421 पवित्र आत्माको काम पाउन प्रार्थनामा आफ्नो हृदयदेखि बोल

पद १

सबैले परमेश्‍वरसँग कुराकानी गर्नुपर्छ।

प्रार्थना बिना, देहमा र

शैतानको बन्धनमा जिउँछौ।

साँचो प्रार्थना बिना, अन्धकारमा जिउँछौ।

उहाँ आशा गर्नुहुन्छ,

सबैले हरेक दिन साँच्चै प्रार्थना गरून्।

यो धर्मसिद्धान्तको पालना होइन।

त्यसमा परिणाम प्राप्त हुनुपर्छ।


पद २

उहाँको न्यूनतम मापदण्ड

उहाँप्रति हृदय खोलिऊन् भन्ने हो।

मानिसले हृदय दिई, सत्य बोलेमा,

उहाँ मानिसमा काम गर्न इच्छुक हुनुहुन्छ।

उसको कुटिल हृदय नभई शुद्ध

र इमानदार हृदय चाहनुहुन्छ।

मानिसले हृदयदेखि कुरा नगरे,

उहाँ उसको हृदय छुनु वा काम गर्नुहुन्न।


कोरस

प्रार्थना सबभन्दा महत्वपूर्ण हुन्छ।

जब आत्माको काम प्रार्थनामा प्राप्त हुन्छ,

छोइनेछौ, उहाँलाई प्रेम गर्ने शक्ति पाउनेछौ।

हृदयले प्रार्थना नगरेमा,

हृदय नखोलेमा र उहाँसँग कुराकानी नगरेमा,

तिमीमा काम गर्ने कुनै तरिका हुनेछैन।


पद ३

प्रार्थनाबारे सबभन्दा महत्वपूर्ण कुरा

साँचो हृदयका शब्द बोल्नु हो।

आफ्ना कमजोरी, विद्रोहीपन

बताई उहाँप्रति पूरै खुल।

तब तिम्रो प्रार्थनामा चासो

दिनुहुनेछ, नत्र मुहार लुकाउनुहुनेछ।

उहाँ सामु हृदय शान्त राख्नुपर्छ,

हृदयलाई उहाँबाट नछुटाऊ।


पद ४

नयाँ, उच्च दृष्टिकोण प्राप्त नगर्दा,

यथास्थिति कायम राख्न प्रार्थना प्रयोग गर।

पछि नहट्न प्रार्थना हुनैपर्छ।

यो गर्नुपर्ने न्यूनतम कुरा हो।

यो वास्ताविकतामा सब प्रवेश गर्नैपर्छ,

प्रार्थनामा सचेत तालिम हुनैपर्छ।

आत्माको उत्प्रेरणा खोज, पर्खेर नबस।

उहाँलाई साँच्चै खोज्नेले गर्ने यही हो।


कोरस

प्रार्थना सबभन्दा महत्वपूर्ण हुन्छ।

जब आत्माको काम प्रार्थनामा प्राप्त हुन्छ,

छोइनेछौ, उहाँलाई प्रेम गर्ने शक्ति पाउनेछौ।

हृदयले प्रार्थना नगरेमा,

हृदय नखोलेमा र उहाँसँग कुराकानी नगरेमा,

तिमीमा काम गर्ने कुनै तरिका हुनेछैन।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “प्रार्थनाको अभ्यासको सम्बन्धमा” बाट परिमार्जित

अघिल्लो: 420 साँचो प्रार्थनाको प्रभाव

अर्को: 425 परमेश्‍वर सामु शान्त हुनेहरूले मात्र जीवनमा ध्यान केन्द्रित गर्छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्