थे। यो निन्दनीय थियो। मैले के देखेँ भने कम्युनिस्ट पार्टी दानवहरूको एउटा गिरोह हो, जसले परमेश्‍वरसँग लड्ने सङ्कल्‍प गरेको छ—तिनीहरू कति दुष्ट र प्रतिक्रियावादी छन्! मलाई यो पार्टीप्रति पूर्ण रूपमा घृणा जाग्यो र शैतानका ती दानवहरूलाई लाजमर्दो बनाउने गरी साक्षी दिनु बाहेक म अरू केही चाहँदिनथिएँ। जब मैले अझै पनि केही भनिनँ, तब प्रहरीले एउटा अर्को मनोवैज्ञानिक चाल चल्यो। तिनीहरूले मोबाइल फोन सेवा प्रदायकको माध्यमबाट मेरो पतिलाई पत्ता लगाए र सहर बाहिरबाट उनलाई र हाम्रो बच्चालाई बन्दीगृहमा मलाई भेट्न ल्याए। मेरो पतिले कहिल्यै पनि मेरो विश्‍वासको विरोध गरेका थिएनन्, तर प्रहरीको धम्की र उनलाई देखाइएको लालचले तिनले बारम्बार यसो भनिरहेका थिए, “म तिमीसँग बिन्ती गर्छु, आफ्नो विश्‍वास छोडिदेऊ। मेरो लागि नभए पनि हाम्रो छोराको लागि सोच। कल्पना गर त उसको आमा जेलमा हुनुले उसलाई कस्तो असर पर्छ।” उनले यसो भनेको सुन्दा मलाई निकै कठिन भएको थियो। ठीक त्यही बेला मलाई परमेश्‍वरका वचनहरूको यो भजन याद आयो: “आखिरी दिनहरूको काममा हामीबाट ठूलो विश्‍वास र प्रेमको आवश्यक हुन्छ। थोरै लापरवाहीको कारण हामीले ठक्कर खान सक्छौं, किनकि यस चरणको काम पहिलेका सबै चरणहरू भन्दा फरक छ: परमेश्‍वरले जे सिद्ध पार्दै हुनुहुन्छ त्यो मानवजातिको विश्‍वास हो, जुन अदृष्य र अमूर्त दुवै छ। परमेश्‍वरले जे गर्नुहुन्छ त्यो वचनहरूलाई विश्‍वासमा, प्रेममा र जीवनमा परिवर्तन गर्नु हो। मानिसहरू त्यो विन्दुमा पुग्नुपर्छ जहाँ तिनीहरूले सयौं शुद्धीकरणहरू सहन गरिसकेका हुन्छन् र तिनीहरूले अय्यूबको भन्दा ठूलो विश्‍वास धारण गरिसकेका हुन्छन्। तिनीहरूले परमेश्‍वरलाई नछाडीकनै अविश्‍वसनीय कष्ट र हरप्रकारका यातना सहन गर्नुपर्छ। जब तिनीहरू मृत्युसम्मै आज्ञाकारी रहन्छन्, र तिनीहरूसँग परमेश्‍वरमाथिको ठूलो विश्‍वास हुन्छ, तब परमेश्‍वरको कामको यो चरण पूरा हुन्छ(थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्को “जुन कुरा परमेश्‍वरले सिद्ध पार्नुहुन्छ त्यो विश्‍वास हो”)। परमेश्‍वरका वचनहरूले मलाई विश्‍वास र शक्तिले भरिदियो। मेरो पतिले जेसुकै भने पनि म बिलकुल डगमगाइनँ। अन्तमा, उनले ममाथि यो प्रहार गरेर गए: “यदि तिमी सुन्न इन्कार गर्छौ भने हामीले सम्बन्ध विच्छेद गर्नुपर्छ!” “सम्बन्ध विच्छेद” भन्ने शब्दले मेरो हृदय तोडिदियो। मलाई थाहा थियो, यदि कम्युनिस्ट पार्टीको झूट र परमेश्‍वरको कामको निन्दा, धम्की, जबरजस्ती र कलह रोप्ने जस्ता कार्य नभएको भए उनले कहिल्यै पनि यति कठोर कुरा भन्नेथिएन। मैले पार्टीलाई पहिलेभन्दा झन् धेरै घृणा गर्न थालें। हाम्रो परिवारलाई तोड्ने अवस्थामा धकेल्ने प्रमुख अपराधी यही नै थियो! तिनीहरू मेरो भावनाको गलत फाइदा लिन चाहन्थे र मेरो परिवारलाई ल्याएर मलाई परमेश्‍वरलाई धोका दिन लगाउन चाहन्थे—म तिनीहरूको चालमा बिलकुल पर्नु हुँदैनथियो। यो कुरालाई राम्रोसँग सोचेपछि मैले शान्त भएर जवाफ दिएँ, “तपाईं हाम्रो छोरालाई लिएर जान सक्‍नुहुन्छ।” तिनीहरूले कोसिस गरिरहेका सबै कुरा असफल भइरहेको देखेर एउटा अधिकारी रिसाउँदै डेस्कको अगाडि आयो र मलाई चिच्याउँदै भन्यो: “हामीले यसमा यति धेरै प्रयास लगायौं, तर तँबाट एक शब्द पनि निस्केन। यदि तैंले त्यो पासो खोलिनस् भने तँलाई एक राजनीति अपराधी घोषणा गरिनेछ। आज तेरो लागि बोल्ने अन्तिम मौका छ।” तर तिनीहरू ममाथि जतिसुकै पड्किए पनि म चुप बसेँ, पूरै समय परमेश्‍वरलाई प्रार्थना गरिरहेँ, मेरो विश्‍वासमा दृढ रहन मद्दत गर्नको लागि उहाँसँग अनुनय गरिरहेँ।

म आफ्नो कोठरीमा फर्केर आएपछि मैले मेरो पतिले भनेको कुरालाई विचार गरेँ। यस्तो लागिरहेको थियो कि तिनी साँच्चै नै मसँग सम्बन्ध विच्छेद गर्न तयार छन्—मैले मेरो परिवार गुमाउनेथिएँ, र मेरो सजाय कति लामो समय हुनेछ भन्‍ने मलाई अझै पनि थाहा थिएन। म पूर्णरूपमा दुःखी थिएँ। ठीक त्यति बेला मेरो मनमा परमेश्‍वरका केही वचनहरू आए: “अब पत्रुसले हिँडेको त्यही मार्गलाई तैँले स्पष्ट रूपमा देख्‍न सक्‍नुपर्छ। यदि तैँले पत्रुसको मार्गलाई स्पष्ट रूपमा देख्‍न सक्छस् भने, आज गरिने कामको बारेमा तँ निश्‍चित हुनेछस्, ताकि तैँले कुनै गुनासो गर्ने छैनस्, वा निष्क्रिय बस्ने छैनस्, वा कुनै कुराको तृष्णा गर्नेछैनस्। त्यो समयको पत्रुसको भावनालाई तैँले अनुभव गर्नुपर्छ: तिनी शोकले ग्रस्त थिए; तिनले भविष्य वा आशीषहरूको लागि अनुरोध गर्न छाडे। तिनले संसारमा लाभ, खुशी, ख्याति, वा सम्पत्तिको खोजी गरेनन्; तिनले सबैभन्दा अर्थपूण जीवन मात्रै जिउन खोजे, जुन परमेश्‍वरको प्रेमको ऋण तिर्नु र आफूले सबैभन्दा बहुमूल्य ठानेको कुरा परमेश्‍वरलाई सुम्पनु थियो। त्यसपछि तिनी आफ्‍नो हृदयमा सन्तुष्ट हुन्थे(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसले येशूलाई कसरी चिने)। पत्रुसका उपलब्धिहरूले मलाई गहन प्रभाव पार्‍यो। यो कुरा साँचो थियो‍—पत्रुसले आफ्नो जीवन परमेश्‍वरप्रतिको प्रेम र उहाँलाई सन्तुष्टि तुल्याउने खोजीमा बिताए, अनि तिनले आफ्नो भविष्य र नियति, आफ्नो हितमा अलिकता पनि विचार गरेनन्। अन्तमा उनलाई क्रूसमा उल्टो लट्काइयो, जुन परमेश्‍वरको लागि एउटा सुन्दर, शानदार साक्षीको रूपमा रहेको छ। देहधारी परमेश्‍वरको अनुसरण गर्न र उहाँको वचनहरूको पालनपोषण र नेतृत्वको आनन्द लिन पाउनु मेरो लागि सौभाग्य थियो, तर मैले कहिल्यै पनि परमेश्‍वरलाई केही पनि दिइनँ। म साक्षी भई खडा हुनुपर्ने क्षण आइसकेको थियो—मैले अब परमेश्‍वरलाई पूर्ण रूपमा सन्तुष्ट पार्नुपर्थ्यो। यदि मैले यो मौका गुमाएँ भने के मलाई जीवनभर पछुतो हुनेवाला थिएन र? त्यो सोचेर, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म पत्रुसले जस्तै गर्न चाहन्छु। मैले यसपछि जेसुकै सामना गर्न परे पनि, सम्बन्ध विच्छेद नै किन नहोस्, जेल नै किन नपरियोस्, म साक्षी बन्न र तपाईंलाई खुसी राख्न तयार छु, र मैले मेरा बाँकी दिनहरू जेलमा बिताउनु परे पनि, म शैतानको अगाडि झुक्नेछैन र तपाईंलाई धोका दिनेछैन।” जब मैले साँच्ची नै सबै कुरा अर्पण गरेँ, तब मैले परमेश्‍वरको चमत्कारिक कार्य देखेँ। केही दिनपछि, एक सुधारक अधिकारीले मलाई अचानक भने, “आफ्नो समान भेला गर। तिमी घर जाँदैछौ।” मेरो कानले सुनेको त्यो कुरामा मलाई विश्‍वास नै लागिरहेको थिएन। म अत्यन्तै उत्साहित भएँ। त्यो आत्मिक युद्धमा शैतान लज्जित र पराजित भएको थियो, र परमेश्‍वर शानदार रूपमा महिमित हुनुभएको थियो!

मैले भोगेको सतावटको ३६ दिनको अवधिमा, मैले चिनियाँ कम्युनिस्ट पार्टीको दुष्टता, प्रतिक्रियावादी सारलाई पूर्ण र स्पष्ट रूपमा देखेँ—यो दुष्ट र अत्याचारी छ, र पूर्ण रूपमा स्वर्गको विपरीत छ। मैले मेरो हृदयको गहिराइबाट यसलाई घृणा र इन्कार गर्न थालेकी छु। यो पूरै परीक्षाको दौरान, परमेश्‍वरका वचनहरूले मलाई अन्तर्दृष्टि प्रदान गरी मार्गदर्शन दियो, मलाई शैतानको आक्रमण र लालचमाथि एकपछि अर्को पटक विजय पाउन मद्दत गर्‍यो। मानवजातिको जीवन र शक्ति परमेश्‍वरको वचन नै हो भन्ने मैले वास्तवमा नै अनुभव गरें, र परमेश्‍वरले सबैमाथि शासन गर्नुहुन्छ, सबै कुरा उहाँको मुट्ठीमा छ भन्ने मैले महसुस गरें। शैतानले जति नै चाल चल्ने कोसिस गरे पनि, त्यो परमेश्‍वरको हातबाट सधैँ पराजित हुन्छ। परमेश्‍वरलाई धोका दिन मलाई बाध्य बनाउनको लागि यसले मेरो देहलाई यातना दिए पनि, यसको क्रूरताले मलाई तोड्न असफल भएको मात्र होइन, बरु यसले यसको दुष्ट अनुहारप्रति मेरा आँखा साँच्चै नै खोलिदियो। मैले परमेश्‍वरको प्रेम र मुक्तिलाई चिनेँ, शैतानलाई पुरै इन्कार गरेँ र मेरो विश्‍वास र परमेश्‍वरलाई अनुसरण गर्ने कार्यमा दृढ रहेँ। परमेश्‍वरको बुद्धिले सदैव शैतानको योजनाहरूमाथि विजय हासिल गर्नेछ। म परमेश्‍वरलाई हृदयदेखि नै धन्यवाद दिन्छु!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

डुब्‍न लागेको जीवन

वाङ फ्याङ, चीनसन् २००८ मा, मैले मण्डलीको साहित्य ओसारपसार गर्ने कामको जिम्‍मा लिएकी थिएँ। धार्मिक स्वतन्त्रता भएको देशमा यो एकदमै सामान्य...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्