निराकरणपछिको जागरूकता

25 फेब्रुअरी 2023

२०२० को अन्त्यतिर, मैले मण्डलीमा नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने कामको जिम्‍मा लिएँ। सुरुमा तिनीहरू त्यति धेरै थिएनन्, त्यसकारण तिनीहरूले जुनसुकै समस्या सामना गरे पनि, तिनीहरू मकहाँ कुरा गर्न आउँदा म ती समस्या समाधान गर्न सक्दो गर्थेँ। म कुनै कुरा समाधान गर्नै नसक्दा, अगुवालाई सहयोग माग्थेँ। नयाँ विश्‍वासीहरूलाई राम्ररी मलजल गरिएन भने, तिनीहरू दह्रिलो गरी खडा हुँदैनन् भन्‍ने मलाई चिन्ता लाग्थ्यो। पछि, नयाँ विश्‍वासीहरूको सङ्ख्या निरन्तर बढ्दै गयो, त्यसकारण अगुवाले मसँग काम गर्न अरू दुई जना सिस्टरहरूलाई नियुक्ति गरिन्, र हामी प्रत्येकलाई निश्‍चित विश्‍वासीहरूलाई मलजल गर्ने जिम्‍मा दिइयो। एक-दुईपटक, केही नयाँ विश्‍वासीहरू समस्याहरूबारे मसँग कुरा गर्न आए। मैले तिनीहरू अरू सिस्टरहरूको जिम्‍मेवारीमा पर्ने रहेछन् भन्‍ने देखेँ र मलाई के लाग्यो भने मेरो समय सीमित छ, त्यसकारण मैले तिनीहरूलाई सहयोग गरेँ भने, मेरो जिम्मामा भएका नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने मेरो काममा बाधा पुग्नेछैन र? यी नयाँ विश्‍वासीहरू ती सिस्टरहरूको जिम्मामा भएको हुनाले, उनीहरूले नै तिनीहरूको समस्या समाधान गर्नुपर्छ। यो मेरो समस्या होइन। त्यसकारण, मैले ती नयाँ विश्‍वासीहरूलाई सङ्गति दिइनँ। सङ्गति दिए पनि नामको लागि दिएँ, झारा टार्ने काम गरेँ। केही दिनपछि मलाई के थाहा भयो भने तिनीहरूमध्ये कतिपय समूहमा आबद्ध नगरिएको कारण पूरै हप्ता भेलामा आएका थिएनन्, र कतिपयका धारणाहरू सङ्गतिद्वारा समाधान नगरिएका कारण तिनीहरू भेलामा अइरहेका थिएनन्। यो सुन्दा मलाई अलिक नरमाइलो लाग्यो। मैले गैरजिम्‍मेवार भएर तिनीहरूको वास्ता नगरेको कारण यसो भएको हो भन्‍ने मलाई महसुस भयो, तर मैले आत्म-चिन्तन गरिनँ वा आफ्‍नो समस्या बुझ्‍ने प्रयास गरिनँ। चाँडै नै, ती दुई सिस्टरहरूको जिम्मामा रहेका केही नयाँ विश्‍वासीहरूको जीवनमा कठिनाइहरू आएको कारण तिनीहरू निराश भए, र भेलाहरूमा सहभागी हुन छोडे। मैले तिनीहरूलाई अलिक राम्ररी चिनेको हुनाले अगुवाले मलाई तिनीहरूलाई सहयोग गर्न अनुरोध गरिन्। मलाई सहयोग गर्न खासै मन लागेन। अहिले ती नयाँ विश्‍वासीहरू अरू सिस्टरहरूको जिम्मामा थिए, र तिनीहरूलाई साथ दिनमा मैले आफ्‍नो समय खर्च गरेँ भने, त्यसले मेरो कामका परिणामहरूमा असर गर्नेथियो। मैले यसबारे जति विचार गरेँ, मलाई बेफाइदाजस्तो लाग्यो, र यो काम इन्कार गर्ने बहाना बनाएँ। थप कुनै पनि नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने काम लिन नसक्‍ने गरी म व्यस्त छु भनेर बताएँ।

पछि, अगुवाले हाम्रो कामको प्रगति जाँच गरिन् र किन कतिपय नयाँ विश्‍वासीहरूलाई समूहमा आबद्ध गरिएको छैन र धेरै जना भेलाहरूमा आइरहेका छैनन् भनेर सोधिन्। उनी यसको कारण जान्‍न चाहन्थिन्। मैले निर्धक्‍कसाथ भनेँ, “मैले यसबारे अरू सिस्टरहरूसँग कुरा गरेकी छु तर तिनीहरूले यसलाई समयमा समाधान गरेनन्।” त्यसपछि अगुवाले मलाई सोधिन्, “के यो पूर्ण रूपमा तिनीहरूको जिम्‍मेवारी हो, र तपाईंसँग यसको कुनै सम्‍बन्ध छैन?” मैले अझै पनि मनमनै यो कुरालाई सही साबित गरिरहेकी थिएँ: मैले केही गलत गरेकी छैनँ—मैले आफ्‍ना सबै जिम्‍मेवारीहरू सम्‍हालेकी छु, र मैले ती नयाँ विश्‍वासीहरूलाई दुई जना सिस्टरहरूको हातमा सुम्पिदिएकी छु। यो मेरो जिम्‍मेवारीको दायरामा पर्दैन। मैले तिनीहरूलाई कुनै ध्यान नदिनु पूर्ण रूपमा उचित कुरा हो। अगुवाले मलाई स्वार्थी भएको र आफ्‍नो कर्तव्यमा आफ्‍नै मात्र काम पूरा गर्ने भन्दै आलोचना गरिन्। अरू सिस्टरहरूको काममा समस्या थियो, तर मैले देखेर पनि त्यो समस्यालाई वास्ता गरिनँ गरिनँ, जसले गर्दा धेरै नयाँ विश्‍वासीहरू भेलाहरूमा आउन छोडे। त्यो गैरजिम्‍मेवार काम थियो। उनले मलाई आफ्‍ना व्यक्तिगत समस्याहरूबारे मनन गर्न मेरो कर्तव्य अस्थायी रूपमा रोकिन्। त्यो बेला म स्तब्ध भएँ। त्यो बेला मैले त्यो तथ्यलाई स्वीकार गर्नै सकिनँ। केही नयाँ विश्‍वासीहरू भेलाहरूमा सहभागी नहुनुको पछाडि के म मात्रै जिम्‍मेवार थिएँ? त्यो बेला तिनीहरूलाई मलजल गर्ने कामको जिम्‍मा अरू सिस्टरहरूको थियो। यसको लागि जिम्‍मेवार तुल्याइनुपर्ने व्यक्ति म होइन। कर्तव्य गर्न नपाउँदा म दुःखी भएँ, र आँसु रोक्‍नै सकिनँ। केही दिनसम्‍म, म दुःखी भएँ, मानौँ मेरो मुटुमा छुरा रोपिएको छ। मैले प्रार्थना गरिरहेँ, परमेश्‍वरलाई पुकारिरहेँ, र आत्मचिन्तन गरिरहेँ।

मैले खोजी गर्दा परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “तैँले जे सोचिरहेको भए पनि, तैँले सत्यताको अभ्यास गरिरहेको हुँदैनस्, तँमा कुनै बफादारी हुँदैन, र सधैँ तेरा व्यक्तिगत अभिप्रायहरू समावेश भई आउँछन्, र तैँले सधैँ आफ्‍नै सोचाइ र विचार बोकिरहेको हुन्छस्। परमेश्‍वरले यी कुराहरू हेरिरहनुभएको हुन्छ, परमेश्‍वरलाई थाहा हुन्छ—के तँ परमेश्‍वरलाई थाहा हुँदैन भनी सोच्छस्? तँ अत्यन्तै मूर्ख छस्, र यदि तैँले तुरुन्तै पश्‍चात्ताप गरिनस् भने, तैँले परमेश्‍वरको काम गुमाउनेछस्। तैँले किन उहाँको काम गुमाउनेछस्? किनभने परमेश्‍वरले मानिसहरूको अन्तस्करण जाँच्‍नुहुन्छ। उहाँले तिनीहरूमा भएका सबै युक्ति र चलाकीहरूलाई स्पष्ट रूपमा देख्‍नुहुन्छ, र उहाँलाई तिनीहरूको हृदयमा उहाँविरुद्ध बार लगाइएको, र तिनीहरू उहाँसँग एउटै हृदयका नभएको कुरा थाहा हुन्छ। तिनीहरूको हृदयलाई परमेश्‍वरबाट टाढै राख्‍ने मुख्य कुराहरू के-के हुन्? तिनीहरूका विचार, तिनीहरूका चासोहरू र घमण्ड, र तिनीहरूका आफ्‍नै तुच्छ युक्तिहरू। जब मानिसहरूको हृदयमा तिनीहरूलाई परमेश्‍वरबाट अलग गर्ने कुराहरू हुन्छन्, र तिनीहरू यी कुरामा तल्‍लीन भइरहेका हुन्छन्, सधैँ युक्ति रचिरहेका हुन्छन्, यो समस्याको कुरा हो। यदि तँ कमजोर क्षमता र थोरै अनुभव भएको व्यक्ति होस्, तर तँ सत्यताको खोजी गर्न इच्‍छुक छस् र परमेश्‍वरसँग तँ सधैँ एउटै हृदयको छस् भने, यदि परमेश्‍वरले तँलाई सुम्‍पनुभएका सबै कुरामा तैँले सानातिना चलाकीहरू नगरी तनमन लगाउन सक्छस् भने, परमेश्‍वरले त्यो कुरा देख्‍नुहुनेछ। यदि तैँले पर्खाल लगाई सधैँ तेरो हृदयलाई परमेश्‍वरबाट टाढा राख्छस् भने, यदि तैँले आफूभित्र तुच्छ षड्यन्त्रहरू पाल्छस्, सधैँ आफ्‍नै हित र घमण्डको लागि जिउँछस्, सधैँ यी कुराहरूको बारेमा मनमा हिसाबकिताब गरिरहेको हुन्छस्, र तँ ती कुराहरूको नियन्त्रणमा हुन्‍छस् भने, परमेश्‍वर तँप्रति सन्तुष्ट हुनुहुनेछैन, र उहाँले तँलाई अन्तर्दृष्टि र ज्योति दिनुहुनेछैन वा तँलाई स्वीकार गर्नुहुनेछैन, र तेरो हृदय झन् अँध्यारो हुनेछ, त्यसको अर्थ तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा वा कुनै काम गर्दा गडबड गर्नेछस्, अनि त्यो लगभग व्यर्थको हुनेछ। यस्तो किन हुन्छ भने तँ साह्रै स्वार्थी र नीच छस्, सधैँ आफ्नै फाइदाका लागि षड्यन्त्र रच्छस्, र परमेश्‍वरप्रति इमानदार छैनस्, किनभने तैँले धूर्त बन्‍ने आँट गर्छस् र परमेश्‍वरलाई धोका दिने प्रयास गर्छस्, र तँ सत्यता स्वीकार नगर्ने मात्र होइन, आफ्नो कर्तव्य निर्वाह गर्नमा समेत चिप्ले छस्—जुन साँचो अर्थमा परमेश्‍वरमा अर्पित हुनु होइन। जब तँ कर्तव्य निर्वाह गर्नमा आफ्नो हृदय लगाउँदैनस्, र नामको लागि मात्र केही प्रयास गर्छस्, र यसलाई अझ धेरै लाभ प्राप्त गर्ने, हैसियत र प्रतिष्ठा हत्याउने अवसरको रूपमा प्रयोग गर्छस्, र तँलाई काटछाँट र निराकरण गर्दा, यदि तैँले त्यो स्वीकार र पालन गर्दैनस् भने, तैँले परमेश्‍वरको स्वभावलाई चिढ्याउने प्रबल सम्भावना हुन्छ। परमेश्‍वरले मानिसको भित्री मानवता जाँच्नुहुन्छ: यदि तैँले पश्‍चात्ताप गर्दैनस् भने, तँ खतरामा पर्नेछस्, र सम्भवतः परमेश्‍वरद्वारा हटाइनेछस्, र त्यस अवस्थामा तैँले परमेश्‍वरको अनुमोदन प्राप्त गर्ने मौका कहिल्यै पाउनेछैनस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमा विश्‍वास गर्दा सबैभन्दा महत्वपूर्ण कुरा सत्य अभ्यास गर्नु हो)। परमेश्‍वरका वचनहरूले मेरो वास्तविक स्थिति प्रकट गरिदिए। मैले आफ्‍नो कर्तव्यमा परमेश्‍वरसँग हिसाबकिताब गरिरहेकी थिएँ, पूर्णतया आफ्‍नै हितका लागि षड्यन्त्र गरिरहेकी थिएँ। आफूलाई फाइदा पुग्ने काम गरेर म खुसी हुन्थेँ, अन्यथा, म त्यसलाई ध्यान दिँदिनथिएँ। मैले मलजल गर्नुपर्ने विश्‍वासीहरूलाई निकै ध्यान दिएँ किनभने तिनीहरू आउन छोड्छन् भन्‍ने मलाई डर थियो, तर म जिम्‍मेवार नरहेका मानिसहरूलाई कुनै ध्यान दिइनँ। तिनीहरू अरू सिस्टरहरूलाई सुम्पिएको हुनाले, यदि तिनीहरूलाई राम्ररी मलजल गरिएन र समस्या आयो भने, यसमा मेरो कुनै सम्‍बन्ध हुँदैन भन्‍ने मलाई लागेको थियो, त्यसकारण मैले यसको लागि जिम्‍मेवारी लिनुपर्दैन, र मेरा हितहरूमा असर पर्दैन। त्यसकारण ती नयाँ विश्‍वासीहरू आफ्ना समस्याबारे कुरा गर्न मकहाँ आउँदा, तिनीहरू मेरो जिम्‍मेवारीको दायरामा नरहेको देख्दा, मैले तिनीहरूसँग सङ्गति चाहिनँ। तिनीहरूलाई अलिकति सहयोग गर्दा, मैले झारा मात्रै टारेँ। तिनीहरू सामान्य रूपमा भेलाहरूमा नआइरहेको देखेर अगुवाले मलाई तिनीहरूलाई सहयोग गर्न अनुरोध गरिन्, तर मैले त्यो काम नगर्ने बहाना बनाएँ। नयाँ विश्‍वासीहरूले जतिसक्दो चाँडो साँचो मार्गमा जग बसालून् भनेर मैले तिनीहरूलाई कसरी राम्ररी मलजल गर्ने भन्‍ने बारेमा सोचिरहेकी थिएँ। मैले परमेश्‍वरको इच्‍छालाई अलिकति पनि ध्यान नदिई आफ्‍नै हितहरूबारे मात्र विचार गरिरहेकी थिएँ। म अत्यन्तै स्वार्थी र खराब थिएँ! मैले हाम्रो काम र जिम्‍मेवारीका सीमा एकदमै स्पष्ट रूपमा कोरेकी थिएँ। मैले आफ्‍नो जिम्‍मेवारीभन्दा बाहिरको कुनै पनि कुरालाई बेवास्ता गर्नु पूर्ण रूपमा उचित कुरा हो, र कुनै पनि समस्यासँग मेरो केही सम्‍बन्ध हुँदैन भन्‍ने सोचेँ। म त मालिकको लागि काम गर्ने अविश्‍वासीजस्तै थिएँ, मानौँ मलाई मैले गरेको कामको आधारमा पारिश्रमिक दिइएको थियो। म आफ्‍नै हितहरूका बारेमा मात्रै विचार गर्थेँ र त्योभन्दा बढी केही पनि गर्दिनथिएँ। म अलिकति पनि थप मेहनत गर्न इच्‍छुक हुँदिनथिएँ। त्यो कसरी आफ्‍नो कर्तव्य पूरा गरेको भयो र? म त सेवाकर्ता मात्रै थिएँ। त्यो मेरो मनोवृत्ति परमेश्‍वरका लागि साँच्‍चै नै घिनलाग्दो थियो। कतिपय नयाँ विश्‍वासीहरूले बाटो बिराएका साना बालबच्‍चाजस्तै भेला समूह भेट्टाउन सकेका थिएनन् र तिनीहरू हताश देखिन्थे। तिनीहरू मकहाँ आए, र मैले तिनीहरूलाई कुनै समूहमा आबद्ध हुन सहयोग गर्नुपर्थ्यो, र तिनीहरूका समस्याहरूबारे सङ्गति गर्नुपर्थ्यो। यसो गर्नुको सट्टा, म स्वार्थी भएर आफ्‍नै काममा व्यस्त भएँ र तिनीहरूलाई बेवास्ता गरेँ, त्यसकारण ती नयाँ विश्‍वासीहरू भेलाहरूमा सहभागी भएनन्। यो सोच्दा म पछुतो र आत्मग्‍लानिले भरिएँ, र मलाई ममा कुनै मानवता छैन जस्तो लाग्यो। काटछाँट र निराकरणमा पर्नु अनि मेरो कर्तव्य रोकिनु परमेश्‍वरको धार्मिकता थियो।

पछि, मैले एउटा गवाही भिडियो हेरेँ जसमा परमेश्‍वरका वचनहरूको एउटा खण्ड उद्धृत गरिएको रहेछ र त्यो खण्डले मलाई आफ्‍नो बारेमा बुझ्‍न सहयोग गर्‍यो। “ख्रीष्टविरोधीहरूसित कुनै विवेक, सुझबुझ वा मानवता हुँदैन। तिनीहरूमा कुनै सरमसमेत हुँदैन, त्यसमाथि तिनीहरूसित अर्को पहिचान पनि हुन्छ: तिनीहरू असामान्य रूपले स्वार्थी र नीच हुन्छन्। तिनीहरूको ‘स्वार्थीपन र नीचता’ को शाब्दिक अर्थ बुझ्न त्यति गाह्रो छैन: तिनीहरूले आफ्नो हितबाहेकका सबै कुराप्रति आँखा चिम्लन्छन्। आफ्ना हितहरूसित सम्बन्धित जुनसुकै कुरामा तिनीहरूको पूरा ध्यान जान्छ, र तिनीहरूले यसका लागि दु:ख भोग्नेछन्, मूल्य चुकाउनेछन्, तिनीहरूले आफैलाई त्यसमा तल्लीन बनाउनेछन्, आफैलाई त्यसमा समर्पित गर्नेछन्। तिनीहरूको हितसित सम्बन्धित नभएको कुनै पनि थोकप्रति तिनीहरूले आफ्ना आँखाहरू बन्द गर्छन् र त्यसमा कुनै ध्यान दिँदैनन्; अरूले आफूलाई जस्तो मन लाग्यो त्यसै गर्न सक्छन्—कुनै व्यक्ति विभाजनकारी वा विघटनकारी हुँदैछ भने पनि तिनीहरू त्यसलाई वास्ता गर्दैनन्, र तिनीहरूलाई यो कुराको सरोकार तिनीहरूसित हुँदैन भन्‍ने लाग्छ। व्यावहारिक रूपमा भन्नुपर्दा, तिनीहरूले आफ्नै काममा ध्यान दिन्छन्। तर यस किसिमको व्यक्ति नीच, घिनलाग्दो, दुःखी हुन्छ भनी भन्दा अझै सटीक हुन्छ; हामी तिनीहरूलाई ‘स्वार्थी र नीच’ को रूपमा परिभाषित गर्दछौं। … तिनीहरूले चाहे जुनै कार्यको जिम्मा लिए पनि यस प्रकारको व्यक्ति, जो ख्रीष्ट विरोधी हो, उसले परमेश्‍वरको घरका हितहरूबारे कहिल्यै कुनै विचार गर्दैन। तिनीहरू आफ्ना हितहरू प्रभावित होला कि भन्ने मात्र सोच्छन्, तिनीहरू आफ्नो अगाडि भएको र आफूलाई फाइदा गर्ने थोरै कामको बारेमा मात्र सोच्छन्। तिनीहरूको लागि मण्डलीको प्राथमिक काम आफ्नो फुर्सदको समयमा गर्ने काम मात्र हुन्छ। तिनीहरूले यसलाई कुनै गम्भीरतासाथ लिँदैनन्। तिनीहरूले झारातिरुवा शैलीको प्रयत्‍न मात्र लगाउँछन्, आफूलाई मनपर्ने काम मात्र गर्छन्, र आफ्नो पद र शक्ति कायम राख्‍ने काम मात्र गर्छन्। तिनीहरूको नजरमा, परमेश्‍वरको घरद्वारा प्रबन्ध गरिएको कुनै पनि काम, सुसमचार प्रचार गर्ने काम र परमेश्‍वरका चुनिएका जनहरूको जीवन प्रवेशको कुनै महत्त्व हुँदैन। अरू मानिसहरूलाई तिनीहरूको काममा जस्तोसुकै कठिनाइहरू भए पनि, तिनीहरूले जुनै समस्या पहिचान गरे पनि वा तिनीहरूलाई जुनै समस्याको उजुरी दिए पनि, तिनीहरूका कुराहरू जति नै इमानदार भए पनि, ख्रीष्टविरोधीहरूले त्यसमा ध्यान दिँदैनन्, तिनीहरू संलग्न हुँदैनन्, मानौं, तिनीहरूसित यसको कुनै सम्बन्ध छैन। तिनीहरू मण्डलीका मामिलाहरूप्रति बिलकुलै उदासीन हुन्छन्, चाहे ती मामिलाहरू जति नै ठूला किन नहोऊन्। समस्या तिनीहरूको अगाडि हुँदा पनि तिनीहरू झारा टार्न मात्र त्यसको सम्बोधन गर्छन्। जब तिनीहरूलाई सीधै माथिबाट निराकरण गरिन्छ र समस्या समाधान गर्ने आदेश दिइन्छ तब मात्र तिनीहरू मन नलागी-नलागी थोरै वास्तविक काम गर्छन् र माथिकालाई देखाउनका लागि दिनेछन्; त्यसको लगत्तै, तिनीहरू आफ्नै काममा लागिरहन्छन्। मण्डलीको कामप्रति, अझ विस्तृत सन्दर्भको महत्त्वपूर्ण कुराप्रति रुचि देखाउँदैनन्, र तिनलाई बेवास्ता गर्छन्। तिनीहरू आफूले थाहा पाएका समस्याहरूलाई पनि बेवास्ता गर्छन्, र त्यस्ता समस्याहरूको बारेमा सोध्दा तिनीहरूले झारा टार्ने जबाफ दिन्छन्, तँलाई कुनै भाउ नदिन शब्दजाल प्रयोग गर्छन्, र मन नलागीनलागी त्यसलाई सम्बोधन गर्छन्। यो स्वार्थीपन र नीचताको अभिव्यक्ति हो, होइन र?(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभावको सारको सारांश (भाग एक))। परमेश्‍वरका वचनहरूको यो खण्डले सीधै मेरो हृदय छोयो। मैले त ख्रीष्टविरोधीले जस्तै अत्यन्तै स्वार्थी र खराब व्यवहार गरिरहेकी थिएँ, आफूले गर्ने सबै कुरामा आफ्‍नै हितहरूबारे मात्रै सोचिरहेकी हुन्थेँ। कुनै नयाँ विश्‍वासी भेलाहरूमा आउन छोड्दा, यदि यसले मेरा परिणामहरूमा असर गरेको भए, मैले जति नै मूल्य चुकाउनुपरे पनि, जति नै कडा परिश्रम गर्नुपरे पनि, म खुसीसाथ तिनीहरूलाई मलजल र सहयोग गर्थेँ, र म कहिल्यै पनि थकित हुँदिनथिएँ। तर अरू सिस्टरहरूको जिम्‍मेवारीमा रहेका नयाँ विश्‍वासीहरूले भेला समूह नभेट्टाएको देख्दा, त्यो समस्या समाधान गर्नु मेरो बायाँ हातको खेल थियो, तर पनि समाधान गरिनँ। मलाई के महसुस भयो भने मलाई शैतानले गहन रूपमा भ्रष्ट तुल्याएको छ, र “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “हरेक मान्छेलाई आफ्‍नो काम आफै गर्न दिनुपर्छ,” र “इनामविना औँलो पनि नउठाउनू” जस्ता शैतानी विषहरूअनुसार म जिउँथेँ। म स्वार्थी र खराब, अनि धूर्त थिएँ। ती नयाँ विश्‍वासीहरूले परमेश्‍वरका आखिरी दिनहरूको कामलाई भर्खरै स्वीकार गरेका थिए र तिनीहरूले अनेक किसिमका प्रलोभनहरू सामना गरिरहेका थिए। तिनीहरूलाई साथ दिने कोही पनि थिएन र तिनीहरू सहभागी हुने सभाहरू थिएनन्। तिनीहरूलाई कुनै पनि समयमा शैतानले लैजान सक्थ्यो। त्यसकारण, नयाँ विश्‍वासीहरूलाई राम्ररी मलजल गर्नु परमेश्‍वरको घरको कामका लागि महत्त्वपूर्ण हुन्छ। जोकोहीका लागि परमेश्‍वरको अघि आउनु सजिलो छैन। एक व्यक्तिलाई मुक्ति दिनका लागि परमेश्‍वरले कति परिश्रम गर्नुहुन्छ हामीलाई थाहा हुँदैन। विवेक र मानवता भएको व्यक्तिलाई नयाँ विश्‍वासीहरू भेलामा नआएको देख्दा चिन्ता लाग्छ। तिनीहरूले अरूसँगै उनीहरूलाई पनि कसरी एउटै हृदय र मनको भएर सहयोग गर्ने भनेर विचार गर्छन्, ताकि तिनीहरूले सत्यता बुझ्‍न सकून अनि जतिसक्दो चाँडो साँचो मार्गमा जग बसालून्। तर मैले सबैभन्दा माथि आफ्‍नै हितहरूलाई राखेँ, र नयाँ विश्‍वासीहरू सामान्य रूपमा भेलाहरूमा सहभागी नभएको कुरालाई वास्ता गरिनँ। मैले तिनीहरूलाई सहायता गर्न अलिकति पनि समय निकाल्‍न चाहिनँ। मैले कसरी परमेश्‍वरको इच्‍छाप्रति विचारशील भएको देखाइरहेकी थिएँ र? मलाई आलोचना गरियो र पनि मैले आफूलाई अझै बुझिनँ, र निर्धक्‍कसाथ आफ्‍ना जिम्‍मेवारीहरूलाई पन्छ्याएँ। त्यसपछि मलाई ममा कुनै विवेक रहेनछ, म रुखो र निठुरी रहेछु भन्‍ने थाहा भयो। मैले आफ्‍नो जिम्‍मेवारीको क्षेत्रलाई मात्रै व्यवस्थापन गरेर, अनि आफ्‍नै परिणामहरूलाई मात्रै सुनिश्‍चित गरेर बाठो काम गरिरहेकी छु, मलाई बर्खास्त गरिनेछैन भन्‍ने मलाई लागेको थियो। म कति विवेकहीन रहेछु। परमेश्‍वरले व्यक्तिका काममा उसका अभिप्रायहरू, उसले परमेश्‍वरका लागि साँचो रूपमा परिश्रम गरिरहेको छ कि छैन, मण्डलीको कामलाई कायम गरिरहेको र परमेश्‍वरको इच्‍छाबारे सोचिरहेको छ कि छैन भन्‍ने कुरालाई हेर्नुहुन्छ, उसको बाहिरी परिणामहरूलाई मात्रै हेर्नुहुन्न। यदि आफ्‍नो कर्तव्यमा सधैँ व्यक्तिगत हितहरूलाई मात्रै कायम राखियो, कष्ट भोग्‍न र मूल्य चुकाउन सके पनि, आफ्नो भ्रष्ट स्वभाव परिवर्तन भएको छैन भने, परमेश्‍वरले अन्त्यमा खुलासा गरेर हटाउनुहुनेछ। मैले परमेश्‍वरको इच्‍छा वा स्वभावलाई बुझिनँ। मैले आफूलाई रक्षा गर्न जाल गरेँ, र आफ्‍नै कामलाई मात्रै वास्ता गरेँ, यी नयाँ विश्‍वासीहरूलाई बाधा दिएँ र चोट पुर्‍याएँ। मेरा तुच्छ हिसाबकिताब र खराब अभिप्रायहरू परमेश्‍वरको छानबिनबाट उम्‍कन सक्दैनथिए। अन्तिममा, मैले आफूलाई रक्षा गरिनँ, तर मलाई खुलासा गरेर बर्खास्त गरियो। परमेश्‍वरको धर्मी स्वभाव ममाथि खनिएको थियो—मैले जे रोपेँ त्यसैको कटनी गरिरहेकी थिएँ। मलाई असाध्यै पछुतो भयो, र यति स्वार्थी भएकोमा आफैप्रति घृणा जाग्यो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे सर्वशक्तिमान् परमेश्‍वर, म आफ्‍नो कार्यमा व्यक्तिगत हितहरूबारे मात्र विचार गर्छु, जसले गर्दा नयाँ विश्‍वासीहरू भेलामा सहभागी भएनन्। ममा पटक्कै मानवता रहेनछ र म दण्डको योग्य छु। बर्खास्त हुनु तपाईंको धार्मिकता र त्योभन्दा पनि बढी तपाईंको प्रेम थियो। म तपाईंको अघि पश्‍चात्ताप गर्न, अनि यी नयाँ विश्‍वासीहरूलाई साथ र सहयोग गर्न चाहन्छु ताकि तिनीहरूले जतिसक्दो चाँडो मण्डली जीवन जिउन सकून्।”

त्यसपछि, भेलाहरूमा सहभागी नहुने नयाँ विश्‍वासीहरूलाई सहयोग गर्न मैले ती दुई सिस्टरसँग काम गरेँ। कतिपय नयाँ विश्‍वासीहरूले आफ्‍नो जीवनमा कठिनाइ भोगिरहेका छन् भन्‍ने हामीले थाहा पायौँ, र तिनीहरूलाई परमेश्‍वरका वचनहरूमा सङ्गति गरेर मदत गऱ्यौँ। तिनीहरूले निकै प्रगति गर्न थाले र मण्डली जीवनमा सहभागी हुन चाहे। सङ्गतिद्वारा सहयोग र साथ पाएर, कतिपय नयाँ विश्‍वासीहरूले फेरि भेलाहरूमा आउने इच्‍छा गरे। मलाई निकै खुसी लाग्यो। मैले मसँग काम गर्ने ती दुई सिस्टरलाई के पनि भनेँ भने, कुनै नयाँ विश्‍वासी भेलाहरूमा सामान्य रूपमा सहभागी नहुनेबित्तिकै, वा सम्पर्कमा नआउनेबित्तिकै तिनीहरूले मलाई बताइहाल्नुपर्छ, ताकि म उसलाई मलजल र सहयोग गर्न सकूँ। यस कुरालाई अभ्यास गर्दा मलाई निकै शान्ति भयो। केही दिनपछि, अगुवाले मलाई म फेरि नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने कामको जिम्‍मा लिन सक्छु भनेर भनिन्। यो खबर सुनेपछि मैले आँसु रोक्‍न सकिनँ। म ब्रदर-सिस्टरहरूप्रति एकदमै गैरजिम्‍मेवार, असाध्यै स्वार्थी भएकी थिएँ, तर मण्डलीले मलाई त्यो कर्तव्य लिने अर्को मौका दियो। मैले परमेश्‍वरलाई उहाँको कृपाको लागि हार्दिक धन्यवाद दिएँ!

पछि मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ: “जब तैँले समस्या पत्ता लगाउँछस्, तब सुरुमा तैँले आफै समाधान गर्न सक्छस् कि सक्दैनस्, हेर्। सक्छस् भने, यसलाई सम्हाल्, र अन्त्यसम्‍मै जिम्मेवारी उठा। यसलाई पूरा गर्; आफ्‍नो जिम्‍मेवारी राम्ररी पूरा गर्, ताकि तैँले परमेश्‍वरको अघि यसको लेखा दिन सक्। आफ्‍नो कर्तव्य पूरा गर्नु, एकदमै समझदारीसाथ कार्य र व्यवहार गर्नु भनेको यही हो। यदि तँ समस्या समाधान गर्न सक्दैनस् भने, यसबारेमा अगुवासित कुरा गर् र यो कामको लागि को उचित छ हेर्। तैँले सुरुमा आफ्नै जिम्‍मेवारी पूरा गर्नुपर्छ। त्यसो गर्दा, तैँले आफ्‍नो कर्तव्य पालन गरिरहेको र सही स्थान लिइरहेको हुन्छस्। यदि तैँले समस्या देखेर पनि यसलाई समाधान गर्न सक्दैनस् र अगुवालाई यसबारेमा रिपोर्ट गर्छस् भने, तैँले आफ्‍नो पहिलो जिम्‍मेवारी पूरा गरेको हुन्छस्। यदि तँलाई त्यो मामला तैँले पूरा गर्नुपर्ने कर्तव्य हो र तँ त्यो गर्न सक्‍ने अवस्थामा छस् भन्‍ने लाग्छ भने, तैँले तेरा ब्रदर-सिस्टरहरूको सहयोग माग्‍नुपर्छ। सिद्धान्तहरूका बारेमा सङ्गति गर्दै, र यसका समाधान निर्धारित गर्दै काम सुरु गर्, र त्यसपछि त्यो काम पूरा गर्न तिनीहरूसँग सद्‌भावपूर्ण सहकार्य गर्। यो तेरो दोस्रो जिम्‍मेवारी हो। यदि तैँले यी दुवै जिम्‍मेवारीहरू पूरा गर्न सक्छस् भने, तँ सृष्टि गरिएको प्राणीको रूपमा सन्तोषजनक छस्, र तैँले आफ्‍नो कर्तव्य राम्ररी निभाइरहेको छस्। मानिसको कर्तव्य यी दुई कुराभन्दा बढी हुँदैन। यदि तैँले आफूले देखेका सबै कुरा जिम्मा लिन र सम्‍हाल्‍न सक्छस्, र आफ्‍नो कर्तव्य राम्ररी निभाउन सक्छस् भने, तँ परमेश्‍वरको इच्‍छाअनुरूप हुनेछस्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु ४: तिनीहरू आफैलाई उच्च पार्छन् र आफ्नै बारेमा गवाही दिन्छन्)। परमेश्‍वरका वचनहरू अत्यन्तै स्पष्ट छन्। परमेश्‍वरको घरमा, हरेकको कर्तव्य फरक-फरक भए पनि र हाम्रा जिम्‍मेवारीहरू विभाजित भए पनि, काम फरक-फरक भए पनि, परिवार एउटै हुन्छ। कुनै कुरा तपाईंको जिम्‍मेवारीको दायराभित्र नपर्न सक्छ, तर समस्या देख्‍नुभयो भने, के गर्नुपर्छ गर्नुहोस्। ब्रदर-सिस्टरहरूसँग कसरी काम गर्ने त्यसबारे विचार गर्नुहोस्, ताकि मण्डलीको काममा असर नपरोस्। कुनै कुरा आफै समाधान गर्न सक्‍नुहुन्‍न भने, मण्डलीको कामलाई कायम राख्न र आफ्‍नो कर्तव्य पूरा गर्न अरू ब्रदर-सिस्टरहरूसँग सहकार्य गर्नुहोस् वा यसबारे अगुवालाई बताउनुहोस्। यदि समस्या देख्‍नुभयो तर ध्यानै नदिई हात बाँधेर बस्‍नुभयो भने, तपाईं कर्मचारी, सेवाकर्ता मात्र हुनुहुन्छ, परमेश्‍वरको परिवारको सदस्य हुनुहुन्न। त्यो कुरा महसुस गरेपछि, मैले हृदयमा परमेश्‍वरलाई प्रार्थना गरेँ, र परमेश्‍वरका मापदण्डहरूअनुसार आफ्‍नो कर्तव्य पूरा गर्न दृढ भएँ।

मलाई याद छ, पहिले एकपटक उचित रूपमा भेलामा आइरहेका एक जना नयाँ विश्‍वासी अचनाक आउन छोडे—किन हो हामीलाई थाहा भएन। हामीले उनलाई सम्पर्क गर्नै सकेनौँ। त्यसपछि एक दिन साँझ, उनले मलाई हालखबर के छ भनेर सोध्दै अचानक मेसेज पठाइन्। मैले सोचेँ, उनलाई सम्पर्क गर्न अत्यन्तै गाह्रो भएको थियो, त्यसकारण उनीसँग यही मौकामा राम्ररी कुराकानी गर्नुपर्छ, र उनलाई केही समस्या पो पऱ्यो कि हेर्नुपर्छ। तर त्यसपछि सोचेँ, म भेलाको लागि सामग्री तयार गर्नमा व्यस्त छु र मसँग सीमित समय छ। यदि मैले आफ्नो समय उनलाई सहयोग गर्न बिताएँ भने, मेरो आफ्‍नै काम रोकिन सक्छ। सोचेँ, मैले उनीसँग कुरा गर्न अरू कसैलाई लगाउनुपर्छ, र जेहोस्, म उनीप्रति जिम्‍मेवार छैनँ। अनि त आफूले गर्नुपर्ने काम ढुक्कले गर्न सक्छु। यो सोच्दा, जिम्मेवारीबाट भाग्न खोज्नु फेरि स्वार्थी र गैरजिम्‍मेवार बन्‍नु हो भनेर मलाई महसुस भयो। यो सिस्टरले प्रयास गरेर मलाई सम्पर्क गरेकी थिइन्, त्यसकारण मैले उनलाई सहयोग र साथ दिन यो मौका लिनुपर्थ्यो। त्यसकारण, मैले उनलाई भिडियो कल गरेँ। हाम्रो कुराकानीमा, मैले उनका श्रीमानले उनलाई भेलाहरूमा जान नदिने रहेछन् भन्‍ने मैले थाहा पाएँ। उनलाई विवश महसुस भइरहेको रहेछ र उनको स्थितिमा असर पुगेको थियो, त्यसकारण उनी भेलाहरूमा आउन छोडेकी रहेछिन्। मैले उनको स्थितिलाई सम्‍बोधन गर्ने परमेश्‍वरका केही वचनहरू खोजेँ र परमेश्‍वरको इच्‍छाबारे उनीसँग सङ्गति गरेँ। मैले उनलाई यो परिस्थिति पार गर्नका लागि परमेश्‍वरमा भरोसा गर्न पनि प्रोत्साहन दिएँ। परमेश्‍वरका वचनहरू पढेपछि उनको मुहारमा मुस्कान छायो, र उनले यो परिस्थिति पार गर्ने आत्मविश्‍वास व्यक्त गरिन्। उनले आफूलाई परमेश्‍वरका यिनै वचनहरूको खाँचो थियो भनेर भनिन् अनि भेलाहरूमा सहभागी हुने इच्‍छा व्यक्त गरिन्। उनले त्यसो भन्दा, मलाई खुसी लाग्यो तर मलाई आत्मग्लानि पनि भयो। आत्मग्लानि हुनुको कारण के थियो भने मैले आफ्‍नै हितहरूबारे मात्रै विचार गरेकी थिएँ। मैले झण्डै आफ्‍नो जिम्‍मेवारीलाई पन्छाएर उनलाई बेवास्ता गरेकी थिएँ। खुसी किन लागेको थियो भने मैले उनलाई परमेश्‍वरका वचनहरू सुनाएर गर्नुपर्ने न्यूनतम काम गरेकी थिएँ। ती सिस्टरलाई आत्मविश्‍वास प्रदान गर्ने र श्रीमानको नियन्त्रणबाट मुक्त हुन अभ्यासको मार्ग दिने परमेश्‍वरका वचनहरू नै थिए। मैले बल्‍ल सत्यता अभ्यास गरेकी थिएँ—मलाई केही मात्रामा भित्री शान्ति महसुस भयो। त्यसपछि यस्तै परिस्थितिहरूको सामना गर्दा मेरो मनोवृत्ति अझ राम्रो भयो। मैले आफ्ना नाफा र घाटाबारे हिसाबकिताब गर्न छोडेँ, र सकेसम्म आफ्नो सबै कुरा यसमा लगाएँ। निराकरणमा पर्नु भनेको हाम्रो लागि जीवनमा प्रवेश गर्ने राम्रो मौका हो। निराकरणमा परेकोले अनि परमेश्‍वरका वचनहरू खाएको-पिएको कारण नै मैले आफ्‍नो बारेमा थोरै कुरा सिकेँ, र आफ्‍ना जिम्‍मेवारीहरू पूरा गर्न थालेँ। परमेश्‍वरलाई धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

ईर्ष्या नगरी सहज श्‍वास फेर्ने

अन्जिङ्ग, चीनसन् २०१७ को जनवरीमा, मलाई मण्डलीभित्र सिञ्‍चन गर्ने काम दिइएको थियो। यो काममा प्रशिक्षित हुने मौकाको लागि म परमेश्‍वरप्रति...

सुसमाचार प्रचार गर्नुको चाबी जिम्‍मेवारी नै हो

म आफ्‍नो कर्तव्यलाई त्यति गम्‍भीर रूपमा लिँदिनथिएँ र प्रायजसो सुस्त हुन्थेँ। म प्रायजसो अल्याङटल्याङ गर्थेँ। म सुसमाचार प्रचार गर्न लायक...

चापलुसीबाट के आउँछ

सन् २०१९ मा म वाङसँगै काम गर्ने अगुवा चयन भए। हाम्रो अन्तरक्रियाको क्रममा, मैले थाहा पाएँ कि उनले चीनमा धेरै वर्ष नेतृत्व पदमा सेवा गरेका र...

मेरो छोरोको मृत्युपछि

सन् २०१४ को एक दिन, मेरी छोरीले मलाई अनपेक्षित रूपमा फोन गरी र मेरो छोरालाई माछा मार्दा बिजुलीको झट्का लागेछ भनेर बताई। ठ्याक्कै के भएको हो...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्