739 परमेश्‍वरलाई आदर गर्नेहरू सबै कुरामा परमेश्‍वरलाई प्रशंसा गर्छन्

पद १

परमेश्‍वरलाई नदेखे, वचन नसुने पनि,

अय्यूबको हृदयमा उहाँको निम्ति स्थान थियो।

मनोवृत्ति “यहोवाको नामको प्रशंसा होस्” भन्ने थियो।

उनले बिनासर्त र कारण, सन्दर्भको

वास्ता नगरी उहाँको नामको प्रशंसा गरे।

आफ्नो हृदय उहाँलाई दिएका थिए,

उहाँको नियन्त्रणमा समर्पित हुँदै;

उनका सब निर्णय, सोच, हृदयका योजना

उहाँप्रति खुला थिए, बन्द गरिएका थिएनन्।

उनको हृदय उहाँको विरोधमा उभिएन,

कहिल्यै उहाँलाई केही दिन, गरिदिन आग्रह गरेनन्,

परमेश्‍वरको आराधनाबाट

केही प्राप्त गर्ने ठूला इच्छा राखेनन्।


कोरस

अय्यूबले उहाँसँग लेनदेनको

कुरा र कुनै बिन्ती, माग गरेनन्।

सबथोकमा शासन

गर्ने उहाँको शक्ति, अख्तियारको कारण

उहाँको नामको प्रशंसा गरे;

अय्यूबको प्रशंसा आशिष् पाउनु

वा विपत्ति सामना गर्नुमा निर्भर थिएन।


पद २

विश्‍वास गर्थे कि उहाँले मानिसलाई आशिष्

दिनुभए, विपत्ति ल्याउनुभए पनि

उहाँको शक्ति, अख्तियार बदलिने छैन;

परिस्थिति जस्तो भए पनि, उहाँको

प्रशंसा गरिनुपर्छ।

उहाँको सार्वभौमिकताको कारण

मानिसले आशिष् पाउँछ,

उहाँको सार्वभौमिकताको कारण

उसमाथि विपत्ति पनि आइपर्छ।

उहाँको शक्ति, अख्तियारले

मानिसबारे सबथोक प्रबन्ध र शासन गर्छन्;

उसको बदलिरहने भाग्यमा यो देखाउनुहुन्छ।

दृष्टिकोण जस्तो भए पनि,

उहाँको प्रशंसा गरिनुपर्छ।

अय्यूबले जीवनकालमा यही कुरा

अनुभव गरे र थाहा पाए।

अय्यूबका सब विचार र कार्य उहाँकोमा पुगे,

र तिनलाई महत्वपूर्ण मान्नुभयो।

उनको यस्तो ज्ञान र हृदय भएकोले उहाँले

उनलाई कदर र प्रेम गर्नुभयो।


ब्रिज

उनले सधैँ परमेश्‍वरको आज्ञा पर्खे।

समय वा स्थान जे-जस्तो भए पनि,

आफूमाथि आइपरेका सबै कुरा स्वागत गरे।

उहाँसँग कुनै माग गरेनन्।

उहाँबाट आएका सब प्रबन्ध पर्खन, स्वीकार्न, सामना गर्न,

पालन गर्न आफैलाई आग्रह गरे।

अय्यूबले यो आफ्नो कर्तव्य माने, उहाँले यही नै चाहनुहुन्थ्यो।


कोरस

अय्यूबले उहाँसँग लेनदेनको

कुरा र कुनै बिन्ती, माग गरेनन्।

सबथोकमा शासन

गर्ने उहाँको शक्ति, अख्तियारको कारण

उहाँको नामको प्रशंसा गरे;

अय्यूबको प्रशंसा आशिष् पाउनु

वा विपत्ति सामना गर्नुमा निर्भर थिएन।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २” बाट परिमार्जित

अघिल्लो: 738 परमेश्‍वरलाई सन्तुष्ट पार्न तिमीले उहाँको मापदण्ड हेर्नुपर्छ

अर्को: 744 शैतानमाथि अय्यूबको विजयको प्रमाण

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्