सुसमाचार प्रचारको फल

15 फेब्रुअरी 2022

चुक्षिन, दक्षिण कोरिया

केही समय अघिको कुरा हो, मैले टेरेसा नाम गरेकी फिलिपिना इसाईलाई अनलाइन भेटेँ। उनीसँग चिनजान गरिसकेपछि, उनले प्रभुमा साँचो विश्‍वास गर्छिन् भन्‍ने मैले थाहा पाएँ। उनले मण्डली सेवाहरूबाट केही पनि प्राप्त गरिरहेकी छैन भनेर भनिन्, र झन्-झन् बढी सङ्ख्यामा अरू विश्‍वासीहरूले सांसारिक प्रचलनहरू पछ्याइरहेको उनले देखिन्। उनलाई आफ्नो मण्डली उजाड लागिरहेको थियो र उनी पवित्र आत्‍माको कार्य भएको मण्डली खोज्‍न चाहन्थिन्। उनले परमेश्‍वरका धेरै वचनहरू पढ्न, उहाँलाई चिन्‍न र नयाँ जीवन जिउन चाहन्छु भनेर पनि भनिन्। उनको आत्मिक तृष्णा देखेर, म साँच्‍चै उनलाई सुसमाचार सुनाउन चाहन्थेँ ताकि उनले परमेश्‍वरको आवाज सुन्‍न र उहाँको घरमा सहभागी हुन सकून्। एक पटक मैले उनलाई आफ्‍नो विश्‍वासबाट के चाहन्छिन् भनेर सोधेँ। उनले भनिन्, “म परमेश्‍वरको राज्यमा गएर उहाँसँग सदासर्वदा रहन चाहन्छु, तर म एक पापी हुँ र म उहाँको राज्यको निम्ति योग्य छैन।” मैले उनलाई यदि हामी परमेश्‍वरको राज्यमा प्रवेश गर्न चाहन्छौँ भने हामीले त्यस राज्यका मापदण्डहरूलाई बुझ्‍नुपर्छ भनेर भनेँ, अनि उनले अझै जान्‍न चाहन्छिन् कि भनेर उनलाई सोधेँ। उनले एकदमै उत्साहित हुँदै भनिन्, “भइहाल्छ नि!” उनी खोजी गर्न चाहने साँचो विश्‍वासी हुन् भन्‍ने मैले देखेँ, त्यसकारण म उनलाई परमेश्‍वरका आखिरी दिनहरूको कामको गवाही दिन उत्सुक भएँ। तर त्यो समय उनी आफ्‍नो काममा जाने बेला भएको थियो, त्यसकारण हामीले त्यस दिनको कुराकानीलाई त्यहीँ टुङ्ग्याउनु परेको थियो।

उनले बिहान सबेरैदेखि राती अबेरसम्‍म काम गर्ने हुँदा उनी आफ्‍नो काममा अत्यन्तै व्यस्त थिइन्, र काम सकेपछि उनी थकित हुने हुनाले उनलाई विश्राम चाहिन्थ्यो। उनले हरेक हप्ता बचेको थोरै समय मण्डलीको सेवामा गएर बिताउँथिन्, त्यसकारण हामीले कुराकानी गर्ने त्यति अवसर नै पाउँदैनथियौँ। मैले सम्पर्क गर्दा लगभग सधैँ उनी आफ्‍नो काममा नै हुन्थिन्, त्यसकारण हामीसँग पटक्कै कुरा गर्ने समय हुँदैनथियो। केही समयपछि म निरूत्साहित हुन थालेँ। मलाई यस्तो लागिरहेको थियो, हामी एउटै देशका नभएका हुनाले हामीले अनलाइन कुरा गर्नुपर्छ, त्यसकारण उनीसँग अनलाइन आउने समय छैन भने, मैले कसरी उनलाई परमेश्‍वरका आखिरी दिनहरूको कामबारे बताउन सक्छु र? मैले गर्न सक्‍ने केही पनि छैन, त्यसकारण यो कुरालाई बिर्सनुपर्छ भन्‍ने मलाई लाग्‍न थालेको थियो। सायद अरू कसैले उनलाई सुसमाचार सुनाउनेछ। मैले लत्तो छोड्नै लागेको बेला, परमेश्‍वरले भन्‍नुभएको कुरा सम्झेँ। “के तेरा काँधका बोझहरू, तेरो कार्यभार, र तेरो जिम्‍मेवारीबारे तँलाई थाहा छ? ऐतिहासिक मिसनको तेरो आभास कहाँ छ? अर्को युगमा मालिकको रूपमा तैँले कसरी पर्याप्त रूपमा सेवा गर्नेछस्? के तँमा मालिकपनको बलियो आभास छ? यावत् थोकका मालिकको बारेमा तैँले कसरी व्याख्या गर्नेछस्? के यो साँच्‍चै संसारका सारा जीवित प्राणीहरू अनि सारा भौतिक कुराहरूको मालिक हो? कामको अर्को चरणको प्रगतिको लागि तँसँग के-कस्ता योजनाहरू छन्? कति धेरै मानिसहरूले तँलाई तिनीहरूका गोठालो हुनका लागि प्रतीक्षा गरिरहेका छन्? के तेरो काम बोझमय छ? तिनीहरू अन्धकारमा बिलौना गरिरहेका गरिब, दयनीय, अन्धाहरू हुन्, र तिनीहरू नोक्‍सानीमा छन्—यो मार्ग कहाँ छ? धेरै वर्षदेखि मानिसलाई थिचोमिचोमा पारेको अन्धकारको शक्तिहरूलाई उल्का झैँ अचानक ज्योति तल झरेर हटाओस भनी ति मानिसहरु कति तड्पिन्छन्। तिनीहरूले यसको लागि उत्सुकताका साथ जुन हदसम्‍म आशा गर्छन्, र दिन-रात यसको लागि जसरी विलाप गर्छन् त्यो कसले जान्‍न सक्छ र? ज्योति चम्‍केर जाने दिनमा समेत, गहन रूपमा कष्ट भोगिरहेका यी मानिसहरू कालकोठरीमा रिहाइको कुनै आशाविना बन्दी नै रहिरहन्छन्; कहिले तिनीहरूले बिलौना गर्न छोड्नेछन्? कहिल्यै विश्राम नदिइएका यी कमजोर आत्माहरूको दुर्भाग्य कति भयानक छ, अनि निर्दयी बन्धनहरू र कठ्याङ्ग्रिएको इतिहासद्वारा तिनीहरूलाई यो अवस्थामा बन्धनमा राखिएको धेरै भइसकेको छ। अनि तिनीहरूको बिलौनाको आवाज कसले सुनेको छ र? कसले तिनीहरूलाई तिनीहरूको दयनीय अवस्थामा हेरेको छ र? परमेश्‍वरको हृदय कति शोकित र व्याकुल छ भन्‍ने तैँले कहिल्यै विचार गरेको छस्? उहाँको आफ्‍नै हातले सृष्टि गर्नुभएको निर्दोष मानवजातिले त्यस्तो पीडा भोगेको उहाँले कसरी देख्‍न सक्‍नुहुन्छ? आखिर, मानवजाति विष खुवाइएका पीडितहरू नै त हुन्। मानवजाति आजको दिनसम्‍म बाँचेको भए तापनि, मानवजातिलाई धेरै पहिले नै दुष्टले विष खुवाएको छ भन्‍ने कसलाई थाहा हुनेथियो र? के तँ पीडितहरूमध्ये एक होस् भन्‍ने तैँले बिर्सिस्? के परमेश्‍वरप्रतिको तेरो प्रेमको खातिर, यी बाँचेकाहरूलाई मुक्तगर्ने प्रयास गर्न तँ इच्‍छुक छैनस्? के तँ मानवजातिलाई आफ्‍नै मासु र रगतजस्तै प्रेम गर्नुहुने परमेश्‍वरको ऋण तिर्न आफ्‍नो सारा ऊर्जा अर्पण गर्न इच्‍छुक छैनस्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ तेरो भविष्यको मिसनमा कसरी संलग्‍न हुनुपर्छ?)। परमेश्‍वरका वचनहरूबारे केही समय विचार गरेपछि, मलाई निकै नराम्रो लाग्यो। मैले उनलाई सुसमाचार सुनाउन सम्‍भव भएको सबै कुरा गरेकी थिइनँ, र मैले उनलाई प्रभु येशू पहिले नै फर्केर आइसक्‍नुभएको छ भनेर समेत बताएकी थिइनँ। उनले प्रभुमा हृदयदेखि नै विश्‍वास गर्थिन् र उहाँको इच्‍छा बुझ्‍ने उत्कट चाह गर्थिन्, तर उनी भरण-पोषण नभएको आत्मिक अन्धकारमा थिइन्। उनलाई साँच्‍चै सहयोगको खाँचो भएको बेलामा, मैले उनीप्रति लत्तो छोडिहेकी थिएँ। त्यसोभए उनले परमेश्‍वरको आवाज कहिले सुन्‍नेथिइन्? अहिले विपत्तिहरू बढिरहेको बेला, यदि मैले तुरुन्तै परमेश्‍वरको कामबारे गवाही दिइनँ भने, उनले मुक्तिको अवसर गुमाउन सक्थिन्। त्यो विचार गरेपछि मलाई झनै नराम्रो लाग्यो, अनि मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, तपाईँको निम्ति सबै कुरा सम्‍भव छ। यदि उनी तपाईँको भेडा हुन् भने, म उनलाई सुसमाचार सुनाउन आफूले सक्ने सबै कुरा गर्न चाहन्छु। बिन्ती छ मलाई मार्गदर्शन गर्नुहोस्।” प्रार्थना गरेपछि, अचानक मलाई के महसुस भयो भने, उनीसँग धेरै समय नहुने भए पनि, मैले उनीसँगै मिलेर प्रार्थना गर्ने समय अग्रिम तय गर्न सक्थेँ। त्यसकारण मैले उनलाई यसबारे सोधेँ र उनले तुरुन्तै सहमति जनाइन्। हामीले बिहान लगभग ५ बजेतिर समय तय गर्‍यौँ। त्यो बेला म आफ्नो कर्तव्यमा अत्यन्तै व्यस्त थिएँ र हरेक रात म बिहान २-३ बजेसम्म काम गरिरहेकी हुन्थेँ। मलाई यस्तो लागिरहेको थियो, यदि त्यति सबेरै उठ्नुपर्‍यो भने, म त अलिकति पनि निदाउन पाउँदिनँ। तर मैले मनमनै सोचेँ, यदि मैले मेरो शारीरिक आरामबारे चिन्ता गरेँ भने, टेरेसा परमेश्‍वरसामु आउने कार्यमा ढिलाइ हुनेछ। त्यो कुरा गलत हो भन्‍ने मलाई थाहा थियो। मलाई परमेश्‍वरले भन्नुभएको यो कुरा याद आयो “देह शैतानको हो। यसभित्र अनावश्यक आकांक्षाहरू छन्, यसले आफ्नो लागि मात्रै सोच्छ, यसले सुखचैन भोग गर्न र आनन्द लिन चाहन्छ, आलस्य र निष्क्रियतामा आनन्द उठाउन चाहन्छ, र कुनै विन्दुसम्म यसलाई सन्तुष्ट बनाएपछि अन्ततः तँ आफैँ यसको चारो बन्छस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो)। देहलाई सन्तुष्ट पार्नु भनेको शैतानलाई सन्तुष्ट तुल्याउनु हो भन्ने मलाई थाहा थियो। म गवाही दिन र मेरो कर्तव्य गर्न असफल हुनेथिएँ, अनि परमेश्‍वरका आखिरी दिनहरूको कामको गवाही दिने मौका गुमाउनेथिएँ। मैले प्रार्थना गरेँ, अनि देहलाई त्याग्न, उनलाई सुसमाचार सुनाउनको लागि अझै बढी मूल्य चुकाउन र उनलाई परमेश्‍वरको घरमा ल्याउन तयार भएँ। हामीले बिहान सबेरै प्रार्थनामा भेला हुन सुरु गर्‍यौं, र हामीले परमेश्‍वरका वचनहरूमा सङ्गति गर्नको लागि उनीसँग धेरै समय होस् भन्‍ने आशा गर्दै जब मैले वास्तवमै निष्कपट प्रार्थना गरेँ, उनले मलाई अत्यन्तै गम्‍भीर हुँदै भनिन्, “तपाईँ कत्ति सच्‍चा हुनुहुन्छ म महसुस गर्न सक्छु। प्रार्थनाको तपाईँलाई लागि धन्यवाद। मेरो हृदय साँच्‍चै छोएको छ।” उनले यसो भनेको सुन्नु हृदयस्पर्शी थियो, र जब कुनै व्यक्ति सच्‍चा हुन्छ त्यो कुरा मानिसहरूले साँच्‍चै नै महसुस गर्न सक्‍ने रहेछन् भन्‍ने मैले देखेँ। मैले मनमनै परमेश्‍वरको सामने टेरेसालाई उहाँको घरमा अवश्य ल्याउनेछु भनेर अठोट गरेँ। त्यसकारण मैले उनलाई बाइबलको विषयमा केही समय सँगै सङ्गति गरौँ भनेर प्रस्ताव राखेँ। उनले सहमति जनाइन् र दैनिक ३० मिनेट भए पनि सङ्गति गर्ने बन्दोबस्त मिलाइन्, र परमेश्‍वरको राज्यमा कसरी प्रवेश गर्ने आफूले त्यो जान्‍न चाहेको कुरा पनि उनले फेरि बताइन्।

हामीले हाम्रो भोलिपल्‍टकै सङ्गतिमा त्यसैबारे कुराकानी गऱ्यौँ। मैले भनेँ, “हरेक विश्‍वासी राज्यमा प्रवेश गर्न चाहन्छ, त्यसोभए हामीले के गर्नुपर्छ? हामीले प्रभुलाई सुन्‍नुपर्छ। प्रभु येशूले भन्नुभयो, ‘मलाई प्रभु, प्रभु भन्ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्नेछैन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्‍छालाई पूरा गर्छ जो स्वर्गमा हुनुहुन्छ(मत्ती ७:२१)। प्रभुले अत्यन्तै स्पष्ट रूपमा भन्‍नुभएको छ। स्वर्गको राज्यमा प्रवेश गर्ने चाबी भनेको परमेश्‍वरको इच्‍छा पूरा गर्नु हो। त्यसको अर्थ के हो? यसलाई सरल रूपमा भन्दा, परमेश्‍वरको इच्‍छा पूरा गर्नु भनेको प्रभुका वचनहरू अभ्यास गर्नु र उहाँका आज्ञाहरू पालन गर्नु हो। यसको अर्थ आफूलाई पापबाट अलग गर्नु र परमेश्‍वरका वचनहरू अभ्यास गर्नु, अनि हृदयबाट परमेश्‍वरलाई प्रेम गर्नु र उहाँमा समर्पित हुनु हो। सधैँ झूट बोल्‍ने, पाप गर्ने र परमेश्‍वरको विरोध गर्ने र उहाँका मापदण्डहरू विपरीत काम गर्ने मानिसहरूले उहाँको इच्‍छा गरिरहेका हुँदैनन्, त्यसकारण के तिनीहरू स्वर्गको राज्यमा प्रवेश गर्न योग्य हुन्छन्?” उनले भनिन्, “हुँदैनन्। हामीले निरन्तर हाम्रा बोलीवचनमा झूट बोलिरहेका, पाप गरिरहेका हुन्छौं र धेरै मानिसहरूले सांसारिक प्रचलनहरू पछ्याइरहेका छन्, पैसाको पछि दगुरिरहेका छन्। हामीले परमेश्‍वरलाई साँचो रूपमा आराधना गर्दैनौं र पाष्टरहरू समेत यसको अपवादमा पर्दैनन्। हामी कसरी त्यस तरिकाले राज्यमा प्रवेश गर्न सक्छौं?” मैले प्रतिक्रिया दिएँ, “हो त। प्रभु येशूले हामलाई छुटकारा दिनुभएको छ र हाम्रा पाप क्षमा भएका छन्, तर हामीले झूट बोलिरहन्छौँ र पाप गरिरहन्छौँ। हामी दिउँसो पाप गरेर राती स्वीकार गर्छौँ। बाइबल भन्छ, ‘पवित्रता … त्यो विना कुनै पनि मानिसले प्रभुलाई देख्‍नेछैन’ (हिब्रू १२:१४)। यसरी हामी स्वर्गको राज्यको योग्य हुँदैनौँ। तर हामी सबैलाई थाहा छ, परमेश्‍वर मानिसलाई प्रेम गर्नुहुन्छ र हामी सबैले मुक्ति पाएको र उहाँको राज्यमा प्रवेश गरेको अनि उहाँको ज्योतिमा जिएको चाहनुहुन्छ। त्यसोभए परमेश्‍वरले कसरी हाम्रो लागि यो कुरा सम्‍भव तुल्याउनुहुन्छ? बाइबल भन्छ, ‘यसरी धेरैको पाप बोक्‍नको लागि एकपटक ख्रीष्टको बलि चढाइयो; र उहाँलाई पर्खिनेहरूका निम्ति उहाँ पापरहित रूपमा मुक्ति दिन दोस्रोपटक देखा पर्नुहुनेछ’ (हिब्रू ९:२८)। प्रभु हामीलाई मुक्ति दिन, पापका बन्धनहरूबाट पूर्ण रूपमा छुटाउन, परमेश्‍वरमा समर्पित हुने र उहाँको इच्‍छा गर्ने मानिसहरू बनाउन फेरि आखिरी दिनहरूमा आउनुहुन्छ ताकि हामीले पूर्ण रूपमा मुक्ति पाएर राज्यमा प्रवेश गर्न सकौं।” यो कुरा सुन्दा उनी साँच्‍चै उत्साहित भइन् र भनिन्, “म पाप गर्न छोड्न चाहन्छु। त्यसकारण परमेश्‍वरले हामीलाई कसरी पापबाट मुक्ति दिनुहुन्छ?” मैले उनलाई धर्मशास्‍त्रका केही पदहरू पठाएँ। पहिलो यो थियो “तपाईंको सत्यताद्वारा तिनीहरूलाई पवित्र पार्नुहोस्: तपाईंको वचन सत्यता हो(यूहन्‍ना १७:१७)। त्यसपछि यी थिए: “अनि सिंहासनमा विराजमान हुनुहुनेको दाहिने हातमा बाहिर र भित्र लेखेर सात वटा मोहोरहरू लगाइएको एउटा पुस्तक मैले देखेँ। र एउटा शक्तिशाली स्वर्गदूतले ‘यो पुस्तक खोल्न र यो मोहोर हटाउन को योग्य छ?’ भनेर उच्‍च सोरमा भनिरहेको मैले देखेँ। … हेर, यहूदा कुलको सिंह, दाऊदको मूलले त्यो पुस्तक खोल्न र त्यसका सात वटा मोहोरहरू खोल्नलाई जितेका छन्(प्रकाश ५:१-५)। मैले भनेँ, “प्रभुले मानवतालाई शुद्ध गर्न सत्यता प्रयोग गर्छु भन्‍नुभयो, अन प्रकाशको पुस्तक र दानिएलको पुस्तक दुवैले मोहोर लगाइएको पुस्तकलाई आखिरी दिनहरूमा खोलिनेछ भनेका छन्। यो पुस्तकले आखिरी दिनहरूमा परमेश्‍वरले बोल्‍नुभएका नयाँ वचनहरूलाई जनाउँछ, र मानिसजातिलाई शुद्ध पार्ने सत्यता यही नै हो। परमेश्‍वर स्वयम्‌ले मात्र पुस्तकको मोहर तोड्न र मानिसजातिलाई मुक्ति दिन सत्यता व्यक्त गर्न सक्‍नुहुन्छ। प्रभु आखिरी दिनहरूमा आउनहुँदा उहाँले हामीलाई शुद्ध पार्न र परिवर्तन गर्न धेरै सत्यताहरू व्यक्त गर्नुहुन्छ। प्रकाशको पुस्तकले पनि आखिरी दिनहरूमा ‘आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्(प्रकाश अध्याय २, ३)। परमेश्‍वर मण्डलीहरूसँग बोल्‍नुहुनेछ भनेर धेरै पटक बताउँछ। हामीले केवल उहाँको आवाज सुन्‍नुपर्छ। हामीले उहाँको आवाज नसुनेसम्‍म उहाँलाई स्वागत गर्न सक्दैनौँ, अनि शुद्ध हुन, मुक्ति प्राप्त गर्न र राज्यको निम्ति योग्य बन्‍न हाम्रो एक मात्रै मौका यही हो।”

सङ्गतिको यो भागमा, टेरेसाले मलाई सोधिन्, “प्रभुले आखिरी दिनहरूमा किन नयाँ वचनहरू बोल्‍नुहुन्छ? मैले मेरो जीवनभरि नै बाइबल पढेकी छु, र यसले मलाई विश्‍वास दिएको छ र धेरै कुरा सिकाएको छ, यसरी मलाई सहनशीलता, धैर्यता र क्षमादानबारे सिकाएको छ। मलाई त बाइबल नै पर्याप्त छ जस्तो लाग्छ, अनि हाम्रो पाष्टरले सधैँ भन्‍नुहुन्छ, परमेश्‍वरका सबै वचनहरू बाइबलमा छन्, बाइबलभन्दा बाहिरको केही पनि परमेश्‍वरको वचन होइन।” प्रभु येशूले आखिरी दिनहरूमा बोल्‍नुहुने बारेमा टेरेसासँग केही धारणाहरू छन् र उनले यस कुरालाई स्वीकार गरिरहेकी छैनन् भन्‍ने मैले देखेँ, त्यसकारण मैले उनले भनेको कुरालाई सिधै खण्डन गरिनँ। मैले उनीसँग मेरो आफ्‍नै अनुभव बाँडेँ। मैले भनेँ, “मलाई पनि त्यस्तै लाग्थ्यो। प्रभुले भन्‍नुभएको सबै कुरा बाइबलमा नै छन् र त्योभन्दा बाहिर परमेश्‍वरका कुनै पनि नयाँ वचनहरू छैनन् भन्‍ने मलाई लाग्थ्यो। तर पछि, एक जना ब्रदरले प्रभुले भन्‍नुभएको केही कुरा उल्‍लेख गरेको मैले सुनेँ, जसले गर्दा मैले यसलाई फरक रूपमा हेर्न थालेँ। प्रभु येशूले भन्नुभयो, ‘मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ(यूहन्‍ना १६:१२-१३)। त्यो प्रभुले त्यसबेला आफ्‍ना चेलाहरूलाई भन्‍नुभएको कुरा थियो। उहाँले बताउन चाहनुभएको कुरा धेरै छन्, तर मानिसहरूमा कदको कमी छ र अहिले तिनीहरूले यसलाई सहन सक्दैनन् भनेर उहाँले भन्‍नुभयो। मानिसहरूलाई सबै सत्यताहरू बुझ्‍न र त्यसमा प्रवेश गर्न मार्गदर्शन गर्नको लागि उहाँले आखिरी दिनहरूमा अझ धेरै बोल्‍नु आवश्यक छ, ताकि हामी पापका बन्धनहरूबाट स्वतन्त्र हुन र पूर्ण रूपमा मुक्त हुन सकौं।” त्यसपछि मैले उनलाई बताउन एउटा राम्रो उदाहरण सम्झेँ। “एउटा सानो बालकको कल्‍पना गर्नुहोस्। ऊ सानो छँदा र उसकी आमाले उसलाई बोल्‍न र हिँड्न सिकाइरहेकी बेला, के उनले उसलाई राम्ररी कमाएर आमा-बुबाको हेरचाह गर भनेर भन्छिन्? अवश्य नै भन्दिनन्। त्यो कुरा बुझ्‍नको लागि ऊ अत्यन्तै सानो छ, त्यसकारण, त्यो उमेरमा उसका आमाबुबाले उसलाई उसले बुझ्‍न सक्‍ने कुराहरू मात्रै बताउनेछन्। त्यसपछि जब ऊ ठूलो हुन्छ र थप कुरा सिक्दै जान्छ, तब तिनीहरूले उसलाई जीवन बारे थप कुरा बताउनेछन्, जस्तै जागिर खोज्‍ने र परिवार बसाउने। त्यो ठ्याक्‍कै प्रभु येशूले पश्‍चात्तापको मार्ग व्यक्त गर्दै मानिसहरूलाई नम्र र सहनशील हुन, क्रूस बोक्‍न, अरूलाई सात गुणा सत्तरी पटक क्षमा दिन सिकाउँदै अनुग्रहको युगमा मानिसहरूका आवश्यकता अनुसार उद्धारको काम गर्नुभएको जस्तै हो। तर प्रभुले मानिसहरूलाई नबताउनुभएका अरू कुराहरू थिए—मानिसजातिलाई शुद्ध पार्ने र मुक्ति दिने सबै सत्यहरू। आखिरी दिनहरूमा प्रभु आउनुहुने समयको लागि उहाँले यी कुरा साँच्‍नुभएको थियो, र प्रकाशको पुस्तकमा भविष्यवाणी गरिएको मोहोर लगाइएको पुस्तक यही हो। यी २,००० वर्षको अवधिमा कसैले पनि त्यो पुस्तक पढेनन्, किनभने आखिरी दिनहरूमा प्रभु आउनुभन्दा पहिले यसलाई खोलिएन। के त्यो पुस्तकमा लेखिएको कुरा बाइबलमा हुने सम्‍भावना छ? तपाईँलाई के लाग्छ?” उनले इमानदारीताको साथ भनिन्, “यो बाइबलमा हुन सक्दैन।” उनले बुझेँ नभनिन्जेलसम्‍म मैले उनलाई यो सङ्गति अझ केही पटक बाँडेँ।

तर भोलिपल्‍ट, जब मैले प्रभुले आखिरी दिनहरूमा बोल्‍नुहुने बारेमा फेरि कुरा निकालेँ, उनले आखिरी दिनहरूको लागि प्रभुका सबै वचनहरू बाइबलमा नै हुनुपर्छ भनेर भनिन्। सुरुमा मलाई मैले गलत सुनेँ कि भन्‍ने लाग्यो, त्यसकारण मैले उनीसित पक्का गरेँ। उनले भनेको कुरा साँच्‍चै त्यही नै रहेछ। म अलिक निराश भएँ, र मैले सोचिरहेकी थिएँ, उनले साँचो रूपमा बुझेकी नै रहेनछिन्। म अत्यन्तै निरूत्साहित भएँ। मैले सोचेँ, पहिलो कुरा त उनीसँग समय मिलाउन नै मलाई निकै कठिन भएको थियो, र मैले उनलाई धेरै पटक व्याख्या गरिदिएपछि पनि उनले अझै बुझेकी छैनन्। के उनले यो कुरा बुझ्‍न सक्थिन्? मैले केही पनि भनिनँ, तर यो कुराबाट पछि हट्ने बारेमा विचार गर्न थालेँ। तर त्यसपछि मलाई के महसुस भयो भने, हाम्रो सङ्गतिबाट उनले केही पनि बुझेकी छैनन् भन्‍ने होइन। कसैको सोचाइलाई त्यति सजिलै सीमित गर्नु परमेश्‍वरको इच्‍छा अनुरूपको कुरा थिएन। त्यसपछि मलाई अचानक परमेश्‍वरका वचनहरूबाट यो कुरा याद आयो: “परमेश्‍वरले नै तँलाई यो सुसमाचार प्रचार गर्ने कर्तव्य दिनुभएको हो; तैँले भेट्ने सुसमाचारको हरेक लक्षित व्यक्तिलाई आफ्‍नो क्षमताले भ्याइञ्जेल प्रेम र धिरजसाथ व्यवहार गर्नुपर्छ, आवश्यक सबै कठिनाइहरू सहनुपर्छ, जिम्मेवारीपूर्वक सुसमाचार प्रचार गर्नुपर्छ, स्पष्टसित सत्यताको सञ्‍चार गर्नुपर्छ, र परमेश्‍वरलाई आफ्‍ना सबै कार्यहरूको लेखा दिन सक्‍नुपर्छ। तैँले आफ्‍ना कर्तव्य यही आचरणको साथ पूरा गर्नुपर्छ।” “यदि तेरो सुसमाचारको लक्षित व्यक्तिले बारम्बार प्रश्‍न गर्छ भने तैँले कसरी प्रतिक्रिया गर्नुपर्छ? तिनीहरूले नबुझेसम्म र फेरि प्रश्‍न गर्न नछाडेसम्म समय लिएर तिनीहरूलाई जबाफ दिन, उनीहरूका प्रश्‍नको हल गर्ने हरेक सम्भावित माध्यमको बारेमा सोच्न झमेला मान्‍नु हुँदैन। तब तैँले आफ्नो जिम्मेवारी पूरा गरेको हुन्छस्, र तेरो हृदय दोषमुक्त हुनेछ। के यसको अर्थ उनीहरूबाटको दोषमुक्त हुनु हो? (होइन।) यसको अर्थ त्यो होइन। तँ परमेश्‍वरबाटको दोषदेखि मुक्त हुनेछस्, किनकि परमेश्‍वरले नै तँलाई यो कर्तव्य, यो जिम्मेवारी, सुम्पिनुभएको हो(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “सुसमाचार फैलाउनु त्यो कर्तव्य हो जसलाई सम्मान गर्न सबै विश्‍वासीहरू बाध्य छन्”)। परमेश्‍वरले के चाहनुहुन्छ, त्यसबारे विचार गर्दा मलाई आफैप्रति लाज लाग्यो। मैले एक-दुई पटक मात्रै सङ्गति गरेकी थिएँ, तर मैले प्रयास गरिरहन चाहिनँ किनभने उनले अझै पनि आफ्‍ना धारणाहरू त्यागेकी थिइनन्। मैले प्रेमपूर्वक व्यवहार गरिरहेकी थिइनँ। म सुरुमा विश्‍वासी बन्दा ममा पनि धेरै नै धारणाहरू थिए, तर दाजुभाइ-दिदीबहिनीहरूले मसँग बारम्‍बार सङ्गति गरिरहे र मेरो लागि प्रार्थना गरे, अनि मात्रै मैले ती धारणाहरू त्याग्‍न सकेँ, अनि परमेश्‍वरकोमुक्ति स्वीकार गर्न उहाँसामु आएँ। यो परमेश्‍वरको प्रेम र सहनशीलताकै कारण भएको थियो। त्यसोभए किन मैले उनलाई सुसमाचार सुनाइरहेको बेला उनीसँग धैर्यताको साथ सङ्गति गर्न सकिरहेकी थिइनँ? अत्यन्तै लज्‍जित भएर मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, यदि उनी तपाईँको भेडा हुन् भने, बिन्ती छ मलाई मार्गदर्शन गर्नुहोस्। म तपाईँसँग सहकार्य गर्न सक्नेजति सबै गर्नेछु।” प्रार्थना गरिसकेपछि, कसरी यतिका वर्षसम्‍म टेरेसाको विश्‍वासको जग बाइबल नै रहेको कुरालाई मैले विचार गरेँ। उनले परमेश्‍वरका आखिरी दिनहरूका नयाँ वचनहरू बाइबलमा छैनन् भनेर सुन्नसाथ यसलाई पूर्ण रूपमा स्वीकार गर्न नसक्‍नु स्वाभाविकै थियो। मैले उनलाई यसबारे फरक दृष्टिकोणबाट कुरा गर्न सक्छु भन्‍ने मलाई लाग्यो। त्यसपछि, मैले उनलाई परमेश्‍वरका वचनहरूका केही खण्डहरू बाँडेँ। “परमेश्‍वर स्‍वयम् नै जीवन, र सत्य हुनुहुन्छ, र उहाँको जीवन र सत्य सह-अस्तित्वमा रहन्छ। सत्यलाई प्राप्त गर्न नसक्‍नेहरूले जीवनलाई कहिल्यै पनि प्राप्त गर्नेछैनन्। सत्यको मार्गदर्शन, सहयोग, र प्रावधानविना, तैँले अक्षरहरू, धर्मसिद्धान्तहरू, र, सबैभन्दा माथि, मृत्युलाई मात्रै प्राप्त गर्नेछस्। परमेश्‍वरको जीवन सदा-उपस्थित छ, र उहाँको सत्य र जीवन सह-अस्तित्वमा रहन्छ। यदि तैँले सत्यको स्रोत भेट्टाउन सक्दैनस् भने, तैँले जीवनको पालनपोषण प्राप्त गर्नेछैनस्; यदि तैँले जीवनको प्रावधानलाई प्राप्त गर्न सक्‍दैनस् भने, तैँले अवश्य नै सत्य प्राप्त गर्नेछैनस्, र त्यसैले कल्‍पना र धारणाहरू बाहेक, तेरो शरीरको सम्पूर्णता तेरो देह—तेरो दुर्गन्धित देह बाहेक केही पनि हुनेछैन। पुस्तकका शब्‍दहरू जीवनको रूपमा गन्ती हुँदैनन्, इतिहासका अभिलेखहरूलाई सत्यको रूपमा आराधना गर्न सकिँदैन, र विगतका नियमहरूले वर्तमानमा परमेश्‍वरले बोल्‍नुभएका वचनहरूको विवरणको रूपमा काम गर्न सक्दैनन्। पृथ्वीमा आएर मानिसहरूको बीचमा बस्दा परमेश्‍वरले व्यक्त गर्नुहुने कुरा मात्रै सत्य, जीवन, परमेश्‍वरको इच्‍छा, अनि उहाँको काम गर्ने वर्तमान शैली हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ)। “मैले यहाँ व्याख्या गर्न इच्छा गरेको तथ्य यही हो: परमेश्‍वर जे हुनुहुन्छ र उहाँसँग जे छ त्यो अनन्त रूपले अक्षय र असीम छ। परमेश्‍वर जीवन र सबै थोकको स्रोत हुनुहुन्छ; सृष्टि गरिएको कुनै पनि प्राणीले उहाँलाई बुझ्‍न सक्दैन। अन्तमा, मैले हरेकलाई सम्झना दिलाउने कार्यलाई निरन्तरता दिनुपर्छ: परमेश्‍वरलाई फेरि कहिल्यै पनि पुस्तकहरू, शब्दहरू वा उहाँका विगतका वाणीहरूमा सीमित नगर। परमेश्‍वरको कार्यको चरित्रलाई वर्णन गर्ने एउटा मात्रै शब्द छ: नयाँ। उहाँ पुराना बाटोहरू लिन वा आफ्नो कार्यलाई दोहोर्‍याउन मन पराउनुहुन्‍न; यसका अतिरिक्त, मानिसहरूले एक निश्‍चित क्षेत्रमा सीमित गरेर उहाँलाई आराधना गरेको उहाँ चाहनुहुन्‍न। यो परमेश्‍वरको स्वभाव हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सन्दर्भग्रन्थ)। त्यसपछि मैले उनीसँग सङ्गति गरेँ, “परमेश्‍वर सबै सत्यताको स्रोत हुनुहुन्छ र उहाँको बुद्धि असीमित छ। परमेश्‍वरले मानिसजातिका खाँचोहरूको आधारमा अझ धेरै सत्यताहरू सधैँ व्यक्त गर्न सक्‍नुहुन्छ। उहाँलाई कसरी बाइबलमा भनिएको कुरामा सीमित गर्न सकिन्छ? के त्यो त उहाँलाई बाइबलमा समावेश कुराभित्र कोचेर राख्‍नु होइन र?” त्यसपछि मैले उनलाई इनारको फेदमा बस्‍ने भ्यागुतो सम्‍बन्धी चिनियाँ लोककथा सुनाएँ। मैले भनेँ, “इनारको फेदमा एउटा भ्यागुतो बस्थ्यो र त्यसले इनारको मुखबाट आकाश मात्रै देख्‍न सक्थ्यो, त्यसकारण त्यसले आकास त्यो इनारको मुखजत्रै छ भन्‍ने सोच्थ्यो। त्यसपछि एक दिन ठूलो वर्षा भएकोले इनार भरियो र त्यो इनारबाट उफ्रेर बाहिर निस्कन सक्यो। त्यसपछि त्यसले असीमित आकास देख्यो र यो इनारको मुखभन्दा त धेरै नै ठूलो थियो। आफू इनारको फेदमा भएकोले सम्पूर्ण आकाशलाई देख्‍न नसकेको कुरा त्यसले महसुस गर्‍यो।” मैले भनेँ, मलाई पनि त्यस्तै लाग्थ्यो र परमेश्‍वर सम्‍बन्धी मेरो बुझाइ वास्तवमै सतही थियो। परमेश्‍वर अति महान् हुनुहुन्छ र हामी अत्यन्तै साना छौँ। परमेश्‍वर असीमित र प्रशस्‍त हुनुहुन्छ, र हामी आफ्नो तर्कले कहिल्यै पनि उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यस कुरालाई जान्‍न सक्दैनौँ। हामीले कसरी सम्भवतः परमेश्‍वरलाई सीमित गर्न सक्छौँ र? प्रभु येशूले भन्नुभयो “म बाटो, सत्य र जीवन हुँ(यूहन्‍ना १४:६)। परमेश्‍वर नै सत्यताको स्रोत हुनुहुन्छ। मैले उनलाई परमेश्‍वरले बाइबलमा भएका भन्दा धेरै सत्यताहरू, त्योभन्दा उच्‍च कुराहरू, आखिरी दिनहरूमा मानिसहरूलाई चाहिने कुराहरू व्यक्त गर्न सक्‍नुहुन्छ कि भनेर सोधेँ। उनले भनिन्, “अवश्य उहाँले सक्‍नुहुन्छ।” उनका धारणाहरू हट्न र उनको हृदय खोलिन थालेको मैले देख्न सकेँ। मैले उनलाई त्यही पद पठाएँ: “आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्(प्रकाश २:७)। आत्माले मण्डलीहरूलाई जे भन्‍नुहुन्छ, आखिरी दिनहरूमा प्रभुको पुनरागमन हुँदा उहाँले भन्‍नुहुने त्यही हो भनेर मैले उनलाई भनेँ। र बाइबलमा व्यवस्थाको युग र अनुग्रहको युगमा परमेश्‍वरले के बताउनुभयो र के गर्नुभयो त्यसको विवरण छ। प्रभुको पुनरागमन हुँदा उहाँले व्यक्त गर्नुहुने नयाँ वचनहरू बाइबलमा पहिले नै हुन सक्थ्यो त भनेर मैले उनलाई प्रश्‍न गर्दा, उनी मुस्कुराइन्, र भनिन्, “बल्‍ल बुझेँ। प्रभु फर्कनुहुँदाका उहाँका वचनहरू बाइबलमा छैनन्, र परमेश्‍वरले बाइबलबाहिर वचनहरू बोल्‍न सक्‍नुहुन्छ।” उनको हृदय भित्रैदेखि छोयो र मानिसहरूले परमेश्‍वरलाई राम्ररी बुझ्दैनन् भनेर उनले भनिन्। उनले परमेश्‍वरका अझ धेरै वचनहरू पढ्न र उहाँलाई अझै बढी जान्‍न चाहन्थिन्।

टेरेसाले प्रभु फेरि फर्केर आउनुहुनेछ र बोल्‍नुहुनेछ भन्‍ने कुरालाई स्वीकार गर्न तयार भएको देख्दा म अत्यन्तै उत्साहित भएँ। त्यसकारण मैले उनलाई सोधेँ, “प्रभु फर्केर आउनुहुने र अझै धेरै बोल्‍नुहुने भएकोले, आफ्‍ना वाणीहरूका लागि उहाँले के माध्यम प्रयोग गर्नुहुनेछ जस्तो तपाईँलाई लाग्छ?” उनले भनिन्, “आत्माद्वारा।” मैले पनि त्यस्तै सोच्थेँ भनेर उनलाई भनेँ, तर मैले दाजुभाइ-दिदीबहिनीहरूसँग धर्मशास्‍त्र अनुसन्धान गरेँ र यसमा यसो भनिएको रहेछ भन्‍ने थाहा पाएँ: “किनभने जसरी चट्याङ्गले आकाशमुनिको एउटा भागलाई उज्यालो बनाउँदा आकाशमुनिको अर्को भागलाई पनि चम्किलो बनाउँछ; मानिसको पुत्र पनि उनको दिनमा त्यस्तै हुनेछन्। तर सुरूमा उहाँले धेरै कुराहरूको कष्ट भोग्‍नुपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ(लूका १७:२४-२५)। यो पनि छ “नोआको दिनमा जस्तै, मानिसको पुत्रको दिनमा पनि हुनेछ(लूका १७:२६), र “तिमीहरू पनि तयार हौ: किनभने मानिसको पुत्र तिमीहरूले नसोचेको समयमा आउँछ(मत्ती २४:४४)। मैले भनेँ, “यी सबै पदहरूले प्रभु ‘मानिसको पुत्र’ को रूपमा फर्कनुहुनेछ भनेर उल्‍लेख गर्छन्। मानिसको पुत्रको अर्थ उहाँ सामान्य मानिसबाट जन्‍मनुहुन्छ र उहाँमा सामान्य मानवता हुन्छ भन्‍ने हो। यदि उहाँ आत्मिक रूपमा हुनुभएको भए उहाँलाई त्यसो भनिनेथिएन। यहोवा परमेश्‍वर आत्मिक रूपमा हुनुहुन्थ्यो, त्यसकारण उहाँलाई त्यसो भनिएन। त्यसको अर्थ आखिरी दिनहरूमा प्रभु देहमा फर्कनुहुनेछ। यदि उहाँ बादलमा सबै मानिसहरूले देख्‍ने गरी पुनरुत्थान भएको आत्मिक शरीरमा आउनुभयो भने, सबै जना डरले काम्दै उहाँको अघि लम्पसार पर्नेथिए र कसैले पनि उहाँलाई इन्कार गर्ने आँट गर्नेथिएन। त्यसो भए ‘सुरूमा उहाँले धेरै कुराहरूको कष्ट भोग्‍नुपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ’ भन्‍ने प्रभुका वचनहरू कसरी पूरा हुनेथिए?” टेरेसाले कुनै कुराबारे गहिरिएर सोचिरहेकी छन् जस्तो लाग्थ्यो, त्यसकारण मैले उनलाई सोधेँ, “प्रभुले किन आखिरी दिनहरूमा आत्मामा होइन तर देहमा आउने निर्णय गर्नहुनेथियो?” उनले आफ्‍नो शिर हल्‍लाइन्। मैले भनेँ, “मानिसहरूले आत्मिक रूपमा रहनुभएका परमेश्‍वरलाई देख्‍न वा छुन सक्दैनन्। यदि आत्मिक शरीर अचानक देखा पर्‍यो र बोल्‍यो भने, तपाईँलाई कस्तो लाग्‍नेथियो?” मानिसहरू तर्सिनेथिए र अन्योलमा पर्नेथिए। के परमेश्‍वर हामीसँग बोलिरहनुभएको बेला सबै जना डराऊन् भन्‍ने उहाँ चाहनुहुन्छ? अवश्य नै चाहनुहुन्‍न। र भ्रष्ट मानवता अत्यन्तै कलङ्कित छ; हामी परमेश्‍वरको आत्मालाई देख्‍न योग्यका छैनौँ। परमेश्‍वरको आत्मालाई देख्यौँ भने हामी मर्नेथियौँ। यी सबै व्याख्या गरिसकेपछि, मैले परमेश्‍वरका थप वचनहरू उनलाईपढेर सुनाएँ। “परमेश्‍वरले मानिसलाई मुक्ति दिने काम सोझै आत्माको विधि र आत्माको पहिचानको माध्यमबाट गरिँदैन, किनकि उहाँको आत्मालाई मानिसले न त छुन सक्छ न त देख्न नै सक्छ, न त मानिस नजिक जान नै सक्दछ। यदि उहाँले मानिसलाई सीधा आत्माको दृष्टिकोण प्रयोग गरी मुक्ति दिन खोज्नुभयो भने, मानिस उहाँको मुक्ति प्राप्त गर्न असमर्थ बन्‍नेथियो। यदि परमेश्‍वरले सृष्टि गरिएको मानिसको बाहिरी रूप धारण गर्नुभएको थिएन भने, मानिसले यो मुक्ति पाउने कुनै उपाय हुनेथिएन। किनकि जसरी यहोवाको बादलको नजिक कोही पनि जान सकेन त्यसरी नै मानिस उहाँको नजिक आउने कुनै उपाय छैन। केवल एक सृष्टि गरिएको प्राणी बनेर अर्थात् उहाँको वचनलाई उहाँ बन्न लाग्नुभएको मासुको शरीरमा राखेर मात्र उहाँले आफ्नो पछि लाग्नेहरूमा व्यक्तिगत तवरले वचनअनुसार काम गर्न सक्नुहुन्छ। तब मात्र मानिसले व्यक्तिगत रूपमा उहाँको वचनलाई देख्न र सुन्न सक्दछ, र अझ भन्ने हो भने ऊ उहाँको वचनको प्राप्तिमा प्रवेश गर्न सक्दछ। र यसरी मात्र उसले पूर्ण रूपमा मुक्ति पाउन सक्छ। परमेश्‍वर देह नबन्नुभएको भए, मासु र रगत हुने कसैले पनि त्यस्तो ठूलो उद्धार प्राप्त गर्न सक्नेथिएन, न त एकै जना व्यक्तिले समेत मुक्ति पाउनेथियो। यदि परमेश्‍वरका आत्माले मानवजातिको माझ प्रत्यक्ष रूपमा काम गर्नुभएको भए, सम्पूर्ण मानवजाति नै नष्ट हुनेथियो, अन्यथा, परमेश्‍वरको सम्पर्कमा आउनै नसक्‍ने गरी तिनीहरू पूर्ण रूपले शैतानको कैदमा पर्नेथिए(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४))। “परमेश्‍वर देह बन्‍नुको फाइदा यही नै थियो: उहाँले मानवजातिको ज्ञानको फाइदा लिन सक्नुहुन्थ्यो अनि मानिसहरूसित बोल्न र आफ्नो इच्छा व्यक्त गर्न मानव भाषाको प्रयोग गर्न सक्नुहुन्थ्यो। उहाँले मानिसलाई मानव तरिकामा आफ्नो गहन, ईश्‍वरीय भाषा व्याख्या गर्नुभयो अथवा ‘अनुवाद गर्नुभयो’ जसलाई मानव भाषामा बुझ्न मानिसहरूलाई कठिन हुन्थ्यो। यसले उहाँको इच्छा बुझ्न र उहाँले के गर्न चाहनुहुन्छ भन्‍ने कुरा जान्न मानिसहरूलाई सहायता गर्‍यो। उहाँले मानव भाषा प्रयोग गरेर, अनि तिनीहरूले बुझ्ने किसिमले बताएर पनि मानिसहरूसित मानव दृष्टिकोणमा बातचित गर्न सक्नुहुन्थ्यो। उहाँले मानव भाषा प्रयोग गरेर बोल्न र काम गर्न पनि सक्नुहुन्थ्यो ताकि मानिसहरूले परमेश्‍वरको दया तथा घनिष्ठतालाई महसुस गर्न सकून्, ताकि तिनीहरूले उहाँको हृदयलाई देख्न सकून्(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३)। त्यसपछि मैले मेरो सङ्गतिलाई जारी राखेँ: “परमेश्‍वरले देहमा आउने र हाम्रो बीचमा वास्तविक जीवन जिउने निर्णय गर्नुभयो, त्यसो गर्दा उहाँ हाम्रो नजिक हुन र हामीलाई मुक्ति दिन सत्यता प्रदान गर्न सक्नुहुन्थ्यो। यो बुबाआमाले आफ्‍ना छोराछोरीसँग गर्ने व्यवहार जस्तै हो। के आफ्‍ना छोराछोरीले आफूलाई हरेक पटक देख्दा तिनीहरू डराऊन् भन्‍ने आमाबुबाको इच्‍छा हुन्छ र?” अवश्य नै हुँदैन। त्यसकारण मैले उनलाई भनेँ, “आफ्नो आमाबाबुलाई देख्दा बच्चा डराओस्, लुकोस् भनेर ती बुबाआमा कहिल्यै चाहँदैनन्, त्यसोभए, परमेश्‍वरको हकमा के भन्‍ने? यदि परमेश्‍वर स्वर्गबाट मात्रै बोल्‍नुभयो भने, हामी डराउनेथियौं र उहाँबाट पछि हट्नेथियौं। हामी पछि हटेको, उहाँ कठोर हुनुभएकोले नजिक हुन सक्दैनौँ भनेर हामीले सोचेको परमेश्‍वर चाहनुहुन्‍न, त्यसकारण प्रभुको पुनरागमन प्रभु येशू आउनुभएको जस्तै हुन्छ। उहाँ सर्वसाधारण, सामान्य मानिसको पुत्रको रूपमा देहमा आउनुभयो, आफ्‍ना चेलाहरूसँग खानपान गर्ने र बोल्‍ने गर्नुहुन्थ्यो, र सधैँ तिनीहरूका समस्या र अन्योलताहरूलाई समाधान गर्न मद्दत गर्नुहुन्थ्यो। साँचो जीवित परमेश्‍वर वास्तवमा नै मानिसको बीचमा जिउनुभएको देख्दा, हामीलाई परमेश्‍वरको झन् नजिक भएको महसुस गर्न मद्दत मिल्छ। साथै, सत्यतालाई व्यक्त गर्न, हामीलाई भरण-पोषण गर्नको लागि परमेश्‍वर हाम्रै भाषा प्रयोग गर्नुहुन्छ। हामीले उहाँको इच्‍छा राम्ररी बुझ्‍न सकून् भनेर उहाँ उदाहरणहरू र उपमाहरूको प्रयोग गर्न सक्‍नुहुन्छ, त्यसपछि सत्यता बुझ्‍न र त्यसमा प्रवेश गर्न हामीलाई सहज हुन्छ। हामीप्रतिको परमेश्‍वरको प्रेम अत्यन्तै व्यावहारिक, अत्यन्तै बहुमूल्य छ! देह बनेर, बोल्‍न र काम गर्न परमेश्‍वरले अत्यन्तै धेरै अपमान र कष्ट सहनुहुन्छ, ताकि हामीले सत्यता बुझून्, पापबाट छुटकारा पाऔँ र पूर्ण रूपमा मुक्ति पाऔँ। भ्रष्ट मानवताको निम्ति उहाँले दिनुभएको सबैभन्दा महान् मुक्ति यही हो।” यस अवस्थामा, टेरेसाले आँसु झारिन्। उनले भनिन्, “अब मैले बुझेँ। प्रभु देहधारी रूपमा फर्केर आउँदै हुनुहुन्छ। म पनि परमेश्‍वर हाम्रो बीचमा देहमा नै आउनुभएको चाहन्छु। उहाँ हामीलाई धेरै प्रेम गर्नुहुन्छ। हामी यसको योग्य छैनौँ …” टेरेसा कसरी प्रभावित भएकी थिइन् त्यो देखेर मेरो मन छोयो, र मैले परमेश्‍वरले भन्‍नुभएको केही कुरा सम्झेँ: “के तँ हरेक युगमा परमेश्‍वरले व्यक्त गर्नुभएको स्वभावलाई युगको महत्त्व उचित रूपमा संप्रेषितगर्ने भाषामा ठोस तरिकाले संचार गर्नसक्छस्? के आखिरी दिनहरूका परमेश्‍वरको कार्यलाई अनुभव गर्ने तँ, परमेश्‍वरको धर्मी स्वभावलाई विस्तृत रूपमा व्याख्या गर्न सक्छस्? के परमेश्‍वरको स्वभावको बारेमा तैँले स्पष्ट र सटीक रूपमा गवाही दिन सक्छस्? धार्मिकताको निम्ति भोकाउने र तिर्खाउने अनि तैँले तिनीहरूको गोठाला गरोस् भनी तँलाई प्रतीक्षा गरिरहेका दयनीय, गरिब, र भक्त धार्मिक विश्‍वासीहरूलाई तैँले कसरी आफूले देखेका र अनुभव गरेका कुराहरू हस्तान्तरण गर्नेछस्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ तेरो भविष्यको मिसनमा कसरी संलग्‍न हुनुपर्छ?)। “परमेश्‍वरको कामको साक्षी दिनका लागि तँ आफ्नै अनुभव, ज्ञान र तैँले चुकाएको मूल्यमा भर पर्नुपर्छ। यसरी मात्र तैँले उहाँको इच्छालाई सन्तुष्ट पार्न सक्छस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ)। मैले सुसमाचार प्रचार गर्दाको मेरो समयलाई फर्केर हेरेँ। मैले त मानिसहरूसँग प्रायजसो सिद्धान्तहरू मात्र बाँडिरहेकी थिएँ र मसँग परमेश्‍वरबारे साँचो बुझाइ छ कि छैन, मैले आफ्‍नै वास्तविक र व्यक्तिगत अनुभवहरूबाट गवाही बाँड्न सक्छु कि सक्दिनँ भनेर कहिल्यै विचार गरेकी थिइनँ। यो अनुभवले मलाई के देखायो भने, सुसमाचार बाँड्नु भनेको अरू मानिसहरूसँग कुराकानी गर्नु मात्रै होइन, तर यो त मेरो लागि परमेश्‍वरलाई अझै राम्ररी चिन्‍ने मौका पनि हो। मैले टेरेसासँगको मेरो सङ्गतिबाट पनि परमेश्‍वरको प्रेम अनुभव गर्न सकेँ। यदि उहाँ काम गर्न र बोल्‍न देहमा नआउनुभएको भए, हामीले कुनै पनि हालतमा सत्यता बुझ्‍न वा हाम्रो भ्रष्ट स्वभावहरूलाई शुद्ध पार्न सक्‍दैनथियौँ। हामी विपत्तिमा नष्ट हुनैथियौँ। मैले यसबारे जति विचार गरेँ, हामीप्रतिको परमेश्‍वरको प्रेम कति महान् छ भनेर त्यति नै बढी महसुस गरेँ। त्यसपछि टेरेसाले भनिन्, “आजको सङ्गति मेरो लागि एकदमै नयाँ हो। मैले यसबाट साँच्‍चै धेरै कुरा प्राप्त गरेको छु।”

उनले यसो भनेको सुन्दा म अत्यन्तै उत्साहित भएँ, र मैले उनलाई भनेँ, “प्रभु येशू पहिले नै देहधारी सर्वशक्तिमान्‌ परमेश्‍वरको रूपमा आइसक्‍नुभएको छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले नयाँ वचनहरू व्यक्त गर्नुभएको छ र मानिसजातिलाई पूर्ण रूपमा धुन र मुक्ति दिन आखिरी दिनहरूको न्यायको काम गरिरहनुभएको छ। यसले बाइबलका अगमवाणीहरूलाई पूरा गर्छ, जसमा यो कुरा समावेश छ ‘किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ(१ पत्रुस ४:१७), र ‘किनभने पिताले कुनै मानिसको न्याय गर्नुहुन्न, तर पुत्रलाई नै सबै न्याय सुम्पनुभएको छ(यूहन्ना ५:२२)।” प्रभु पहिले नै फर्किसक्‍नुभएको छ भन्‍ने सुन्दा टेरेसा अत्यन्तै उत्साहित भइन्, तर उनी अन्योलमा पनि थिइन्। उनले मलाई सोधिन्, “प्रभु येशूले क्रूसीकरण हुँदा नै हाम्रो पाप क्षमा गरिसक्‍नुभयो। किन प्रभुले फर्कनु र आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिन न्यायको काम गर्नु आवश्यक छ?” मैले उनलाई परमेश्‍वरका केही वचनहरू पढेर सुनाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नु भएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशूले पापको बलि बनेर मानिसको पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्‍वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभयो, र दण्ड अनि न्यायको काम सुरु गर्नुभयो। यो कामले मानिसलाई एक उच्च क्षेत्रमा पुर्‍यायो। उहाँको प्रभुत्वमुनि आउनेहरू सबैले अझ उच्च सत्यको आनन्द लिनेछन् र अझ ठूला आशिषहरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्य, बाटो र जीवन प्राप्त गर्नेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। “तैँले येशू आखिरी दिनहरूको अवधिमा ओर्लनुहुनेछ भन्‍ने मात्रै जान्दछस्, तर उहाँ खास कसरी ओर्लनुहुनेछ? भर्खरै छुटकारा पाएको, र परमेश्‍वरद्वारा परिवर्तन भई नसकेको, वा सिद्ध भई नसकेको तिमीहरूजस्तो पापी, के तँ परमेश्‍वरको हृदय अनुसारको बन्‍न सक्छस्? अझै पनि तेरो पुरानो मनुष्यतामा रहेको तेरो विषयमा भन्दा, तँलाई येशूले मुक्ति दिनुभएको थियो, र परमेश्‍वरले दिनुभएको मुक्तिको कारण तँलाई पापीको रूपमा गन्ती गरिँदैन भन्‍ने कुरा साँचो हो, तर तँ पापी छैनस्, र तँ अशुद्ध छैनस् भन्‍ने कुरालाई यसले प्रमाणित गर्दैन। तँ परिवर्तन भएको छैनस् भने तँ कसरी सन्तमय बन्‍न सक्छस्? भित्री रूपमा, तँ अपवित्रता, स्वार्थ र छुद्रले भरिएको छस्, तैपनि तँ अझै येशूसँग अवरोहण गर्न चाहन्छस्—तँ धेरै भाग्यमानी हुनुपर्छ! परमेश्‍वरमाथिको भरोसामा तैँले एउटा कदमलाई चुकाएको छस्: तँलाई छुटकारा मात्रै दिइएको छ, तर तँ परिवर्तन भएको छैनस्। तँ परमेश्‍वरको हृदय अनुसारको बन्‍नको लागि, परमेश्‍वरले तँलाई व्यक्तिगत रूपमै परिवर्तन गर्ने र धुने काम गर्नुपर्छ; यदि तँलाई छुटकारा मात्रै दिइएको हो भने, तैँले पवित्रता प्राप्त गर्न सक्‍नेछैनस्। यसरी तँ परमेश्‍वरको कार्यको असल आशिषहरूमा सहभागी हुन अयोग्य हुनेछस्, किनभने मानिसलाई व्यवस्थापन गर्ने परमेश्‍वरको कार्यको चरणलाई तैँले चुकाएको छस्, जुन परिवर्तन हुने र सिद्ध पारिने कार्यको मुख्य चरण हो। भर्खरै छुटकारा दिइएको पापी, तैँले प्रत्यक्ष रूपमा परमेश्‍वरको उत्तराधिकार प्राप्त गर्न सक्दैनस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पद र पहिचानको सम्‍बन्धमा)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले भनेँ, “प्रभु येशूले हामीलाई छुटकारा दिनुभएकै हो। यो छुटकाराले के हासिल गर्‍यो? हामीलाई हाम्रो पापबाट छुटकारा दिइयो ताकि उप्रान्त व्यवस्था उल्‍लङ्घन गरेको कारण हामीलाई दण्ड नदिइयोस्। प्रभु येशूको छुटकाराको कामले यही कुरा हासिल गर्‍यो। प्रभुमाथिको हाम्रो विश्‍वासद्वारा हाम्रा पापहरू क्षमा गरिएको छ, तर हामी अझै पनि सधैँ झूट नबोली र पाप नगरी सक्दैनौँ। हामी दिउँसो पाप गरेर राती स्वीकार गर्ने दुष्चक्रमा जिउँछौँ, पापको बन्धनबाट कहिल्यै पनि उम्‍कन सक्दैनौँ। यस्तो किन हुन्छ? किनभने हामी हाम्रो पापी प्रकृतिबाट मुक्त भएका छैनौँ। यो पापी प्रकृति हामीभित्र गडिएको घातक ट्युमर जस्तै हो। यसलाई हटाइएन भने, हामीलाई हजारौँ पटक, लाखौँ पटक क्षमा दिइन सक्छ, तर हामी पापबाट कहिल्यै पनि मुक्त हुन वा राज्यको योग्य हुन सक्‍नेछैनौँ। यही कारण प्रभुले फर्केर आउनु र न्यायको काम गर्नु आवश्यक भएको हो। त्यो न्यायको काम हाम्रो पापी प्रकृतिलाई समाधान गर्नको लागि हो, ताकि हामी पापको बन्धनबाट पूर्ण रूपमा मुक्त हुन र शुद्ध हुन अनि हामीले पूर्ण रूपमा मुक्ति पाउन सकौँ।”

यो कुरा सुनेर टेरेसा अत्यन्तै खुशी भइन् अनि भनिन्, “के मलाई न्यायको काम बारे बताउन सक्नुहुन्छ? परमेश्‍वरले कसरी हामीलाई पापबाट मुक्ति दिन यो न्यायको काम गर्नुहुन्छ?” मैले उनलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेर सुनाएँ। “आखिरी दिनहरूका ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्दहरू र कार्यहरूलाई जाँच गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानवको कर्तव्य, मानवले कसरी परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ, मानव कसरी परमेश्‍वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई घृणाका साथ इन्कार गर्छ भनी प्रकट गर्ने वचनहरूलाई मानव कसरी शैतानको मूर्तरूप हो, र परमेश्‍वरका विरुद्धको शत्रुवत् दबाब हो भन्‍ने विषयमा बोलिएको हुन्छ। उहाँको न्यायको कामको अवधिमा, परमेश्‍वरले मानिसको प्रकृतिलाई एक-दुई वटा शब्‍दहरूले व्याख्या गर्नुहुन्‍न; उहाँले प्रकट गर्नुहुन्छ, निराकरण गर्नुहुन्छ र लामो समयसम्म काट-छाँट गर्नुहुन्छ। प्रकट गर्ने, निराकरण गर्ने, र छिँवल्ने यी सबै फरक-फरक तरिकाहरू सामान्य वचनहरूसँग साट्न सकिँदैन, तर यसको सत्यताबाट मानव पूर्ण रूपमा वञ्चित भएको हुन्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस किसिमको न्यायद्वारा मात्र मानव नियन्त्रणमा रहन सक्छ र परमेश्‍वरको बारेमा पूर्ण रूपमा विश्‍वस्त हुन्छ, र यसका साथसाथै परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। परमेश्‍वरको न्यायले मानवलाई परमेश्‍वरको इच्छा, र परमेश्‍वरको कार्यको उद्देश्य, उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउनका लागि स्थान दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा विश्‍वास राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो। यो काम परमेश्‍वरले गर्नुभएको न्यायको काम हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ)। यो पढेपछि, मैले भनेँ, “आखिरी दिनहरूमा, परमेश्‍वरले उहाँको विरोध गर्ने मानिसजातिको शैतानी प्रकृति खुलासा गर्ने वचनहरूद्वारा न्यायको काम गर्नुहुन्छ। यसले हाम्रो सबै शैतानी स्वभाव र परमेश्‍वरको विरोध गर्ने अभिव्यक्तिहरूलाई प्रकट गर्छ, त्यसकारण हामी शैतानले हामीलाई कति गहिरोसित भ्रष्ट पारेको छ भन्‍ने सत्यताबारे सिक्छौँ र साथै परमेश्‍वरको पवित्र, धर्मी स्वभावलाई पनि देख्छौँ। परमेश्‍वरका वचनहरूको न्याय, सजाय, काटछाँट र निराकरणद्वारा, हामी आफूले प्रकट गर्ने सबै शैतानी स्वभावहरूलाई देख्छौँ, जस्तै अहङ्कारी, छली, स्वार्थी र लोभी बन्‍नु। सायद हामीले परमेश्‍वरका लागि त्यागहरू गर्न सक्छौँ, तर जब हामीलाई मन नपर्ने कुनै कुरा हुन्छ, जस्तै बिरामी पर्नु वा विपत्तिको सामना गर्नु, तब हामी परमेश्‍वरलाई गलत ठान्छौँ र दोष दिन्छौँ। हामीले परमेश्‍वरका लागि त्यागहरू गरे पनि, यो केवल आशिष्‌ र इनामहरू प्राप्त गर्न, अनि राज्यमा प्रवेश गर्नको लागि हो भन्‍ने कुरालाई देख्‍ने एउटै तरिका यही न्याय मात्रै हो। हामीले परमेश्‍वरसँग कारोबार गरिरहेका छौँ। हामीसँग परमेश्‍वरप्रति साँचो समर्पण छैन, साँचो प्रेम हुने कुरा त परै जाओस्। परमेश्‍वरका वचनहरूको न्याय र सजाय अनि हामीमाथि आइपर्ने परिस्थितिहरूले प्रकट गर्ने कुराद्वारा, हामी आफ्नो भ्रष्टताको सत्यता देख्छौँ र यसलाई घृणा गर्छौँ। हामी परमेश्‍वरको पवित्र, धर्मी स्वभावलाई पनि अनुभव गर्छौँ, जसले उल्‍लङ्घन सहँदैन र हामीले परमेश्‍वरप्रति श्रद्धाभाव र समर्पण विकास गर्छौँ। हामीलाई शैतानले कति गहिरोसित भ्रष्ट पारेको छ, त्यो हामीले देख्‍न सक्‍ने एउटै मात्र तरिका यही हो। परमेश्‍वरका आखिरी दिनहरूको न्याय र सजायविना, हामीले आफ्नो भ्रष्टताको सत्यतालाई कहिल्यै पनि देख्‍न सक्नेथिएनौँ वा हामी यसबाट मुक्त हुन सक्‍नेथिएनौँ। विशेष गरी हामीसँग कहिल्यै पनि परमेश्‍वरप्रति प्रेम वा आज्ञापालन हुनेथिएन। यो कुनै व्यक्ति बिरामी परेको जस्तै हो, यदि उसलाई आफूलाई रोग लागेको छ भन्‍ने थाहा छैन भने, ऊ उपचार गर्न जाँदैन, वा के उपचार चाहिन्छ उसलाई थाहा हुँदैन, त्यसकारण ऊ निको हुँदैन। तर यदि ऊ डाक्टरकहाँ गयो भने, डाक्टरले समस्या के हो, त्यसको कारण के हो र त्यसको उपचार कसरी गर्ने सो बताउन सक्छ, र यदि उसले डाक्टरको सल्‍लाह मान्यो भने, ऊ निको हुनेछ। त्यसकारण हाम्रा पापी प्रकृति र भ्रष्ट, शैतानी स्वभावहरूलाई समाधान गर्न परमेश्‍वरले आखिरी दिनहरूमा आफ्‍ना वचनहरूद्वारा मानिसजातिलाई न्याय गर्नुहुन्छ। हामीले पापबाट मुक्त हुन, हाम्रो भ्रष्ट, शैतानी स्वभावबाट पार पाउन, परमेश्‍वरद्वारा मुक्ति पाउन र स्वर्गको राज्यमा प्रवेश गर्न हामीले त्यो दण्ड र सजाय स्वीकार गर्नुपर्छ।” त्यस विन्दुमा, टेरेसाले भनिन्, “अब मैले बुझेँ। न्यायको काम भनेको परमेश्‍वरले हामीलाई शुद्ध गर्नु र मुक्ति दिनु हो। म पाप गर्दै स्वीकार गर्ने यो जीवनबाट उम्कन चाहन्छु, त्यसकारण मैले परमेश्‍वरको न्याय र शुद्धीकरणलाई स्वीकार गर्नु आवश्यक छ।” त्यसपछि हामीले सुसमाचारका केही चलचित्र सँगै हेऱ्यौँ त्यसपछि सर्वशक्तिमान्‌ परमेश्‍वरका धेरै वचनहरू पढ्यौँ। टेरेसाले मलाई भनिन्, “यी वचनहरूमा यस्तो अख्‍तियार र शक्ति छन्। ती चकित पार्ने किसिमका छन्। यो परमेश्‍वरको आवाज हो! सर्वशक्तिमान्‌ परमेश्‍वर साँच्‍चै नै फर्कनुभएका येशू हुनुहुन्छ। उहाँ हामीलाई शुद्ध पार्न र मुक्ति दिन आउनुहुने प्रभु हुनुहुन्छ!” त्यसपछि उनले मलाई आतुरीका साथ सोधिन्, “मैले कसरी सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको प्रतिलिपि प्राप्त गर्न सक्छु? मैले कसरी अरू विश्‍वासीहरूसँग व्यक्तिगत रूपमा सङ्गति गर्न सक्छु?” मैले उनलाई स्थानीय मण्डली सदस्यहरूसँग परिचय गराउन सक्छु भनी भनेँ र उनलाई वचन देहमा देखा पर्नुहुन्छ-को अनलाइन संस्करण पठाएँ। उनी अत्यन्तै उत्साहित भइन्—उनले ठूला-ठूला आँखा बनाएर हेरिन्, र यो पुस्तक प्राप्त गर्न र सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू जति सक्दो चाँडो पढ्न चाहन्छु भनिन्।

प्रभुलाई स्वागत गर्न उनी कति उत्साहित छिन् भन्‍ने देखेर, म परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शनप्रति साँच्‍चै कृतज्ञ भएँ, जसको कारण टेरेसा परमेश्‍वरको आवाज सुन्न र उहाँको घरमा आउन सकिन्। दुई-तीन दिनपछि, उनले मलाई आफ्‍नो नजिकको साथीलाई आफूले प्रभु फर्केर आइसक्‍नुभएको छ भन्‍ने समाचार सुनाइन्, जसले उनलाई यसमा विश्‍वास नगर्न चेतावनी दिइन् भनेर भनिन्। उनका पाष्टरले पनि उनलाई कल गर्दै आइरहेको र यसको कारण उनलाई मण्डलीबाट निकालिनेछ भनेर धम्की दिँदै आइरहेका थिए। उनले भनिन्, “सर्वशक्तिमान्‌ परमेश्‍वर नै आखिरी दिनहरूका ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरामा म निश्‍चित छु किनभने उहाँका वचनहरू सत्यता हुन् र ख्रीष्‍टले मात्रै सत्यता व्यक्त गर्न सक्‍नुहुन्छ। उहाँ फर्केर आउनुभएका येशू हुनुहुन्छ। म मेरो साथीको प्रभावमा पर्नेछैन र पाष्टरले मलाई रोक्‍न सक्दैन।” उनले यो पनि भनिन्, “मैले वर्षौँदेखि साँचो मण्डलीको खोजी गर्दै आइरहेकी थिएँ, तर म सधैँ निराश हुनु परेको छ। तिनीहरूमध्ये कुनै पनि भरणपोषण गर्ने छैनन्, र धेरैभन्दा धेरै सदस्यहरूले सांसारिक प्रचलनहरू पछ्याइरहेका छन्। म विवश थिएँ। म परमेश्‍वरप्रति अत्यन्तै कृतज्ञ छु। मैले परमेश्‍वरको आवाज सुन्छु र प्रभुलाई स्वागत गर्छु भनेर सपनामा पनि सोचेकी थिइनँ। मैले बल्‍ल परमेश्‍वरको मण्डली भेट्टाएँ।” उनी साँच्‍चै नै भावुक बनेकी थिइन् र मैले उनको आँखामा आँसु देख्‍न सकेँ—उनी आशाले भरिएकी थिइन्। यसले मेरो हृदय साह्रै छोयो। जब परमेश्‍वरको भेडाले उहाँको आवाज सुन्छ, उसले उहाँलाई पछ्याउँछ र शैतानले जतिसुकै हस्तक्षेप गरे पनि आफ्‍नो विश्‍वास कायम राख्छ। तर जब मैले बाधाको सामना गरेँ तब म कसरी निरूत्साहित भएर लत्तो छाड्न चाहेकी थिएँ, र उनलाई बेवास्ता गर्न तयार भएकी थिएँ, त्यसरी उनलाई परमेश्‍वरका आखिरी दिनहरूको कार्यबारे गवाही दिन छोड्न लागेकी थिएँ भन्‍ने कुरा सम्झेर, म पछुतो र ग्‍लानिले भरिएँ। मैले कसरी परमेश्‍वरले मात्रै हामीलाई साँच्चै प्रेम गर्नुहुन्छ र हाम्रो वास्ता गर्नुहुन्छ भन्‍ने पनि देखेँ, किनभने जब मैले लत्तो छोड्नै लागेको बेला, परमेश्‍वरका वचनहरूले मलाई समयमा नै अन्तर्दृष्टि र मार्गदर्शन दिए, त्यसैले मैले मेरो विद्रोहीपनलाई देख्‍न र मानिसलाई मुक्ति दिने परमेश्‍वरको इच्‍छाको अत्यावश्यकतालाई बुझ्‍न सकेँ। त्यसपछि मैले परमेश्‍वरका आखिरी दिनहरूको कामबारे टेरेसालाई गवाही दिन परमेश्‍वरसँग अलि-अलि गर्दै काम गर्न सकेँ।

सुसमाचार बाँड्नु भनेको मानिसहरूलाई मुक्ति पाउन सहायता गर्नु हो भन्‍ने कुरा मेरो लागि असाधारण अनुभव थियो। यो, परमेश्‍वरको कामको गवाही दिन, प्रभुको आगमनको तृष्णा गर्ने र अन्धकार संसारमा रहेको व्यक्तिलाई परमेश्‍वरको घरमा ल्याउन मेरो आफ्‍नै वास्तविक जीवनका अनुभूति रअनुभवहरू प्रयोग गर्नु हो। योभन्दा बढी अर्थपूर्ण अरू केही छैन। मैले प्रभुको पुनरागमनको लागि साँच्‍चै तृष्णा गरिरहेको व्यक्तिले उहाँको आवाज सुन्दा र उहाँलाई स्वागत गर्दाको उसको आनन्द र भावनालाई पनि देखेँ। र मैले परमेश्‍वरले कसरी धेरैभन्दा धेरै साँचो विश्‍वासीहरू उहाँकहाँ आएर उहाँको मुक्तिलाई ग्रहण गरून् भन्‍ने आशा गर्नुहुन्छ, त्यो पनि अनुभव गर्न सकेँ। यो संसारमा धेरै मानिसहरू अन्धकारमा जिइरहेका छन्, परमेश्‍वरको आगमनको तृष्णा गरिरहेका छन्। परमेश्‍वर अफसोसले भरिनुभएको छ र तिनीहरूको निम्ति चिन्तित हुनुहुन्छ। त्यसकारण मैले सुसमाचार बाँड्नु मेरो जिम्‍मेवारी हो, यो मेरो बोलावट हो भन्‍ने कुरालाई अझै बढी अनुभूत गरेँ। मैले परमेश्‍वरसँग के पनि शपथ खाएँ भने, जस्तोसुकै बाधाहरूको सामना गर्नुपरे पनि, म उहाँमा भरोसा गर्नेछु र सुसमाचार बाँड्ने आफ्नो कर्तव्य पूरा गर्नेछु। म परमेश्‍वर सम्‍बन्धी मेरो साँचो बुझाइको आधारमा गवाही बाँड्नेछु र उहाँको भेडालाई उहाँसामु ल्याउनेछु ताकि तिनीहरूले आखिरी दिनहरूमा उहाँको मुक्तिको अनुग्रहलाई चाँडै ग्रहण गर्न सकून्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

एक पाष्टरलाई प्रचार गरेको कथा

यसै वर्ष, अप्रिलको एक साँझ, एक अगुवाले अचानक मलाई पचास वर्षभन्दा बढी विश्‍वास गरेका एक वृद्ध पाष्टरले परमेश्‍वरको आखिरी दिनहरूको कामबारे...

ईर्ष्याको उपचार

क्षुन्‍क्‍वी, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसको देह शैतानको हो, यो विद्रोही स्वभावले भरिएको छ, यो निकै दुःखलाग्दो किसिमको...

थोरै भए नि मानव रूपमा जिउनु निश्‍चय नै महान् कुरा हो

टाशी, क्यानडासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “उहाँको ६,००० वर्षको व्यवस्थापन योजना नजिक नआउञ्‍जेलसम्‍म—उहाँले प्रत्येक वर्गको मानिसको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्