सबैभन्दा अर्थपूर्ण निर्णय

27 फ्रेवुअरी 2023

बालक हुँदादेखि नै मैले मेरा आमाबुबासँग प्रभुमा विश्‍वास गरेँ। ठूलो भएपछि, मैले निर्माण क्षेत्रमा काम गरेँ र एउटा कराँते स्कूल खोलेँ। वर्षौंसम्‍म काममा व्यस्त भएपछि, म सधैँ परमेश्‍वरको बारेमा धेरै कुरा बुझ्‍न चाहन्थेँ त्यसकारण म टिभीमा धेरै पाष्टरहरूले प्रचार गरेको हेर्थेँ। कहिलेकहीँ म मेरो पाष्टर र इष्टमित्रहरूसँग बाइबल अध्ययन गर्थेँ, र म नियमित रूपमा फेसबुकमा गएर इसाई पेजहरू हेर्थेँ। सन् २०२० मा, महामारीको कारण, मेरो कराँते स्कूल अस्थायी रूपमा बन्द गर्नु पर्ने भयो, यसले गर्दा मैले परमेश्‍वरको बारेमा थप जानकारी अनलाइन खोज्‍ने मौका पाएँ।

त्यस वर्षको डिसेम्‍बरमा एक दिन, मैले सधैँ झैँ फेसबुक चलाइरहेको थिएँ, र अचानक एउटा मेसेज पाएँ। ताइवानकी एक जना सिस्टरले मलाई भेलामा सहभागी भएर परमेश्‍वरको वचन सुन्‍ने कि भनी सोधिन्। मैले खुशीसाथ स्वीकार गरेँ। केही समयसम्‍म भेलामा सहभागी भएर अनि सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेर, मलाई यी वचनहरूले परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापन योजनाको रहस्य प्रकट गर्छन्, मानिसको पतन, भ्रष्टता, र पापको जड प्रकट गर्छन्, साथै मानवजाति पापबाट मुक्त भएर शुद्ध हुने मार्ग देखाउँछन् भन्‍ने थाहा भयो। मैले सत्यताका यी रहस्यहरूको बारेमा कहिल्यै सुनेको वा देखेको थिइनँ, र यी वचनहरू परमेश्‍वरको आवाज हुन्, र सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू भन्‍ने कुरामा म हृदयदेखि निश्‍चित भएँ! म निकै उत्साहित थिएँ। मैले मेरो जीवनकालमा नै परमेश्‍वरको आवाज सुनेर प्रभुलाई स्वागत गर्न पाउँछु भनेर कहिल्यै सोचेको थिइनँ। मलाई आफू निकै सौभाग्यशाली भएको महसुस भयो। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वीकार गरिसकेपछि, मलाई हरेक भेलाबाट धेरै कुरा सिकेको महसुस हुन्थ्यो। घरको काम वा अरू मामलाहरूको कारण भेलाहरूमा सहभागी हुन पाइनँ भने, भोलिपल्‍ट, म भेलामा पठाइएका सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्थेँ, र ब्रदर-सिस्टरहरूले पनि मलाई भेलाको विषयवस्तु बुझ्‍न सहयोग गर्थे। यो कार्य दुई-तीन महिनासम्‍म जारी रह्यो, त्यसपछि मलजल कामको इन्‍चार्ज रहेका ब्रदरले मलाई भने, “ब्रदर भिक्टोर, तपाईंले धेरै उत्सुकताको साथ खोजी गर्नुहुँदो रहेछ, र तपाईंले सत्यता बुझ्‍न चाहनुहुन्छ। हामी तपाईंलाई भेला समूहको जिम्‍मा लिन निमन्त्रणा गर्न चाहन्छौँ। तपाईंलाई यसो गर्ने इच्‍छा छ?” तर मलाई त्यो बेला हुन्छ भनेर भन्‍न गाह्रो भयो, किनभने मैले फेरि पनि मेरो कराँते स्कूल खोल्‍नुपर्छ भन्‍ने मलाई लागेको थियो। यदि म भेला समूहको इन्‍चार्ज भएँ भने, मेरो सिकाउने समय र भेलाको समय बाझिनेथियो। स्कूलको इज्‍जतमा असर पर्‍यो भने के गर्ने? त्यसकारण मैले ब्रदरलाई भनेँ, “माफ गर्नुहोस्, म यो कर्तव्य लिन सक्दिनँ किनभने चाँडै नै मैले कराँते स्कूल सिकाउनुपर्छ। मेरो लागि शिक्षा दिनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र म कुनै पनि कुरालाई मेरो बाटोमा खडा हुन दिन सक्दिनँ, मैले यो स्कूल चलाएको ११ वर्ष भयो। यो मेरो वर्षौंको परिश्रमको परिणाम हो, र सबै आमाबुबाले मलाई तिनीहरूका छोराछोरीलाई शिक्षा दिन्छु भनेर विश्‍वास गर्छन्। तिनीहरू सबैलाई मेरो धेरै खाँचो छ, त्यसकारण म भेला समूहको इन्‍चार्ज हुन सक्दिनँ।”

पछि, एउटा भेलामा, मैले एक जना ब्रदरले सेयर गरेको परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ, “यदि तँ परमेश्‍वरको इच्छाप्रति सचेत हुने व्यक्ति होस् भने तँमा मण्डलीको निम्ति साँचो बोझ विकसित हुनेछ। वास्तवमा, यसलाई मण्डलीको निम्ति तैँले बोक्ने बोझ भन्नुको सट्टामा यसलाई तैँले आफ्नै जीवनको खातिर बोक्ने बोझ भन्नु उत्तम हुनेछ किनकि मण्डलीको निम्ति तँमा विकसित यस बोझको उद्देश्य परमेश्‍वरद्वारा सिद्ध तुल्याइनको निम्ति तँलाई यस्ता अनुभवहरू प्रयोग गर्न दिनु हो। त्यसकारण, जो-जसले मण्डलीको निम्ति सबैभन्दा ठूलो बोझ बोक्छ, जो-जसले जीवनमा प्रवेश गर्नको निम्ति बोझ बोक्छ—तिनीहरू नै परमेश्‍वरद्वारा सिद्ध तुल्याइने व्यक्तिहरू हुनेछन्(वचन, खण्ड १, परमेश्‍वरको काम र परमेश्‍वरलाई चिन्‍नु, सिद्धता हासिल गर्न परमेश्‍वरको इच्छाप्रति सचेत होऊ)। परमेश्‍वरको वचनबाट हामी के देख्‍न सक्छौँ भने मानिसहरू खडा भएर परमेश्‍वरसँग सहकार्य गर्न, र आफ्‍नो कर्तव्य पूरा गर्न सकून् भन्‍ने परमेश्‍वरले आशा गर्नुहुन्छ। तपाईंले आफ्‍नो कर्तव्य जति धेरै गर्नुहुन्छ, तपाईंले सत्यतालाई त्यति नै बुझ्‍नुहुन्छ, र तपाईं त्यति नै सिद्ध बन्‍न सक्‍नुहुन्छ। यो परमेश्‍वरको राज्यको सुसमाचार सुनाउनको लागि महत्त्वपूर्ण समय हो। उरूगुवेमा परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्ने मानिसहरूको पहिलो समूहको रूपमा, हामीले यो मार्गलाई ग्रहण गर्ने नयाँ मानिसहरूलाई मलजल गर्न सहयोग गर्न र आफ्‍नो कर्तव्य पूरा गर्नको लागि अग्रसरता जनाउनुपर्छ। सबैसँग परमेश्‍वरका वचनहरूमा सङ्गति गरिसकेपछि, मैले परमेश्‍वरको इच्‍छालाई बुझेँ। मैले आफ्‍नो कर्तव्यलाई इन्कार गरेँ भनी सोच्दा मलाई अलिक लाज लाग्यो, त्यसकारण मैले सुपरभाइजरलाई भनेँ, “म आफ्‍नो कर्तव्य पूरा गर्न तयार छु।” तर सुपरभाइजरले मेरो समय कतिखेर खाली हुन्छ भनेर सोध्दा, मलाई फेरि दोधार भयो। मलाई लाग्यो, यदि मैले भेलाहरू संचालन गर्न हप्तामा एक-दुई दिन छुट्याएँ भने, स्कूल खोलिएपछि, यसले मेरो कक्षाहरू संचालन गर्नमा बाधा दिनेछ। म स्कूललाई पुनर्निर्माण गर्ने काममा पनि लागिरहेको थिएँ। यो काम राम्ररी गरेर धेरै मानिसहरूलाई अध्ययन र तालिम लिनको लागि आकर्षित गर्न चाहन्थेँ, जुन मेरो व्यवसायको लागि राम्रो हुनेथियो। मैले सुपरभाइजरलाई भनेँ, “म एकदम व्यस्त छु। म हरेक मङ्गलबार मात्रै भेलाहरू संचालन गर्न सक्छु।” त्यसकारण, मैले आफ्‍नो कर्तव्य पूरा गर्न थालेँ। त्यसपछि, मेरा ब्रदर-सिस्टरहरूले मलाई प्रायजसो सहयोग र प्रोत्साहन दिन्थे। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू इमानदारिताको साथ पढ्न थालेँ, र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको एपमा प्रायजसो भजन सुन्‍ने र चलचित्रहरू हेर्ने गर्थेँ। यो अवधिमा, धेरैभन्दा धेरै मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्न थाले, त्यसकारण मेरो सुपरभाइजरले मलाई अझै थप भेलाहरू संचालन गरेर नयाँ ब्रदर-सिस्टरहरूलाई मलजल गर्न सक्छु कि भनेर सोधे। म अलिक घबराएँ, तर स्कूलमा कक्षाहरू अझै सुरु भइनसकेको हुनाले, म अहिलेको लागि थप भेलाहरू संचालन गर्न सक्छु भन्‍ने लाग्यो, त्यसकारण मैले सहमति जनाएँ। तर मैले सुपरभाइजरलाई मेरो कक्षाहरू संचालन हुन थालेपछि मेरो कर्तव्य पूरा गर्ने समय हुँदैन भनेर पनि भनेँ। त्यो बेला यसो गर्नु नै सही कुरा हो भन्‍ने लाग्यो किनभने मेरो कराँते स्कूलभन्दा महत्त्वपूर्ण कुरा अरू केही छैन जस्तो लाग्थ्यो। तर एक दिन, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ र मेरो मन परिवर्तन भयो।

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “वास्तवमा, मानिसका आदर्शहरू जति नै उच्‍च भए पनि, मानिसका इच्‍छाहरू जति नै यथार्थ वा ती जति नै न्यायसंगत भए पनि, मानिसले हासिल गर्न चाहने, मानिसले खोजी गर्ने सबै कुरा अपरिहार्य रूपमा दुईवटा शब्‍दसँग जोडिएको हुन्छ। यी दुई शब्‍द हरेक व्यक्तिको जीवनको लागि अत्यन्तै महत्त्वपूर्ण छन्, र शैतानले मानिसमा हालिदिन चाहेका कुरा पनि यिनै हुन्। यी दुई शब्‍द के-के हुन्? ती ‘ख्याति’ र ‘प्राप्ति’ हुन्। शैतानले अत्यन्तै सूक्ष्म प्रकारको विधि प्रयोग गर्छ, जुन मानिसहरूका धारणाहरूसँग अत्यन्तै मिल्दो हुन्छ, जुन त्यति उग्र प्रकृतिको हुँदैन, र जसमार्फत त्यसले मानिसहरूलाई अनजानैमा त्यसको जीवनशैली, र जिउने नियमहरू स्वीकार गर्न लगाउँछ, आफ्ना जीवन लक्ष्यहरू र जीवनको दिशा निर्धारण गर्न लगाउँछ, र यी सबै गरेपछि तिनीहरूभित्र अनजानैमा जीवनमा महत्त्वाकाङ्क्षाहरू हुर्कन पुग्छन्। जीवनका यी महत्त्वाकाङ्क्षाहरू जति भव्य देखिए पनि, ती अपरिहार्य रूपमै ‘ख्याति’ र ‘प्राप्ति’ सँग जोडिएका हुन्छन्। कुनै पनि महान् वा चर्चित व्यक्तिले, र वास्तवमा भन्‍ने हो भने सबै मानिसहरूले, जीवनमा पछ्याउने कुराहरू यी दुई शब्‍दहरू ‘ख्याति’ र ‘प्राप्ति’ सँग मात्रै गाँसिएका छन्। ख्याति र प्राप्ति पाइसकेपछि, ती कुरालाई तिनीहरूले पूँजीको रूपमा प्रयोग गरी उच्‍च प्रतिष्ठा र धेरै धनको आनन्द लिन, र जीवनको आनन्द लिन सक्छन् भनी मानिसहरू सोच्छन्। तिनीहरू ख्याति र प्राप्तिलाई सुखचैन खोजी गर्न र दैहिक आनन्द लिनलाई प्रयोग गर्न सकिने पूँजी हो भन्‍ने ठान्छन्। मानवजातिले अत्यन्तै लोभ गर्ने यो ख्याति र प्राप्तिको खातिर, मानिसहरूले स्वेच्‍छाले तर अनजानमा आफ्‍नो तन, मन, आफूसँग भएका सबै कुरा, आफ्नो भविष्य र भवितव्य सबै शैतानलाई सुम्पन्छन्। आफूले सुम्पेका सबै कुरा फिर्ता लिनु आवश्यक छ भन्‍ने कुराप्रति सधैँ अनजान रही, एक क्षण पनि नहिचकिचाई तिनीहरूले त्यसो गर्छन्। मानिसहरूले यसरी शैतानमा शरण लिएर त्यसप्रति निष्ठावान्‌ बनिसकेपछि के तिनीहरूले आफैलाई नियन्त्रण गर्ने कुनै क्षमता राख्‍न सक्छन्? अवश्य नै सक्दैनन्। तिनीहरू पूर्ण र घोर रूपमा शैतानको नियन्त्रणमा हुन्छन्। तिनीहरू पूर्ण र घोर रूपमा दलदलमा डुबेका हुन्छन्, र आफैलाई मुक्त गर्न असक्षम हुन्छन्। कुनै व्यक्ति ख्याति र प्राप्तिको दलदलमा फसेपछि, त्यसउप्रान्त उसले जुन कुरा चम्किलो र धर्मी छ, वा जुन कुराहरू सुन्दर र असल छन् ती कुराहरूको खोजी गर्दैन। किनभने ख्याति र प्राप्तिको मानिसहरूलाई लोभ्याउने शक्ति अत्यन्तै ठूलो हुन्छ; ती कहिल्यै अन्त्य नहुने गरी मानिसहरूले आफ्‍नो जीवनभरि र अनन्तसम्‍म पनि पछ्याउने कुराहरू बन्छन्। के यो साँचो होइन र?(वचन, खण्ड १, परमेश्‍वरको काम र परमेश्‍वरलाई चिन्‍नु, परमेश्‍वर स्वयम् अद्वितीय ६)। मानिसहरूलाई ख्याति र प्राप्तिद्वारा नियन्त्रण गर्ने शैतानका विधिहरूलाई परमेश्‍वरले पूर्ण रूपमा चिरफार गर्नुभएको छ। सर्वशक्तिमान्‌ परमेश्‍वरका यी वचनहरू सबै वास्तविक लाग्यो। म साँच्‍चै त्यसरी नै जिइरहेको थिएँ। म सधैँ पृथक हुन र सफल हुन मात्रै प्रयास गर्थेँ, किनभने मैले यी कुराहरू प्राप्त गरेँ भने मैले जीवनमा अझै आनन्द लिन सक्छु, र मलाई अरूले आदर र सम्‍मान गर्नेछन् भन्‍ने मलाई लाग्थ्यो। मैले निर्माण सम्‍बन्धी काम गर्ने गरेको र त्यसबाट आउने आम्दानीले नै खान-लाउन पुग्थ्यो, तर पनि अझै धनी बन्‍नको लागि, अझै धेरै मानिसहरूको आदर पाउनको लागि, र ख्याति र सम्पत्तिको सुख-चैनमा रमाउनको निम्ति, मैले कराँते स्कूल खोलेँ र स्कूल राम्ररी संचालन गर्न सबै ऊर्जा लगाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गरिसकेपछि, मैले भेलाहरूमा सहभागिता जनाउने गरेको भए पनि, मेरो प्राथमिकता अझै पनि कराँते स्कूल नै थियो। जब मलाई कर्तव्य दिइयो, तब मेरा पाठहरूमा ढिलाइ गरेर स्कूलको प्रभाव र इज्‍जतमा असर गर्छु भन्‍ने डर लागेको थियो, त्यसकारण मैले यो कर्तव्यलाई इन्कार गरेँ। मैले भेलाहरू संचालन गर्ने र आफ्‍नो कर्तव्य पूरा गर्ने गरेको भए पनि, यो अस्थाई रूपमा मात्रै हो भन्‍ने सोच्थेँ, र कराँते स्कूललाई निरन्तरता दिनको लागि लकडाउन हटोस् भनेर पर्खिरहेको थिएँ। यो महसुस गरेपछि, मलाई लाज लाग्यो। मैले ख्याति र सम्पत्तिलाई मेरो अस्तित्वको जगको रूपमा लिएर, मेरो व्यवसायलाई परमेश्‍वरमाथिको मेरो विश्‍वास र कर्तव्यभन्दा महत्त्वपूर्ण ठानेको रहेछु, यहाँसम्‍म कि ख्याति र सम्पत्तिको पछि लाग्‍ने क्रममा मैले झण्डै गलत निर्णय गरेँ र आफ्‍नो कर्तव्य पूरा गर्ने र सत्यता प्राप्त गर्ने मौका झण्डै गुमाएँ। अब मैले के बुझेँ भने, सपनाको पछि लाग्‍नु र व्यवसाय संचालन गर्नु उचित लक्ष्‍य हो जस्तो देखिन्छ, तर यी कुराको पछाडि शैतानका चलाकीहरू हुन्छन्। मानिसहरूलाई परीक्षा गर्न र भ्रष्ट तुल्याउनको लागि शैतानले ख्याति, सम्पत्ति, र हैसियतको प्रयोग गर्छ। यसले मलाई यी कुराहरू पूर्ण हृदयले पछ्याउने तुल्याएको थियो, र पर्‍याप्त पाएपछि अझै प्राप्त गर्ने चाहना ममा लगाएको थियो। अहिले म यसको पासोमा परेको थिएँ, र अनजानमा शैतानको नियन्त्रण र बन्धनमा थिएँ। म यसको दास बनेको थिएँ, र म परमेश्‍वरबाट झन्-झन् टाढा हुनेथिएँ र अन्त्यमा ख्याति र सम्पत्तिले मलाई बरबाद तुल्याउनेथियो।

पछि, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनका थप दुई खण्डहरू पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “व्यक्तिले आफ्‍नो जीवनभरिको ऊर्जा नियतिको विरुद्ध युद्ध गर्दै रित्याउँछ, आफ्‍नो सम्पूर्ण समय परिवारको पालनपोषण गर्न अनि धन र मान-सम्‍मानको बीचमा यता र उता दौडधूप गर्नमा व्यस्त रहनको लागि नै खर्च गर्छ। मानिसहरूले बहुमूल्य ठान्‍ने कुराहरू परिवार, सम्पत्ति, र ख्याति हुन्, अनि तिनीहरूले यी कुराहरूलाई जीवनको सबैभन्दा बहुमूल्य कुराहरूका रूपमा लिन्छन्। सबै मानिसहरूले आफ्‍नो नियतिको बारेमा गुनासो गर्छन्, तैपनि तिनीहरूले जाँच गर्न र बुझ्‍न अत्यन्तै महत्त्वपूर्ण रहेका कुराहरू अर्थात मानिस किन जीवित छ, मानिस कसरी जिउनुपर्छ, जीवनको मूल्य र अर्थ के हो भन्नेजस्ता कुराहरूलाई आफ्‍नो मनबाट पछाडि धकेल्छन्। तिनीहरू जति धेरै बाँचे पनि, तिनीहरूको जवानी उडेर गइञ्‍जेल अनि तिनीहरूको कपाल फुलेर अनुहार चाउरी परुञ्‍जेल, तिनीहरूले आफ्‍नो सम्पूर्ण जीवन ख्याति र सम्पत्ति कमाउनको लागि दौडधूप गर्दै बिताउँछन्। ख्याति र सम्पत्तिले व्यक्तिलाई वृद्धावस्थाबाट बचाउन सक्दैन, पैसाले तिनीहरूको हृदयको रित्तोपनलाई भर्न सक्दैन, जन्‍म, वृद्धावस्था, बिरामी अनि मृत्युको नियमबाट कसैलाई पनि छूट छैन, नियतिले साँचिराखेको कुराबाट कोही पनि उम्‍कन सक्दैन भन्‍ने नदेखुञ्‍जेल तिनीहरू यसरी नै जिइरहन्छन्। जीवनको अन्तिम विन्दुको सामना गर्न बाध्य भएपछि मात्रै तिनीहरूले साँचो रूपमा बुझ्‍छन्: व्यक्तिसँग धेरै धन र व्यापक सम्पत्ति भए पनि, व्यक्ति सौभाग्यशाली र उच्‍च ओहोदाको भए पनि ऊ मृत्युबाट उम्‍कन सक्दैन, बरु उसले त उसको पहिलेकै स्थिति अर्थात् आफ्‍नो नाममा केही पनि नभएको एकलो आत्माको स्थितिमा फर्कनुपर्छ(वचन, खण्ड १, परमेश्‍वरको काम र परमेश्‍वरलाई चिन्‍नु, परमेश्‍वर स्वयम् अद्वितीय ३)। “मानिसहरूले पैसा र ख्यातिको पछि दौडेरै आफ्‍नो जीवन बिताउँछन्; तिनीहरूले यी खोक्रा कुराहरूलाई जीवनको एउटै मात्र आधार ठानेर यसरी पक्रन्छन् कि मानौं ती पाएपछि तिनीहरूले मृत्युबाट छूट पाएर बाँचिरहन सक्छन्। तर तिनीहरूले आफू मर्न लागेपछि मात्रै कुराहरू तिनीहरूबाट कति टाढा छन्, मृत्युको सामु तिनीहरू कति कमजोर छन्, तिनीहरू कति सजिलै चकनाचूर हुन्छन्, जाने ठाउँ कतै नभएकाले तिनीहरू कति एकलो र विवश छन् भन्‍ने कुरा महसुस गर्छन्। तिनीहरूले पैसा वा ख्यातिले जीवन किन्‍न सकिँदैन, व्यक्ति जति नै धनी भए पनि, तिनीहरूको मान-मर्यादा जति नै उच्च भए पनि, मृत्युको सामुन्ने सबै उत्तिकै गरिब र महत्त्वहीन छन् भन्‍ने महसुस गर्छन्। तिनीहरूले पैसाले जीवन किन्‍न सक्दैन, ख्यातिले मृत्यु मेट्न सक्दैन, न त पैसाले न त ख्यातिले व्यक्तिको आयु केवल एक मिनेट वा केवल एक सेकेन्ड नै बढाउन सक्छ भन्‍ने महसुस गर्छन्(वचन, खण्ड १, परमेश्‍वरको काम र परमेश्‍वरलाई चिन्‍नु, परमेश्‍वर स्वयम् अद्वितीय ३)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले सोचेँ, “मैले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई विश्‍वास गरे पनि, म सत्यताको पछि लाग्‍ने कार्यमा वा सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नमा ध्यान दिँदिनँ। म अझै पनि पूर्ण हृदयले ख्याति, सम्पत्ति, र भौतिक सुख पछ्याउँछु। म यी कुराहरूमा मेरो बहुमूल्य समय र शक्ति खर्च गर्छु। यसरी परमेश्‍वरमा विश्‍वास गरेर मैले के प्राप्त गर्न सक्छु र? अहिले, महामारीको बेला, संसारभरि धेरै जना मानिसहरू मरिरहेका छन्। मेरो जीवनमा के आइपर्नेछ मलाई थाहा छैन, र सत्यताको खोजी गर्ने र आफ्‍नो कर्तव्य पूरा गर्ने मौका झन्-झन् घट्दै गइरहेको जस्तो देखिन्छ। सायद सत्यताको खोजी गर्नको लागि त्यति ढीला भइसकेको छैन, तर मृत्युको मुखमा पुगेपछि, धेरै ढीला भइसकेको हुनेछ। मैले परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्ने मौका पाएको छु, र परमेश्‍वरले मलाई सत्यताको खोजी गरेर मुक्ति पाउने अवसर दिनुभएको छ, तर म यसलाई बहुमूल्य ठान्दिनँ, र म सत्यताको खोजी गर्न अझ बढी समय र शक्ति लगाउन तयार छैनँ। म पूर्ण रूपमा अन्धो भएको रहेछु! विगतमा, सांसारिक ख्याति र सम्पत्तिको पछि लाग्‍न, मैले यो स्कूल स्थापना गर्न धेरै परिश्रम गरेँ। यो राम्रो देखिन्छ, आकर्षक देखिन्छ, र मैले केही ख्याति, सम्पत्ति, र भौतिक आनन्द प्राप्त गरेको छु, तर मेरो हृदय अझै पनि खोक्रो छ, र यसरी जिउनुको कुनै अर्थ छैन जस्तो लाग्छ। अब, म साँच्‍चै नै यी कुराहरूमा मेरो जीवन बरबाद गर्न चाहन्‍नँ। संसारमा धेरै धनी मानिसहरू छन्, ख्याति र हैसियत पाएका मानिसहरू, तर तिनीहरू परमेश्‍वरबाट टाढा छन् र तिनीहरूले परमेश्‍वरलाई इन्कार गर्छन्, अनि जब विपत्ति आइपर्छ, तब तिनीहरू पनि मर्नेछन्। सम्पत्तिले जीवन किन्‍न सक्दैन, र मृत्युको अगाडि ख्याति र सम्पत्तिको केही लाग्दैन। सकारात्मक कुराहरू र सत्यतालाई स्वीकार गरेर मात्रै हामीले परमेश्‍वरको मुक्ति पाउन सक्छौँ।” प्रभु येशूले भन्‍नुभएको छ, “किनकि यदि मानिसले सारा संसार पाएर आफ्नै प्राण गुमायो भने, उसलाई के फाइदा हुन्छ? अथवा आफ्नो प्राणको साटो मानिसले के दिन सक्छ?(मत्ती १६:२६)। साँचो हो। मैले संसारमा ख्याति र सम्पत्ति पाए पनि, र मानिसहरूको आदर र सम्‍मान पाए पनि, यी कुराहरूले जीवन दिन सक्दैनन्। ती कुराले परमेश्‍वरबाट टाढा लैजान र मुक्ति पाउने मौकाबाट बन्चित गर्न मात्रै सक्छन्। यो अवधिमा आफ्‍नो कर्तव्य पूरा गर्दै सत्यताको खोजी गर्ने क्रममा, मैले पहिले कहिल्यै प्राप्त नगरेको कुरा प्राप्त गरेँ। मैले परमेश्‍वरको इच्‍छालाई बुझेँ, अलि-अलि गर्दै म परिवर्तन हुन थालेँ, र मण्डलीमा आफ्‍नो जिम्‍मेवारीहरू पूरा गर्न थालेँ। मैले जीवनको अर्थ भेट्टाएको थिएँ। म सत्यताको खोजी गर्न, परमेश्‍वरको आज्ञापालन गर्न, सृष्टि गरिएको प्राणीको रूपमा मैले पाएको कर्तव्य पूरा गर्दै जीवन जिउन चाहन्थेँ, र शैतानको लागि जिउन छोड्न चाहन्थेँ।

केही समयपछि, मेरो कराँते स्कूल मर्मत गर्ने काम पूरा भयो, लकडाउन पनि सकियो, अनि स्कूल खोल्‍ने बेला भयो, तर म पहिले जत्तिको उत्साहित थिइनँ, किनभने यो अवधिमा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका धेरै वचनहरू पढेको थिएँ, र मुक्ति पाउनको लागि हामीले सत्यताको खोजी गरेको र आफ्‍नो कर्तव्य पूरा गरेको परमेश्‍वर चाहनुहुन्छ, संसारको ख्याति र सम्पत्तिको खोजी गरेर शैतानको छलमा परेको होइन भन्‍ने मलाई थाहा थियो। त्यसकारण, मैले सधैँको लागि कराँते स्कूल बन्द गर्ने निर्णय गरेँ, त्यो नै मेरो लागि सबैभन्दा उत्कृष्ट निर्णय हुन्छ भन्‍ने मलाई लाग्यो। मैले आमाबुबा र अभिभावक समूहलाई यो निर्णय सुनाउँदा, मेरो नजिकका कतिले विश्‍वासै गर्न मानेनन्, किनभने यो स्कूल मेरो लागि कति महत्त्वपूर्ण छ भन्‍ने तिनीहरूलाई थाहा थियो। मलाई यो व्यवसाय जारी राख्‍न अनुरोध गर्दै धेरै जना विद्यार्थी र अभिभावकहरूले पनि मेसेजहरू पठाए। कतिपय आमाबुबाले भने, “भिक्टोर, मेरा छोराछोरीले तपाईंले सिकाउनुभएको धेरै मन पराउँछन्। के अब साँच्‍चै तपाईंले कराँते सिकाउन छोड्नुभएको हो?” कतिपय आमाबुबाले भने, “गुरू, के तपाईंले तपाईंको यो काम सबैभन्दा महत्त्वपूर्ण कुरा हो, यो तपाईंको जीवन हो भनेर भन्‍नुहुन्‍नथियो र?” यी शब्‍दहरू सुन्दा, मलाई अलिक अप्ठ्यारो लाग्यो। मैले स्कूल मर्मत गर्न धेरै मेहनत गरेको थिएँ, तर मैले यो एक पटक पनि प्रयोग गरिनँ। के मैले साँच्‍चै सधैँको लागि बन्द गर्न लागेको हुँ? धेरै वर्ष लगाएर निर्माण गरेको व्यवसायको अन्त्य भएको हो? त्यो बेला, मलाई अलिक अप्ठ्यारो लाग्यो, तर त्यसपछि मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ। “परमेश्‍वरको प्रेमलाई खोजी गर्ने एक सामान्य व्यक्तिको रूपमा, तिमीहरूको साँचो भविष्य, र सबैभन्दा मूल्यवान् र महत्त्वको जीवन भनेकै परमेश्‍वरका मानिसहरूमध्ये एक बन्‍नको लागि राज्यमा प्रवेश गर्नु हो; तिमीहरू जत्तिको आशिषित कोही पनि हुँदैन। म किन यसो भन्छु? किनभने परमेश्‍वरमा विश्‍वास नगर्नेहरू देहको लागि जिउँछन्, र तिनीहरू शैतानको लागि जिउँछन्, तर आज तिमीहरू परमेश्‍वरको लागि जिउँछौ, र परमेश्‍वरको इच्‍छालाई पूरा गर्नको लागि जिउँछौ। यही कारणले गर्दा नै तिमीहरूको जीवन सबैभन्दा महत्त्वपूर्ण छ भनेर म भन्छु(वचन, खण्ड १, परमेश्‍वरको काम र परमेश्‍वरलाई चिन्‍नु, परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ)। परमेश्‍वरको वचन पढिसकेपछि, मलाई निकै ढुक्‍क लाग्यो। ख्याति र सम्पत्तिको पछि लाग्‍नुको कुनै मूल्य वा अर्थ छैन भन्‍ने मैले बुझेको थिएँ। जीवनमा भौतिक आनन्द वा ख्याति र सम्पत्ति कुनै कुराले पनि मेरो हृदयको रिक्तताबाट मलाई मुक्त गर्न वा परमेश्‍वरको मुक्ति पाउन सहयोग गर्न सक्दैनथियो। सत्यताको खोजी गरेर, परमेश्‍वरलाई प्रेम गरेर, अनि सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गरेर मात्रै मैले अर्थपूर्ण जीवन जिउन सक्थेँ, र यो मैले वास्तवमा नै चाहेको जीवन थियो। कराँते स्कूलको बारेमा मलाई अझै धेरै पछुतो हुने गरेको भए पनि, मेरा इष्टमित्र र विद्यार्थीहरूको कुराले मेरो निर्णय परिवर्तन गरेन किनभने परमेश्‍वरको वचन नै कुनै पनि कुराभन्दा महत्त्वपूर्ण छ भन्‍ने मलाई थाहा थियो। परमेश्‍वरको मुक्तिको पछि लाग्‍नु नै अरू सबै कुराभन्दा महत्त्वपूर्ण थियो। मलाई स्कूल चलाउन मन लागेन। म आफ्‍नो कर्तव्य पूरा गर्नमा नै अझै बढी समय र ऊर्जा खर्च गर्न चाहन्थेँ, किनभने यो नै सबैभन्दा अर्थपूर्ण कुरा हो भन्‍ने मलाई थाहा थियो। अहिले पनि, मेरा कतिपय साथीहरूले मलाई स्कूल खोल्‍न लगाउने प्रयास गर्छन्, तर म मेरो निर्णयमा पक्‍का छु। मैले मेरो असभ्य अनि सुख-चैनको पछि लाग्‍ने जीवनलाई छोडेर आएको र मेरो सांसारिक ख्याति र अरूबाट पाउने आदरलाई गुमाएको भए पनि, हरेक दिन मेरा ब्रदर-सिस्टरहरूसँग कर्तव्य पूरा गर्दा, मैले परमेश्‍वरका वचनहरू पढ्ने र सत्यतामा सङ्गति गर्ने अझै धेरै समय पाएको छु, र यसबाट, मैले केही सत्यतालाई बुझेको छु र कतिपय कुरालाई स्पष्ट रूपमा देखेको छु, विशेष गरी ख्याति र सम्पत्तिको पछि लाग्‍नुका परिणामहरूलाई देखेको छु, र मैले सत्यताको पछि लाग्‍न र जीवनको सही मार्ग हिँड्न थालेको छु। यस अवधिमा मैले पाएको सबैभन्दा ठूलो फाइदा यही हो। मैले प्राप्त गरेको कुरा संसारको ख्याति र अरूबाट पाउने आदरभन्दा धेरै मूल्यवान् छ। अहिले, म प्रायजसो सुसमाचार पनि प्रचार गर्ने गर्छु, र भर्खरै सुसमाचार ग्रहण गरेका मानिसहरूलाई सहयोग गर्न र हेरचाह गर्न परमेश्‍वरको वचन प्रयोग गर्न सिकेको छु। अझै धेरै मानिसहरू परमेश्‍वरको अघि आउन सकून् र परमेश्‍वरको मुक्ति पाउने अवसर पाउन सकून् बन्‍ने मेरो आशा छ। मलाई लाग्छ, यसरी जिउनु अत्यन्तै सुरक्षित र अर्थपूर्ण तरिका हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मेरो परिवारको पिँजडाबाट उम्‍कँदा

मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको कामलाई २००५ मा स्वीकार गरेँ। त्यो अवधिमा, मैले भेलाहरूमा सहभागी भएर अनि परमेश्‍वरका वचनहरू...

म र परमेश्‍वरको राज्यको बीचमा मेरो पाष्टर खडा भयो

नोभेम्बर २०२० मा, एक जना ब्रदरले मलाई अनलाइन भेलामा सहभागी हुन बोलायो। मलाई के लाग्यो भने म मेरो मण्डलीमा सधैँ उही पुरानै प्रवचनहरू सुन्छु,...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्