843 के तिमी परमेश्‍वरद्वारा सिद्ध पारिन खोज्ने मानिस हौ?

पद १

तिमी सिद्ध पारिन खोज्ने मानिसमध्ये एक भए,

तिमीले गवाही दिएको हुनेछौ र भन्नेछौ:

“परमेश्‍वरले गरिरहनुभएको कामको हरेक पाइलामा,

मैले न्याय, सजायको यो काम स्वीकारेको छु।

धेरै कष्ट भोगे पनि, मैले उहाँको काम पाएको छु,

उहाँको धार्मिकता र मानिसलाई

कसरी सिद्ध पार्नुहुन्छ भनी जानेको छु।


पद २

परमेश्‍वरको धर्मी स्वभाव ममाथि आएको, मलाई आशिष्, अनुग्रह ल्याएको छ।

उहाँको न्यायले शुद्ध पारेको, सुरक्षा, मुक्ति दिएको छ।

उहाँका कठोर वचन, सजाय, न्यायद्वारा, मुक्ति

पाएको छु, उहाँलाई चिन्छु।”


कोरस

सिद्ध पारिएकाहरू हिँड्ने मार्ग त्यही हो,

तिनले बताउने ज्ञान त्यही हो।

ती जीवन पाएका मानिसहरू हुन्, जो पत्रुस जस्तै हुन्,

परमेश्‍वरको सत्यता भएका मानिस हुन्।

जब तिनीहरू अन्त्यसम्म यो मार्ग हिँड्छन्,

सजाय, न्यायद्वारा पक्कै धोइनेछन् र

शैतानको प्रभावलाई पूर्ण रूपमा हटाउनेछन् र

उहाँद्वारा प्राप्त गरिनेछन्।


पद ३

“उहाँको प्राणीको रूपमा आज मैले देखेको छु,

हामी सृष्टिकर्ताबाट बनाइएका चीजको आनन्द मात्र लिँदैनौ।

तर त्यो भन्दा पनि महत्वपूर्ण,

उहाँद्वारा सृजित प्राणीले उहाँको धर्मी स्वभाव र

न्यायको आनन्द लिनुपर्छ।


पद ४

कारण उहाँको स्वभाव मानिसले आनन्द लिन योग्य छ,

र भ्रष्ट प्राणीले उहाँको धार्मिकताको आनन्द लिनुपर्छ।

उहाँको धर्मी स्वभावमा न्याय, सजाय, महान् प्रेम पनि छ।

मैले उहाँको प्रेम पूरै पाउन नसके पनि,

त्यो देख्न आशिषित भएको छु।”


कोरस

सिद्ध पारिएकाहरू हिँड्ने मार्ग त्यही हो,

तिनले बताउने ज्ञान त्यही हो।

ती जीवन पाएका मानिसहरू हुन्, जो पत्रुस जस्तै हुन्,

परमेश्‍वरको सत्यता भएका मानिस हुन्।

जब तिनीहरू अन्त्यसम्म यो मार्ग हिँड्छन्,

सजाय, न्यायद्वारा पक्कै धोइनेछन् र

शैतानको प्रभावलाई पूर्ण रूपमा हटाउनेछन् र

उहाँद्वारा प्राप्त गरिनेछन्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान” बाट परिमार्जित

अघिल्लो: 842 तिमी सबै कुरामा परमेश्‍वरद्वारा सिद्ध पारिन खोज्नुपर्छ

अर्को: 844 तिमी पत्रुसको मार्गमा हिँड्यौ भने मात्र परमेश्‍वरले तिमीलाई सिद्ध पार्नुहुनेछ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्