नतोडिने विश्‍वास

15 अक्टोबर 2021

मेङ्ग योङ्ग, चीन

डिसेम्बर २०१२ मा, धेरै जना दाजुभाइ-दिदीबहिनीहरू र म सुसमाचार प्रचार गर्न गाडीमा चढेर एउटा ठाउँमा गयौं, र दुष्ट मानिसहरूले हाम्रो विरुद्धमा रिपोट हालिदिए। धेरै समय नबित्दै, जिल्ला प्रशासनले अपराधिक पुलिस ब्रिगेड, राष्ट्रिय सुरक्षा बल, लागूऔषध विरुद्धको टोली, सशस्त्र प्रहरी बल, र स्थानीय पुलिस चौकीबाट हामीलाई गिरफ्तार गर्न पुलिसका दसवटा गाडी आए। जब एक जना ब्रदर र म गाडी हाँकेर भाग्न लागेका थियौं, तब चार जना प्रहरी छिटोछिटो दगुर्दै आएर हाम्रो गाडी रोके। तीमध्ये एक जनाले गाडीको साँचो निकाल्यो र हामीलाई गाडीभित्रै बस्ने र चलमल नगर्ने आदेश दियो। त्यतिन्जेल, मैले सात आठ जना पुलिसले आफ्‍नो लहुरोले अर्को एक जना ब्रदरलाई डरलाग्दो प्रकारले कुटपिट गरिरहेको देखेँ, र त्यो ब्रदरलाई पहिलेबाटै यति धेरै पिटिएको थियो कि ऊ चलहल गर्न नै सक्दैनथियो। मैले मेरो धार्मिक क्रोधलाई सहन सकिनँ, र उनीहरूका हिंसा रोक्न गाडीबाट हतार-हतार निस्किएँ, तर ती पुलिसहरूले मलाई रोके। पछि, उनीहरूले हामीलाई पुलिस चौकीमा लगे, र हाम्रो गाडी पनि जफत गरे।

त्यो रात नौ बजेपछि, अपराध शाखाका दुई जना पुलिस मलाई सोधपुछ गर्न आए। जब उनीहरूले मबाट कुनै उपयोगी जानकारी प्राप्त नहुने देखे, उनीहरू रिसले चूर भए र क्रोधले दाँतहरू किट्दै भने: “साला, तँलाई हामी पछि ठीक पार्नेछौं!” त्यसपछि तिनीहरूले मलाई सोधपुछका निम्ति प्रतीक्षा कोठामा बन्द गरे। करिब ११:३० बजे राति, उनीहरूले मलाई निगरानी क्यामेराविनाको कोठामा लगे। उनीहरूले हिंसा प्रयोग गर्नेछन् जस्तो मलाई लागेको थियो, त्यसैले मैले मेरो हृदयमा परमेश्‍वरसँग बारम्बार प्रार्थना गर्दै, मलाई रक्षा गर्नुहोस् भनी परमेश्‍वरलाई बिन्ती गरें। यस बेला, जिया उपनामका एक पुलिस अधिकृत मलाई सोधपुछ गर्न आए: “के तँ यी पछिल्ला केही दिनमा भोक्सवागन जेट्टामा गएको थिइस्?” मैले गएको छैनँ भनी जबाफ दिएँ, र तिनी रिसले चिच्च्याए: “अरू मानिसहरूले तँलाई देखिसकेका छन्, तैपनि तँ अझै यो कुरालाई इन्कार गर्छस्?” त्यसो भनिसकेपछि तिनले मलाई अनुहारमा जोडसँग थप्पड हान्यो। मेरो गालामा पोलेको जस्तो लाग्यो। त्यसपछि तिनी ठूलो स्वरमा गर्जियो: “तँ कतिसम्म बलियो रहेछस् हेरौं!” तिनले बोल्दाबोल्दै एउटा ठूलो पेटी उठायो र मेरो अनुहारमा हानिरह्यो, मलाई कति पटक हान्यो त्यो थाहा छैन, तर म पीडामा पटक-पटक नचिच्च्याइ रहन सकिनँ। यो देखेर, उनीहरूले मेरो मुखको वरिपरि पेटी बाँधे। केही पुलिसहरूले मेरो जीउमाथि सिरक राखे र मलाई नराम्ररी पिटिरहे, अनि तिनीहरू थाकेर सास फेर्नका निम्ति मात्र केही बेर रोकिन्थे। मलाई यति नराम्रोसँग पिटिएको थियो कि मलाई रिँगटा लागिरहेको थियो र मेरा प्रत्येक हड्डी टुक्रा-टुक्रा भएर छुट्टिएको जस्तो गरी दुखिरहेको थियो। तिनीहरूले मलाई किन त्यसरी पिटिरहेका थिए भन्‍ने त्यो बेला मलाई थाहा थिएन, तर पछि मैले थाहा पाएँ, कि तिनीहरूले मेरो मासुमा डाम नबसोस् भनेर ममाथि सिरक राखेका थिए। मलाई निगरानी नभएको कोठामा राखेर, मेरो मुख बन्द गर्नु र मलाई सिरकले छोप्नु—यो सब तिनीहरूका दुष्ट कार्यहरूको पर्दाफास होला भन्ने डरले तिनीहरूले गरेको कार्य थिए। चिनियाँ कम्युनिस्ट पार्टीको पुलिस यति कपटी र दुष्ट छ! जब ती चार जना मलाई कुटपिट गरेर थकित भए, तिनीहरूले मलाई यातना दिने अर्को तरिका अपनाए: दुई जना पुलिसले मेरो एउटा हात पछाडि घुमाए र जोरले माथि ताने, अरू दुई जना पुलिसले मेरो अर्को हात काँधको पछाडि उठाए र जोडले तलतिर ताने। (तिनीहरूले यस प्रकारको यातना दिने तरिकालाई “ढाडमा तरवार बोक्नु” भनी भन्छन्, जसलाई सामान्य व्यक्तिले सहन सक्दैन।) तर जत्ति नै गरे पनि तिनीहरूले मेरा दुई हात एकसाथ तान्न सकेनन्, त्यसैले तिनीहरूले पाखुरामा घुँडा धसे। मैले “किटिक्‍क” गरेको आवाज मात्र सुनें, मेरा दुई वटा पाखुरा चिरा परेको जस्तो लाग्यो। मलाई यति ठूलो पीडा भयो कि म झन्डै बेहोस भएँ। मेरो दुवै हातको चेतना हराउन धेरै समय लागेन। यति गरेर पनि तिनीहरूलाई पुगेन, त्यसैले मेरो कष्ट बढाउन तिनीहरूले मलाई भुइँमा ठिङ्ग्रिएर उभिन आदेश दिए। म यति धेरै पीडामा थिएँ कि मेरो पूरै शरीरबाट खलखल चिसो पसिना बग्यो, मेरो टाउको झनझनाइरहेको थियो, र मेरो चेतना अलिक धमिलो हुन थाल्यो। मैले सोचेँ: “मेरो जीवनका यतिका वर्षहरूमा मैले कहिल्यै मेरो आफ्नै चेतनालाई नियन्त्रण गर्न असमर्थ भएको अनुभव गरेको छैनँ। के म मर्न लागेको छु?” पछिबाट, मैले त्यो थप सहन सकिनँ, त्यसैले मैले मरेर छुटकारा पाउने उपाय सोचेँ। त्यो क्षण परमेश्‍वरका वचनहरूले मलाई भित्रबाट अन्तर्दृष्टि प्रदान गरे: “आज धेरैजसो मानिससँग त्यो ज्ञान छैन। तिनीहरू दुःख-कष्टको कुनै मूल्य हुँदैन भनी विश्‍वास गर्छन्…। केही मानिसहरूको दु:ख चरम सीमामा पुग्छ, र तिनीहरूका विचारहरू मृत्युमा बदलिन्छन्। यो परमेश्‍वरप्रतिको साँचो प्रेम होइन; त्यस्ता मानिसहरू कायरहरू हुन्, तिनीहरूमा कुनै दृढता हुँदैन, तिनीहरू कमजोर र शक्तिहीन छन्!” (वचन देहमा देखा पर्नुहुन्छको “कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्”)। परमेश्‍वरको वचनले मलाई अचानक ब्यूँझायो र मेरो सोचविचार गर्ने तरिका परमेश्‍वरको इच्छासँग नमिलेको र त्यसले परमेश्‍वरलाई दुःखी र निराश बनाएको थाहा पाएँ। किनकि यो पीडा र कष्टको बीचमा, मैले मृत्यु खोजेको होइन, तर म शैतानसँग लड्न परमेश्‍वरको अगुवाइमा भर पर्न, परमेश्‍वरका लागि साक्षी दिन, र शैतानलाई लज्जित र पराजित गराउन सकेको परमेश्‍वरले हेर्न चाहनुहुन्थ्यो। मृत्युको खोजी गर्नु सीधै शैतानको योजनामा पर्नुथियो, र त्यसलाई परमेश्‍वरको निम्ति साक्षी दिइएको मान्न सकिँदैनथियो, बरु त्यो लाजको प्रतीक हुनेथियो। परमेश्‍वरका अभिप्रायहरू बुझिसकेपछि, मैले मनमनै परमेश्‍वरसँग प्रार्थना गरें: “हे परमेश्‍वर! वास्तविकताले मेरो प्रकृति अत्यन्तै कमजोर छ भन्‍ने देखाएको छ। ममा तपाईंको लागि दु:ख भोग्ने इच्छा र साहस छैन र थोरै शारीरिक पीडाको कारणले मात्र मर्न चाहेँ। अब म यसबाट उम्कन चाहन्नँ र म साक्षी बन्नैपर्छ र मैले जति नै कष्ट सहनु परे पनि तपाईंलाई सन्तुष्ट पार्नुपर्छ। तर यस बेला मेरो शरीर चरम पीडामा र कमजोर छ, म जान्दछु, यी राक्षसहरूको पिटाइमाथि मेरो आफ्नै शक्तिमा मैले विजय पाउन सक्दिनँ। कृपया, मलाई अझ धेरै आत्मविश्‍वास र शक्ति दिनुहोस्, यसैले कि म शैतानलाई हराउनका लागि तपाईंमा भरोसा गर्न सकूँ। म तपाईंलाई धोका दिनेछैनँ र मेरा दाजुभाइ-दिदीबहिनीहरूसँग विश्‍वासघात गर्नेछैनँ भनेर म मेरो जीवनको शपथ खान्छु।” मैले बारम्बार परमेश्‍वरसँग प्रार्थना गरेपछि, मेरो हृदय बिस्तारै शान्त भयो। ती दुष्ट पुलिसहरूले मैले मुस्किलले सास फेरेको देखे, र म मरेँ भने तिनीहरूले जिम्मेवारी वहन गर्नुपर्छ भनी डराए, त्यसैले तिनीहरू मेरो हतकडी खोल्न आए। तर मेरा पाखुराहरू पहिले नै कडा भइसकेका थिए, र हतकडीहरू यति कडा भएका थिए कि ती खोल्न धेरै गाह्रो भयो। मलाई घिस्साएर सोधपुछका निम्ति प्रतीक्षा कोठामा फर्काउनुभन्दा पहिले ती चार दुष्ट पुलिसलाई हतकडी खोल्न धेरै मिनेट लाग्यो।

भोलिपल्ट दिउँसो, पुलिसले तिनीहरूको स्वेच्छाले मलाई “आपराधिक अपराध” बिल्‍ला लगाइदिए र मेरो घरमा छापा मार्न मलाई घर फर्काएर लगे, र त्यसपछि मलाई एउटा थुना घरमा पठाए। म थुना घरमा प्रवेश गर्नेसाथ चार जना सुधार अधिकृतहरूले मेरो कपासको ज्याकेट, सुरुवाल, बुटहरू, र घडी, साथै मसँग रहेको १,३०० युआन जफत गरे। तिनीहरूले मलाई तिनीहरूको मानक झ्यालखानको वर्दी लगाउन लगाए, र मेरो २०० युआन खर्च गरेर तिनीहरूबाट एउटा सिरक किन्न कर गरे। पछि, सुधार अधिकृतहरूले मलाई डाँकुहरू, हत्याराहरू, बलात्कारीहरू, र लागूऔषध तस्करहरूको साथमा बन्द गरे। जब म त्यो कोठामा पसेँ, बाह्र जना तालुखुइले कैदीहरूले मलाई शत्रुताको नजरले हेरिरहेका मैले देखेँ। त्यो वातावरण गम्भीर र डरलाग्दो थियो, र मेरो मुटु धड्केर अचानक मेरो घाँटीसम्म आएको मैले महसुस गरें। त्यो कोठाका दुई जना टाउकेहरू मकहाँ आए र सोधे: “तँ यहाँ कुन कारणले आइस्?” मैले भनें: “सुसमाचार प्रचार गरेकोले।” तिनीहरूमध्ये एक जनाले एक शब्द पनि नबोली मलाई अनुहारमा दुई पल्ट थप्पड हान्यो, र भन्यो: “तँ धर्मको नाइके होस्, होइन त?” अरू सबै कैदीहरू असभ्य प्रकारले हाँसे र मेरो गिल्ला गर्दै मलाई सोधे: “तैँले तेरो परमेश्‍वरलाई किन यहाँबाट बचाउन अनुरोध गर्दैनस्?” त्यो खिसी र गिल्लाको बीचमा, त्यस कोठाको नाइकेले मलाई अनुहारमा थप्पड हान्यो। त्यस बेलादेखि तिनीहरूले मलाई “धर्मको नाइके” उपनाम दिए, र प्रायजसो मेरो अपमान र गिल्ला गर्थे। कोठाको अर्को नाइकेले मैले लगाएको चप्पल देख्यो र घमन्डसाथ चिच्यायो: “तँलाई तेरो ठाउँको बारेमा थाहै रहेनछ। के तँ यी चप्पलहरू लगाउने लायकको छस्? चप्पल खोल्!” त्यसो भनेपछि, तिनले जबरजस्ती मेरा चप्पलहरू खोल्न र तिनीहरूको चुँडिएको चप्पल लगाउन बाध्य गरे। तिनले मेरो सिरक पनि अरू कैदीहरूलाई दियो। ती कैदीहरू मेरो सिरक तानातान गर्दै लड्न थाले, र अन्त्यमा मलाई एउटा पुरानो सिरक दिए जुन पातलो, फाटेको, फोहोर र दुर्गन्धित थियो। सुधार अधिकृतहरूद्वारा प्रेरित भएर ती कैदीहरूले मलाई हरप्रकारका कठिनाइ र यातनाहरू दिए। राति सधैँ कोठामा बत्ती बलेको हुन्थ्यो, तर कोठाको नाइकेले मलाई दुष्ट मुस्कानसहित भन्यो: “मेरो लागि त्यो बत्ती निभाइदे।” मैले त्यो निभाउन सक्दिनथिएँ (त्यहाँ स्विच पनि थिएन), तिनीहरू मलाई हेर्दै हाँस्न र मेरो गिल्ला गर्न थाले। भोलिपल्ट, केही जवान कैदीहरूले जबरजस्ती मलाई एक कुनामा उभिएर झ्यालखानाको नियम कण्ठ गर्न लगाए, यसो भन्दै धम्की दिए: “यदि तैँले दुई दिनभित्र त्यो कण्ठ गरिनस् भने तैँले थाहा पाउँछस्!” म भयभीत नभई बस्‍न सकिन, र मैले बिताएका विगत केही दिनहरूको बारेमा जति धेरै सोचेँ म त्यत्ति नै बढी भयभीत भएँ। यसैले मैले बारम्बार परमेश्‍वरलाई पुकारिरहेँ र मलाई रक्षा गर्नुहोस् र म यस परिस्थितिलाई जित्न सकूँ भनेर उहाँलाई बिन्ती गरिरहेँ। त्यस क्षणमा, मैले परमेश्‍वरका वचनहरूको एउटा भजन सोचेँ: “जब परीक्षाहरू आइपर्छन्, तैँले अझै पनि परमेश्‍वरलाई प्रेम गर्न सक्छस्; तैँले कैद, रोग-बिमारगिल्‍ला, वा अरूबाटको निन्दा सहनु परे पनि, वा उम्कने बाटो कतै नदेखिए पनि, तैँले अझै पनि परमेश्‍वरलाई प्रेम गर्न सक्छस्। यसको अर्थ तेरो हृदय परमेश्‍वरमा फर्किएको छ भन्‍ने हुन्छ” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्को “के तेरो हृदय परमेश्‍वरमा फर्किएको छ?”)। परमेश्‍वरको वचनले मलाई शक्ति दियो र मलाई अभ्यास गर्ने, परमेश्‍वरको प्रेम खोज्ने र मेरो हृदय परमेश्‍वरतिर लगाउने मार्ग देखायो! त्यस क्षण, अचानक मेरो हृदयमा यो कुरा स्पष्ट भयो: परमेश्‍वरले ममाथि जुन दुःख आउन दिनुभएको छ त्यो मलाई यातना दिन वा जानाजानी मलाई दुःख दिनका निम्ति थिएन, तर त्यस्तो परिस्थितिमा मेरो हृदय परमेश्‍वरतिर लगाउने तालिम दिनका लागि थियो, यसैले कि म शैतानको अन्धकारको प्रभावको नियन्त्रणलाई विरोध गर्न सकूँ र त्यसरी मेरो हृदय अझै पनि परमेश्‍वरको नजिक हुन सकोस् र मैले परमेश्‍वरलाई प्रेम गर्न सकूँ, कहिल्यै गुनासो नगरूँ, सधैँ परमेश्‍वरको योजनाबद्ध कार्य र व्यवस्थालाई पालन गर्न सकूँ। मनमा यस्तो सोच राखेपछि मलाई अब डर लागेन। पुलिस र कैदीहरूले मसँग जस्तो व्यवहार गरे पनि मैले आफूलाई परमेश्‍वरमा अर्पण गर्ने कुरा मात्र सोचेँ; म कहिल्यै शैतानको अगि झुक्दिनँ।

झ्यालखानको जीवन वास्तवमा पृथ्वीको नरक हो। मलाई यातना दिनका निम्ति झ्यालखानाका गार्डहरूले कैदीहरूलाई विभिन्न तरिकाले उक्साउथे: राति म सुतेको बेला, म यताउति पल्टिन नसकूँ भनेर तिनीहरू मेरो छेउमा भीड लाग्थे, तिनीहरूले मलाई शौचालयको छेउमा सुत्न बाध्य बनाउथे। गिरफ्तार भएपछि, म धेरै दिनसम्म सुतिनँ र निद्रालु बने, त्यो सहन गर्न नसकेर म झुल्थें। ड्युटीमा रहेका कैदीहरू जो गार्डमा उभिन्थे, तिनीहरू मलाई सताउन आउथे, तिनीहरू जानुभन्दा अघि म नब्युँझिञ्जेल जानीबुझी मेरो टाउकोमा हिर्काउथे। एक जना कैदीले जानाजानी मलाई ब्यूँझाउथ्यो र मेरो लामो सुरुवाल लिन कोसिस गर्थ्यो। भोलिपल्ट बिहान नस्तापछि, कोठाको नाइकेले मलाई दिनहुँ भुइँ पुच्छ्ने आदेश दियो। ती दिनहरू वर्षकै सबैभन्दा ठन्डा दिनहरू थिए, र गरम पानी थिएन, त्यसकारण कपडाहरू धुन म चिसो पानी मात्र प्रयोग गर्न सक्थें। त्यसपछि, धेरै जना दोषी लुटेराहरूले मलाई झ्यालखानाका नियमहरू कण्ठ गर्न लगाए। यदि मैले ती कण्ठ गर्न सकिनँ भने तिनीहरूले मलाई मुक्का र लातले हान्थे, अनुहारमा थप्पड हान्नु त अझ सामान्य कुरा थियो। यस्तो परिस्थितिको सामना गर्नुपर्दा मैले धेरै व्याकुल भएँ। राति, म मेरो सिरक तानेर टाउको ढाक्थें र चुपचाप प्रार्थना गर्थें: “हे परमेश्‍वर, तपाईंले यो परिस्थिति ममाथि आउन दिनुभयो, त्यसैले त्यसमा तपाईंका असल अभिप्रायहरू हुनुपर्छ। कृपया, तपाईंको अभिप्राय मलाई प्रकट गर्नुहोस्।” त्यो क्षणमा, परमेश्‍वरको वचनले मलाई अन्तर्दृष्टि प्रदान गर्‍यो: “म पहाडमा फुल्‍ने लिली फूलहरूप्रति सराहना गर्छु; भिरालो भूमिभरि फूलहरू र घाँस फैलिएका छन्, तर वसन्त आउनुभन्दा पहिले लिली फूलहरूले पृथ्वीमा मेरो महिमामा शोभा थप्छन्—के मानिसले त्यस्ता कुराहरू हासिल गर्न सक्छ? के उसले मेरो पुनरागमनभन्दा पहिले पृथ्वीमा मेरो गवाही दिन सक्छ? के ठूलो रातो अजिङ्गरको देशमा उसले मेरो नामको खातिर आफूलाई समर्पित गर्न सक्छ?” (वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूको “अध्याय ३४”)। जब म परमेश्‍वरका वचनहरू मनन गर्दैथिएँ, मैले मनमनै सोचेँ: “फूलहरू र घाँस अनि म सबै परमेश्‍वरका सृष्टि हौं। परमेश्‍वरले हामीलाई उहाँलाई प्रकट गर्न, उहाँको महिमा गर्न सृष्टि गर्नुभयो। वसन्त ऋतु आउनुभन्दा अघि लिलीहरूले पृथ्वीमा परमेश्‍वरको महिमामा चमक थप्न सक्छन्, यसको अर्थ, तिनीहरूले परमेश्‍वरको सृष्टिको रूपमा रहेको आफ्नो जिम्मेवारी पूरा गरेका हुन्छन्। आज मेरो कर्तव्य भनेको परमेश्‍वरको योजनाबद्ध कार्यको पालन गर्नु र शैतानको अघि परमेश्‍वरको साक्षी दिनु हो। आज म मेरो विश्‍वासको कारण सतावट र अपमानमा परेको छु, तर यो धार्मिकताको खातिर सहनुपर्ने दुःख हो र यो महिमित छ। शैतानले मलाई जति धेरै अपमानित गर्दछ, त्यति नै बढी म परमेश्‍वरको पक्षमा खडा हुनुपर्छ र परमेश्‍वरलाई प्रेम गर्नुपर्छ। त्यसरी, परमेश्‍वरले महिमा प्राप्त गर्न सक्नुहुन्छ, र मैले पूरा गर्नुपर्ने कर्तव्य मैले पूरा गरेको हुन्छु। जबसम्म परमेश्‍वर खुसी र प्रसन्न हुनुहुन्छ, मेरो हृदयले पनि सान्त्वना पाउनेछ। म परमेश्‍वरलाई सन्तुष्ट पार्न र सबै कुरामा परमेश्‍वरको योजनाबद्ध कार्यमा समर्पित हुनको लागि अन्तिम दु:ख सहन तयार छु।” जब मैले यस प्रकारले सोच्न थालें, मैले आफ्नो हृदयमा विशेष रूपले उत्साहित भएको महसुस गरें, र एक पटक फेरि मेरा आँसुहरू रोक्न सकिनँ। मैले चुपचाप परमेश्‍वरसँग प्रार्थना गरें: “हे परमेश्‍वर, तपाईं साँच्चै प्रेमको योग्य हुनुहुन्छ! मैले तपाईंलाई धेरै वर्षदेखि पछ्याएको छु, तर मैले आजको जस्तो तपाईंको कोमल स्नेह कहिल्यै महसुस गरेको छैन, वा आज जस्तो मैले तपाईंको नजिक महसुस गरेको थिइनँ।” मैले आफ्नै पीडा बिलकुलै भुलेँ र यो हृदयस्पर्शी भावनामा धेरै लामो समयसम्म डुबेँ …

थुना घरमा छैटौं दिन तापक्रम धेरै कम थियो। दुष्ट पुलिसले मेरो कपासको कोट जफत गरेको थियो, र मैले एक जोर लामो सुरुवाल मात्र लगाएको थिएँ र मलाई चिसो लाग्यो। म अत्यन्तै नराम्रो ज्वरोले थलिएँ, र खोकी रोक्न सकिनँ। राति, बिमारको पीडा सहँदै, साथै मप्रति कैदीहरूको कहिल्यै अन्त्य नहुने दुर्व्यवहार र अपशब्दहरूको बारेमा सोच्दै म फाटेको सिरकमा गुटमुटिन्थें। म धेरै उजाड र असहाय महसुस गर्थेँ। मेरो कष्ट चरम हदसम्म पुगेकै बेला, मैले परमेश्‍वरको अघि पत्रुसले गरेका साँचो र इमानदार प्रार्थना सम्झेँ: “यदि तपाईंले मलाई रोग दिएर मेरो स्वतन्त्रतालाई लिनुभएको भए, म जिइरहन सक्थेँ, तर तपाईंको सजाय र न्यायले मलाई कहिल्यै छोडेको भए, म जिइरहने कुनै उपाय थिएन। यदि म तपाईंको सजाय र न्यायविना थिएँ भने, मैले तपाईंको प्रेमलाई गुमाउनेथिएँ, जुन प्रेम मेरो यति गहन् छ कि म त्यसलाई शब्‍दमा भन्‍न सक्‍दिनँ। तपाईंको प्रेमविना, म शैतानको अधिकार क्षेत्रमा जिउनेथिएँ, र तपाईंको महिमित अनुहारलाई देख्‍न असमर्थ हुनेथिएँ। म कसरी निरन्तर जिउन सक्थेँ र?” (वचन देहमा देखा पर्नुहुन्छको “पत्रुसका अनुभवहरू: सजाय र न्याय सम्‍बन्धी उनको ज्ञान”)। यी वचनहरूले मलाई विश्‍वास र शक्ति दियो। पत्रुसले शारीरिक पीडाको बारेमा केही सोचेनन्। तिनले जे बहुमूल्य ठानेका थिए, तिनले जुन कुरालाई साँच्चै वास्ता गर्थे, त्यो परमेश्‍वरको न्याय र सजाय थियो। तिनी जुन कुराको पछि लागे त्यो परमेश्‍वरको न्याय र सजायको अनुभव थियो, यसैले कि तिनी शुद्ध हुन सकून् र तिनले मृत्युसम्म आज्ञाकारीता प्राप्त गर्न सकून्, र अन्त्यमा परमेश्‍वरलाई प्रेम गर्न सकून्। मैले पत्रुसकै जस्तो खोज अपनाउनुपर्छ र परमेश्‍वरले मलाई त्यो परिस्थितिमा राख्नुभएको हो भन्ने मलाई थाहा थियो। मैले शारीरिक पीडा भोगिरहेको भए पनि, परमेश्‍वरको प्रेम ममाथि आइरहेको थियो। दु:खको सामना गर्नुपरेको बेला परमेश्‍वरले मेरो विश्‍वास र मेरो संकल्प सिद्ध पार्न चाहनुहुन्थ्यो। परमेश्‍वरका तत्पर अभिप्रायहरू बुझेपछि म साँच्चै प्रभावित भएँ र म संकल्प गर्न नसक्ने कमजोर र स्वार्थी भएकोमा मलाई घृणा जाग्यो। मैले परमेश्‍वरको इच्छामा ध्यान नदिएकोले म उहाँको ठूलो ऋणी छु भन्ने मैले महसुस गरें, अनि मेरो पीडा जति नै ठूलो भए पनि, म परमेश्‍वरको साक्षी बनेर खडा हुनेछु र उहाँलाई सन्तुष्ट पार्नेछु भनी शपथ खाएँ। भोलिपल्ट, मेरो उच्च तापको ज्वरो चमत्कारी ढङ्गले कम भयो। मैले आफ्नो हृदयमा परमेश्‍वरलाई धन्यवाद दिएँ।

एक रात, एक विक्रेता झ्यालमा आयो र कोठाको नाइकेले सुँगुरको सुकाएको मासु, कुकुरको मासु, कुखुराका साँप्राहरू र त्यस्तै अरू थोक धेरै किने। अन्त्यमा, तिनले मलाई पैसा तिर्ने आदेश दियो। मैले मसँग पैसा छैन भनें, त्यसकारण तिनले हिंस्रक तरिकाले भन्यो: “यदि तँसँग पैसा छैन भने, म बिस्तारै तँलाई यातना दिनेछु!” भोलिपल्ट, तिनले मलाई ओछ्यानका तन्नाहरू, कपडाहरू, र मोजाहरू धुन लगायो। थुना घरका सुधार अधिकृतहरूले पनि मलाई तिनीहरूका मोजाहरू धुन लगाउँथे। थुना घरमा, मैले प्रायः हरेक दिन तिनीहरूको कुटपिट सहनु परेको थियो। जब म त्यो अझ सहन सक्दिनथिएँ, तब म परमेश्‍वरका वचनहरूको बारेमा विचार गर्थें: “पृथ्वीको तेरो जीवनकालमा तैँले परमेश्‍वरप्रतिको आफ्नो अन्तिम कर्तव्य पूरा गर्नैपर्छ। विगतमा, परमेश्‍वरको खातिर पत्रुसलाई क्रूसमा उल्टो झुन्ड्याइ; तर अन्त्यमा तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्छ, र तेरा सबै शक्ति उहाँका लागि समाप्त गर्नुपर्छ। सृष्टि गरिएको एक प्राणीले परमेश्‍वरको खातिर के गर्नसक्छ र? यसैले परमेश्‍वरले उहाँको इच्छाअनुसार तँलाई प्रयोग गरून् भनी तैँले सक्दो चाँडोभन्दा चाँडो आफैलाई परमेश्‍वरमा सुम्पनुपर्छ। यदि त्यसले परमेश्‍वरलाई खुसी र प्रसन्न तुल्याउँछ भने उहाँले आफ्नो इच्छाअनुसार तँसँग जे गर्न चाहनुहुन्छ उहाँलाई त्यही गर्न दे। मानिसहरूसँग गुनासोका कुराहरू बोल्ने के अधिकार छ र?” (वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको निम्ति परमेश्‍वरका वचनहरूका रहस्यहरूको अर्थ-अनुवादहरूको “अध्याय ४१”)। परमेश्‍वरका वचनहरूले मलाई शक्ति दिए। बेला-बेलामा म आक्रमण, दुर्व्यवहार, निन्दा, र कैदीहरूको पिटाइमा परे पनि परमेश्‍वरका वचनहरूको अगुवाइद्वारा म भित्री सान्त्वना पाउँथे, र त्यसपछि मलाई पीडा महसुस हुँदैनथियो।

एक पटक, एक सुधार अधिकृतले मलाई तिनीहरूको कार्यालयमा लगे। मैले एक दर्जनभन्दा धेरै मानिसहरूले मलाई अनौठो नजरले हेरिरहेका देखेँ। तीमध्ये एक जनाले मेरो देब्रेपट्टि अगाडि एउटा भिडियो क्यामेरा बोकेको थियो, अनि अर्को एक जना माइक्रोफोन लिएर मकहाँ आएर सोधे, “तपाईं किन सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्नुहुन्छ?” त्यस बेला मलाई त्यो संचार माध्यमको अन्तर्वार्ता रहेछ भनी थाहा भयो, मैले नम्रतामा गर्वसाथ जबाफ दिएँ: “म सानो छँदैदेखि प्रायजसो मानिसहरूको हेपाइ र जानीजानी गरिने शत्रुतापूर्ण व्यवहारमा परेको छु, र मैले मानिसहरूले एकअर्कालाई धोखा दिएका र एकअर्काबाट फाइदा उठाएका देखेको छु। मलाई यो समाज अति नै अन्धकार, अति नै जोखिमपूर्ण छ भन्‍ने लाग्यो; मानिसहरूले रित्तो र असहाय जीवन जिइरहेका थिए, अगिल्तिर हेर्ने केही थिएन र जीवनको कुनै उद्देश्य थिएन। पछि, जब कसैले मलाई सर्वशक्तिमान् परमेश्‍वरको सुसमाचार प्रचार गऱ्यो, मैले त्यसमा विश्‍वास गर्न थालें। सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गरेपछि, अरू विश्‍वासीहरूले मलाई परिवार जस्तै व्यवहार गरेका मैले अनुभव गरेँ। सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीमा कसैले मेरो विरुद्ध षड्यन्त्र गर्दैन। सबै जना परस्परमा बुझकी र वास्ता गर्ने छन्। तिनीहरू एकअर्काको हेरचाह गर्छन्, र तिनीहरूको मनमा के छ त्यो भन्न डराउँदैनन्। सर्वशक्तिमान् परमेश्‍वरको वचनमा मैले जीवनको उद्देश्य र मूल्य पाएको छु। मलाई लाग्छ, परमेश्‍वरमा विश्‍वास गर्नु धेरै राम्रो कुरा हो।” त्यसपछि रिपोर्टरले सोध्यो: “तपाईं यहाँ किन हुनुहुन्छ तपाईंलाई थाहा छ?” मैले जबाफ दिएँ: “सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गरेपछि मैले परमेश्‍वरको वचनले साँच्चै मानिसहरूलाई मुक्ति दिन र शुद्ध पार्न सक्छ र तिनीहरूलाई जीवनमा सही बाटोमा लाग्न अगुवाइ गर्छ। त्यसैले, मैले यो शुभ समाचार अरू मानिसहरूलाई सुनाउने निर्णय गरें, तर यस्तो राम्रो काम चीनमा प्रतिबन्धित छ भन्ने मलाई थाहा थिएन। त्यसैले मलाई गिरफ्तार गरी यहाँ ल्याइयो।” रिपोर्टरले मेरा जबाफहरू तिनीहरूका लागि लाभदायक हुने नदेखेर त्यो अन्तर्वार्ता तुरुन्तै रोके अनि बाटो लागे। त्यो बेला राष्ट्रिय सुरक्षा ब्रिगेडका उप-प्रमुख यति धेरै रिसाए कि तिनले आफ्नो खुट्टा बजार्न थाले। तिनले मलाई डरलाग्दो प्रकारले हेरे र, दाँत किट्दै भने: “तैँले पर्खेर त हेर्!” तर म तिनको चेतावनी वा धम्कीबाट डराएको थिइनँ। यसको विपरीत, त्यस्तो अवसरमा परमेश्‍वरको साक्षी दिन सकेकोमा मैले धेरै सम्मानित महसुस गरें, र यसबाहेक मैले परमेश्‍वरको नाउँको उचालिएकोमा र शैतानको हार भएकोमा परमेश्‍वरलाई महिमा दिएँ।

पछि मेरो मुद्दाको जिम्मा लिएका प्रहरी अधिकृतले मलाई फेरि सोधपुछ गरे। यस पटक, उनले मलाई जबरजस्ती बयान दिन लाउनका निम्ति यातना प्रयोग गरेनन्, बरु मलाई प्रश्न गर्न “दयालु” मुद्रा प्रस्तुत गरे: “तिम्रो अगुवा को हो? म तिमीलाई अर्को मौका दिन्छु। यदि तिमी हामीलाई बतायौ भने तिमीलाई केही पनि हुँदैन। म तिमीलाई ठूलो उदारता देखाउनेछु। तिमी वास्तवमा निर्दोष थियौ, तर अरू मानिसहरूले तिमीलाई विश्‍वासघात गरे। त्यसैले तिमी तिनीहरूलाई किन ढाकछोप गर्छौ? तिमी राम्रो मान्छे जस्तो देखिन्छौ। तिनीहरूका लागि किन आफ्नो ज्यान फाल्छौ? यदि तिमीले हामीलाई बतायौ भने तिमी घर जान पाउनेछौ। यहाँ बसेर किन दुःख भोग्छौ?” यी छली पाखण्डीहरूले तिनीहरूका कठोर तरिकाले काम नगरेको देखे, यसैले तिनीहरूले नरम तरिकाद्वारा कोसिस गर्ने निर्णय गरेका थिए। तिनीहरू धूर्त युक्तिहरूले भरिएका हुन्छन् र षडयन्त्र गर्नु र चलाखी गर्नु निपुण छन्। तिनको त्यो पाखण्डी अनुहार देखेर ती भूतहरूको झुन्डप्रति मेरो हृदय घृणाले भरियो। मैले तिनलाई भनें: “मैले जानेको सबै कुरा तपाईंलाई भनेको छु। मलाई अरू केही थाहा छैन।” तिनले मेरो दृढ अडान र तिनले मबाट केही पनि प्राप्त गर्न सक्दैनन् भन्ने देखे; तब तिनी निराश भएर हिँडे।

आधा महिना थुना घरमा राखेपछि पुलिसले मेरो परिवारलाई धरौटी रकम ८,००० युआन तिर्न लगाएपछि मात्र म रिहा भएँ। तर तिनीहरूले मलाई कतै नजाने चेताउनी दिए र म घरमा बस्नुपर्छ र बोलाउँदा निश्चित रूपमा उपस्थित हुनुपर्छ भनी भने। पछि, “सामाजिक व्यवस्थामा खलबल पारेको” आधारहीन आरोपमा, चिनियाँ कम्युनिस्ट पार्टीले मलाई एक वर्षको निश्चित अवधिको कैदको सजाय सुनायो, र त्यसलाई दुई वर्षका लागि निलम्बित गऱ्यो।

यो सतावट र कष्टको अनुभव गरेपछि, मैले यस्तो समझ पाएँ र चीनको नास्तिक कम्युनिस्ट पार्टीको शैतानी अनुहार र दुष्ट सार बुझ्न सकेँ, र त्यसप्रति ममा गहिरो गहन घृणा विकसित भयो। त्यसले आफ्नो प्रभुत्वको स्थान बचाउनका निम्ति हिंसा र झूटहरू प्रयोग गर्दछ; त्यसले परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूलाई पागलजस्तो भएर दबाउँछ र सताउँछ। पृथ्वीमा परमेश्‍वरको काममा बाधा दिन त्यसले सक्‍ने जति सबै युक्तिहरू प्रयोग गर्दछ, र सत्यलाई अति नै घृणा गर्दछ। यो परमेश्‍वरको सबैभन्दा ठूलो शत्रु हो र हामी विश्‍वासीहरूको पनि शत्रु हो। यो सङ्कष्टबाट भएर गएपछि मैले परमेश्‍वरको वचनले मात्र मानिसहरूमा जीवन दिन सक्छ भन्‍ने देख्‍न सकेँ। जब म मेरो सबैभन्दा हताश वा मृत्युको सँघारमा थिएँ, त्यस बेला परमेश्‍वरको वचनले नै मलाई विश्‍वास र साहस दियो, र मलाई दृढतापूर्वक जीवनलाई पक्रिराख्‍न सहायता गर्‍यो। मलाई ती काला, सबैभन्दा कठिन दिनहरूमा रक्षा गर्नुभएकोमा परमेश्‍वरलाई धन्यवाद होस्। मप्रतिको उहाँको प्रेम अति नै ठूलो छ!

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

एक अधिकृतको पश्‍चात्ताप

सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी गर्नुभएका सबै प्रेम हो। तैंले देखेको सजाय र न्याय पनि प्रेम नै हो, अझ सत्य र अझ बढी साँचो प्रेम, एउटा यस्तो प्रेम जसले मानिसहरूलाई जीवनको सही मार्गमा डोऱ्याउँछ। … उहाँले गर्नुभएका सबै कामहरूको उद्देश्य मानिसहरूलाई मानव जीवनको सही मार्गमा डोऱ्याउनु हो, यसैले कि तिनीहरू सामान्य मानिसहरू जस्तो जिउन सकून्, किनकि तिनीहरू कसरी जिउनुपर्छ भनी जान्दैनन्, र यो अगुवाइविना तैँले रित्तो जीवन मात्र जिउनेछस्; तेरो जीवन मूल्य विहीन वा अर्थरहित हुनेछ, र तँ एक सामान्य व्यक्ति बन्‍न सक्‍नेछैनस्। मानिसलाई जित्नुको सबैभन्दा गहिरो अर्थ यही हो”

हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

कष्टहरू परमेश्‍वरका आशिष्‌ हुन्

वाङ ग्याङ, चीनसन् २००८ को हिउँदेयामको एउटा मध्याह्न, दुईजना दिदीहरू र म आखिरी दिनहरूमा परमेश्‍वरले गर्नुभएको कामको बारेमा एकजना सुसमाचार...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्