म के हुँ भनी खुलासा

23 जनवरी 2022

वेइशियाओ, स्पेन

यो वर्षको सुरूतिर, म मण्डलीको अगुवा छँदा, सुसमाचार टोलीकी अगुवा सिस्टर वाङलाई अर्को मण्डलीमा सरुवा गरियो। एकदिन अर्को सिस्टरले मलाई बताइन् कि सिस्टर वाङले अन्य दाजुभाइ-दिदीबहिनीहरूलाई मसित झुटो अगुवाका चालचलनहरू छन्, म आफ्नो सुसमाचारको काममा लापरबाह छु अनि मैले आएका समस्याहरूलाई त्यति चाँडो निराकरण गर्दिनँ, जसले टोलीको कार्यक्षमता र प्रभावकारितालाई खस्काएको छ भनी बताएकी थिइन्। मलाई रिस उठ्यो, मैले सोचेँ, “पछिल्लो समय मैले विस्तारपूर्वक अनुगमन गर्दै आइरहेको छैन तर यसको असल कारण छ। मेरो मुखेञ्जी नभनी मेरो पछाडि यो कुरा भनेर के तिमीले समस्या उत्पन्न गर्ने कोसिस गरिरहेकी छैनौ र? दाजुभाइ र दिदीबहिनीहरूले मेरो बारेमा के सोच्नेछन्? म तिमीलाई सजिलै छोड्नेवाला छैन। म पनि तिम्रा गल्तीहरूको खुलासा गर्नेछु।” त्यसैले मैले भनेँ, “सिस्टर वाङले सधैँ मलाई तुच्छ नजरले हेरेकी छन् र ममा गल्ती भेट्टाएकी छन्। उनी महान् व्यक्ति होइनन् भन्ने कुरा सबैलाई थाहा छ। उनले कहिल्यै अरूसित राम्ररी काम गरिनन्, अरूका साना गल्तीहरू पनि कोट्याउने खालकी थिइन्। अहिले उनले मलाई निशाना बनाइरहेकी छन्, तर मैले उनलाई कहिल्यै केही गरेकी छैन। सायद मैले उनलाई अर्को मण्डलीमा सरुवा गरेको कारणले होला, उनले टोली अगुवाको पद गुमाइन् र उनी त्यसको बदला मसित लिन चाहन्छिन्।” त्यो सिस्टरले म ठीक छु, अनि यो सिस्टर वाङकै समस्या हो भन्ने सोचून् भन्ने म चाहन्थेँ। यस घटनापछि, ती सबै मानिसहरूको सामु सिस्टर वाङले मेरो खुलासा गरेको कुरा कस्तो लाजमर्दो थियो भनी मैले सोचिरहेको थिएँ। यदि सबैले उनलाई विश्‍वास गरेर म झुटो अगुवा हो भनी सोचेका भए, तिनीहरूले मलाई कस्तो नजरले हेर्थे? अनि यदि यो कुरा माथिल्लो नेतृत्वसम्म पुगेको भए, मैले आफ्नो पद समेत गुमाउने थिएँ होला। मेरो मन यो कुराले झन् झन् भरिँदै थियो अनि मैले सिस्टर वाङलाई घृणा गर्न थालेँ। के उनले मलाई प्रष्टै अलग्याएकी होइनन् र? यदि उनी निष्ठुर हुन् भने उनले मलाई पक्षपाती भएको भनी दोषारोपण गर्न सक्दिनन् भनी मैले ठम्याएँ, त्यसैले म अगुवा रहेसम्म, उनले अर्को बढुवा देख्ने छैनन्। यदि उनले मानिसहरूको कुरो काटिरहेकी मैले पाएँ भने म उनको सबै चालचलन बाहिर ल्याउनेछु ताकि सबैले यसको भेद पाऊन् र उनलाई मण्डलीबाट बाहिर निकालून्। म यस्तो प्रकारको सोचसित पूरै सन्तुष्ट थिइनँ अनि उनलाई त्यस प्रकारले व्यवहार गर्नु परमेश्‍वरको इच्छाअनुरुप छ कि छैन होला भनी मैले सोचेँ। परमेश्‍वरले यो घटना हुन दिनुभएको थियो, अनि मैले सत्यता खोजी वा आत्मसमीक्षा गरिरहेकी थिइनँ, तर मैले सीधै उनीमा नजर राखिरहेकी थिएँ, अनि उनलाई प्रत्युत्तर दिन उनका गल्तीहरूमाथि झम्टिन चाहन्थेँ। त्यसले सत्यतालाई स्वीकार गरेको भनी देखाउँदैनथ्यो भन्ने कुरा मलाई थाहा थियो।

त्यस रात म यस कुरामा सोचमग्न भएँ। म झुटो अगुवा हुँ भनी सिस्टर वाङले भनेकी थिइन् अनि मसित त्यस्तो केही कुरा थिएन। तर त्यसको बारेमा साँच्चै सोच्दा, के म असल, सक्षम अगुवा थिएँ त? एउटा अगुवासित कामको हरेक पक्षबारे बुझाइ हुनुपर्छ अनि समस्याहरू पत्ता लगाइनेबित्तिकै समाधान गर्नुपर्छ। म सुसमाचार कामको व्यवस्थापक थिएँ त्यसैले, टोली समस्याहरूमा पर्दा मैले तुरुन्तै व्यवहारिक सहायता र मार्गदर्शन दिनुपर्थ्यो। तर मैले त्यत्तिको काम गरिरहेको थिइनँ। के झुटो अगुवा भनेको व्यवहारिक काम नगर्ने व्यक्ति होइन र? सिस्टर वाङ गलत थिइनन्। उनीसित ठूलो मानवता थिएन तर उनी खराब व्यक्ति थिइनन्। उनले आफ्नो कर्तव्यमा नतिजाहरू हासिल गर्थिन्न् अनि उनीसित केही प्रतिभाहरू र सबलताहरू थिए, त्यसैले, उनी परमेश्‍वरको घरको कामको निम्ति राम्रो थिइन्। यदि व्यक्तिगत तुसको कारणले मैले उनलाई कर्तव्य निर्वाह गर्न नदिने वा निकालिदिने हो भने, यसले सिस्टर वाङलाई मात्रै चोट पुर्याउने होइन, यसले परमेश्‍वरको घरको कामलाई नै बिथोल्ने थियो। मैले परमेश्‍वरलाई अप्रसन्न तुल्याउने कुनै कुरा गर्न सक्दिनँ थिएँ। त्यस सोचसँगै मैले उनीप्रति रहेको मेरो पूर्वाग्रहलाई केही छोड्न सकेँ। मैले कस्तो प्रकारको व्यवहारिक काम गरिरहेको थिइनँ भन्ने बारेमा पनि मैले समीक्षा गरेँ। उनले भनेका क्षेत्रहरूमा पनि मैले सुधार गर्न थालेँ अनि दाजुभाइ र दिदीबहिनीहरूसित उनीहरूका कठिनाइहरूको बारेमा बातचीत गर्न थालेँ। त्यसो गरिसकेपछि मलाई अझ राम्रो लाग्यो।

मैले सोचेको समयमा त्यो सबै बितिसकेको थियो, तर केही दिनपछि अर्को सिस्टरले मलाई भनिन्, “सिस्टर वाङले ४० जना भन्दा बढी मानिसहरू भएको भेलामा तिमी झुटो अगुवा भएको चिन्हहरूको बारेमा बोलिन्।” यो कुरा सुनेर मेरा सबै रिस बाहिर आयो अनि मैले सोचेँ सिस्टर वाङले त्यत्ति धेरै मानिसहरूको सामु मेरो खुलासा गरेर मेरो नामलाई साँच्चै नै माटोमा मिलाइदिइन्। यदि उनले त्यस्तै गरिरहिन् भने म कसरी आफ्नो शिरलाई ठाडो राख्न सकूँला? झुटो अगुवा भएकोमा मलाई बर्खास्त पनि गर्न सकिनेथ्यो। म उनलाई वस्तुस्थिति के हो भनी देखाउन चाहन्थेँ ताकि म आज्ञाकारी सानो थुमा हुँ भनेर उनले नसोचून्! उनीसँग म जस्तालाई त्यस्तै गर्न चाहन्थें। यदि उनले सबैको सामु मेरो खुलासा गरेर मेरो प्रतिष्ठालाई नष्ट गर्न चाहेकी भए म तिनले गरेको गल्ती खोज्न र प्रमाण जुटाउन सक्थेँ, त्यसपछि, म तिनलाई हटाउने मौका खोज्नेथिएँ। केही दिनहरूसम्म कसरी आफ्नो अहम् र प्रतिष्ठालाई जोगाउने, कसरी उनीसित बदला लिने भन्ने सोच्दै म व्याकुल भइरहें। मैले उनको नयाँ मण्डलीको अगुवालाई उनीसित राम्रो मानवता छैन अनि उनी अगुवा र कार्यकर्ताहरूप्रति सधैँ आलोचनात्मक रहन्छिन्, त्यसैले, तिनले उनीमाथि निगरानी राख्नुपर्छ र उनले नराम्रो व्यवहार गर्न थालिन् भने तिनले ढिलो नगरिकन उनलाई बर्खास्त गर्नुपर्छ र निकालिदिनुपर्छ भनेर बताएँ। सबै कुरा बताइसकेपछि मैले दोषी र असजिलो जस्तो अनुभव गरेँ। मैले सोचेँ, “मैले के गरिरहेकी छु? के यो आँखाको बदला आँखा होइन र, के यो अरूलाई प्रहार गर्ने र बहिष्कार गर्ने कुरा होइन र? यसबाट मैले के पाठ सिकूँ भन्ने परमेश्‍वर चाहनुहुन्छ?” त्यसपछि, अन्ततः प्रार्थना र खोजी गर्न म परमेश्‍वरको सामु आएँ।

मेरो खोजीमा, आफूसँग असहमत हुने सबैलाई बहिस्कार गर्ने ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने परमेश्‍वरका वचनहरूको बारेमा मैले स्मरण गरें। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “ख्रीष्ट विरोधीले असहमत हुनेहरूलाई आक्रमण र निष्कासन गर्नुको मुख्य उद्देश्य के हो? तिनीहरू मण्डलीमा यस्तो स्थिति बनाउन खोज्छन् जहाँ तिनीहरूका आफ्नै आवाजको विपरीत कुनै आवाज नहोस्, जसमा तिनीहरूको शक्ति, तिनीहरूको शासन, र तिनीहरूका कुराहरू नै सर्वमान्य होस्। सबैले तिनीहरूको कुरामा ध्यान दिनुपर्छ, र यदि कसैसित फरक विचार छ भने तिनीहरूले यो आफैमा राख्नुपर्छ र यो टुसाउँदै चुँडाउनुपर्छ। यो ती व्यक्तिहरूले प्रयोग गर्ने तरिका हो जसले आफ्नो स्थिति बलियो बनाउन तिनीहरूसँग असहमत हुनेहरूलाई आक्रमण र निष्कासन गर्छन्। तिनीहरू भन्छन्, ‘तिमीले फरक विचार राख्छौ भने त्यो ठीकै छ, तर तिमीले आफ्नो इच्छाअनुसार त्यसको बारेमा कुरा गर्दै हिँड्नु हुँदैन, मेरो शक्ति र प्रतिष्ठाको बारेमा सम्झौता गर्ने कुरा त परै जाओस्। यदि तिमी केही भन्न चाहन्छौ भने, तिमीले मलाई व्यक्तिगत रूपमा भन्न सक्छौ। यदि तिमीले त्यो सबैको सामुन्ने भन्छौ भने मेरो अपमान हुन्छ, तिमी तिरस्कृत हुन खोजिरहेको हुन्छौ, र मैले तिमीलाई ठीक पार्नुपर्छ।’ यो कस्तो किसिमको स्वभाव हो? ख्रीष्ट विरोधीहरूले अरूलाई स्वतन्त्र रूपमा बोल्‍न दिँदैनन्। यदि तिनीहरूसँग कुनै विचार छ भने—चाहे ख्रीष्ट विरोधीको वा अरू कुनै कुराको बारेमा होस्—तिनीहरूले त्यो आफैमा सीमित राख्नुपर्छ; तिनीहरूले ख्रीष्ट विरोधीको इज्‍जतलाई विचार गर्नुपर्छ। होइन भने, ख्रीष्ट विरोधीले तिनीहरूलाई शत्रु ठान्नेछ, र तिनीहरूलाई आक्रमण र निष्कासन गर्नेछ। यो कस्तो किसिमको प्रकृति हो? यो ख्रीष्ट विरोधीको प्रकृति हो। र तिनीहरूले किन यसो गर्छन्? किनकि तिनीहरू निरन्तर मानिसहरूको मनमा आफ्नो शक्ति र हैसियत सुदृढ गर्न चाहन्छन्, र तिनीहरूको शक्ति र स्थिति दृढ र अचल होस् भनेर त्यसो गर्छन्। तिनीहरूको आत्म-सम्मान, इज्जत वा प्रतिष्ठा र अगुवाको रूपमा तिनीहरूको महत्त्वलाई प्रभाव पार्ने, जोखिममा पार्ने कुनै पनि कुरा तिनीहरू सहन गर्दैनन्। के यो ख्रीष्ट विरोधीहरूको दुष्ट प्रकृतिको प्रकटीकरण होइन र? तिनीहरूमा पहिलेदेखि नै रहेको शक्तिसँग सन्तुष्ट नभएर तिनीहरू त्यसलाई सुदृढ र सुरक्षित गर्छन् र पूर्ण प्रभुत्व गर्न खोज्छन्। तिनीहरूले अरूको व्यवहार नियन्त्रण गर्न मात्र चाहँदैनन्, तर तिनीहरूको हृदय पनि नियन्त्रण गर्न चाहन्छन्। के यस्ता कार्यहरू शक्तिको खातिर—र शक्तिको लालसाद्वारा प्रेरित र डोऱ्याइएको हुँदैनन् र? … विशेष गरी असहमत हुने व्यक्ति छ भने यस्तो हुन्छ, र असहमत व्यक्तिले भनेको वा तिनीहरूको पिठिउँ पछाडि तिनीहरूले गरेको निन्दा ख्रीष्ट विरोधीले सुन्छ। यस मामिलामा तिनीहरूले चाँडोभन्दा चाँडो त्यो विषयको समाधान गर्छन्, त्यसो नगरुञ्जेल तिनीहरू सुत्‍न र खान सक्दैनन्। तिनीहरूले कसरी यस्तो प्रयास गर्न सक्छन्? किनकि तिनीहरूले आफ्नो शक्तिलाई खतरा भएको र तिनीहरूको नाउँ, फाइदा, र हैसियतलाई हानि पुगेको छ भनी सोच्छन्। यदि यस व्यक्तिले त्यो समस्याको सत्यता बतायो भने अगुवाको रूपमा रहेको ख्रीष्ट विरोधीको हैसियत गुमेर जान सक्छ। यदि त्यो खबर माथि, वा धेरै दाजुभाइ-दिदीबहिनीहरूको कानसम्म पुग्यो भने, माथि हुनेले तिनीहरूलाई बदल्न सक्छ, वा दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई खारेज गर्न सक्छन्। तिनीहरू राजीनामा दिन बाध्य हुन सक्छन्। यसै कारणले गर्दा तिनीहरू धेरै मेहनत गर्छन् र त्यस्तो मूल्य चुकाउँछन्, यस विषयमा सङ्गति गर्न कहिलेकहीँ भोजन छोड्छन् वा रातभरि जागा रहन्छन्, तिनीहरूको मुख नसुकुञ्जेल बातचित गरिरहन्छन्। तिनीहरूको उद्देश्य के हुन्छ? त्यो तिनीहरूको आफ्नो पद बलियो बनाउनका लागि हुन्छ। यस्ता मानिसहरूका लागि, पद जीवन दिने रगत हुन्छ। तिनीहरूको हैसियत खतरामा पर्न लागेको अलिकति पनि सङ्केत पाए भने तिनीहरू हृदयमा विचलित र भयभीत हुन्छन्—भोलि एक अगुवा हुनुको साटो साधारण दाजुभाइ-दिदीबहिनी हुनुपर्ला र तिनीहरूका हैसियतले दिने श्रेष्ठताको भावनाको आनन्द लिन सक्दैनन्, र त्यसका फाइदाहरू उठाउन सक्दैनन् भन्‍ने डर मान्छन्। त्यसपछि त कसैले पनि तिनीहरूको आदेश पालन गर्दैनन् वा फेरि तिनीहरूको पछि लाग्दैनन्, कसैले पनि तिनीहरूको कृपा पाउने कोसिस गर्नेछैनन्, र कोही पनि तिनीहरूको अधीनमा हुनेछैनन्। यो कुरा तिनीहरूका निम्ति अति नै असहनीय हुन्छ” (ख्रीष्ट विरोधीहरूको पर्दाफासको “असहमत हुनेहरूलाई तिनीहरूले आक्रमण र निष्कासन गर्छन्”)। “ख्रीष्ट विरोधीका लागि, असहमत हुने व्यक्ति नै तिनीहरूका हैसियत र शक्तिका लागि खतरा हुन्छ। तिनीहरूको हैसियत र शक्तिलाई चुनौती दिने जोकोही व्यक्तिलाई ‘तह लगाउन’ जुनै पनि हदसम्म ख्रीष्ट विरोधीहरू जानेछन्। यदि यी मानिसहरूलाई साँच्चै अधीनमा ल्याउन वा तिनीहरूका आफ्नै फौजमा सामेल गर्न सकेनन् भने ख्रीष्ट विरोधीहरूले तिनीहरूलाई खसाल्नेछन् वा सफाइ गर्नेछन्। अन्त्यमा, ख्रीष्ट विरोधीहरूले पूर्ण शक्ति प्राप्त गर्ने र तिनीहरू आफै नै कानुन बन्ने आफ्नो लक्ष्य हासिल गर्नेछन्। ख्रीष्ट विरोधीहरूले आफ्नो हैसियत कायम राख्न सधैँ प्रयोग गर्ने विधिहरूमध्ये एउटा यही हो—असहमत हुनेहरूलाई तिनीहरूले आक्रमण र निष्कासन गर्छन्” (ख्रीष्ट विरोधीहरूको पर्दाफासको “असहमत हुनेहरूलाई तिनीहरूले आक्रमण र निष्कासन गर्छन्”)। परमेश्‍वरका वचनहरू साँच्चै नै मर्मस्पर्शी थिए र यसले मलाई त्रसित तुल्यायो। आफ्नो नाम र हैसियतको लागि म कसैलाई प्रहार गर्न र बहिष्कार गर्न सक्थेँ, र मैले ख्रीष्टविरोधीको दुष्टता गरिरहेको थिएँ भनी मैले महसुस गरेको थिइनँ। म व्यवहारिक काम गर्दिनँ भनी सिस्टर वाङले अरूलाई बताइन् भनी जब मैले सुनेँ, मैले यो परमेश्‍वरबाट हो भनी स्वीकार गरिनँ, न त आफ्नो समीक्षा नै गरें, यो साँचो हो कि होइन भन्ने बारेमा मैले सोचिनँ, तर उनले मलाई निशाना बनाइरहेकी छ र मेरो पछाडि मेरो कुरा काटिरहेकी छिन् भन्ने मात्र मैले सोचेँ। यसले मेरो अहमतालाई चोट पुर्यायो त्यसैले, मैले उनलाई घृणा गर्न थालेँ र तुस पाल्न थालेँ, अनि उनलाई प्रहार गर्न समेत चाहेँ। त्यसपछि, जब उनले ठूलो सभामा मेरो खुलासा गरेको बारेमा मैले थाहा पाएँ, मैले उनलाई झन् बढी घृणा गरेँ। म आफ्नो अहमता र पदलाई जोगाउन चाहन्थेँ, त्यसैले, मैले उनका विगतका अपराधहरूलाई लिएर ठूलो सौदा गरेँ अनि अरूहरूले उनीसित राम्रो मानवता छैन भनी सोच्ने थिए र उनलाई इन्कार गर्ने थिए। मैले उनले गरेका केही कुराहरू पनि एकत्रित गरेँ अनि उनका वर्तमान अगुवालाई बताएँ ताकि उनलाई बाहिर निकालियोस्। उनीसित प्रतिभा र सबल पक्षहरू छन्, अनि उनले आफ्नो कर्तव्य ठीकै निर्वाह गर्छिन्, मण्डलीमा कर्तव्य निर्वाह गर्दै रहनको निम्ति उनी राम्रैसित सक्षम छन् भन्ने कुरामा म राम्रोसित सचेत थिएँ, सिस्टर वाङले मेरा वास्तविक समस्याहरू प्रकट गर्दैछिन् भन्ने कुरा पनि मलाई थाहा थियो, तर यसले मेरो इज्जत र हैसियतलाई छोएको थियो, त्यसैले, मैले उनलाई प्रतिपक्षी, शत्रु र मेरो शक्तिको निम्ति त्रासको रूपमा देख्न थालेँ। म बदला लिन चाहन्थेँ। मसित साँच्चै नै द्वेषपूर्ण प्रकृति भएको कुरा मैले देखेँ! त्यसपछि, मैले परमेश्‍वरको घरबाट बहिष्कृत भएका ख्रीष्टविरोधीहरूको बारेमा सोचेँ। तिनीहरूले सत्यतालाई पछ्याएनन्, त्यसैले, कसैले तिनीहरूको हैसियतलाई संकटमा पार्ने बित्तिकै तिनीहरू मण्डलीलाई आफ्नो राज्यमा बदल्न र सबैमाथि प्रभुत्व गर्न खोज्दै प्रहार गर्थे। अन्ततः धेरै दुष्ट काम गरेकोले तिनीहरूलाई बाहिर धपाइयो। मेरो चालचलन ती ख्रीष्टविरोधीहरूको भन्दा फरक थिएन।

मैले आफ्नै बारेमा समीक्षा गरिरहेँ, किन म यति धेरै वर्षहरूसम्म विश्‍वासी रहेको थिएँ भनी निरन्तर मनन गरेँ तर आफैलाई ख्रीष्टविरोधीको बाटोमा हिँड्न अनि त्यस्ता दुष्ट कुराहरू गर्नबाट भने रोक्न सकिनँ। तब, एउटा भेलामा हामीले पढ्यौँ कि, “सच्चा हृदयका साथ परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ।” एउटा खण्ड थियो जुन सीधै मेरो हृदयभित्र गयो अनि पछि गएर मैले यसलाई अझ राम्रोसित बुझेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “तैंले परमेश्‍वरमाथि विश्‍वास गर्ने भएकोले तैँले परमेश्‍वरका सबै वचनहरू र उहाँका सबै कामहरूमा विश्‍वास गर्नुपर्छ। यसो भन्नुको मतलब, तैंले परमेश्‍वरमाथि विश्‍वास गर्ने भएकोले, तैंले उहाँको आज्ञापालन गर्नुपर्छ। यदि तैँले यसो गर्न सक्दैनस् भने, तैँले परमेश्‍वरमाथि विश्‍वास गर्छस् कि गर्दैनस् त्यसले केही मतलब राख्दैन। यदि तैँले वर्षौंदेखि परमेश्‍वरमाथि विश्‍वास गरेको छस् तर पनि तैँले कहिल्यै पनि उहाँको आज्ञापालन गरेको छैनस् भने र उहाँका वचनहरूको सम्पूर्णतालाई स्वीकार गर्दैनस्, बरु परमेश्‍वरलाई तँमा समर्पित हुन र तेरा आफ्नै धारणाहरू अनुसार कार्य गर्न लगाउँछस् भने, तँ सबैभन्दा उग्र विद्रोही होस्, तँ अविश्‍वासी होस्। यस्ता मानिसहरूले कसरी मानिसका धारणाहरूसँग मेल खाँदै-नखाने परमेश्‍वरका काम र वचनहरूको आज्ञापालन गर्न सक्छन् र? सबैभन्दा उग्र विद्रोहीहरू ती व्यक्तिहरू हुन् जसले जानी-जानी परमेश्‍वरको अवज्ञा र प्रतिरोध गर्छन्। तिनीहरू परमेश्‍वरका शत्रुहरू, ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूमा सधैँ परमेश्‍वरको नयाँ कामको विरुद्ध शत्रुवत आचरण हुन्छ; तिनीहरूमा समर्पित हुनेबारे त अलिकति पनि मनस्थिति हुँदैन, न त तिनीहरूले कहिल्यै खुशीसाथ आफूलाई समर्पित गरेका वा नम्र तुल्याएका नै हुन्छन्। तिनीहरूले अरूको अगाडि आफूलाई उचाल्छन् र कसैको अगाडि आफूलाई समर्पित गर्दैनन्। परमेश्‍वरको अगाडि, तिनीहरूले आफूलाई वचनहरू प्रचार गर्ने काममा सर्वश्रेष्ठ अनि अन्य व्यक्तिहरूमाथि काम गर्नको लागि सबैभन्दा सिपालु ठान्छन्। तिनीहरूले आफ्नो स्वामित्वमा रहेका ‘सम्पत्तिहरू’ लाई कहिल्यै पनि त्याग्दैनन्, बरु तिनलाई तिनीहरूले आराधना गर्ने, अन्य व्यक्तिहरूलाई उपदेश दिने पुर्ख्यौली सम्पत्ति हो भन्ने ठान्छन् र तिनीहरूलाई आदर्श ठान्ने मूर्खहरूलाई प्रवचन दिन तिनीहरूले तिनको प्रयोग गर्छन्। वास्तवमा मण्डलीभित्र केही निश्चित संख्यामा यस प्रकारका मानिसहरू हुन्छन्। यस्तो भन्न सकिन्छ कि तिनीहरू ‘अदम्य नायकहरू’ हुन्, जो पुस्तौँ पुस्तादेखि परमेश्‍वरको घरमा बसेका छन्। तिनीहरूले वचन (धर्मसिद्धान्त) प्रचार गर्नुलाई नै तिनीहरूको सबैभन्दा ठूलो कर्तव्यको रूपमा लिन्छन्। वर्षौंवर्ष, पुस्तौंपुस्ता तिनीहरू आफ्नो ‘पवित्र र अनुल्लंघनीय’ कर्तव्यलाई जोशका साथ लागू गरिरहन्छन्। तिनीहरूलाई कसैले पनि छुने आँट गर्दैन; एक जनाले पनि खुला रूपमा तिनीहरूको भर्त्सना गर्ने आँट गर्दैन। तिनीहरू परमेश्‍वरको घरमा ‘राजाहरू’ बन्छन् र युगौँ युगदेखि अरूहरूलाई निरङ्कुशताका साथ व्यवहार गर्दै तिनीहरू नियन्त्रण बाहिर जान्छन्। दुष्टहरूको यो झुण्डले आपसमा हात मिलाएर मेरो कामलाई ध्वस्त पार्न चाहन्छन्; मैले कसरी यी दियाबलसहरूलाई मेरो आँखाअगाडि अस्तित्वमा रहन दिन सक्छु र? अर्ध-आज्ञाकारीहरू समेत आखिरीसम्म अघि बढ्न सक्दैनन्, आफ्नो हृदयमा रत्तीभर आज्ञाकारीता नभएका यी निरङ्कुश व्यक्तिहरू आखिरीसम्म अघि बढ्न सक्‍ने कुरा त परै जाओस्! परमेश्‍वरको कामलाई मानिसले सजिलैसँग प्राप्त गर्न सक्दैन। मानिसहरूले तिनीहरूसँग भएको सबै तागत लगाएर पनि यसको एउटा सानो अंश मात्र प्राप्त गर्न सक्छन्, जसले आखिरमा तिनीहरूलाई सिद्ध तुल्याउने बाटो प्रदान गर्छ। त्यसो भए, प्रधान दूतका सन्तानलाई चाहिँ के हुन्छ, जसले परमेश्‍वरको कामलाई विनाश गर्न खोज्छन्? के तिनीहरूलाई परमेश्‍वरले प्राप्त गर्नुहुने सम्भावना झन् कम छैन र?” (वचन देहमा देखा पर्नुहुन्छ)। परमेश्‍वरका वचनहरू मेरो निम्ति कति हृदयस्पर्शी थिए अनि मैले उहाँको धर्मी र प्रतापमय स्वभाव देखेँ। विशेष गरी यो भागः “तिनीहरूले कहिल्यै पनि कसैको कुरा मान्दैनन्। … तिनीहरूलाई कसैले पनि छुने आँट गर्दैन; एक जनाले पनि खुला रूपमा तिनीहरूको भर्त्सना गर्ने आँट गर्दैन। तिनीहरू परमेश्‍वरको घरमा ‘राजाहरू’ बन्छन् र युगौँ युगदेखि अरूहरूलाई निरङ्कुशताका साथ व्यवहार गर्दै तिनीहरू नियन्त्रण बाहिर जान्छन्। दुष्टहरूको यो झुण्डले आपसमा हात मिलाएर मेरो कामलाई ध्वस्त पार्न चाहन्छन्; मैले कसरी यी दियाबलसहरूलाई मेरो आँखाअगाडि अस्तित्वमा रहन दिन सक्छु र?” यस भागले मलाई अझ बढी त्रसित तुल्यायो। जब सिस्टर वाङले झुटो अगुवाको रूपमा मेरो खुलासा गरिन्, मैले शत्रुता, असन्तुष्टि, रोष र विरोधले प्रतिकार गरें। मैले रिसले विद्वेषपूर्वक प्रहार गरेँ। मण्डलीको अगुवा भएर पनि म सत्यतालाई स्वीकार गर्दिनथेँ अनि ममा अधीनताको पूरै कमी थियो। जब कसैले मेरा समस्याहरूलाई प्रकट गर्थे, जब मेरो अहमतामा चोट पुग्थ्यो र मेरो पदलाई संकटमा पारिन्थ्यो, तब उनलाई रोक्न र उनलाई बदला लिन म हरेक साधन प्रयोग गर्न चाहन्थेँ, उनको कर्तव्य निर्वाह गर्ने अधिकार खोस्ने र उनलाई मण्डलीबाट धपाउने कोसिस समेत पनि। मसित यस्तो दुर्भावपूर्ण मानसिकता थियो कि उनलाई पूरै ध्वस्त नगरेसम्म म विश्राम लिँदिनथेँ। म परमेश्‍वरको घरमा “राजा” भएको थिएँ अनि कसैले छुन आँट गर्दैनथ्यो। त्यो कसरी चीनियाँ कम्युनिष्ट पार्टी, भूत, ती तानाशाहहरूदेखि फरक भयो र? तिनीहरूको सिद्धान्त “मैले भनेको मान्नेहरूले उन्नति गरुन्, मलाई विरोध गर्नेहरू नाश होऊन्” भन्ने हो। आफ्नो सिद्धान्तलाई कायम गर्न र आफ्नो शक्तिलाई सुदृढ गर्न, चीनियाँ कम्युनिष्ट पार्टीले आफूले गरेको खराबीप्रति असहमत हुने र आलोचना गर्न आँट गर्ने जोकोहीलाई दमन गर्छ, जरो खन्छ र पूर्ण रूपले निर्मूल नै पार्छ। टियेनानमेन चोकको प्रदर्शनहरूमा भएझैँ, अल्पसंख्यक जातिहरूसित गरिएजस्तै, त्यो भन्दा अझ खराबी विश्‍वासीहरूसित गर्छः हामीलाई पक्राउ गरेर, दमन गरेर, सतावट दिएर। तिनीहरूको हातमा धेरै निर्दोष मानिसहरूले जीवन गुमाएका छन् र तिनीहरूले परमेश्‍वरद्वारा उचित दण्ड पाउनैपर्छ। मैले आफ्नो बारेमा सोचेँ: मैले सानै हुँदादेखि नै कम्युनिष्ट भूतहरूबाट शिक्षा पाएको थिएँ। यस्ता कुराहरू जस्तै, “सर्वोच्‍च शासन गर्ने म मात्र हुँ।” “मैले भनेको मान्‍नेहरूले उन्‍नति गरून् र मलाई विरोध गर्नेहरू नाश होऊन्।” “यदि तिमी निष्ठुर छौ भने म अन्यायी छु भनेर मलाई दोष नलगाऊ।” “आँखाको बदला आँखा, दाँतको बदला दाँत।” धेरैजसो शैतानी विषहरूले मेरो हृदयमा गहिरो जरा हालेको थियो र बचावटको लागि मेरा नियमहरू भएका थिए, अनि मलाई अझ अहङ्कारी र द्वेषपूर्ण बनाएका थिए। म यिनै कुराहरूद्वारा जिउँदै थिए, त्यसैले म दुष्टता गर्न, अरूलाई दमन गर्न र चोट पुर्याउन सक्थेँ। झुटा अगुवाहरूलाई खुट्टयाउने बारेमा परमेश्‍वरले व्यक्त गर्नुभएको सबै सत्यताहरूको बारेमा पनि मैले सोचेँ, तर म आफै त्यसअनुसार खडा भइनँ न त, मैले कसरी झुटा अगुवा जस्तै व्यवहार गरेँ भन्ने बारेमा समीक्षा गरें। अहिले, सबैजनाले सत्यता सिकिरहेका छन् र ब्यूझिँरहेका छन्, त्यसैले कतिपय मानिसहरूले झुटा अगुवाहरूको खुलासा गरिदिन्छन् र तिनीहरूको उजूरी गरिदिन्छन्। यो सत्यतालाई अभ्यास गर्नु र मण्डलीको कामलाई रक्षा गर्नु हो—यो सकारात्मक कुरा हो। मेरो खुलासा गर्ने व्यक्ति जस्तो प्रकारको भए पनि, तिनीहरूले मलाई नै निशाना बनाइरहे पनि, तिनीहरूले त्यो मेरो मुखेञ्जी भने पनि, नभने पनि तिनीहरूले भन्ने कुरा सत्यता भएसम्म त्यसलाई मैले परमेश्‍वरबाट हो भनी स्वीकार गर्नुपर्छ, त्यसलाई उचित प्रकारले स्वीकार गर्नुपर्छ, अधीनतामा रहनुपर्छ र पाठ सिक्नुपर्छ। त्यो नै सत्यतालाई स्वीकार गर्नु र परमेश्‍वरको अधीनतामा रहनु हो। तर मेरो सम्बन्धमा चाहिँ, मैले अधीनतामा रहन इन्कार मात्र गरिनँ तर मेरो खुलासा गर्ने व्यक्तिलाई पनि प्रहार गरेँ। त्यो व्यक्तिगत विवाद थिएन, तर मैले सत्यतालाई इन्कार गरिरहेको थिएँ र परमेश्‍वरको विरोध गरिरहेको थिएँ। यो कुरा महसुस गरेर, मैले आफैलाई घृणा गरेँ र एक प्रकारको डर अनुभूति गरेँ। म तुरुन्तै परमेश्‍वरको सामु प्रार्थना र पश्चाताप गर्न आएँ: “परमेश्‍वर, म गलत थिएँ। जब मेरो खुलासा गरियो, तब मैले आफ्नो बारेमा समीक्षा गरिनँ, न त पाठ नै सिकेँ, बरु उनको खेदो गरें। मसित साँच्चै नै द्वेषपूर्ण प्रकृति छ भनी म देख्नसक्छु। परमेश्‍वर, म तपाईं समक्ष पश्चाताप गर्न चाहन्छु। कृपया मलाई मार्गदर्शन गर्नुहोस्।”

मैले सिस्टर वाङले मेरो बारेमा जे भनेकी थिइन्, त्यसको आधारमा आफ्नै समीक्षा गरेँ अनि कामको व्यहोराहरूमाथि वास्तविक अनुगमन गर्न थालेँ। मैले थुप्रै समस्याहरू रहेछन् भन्ने कुरा पत्ता लगाएँ। जस्तै, सुसमाचार टोलीमा जो नयाँ थिए तिनीहरू दर्शनहरूको सत्यताहरूसित परिचित थिएनन्, त्यसैले तिनीहरूले दीक्षित गरेका मानिसहरूको धारणाहरू र कठिनाइहरूलाई तिनीहरूले हल गर्न सकेनन्। कतिपयले सुसमाचार कार्यका सिद्धान्तहरू नै बुझेका थिएनन् त्यसैले, अनुपयुक्त मानिसहरू परिवर्तन भइरहेका थिए। कतिपयले सिञ्चित भएको केही समयपछि पनि थोरै सत्यता बुझेका थिएनन्, अनि कतिपयले सत्यतामा कुनै चासो राखेनन् र छोडिदिए। यो हाम्रा धेरै स्रोतहरूको बरबादी थियो। मैले देखेका समस्याहरूलाई मैले भेलामा लिएर आएँ अनि कामकुराहरूलाई मिलाउन सिद्धान्तहरूउपर सङ्गति गरेँ। दाजुभाइ र दिदीबहिनीहरूले आआफूलाई दर्शनहरूको सत्यताहरूले सुसज्जित गर्न योजनाहरू बनाउन थाले, अनि जब तिनीहरूले केही कुरा बुझ्न र स्पष्ट रूपले सङ्गति गर्न सक्दैनथे, तब हाम्रो त्यसउपर सङ्गति हुन्थ्यो। लामो समय नबित्दै, तिनीहरू दर्शनहरूको सत्यताको बारेमा बढी स्पष्ट भए अनि टोली धेरै सफल भयो। परमेश्‍वरले मलाई झुटो अगुवाको रूपमा खुलासा गर्न र मैले व्यवहारिक काम गरिरहेको छैन भनी औँल्याएर आफ्नो समीक्षा गर्ने र राम्रोसित आफ्नो कर्तव्य निर्वाह गर्ने तुल्याउन सिस्टर वाङलाई खटाउनुभएको कुरा मैले महसुस गरेँ। उहाँले मलाई रक्षा गरिरहनुभएको थियो।

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड स्मरण गरें। “परमेश्‍वरले प्रत्येक व्यक्तिमा काम गर्नुहुन्छ, र उहाँको काम गर्ने तरिका जस्तोसुकै भए पनि, उहाँले आफ्नो सेवामा जस्तोसुकै प्रकारको मानिस, मामला र परिस्थितिहरूलाई प्रयोग गर्नुभए पनि, वा उहाँका वचनहरूको शैली जस्तो प्रकारको भए पनि, उहाँको अन्तिम लक्ष्य एउटै मात्र हुन्छ: तँलाई मुक्ति दिनु। तँलाई मुक्ति दिनुभन्दा अघि, उहाँले तँलाई रूपान्तरण गर्नु आवश्यक हुन्छ, त्यसैले तैंले थोरै कष्ट नभोग्नु कसरी सम्भव हुन्छ? तैंले कष्ट भोग्नु पर्नेछ। यस कष्टमा धेरै कुराहरू समावेश हुन सक्छन्। तैंले आफैलाई चिन्न सक् भनेर कहिलेकहीँ परमेश्‍वरले तेरो वरपरका मानिसहरू, मामलाहरू र परिस्थितिहरू खडा गर्नुहुन्छ वा तँलाई प्रत्यक्ष निराकरण गरिन्छ, छिँवलिन्छ र खुलासा गरिन्छ। शल्यक्रियाको टेबलमा पस्रिएको व्यक्तिजस्तै—केही पीडा र कष्टबाट भएर गएपछि मात्र राम्रो परिणाम पाउनका सकिन्छ। यदि हरेक पटक तँलाई छिँवलिंदा र तँलाई निराकरण गरिँदा, र हरेक पटक उहाँले मानिसहरू, मामलाहरू र परिस्थितिहरू खडा गर्नुहुँदा, त्यसले तेरा भावनाहरूलाई जगाउँछ र तँलाई प्रोत्साहन दिन्छ भने, यो प्रक्रियाद्वारा तँसित कद हुनेछ र तँ सत्यताको वास्तविकता प्रवेश गर्नेछस्। … यदि परमेश्‍वरले तेरो लागि केही वातावरण, मानिसहरू, मामलाहरू, र काम-कुराहरू मिलाउनुहुन्छ भने, यदि उहाँले तँलाई छिँवल्नुहुन्छ र निराकरण गर्नुहुन्छ भने र यदि तैंले त्यसबाट पाठ सिक्छस् भने, यदि तैंले परमेश्‍वरको सामु आउन सिकेको छस् भने, सत्यको खोजी गर्न सिकेको छस्, र अनजानमा, अन्तर्दृष्टि र प्रकाश पाएको छस् र सत्यता प्राप्त गरेको छस् भने, यदि तैंले यी वातावरणहरूमा परिवर्तन अनुभव गरेको छस्, इनामहरू कटनी गरेको छस्, र उन्नति गरेको छस् भने, यदि तैंले परमेश्‍वरको इच्छालाई अलि-अलि बुझ्न थालेको छस् र गुनासो गर्न छोडेको छस् भने, यी सबैको अर्थ तँ यी वातावरणहरूका सबै परीक्षाहरूको बीचमा दह्रो भई खडा भएको छस्, र तैँले त्यो जाँचको सामना गरेको छस् भन्ने हुन्छ। त्यसरी तँ त्यो कठिन जाँचबाट पार भएर गएको हुनेछस्। परीक्षामा नडग्मगाउनेहरूलाई परमेश्‍वरले कसरी लिनुहुनेछ? परमेश्‍वरले तिनीहरूमा साँचो हृदय छ, तिनीहरूले यस प्रकारको कष्टलाई भोग्‍न सक्छन् र भित्री रूपमा, तिनीहरूले सत्यतालाई प्रेम गर्छन् र सत्यता चाहन्छन् भनेर भन्‍नुहुनेछ। यदि परमेश्‍वरले तँलाई यसरी मूल्याङ्कन गर्नुभयो भने, के तँ कद भएको व्यक्ति हुँदैनस् र? के त्यसपछि तँसँग जीवन हुँदैन र? अनि यो जीवन कसरी प्राप्त गर्न सकिन्छ? के यो परमेश्‍वरले दिनुहुन्छ? परमेश्‍वरले तँलाई विभिन्न तरिकाद्वारा आपूर्ति दिनुहुन्छ र तँलाई तालिम दिनको लागि विभन्न मानिसहरू, परिस्थिति र वस्तुहरू प्रयोग गर्नुहुन्छ। यस्तो लाग्छ मानौँ परमेश्‍वरले व्यक्तिगत रूपमा नै तँलाई खाना र पानी दिँदै हुनुहुन्छ र तँलाई खुवाउन तेरो मुखैमा ल्याउँदै हुनहुन्छ र तँलाई त्यसको आनन्द लिन दिँदै हुनुहुन्छ, र त्यसपछि मात्र तँ वृद्धि हुन र दह्रिलो गरी खडा हुन सक्छस्। तैँले यी कुराहरूलाई यसरी नै हेर्नु र बुझ्‍नुपर्छ; परमेश्‍वरबाट आउने हरेक कुरामा यसरी नै समर्पित हुनुपर्छ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “सत्यता प्राप्त गर्नको लागि तैंले आफ्नो वरिपरिका मानिसहरू, मामलाहरू र स्थितिहरूबाट सिक्नुपर्छ”)। यी सबै कुराद्वारा मैले गहिरो किसिमले अनुभव गरेँ कि परमेश्‍वरले मेरो कर्तव्यमा रहेका समस्याहरूको खुलासा गरिदिन सिस्टर वाङलाई प्रयोग गरिरहनुभएको रहेछ। यो स्वीकार गर्न मेरो लागि सजिलो थिएन तर मेरो जीवन प्रवेशका निम्ति यो ज्यादै लाभकारी थियो। त्यस प्रकारले निराकरण गरिँदा ममा रहेका सबै प्रकारका झुटा अगुवाका विशेषताहरू देख्न मलाई सहायता गर्यो र यसले सत्यतालाई खोजी गर्न र परिवर्तन हुन मलाई उत्प्रेरित गर्यो। त्यसबाहेक, आफ्नो नाम र हैसियतलाई रक्षा गर्न कसैलाई दमन गर्न र बहिष्कार गर्न सक्ने आफ्नो अहङ्कारी, द्वेषपूर्ण प्रकृतिलाई मैले देखेँ। यो देखेर यसले मलाई सत्यता पछ्याउने, भ्रष्टतालाई फ्याँकिदिने र शुद्ध हुने तुल्यायो। यो मेरो निम्ति परमेश्‍वरको विशेष अनुग्रह, उहाँको प्रेम र मुक्ति थियो। म परमेश्‍वरप्रति धेरै आभारी छु!

अघिल्लो: ढोँगीपनको बोझ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

के मानिसहरूलाई खुशी पार्नेहरूले परमेश्‍वरको स्याबासी जित्‍न सक्छन्

लियु यि, चीनम एक विश्‍वासी हुनुभन्दा पहिले, अरू मानिसलाई ठेस नपुर्‍याऊँ र सबैसँग मिलेर रहन सकूँ भनेर सधैं सचेत रहने गर्दथें। कोही कठिन...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्