234 परमेश्‍वरका विश्‍वासीहरूले उहाँको आजको इच्छा खोज्नुपर्छ

पद १

धेरैले विश्‍वास गर्छन् कि

बाइबलको बुझाइ र व्याख्या

साँचो मार्ग पत्ता लगाए झैँ हो—

तर के कुराहरू यति सरल छन्?

बाइबलको वास्तविकता कोही जान्दैन।

यो इतिहासको अभिलेख र परमेश्‍वरको

पुरानो कामको प्रमाण बाहेक केही होइन,

उहाँको कामको लक्ष्य बुझाउँदैन।


कोरस

किनकि तँ सिद्धान्त,

इतिहासका ज्ञान नपछ्याई,

जीवन र उहाँको ज्ञान पछ्याउँछस्

र विश्‍वास गर्छस्,

तैँले आजको उहाँको इच्छा खोज्नुपर्छ

र पवित्र आत्माको कामको दिशा खोज्नुपर्छ।


पद २

बाइबल पढेका सबैलाई थाहा छ कि

यसले व्यवस्था र अनुग्रहको युग दौरान,

उहाँको कामको दुई चरणको अभिलेख राख्छ।

पुरानो करारमा इस्राएलको र

सृष्टिदेखि व्यवस्थाको युगको

अन्त्यसम्म यहोवाको कामको इतिहास छ।


पूर्व कोरस १

नयाँ करारले पावलको र

पृथ्वीमा येशूको कामको अभिलेख राख्छ।

के यी ऐतिहासिक अभिलेख होइनन्?


कोरस

किनकि तँ सिद्धान्त,

इतिहासका ज्ञान नपछ्याई,

जीवन र उहाँको ज्ञान पछ्याउँछस्

र विश्‍वास गर्छस,

तैँले आजको उहाँको इच्छा खोज्नुपर्छ

र पवित्र आत्माको कामको दिशा खोज्नुपर्छ।


पद ३

यदि तँ बाइबल मात्रै बुझ्छस्,

तर उहाँको आजको कामबारे केही जान्दैनस्,

र पवित्र आत्माको काम खोज्दैनस् भने,

तँ परमेश्‍वर खोज्नुको अर्थ बुझ्दैनस्।

यदि तँ बाइबल इस्राएलको

इतिहास बुझ्न र उहाँको स्वर्ग र

पृथ्वीको सृष्टि अनुसन्धान गर्न पढ्छस् भने,

तँ उहाँमा विश्‍वास गर्दैनस्।


पूर्व कोरस २

प्राचीन संस्कृती पढेको भए,

बाइबल पढ्न सक्थिस्,

तर तँ उहाँमा विश्‍वास गर्ने व्यक्ति होस्,

र तैंले उहाँको इच्छा खोज्नुपर्छ।


कोरस

किनकि तँ सिद्धान्त,

इतिहासका ज्ञान नपछ्याई,

जीवन र उहाँको ज्ञान पछ्याउँछस्

र विश्‍वास गर्छस,

तैँले आजको उहाँको इच्छा खोज्नुपर्छ

र पवित्र आत्माको कामको दिशा खोज्नुपर्छ,

पवित्र आत्माको काम।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “बाइबल सम्बन्धमा (४)” बाट परिमार्जित

अघिल्लो: 233 यदि त्यो पवित्र आत्माको काम हो भने तिमीले त्यो स्वीकार गर्नुपर्छ

अर्को: 235 मानिसको सोच ज्यादा रुढिवादी छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्