म कसरी मेरो बुबाको हस्तक्षेपबाट गुज्रेँ

27 फेब्रुअरी 2023

नोभेम्बर १८, २०२१ मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका ब्रदर-सिस्टरहरूलाई इन्टरनेटबाट चिनेँ। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेर अनि तिनीहरूको सङ्गति सुनेर, म सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने कुराप्रति विश्‍वस्त भएँ। म निकै उत्साहित थिएँ, र सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई सहर्ष स्वीकार गरेँ। मलाई यो खुशीको खबर तुरुन्तै मेरो परिवारलाई सुनाउन मन लाग्यो, विशेष गरी मेरो बुबालाई। उहाँ तीस वर्षको हुँदादेखि उहाँ इसाई हुनुभएको थियो। अहिले उहाँ साठी वर्षको हुनुहुन्थ्यो, र उहाँले यस अवधिभरि प्रभुको पुनरागमनको प्रतीक्षा गर्दै आउनुभएको थियो। उहाँले प्रभु येशू फर्केर आइसक्‍नुभएको छ भन्‍ने थाहा पाउनुभयो भने, मैले जस्तै उहाँले पनि खुशीसाथ यसलाई स्वीकार गर्नुहुन्छ भन्‍ने कुरामा म निश्‍चित थिएँ। अनपेक्षित रूपमा, मैले मेरो बुबालाई प्रभुको पुनरागमनको खबर बताएपछि, उहाँले मलाई यसमा विश्‍वास नगर्नू भनेर भन्‍नुभयो। उहाँले भन्‍नुभयो, “बाइबलले परमेश्‍वर देहधारी भएर आउनुहुनेछ भनेर भन्दैन। बाइबलले त परमेश्‍वर विश्‍वासीहरूलाई स्वर्गको राज्यमा उठाइलैजान परमेश्‍वर बादलको सवारीमा आउनुहुन्छ भनेर भन्छ।” मैले उहाँलाई भनेँ, “बुबा, वास्तवमा, प्रभु येशूले धेरै पटक आखिरी दिनहरूमा उहाँ मानिसको पुत्रको रूपमा फर्कनुहुनेछ भनेर बताउनुभएको छ। उदाहरणको लागि, ‘किनभने जसरी बिजुली पूर्वबाट चम्‍किन्‍छ र पश्‍चिमतिर पनि चम्‍किन्‍छ; मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ(मत्ती २४:२७)। ‘नोआका दिनहरू जस्ता थिए, मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ(मत्ती २४:३७)। ‘यसकारण, तिमीहरू पनि तयार हौ: किनभने मानिसको पुत्र तिमीहरूले नसोचेको समयमा आउँछ(मत्ती २४:४४)। यी सबै बाइबल पदहरूले प्रभु मानिसको पुत्रको रूपमा आउनुहुनेछ भनेर उल्‍लेख गर्छन्। यसको अर्थ परमेश्‍वर मानिसको पुत्रको रूपमा देहधारी भएर आउनुहुन्छ—” मैले कुरा सिध्याउन नपाउँदै, मेरो बुबाले मेरो कुरा काटेर भन्‍नुभयो, “प्रभु येशू नै मानिसको पुत्र हुनुहुन्छ। उहाँ मानिसको पुत्रको रूपमा फर्केर आउनु असम्‍भव छ। प्रभु हामीलाई स्वर्गको राज्यमा लैजानको लागि बादलको सवारीमा मात्रै आउनुहुन्छ।” मैले भनेँ, “बादलको सवारीमा आउनु प्रभु आउनुहुने एक मात्र तरिका होइन। उहाँको पुनरागमनको दुई वटा तरिकाको बारेमा बाइबलमा अगमवाणी गरिएको छ। उहाँ देहधारी भएर गुप्तमा आउनुहुन्छ, त्यसपछि खुला रूपमा बादलमा आउनुहुन्छ। प्रकाशको पुस्तकले यस्तो अगमवाणी गरेको छ, ‘हेर, म चोरजस्तै आउँछु(प्रकाश १६:१५)। ‘त्यसकारण तिमीहरू सचेत भएनौ भने त, म तिमीहरूकहाँ चोरजस्तै आउनेछु(प्रकाश ३:३)। र मत्ती २५:६ ले भन्छ, ‘अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ।’ यी सबै अगमवाणीले प्रभु येशू चोरको रूपमा आउनुहुनेछ भनेर बताउँछन्। यसको अर्थ उहाँ कसैले थाहा नपाउने गरी गुप्तमा आउनुहुन्छ। यदि प्रभु येशू सेतो बादलको सवारीमा आकाशबाट आउनुभयो भने, सबैले उहाँलाई देख्‍नेथिए। अनि कसरी यी अगमवाणीहरू पूरा हुनेथिए? आखिरी दिनहरूमा, परमेश्‍वर सत्यता व्यक्त गर्न र न्यायको काम गर्न देहधारी मानिसको पुत्रको रूपमा गुप्तमा आउनुहुन्छ। बुद्धिमती कन्याहरूले परमेश्‍वरको आवाज सुन्छन् र प्रभुलाई स्वागत गर्छन्, परमेश्‍वरका वचनहरूले तिनीहरूलाई न्याय गर्छन् र शुद्ध तुल्याउँछन्, र परमेश्‍वरले तिनीहरूलाई विजेताहरू तुल्याउनुहुन्छ। त्यसपछि, महा-विपत्तिहरू बर्सन थाल्छन्, र देहमा परमेश्‍वरले गर्नुहुने गुप्त कामको चरण समाप्त हुन्छ। महा-विपत्तिहरूपछि, परमेश्‍वर बादलको सवारीमा ओर्लेर सबैको सामने देखा पर्नुहुन्छ। यसले प्रकाशको पुस्तकको यो अगमवाणीलाई पूरा गर्छ, ‘हेर, उहाँ बादलहरूसहित आउनुहुन्छ; अनि हरेक आँखाले उहाँलाई देख्‍नेछन्, र तिनीहरूले पनि जुनले उहाँलाई घोचे: अनि उहाँको कारण पृथ्वीका सबै जातिले विलाप गर्नेछन्(प्रकाश १:७)।” मैले मेरो बुबालाई भनेँ, “बुबा, यसको बारेमा विचार गर्नुहोस्। जब प्रभु येशू बादलको सवारीमा आउनुहुन्छ, सबै जना मुक्तिदाताको आगमनप्रति खुशी हुनेछन् भन्‍ने कुरा स्पष्ट छ। तर किन ‘अनि उहाँको कारण पृथ्वीका सबै जातिले विलाप गर्नेछन्’ भनेर भनिएको छ? किनभने जब परमेश्‍वरले देहधारी मानिसको पुत्रको रूपमा काम गर्नुहुन्छ, तब उहाँले न्याय र शुद्धीकरणको काम पूरा गर्नुहुन्छ। प्रभु बादलको सवारीमा आउनुहुन्छ भनेर प्रतीक्षा मात्रै गर्ने र सर्वशक्तिमान्‌ परमेश्‍वरलाई प्रतिरोध र निन्दा गर्ने मानिसहरूले परमेश्‍वरको आखिरी दिनहरूको न्याय र शुद्धीकरणलाई स्वीकार गर्ने मौका गुमाउनेछन्, र जब प्रभु असललाई इनाम दिन र दुष्टलाई दण्ड दिन बादलको सवारीमा आउनुहुन्छ, तब तिनीहरू विपत्तिमा पर्नेछन् र नराम्ररी रुनेछन्।” मैले यो भनिसकेपछि, उहाँलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू र गवाही सम्‍बन्धी सुसमाचार भिडियो देखाएँ, तर उहाँ आफ्‍नो दृष्टिकोणमा लागिरहनुभयो। उहाँले मप्रति अत्यन्तै अहङ्कारी र रिसले भरिपूर्ण आचरण देखाउनुभयो र मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास नगर्नू भनी भन्‍नुभयो।

पछि, म सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका भेलाहरूमा नियमित रूपमा सहभागी हुन्छु भन्‍ने देखेर, मलाई रोक्‍ने बहानामा उहाँले भन्‍नुभयो, “तँ दिनभरि प्रायजसो तेरो फोनबाट भेलाहरूमा सहभागी भएर नै बिताउँछस्। काम गर् र घरखर्चमा सहयोग गर्न पैसा कमा। अबदेखि म तँलाई पैसा दिनेछैनँ! तैँले काम खोजिनस् भने, यो घरबाट जान सक्छस्!” मेरो बुबाले भनेको कुरा सुन्दा मलाई धेरै चिन्ता लाग्यो। मैले काम गर्नुपर्‍यो भने, मसँग भेलाहरूमा सहभागी हुने र परमेश्‍वरको वचन पढ्ने समय हुनेथिएन। तर मैले जागिर पाइनँ भने, बुबाले मलाई निकालिदिनुहुनेथियो, र मेरो बस्‍ने ठाउँ कहीँ हुनेथिएन। मलाई निकै डर लागेको थियो, त्यसकारण मैले एउटा काम खोजेँ र बिहान छ बजेदेखि अपरान्ह चार बजेसम्‍म काम गर्न थालेँ। समय बित्दै जाँदा, मैले आफ्‍नो कर्तव्यलाई बेवास्ता गर्न थालेँ। कामको बेला मैले फोन चलाउन मिल्दैनथियो, त्यसकारण मैले नयाँ विश्‍वासीहरूलाई मलजल गर्न सक्दिनथिएँ। हरेक दिन कामबाट घर फर्केपछि, म लखतरान हुन्थेँ, त्यसकारण भेलाहरूमा मलाई थकाइ लागिरहेको हुन्थ्यो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, मलाई आफ्‍नो कर्तव्य पूरा गर्ने बाटो खोलिदिनुहोस् भनेर उहाँलाई अनुरोध गरेँ। केही दिनपछि, मैले त्यो काम छोडेँ। मैले घर सरसफाइ गर्ने काम पाएँ जहाँ मैले दिनको चार घण्टा मात्रै काम गर्नुपर्थ्यो। मैले त्यति धेरै रकम नकमाए पनि, मैले भेलाहरूमा सहभागी हुने र आफ्‍नो कर्तव्य पूरा गर्ने समय पाउँथेँ। मैले फेरि पनि नियमित रूपमा भेलाहरूमा सहभागिता जनाइरहेकी छु भन्‍ने देखेर मेरो बुबाले फेरि हस्तक्षेप गर्न थाल्‍नुभयो। भेला हुनुभन्दा पहिले उहाँले मलाई प्रायजसो कुनै काम अह्राउनुहुन्थ्यो, र कहिलेकहीँ, मैले अनलाइन भेलामा सहभागी जनाइरहेको देख्दा, उहाँले मलाई बाहिर जाऊँ भन्‍नुहुन्थ्यो। सुरुमा त के भइरहेको छ भन्‍ने मैले राम्ररी बुझेको थिइनँ। उहाँ मेरो बुबा हुनुभएकोले मैले उहाँले भनेको मान्‍नुपर्छ भन्‍ने लाग्थ्यो, तर मलाई गाह्रो हुन्थ्यो, किनभने म भेलाहरू छुटाउन चाहँदिनथिएँ। एक पटक, उहाँले मलाई फेरि बाहिर जानुपर्छ भनी भन्‍नुभयो, र मैले उहाँलाई मैले भालामा सहभागिता जनाउनुपर्छ भनी भनेँ, र यस कुराले उहाँ निकै रिसाउनुभयो। सुरुमा यी कुराहरूलाई कसरी सामना गर्ने मलाई थाहा थिएन।

पछि, एउटा भेलामा, ब्रदर-सिस्टरहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका केही वचन पढे र ती वचनले मलाई यी कुराहरू अझै स्पष्ट रूपमा देख्‍न सहयोग गरे। “परमेश्‍वरले मानिसहरूभित्र गर्ने कार्यको प्रत्येक चरणमा, बाहिरी रूपमा यो मानिसहरू बीचको अन्तरक्रिया जस्तो देखिन्छ, मानवको बन्दोबस्त वा हस्तक्षेपहरूबाट जन्मेको जस्तो देखिन्छ। तर पर्दा पछाडि, कार्यको प्रत्येक चरण, र जे कुरा पनि हुन्छ, त्यो शैतानले परमेश्‍वरसँग बाजी थाप्‍ने कार्य हो, र यसका लागि मानिसहरूले परमेश्‍वरको साक्षी दिन दह्रिलो भएर खडा हुनु आवश्यक हुन्छ। उदाहरणको लागि अय्यूबलाई परीक्षा गरिएको घटनालाई लिऊँ: पर्दा पछाडि शैतानले परमेश्‍वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो त्यो मानिसहरूको कार्यहरू र मानिसहरूको हस्तक्षेप थियो। तिमीहरूमा परमेश्‍वरले गर्ने कार्यको प्रत्येक कदमको पछाडि शैतानले परमेश्‍वरसँग बाजी थापेको हुन्छ—पछाडिपट्टि यो सबै युद्ध हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो)। “जब परमेश्‍वरले काम गर्नुहुन्छ, कुनै व्यक्तिलाई वास्ता गर्नुहुन्छ, र उसलाई नियाल्‍नुहुन्छ, र जब उहाँले त्यो व्यक्तिलाई कृपा र अनुमोदन प्रदान गर्नुहुन्छ, तब शैतान पनि त्यसको पछिपछि लाग्छ, र त्यसलाई फुस्ल्याउने, र हानि गर्ने प्रयास गर्छ। परमेश्‍वरले त्यो व्यक्तिलाई प्राप्त गर्न चाहनुभयो भने, शैतानले परमेश्‍वरलाई बाधा दिन आफ्नो भएभरको शक्ति लगाउँछ, र परीक्षा गर्न, बाधा दिन र परमेश्‍वरको कामलाई बिगार्न विभिन्‍न दुष्‍ट चालहरू प्रयोग गर्छ, र त्यसले आफ्नो गुप्‍त उद्देश्य हासिल गर्न यी सबै कार्य गर्छ। यो उद्देश्य के हो त? परमेश्‍वरले कुनै पनि व्यक्तिलाई प्राप्‍त गर्नुभएको त्यसले चाहँदैन; परमेश्‍वरले चाहनुभएका सबैलाई त्यसले आफ्नो कब्जामा लिन चाहन्छ, तिनीहरूलाई नियन्त्रण गर्न चाहन्छ, तिनीहरूलाई वशमा पार्न चाहन्छ, ताकि तिनीहरूले त्यसको आराधना गरून्, ताकि दुष्कर्म गर्नमा तिनीहरू त्यससँग हात मिलाऊन्, र परमेश्‍वरको विरोध गरून्। के यो शैतानको दुष्‍ट आशय होइन र?(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ४)। परमेश्‍वरका वचनहरू पढेपछि, मलाई शैतानका चलाकीहरूका बारेमा थोरै पनि थाहा भयो। जब परमेश्‍वरले व्यक्तिलाई मुक्ति दिन चाहनुहुन्छ, तब उसलाई परमेश्‍वरद्वारा प्राप्त हुन नदिन शैतानले हरेक किसिमको माध्यम प्रयोग गर्छ र सबै मानिसहरू र परिस्थितिहरूको प्रयोग गर्छ। मलाई यही कुरा भइरहेको थियो। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गरेकी छु भन्‍ने थाहा पाएपछि, मेरो बुबाले मलाई रोक्‍न र बाधा दिन सक्दो प्रयास गर्नुभयो। उहाँले मलाई काम गर्नुपर्छ भनेर बहाना बनाउनुभयो, भेला हुनुभन्दा पहिले हरेक पटक नै काम अह्राउनुहुन्थ्यो, र काम गर्न बाहिर जानुपर्छ भनेर भन्दै मेरो भेलाहरूमा जानी-जानी बाधा दिनुहुन्थ्यो। यो सबै कुरामा सामान्य रूपमा भेलाहरूमा सहभागी हुन वा परमेश्‍वरको वचन पढ्न मेरो लागि असम्‍भव तुल्याउन मलाई बाधा दिन लगाउनको लागि शैतानले मेरो बुबालाई प्रयोग गरिरहेको थियो। मलाई शैतानका चलाकीहरूको बारेमा थाहा थिएन, त्यसकारण मेरो बुबाले मलाई धम्की दिनुहुँदा, म उहाँले भनेको मान्थेँ किनभने मलाई घरबाट निकालिन्छु भन्‍ने डर थियो। म शैतानको परीक्षामा परेँ, त्यसकारण मैले नियमित रूपमा भेलाहरूमा सहभागिता जनाउन सकिनँ, र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सकिनँ। अब मैले के बुझेँ भने, मलाई परमेश्‍वरबाट टाढा लैजान र परमेश्‍वरको मुक्ति गुमाउन लगाउनको लागि शैतानले मेरो बुबाका बाधाहरू प्रयोग गरिरहेको थियो। शैतान साँच्‍चै दुष्ट छ। तर परमेश्‍वरको बुद्धि शैतानका युक्तिहरूका आधारमा प्रयोग हुन्छ। यो परिस्थितिको अनुभव गरेर, मैले सत्यताको खोजी गर्न, पाठहरू सिक्‍न, शैतानका छलहरूलाई चिन्‍न, आफ्‍नो गवाहीमा दह्रिलो गरी खडा भएर शैतानलाई लाजमा पार्न सकेँ। परमेश्‍वरको अन्तर्दृष्टि र अगुवाइद्वारा मात्रै मैले परिस्थितिहरूको वास्तविकतालाई केही मात्रामा चिन्‍न सक्छु। म आफ्‍नो गवाहीमा दह्रिलो गरी खडा हुनुपर्थ्यो, र उप्रान्त शैतानको पासोमा पर्नु हुँदैनथियो।

त्यसपछि, मैले भेलाहरूमा सहभागी हुने र आफ्‍नो कर्तव्य पूरा गर्ने कार्यमा जोड दिन थालेँ। मेरो बुबाले मलाई बाधा दिन र झिज्याउन छोड्नुभएन, र उहाँले मलाई एक-दुई पटक घरबाट निकाल्‍ने समेत प्रयास गर्नुभयो। उहाँ मदेखि यति रिसाउनुभएको थियो कि उहाँ मसँग बोल्‍न छोड्नुभयो। उहाँले मलाई जे गर्नुभए पनि, मैले उहाँसँग कुरा गर्नुपर्छ भन्‍ने मलाई थाहा थियो। एक दिन मैले उहाँलाई सोधेँ, “बुबा, किन मसँग बोल्‍नुहुन्‍न? किन मलाई घरबाट निकाल्‍न चाहनुहुन्छ?” उहाँले भन्‍नुभयो, “तँलाई भेलाहरूको बारेमा मात्रै वास्ता छ, र तँ अटेरी भएकी छस्।” मैले भनेँ, “परमेश्‍वरले हामीलाई आफ्‍नो आमाबुबाको आदर गर्नू भनेर भन्‍नुभएको छ, त्यसकारण म तपाईंसँग बोल्‍न छोड्दिनँ, तर म भेलाहरूमा सहभागी हुन पनि छोड्दिनँ।” उहाँ चुप बस्‍नुभयो, र त्यसपछि मलाई केही पनि भन्‍नुभएन। पछि, मैले मेरी सानी आमालाई सुसमाचार प्रचार गरेँ। उहाँलाई यो मन पर्‍यो, र उहाँले एक महिनासम्‍म भेलाहरूमा सहभागिता जनाउनुभयो। तर मेरो बुबाले थाहा पाउनुभएपछि, उहाँले आमालाई भेलामा जान दिनुभएन र मलाई घरबाट निकाल्‍न चाहनुभयो। यो देख्दा मलाई दुःख लाग्यो। म मेरो बुबासँगको सम्‍बन्ध बरबाद गर्न चाहन्‍नथिएँ। एक दिन बिहान, मैले मेरो फोनमा परमेश्‍वरको वचन पढिरहेकी थिएँ। यो देख्दा मेरो बुबाले मलाई हकार्नुभयो, “यदि तँ अझै पनि तेरो फोनमा भेलाहरूमा सहभागी हुन्छस् भने, म तेरो फोन खोस्छु!” त्यसपछि उहाँले मेरो हातबाट फोन खोस्‍ने प्रयास गर्नुभयो। मैले खोस्‍न दिइनँ, त्यसकारण उहाँले रिसाउँदै भन्‍नुभयो, “तैँले भनेको मान्दैनस् भने, तेरो सामान लिएर यो घरबाट गइहाल्!” यसले हृदयमा चोट पुग्यो। मेरो बुबासँगको सम्‍बन्ध सधैँ राम्रो थियो। म उहाँलाई वा उहाँको घरलाई छोडेर जान चाहन्‍नथिएँ, तर मप्रतिको मेरो बुबाको आचरण र यी चोट पुर्याउने शब्‍दहरूले यति चित्त दुख्यो कि म व्याख्या गर्नै सक्दिनँ। मलाई घरबाट निकालिएको भए, मेरो जाने ठाउँ कहीँ हुनेथिएन। मसँग पैसा पनि थिएन। के गर्ने मलाई थाहा थिएन। म रुन थालेँ, र मलाई मुटु दुख्यो। मेरो बुबाको बाधा र खलबलीको कारण, मैले धेरै चिन्ताको सामना गरेकी थिएँ, र मलाई निकै कमजोरी र कष्टको अनुभव भयो। म यी कठिनाइ र निर्णयहरूको सामना गरिरहन चाहन्‍नथिएँ, त्यसकारण मैले आत्‍महत्या गर्ने बारेमा सोचेँ।

मेरो सोचाइ गलत छ भन्‍ने मलाई थाहा भयो, त्यसकारण मैले खोजी गर्न परमेश्‍वरसँग प्रार्थना गरेँ र मेरो स्थितिको बारेमा मेरा ब्रदर-सिस्टरहरूलाई बताएँ। तिनीहरूले मलाई परमेश्‍वरका केही वचनहरू बाँडे। “यदि तेरा विचारहरूसँग नमिल्ने धेरै वटा कुराहरू तँमाथि आउँछन्, तापनि तँ ती सबलाई पन्साउन र ती कुराहरूबाट परमेश्‍वरका कार्यहरूको ज्ञान प्राप्त गर्न सक्छस् भने, यदि शोधन भइरहेको बेला परमेश्‍वरप्रति तेरो प्रेमको हृदय प्रकट गर्छस् भने त्यही नै अटल साक्षी हो। यदि तेरो घर शान्तिमय छ, तैँले शरीरको सुख-सुविधाको आनन्द लिन्छस्, कसैले पनि तँलाई सताइरहेको छैन, र मण्डलीका भाइ-बहिनीहरूले तेरो आज्ञा पालन गर्दछन् भने, के तँ परमेश्‍वरप्रति आफ्नो प्रेमको हृदय प्रकट गर्न सक्छस्? के यस्तो परिस्थितिले तँलाई शोधन गर्न सक्छ? शोधनद्वारा मात्र परमेश्‍वरप्रतिको तेरो प्रेम देखाउन सकिन्छ, तेरा विचारहरूसँग नमिल्ने कुराहरूद्वारा मात्र तँ सिद्ध बनाइन सक्छस्। धेरै वटा विपरीत र नकारात्मक थोकहरूको सेवा र शैतानका सबै प्रकारका अभिव्यक्तिहरू प्रयोग गरेर—त्यसका कार्यहरू, त्यसले लगाउने दोषहरू, त्यसको बाधाहरू र छलहरू—परमेश्‍वरले तँलाई शैतानको घृणित अनुहार स्पष्टसँग देखाउनुहुन्छ, र त्यसरी शैतानलाई चिन्ने तेरो क्षमतालाई पूर्ण बनाउनुहुन्छ, अनि तँ शैतानलाई घृणा गर्न र त्याग्न सक्छस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ)। “निराश नबन्, कमजोर नबन्, अनि म तेरो लागि सबै कुरो स्पष्ट बनाउनेछु। राज्यमा पुग्‍ने मार्ग सहज छैन; कुनै पनि कुरो त्यति साधारण छैन! तिमीहरूकहाँ आशिष सहजै आएको नै तिमीहरू चाहन्छौ, होइन र? आज सबैले कठिन परीक्षाको सामना गर्नु पर्नेछ। यस्तो परीक्षाविना मेरो निम्ति तिमीहरूसँग भएको प्रेम बलियो हुन सक्दैन अनि तिमीहरूमा मेरो निम्ति साँचो प्रेम हुनेछैन। यस्ता परीक्षाहरू स-साना परिस्थितिहरूले भरिएका भए तापनि सबैले यसबाट पार भएर नै जानुपर्नेछ, केवल परीक्षाको कठिनाइ व्यक्ति अनुरूप फरक हुनेगर्छ। परीक्षाहरू मैले दिएका आशिषहरू हुन्, अनि तिमीहरूमध्ये कति जना मकहाँ बारम्बार आएर मेरो आशीर्वादको निम्ति घुँड़ा टेकेर प्रार्थना गर्छौ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ४१)। “आज धेरैजसो मानिससँग त्यो ज्ञान छैन। तिनीहरू दुःख-कष्टको कुनै मूल्य हुँदैन भनी विश्‍वास गर्छन्, तिनीहरू संसारद्वारा त्यागिएका छन्, तिनीहरूको पारिवारिक जीवन समस्याग्रस्त छ, तिनीहरू परमेश्‍वरका प्रियहरू होइनन् र तिनीहरूका सम्भावनाहरू धमिला छन्। केही मानिसहरूको दु:ख चरम सीमामा पुग्छ, र तिनीहरूका विचारहरू मृत्युमा बदलिन्छन्। यो परमेश्‍वरप्रतिको साँचो प्रेम होइन; त्यस्ता मानिसहरू कायरहरू हुन्, तिनीहरूमा कुनै दृढता हुँदैन, तिनीहरू कमजोर र शक्तिहीन छन्! … यसैले, यी आखिरी दिनहरूमा तिमीहरूले परमेश्‍वरको गवाही दिनैपर्छ। तिमीहरूका दु:ख-कष्टहरू जतिसुकै ठूलो भए पनि तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि तिमीहरू परमेश्‍वरप्रति विश्‍वासयोग्य रहनुपर्छ र आफुलाई उहाँकै कृपामा छोड्नुपर्छ; केवल यो मात्रै परमेश्‍वरलाई साँचो रूपले प्रेम गर्नु हो, र यो मात्र बलियो र जोडदार गवाही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्)। परमेश्‍वरका वचनहरू पढिसकेपछि, मैले के बुझेँ भने, राज्यको मार्ग त्यति सहज छैन। परमेश्‍वरको अनुमोदन र आशिषहरू प्राप्त गर्नको लागि हामीले मूल्य चुकाउनुपर्छ र अनेक किसिमका कठिन परिस्थितिहरूको जाँच सामना गर्नुपर्छ। परमेश्‍वरमा विश्‍वास गर्ने मार्गमा हिँड्दा, कष्ट र शोधनविना, हामीले परमेश्‍वरप्रति साँचो प्रेमको विकास गर्न सक्दैनौँ। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गरेको कारण मेरो बुबाले मेरो विरोध गर्नुभएको थियो। उहाँले मलाई रोक्‍न अनि मेरा भेलाहरू र कर्तव्यमा बाधा दिने प्रयास गर्नुभयो, र धेरै पटक मलाई घरबाट निकाल्‍ने समेत इच्‍छा गर्नुभयो। यो मेरो लागि अत्यन्तै पीडादायी कुरा थियो। परमेश्‍वरले मलाई किन यस्तो आपतमा पर्न दिनुभयो मैले बुझेकी थिइनँ, तर मैले परमेश्‍वरको इच्‍छा खोजिनँ वा यो परिस्थितिको अनुभव कसरी गर्ने सोबारे सोचिनँ। बरु, मलाई भयानक महसुस भयो, म व्याकुल र चिन्तित भएँ, र मलाई निकालियो भने मैले कस्तो कठिनाइको सामना गर्नुपर्छ भन्‍ने बारेमा डर लाग्यो। म अत्यन्तै कमजोर थिएँ, यहाँसम्‍म कि यसबाट उम्‍कने सबैभन्दा राम्रो उपाय मृत्यु हो भन्‍ने लागेको थियो। मेरा नकारात्मक भावनाहरूले मलाई पूर्ण रूपमा नियन्त्रण गरेका थिए। परमेश्‍वरको वचनबाट, मलाई मेरा सोचाइहरू कति गलत थिएछन् भन्‍ने थाहा भएको छ। म कायर थिएँ। म कुनै पनि कठिनाइहरूको सामना गर्न सक्‍ने गरी साहसी र बलियो हुनुपर्थ्यो, किनभने यी परिस्‍थितिहरूबाट परमेश्‍वरले मेरो विश्‍वासलाई सिद्ध तुल्याउन चाहनुहुन्थ्यो, मैले जे-जस्ता कठिनाइहरू भोगे पनि तिनलाई पालना र स्वीकार गर्न सक्‍ने व्यक्ति मलाई बनाउन चाहुनुहुन्थ्यो, र आफ्‍नो गवाहीमा दह्रिलो गरी खडा भएर शैतानलाई लाजमा पार्नको लागि मलाई प्रार्थना गर्न र परमेश्‍वरमा भरोसा गर्न सक्‍ने व्यक्ति बनाउन चाहनुहुन्थ्यो। परमेश्‍वरको वचन मनन गरेपछि, मेरो हृदय उज्यालो भयो। म डरपोक बन्‍नु हुँदैनथियो। म अघि बढ्नुपर्थ्यो, किनभने परमेश्‍वर मेरो साथमा हुनुहुन्थ्यो, र परमेश्‍वरले नै मलाई सहयोग गर्नुहुनेथियो। त्यसपछि, मैले भेलाहरूमा सहभागी हुने र आफ्‍नो कर्तव्य पूरा गर्ने कार्यलाई रोकिनँ।

केही दिनपछि, मेरो जेठा दाजु घर फर्कनुभयो। मैले उहाँलाई सर्वशक्तिमान् परमेश्‍वरको बारेमा गवाही दिएँ र भेलाहरूमा सहभागी हुन अनुरोध गरेँ, र उहाँले मेरो निम्तोलाई स्वीकार गर्नुभयो। तर केही समयपछि, मेरो बुबाले थाहा पाउनुभयो र दाजुलाई बाधा र अवरोध गर्न थाल्‍नुभयो, त्यसकारण मेरो जेठा दाजुले भेलाहरूमा सहभागिता जनाउन छोड्नुभयो। मेरो बुबाले मलाई मेरो परिवारलाई फेरि सुसमाचार नसुनाउन चेतावनी पनि दिनुभयो। मलाई अलिक दुःख लाग्यो, तर यो बाहिरी रूपमा मेरो बुबाको बाधा भए पनि, वास्तवमा यो शैतानको बाधा हो भन्‍ने मलाई थाहा थियो, त्यसकारण मैले आफूलाई शान्त पार्ने प्रयास गरेँ। पछि, परमेश्‍वरको वचनमा मैले यो कुरा पढेँ, “तँभित्र मेरो साहस हुनुपर्छ, र विश्‍वास नगर्ने आफन्तहरूको सामना गर्नका लागि तँसँग सिद्धान्तहरू हुनुपर्छ। तैपनि, तँ मेरो लागि कुनै पनि अन्धकारको शक्तिप्रति समर्पित हुनु हुँदैन। सिद्ध मार्गमा हिँड्नका लागि मेरो बुद्धिमा भर पर्; शैतानका कुनै पनि षड्यन्त्रलाई प्रभाव पार्न नदे। मेरो अगाडि तेरो हृदय राख्नको लागि तेरो सम्पूर्ण प्रयास लगा, र म तँलाई सान्त्वना दिनेछु र तेरो लागि शान्ति र खुशी ल्याइदिनेछु। अरू मानिसहरूको अगाडि कुनै निश्चित रूपमा खडा हुने प्रयास नगर्; के मलाई सन्तुष्ट बनाउँदा यसले थप महत्त्व र वजन बोक्दैन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १०)। “परमेश्‍वरका वचनहरूले मानिसहरूलाई कुन सिद्धान्तद्वारा अरूसँग व्यवहार गर्न आग्रह गर्छन्? परमेश्‍वरले जुन कुरालाई प्रेम गर्नुहुन्छ त्यसलाई प्रेम गर्नू र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू: यो सिद्धान्त पालन गर्नुपर्छ। परमेश्‍वरले सत्यको पछि लाग्ने र उहाँको इच्छा पछ्याउन सक्नेहरूलाई प्रेम गर्नुहुन्छ। यी त्यस्ता मानिसहरू हुन् जसलाई हामीले प्रेम गर्नुपर्छ। परमेश्‍वरको इच्छा पालन गर्न नसक्नेहरू, परमेश्‍वरलाई घृणा गर्नेहरू, र परमेश्‍वरको विरुद्धमा विद्रोह गर्नेहरू—यी मानिसहरूलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ, र हामीले पनि तिनीहरूलाई घृणा गर्नुपर्छ। परमेश्‍वरले मानिसलाई यस्तै गर्नू भन्नुहुन्छ। यदि तेरा आमाबाबुले परमेश्‍वरमा विश्‍वास गर्दैनन् भने, यदि तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नु सही मार्ग हो र यसले मुक्तिको मार्गतर्फ डोर्‍याउँछ भन्‍ने राम्ररी थाहा छ, तैपनि तिनीहरू अग्रहणशील नै रहन्छन् भने, तिनीहरू सत्यताप्रति दिक्‍क भएका, सत्यतालाई घृणा गर्ने मानिसहरू हुन् भन्‍नेमा कुनै शङ्का हुँदैन, र तिनीहरू परमेश्‍वरको विरोध गर्ने, र परमेश्‍वरलाई घृणा गर्ने मानिसहरू हुन् भन्‍नेमा पनि कुनै शङ्का हुँदैन—र स्वाभाविक रूपमा परमेश्‍वरले पनि उनीहरूलाई घृणा र तिरस्कार गर्नुहुन्छ। के तँ त्यस्ता आमाबाबुलाई घृणा गर्न सक्छस्? उनीहरूले परमेश्‍वरको विरोध गर्न, र परमेश्‍वरको निन्दा गर्न सक्छन्—र त्यो अवस्थामा, निश्‍चित रूपमा उनीहरू नरपिशाच र शैतान हुन्छन्। के तँ उनीहरूलाई घृणा गर्न र श्राप दिन सक्छस्? यी सबै वास्तविक प्रश्‍नहरू हुन्। यदि तेरा आमाबाबुले तँलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट रोके भने, तैँले उनीहरूसित कस्तो व्यवहार गर्नुपर्छ? परमेश्‍वरले भनेअनुसार, परमेश्‍वरले जुन कुरालाई प्रेम गर्नुहुन्छ त्यसलाई तैँले प्रेम गर्नुपर्छ, र जुन कुरालाई परमेश्‍वरले घृणा गर्नुहुन्छ त्यसलाई तैँले घृणा गर्नुपर्छ। अनुग्रहको युगमा प्रभु येशूले भन्नुभयो, ‘मेरी आमा को हुन्? र मेरा दाजुभाइहरू को हुन्?’ ‘जसले स्वर्गमा हुनुहुने मेरो पिताको इच्‍छा पूरा गर्छन्, तिनीहरू नै मेरा दाजुभाइ, दिदीबहिनी, र आमा हुन्’ (मत्ती १२:४८, ५०)। यो भनाइ अनुग्रहको युगमा पहिले नै चलनचल्तीमा थियो, र अहिले परमेश्‍वरका वचनहरू अझ स्पष्ट भएका छन्: ‘परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नु, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नु।’ यी वचनहरू स्पष्ट छन्, तर मानिसहरूले तिनका वास्तविक अर्थलाई बुझ्न सक्दैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना बहकिएका दृष्टिकोणहरू पहिचान गरेर मात्र साँचो रूपमा रूपान्तरित हुन सकिन्छ)। परमेश्‍वरको वचन पढेपछि, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेपछि मेरो बुबाले गर्नुभएका विभिन्‍न व्यवहारहरूको बारेमा मैले विचार गरेँ। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनहरू पढेर उहाँलाई धेरै पटक सुनाएकी थिएँ, र सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामको बारेमा गवाही दिएकी थिएँ। मेरो बुबाले मेरो कुरा खण्डन गर्न नसके पनि, उहाँ आफ्‍ना धारणाहरूमा लागिरहनुभयो र पटक्‍कै खोजी गर्नुभएन, उहाँले परमेश्‍वरको कामलाई इन्कार र निन्दा गर्नुभयो, र उहाँले मलाई र अरूलाई सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्नबाट रोक्‍नको लागि हरेक उपाय अपनाउनुभयो। अब, मेरो बुबाले सत्यतालाई प्रेम नगर्नुभएको कारण उहाँले हामीलाई विरोध गर्नुभएको हो र सताउनुभएको हो भन्‍ने मलाई स्पष्ट रूपमा थाहा भयो; उहाँले सत्यतालाई घृणा गर्नुहुन्थ्यो। उहाँ प्रभु येशूलाई विरोध गर्ने फरिसीहरू जस्तै हुनुहुन्थ्यो। प्रभु येशू नयाँ काम गर्न आउनुभएको छ भन्‍ने सुनेपछि, तिनीहरूले खोजी र अनुसन्धान गर्नुको सट्टा, यो मार्गलाई विरोध र निन्दा गरे, जुन कुराले सत्यतालाई घृणा गर्ने र परमेश्‍वरको विरोध गर्ने तिनीहरूको प्रकृतिलाई पूर्ण रूपमा प्रकट गर्छ। मेरो बुबाले परमेश्‍वरमा विश्‍वास गरेको ३० वर्षभन्दा बढी भइसकेको थियो, तर प्रभु येशूको पुनरागमनको खबर सुन्दा, उहाँ जिद्दी भएर धार्मिक धारणाहरूमा लागिरहनुभयो, उहाँसँग खोजी गर्ने कुनै इच्‍छा थिएन, परमेश्‍वरको आवाज सुन्‍न इन्कार गर्नुभयो, र हामीलाई रोक्‍ने प्रयास गर्नुभयो। उहाँले हामीलाई विरोध गरिरहनुभएको थिएन, तर सत्यता र परमेश्‍वरलाई विरोध गरिरहनुभएको थियो। उहाँ परमेश्‍वरको भेडा हुनुहुन्‍नथियो, र परमेश्‍वरले उहाँलाई अनुमोदन गर्नुहुन्‍नथियो। तपाईंले प्रभुमा विश्‍वास गर्नुभएको कति भयो, तपाईंसँग हैसियत छ कि छैन, वा तपाईंले कति धेरै बाइबललाई जान्‍नुभएको छ परमेश्‍वरले त्यसको वास्ता गर्नुहुन्‍न। तपाईंले नम्र भई सत्यताको खोजी गर्नुहुन्छ कि गर्नुहुन्‍न, तपाईंले परमेश्‍वरको आवाजलाई बुझ्‍न र परमेश्‍वरको देखापराइ र कामलाई स्वीकार गर्न सक्‍नुहुन्छ कि सक्‍नुहुन्छ त्यसलाई नै परमेश्‍वरले हेर्नुहुन्छ। मेरो बुबा परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने र सत्यताको खोजी गर्ने व्यक्ति हुनुहुन्‍नथियो। उहाँले प्रभुमा विश्‍वास गरेको जति धेरै वर्ष भए पनि, यदि उहाँले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्नुभएन भने, र यसरी विरोध र निन्दा गर्नुभयो भने, उहाँले कहिल्यै पनि परमेश्‍वरको मुक्ति पाउनुहुनेथिएन, र परमेश्‍वरले उहाँलाई दण्ड र श्राप दिनुहुनेथियो। मलाई अन्तर्दृष्टि दिने र अगुवाइ गर्ने, मलाई केही सत्यता बुझाउने, अनि मेरो बुबाको प्रकृति र सारलाई बुझ्‍न सहयोग गर्ने परमेश्‍वरको वचन नै थियो। मैले अबदेखि भावुकतामा व्यवहार गर्नु हुँदैनथियो। मैले सत्यताका सिद्धान्तहरू र परमेश्‍वरको वचन अनुसार व्यवहार गर्नुपर्थ्यो, मेरो विश्‍वासलाई कायम राख्‍नु, र परमेश्‍वरको गवाहीमा दह्रिलो गरी खडा हुनुपर्थ्यो।

यो वातावरणको अनुभव गरेपछि, मैले मेरो बुबाको वास्तविकतालाई अझै राम्ररी बुझेँ, र जब-जब उहाँले मलाई बाधा दिनुहुन्थ्यो, तब-तब म प्रार्थना गर्थेँ र परमेश्‍वरमा भरोसा गर्थेँ। मलाई सहयोग गर्न मेरा ब्रदर-सिस्टरहरूले पनि मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू बाँडे, र ती वचनद्वारा मैले परमेश्‍वरको इच्‍छा बुझेँ अनि परमेश्‍वरलाई पछ्याउने विश्‍वास पाएँ। मैले परमेश्‍वरको प्रेम अनुभव गरेँ, त्यसकारण म निकै खुशी भएँ, र म परमेश्‍वरप्रति अत्यन्तै कृतज्ञ भएँ। त्यसपछि मेरो बुबाले मलाई बाधा र अवरोध दिँदा, म बाध्यतामा पर्न छोडेँ। म खडा भएर उहाँलाई भन्‍न सक्थेँ, जेसुकै भए पनि, म सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गरिरहनेछु र भेलाहरूमा सहभागी भइरहनेछु, मेरो जिम्‍मेवारी के हो मलाई थाहा छ, मैले आफ्‍नो कर्तव्यलाई पहिलो प्राथमिकता दिनुपर्छ, र मैले सुसमाचार प्रचार गर्नुपर्छ र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ।

पछि, मैले परमेश्‍वरका अझै धेरै वचनहरू पढेँ। “आज, ज-जसले मेरो इच्‍छा पूरा गर्न सक्छन्, ज-जसले मेरा बोझहरूलाई उचित ध्यान दिन सक्छन्, र ज-जसले साँचो हृदय र इमानदारिताको साथ आफ्‍नो सम्पूर्णता मलाई दिन सक्छन् तिनीहरूलाई म प्रेम गर्छु। म तिनीहरूलाई निरन्तर रूपमा अन्तर्दृष्टि दिनेछु, र तिनीहरूलाई मबाट फुत्केर टाढा हुन दिनेछैन। म प्रायजसो भन्‍ने गर्छु, ‘मेरो लागि इमानदारपूर्वक खर्चिनेहरूलाई म अवश्य नै धेरै आशिष्‌ दिनेछु।’ ‘आशिष्’ ले केलाई जनाउँछ? के तँलाई थाहा छ? पवित्र आत्‍माको वर्तमान कार्यको प्रसङ्गमा, यसले मैले तिमीहरूलाई दिने बोझहरूलाई जनाउँछ। मण्डलीको लागि बोझ बोक्‍न सक्‍ने, र मेरो खातिर आफूलाई इमानदारितापूर्वक अर्पण गर्न सक्‍नेहरू सबैका लागि, तिनीहरूका बोझ र तिनीहरूको तत्परता दुवै मबाट आउने आशिष्‌ हुन्। यसको साथै, मैले तिनीहरूलाई दिने प्रकाशहरू पनि मबाट तिनीहरूले पाउने आशिष्‌ नै हुन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ८२)। “उठ् र मसँग सहकार्य गर्! मेरो लागि आफूलाई अर्पित गर्नेहरूसित निश्चय पनि म तुच्छ व्यवहार गर्नेछैन। ज-जसले गम्भीरतासाथ आफैलाई ममा समर्पण गर्छन् तिनीहरूलाई म मेरा सबै आशिष्‌हरू प्रदान गर्नेछु। आफैलाई पूर्ण रूपमा ममा अर्पण गर्! तँ जे खान्छस्, तँ जे लगाउँछस्, र तेरो भविष्य सबै मेरो हातमा छ; म सबै कुराको उचित व्यवस्था गर्नेछु ताकि तैँले अनन्त आनन्द पाउन सक्, जुन तैँले प्रयोग गरेर कहिल्यै समाप्त गर्न सक्नेछैनस्। किनकि मैले भनेको छु, ‘मेरो लागि इमानदारपूर्वक खर्चिनेहरूलाई म अवश्य नै धेरै आशिष्‌ दिनेछु।’ मेरो निम्ति आफैलाई इमानदारीसाथ अर्पण गर्ने प्रत्येक व्यक्तिलाई सबै आशिष्‌हरू प्राप्त हुनेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ७०)। परमेश्‍वरको वचन पढिसकेपछि, आफ्‍नो कर्तव्यमा बोझ लिनु र इमानदार बन्‍नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ भन्‍ने मैले बुझेँ। मैले आफैलाई सोधेँ, “के म साँच्‍चै नै राज्यको सुसमाचार प्रचार गर्ने कार्यमा समर्पित छु? के मैले परमेश्‍वरका मापदण्डहरू अनुसार आफ्‍नो कर्तव्य पूरा गरेकी छु?” मेरो बुबाले मलाई घरमा बसेर भेलाहरू र कर्तव्यमा समय बिताउन दिनुहुन्‍न भन्‍ने मलाई थाहा थियो, किनभने उहाँले मलाई सधैँ बाधा दिने र अवरोध खडा गर्ने गर्नुहुन्थ्यो। म सुसमाचारको काममा पूर्ण रूपमा समर्पित हुनको लागि, घर छोडेर सुसमाचार प्रचार गर्न कतै जानुपर्थ्यो। परमेश्‍वरले जति सक्दो चाँडो राज्यको सुसमाचार प्रचार भएको चाहनुहुन्छ, यसरी धेरैभन्दा धेरै मानिसहरूले परमेश्‍वरको आखिरी दिनहरूको मुक्तिलाई ग्रहण गर्न सकून्। मसँग परमेश्‍वरको राज्यको सुसमाचार फैलाउने जिम्‍मेवारी छ ताकि धेरै मानिसहरूले परमेश्‍वरको आवाजलाई सुनेर प्रभुलाई स्वागत गर्न सकून्। त्यसकारण म आफ्‍नो सरसामान बोकेर नयाँ सहरमा गएँ, र मैले बल्‍ल स्वतन्त्र भएर सुसमाचार प्रचार गर्न पाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

शैतानको जाँचमाथि विजय

मेरो नाम डेभिड हो, र मेरो जन्‍म इसाई परिवारमा भएको हो। मैले सानैदेखि मेरो आमाबुबासँग प्रभुलाई विश्‍वास गर्दै आएको थिएँ। ठूलो भएपछि, मैले...

साँचो मार्गको अनुसन्धान गर्दा मैले अनुभव गरेको कुरा

मैले बालक छँदा नै मेरा आमाबुबाको पछि लागेर प्रभुलाई विश्‍वास गरेकी थिएँ। पछि, म शिक्षक बनेँ, अनि इसाई र नैतिक शिक्षासम्‍बन्धी पाठ्यक्रमहरू...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्