मलाई कुन कुराले परमेश्‍वरलाई पछ्याउन रोकिरहेको छ?

23 जनवरी 2022

चेन मिङ, चीन

२०११ को डिसेम्बर महिना थियो अनि हाम्रो मण्डलीका दुईजना अगुवाहरू पक्राउ परेका थिए। यो खबर सुनेपछि, मेरा दाजुभाइ र दिदीबहिनीहरू र मैले त्यसपछिको परिस्थितिलाई तुरुन्तै सम्हाल्नुपरेको थियो। केही समयपछाडि मैले एउटा पत्र पाएँ जसमा अन्य मण्डलीका दाजुभाइ र दिदीबहिनीहरू प्रहरीद्वारा निरन्तर पक्राउ परिरहेका, र मेरो ढोकाबाहिर शंकास्पद व्यक्ति घुमिरहेकोले म पनि निगरानीमा हुन सक्‍ने कुरा उल्लेख गरिएको थियो। पत्रमा म घर जान हुँदैन, बरु सुरक्षित ठाउँमा गएर त्यहीँबाट काम सम्हाल्नुपर्छ भनी लेखिएको थियो। पत्र पढिसकेपछि म धेरै चिन्तित भएँ। पछिल्ला केही दिनहरूमा प्रहरीका गाडीहरूले सडकहरूमा गस्ती गरिरहेको, तिनीहरूले व्यापक निगरानी गरिरहेको बारेमा मैले विचार गरेँ। के म मण्डलीका डिकन भएको कुरा तिनीहरूले पत्ता लगाए? के तिनीहरूले मलाई हिरासतमा लिन मेरो घरमा निगरानी गरिरहेका थिए? मैले पक्राउ परेका सबै दाजुभाइ र दिदीबहिनीहरूको बारेमा विचार गरेँ कसैलाई कुँजो हुने गरी पिटिएको थियो, कसैलाई कुटेर मारिएको थियो। ती दिनहरूमा, म मण्डलीको काम गर्दै थिएँ र मैले सधैँ बाहिरफेर गरिरहनुपर्थ्यो। यदि प्रहरीले मलाई पिछा गरेर पक्राउ गरे भने मैले के गर्ने? यसको बारेमा जति बढी सोचेँ, त्यति नै बढी म डराएँ। यदि मलाई साँच्‍चै नै पिटेर मारियो भने मैले कसरी मुक्ति र अनन्त जीवन पाउँथे? यस्तो लाग्थ्यो मानौँ एउटा ठूलो ढुङ्गाले मेरो हृदयलाई थिचिरहेको थियो। मलाई सास फेर्न पनि गाह्रो भयो। पछि, केही दिनको लागि म आफन्तको घरमा बस्‍नको निम्ति गएँ। मेरो श्रीमान्‌ले मलाई भेट्टाउनुभयो र भन्‍नुभयो, “यहाँ पनि सुरक्षित छैन। तिमी अर्को प्रान्तमा साथीको घरमा गएर लुकेको नै राम्रो। तिमी मण्डलीका डिकन हौ भन्‍ने कुरा प्रहरीलाई थाहा छ। तिनीहरूले तिमीलाई किन छोड्छन् र?” मेरो श्रीमान्‌को कुरा सुनेर म अलि हिच्किचाएँ, किनकि हाम्रो मण्डलीका अगुवाहरूलाई पहिल्यै पक्राउ गरिसकिएको थियो। अबिलम्ब गर्नुपर्ने अझै थुप्रै कामहरू थिए, तर यदि म त्यति नै बेला गएको भए मण्डलीको काम सम्हाल्ने कोही हुनेथिएन। तथापि, यदि म नगएको भए र प्रहरीद्वारा पक्राउ परेको भए, मलाई याताना दिएर मारिन्थ्यो वा म अन्त्यमा कुँजो हुनेथिएँ। त्यसैले, केही दिनसम्म लुक्‍न जानु, र सबै कुरा शान्त भएपछि कर्तव्यलाई निरन्तरता दिन फर्केर आउनु सर्वोत्तम हुन्छ भनी मैले निर्णय गरेँ। त्यसैले, मैले आफ्नो कर्तव्यलाई त्यागेँ र अर्को प्रान्तमा, साथीको घरमा गएँ। वास्तवमा, मैले निर्णायक क्षणमा आफ्नो कर्तव्यलाई त्यागेकी थिएँ। यो परमेश्‍वरलाई विश्‍वासघात गर्ने कार्य थियो! तर त्यस समयमा म आफ्नै सुरक्षाको बारेमा मात्रै सोचिरहेको थिएँ र मसित बिलकुल विश्‍वास थिएन। मैले जे गरेको थिएँ, त्यसको प्रकृतिबारे मसित कुनै बुझाइ नै थिएन।

पछि, मेरो साथीलाई पनि मैले उनलाई यसमा मुछ्न सक्‍छु भन्‍ने डर भयो र उनले मलाई गाउँबाहिर एउटा जीर्ण घरमा बस्‍ने बन्दोबस्त गरिन्। यो यति जर्जर थियो कि ढोका पनि लाग्दैनथ्यो अनि त्यहाँ कुनै खानेकुरा थिएन र कुनै धारा पनि थिएन। त्यस्तो वातावरणको सामना गर्दा, म धेरै दुःखी भएँ। त्यसपछि, मैले मनन गर्न थालेँ। के आफ्नो कर्तव्यलाई त्यागेर अर्को प्रान्तमा लुक्‍न आएर मैले ठीक गरेकी थिएँ त? तब, मैले यी परमेश्‍वरका वचनहरू देखेँः “हाल, केही व्यक्तिहरू यस्ता छन् जसले मण्डलीको निम्ति कुनै बोझहरू बोक्दैनन्। यी मानिसहरू सुस्त र लापरवाह छन् अनि यिनीहरूले केवल आफ्नै देहको मात्र वास्ता गर्छन्। त्यस्ता मानिसहरू अत्यन्तै स्वार्थी हुन्छन्, र तिनीहरू अन्धा पनि हुन्छन्। यदि तैँले यो कुरा स्पष्टसित देख्न सक्दैनस् भने तैँले कुनै पनि बोझ बोक्नेछैनस्। तँ जति बढी परमेश्‍वरको इच्छाप्रति सचेत हुन्छस्, त्यति नै बढी बोझ उहाँले तँलाई सुम्पिनुहुनेछ। स्वार्थीहरू त्यस्ता कुराहरूको कष्ट भोग्न अनिच्छुक हुन्छन्; तिनीहरू मूल्य चुकाउन अनिच्छुक हुन्छन्, र परिणामस्वरूप, तिनीहरूले परमेश्‍वरद्वारा सिद्ध तुल्याइने अवसरहरू गुमाउनेछन्। के तिनीहरूले आफैलाई हानि पुर्‍याइरहेको छैनन् र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्धता हासिल गर्न परमेश्‍वरको इच्छाप्रति सचेत होऊ)। परमेश्‍वरका वचनहरू पढिसकेपछि, यसले मेरो हृदय घोचेको महसुस गरेँ। मैले देखेँ कि म आफै परमेश्‍वरद्वारा खुलासा भएकी, त्यस प्रकारकी स्वार्थी र नीच व्यक्ति थिएँ। हाम्रो मण्डलीका अगुवाहरू पक्राउ परेका थिए र घटनापछिको परिस्थितिलाई तुरुन्तै सम्हाल्नु आवश्यक थियो। त्यस निर्णायक क्षणमा, मैले परमेश्‍वरमाथि निर्भर हनुपर्थ्यो र मण्डलीको कामलाई निरन्तरता दिनुपर्थ्यो, र यसरी मेरा दाजुभाइ र दिदीबहिनीहरूलाई सुरक्षा दिनुपर्थ्यो। तथापि, आफैलाई लुकाएर, मण्डलीको काम त्यागेर, दाजुभाइ र दिदीबहिनीहरूको जीवनको बारेमा कुनै पर्वाह नगरी मैले आफ्नै सुरक्षाको बारेमा मात्रै सोचेको थिएँ र डरपोक भएको थिएँ। यो परमेश्‍वरप्रति गम्भीर विश्‍वासघात थियो! यस समयमा, परमेश्‍वरका वचनहरूको भजनका केही पङ्क्ति मैले स्मरण गरेँः “अब्राहामले इसहाकलाई अर्पण गरे—तिमीहरूले के अर्पण गरेका छौ? अय्यूबले सबै थोक अर्पण गरे—तिमीहरूले के अर्पण गरेका छौ? कति धेरै मानिसहरूले सत्य बाटो खोज्नका निम्ति आफ्नो जीवन दिएका छन्, आफ्नो शिर अर्पण गरेका छन्, आफ्नो रगत बगाएका छन्। के तिमीहरूले त्यो मूल्य चुकाएका छौ?(थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्को “तपाईंले परमेश्‍वरमा के समर्पित गर्नुभएको छ?”)। वास्तवमा, मैले परमेश्‍वरको निम्ति के अर्पण गरेको थिएँ र? परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन अब्राहमले आफ्नो छोरालाई बलिदान गर्न सकेका थिए; अय्यूबले उहाँलाई सन्तुष्ट तुल्याउन हरेक कुरा दिएका थिए। अनि मैले? पक्राउ पर्ने र यातना पाई मारिइने डरले म आफ्नै सुरक्षाको निम्ति भागेकी थिएँ। बहादुरीपूर्वक मृत्युको सामना गर्नुको साटो कायरतापूर्वक ज्यान जोगाउने भगुवाजस्तो भएको थिइनँ र? एउटा भनाइ छ, “विस्तृत तयारीले अन्त्यमा प्रतिफल दिन्छ।” धेरै वर्षसम्म परमेश्‍वरको घरद्वारा पालनपोषण गरिएकी मण्डलीको डिकनको हैसियतले यस अत्यन्तै निर्णायक क्षणमा मलाई के जिम्मेवारी सुम्पिइएको थियो भन्‍ने कुरामा ध्यान नै दिएकी थिइनँ, न त मण्डलीको कामलाई कसरी कायम राख्‍नेबारेमा नै मैले विचार गरेकी थिएँ। मैले आफ्नो अस्तित्वलाई अमूल्य ठान्दै र खतरादेखि भाग्दै, आफ्नै बारेमा मात्रै सोचेकी थिएँ। के म अझै मानिस भनिन लायककी थिएँ र? मैले साँच्‍चै नै आफूलाई खुवाउने हातलाई टोकेको थिएँ र म पशुजतिको पनि राम्रो थिइनँ!

त्यसपछि, मैले परमेश्‍वरको वचनको अर्को खण्ड पढेँ, “विगतमा, परमेश्‍वरको खातिर पत्रुसलाई क्रूसमा उल्टो झुन्ड्याइ; तर अन्त्यमा तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्छ, र तेरा सबै शक्ति उहाँका लागि समाप्त गर्नुपर्छ। सृष्टि गरिएको एक प्राणीले परमेश्‍वरको खातिर के गर्नसक्छ र? यसैले परमेश्‍वरले उहाँको इच्छाअनुसार तँलाई प्रयोग गरून् भनी तैँले सक्दो चाँडोभन्दा चाँडो आफैलाई परमेश्‍वरमा सुम्पनुपर्छ। यदि त्यसले परमेश्‍वरलाई खुसी र प्रसन्न तुल्याउँछ भने उहाँले आफ्नो इच्छाअनुसार तँसँग जे गर्न चाहनुहुन्छ उहाँलाई त्यही गर्न दे। मानिसहरूसँग गुनासोका कुराहरू बोल्ने के अधिकार छ र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय ४१)। मैले यी परमेश्‍वरका वचनहरूद्वारा धेरै उत्साहित अनुभव गरेँ र दोषी पनि महसुस गरेँ। मैले पत्रुस कसरी झ्यालखानाबाट भागेका थिए, र कसरी प्रभु येशू उनीकहाँ देखा पर्नुभएको थियो र उनको खातिर उहाँ फेरि क्रुसमा टाँगिनुहुनेछ भन्‍नुभएको थियो भन्‍ने कुरा विचार गरेँ। प्रभुका वचनहरूले पत्रुसलाई यो कुरा बुझाए: “प्रभु येशू मानवजातिलाई उद्धार गर्न एकपल्ट क्रुसमा टाँगिइसक्‍नुभएको छ, म उहाँलाई फेरि क्रुसमा टाँगिइन दिन सक्दिनँ। उहाँले हाम्रै खातिर आफ्नो जीवन अर्पण गर्नुभयो; यसपल्ट, मैले उहाँको खातिर आफ्नो जीवन अर्पण गर्नुपर्छ।” त्यसैले, नहिच्किचाईकन पत्रुस फेरि झ्यालखाना फर्के, अनि अन्त्यमा परमेश्‍वरको खातिर उँधोमुण्टो भएर क्रुसमा टाँगिइन पाऊँ भने। पत्रुसले परमेश्‍वरको निम्ति आफ्नो जीवन अर्पण गरे तर म के गर्दै थिएँ? अलिकति खतरनाक वातावरणको सामना गर्नुपर्दा, मैले आफ्नो कार्यभार त्यागेकी थिएँ र टाढाको ठाउँमा भागेर आएकी थिएँ। कसरी मसित थोरै विवेकसमेत छ भनेर भन्‍न सकिन्थ्यो र? मैले परमेश्‍वरलाई कति वर्षसम्म पछ्याएको थिएँ र मलाई उहाँका कति वचनहरू प्रदान गरिएको थियो, तर मैले निर्णायक क्षणमा परमेश्‍वरलाई धोका दिएकी थिएँ। म परमेश्‍वरको सामु जीवित रहन योग्यकी थिइनँ। मैले परमेश्‍वरको सामु घुँडा टेकेँ र प्रार्थनामा पश्‍चात्ताप गर्दै भनेँ, “परमेश्‍वर! मैले गलत गरेँ। मैले आफ्नै सुरक्षाको लागि आफ्नो कर्तव्यलाई परित्याग गरेँ। म अति स्वार्थी र नीच भएकी छु! म आफ्नै हितहरूलाई अबउप्रान्त विचार गर्न चाहँदिनँ। म पत्रुसबाट सिक्‍न र मृत्यु नै भोग्‍नुपरे तापनि तपाईंले मलाई सुम्पिनुभएको जिम्मेवारीलाई पूरा गर्न चाहन्छु।” त्यसपछि, म मण्डलीमा फर्कें। जब एउटी सिस्टरले मलाई देखिन्, उनले भनिन्, “आज हामीले परमेश्‍वरका सबैभन्दा पछिल्ला प्रवचनहरू पाएका छौँ। दाजुभाइ र दिदीबहिनीहरूलाई ती पठाउनको निम्ति कसलाई सम्पर्क गर्ने हो भनी मलाई थाहा थिएन। म चिन्तित भइरहेको बेला तिमी आइपुग्यौ।” सिस्टरले यसो भनेको सुनेर म समयमा आइपुगेकोमा अति खुशी भएँ। मैले मण्डलीको कामलाई अति धेरै नोक्सानी पुर्‍याएकी थिइनँ। मैले उपयुक्त कामदारको बन्दोबस्तको निम्ति सिस्टरसित तुरुन्तै छलफल गरेँ, ताकि दाजुभाइ र दिदीबहिनीहरूलाई ती समयमै पठाइन सकियोस्। त्यसपछिका समयमा, म आफ्नो कर्तव्य निर्वाह गर्दाखेरि पहिलेजस्तो डरपोक भए भइनँ।

त्यस परिस्थितिबाट गुज्रेपछि मैले केही विश्‍वास हासिल गरेको छु भन्‍ने लाग्यो, तर आश्‍चर्यको कुरा, मैले फेरि अर्को परिस्थितिको सामना गरेँ र मेरो फेरि खुलासा भयो। एकदिन, मेरी सहकर्मी सिस्टर झौले मलाई भनिन्, “मण्डलीको पैसा राखिएका थुप्रै घरहरू खतरामा छन्।” अनि तिनले अझै सुरक्षित ठाउँमा पैसा स्थानान्तरण गर्ने काम मलाई जिम्मा दिइन्। सर्वत्र प्रहरीका गाडीहरूले गस्ती लगाइरहेको कुरालाई विचार गर्दा, प्रहरीद्वारा घरहरूको निगरानी गरिएको हुन सक्छ भनी मलाई चिन्ता र डर लाग्यो। मण्डलीको पैसा यताउता गर्दा यदि मेरो पिछा गरी मलाई पक्राउ गरियो भने? मैले यस्तो सोच्न विवश भएँ, “म मण्डलीको डिकन हुँ; यदि म समातिएँ भने, मलाई यातना दिइने कुरा पक्‍का छ। तब म जिउँदै बाहिर निस्कने सम्भावनाहरू शून्य हुनेछन्। अनि मैले कसरी मुक्ति हासिल गर्न र स्वर्गको राज्यमा प्रवेश गर्न सक्छु र?” यस बारेमा बारम्बार सोचेर, म पछि हट्न चाहन्थे। यो कर्तव्य सम्पादन गर्नु अति खतरनाक हुनेछ भन्‍ने मलाई लाग्यो। त्यसै क्षण, मैले पहिलेको आफ्नो अनुभव स्मरण गरेँ। मैले आफ्नै सुरक्षाको निम्ति मात्र काम गर्ने अति स्वार्थी र नीच भएकीले, मैले परमेश्‍वरको घरको कामलाई झण्डैले ढिलाइ गरेँ। मैले पहिलेको जस्तो त्यही असफलताको बाटो नहिँड्न आफैलाई चेतावनी दिएँ। बरू, म परमेश्‍वरमा निर्भर हुने र यस महत्वपूर्ण कर्तव्यलाई पूरा गर्ने सोच बनाएँ। यस्तो प्रकारले सोच्दा, म अब ज्यादा चिन्तित रहिनँ। यस समयमा, म प्रायः जान्‍न चाहन्थेँः “किन, त्यस्तो निर्णायक क्षणहरूमा म सधैँ पक्राउ हुने र यातना पाई मारिइने कुरादेखि डराउँछु?” पछि, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँः “आजदेखि सुरु गरेर, म सबै मानिसहरूलाई मलाई चिन्ने तुल्याउन थाल्‍नेछु—एक मात्र साँचो परमेश्‍वरलाई, जसले सबै कुरा सृष्टि गर्नुभयो, जो मानिसहरूको माझमा आउनुभयो र तिनीहरूद्वारा इन्कारिनुभयो र निन्दित हुनुभयो, अनि जसले सबै कुरालाई पूर्ण रूपमा नियन्त्रण र व्यवस्थापन गर्नुहुन्छ; त्यो राजा जो राज्यको प्रभारी हुनुहुन्छ; परमेश्‍वर स्वयम्‌ जसले सम्पूर्ण जगतलाई व्यवस्थापन गर्नुहुन्छ; अनि त्यसभन्दा बढी, त्यो परमेश्‍वर जसले मानिसहरूको जीवन तथा मृत्युलाई नियन्त्रण गर्नुहुन्छ अनि जोसँग अधोलोकको साँचो छ। म सबै मानिसहरूलाई (प्रौढ र बच्चाहरू, चाहे तिनीहरूसित आत्मा भए पनि नभए पनि, अनि तिनीहरू मूर्ख वा अपाङ्ग भए पनि नभए पनि) मलाई चिन्ने तुल्याउनेछु। म कसैलाई यस कार्यबाट छुट दिनेछैन; यो सबैभन्दा गम्भीर कार्य हो, एउटा कार्य जुन मैले राम्रोसित तयार गरेको छु अनि जुन कामलाई अहिलेदेखि सुरु भएर अघि बढाइँदैछ। म जे भन्छु, त्यो पूरा हुनेछ। तेरा आत्मिक आँखाहरू खोल्, तेरा व्यक्तिगत धारणाहरूलाई त्याग्, अनि म एक मात्र साँचो परमेश्‍वर हुँ जसले ब्रम्हाण्डको प्रबन्ध मिलाउँछ भनी चिन्! म कोहीबाट पनि लुकेको छैन अनि म सबैमाथि मेरा प्रशासनिक आदेशहरू अघि बढाउँछु(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ७२)। परमेश्‍वरका यी वचनहरू पढिसकेपछि म धेरै लज्‍जित भएँ। सर्वशक्तिमान् परमेश्‍वरमा सम्पूर्ण ब्रम्हाण्डको सार्वभौमिकता निहित छ र उहाँले मानवजातिको नियति नियन्त्रण गर्नुहुन्छ; मानिसहरूको जीवन र मृत्यु उहाँको हातमा छन् र सबै कुरा उहाँकै बन्दोबस्तहरूको अधीनमा छन्। अझै, ममा परमेश्‍वरको सर्वशक्तिमान्‌ता र सार्वभौमिकताको कुनै बुझाइ थिएन। आफ्नो कर्तव्य निर्वाह गर्दा मैले आफ्नै जीवनको बारेमा मात्रै सोचेकी थिएँ। म प्रहरीको हातमा पर्ने र यातना पाई मारिइने कुरादेखि साँच्‍चै डराएकी थिएँ। मसित परमेश्‍वरमा अलिकति साँचो विश्‍वास पनि थिएन। म कदमा पूर्ण रूपले सानो थिएँ। म कायरतापूर्वक ज्यान जोगाउने, खतरनाक कर्तव्यको सामना गर्दा सधैँ भाग्‍न चाहने व्यक्ति थिएँ। त्यस्तो हुँदा, यदि म साँच्‍चिकै पक्राउ परेँ र मैले यातना पाएँ भने मैले पक्‍कै परमेश्‍वरलाई विश्‍वासघात गर्ने थिएँ, र यसरी म यहूदा हुने थिएँ, अनि अन्त्यमा मलाई दण्डस्वरूप नरकमा पठाइनेथियो। यस अनुभूतिले मलाई वास्तवमै धेरै त्रसित तुल्यायो।

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड फेला पारेँः “जब मानिसहरूले आफ्‍नो जीवन बलिदान दिन तयार हुन्छन्, सबै कुरा तुच्छ बन्छ, र त्यतिको उत्तम कुरा कसैले पनि गर्न सक्दैन। जीवनभन्दा महत्त्वपूर्ण कुरा अरू के हुन सक्छ र? तसर्थ, मानिसहरूमा थप कुनै काम गर्न शैतान असमर्थ हुन्छ, यसले मानिसलाई गर्न सक्ने कुरा केही पनि छैन। ‘देह’ को परिभाषामा देहलाई शैतानले भ्रष्ट तुल्याएको छ भनेर भनिए पनि, यदि मानिसहरूले आफूलाई साँचो रूपमा समर्पित गर्छन्, र शैतानद्वारा नियन्त्रित हुँदैनन् भने, तिनीहरूलाई कसैले पनि वशमा पार्न सक्दैनन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय ३६)। परमेश्‍वरका वचनहरूले मलाई मेरो कमजोरी भनेको सधैँ मृत्युको डर नै थियो भनी पहिचान गर्न सहयोग गर्‍यो। शैतानले मलाई आक्रमण गर्न मेरो देहको कमजोरीलाई प्रयोग गर्‍यो, र परमेश्‍वरलाई विश्‍वासघात गर्न लगायो, जसले मलाई शैतानसितै नष्ट हुन अग्रसर गराउनेवाला थियो। शैतान पूर्ण रूपले अति नै घिनलाग्दो र दुष्ट छ! मेरो जीवन र मृत्यु परमेश्‍वरको सार्वभौमिकताको अधीनमा र उहाँद्वारा निर्धारित छ। शैतान जतिसुकै पाशविक भए पनि परमेश्‍वरको अनुमतिविना त्यसले मलाई केही गर्ने साहस गर्न सक्‍नेछैन। मैले मेरो जीवन र मृत्यु परमेश्‍वरको हातमा दिनुपर्छ र उहाँको योजनाबद्ध बन्दोबस्तमै समर्पित हुनुपर्छ; मैले चीनियाँ कम्युनिष्ट पार्टीद्वारा यातना पाए पनि, मैले परमेश्‍वरको गवाही दिनु र उहाँको महिमा बढाउनु आवश्यक छ। त्यसैबेला, मैले घुँडा टेकेर यसो भन्दै परमेश्‍वरसित प्रार्थना गरेँ, “परमेश्‍वर, म आफ्नो जीवन तपाईंको हातमा दिन इच्छुक छु र म चाहे जीउने वा मर्ने कुरा तपाईंलाई योजनाबद्ध गर्न म अनुमति दिन्छु। कृपया, मेरो हृदय जाँच्नुहोस्।”

त्यस क्षणमा, मैले परमेश्‍वरले भन्‍नुभएको केही थप वचनहरूको बारेमा सोचेँः “मानवजातिका सदस्यहरू र समर्पित इसाईहरूका रूपमा, परमेश्‍वरको आदेशलाई पूरा गर्नका निम्ति हाम्रा मन र शरीरलाई बलिदानको रूपमा चढाउने हामी सबैको जिम्मेवारी र दायित्व हो, किनकि हाम्रो सम्पूर्ण अस्तित्व परमेश्‍वरबाट आएको हो, र परमेश्‍वरको सार्वभौमिकताको कारण यो अस्तित्वमा रहेको छ। यदि हाम्रा शरीर र मन परमेश्‍वरको आदेश र मानवजातिको धार्मिक अभियानका निम्ति होइनन् भने, परमेश्‍वरको आदेशको निम्ति शहीद भएकाहरूका निम्ति हाम्रा आत्मा अयोग्य हुनेछन्, र हाम्रा लागि सबै थोक जुटाउनुहुने परमेश्‍वरका निम्ति त झन् अयोग्य हुनेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ)। परमेश्‍वरका वचनहरूबाट स्पष्ट हुन्छ कि सृष्टि गरिएका प्राणीहरूले परमेश्‍वरद्वारा सुम्पिइएका काम गर्न आफैलाई अर्पण गर्नु सबैभन्दा अर्थपूर्ण कुरा हो। त्यसबेला प्रभु येशूलाई पछ्याउने चेलाहरू र प्रेरितहरूको बारेमा सोच्दा, तिनीहरूमध्ये धेरैजना सुसमाचार फैलाउने क्रममा शहीद भएका थिए, तर तिनीहरूको मृत्युलाई परमेश्‍वरले सम्झनुहुन्छ। तिनीहरू देहमा मरेका हुन सक्छन् तर तिनीहरूका आत्माहरू जीवित छन्। यदि मृत्युदेखि डराएर हामी यहूदा हुन्छौँ र परमेश्‍वरलाई धोका दिन्छौँ भने उहाँले हामीलाई दण्ड दिनुहुन्छ र हामी मर्छौं, त्यो साँचो प्रकारको मृत्यु हुनेछ; हामी नरकमा जानेछौँ। अनि त्यही नै अनन्त कष्ट हो। प्रभु येशूले भन्नुभयो, “किनभने जसले आफ्‍नो जीवन बचाउनेछ उसले त्यो गुमाउनेछ: र जसले मेरो खातिर आफ्‍नो जीवन गुमाउनेछ त्यसले त्यो पाउनेछ(मत्ती १६:२५)। यस्तो कठोर वातावरणमा, जहाँ चीनियाँ कम्युनिष्ट पार्टीले अति निर्दयतापूर्वक मानिसहरूलाई अत्याचार र पक्राउ गर्दै छ, परमेश्‍वरले मेरो मनोवृत्ति देख्‍नुभयो; उहाँलाई सन्तुष्ट तुल्याउन र शैतानको सामु गवाही हुन मैले मृत्युको जोखिम उठाउँला कि नउठाउँला भनेर उहाँले हेरिरहनुभएको थियो। मर्ने डरले यदि मैले आफ्नो कर्तव्यलाई परित्याग गरेँ र परमेश्‍वरलाई विश्‍वासघात गरेँ भने मरेकी महिला मात्र हुनेछु। यस कुरालाई महसुस गरेर मैले परमेश्‍वरसित म देहलाई छल्न र आफ्नो कर्तव्य पूरा गर्न उहाँमा निर्भर रहन इच्छुक छु भन्दै प्रार्थना गरेँ। जब म मण्डलीको पैसा स्थानान्तरण गर्दैथिएँ, मैले चुपचाप परमेश्‍वरका वचनहरूको भजन गाएँः “तँ एक सृष्टि गरिएको प्राणी होस्—तैँले अवश्य पनि परमेश्‍वरको आराधना गर्नुपर्छ र अर्थपूर्ण जीवनको खोजी गर्नुपर्छ। तँ एक मानिस भएकोले तैँले आफैलाई परमेश्‍वरका निम्ति समर्पित गर्नुपर्छ र सबै दुःखहरू भोग्नुपर्छ। तँ आज जुन सानो दुःखमा परेको छस् त्यसलाई तैँले खुसी र दृढतासाथ स्वीकार गर्नुपर्छ, अनि अय्यूब र पत्रुसले जस्तो एक अर्थपूर्ण जीवन जिउनुपर्छ। तिमीहरू त्यस्ता मानिसहरू हौ जसले सही मार्गलाई पछ्याउँछन्, जसले सुधारका खोजी गर्छन्। तिमीहरू त्यस्ता मानिसहरू हौ जो ठूला रातो अजिङ्गरको देशमा खडा हुन्छन्, जसलाई परमेश्‍वरले धर्मी भन्नुहुन्छ। के त्यो सबैभन्दा अर्थपूर्ण जीवन होइन र?(थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्को “सबैभन्दा अर्थपूर्ण जीवन”)। जति बढी मैले यो भजन गाएँ, त्यति नै धेरै मैले यसलाई सराहना गरेँ। सृष्टि गरिएका प्राणीको हैसियतले आफ्नो कर्तव्य पूरा गर्न सक्‍नु सबैभन्दा बहुमूल्य कुरा हो। यस प्रकारले जिउनु अर्थपूर्ण जीवन हो। परमेश्‍वरको स्याबासी पाउने हुने कुरा यही हो। तबसम्ममा, ममा कायरता र डरको कुनै अनभूति बाँकी थिएन, र मैले कुनै दुर्घटनाविना नै मण्डलीको पैसा स्थानान्तरण गर्न सकेँ। मनको गहिराइमा मैले पूर्ण शान्ति र आरामको अनुभूति गरेँ। त्यसपछि, परमेश्‍वरको मार्गदर्शनद्वारा, विभिन्‍न अवसरहरूमा मैले उहाँको घरको सम्पत्ति र पुस्तक-पुस्तिका सुरक्षितसाथ स्थानान्तरण गरेँ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

इमानदार उजुरीको फल

झाओ मिङ्ग, चीनअप्रिल २०११ मा, मैले देशको अर्को भागमा रहेको एउटा मण्डलीकी याओ लान नामक अगुवाको स्थान लिनुपर्ने भयो। हस्तान्तरणको बेला,...

मेरो रोजाइ

बाइयुन्, चीन मार्च २०१२ मा, मेरी आमाले मलाई सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको सुसमाचार सुनाउनुभयो। मैले हरेक दिन परमेश्‍वरका वचनहरू...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्