व्यक्तिको आत्मआचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू
परमेश्वरमा विश्वास गर्नेहरूले उहाँको वचन र मापदण्डअनुसार विश्वासका मार्गमा हिँड्नैपर्छ। विश्वासीहरू सत्यताअनुसार चल्नैपर्छ। यदि मानिसहरूसँग सत्यता छैन र तिनीहरू शैतानका दर्शनअनुसार जिउँछन् भने अन्त्यमा तिनीहरूले सकारात्मक परिणाम वा समाप्ति हासिल गर्दैनन्। केवल परमेश्वरको वचन अनन्त, अपरिवर्तनीय सत्यता हो। यदि कुनै विश्वासी परमेश्वरको वचनअनुसार जिउँदैन वा सत्यताअनुसार चल्दैन भने, ऊ संसारका मानिसहरूभन्दा पनि अन्धो, आशाहीन अन्धो हुन्छ। बाहिरी संसारमा कुनै निश्चित क्षेत्रमा केही सफलता हासिल गर्ने र प्रसिद्ध हुने धेरै मानिसहरूले ख्याति र प्राप्तिका कारण आफ्नो दिमाग गुमाउँछन्, र तिनीहरू आफूलाई उच्च ठान्न थाल्छन्। वास्तवमा, अरू मानिसबाट तैँले पाउने श्रद्धा, प्रशंसा, अनुमोदन, र मान्यता अस्थायी सम्मान मात्र हुन्। तिनले जीवनको प्रतिनिधित्व गर्दैनन् न त तिनको अर्थ व्यक्ति सही मार्गमा हिँडिरहेको छ भन्ने नै हो। ती अस्थायी सम्मान र महिमाबाहेक अरू केही होइनन्। यी महिमाहरू के हुन्? ती वास्तविक हुन् कि खोक्रा? (खोक्रा हुन्।) ती उल्का पिण्डजस्तै हुन्, ती एकछिन झल्ल हुन्छन् र हराउँछन्। मानिसहरू त्यस्ता महिमा, सम्मान, तारिफ, यश र प्रशंसा प्राप्त गरेपछि पनि वास्तविक जीवनमा फर्किनु नै पर्छ र पहिलेको जस्तो जिउनु नै पर्छ। केही मानिसहरू यो कुरा देख्न सक्दैनन् र यी कुराहरू सधैँभरि आफूसँग नै रहून् भन्ने चाहन्छन्, जुन अवास्तविक हो। मानिसहरू यस प्रकारको वातावरण र माहौलमा जिउन चाहनुको कारण यसले तिनीहरूलाई दिलाउने अनुभूति हो; तिनीहरू यो अनुभूति सधैँभरि पाउन चाहन्छन्। यदि तिनीहरूले यो पाउन सकेनन् भने गलत मार्ग लिन थाल्छन्। कतिपयले आफूलाई मदहोस पार्न रक्सी पिउने र लागूपदार्थको दुरुपयोगजस्ता विभिन्न तरिका अपनाउँछन्: शैतानका संसारमा जिउने मानिसहरू ख्याति र प्राप्तिलाई यसरी लिन्छन्। कुनै व्यक्ति प्रसिद्ध भएपछि र केही महिमा प्राप्त गरेपछि, दिशा गुमाउने जोखिममा पुग्छ, र कसरी व्यवहार गर्नुपर्छ भनेर जान्दैन, न त के गर्नुपर्छ भन्ने नै जान्दछ। ऊ सपनामा महल सजाउँछ र विपनामा फर्कन सक्दैन—यो खतरनाक कुरा हो। के तिमीहरू कहिल्यै यस्तो स्थितिमा पुगेका छौ वा त्यस्तो व्यवहार देखाएका छौ? (छौँ।) यसको कारण के हो? मानिसहरूमा भ्रष्ट स्वभाव भएकाले: तिनीहरू अति देखावटी, अति अहङ्कारी छन्, तिनीहरूले परीक्षा वा प्रशंसा सहन सक्दैनन्, सत्यताको पछि लाग्दैनन् वा यसलाई बुझ्दैनन्। तिनीहरू आफूले सानो उपलब्धि वा महिमा पाएकैमा आफूलाई बेजोड ठान्छन्। तिनीहरू आफू महान् व्यक्ति वा महामानव बनिसकेको सोच्छन्। तिनीहरू यी सबै ख्याति, प्राप्ति, र महिमा हुँदा पनि आफूलाई उच्च नठान्नु अपराध हो भन्ने सोच्छन्। सत्यता नबुझ्ने मानिसहरूले कुनै पनि समय वा ठाउँमा आफूलाई उच्च ठान्ने सम्भावना हुन्छ—र जब तिनीहरू आफूलाई अत्यन्तै उच्च ठान्न थाल्छन्, तब के तिनीहरूलाई पहिलेकै अवस्थामा फर्कन सजिलो हुन्छ? (हुँदैन।) थोरै समझ भएका मानिसहरू विनाकारण आफूलाई उच्च ठान्ने गर्दैनन्। जब तिनीहरूले कुनै कुरा हासिल गर्नुपर्ने बाँकी नै हुन्छ, प्रदान गर्नका लागि आफूसँग केही हुँदैन, र समूहको कसैले तिनीहरूलाई ध्यान दिँदैन, तब तिनीहरूले चाहे पनि आफूलाई उच्च ठान्दैनन्। तिनीहरू थोरै अहङ्कारी र आत्ममुग्ध हुन सक्छन्, वा आफूलाई अलि प्रतिभाशाली, र अरूभन्दा उत्तम ठान्लान्, तर तिनीहरूले आफूलाई उच्च ठान्ने सम्भावना हुँदैन। कस्ता परिस्थितिमा मानिसहरू आफूलाई उच्च ठान्छन्? जब अरू मानिसहरूले तिनीहरूलाई कतिपय उपलब्धिका लागि प्रशंसा गर्छन्। तिनीहरूले आफूलाई अरूभन्दा उत्तम भएको, अरू मानिसहरू साधारण र उल्लेख गर्न लायक नभएको, आफू मात्र हैसियतसहितको मानिस भएको, अरू मानिसजस्तो एउटै वर्ग वा स्तरमा आफू नभएको, अरूभन्दा आफू धेरै उच्च भएको ठान्छन्। यसरी तिनीहरू आफूलाई माथि उठाउँछन्। अनि तिनीहरूले आफूलाई त्यसरी उच्च ठान्नु स्वाभाविकै हो भन्ने सोच्छन्। तिनीहरू यसलाई कसरी लिन्छन्? तिनीहरूले के विश्वास गर्छन् भने “मसँग बेजोड सामर्थ्य, क्षमता, र दिमाग छ, अनि म सत्यताको पछि लाग्न तयार छु। मैले अहिले केही उपलब्धि प्राप्त गरेको छु—मैले नाम कमाएको छु, र मेरो प्रतिष्ठा र योग्यता अरूको भन्दा उच्च छ। त्यसकारण म अवश्य नै भीडभन्दा अलग र सबैले आदर गर्ने व्यक्ति हुँ, त्यसकारण मैले आफूलाई उच्च ठान्नु उचित हो।” तिनीहरूले मनमा यस्तै विचार गर्छन्, र अन्त्यमा तिनीहरूले आफूलाई उच्च ठान्नुपर्छ भन्ने कुरा स्वाभाविक कुरा र सामान्य अपेक्षा बन्छ। तिनीहरूले यसलाई निर्विवाद सही र तर्कसङ्गत ठान्छन्। यदि तिनीहरूले आफूलाई उच्च ठानेनन् भने तिनीहरूलाई असन्तुलित महसुस हुन्छ मानौँ तिनीहरू आफैलाई होच्याइरहेका छन्, अरूको अनुमोदन पाउने गरी जिइरहेका छैनन्। त्यसकारण तिनीहरू आफूलाई उच्च ठान्नु स्वाभाविक ठान्छन्। आफूलाई यति उच्च ठान्नुका परिणामहरू के-के हुन्? (तिनीहरू उप्रान्त अरूसँग राम्ररी मिलेर काम गर्दैनन्, र कामकुरा आफ्नै तरिकाले गर्न चाहन्छन्।) यो त तिनीहरूको व्यवहारको एउटा पक्ष हो। अरू के-के छन्? (तिनीहरू अब समझदार छैनन्, तिनीहरू अबउसो आफ्नो कामका क्षेत्रमा उन्नति गर्न खोज्दैनन्, र तिनीहरू पहिले नै आफूले दिनुपर्ने कुराहरूमा नै अति भर पर्छन्।) (तिनीहरू आफूलाई मन नपर्ने परिस्थितिहरू स्विकार्न इन्कार गर्छन्।) किन तिनीहरू स्विकार्न इन्कार गर्छन्? के तिनीहरू पहिले स्विकार्न सक्थे? (तिनीहरूसँग पहिले अहङ्कारी हुने स्रोतसाधन थिएन, र तिनीहरू आफूलाई रोक्न र दबाउन समर्थ थिए, त्यसैले तिनीहरूले केही हदसम्म स्विकार्न सके। तर अब तिनीहरू आफूसँग स्रोतसाधन र योग्यता छन् अनि आफू अरूभन्दा फरक छु भन्ने महसुस गर्छन्, त्यसैले तिनीहरू आफ्नै हैकम जमाउन सक्छौँ भन्ने ठान्छन् र आज्ञा मान्न इन्कार गर्छन्।) तिनीहरूलाई आफू पहिलेको भन्दा फरक, हैसियतसहितको, प्रसिद्ध र सजिलै अरूको कुरा मान्नु हुँदैन भन्ने लाग्छ। यदि तिनीहरूले त्यसो गरेमा, यो तिनीहरूको हैसियत सुहाउँदो हुनेथिएन, र तिनीहरू आफ्नो नामअनुसार जिइरहेका हुनेथिएनन्। तिनीहरूलाई आफूसँग “हुँदैन” भन्न पाउने र अरूको कुरा मान्न इन्कार गर्ने अधिकार छ भन्ने लाग्छ। तिनीहरूले अरू के-के व्यवहार प्रदर्शन गर्छन्? (यदि तिनीहरूको मामिला गम्भीर भयो भने, तिनीहरू पावल जस्तै समेत बन्लान् र भन्लान्, “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले विश्वासलाई कायम राखेको छु: अबदेखि मेरो लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८) अनि आफू सृष्टि गरिएको प्राणी हो भन्ने बिर्सेर परमेश्वरलाई सर्तहरू राख्न थाल्छन्।) तिनीहरू आफू को हो भन्ने बिर्सन्छन्। के तिमीहरू कुनै व्यक्तिले आफूलाई उच्च ठान्नु राम्रो हो भन्ने लाग्छ? (लाग्दैन।) लाग्दैन, त्यसोभए मानिसहरू किन आफूलाई उच्च ठान्छन्? (तिनीहरूभित्रको शैतानी स्वभावको कारणले।) शैतानी स्वभाव आउँछै आउँछ, र यो पक्कै नै समस्याको जड हो। अन्य कारणहरू के-के छन्? अब हामी व्यावहारिक कारणहरूबारे कुरा गरौँ। (मानिसहरूले आफ्ना उपलब्धिहरूमा अत्यधिक जोड दिन्छन्, तिनलाई जीवनकै रूपमा लिन्छन्। यसरी, तिनीहरू सधैँ आफ्नो सफलतामा रमाइरहेका हुन्छन्, र आत्मसन्तुष्ट हुन पुग्छन्, जसबाट उम्कन सक्दैनन्।) यही नै कुराको चुरो हो। यसको सम्बन्ध मानिसहरू आफ्ना हृदयमा के कुराको पछि लाग्छन्, के आकाङ्क्षा राख्छन् भन्ने कुराको साथै तिनीहरूले रोज्ने बाटोसँग छ। धेरै मानिसहरू के विश्वास गर्छन् भने आफूले निश्चित नियमित कार्यहरू र प्राविधिक दक्षता चाहिने निश्चित कर्तव्यहरू गर्न सक्यो भने आफूसँग कद हुन्छ। तिनीहरूको काम जति दक्ष, असाधारण र पूर्ण हुन्छ, त्यति नै यसले तिनीहरूसँग वास्तविकता छ, तिनीहरू परमेश्वरलाई प्रेम गर्छन् र उहाँप्रति समर्पित छन् भनी प्रमाणित गर्छ। तिनीहरू यसलाई आफ्नो जीवन मान्छन्। त्यसरी नै, तिनीहरू पक्कै यसलाई कदर गर्छन् र आफ्नो जीवन लक्ष्यका रूपमा पछ्याउँछन्, तर तिनीहरूको लक्ष्य र दिशा गलत छन्, र तिनीहरूको मार्ग पनि गलत छ। यसबाहेक यसको जडलाई विचार गर्दा, जीवनबारे मानिसहरूको बुझाइ, सत्यता पछ्याइ, र सत्यता वास्तविकता हुनुको अर्थमा विचलनहरू हुन्छन्। मानिसहरूको बुझाइमा विचलन आउँदा, तिनीहरूको ज्ञान र कुनै कुराको अन्तिम अनुमानमा पनि विचलन हुन्छै हुन्छ। यदि तेरो बुझाइमा विचलनहरू छन् भने, तैँले पछ्याउने कुरामा पनि विचलन हुन्छै हुन्छ। परिणामस्वरूप, तैँले रोज्ने मार्ग समस्याग्रस्त हुन्छ, र तेरो जीवनको दिशा र लक्ष्यहरूमा पनि विचलनहरू हुनेछन्।
सबैलाई थाहा छ कि अहङ्कारी हुनु नराम्रो हो, तर जब मानिसहरूले आफ्नो कर्तव्यमा केही परिणामहरू हासिल गर्छन्, तब तिनीहरू स्वाभाविक रूपमा अहङ्कारी बन्छन्, तिनीहरू धेरै मात्तिन्छन्, र परमेश्वरमाथिको विश्वासमा आफू सफल भएको सोच्छन्। त्यसोभए मानिसहरूले आफ्नो कर्तव्यमा केही परिणामहरू हासिल गर्दा तिनीहरू किन मात्तिन्छन्? यसको एउटा पाटो चाहिँ मानिसहरू धेरै अहङ्कारी र व्यर्थ भएका हुनाले हो। के अरू कारणहरू छन्? (किनभने मानिसहरूलाई यी परिणामहरू हासिल गर्न अगुवाइ गर्ने परमेश्वर नै हुनुहुन्छ भनेर तिनीहरूले महसुस गर्दैनन्। तिनीहरू आफू सबै श्रेयको हकदार भएको, र आफूसँग पूँजी छ भन्ने सोच्छन्, त्यसैले तिनीहरू मात्तिन्छन्। वास्तवमा, सत्यताविना र पवित्र आत्माको कामविना, मानिसहरूले केही पनि गर्न सक्दैनन्, तर तिनीहरूले यो कुरा स्पष्ट रूपमा देख्न सक्दैनन्।) यो कथन सही छ, र यो समस्याको केन्द्रबिन्दु पनि हो। यदि मानिसहरूले परमेश्वरको कामको अनुभव गर्दैनन् र सत्यता प्राप्त गर्न सक्दैनन् भने, तिनीहरू सधैँ आफूलाई जे कुरामा पनि सक्षम ठान्छन्। त्यसैले यदि तिनीहरूसँग केही पूँजी छ भने, तिनीहरू अहङ्कारी बन्छन् र मात्तिन्छन्। के तिमीहरू आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा परमेश्वरको मार्गदर्शन र पवित्र आत्माको अन्तर्दृष्टि महसुस गर्न सक्षम छौ? (छौँ।) यदि तिमीहरू पवित्र आत्माको काम महसुस गर्न सक्षम छौ, तैपनि मात्तिन्छौ, र आफूसँग वास्तविकता छ भनी सोच्छौ भने, यहाँ के भइरहेको छ? (जब हाम्रो कर्तव्यले केही फल फलाउँछ, तब हामी आधा श्रेय परमेश्वरलाई जान्छ, र आधा हामीलाई जान्छ भन्ने सोच्छौँ। हामी हाम्रो सहकार्यभन्दा महत्त्वपूर्ण कुरा केही छैन, र योविना परमेश्वरको अन्तर्दृष्टि सम्भव हुनेथिएन भन्ने सोचेर हाम्रो सहकार्यलाई असीमित रूपमा ठूलो पार्छौँ।) त्यसोभए, परमेश्वरले तँलाई किन अन्तर्दृष्टि दिनुहुन्छ? के परमेश्वरले अरूलाई पनि अन्तर्दृष्टि दिन सक्नुहुन्छ? (सक्नुहुन्छ।) जब परमेश्वरले कसैलाई अन्तर्दृष्टि दिनुहुन्छ, तब त्यो परमेश्वरको अनुग्रहद्वारा हुन्छ। अनि तैँले आफ्नो पक्षबाट पूरा गरेको त्यो थोरै सहकार्य के हो? के यसका लागि तैँले श्रेय पाउनुपर्छ, कि यो तेरो कर्तव्य र जिम्मेवारी हो? (यो हाम्रो कर्तव्य र जिम्मेवारी हो।) जब तँ यसलाई आफ्नो कर्तव्य र जिम्मेवारीका रूपमा पहिचान गर्छस्, तब तँसँग सही मनस्थिति हुन्छ र तैँले यसको श्रेय लिन खोज्नेबारे सोच्नेछैनस्। यदि तँ सधैँ “यो मेरो योगदान हो। के मेरो सहकार्यविना परमेश्वरको अन्तर्दृष्टि सम्भव हुनेथियो? यस कामका लागि मानिसको सहकार्य आवश्यक हुन्छ; धेरैजसो भाग हाम्रो सहकार्यले नै पूरा हुन्छ” भन्ने सोच्छस् भने, तँ गलत छस्। यदि पवित्र आत्माले तँलाई अन्तर्दृष्टि दिनुभएको छैन, र कसैले पनि तँलाई सत्यता सिद्धान्तहरूबारे सङ्गति दिएको छैन भने, तैँले कसरी सहकार्य गर्न सक्छस्? यदि तँलाई परमेश्वरले के माग गर्नुहुन्छ र अभ्यासको मार्ग के हो भन्ने थाहा छैन भने, तैँले परमेश्वरप्रति समर्पित हुन र सहकार्य गर्न चाहिस् भने पनि, कसरी गर्ने भनेर तँलाई थाहा हुनेछैन। तब, के तेरो यो “सहकार्य” खोक्रो शब्द मात्र हुनेछैन र? यदि तैँले साँचो रूपमा सहकार्य गर्दैनस्, र आफ्नै विचारहरूअनुसार मात्रै काम गरिरहेको छस् भने, के तैँले निर्वाह गर्ने कर्तव्य मानकअनुरूप हुन सक्छ? कदापि हुन सक्दैन। यसले एउटा समस्याको सङ्केत गर्छ। त्यो समस्या के हो? कुनै व्यक्तिले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, उसले नतिजा हासिल गर्छ कि गर्दैन, मानकअनुरूप आफ्नो कर्तव्य निर्वाह गर्छ कि गर्दैन, र परमेश्वरको अनुमोदन प्राप्त गर्छ कि गर्दैन भन्ने कुरा परमेश्वरको काममा निर्भर हुन्छ। तैँले आफ्ना जिम्मेवारीहरू र कर्तव्य निर्वाह गरिस् भने पनि, यदि परमेश्वरले काम गर्नुहुन्न, वा तँलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहुन्न, र तँलाई आफ्नो मार्ग, आफ्नो दिशा वा आफ्ना लक्ष्यहरू थाहा छैन भने, अन्त्यमा यसबाट कस्तो नतिजा आउनेछ? त्यतिका समय परिश्रम गरेपछि, तैँले आफ्नो कर्तव्य उचित रूपमा निर्वाह गरेको हुनेछैनस्, न त सत्यता र जीवन नै प्राप्त गरेको हुनेछस्—त्यो सब व्यर्थ भएको हुनेछ। त्यसैले, तैँले मानकअनुरूप आफ्नो कर्तव्य निर्वाह गर्नु, दाजुभाइ र दिदीबहिनीहरूलाई उन्नयन गर्नु र परमेश्वरको अनुमोदन प्राप्त गर्नु पूरै परमेश्वरमै निर्भर हुन्छ! मानिसहरूले ती कुरा मात्र गर्न सक्छन् जसमा तिनीहरू सक्षम छन्, जुन कुरा तिनीहरूले गर्नुपर्छ र जुन कुरा तिनीहरूका अन्तर्निहित क्षमताभित्र छ—योभन्दा बढी होइन। त्यसपछि आखिरमा तैँले आफ्नो कर्तव्यमा नतिजाहरू हासिल गर्नु परमेश्वरका वचनहरूको मार्गदर्शन साथै पवित्र आत्माको अन्तर्दृष्टि र अगुवाइमा निर्भर हुन्छ; त्यसपछि मात्र तैँले सत्यता बुझ्न र परमेश्वरले प्रदान गरेको मार्ग र उहाँले तय गरेको सिद्धान्तअनुसार उहाँको आज्ञा पूरा गर्न सक्छस्। यो त परमेश्वरको अनुग्रह र आशिष् हो, अनि यदि मानिसहरूले यसलाई देख्न सक्दैनन् भने, तिनीहरू अन्धा हुन्। परमेश्वरको घरले जुनै प्रकारको काम गरे पनि चाहिएको नतिजा के हो? यसको एउटा पाटो परमेश्वरको गवाही दिनु र परमेश्वरको सुसमाचार प्रसार गर्नु हो भने अर्को पाटो चाहिँ दाजुभाइ-दिदीबहिनीहरूलाई उन्नयन गर्नु र फाइदा पुर्याउनु हो। परमेश्वरको घरको कामको अभिप्राय दुवै क्षेत्रमा नतिजा हासिल गर्नु हो। परमेश्वरको घरमा, तैँले जुनै कर्तव्य निर्वाह गरे पनि, के तैँले परमेश्वरको मार्गदर्शनबिना नतिजाहरू हासिल गर्न सक्छस्? बिलकुलै सक्दैनस्। परमेश्वरको मार्गदर्शनविना तैँले गर्ने कुरा मूलतः बेकार हुन्छ, र त्यसले पक्कै पनि नतिजाहरू हासिल गर्न सक्दैन भनेर भन्न सकिन्छ। वर्षौंको दौडान, तिमीहरूले आफ्नो कर्तव्यहरू पूरा गर्दै जाँदा जति धेरै यी कर्तव्यह पूरा गर्छौ, उति धेरै तिमीहरू परमेश्वरका मापदण्डहरू नजिक पुगेका हुन्छौ, त्यति धेरै उहाँका अभिप्रायहरू बुझेका हुन्छौँ, र त्यति नै धेरै सिद्धान्तहरूलाई बुझेका हुन्छौ। यो सब कसरी हासिल हुन्छ? (परमेश्वरको मार्गदर्शनद्वारा।) परमेश्वरको मार्गदर्शन र पवित्र आत्माको अन्तर्दृष्टिविना, मानिसहरूले वास्तवमा के “योगदान” दिन सक्छन् र? तिनीहरूको एउटा “योगदान” भनेको मानव कल्पनाहरू हुन्। कहिलेकाहीँ, मानिसहरू आफ्नो कल्पनाअनुसार कर्तव्यहरू पूरा गर्छन् त्यसो गरेर परमेश्वरको गवाही दिन सक्छु भन्ने सोच्छन्। तर, परिणाम उल्टो हुन्छ। तिनीहरूले गर्ने कुराले परमेश्वरको गवाही दिने इच्छित प्रभाव प्राप्त गर्न नसक्ने मात्र होइन, तर त्यो कुरा अवास्तविक र अव्यावहारिक, मानव कल्पना र बनावटी कुराको उपजजस्तो मात्र देखिन्छ, जसले अन्ततः परमेश्वरको अनादर गर्दछ। यसको अर्को पाटो मानव धारणा हो। मानिसहरू आफ्नो धारणाअनुसार कार्य गर्न मन पराउँछन् र आफ्नो धारणा सत्यतासँग मेल खान्छ भन्ने ठान्छन्। जब तिनीहरू आफ्नो धारणाअनुसार काम गर्छन्, तब तिनीहरू अरूबाट अनुमोदन पाइन्छ र परमेश्वरलाई महिमित गरिरहेको होइन्छ भन्ने सोच्छन्। फलस्वरूप, तिनीहरूले आफ्नो धारणाका आधारमा धेरै कुरा गर्छन्, र तिनीहरूले परमेश्वरको गवाही दिने इच्छित नतिजा हासिल गर्न नसक्ने मात्र होइन; तर तिनीहरूले अरूलाई यी धारणाहरू सत्यताका रूपमा स्वीकार गर्न बहकाउँछन्। यसले तिनीहरूलाई परमेश्वरमा समर्पित हुन मात्र रोक्दैन, तर परमेश्वरप्रति गलतफहमी, शङ्का, भर्त्सना र ईशनिन्दा गर्न लगाउँछ। यी त आफ्नै धारणाका आधारमा कार्य गर्नु र यी धारणाहरू फैलाउनुका परिणाम हुन्। जब मानिसहरूमा सत्यताको बुझाइ हुँदैन, तब तिनीहरू आफ्ना कार्यहरू कल्पना र धारणाहरूमा भर परेर गर्छन्। कल्पना र धारणाबाहेक, मानिसहरूले “योगदान” गर्ने अर्को पक्ष भनेको मानव ज्ञान हो। तिनीहरूले विभिन्न क्षेत्रहरूमा एकपछि अर्को प्रचुर ज्ञान प्राप्त गरिसकेपछि, यो ज्ञानलाई परमेश्वरका मापदण्डहरू मूल्याङ्कन गर्न, सत्यता के हो भनी कल्पना गर्न र कसरी आफ्नो कर्तव्य निभाएर परमेश्वरको अभिप्राय पूरा गर्ने भनी निर्धारण गर्न प्रयोग गर्छन्। यस्ता कार्यहरूको नतिजा के हुन्छ? ती नतिजाहरू पक्कै पनि परमेश्वरको अभिप्रायसँग बाझिन्छ, किनभने मानव ज्ञान सत्यतासँग बाझिन्छ र यसको विपरीत हुन्छ। जब मानिसहरू मानवीय ज्ञानको आधारमा आफ्ना कर्तव्य पूरा गर्छन्, तब त्यसले मण्डलीमा कस्तो अवस्था सिर्जना गर्छ? मानिसहरूले ज्ञानको पूजा गर्न थाल्नेछन् र कसले धेरै जान्दछ, कसले धेरै पुस्तकहरू पढेको छ वा कसको उच्च शैक्षिक योग्यताहरू छन् भनेर हेर्न एक अर्कासँग तुलना गर्न थाल्नेछन्। तिनीहरूले तुलना गर्न मन पराउने कुरा यीनै हुन्। जब मण्डलीभित्र यस्तो अवस्था उत्पन्न हुन्छ, तब के यसले परमेश्वरको सेवा गर्न र गवाही दिन मानव ज्ञान प्रयोग गर्ने मानिसहरूसँग कुनै सरोकार राख्छ? पक्कै पनि सरोकार राख्छ। आफ्नो कर्तव्य पूरा गर्न र परमेश्वरको गवाही दिन ज्ञान प्रयोग गर्दा कस्ता परिणामहरू हुन्छन्? यसले सत्यतालाई प्रेम गर्नेभन्दा मानव ज्ञानलाई प्राथमिकता दिन लगाउँछ, मानिसहरूलाई मानव ज्ञानको पछि लाग्ने मार्गतिर मोड्छ। यो गलत हो र यसले व्यक्तिलाई साँचो मार्गबाट पूर्ण रूपमा विचलित गराउँछ। परमेश्वरको गवाही दिने र उहाँको सेवा गर्ने कुरामा यी कुराहरू गर्न मानिसहरूले कल्पना, धारणा, वा मानव ज्ञान प्रयोग गरे पनि, यी कुनै पनि तरिकाले परमेश्वरलाई चिन्न र उहाँमा समर्पित हुन मानिसहरूलाई मद्दत गर्ने इच्छित नतिजा प्राप्त गर्न सक्दैन। बरु, तिनले मानिसहरूलाई परमेश्वरतर्फ फर्कन सजिलै रोक्न सक्छन्। तसर्थ, कल्पना, धारणा, वा मानव ज्ञान प्रयोग गरेर परमेश्वरलाई गवाही दिनु भनेको परमेश्वरविरुद्ध एक प्रकारको प्रतिरोध हो। यसले परमेश्वरको काममा अवरोध र बाधा पुर्याउँछ अनि उहाँ यस्ता कार्यहरूलाई अनुमोदन गर्नुहुन्न।
मानव कल्पना, धारणा र ज्ञान सबै त वैचारिक क्षेत्रका पक्षहरू हुन्। मानवीय कार्यहरू आधारित हुने एउटा कुरा भनेको उसको आफ्नै विचार र दृष्टिकोण हो भने अर्कोचाहिँ उसको भ्रष्ट स्वभाव हो, जसले महत्त्वपूर्ण भूमिका खेल्छ। यदि मानिसहरू सत्यता बुझ्दैनन्, आफूलाई चिन्दैनन्, सत्यता स्वीकार गर्दैनन्, सत्यता अभ्यास गर्दैनन्, अनि परमेश्वर र सत्यताप्रति समर्पित हुन सक्दैनन् भने केको आधारमा आफ्नो कर्तव्य निर्वाह गर्छन्? तिनीहरू आफ्नो अहङ्कार, छल, दुष्टता, उग्रपन, र जिद्दीपनका आधारमा कार्य गरिरहेका हुन्छन्, ती सबै तिनीहरूको भ्रष्ट स्वभावका पक्षहरू हुन्। तिनीहरूले यी भ्रष्ट स्वभावका आधारमा आफ्नो कर्तव्य निर्वाह गर्दाको परिणाम के-के हुन्छन्? (मानिसहरूले अरूसँग मिलेर सहकार्य गर्न सक्दैनन् र मण्डलीको काममा बाधा र अवरोध पुर्याउन पनि सक्छन्।) यी परिणामहरू थाहा हुनुपर्छ। सबैले आफ्नो इच्छाअनुसार गर्छन्, सत्यता अभ्यास गर्दैन। प्रत्येक व्यक्तिले आ-आफ्नो कामकुरा गर्छ, एक्लाएक्लै कार्य गर्छ, अनि अवरोध र बाधा ल्याउँछ। राम्रोसँग गर्न सकिने काम अस्तव्यस्त र अव्यवस्थित हुन्छ। यो त गैरविश्वासीहरूमाझ गरिने कुराहरूभन्दा कुनै फरक हुँदैन। शैतानका छाउनीमा, चाहे समाजमा होस् वा सरकारी वृत्तमा, कस्तो वातावरण प्रचलित छ? कुन अभ्यासहरू लोकप्रिय छन्? तिमीहरूले यीबारे केही बुझेको हुनुपर्छ। तिनीहरूका कार्यहरूका सिद्धान्त र दिशानिर्देशन के-के हुन्? प्रत्येक आफ्नै लागि एउटा कानुन हो; प्रत्येक आफ्नै बाटोमा लाग्छ। तिनीहरू आफ्नै हितमा काम गर्छन् र आफ्नै रोजाइअनुसार गर्छन्। जोसँग अधिकार हुन्छ त्यसैले अन्तिम निर्णय लिन्छ। तिनीहरूले अरूबारे क्षणिक विचारसमेत गर्दैनन्। तिनीहरू केवल आफ्नो इच्छाअनुसार गर्छन्, प्रसिद्धि, प्राप्ति र हैसियतका लागि लागिपर्छन्, अनि पूर्णतया आफ्नो प्राथमिकताअनुसार कार्य गर्छन्। तिनीहरूले शक्ति प्राप्त गर्नेबित्तिकै यो शक्ति तुरुन्तै अरूमाथि प्रयोग गर्छन्। यदि तैँले तिनीहरूलाई चिढाइस् भने, तिनीहरूले तँलाई निकै दुःख दिन खोज्छन्, र तैँले तिनीहरूलाई उपहार दिनेबाहेक केही गर्न सक्दैनस्। तिनीहरू बिच्छीजस्तै भयानक हुन्छन्, कानुन, सरकारी नियम उल्लङ्घन गर्न र अपराधसमेत गर्न इच्छुक हुन्छन्। यी सबै कुरा तिनीहरू गर्न सक्छन्। शैतानका छाउनीमा यस्तै अन्धकार र दुष्टता हुन्छ। अब, परमेश्वर मानवजातिलाई मुक्ति दिन, मानिसहरूलाई सत्यता स्वीकार गर्न, सत्यता बुझ्न र शैतानको बन्धन र शक्तिबाट मुक्त हुन सहयोग गर्नका लागि आउनुभएको छ। यदि तिमीहरू सत्यता स्वीकार गर्दैनौ र सत्यता अभ्यास गर्दैनौ भने, के तिमीहरू अझै पनि शैतानको शक्तिमा जिइरहेका छैनौ र? त्यस अवस्थामा, तिमीहरूको वर्तमान स्थिति र दियाबलसहरू र शैतानको स्थितिबीच के भिन्नता रह्यो र? तिमीहरू पनि गैरविश्वासीहरूले जस्तै होड गर्नेछौ। तिमीहरू त्यसरी नै लड्नेछौ जसरी गैरविश्वासीहरू लड्छन्। बिहानदेखि रातिसम्म, तिमीहरू षड्यन्त्र गर्छौ, चाल चल्छौ, ईर्ष्या गर्छौ र विवादमा मुछिन्छौ। यो समस्याको जड के हो? यो त मानिसहरूमा भ्रष्ट स्वभाव भएकाले र तिनीहरू यी भ्रष्ट स्वभावअनुसार जिउनाले गर्दा हो। भ्रष्ट स्वभावको शासन शैतानको शासन हो; भ्रष्ट भएको मानवता शैतानी स्वभावभित्र बास गर्दछ, र यसबाट केही पनि अछुत छैन। त्यसकारण, तैँले शक्ति र प्राप्तिको संघर्षमा होमिनका लागि आफूलाई हदै राम्रो, हदै नम्र, वा हदै इमानदार ठान्नु हुँदैन। यदि तँ सत्यता बुझ्दैनस् र परमेश्वरद्वारा डोरिएको छैनस् भने, तँ पक्कै पनि अछुत छैनस्, र तैँले कुनै पनि हालतमा तेरो निस्कपटता वा दयाको कारण वा तेरो युवास्थाको कारण आफूलाई प्रसिद्धि र प्राप्तिको संघर्षमा होमिनबाट आफूलाई जोगाउन सक्दैनस्। वास्तवमा, तैँले पनि मौका पाइस् र परिस्थितिले दियो भने प्रसिद्धि, प्राप्ति र हैसियत खोज्नेछस्। ख्याति र प्राप्तिको लालच गर्नु भनेको मान्छेमा देखिने खास व्यवहार हो, जसमा शैतानको दुष्ट प्रकृति हुन्छ। यसबाट कोही अछुत छैन। सबै भ्रष्ट मानवजाति ख्याति, प्राप्ति र हैसियतका लागि जिउँछन्, यी कुराका लागि संघर्ष गर्न जुनै मूल्य पनि चुकाउँछन्। शैतानको शक्तिअन्तर्गत जिउने सबैका हकमा पनि यही कुरा लागू हुन्छ। त्यसकारण, सत्यता स्वीकार नगर्ने वा नबुझ्ने, सिद्धान्तअनुसार काम नगर्ने व्यक्ति शैतानी स्वभावमा जिउने मान्छे हो। शैतानी स्वभावले तेरा सोचहरू काबुमा पारिसकेको र तेरो व्यवहार नियन्त्रण गरिसकेको छ; शैतानले तँलाई पूर्ण रूपमा आफ्नो नियन्त्रण र बन्धनमा पारेको छ, र यदि तैँले सत्यता स्विकारेर शैतानका विरुद्धमा विद्रोह गर्दैनस् भने, तँ उम्कन सक्नेछैनस्। अब, तैँले परमेश्वरका घरमा आफ्नो कर्तव्य पूरा गर्दा, तँ केही हदसम्म समर्पित छस्, हृदयमा अलि दृढता छ केही हदसम्म गम्भीर छस्, तँमा केही जिम्मेवारी बोध छ, आफ्नो हैसियतप्रतिको चासोलाई पन्छाउन सक्छस्, प्रायः प्रतिस्पर्धाको प्रतिरोध गर्न सक्षम छस्, अरूसामु झुक्न सक्छस्, अरूसँग मिलेर सहकार्य गर्न सक्छस्, र आफूले नबुझ्ने कुराहरू भेट्टाउँदा खोजी गर्न र पर्खन सक्छस्। तैँले यो मनोवृत्ति र व्यवहार कसरी प्राप्त गरिस्? यो प्रत्यक्ष रूपमा परमेश्वरको प्रबन्ध, मार्गदर्शन र मलजलसँग सम्बन्धित छ। यी सबै परमेश्वरले बोलेका असङ्ख्य वचनहरूको नतिजा हुन्। अन्यथा, कुनै व्यक्तिमा राम्रो क्षमता भए पनि, उसले सत्यता पत्ता लगाउन वा बुझ्न सक्दैन। यदि परमेश्वर यी सत्यताहरू व्यक्त गर्न नआउनुभएको भए, मानिसहरू सत्यता खोज्न कहाँ जानेथिए? बाल्यकालदेखि मानिसहरू शिक्षा प्राप्त गर्छन् र धेरै वर्षसम्म विद्यालय जान्छन्, तर के तिनीहरूले सत्यता सिकेका छन्? बिलकुलै छैनन्। मानिसहरूले सेलिब्रेटी र महान् व्यक्तित्वहरूको प्रशंसा गर्छन्, र सांस्कृतिक ज्ञानको गुणगान गाउँछन्, तर के तिनीहरूले सत्यता सिकेका छन्? तिनीहरूले सिकेका छैनन्। तिनीहरूले चाङका चाङ किताबहरू पढे पनि, सत्यता सिकेका छैनन्। वास्तवमा, संसारमा सत्यता छँदै छैन। परमेश्वर आएर सत्यता र अनन्त जीवनको मार्ग ल्याउनुभएपछि मात्र अनि मानिसहरूले धेरै वर्षसम्म परमेश्वरको वचन पढिसकेपछि अन्ततः सत्यता पत्ता लगाउँछन्। त्यसपछि मात्र तिनीहरूले सत्यताको मूल्य र महत्त्व बुझ्छन्। यस मोडमा, मानिसहरू के स्वीकार गर्छन् भने विगतमा तिनीहरूका बोली, कार्य र व्यवहारहरू कल्पना, धारणा र मानव ज्ञानमा आधारित थिए। यी कुराबाहेक, तिनीहरू आफ्ना भ्रष्ट स्वभावद्वारा चल्थे। मानिसहरूको हृदयभरिका यी धारणा, मानव ज्ञान र कल्पनाहरू सत्यता होइनन्। त्यसकारण, मानिसहरू शैतानको भ्रष्ट स्वभावका विभिन्न पक्षअनुसार जिउने झुकाव राख्छन्। तिनीहरू मानव स्वरूपमा जिउन सक्दैनन् वा चाहेर पनि झूट नबोल्न सक्दैनन्, र तिनीहरूलाई केही मात्रामा राम्रा काम गर्न पनि गाह्रो हुन्छ। शैतानको स्वभावअनुसार जीउनेहरूले स्वभाविकतः शैतानको छवि प्रकट गर्छन्। तिनीहरूको बोली, कार्य र व्यवहार सबै शैतानको स्वभावबाट प्रभावित हुन्छन्, र तिनीहरूमध्ये कोही पनि यसबाट उम्कन सक्दैन। यदि तिमीहरूले यो कुरा बुझ्न सक्यौ भने, आफ्नो कर्तव्य पूरा गर्ने क्रममा, तिमीहरूले निश्चित परिणामहरू प्राप्त गरे पनि, केही योगदान दिए पनि, राम्रो व्यवहार देखाए पनि वा निश्चित परिवर्तनहरू अनुभव गरे पनि, तिमीहरूमा कस्तो मनस्थिति हुनुपर्छ? (परमेश्वरप्रति धन्यवाद प्रकट गर्ने मानस्थिति।) तिमीहरूले परमेश्वरलाई धन्यवाद दिनुपर्छ। सबै महिमा परमेश्वरको हो। यो परमेश्वरले नै गर्नुभएको हो, र मानिसहरूले घमण्ड गर्ने कुनै कुरा छैन। प्रत्येक व्यक्तिमा फरक-फरक योग्यता हुन्छ। उदाहरणका लागि, केही मानिसहरू स्वाभाविक रूपमा संगीतको धुन र लयमा भावुक बन्छन् भने अन्य मानिस नृत्यमा उत्कृष्ट हुन्छन्। मानिसहरूमा प्राकृतिक प्रतिभाहरू भए तापनि, ती सबै परमेश्वरले दिनुभएको हो, र मानिसहरूले घमण्ड गर्ने कुरा केही छैन। तिनीहरूले पक्कै पनि यी जन्मजात प्रतिभाहरू आफ्ना आमाबुबाबाट पाएका होइनन्, किनभने आमाबुबासँग नै यी प्रतिभाहरू नहुन सक्छ, र यदि छ नै भने पनि, तिनीहरूले आफ्ना प्रतिभाहरू छोराछोरीलाई दिन सक्दैनन्; आमाबुबाले छोराछोरीलाई यी प्रतिभा सिकाउन सक्दैनन्। त्यसकारण, मानिसहरूसँग हुने प्रतिभा र खुबीहरूको तिनीहरूका आमाबुबासँग कुनै सम्बन्ध हुँदैन। अवश्य नै, यी प्रतिभाहरू सिकेर प्राप्त गर्न सकिने कुरा होइनन्। मानिसहरूले जन्मँदै लिएर आएका खुबी र क्षमताहरू परमेश्वरले दिनुभएको हो। ती त धेरैपहिले नै परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको थियो। यदि परमेश्वरले तँलाई मूर्ख बनाउनुभयो भने, तेरो मूर्खतामा अर्थ हुन्छ; यदि उहाँले तँलाई बुद्धिमानी बनाउनुभयो भने, तेरो बुद्धिमत्तामा अर्थ हुन्छ। परमेश्वरले तँलाई जस्तोसुकै दक्षता दिनुभए पनि, तँ जेमा सिपालु भए पनि, तेरो आइक्यू जतिसुकै उच्च भए पनि, परमेश्वरले त्यसो बनाउनुमा उहाँको उद्देश्य थियो। यी सबै कुरा परमेश्वरद्वारा पूर्वनियोजित थिए। तैँले आफ्नो जीवनमा खेल्ने भूमिका र तैँले निर्वाह गर्न सक्ने कर्तव्य पनि परमेश्वरद्वारा धेरै अघिदेखि नै पूर्वनियोजित गरिएको थियो। कतिपय मानिसले अरूसँग आफूसँग नभएका सबल पक्षहरू छन् भन्ने देख्छन् र आक्रोशित महसुस गर्छन्। तिनीहरू अझ धेरै सिकेर, अझ धेरै देखेर, र अझ धेरै लगनशील भएर कामहरू परिवर्तन गर्न चाहन्छन्। तर तिनीहरू जतिसुकै लगनशील भए पनि, तिनीहरूले हासिल गर्न सक्ने कुराको एउटा सीमा हुन्छ, र तिनीहरू वरदान र दक्षता भएकाहरूलाई उछिन्न सक्दैनन्। तैँले जतिसुकै मेहनत लगाए पनि, त्यो व्यर्थ हुन्छ। परमेश्वरले तँ जे हुन पूर्वनियोजित गर्नुभयो, तँ त्यही होस्। उहाँ सबैलाई फरक-फरक वरदान र दक्षताहरू दिनुहुन्छ, र यसलाई परिवर्तन गर्न कसैले केही गर्न सक्दैन। तँ जेमा सिपालु छस्, तैँले त्यहीँ नै अझ धेरै मेहनत लगाउनुपर्छ। तँ जुन कर्तव्यका लागि उपयुक्त छस्, तैँले त्यही कर्तव्य निर्वाह गर्नुपर्छ। आफू सिपालु नभएका कुराहरूमा आफूलाई जबरजस्ती लगाउने प्रयास नगर् र अरूको डाहा नगर्। सबैको आ-आफ्नै कार्य हुन्छ। तँ सबै कुरा राम्ररी गर्न सक्छस्, वा तँ सिद्ध र अरूभन्दा असल छस् भन्ने नसोच्। सधैँ अरूलाई प्रतिस्थापन गर्ने र आफूलाई प्रदर्शनमा राख्ने चाहना नराख्। यो एक भ्रष्ट स्वभाव हो। यस्ता मानिस हुन्छन्, जो आफूले केही पनि राम्रोसँग गर्न नसक्ने, र आफूसँग कुनै दक्षता नै नभएको सोच्छन्। यदि त्यसो हो भने, तँ केवल व्यावहारिक तरिकाले सुन्ने र समर्पित हुने व्यक्ति हुनुपर्छ। आफूले गर्न सक्ने कुराहरू राम्ररी कार्यान्वयन गर्, र त्यसमा आफ्नो सक्दो प्रयास लगा। त्यही नै पर्याप्त छ। परमेश्वर सन्तुष्ट हुनुहुनेछ। सधैँभरी अरू सबैलाई उछिन्ने, हरेक कुरा अरूले भन्दा राम्रोसित गर्ने, र हरप्रकारले भीडभन्दा राम्रो देखिने बारेमा नसोच्। त्यो कस्तो स्वभाव हो? (अहङ्कारी स्वभाव।) मानिसहरूमा सधैँ अहङ्कारी स्वभाव हुन्छ, र तिनीहरूले सत्यतामा लागिपर्न र परमेश्वरलाई सन्तुष्ट पार्न चाहे पनि, तिनीहरू चुक्छन्। मानिसहरू अहङ्कारी स्वभावद्वारा नियन्त्रित हुँदा उनीहरूले विचलनहरू पैदा गर्ने सबैभन्दा बढी सम्भावना हुन्छ। उदाहरणका लागि, कतिपय मानिसहरू सधैँ परमेश्वरका मागहरूको ठाउँमा आफ्ना असल अभिप्रायहरू व्यक्त गरेर आडम्बर गर्न चाहन्छन्। के परमेश्वर असल अभिप्रायहरूको त्यस्तो अभिव्यक्तिलाई अनुमोदन गर्नुहुन्छ? परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्नका लागि तैँले उहाँका मागहरू पालन गर्नैपर्छ र आफ्नो कर्तव्य पूरा गर्न परमेश्वरका प्रबन्धहरू पालन गर्नैपर्छ। असल अभिप्रायहरू व्यक्त गर्ने मानिसहरू परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्दैनन्, बरु सधैँ नयाँ चालहरू चल्ने प्रयास गर्छन् र भव्य सुनिने शब्द बोल्छन्। परमेश्वरले तँलाई यसरी ख्याल गर्नू भनी भन्नुहुन्न। कतिपयले यसलाई तिनीहरू प्रतिस्पर्धात्मक बन्ने कुरा हो भन्छन्। प्रतिस्पर्धात्मक हुनु आफैमा नकारात्मक कुरा हो। यो शैतानको अहङ्कारी स्वभावको प्रकटीकरण—प्रस्फुटीकरण—हो। जब तँसित यस्तो स्वभाव हुन्छ, तब तैँले सधैँ अरूलाई दबाउने प्रयास गरिरहेको हुन्छस्, सधैँ तिनीहरूलाई उछिन्ने कोसिस गरिरहेको हुन्छस्, सधैँ होडबाजी गरिरहेको हुन्छस्, सधैँ अरूबाट खोस्ने कोसिस गरिरहेको हुन्छस्। तँ असाध्यै ईर्ष्यालु बन्छस्, तँ कसैसँग झुक्दैनस्, र आफूलाई भीडमा विशिष्ट देखाउने कोसिस गरिरहेको हुन्छस्। यसले समस्या नित्याउँछ; शैतानले यसरी कार्य गर्छ। यदि तँ साँचो अर्थमा परमेश्वरको सृष्टि गरिएको स्वीकारयोग्य प्राणी बन्न चाहन्छस् भने, आफ्ना सपनाहरूको पछि नलाग्। आफ्ना लक्ष्यहरू हासिल गर्नका लागि आफू जे हो त्योभन्दा श्रेष्ठ र सक्षम बन्ने प्रयास गर्नु खराब कुरा हो। तैँले परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरू पालन गर्न सिक्नुपर्छ, र तँ एउटा मानवले ओगट्नुपर्ने ठाउँमा दृढतापूर्वक उभिनुपर्छ; यो मात्र समझको प्रदर्शन हो।
तिमीहरूले आफूलाई आचरणमा ढाल्नुका सिद्धान्तहरू के-के हुन्? तिमीहरूले आफ्नो स्थानअनुसार आफूलाई आचरणमा ढाल्नुपर्छ, आफ्नो उचित स्थान खोज्नुपर्छ, र आफूले निर्वाह गर्नुपर्ने कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ; त्यसपछि मात्र तिमीहरू समझ भएको व्यक्ति हुन्छौ। उदाहरणका रूपमा, यदि तँ निश्चित पेसागत सीपहरूमा पोख्त छस् र तँसँग सिद्धान्तहरूको बोध छ भने, तैँले आफ्नो जिम्मेवारी वहन गरी त्यस क्षेत्रमा उचित जाँचपड्ताल गर्नुपर्छ; यदि तँ विचार र अन्तर्दृष्टिहरू प्रदान गर्न सक्छस्, अरूलाई आफ्ना कर्तव्य अझ राम्ररी निर्वाह गर्न तिनीहरूलाई उत्प्रेरित गर्न सक्छस् भने—तैँले विचारहरू प्रदान गर्नुपर्छ। यदि तैँले आफ्नो निम्ति सही स्थान भेट्टाउन र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर सहकार्य गर्न सकिस् भने, आफ्नो कर्तव्य पूरा गरिरहेको हुनेछस्—तैँले आफ्नो स्थानअनुसार आफूलाई आचरणमा ढाल्नु भनेको यही हो। सुरुमा तैँले विचार मात्र प्रदान गर्लास्, तर यदि अरू केही दिने प्रयास गरिस् र त्यसो गर्न सक्दो कोसिस गर्न थालिस्, तैपनि सकिनस्; र त्यसपछि अरूले ती कुराद दिँदा, तँलाई अप्ठ्यारो लाग्छ, र तँ सुन्न चाहँदैनस्, र तेरो हृदयमा पीडा हुन्छ र तँ विवश हुन्छस्, र परमेश्वरबारे गुनासो गर्छस् र परमेश्वर अधर्मी हुनुहुन्छ भनी भन्छस् भने—त्यो महत्त्वाकाङ्क्षा हो। व्यक्तिमा महत्त्वाकाङ्क्षा उत्पन्न गर्ने स्वभाव के हो? अहङ्कारी स्वभावले महत्त्वाकाङ्क्षा उत्पन्न गर्दछ। यी अवस्थाहरू निश्चय नै कुनै पनि समय तिमीहरूमा पैदा हुन सक्छन्, र यदि तिमीहरूले ती समाधान गर्न सत्यता खोजी गर्दैनौ, र तिमीहरूमा जीवन प्रवेश छैन, र यस सन्दर्भमा परिवर्तन हुन सक्दैनौ भने, तिमीहरूले कर्तव्यहरू निर्वाह गर्ने योग्यता र शुद्धताको स्तर झर्ने छ, अनि परिणामहरू पनि त्यति राम्रा हुने छैनन्। यो चित्तबुझ्दो कर्तव्य निर्वाह होइन र यसको अर्थ परमेश्वरले तिमीहरूबाट महिमा प्राप्त गर्नुभएको छैन। परमेश्वरले हरेक व्यक्तिलाई फरक-फरक सबलता र प्रतिभा दिनुभएको छ। कतिपय मानिससँग दुई वा तीन क्षेत्रमा सबलताहरू हुन्छन्, कति जनासँग एउटा क्षेत्रमा सबलता हुन्छ, र कसैमा एउटै पनि सबलता हुँदैन—यदि तिमीहरूले यी विषयहरूलाई सही तरिकाले लिन सक्यौ भने, तिमीहरूमा सुझबुझ छ। सुझबुझ भएको व्यक्तिले आफ्नो स्थान पत्ता लगाउन सक्छ, र आफ्नो स्थानअनुसार चल्न र राम्रोसँग आफ्नो कर्तव्य निभाउन सक्छ। आफ्नो स्थान कहिल्यै पनि पत्ता लगाउन नसक्ने व्यक्तिमा सधैँ महत्त्वाकाङ्क्षा हुन्छ। ऊ सधैँ हृदयमा हैसियत र लाभलाई पछ्याउँछ। ऊ आफूसँग भएको कुरामा कहिल्यै सन्तुष्ट हुँदैन। उसले अझै धेरै लाभ प्राप्त गर्न जतिसक्दो धेरै कुरा लिने प्रयास गर्छ; उसले सधैँ आफ्ना अत्यधिक इच्छाहरू पूरा गर्ने आशा गर्छ। उसले आफूसँग प्रतिभा र राम्रो क्षमता छ भने, आफूले परमेश्वरको अझै धेरै अनुग्रह पाउनुपर्छ, र आफूमा केही मात्रामा अत्यधिक इच्छा हुनु गलत होइन भन्ने सोच्छ। के यस्तो व्यक्तिमा सुझबुझ हुन्छ? के सधैँ अत्यधिक इच्छा राख्नु लाजमर्दो कुरा होइन र? विवेक र समझ भएका मानिसहरूलाई यो लाजमर्दो कुरा हो भन्ने लाग्न सक्छ। सत्यता बुझ्ने मानिसहरूले कहिल्यै पनि यी मूर्ख कुराहरू गर्ने छैनन्। यदि तँ परमेश्वरको प्रेमको ऋण तिर्न इमानदारीपूर्वक आफ्नो कर्तव्य निभाउन चाहन्छस् भने, यो अत्यधिक इच्छा होइन। यो सामान्य मानवताको विवेक र समझअनुरूप छ। यसले परमेश्वरलाई खुसी तुल्याउँछ। यदि तँ साँच्चै आफ्नो कर्तव्य राम्ररी निभाउन चाहन्छस् भने, तैँले पहिले आफ्ना लागि सही स्थान खोज्नैपर्छ, र त्यसपछि तैँले जे गर्न सक्छस् त्यो तेरो सारा हृदयले, तेरो सारा मनले, तेरो सारा शक्तिले र आफूले सके जति गर्। यसले मानक पूरा गर्छ, र यस्तो कर्तव्य निर्वाहमा केही शुद्धता हुन्छ। वास्तविक सृजित प्राणीले गर्नुपर्ने कुरा यही हो। पहिले, तैँले सृष्टिको गरिएको वास्तविक प्राणी भनेको के हो त्यो बुझ्नैपर्छ: सामान्य सृजित प्राणी महामानव होइन, तर पृथ्वीमा व्यावहारिक तवरमा जिउने व्यक्ति हो; ऊ बिलकुलै असाधारण र अलिकति पनि विलक्षण हुँदैन, तर कुनै पनि सामान्य व्यक्तिजस्तै हुन्छ। यदि तँ सधैँ अरूलाई उछिन्न, अरूभन्दा माथि हुन चाहन्छस् भने तँ शैतानको अहङ्कारी स्वभावद्वारा नियन्त्रित छस्, र यो तेरो महत्त्वाकाङ्क्षाको कारण भएको भ्रम हो। वास्तवमा, तैँले यो कुरा हासिल गर्न सक्दैनस्, र तैँले त्यसो गर्नु असम्भव छ। परमेश्वरले तँलाई यस्तो प्रतिभा वा सीप दिनुभएन, न त यस्तो सार नै दिनुभयो। नबिर्सी, तँ मानवजातिको सामान्य सदस्य होस्, अरूभन्दा फिटिक्कै फरक छैनस्; यति मात्र हो, तेरो रूपरङ्ग, परिवार, र जन्मको पृष्ठभूमि मात्र फरक होला, अनि तेरो सबलता र प्रतिभामा केही भिन्नता होला। तर यो कुरा नबिर्सी: तँ जति नै बेजोड भए पनि, यो त यी स-साना तरिकामा मात्र हो, र तेरो भ्रष्ट स्वभाव अरूकै जस्तो छ। तेरोमा हुनुपर्ने मनोवृत्ति र तैँले आफ्नो कर्तव्य निर्वाहमा पालन गर्नैपर्ने सिद्धान्तहरू अरूकै जस्ता छन्। मानिसहरू आफ्ना शक्ति र प्रतिभामा मात्र फरक हुन्छन्। मण्डलीमा केही मानिसले गितार बजाउन सक्छन्, केहीले सारङ्गी बजाउन सक्छन्, र केहीले मादल बजाउन सक्छन्। यदि यीमध्ये कुनै क्षेत्रमा तेरो रुचि छ भने तैँले सिक्न सक्छस्। यो जुनसुकै विशेष सीप वा प्रविधिको भए पनि, तँलाई सिक्न रमाइलो लाग्छ र तँ चतुर छस् भने, तैँले सिक्न सक्छस्। तैँले नयाँ सीप सिकिसकेपछि, यसलाई थप कर्तव्य निर्वाह गर्न प्रयोग गर्न सक्छस्, यसरी मानिसलाई खुसी पार्ने मात्र होइन, परमेश्वरलाई पनि खुसी पार्न सक्छस्। धेरै सीपहरू हासिल गर्नु र परमेश्वरको घरको काममा थप योगदान पुऱ्याउनु सबैभन्दा आशिषित कुरा हो। व्यक्ति जवान छँदा र राम्रो स्मरणशक्ति भएको बेला नयाँ कुराहरू सिक्नुमा कुनै खराबी छैन। यसमा फाइदा मात्रै छ, हानि छैन। यो कर्तव्य निर्वाह र परमेश्वरको घरको कामका लागि फाइदाजनक छ। आफ्नो कर्तव्य पूरा गर्ने क्रममा विभिन्न नयाँ कुराहरू सिक्नमा ध्यान केन्द्रित गर्नु भनेको व्यक्ति लगनशील र जिम्मेदार हुनु हो; ऊ ती मानिसहरूभन्दा राम्रो हो जो आफ्नो कामप्रति प्रतिबद्ध छैनन्। तर, यदि तैँले केही समयदेखि केही कुरा सिकिरहेको छस् र अझै पनि केही बुझेको छैनस् भने, यसले त्यो क्षेत्रमा तेरो क्षमता छैन भन्ने सङ्केत गर्छ। यो त कतिपय मानिस जसरी राम्ररी नाच्न सक्छन् तर बेसुरा गाउँछन् र तिनीहरूमा सुरको बोध हुँदैन, ठिक त्यस्तै हो—यो जन्मजात हुन्छ र यसलाई परिवर्तन गर्न सकिँदैन। यस्तो अवस्थालाई सही तरिकाले लिनुपर्छ। यदि तँ नाच्न सक्छस् भने, राम्ररी नाच्। यदि तँसँग परमेश्वरको प्रशंसा गर्ने हृदय छ भने, तैँले बेसुरा गाए पनि, परमेश्वरलाई आपत्ति हुँदैन। जबसम्म तेरो हृदयमा आनन्द हुन्छ, तबसम्म त्यो पर्याप्त हो। तेरा व्यक्तिगत सबलताहरू जहाँ भए पनि, यदि तैँले तिनलाई उपयोग गर्न सक्छस् भने त्यो राम्रो हो। तैँले आफूले निर्वाह गर्नुपर्ने कर्तव्य कर्तव्यनिष्ठ भई पूरा गर्नु नै आफ्नो उचित स्थानअनुसार आफूलाई आचरणमा ढाल्नु हो।
मानिसहरूले आफूलाई धेरै सिद्ध, धेरै विशिष्ट, धेरै कुलीन, वा अरूभन्दा धेरै फरक सोच्नु हुँदैन; यो सबै मानिसको अहङ्कारी स्वभाव र अज्ञानताबाट आउँदछ। सधैँ आफूलाई अलग ठान्नु—यो अहङ्कारी स्वभावले गराउँछ; आफ्ना कमीकमजोरीलाई कहिल्यै स्वीकार गर्न नसक्नु, र कहिल्यै आफ्ना गल्ती र असफलताहरू सामना गर्न नसक्नु—यो अहङ्कारी स्वभावले गराउँछ; अरूलाई कहिल्यै आफूभन्दा श्रेष्ठ, वा आफूभन्दा राम्रो हुन नदिनु—यो अहङ्कारी स्वभावले गराउँछ; कहिल्यै अरूको शक्तिलाई आफ्नोभन्दा बढी हुन नदिनु—यो अहङ्कारी स्वभावले गराउँछ; कहिल्यै अरूलाई आफूभन्दा राम्रा विचार, सुझाव, र दृष्टिकोण राख्न नदिनु, र आफूभन्दा अरू राम्रो भएको थाहा पाउँदा नकारात्मक बन्नु, बोल्न नचाहनु, दुःखी र उदास बन्नु, र खिन्न हुनु—यी सबै अहङ्कारी स्वभावले गराउँछ। अहङ्कारी स्वभावले तँलाई आफ्नो घमण्ड जोगाउन खोज्नुका कारण अरूले दिएको सच्याइ स्वीकार गर्न नसक्ने, आफ्ना कमीकमजोरीहरू सामना गर्न नसक्ने, र तेरा आफ्नै असफलता र गल्तीहरू स्वीकार गर्न नसक्ने बनाउन सक्छ। त्योभन्दा बढी, जब कुनै व्यक्ति तँभन्दा राम्रो हुन्छ, त्यसले तेरो हृदयमा घृणा र ईर्ष्या उत्पन्न गराउन सक्छ, र तँलाई बन्धनमा परेको महसुस हुन सक्छ, र तैँले आफ्नो कर्तव्य समेत पूरा गर्ने इच्छा गर्दैनस् र कर्तव्य पूरा गर्दा झारा टार्छस्। अहङ्कारी स्वभावले तँमा यस्ता व्यवहार र अभ्यासहरू उत्पन्न गराउन सक्छ। यदि तिमीहरू अलि-अलि गर्दै यी सबै विवरण अझै गहिरो गरी खोतल्न, प्रगतिको अवरोध पार गर्न, र ती कुरा बुझ्न सक्छौ भने; र यदि त्यसपछि तिमीहरू बिस्तारै यी सोचहरूविरुद्ध विद्रोह गर्न, यी गलत धारणा, दृष्टिकोण, र व्यवहारहरूविरुद्ध विद्रोह गर्न सक्छौ, र तिमीहरू तिनका बन्धनमा पर्न छाड्छौ भने; र आफ्नो कर्तव्य पूरा गर्ने क्रममा, यदि तिमीहरू आफ्नो उचित स्थान भेट्टाउन, सिद्धान्तहरूअनुसार कार्य गर्न, र आफूले गर्न सक्ने र गर्नुपर्ने कर्तव्य पूरा गर्न सक्छौ भने; जति बढी तिमीहरूले आफ्नो कर्तव्य पूरा गर्छौ, तिमीहरू त्यसमा त्यति नै राम्रो बन्नेछौ। यसरी, तिमीहरू सत्यता वास्तविकतामा प्रवेश गरेका हुनेछौ। यदि तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छस् भने, तँमा मानव रूप भएजस्तो देखिनेछ, र मानिसहरूले भन्नेछन्, “यो व्यक्तिले आफ्नो स्थानअनुसार आफूलाई आचरणमा ढाल्छ, र उसले व्यवहार्य तरिकाले आफ्नो कर्तव्य पूरा गरिरहेको छ। ऊ आफ्नो कर्तव्य पूरा गर्न स्वाभाविकता, गरम मिजासीपन, वा आफ्नो शैतानी भ्रष्ट स्वभावमा भर पर्दैन। उसले आफूलाई रोक्ने गर्छ, र उसमा परमेश्वरको डर मान्ने हृदय छ। उसमा सत्यतालाई प्रेम गर्ने तत्त्वहरू छन्, र उसले आफ्नै देह र प्राथमिकताहरूविरुद्ध विद्रोह गर्ने प्रकटीकरण र प्रकाश देखाउँछ।” यसरी आफूलाई आचारणमा ढाल्नु कति राम्रो कुरा हो! अरूले तेरा कमीकमजोरीहरूको कुरा उठाउँदा, तँ तिनलाई स्वीकार गर्न मात्र सक्षम हुँदैनस्, तर तँ आशावादी हुन्छस्, तेरा कमीकमजोरी र समस्याहरूलाई स्थिरताका साथ सामना गर्छस्। तेरो मनस्थिति अति सामान्य हुन्छ, ज्यादतीहरूदेखि मुक्त, गरम मिजासीपनबाट मुक्त हुन्छ। के मानव रूप हुनु भनेको यही होइन र? त्यस्ता मानिसहरूमा मात्र समझ हुन्छ।
कतिपय मानिस सधैँ आफ्नो साँचो रूप ढाकछोप गर्ने प्रयास गर्छन्, सधैँ आफूलाई चोख्याउँछन्, अरूले तिनीहरूलाई उच्च मानून्, र तिनीहरूका दोष वा कमजोरीहरू देख्न नसकून् भनी सधैँ भेष बदल्छन्, र सधैँ आफ्नो सबैभन्दा राम्रो पक्ष अरूसामु प्रस्तुत गर्ने चाहना राख्छन्—त्यो कस्तो प्रकारको स्वभाव हो? त्यो अहङ्कार, आडम्बर, पाखण्ड हो, यो शैतानको स्वभाव हो, यो एक प्रकारको दुष्टता हो। यो त शैतानी शासनका सदस्यहरूले गोप्य रूपमा जति नै लडाइँ, झगडा, वा काटमार गरे पनि कसैलाई पनि तिनीहरूको रिपोर्ट वा पर्दाफास गर्न नदिइने कुरा जस्तै हो। तिनीहरू मानिसहरूले तिनीहरूको पैशाचिक रूप देख्लान् भनेर डराउँछन्, र त्यसलाई ढाकछोप गर्न आफूले सकेजति सबै गर्छन्। जनसमुदायअघि तिनीहरू आफूलाई सेतो पोत्न आफूले सक्नेजति सबै गर्दै, तिनीहरू मानिसहरूलाई धेरै प्रेम गर्छन्, तिनीहरू धेरै महान्, महिमित र अचूक छन् भन्छन्। यो शैतानको प्रकृति हो। शैतानको प्रकृतिको सबैभन्दा विशिष्ट विशेषता छल र धोखा हो। अनि यो छल र धोखाको उद्देश्य के हो? मानिसहरूका आँखा छल्नु, तिनीहरूलाई यसको सार र यसको साँचो रूप देख्नबाट रोक्नु, र त्यसो गरेर सधैँभरि शासन गर्ने उद्देश्य प्राप्त गर्नु हो। साधारण मानिसहरूमा शक्ति र हैसियत नहोला, तर तिनीहरू पनि अरूले तिनीहरूलाई राम्रो नजरले हेरून् भन्ने चाहन्छन्, र मानिसहरूले तिनीहरूलाई उच्च नजरले हेरून्, र मनमा तिनीहरूलाई उच्च हैसियतमा राखून् भन्ने चाहन्छन्। यो भ्रष्ट स्वभाव हो, र यदि मानिसहरूले सत्यतालाई बुझ्दैनन् भने, यसलाई चिन्न सक्दैनन्। भ्रष्ट स्वभावलाई चिन्नु सबैभन्दा गाह्रो कुरा हो: आफ्नै गल्ती र कमीकमजोरीहरू चिन्न सजिलो छ, तर आफ्नै भ्रष्ट स्वभावहरू चिन्न सजिलो छैन। आफूलाई नचिन्ने मानिसहरूले आफ्नो भ्रष्ट स्थितिहरूबारे कहिल्यै कुरा गर्दैनन्—तिनीहरू सधैँ आफू अत्यन्तै राम्रो भएको सोच्छन्। र थाहै नपाई तिनीहरू देखावटी गर्न थाल्छन्: “मैले विश्वास गरेको यत्तिका वर्षमा, धेरै सतावट र धेरै कठिनाइ भोगेको छु। के तपाईंहरूलाई थाहा छ, मैले यो सबै कसरी पार गरेँ?” के यो अहङ्कारी स्वभाव होइन र? तिनीहरूले आफ्नो प्रदर्शन गर्नुपछाडिको अभिप्राय के हो? (मानिसहरूलाई आफूलाई उच्च ठान्न लगाउनु।) उसले मानिसहरूलाई आफूलाई उच्च ठान्न लगाउनुको उद्देश्य के हो? (मानिसहरूका मनमा हैसियत बनाउनु।) जब अरू कसैको मनमा तेरो हैसियत हुन्छ, तब ऊसँग अन्तरक्रिया गर्दा, उसले तँलाई आदर गर्छ, र तँसित बोल्दा ऊ अत्यन्तै शिष्ट बन्छ। उसले सधैँ तँलाई आदरभावले हेर्छ, र सबै कुरामा, उसले तँलाई पहिले जान दिन्छ, बाटो छोडिदिन्छ, अनि फुर्काउँछ र तेरो आज्ञा पालन गर्छ। सबै कुरामा, ऊ तँलाई खोज्छ र तँलाई निर्णयहरू गर्न दिन्छ। र तँलाई यसबाट आनन्द अनुभूति हुन्छ—तँलाई आफू अरू कोहीभन्दा श्रेष्ठ र राम्रो हुँ भन्ने लाग्छ। यो कसैको मनमा हैसियत हुनुको अनुभूति हो; सबै मानिसहरू यस्तो अनुभूतिमा रमाउन चाहन्छन्। यही कारण मानिसहरू हैसियतका लागि होड गर्छन्, र सबैजना अरूका मनमा हैसियत राख्न, अरूबाट सम्मानित हुन र पुजिन चाहन्छन्। यदि तिनीहरूले यसबाट त्यस्तो आनन्द पाउन सकेनन् भने, तिनीहरू हैसियतको पछि लाग्दैनन्। उदाहरणका लागि, यदि कसैका मनमा तेरो हैसियत छैन भने, तिनीहरूले तँसँग कुरा गर्दा तँलाई आफ्नो बराबरीका रूपमा व्यवहार गर्नेछन्, तँलाई आफूसँग समान स्तरमा राख्नेछन्। तिनीहरूले आवश्यक पर्दा तेरो खण्डन गर्ने छन्, तँप्रति शिष्ट वा सम्मानजनक व्यवहार गर्नेछैनन्, र तिनीहरू तैँले बोलिसक्नुअघि नै निस्केर जान पनि सक्छन्। के यसले तँलाई असहज महसुस गराउनेछैन र? तँलाई मानिसहरूले यस्तो व्यवहार गरेको मन पर्दैन; तँ तिनीहरूले तँलाई चापलुसी गरेको, तेरो मान गरेको, र हरेक पटक पुजेको मन पराउँछस्। तँ सबै कुराको केन्द्र बनेको, सबथोक तेरो वरिपरि घुमेको, र सबैले तेरो कुरा सुनेको, तेरो मान गरेको, र तेरो निर्देशन पालन गरेको तँलाई मन पर्छ। के यो तैँले राजा भएर शासन गर्न चाहनु होइन र? तेरो बोली र काम हैसियतको पछ्याइ र प्राप्तिद्वारा प्रेरित हुन्छन्, र तँ यसका लागि अरूसँग लडाइँ, ठेलमठेल र प्रतिस्पर्धा गर्छस्। तेरो लक्ष्य पद कब्जा गर्नु, र परमेश्वरका चुनिएका मानिसहरूलाई तेरो कुरा सुन्न, तेरो समर्थन गर्न र तँलाई पुज्न लगाउनु हो। तैँले त्यो ओहोदा लिइसकेपछि, शक्ति प्राप्त गरेको हुन्छस् अनि हैसियत, अरूले गर्ने पुजाइ, र त्यस पदसँगै आउने अन्य सबै सुविधाहरूको लाभ उठाउन सक्छस्। मानिसहरू सधैँ भेष बदल्छन्, अरूको अगाडि प्रदर्शन गर्छन्, आफूलाई चोख्याउँछन्, आफूलाई चिटिक्क पार्छन्, र आफू सिद्ध छु भनी अरूलाई सोच्न लगाउन आफूलाई सुशोभित पार्छन्। यसमा तिनीहरूको लक्ष्य नै हैसियत प्राप्त गर्नु हो, ताकि तिनीहरूले हैसियतका फाइदाहरूको आनन्द लिन सकून्। यदि तँ यो विश्वास गर्दैनस् भने, यसबारे ध्यानपूर्वक विचार गर्: तँ किन सधैँ मानिसहरूलाई तँलाई उच्च ठान्न लगाउन चाहन्छस्? तँ तिनीहरूलाई तेरो आराधना र मान गर्न लगाउन चाहन्छस्, ताकि तैँले अन्ततः शक्ति लिन र हैसियतका फाइदाहरूको आनन्द लिन सकोस्। तैँले यति बेस्सरी खोजेको हैसियतबाट धेरै फाइदा पाउने छस्, र अरूले ठ्याक्कै यी नै फाइदाहरूको ईर्ष्या र चाह गर्छन्। जब मानिसहरूले हैसियतले दिने धेरै फाइदाहरूको स्वाद पाउँछन्, यसको तिनीहरूलाई नशा लाग्छ, र तिनीहरू त्यो विलासी जीवनमा लिप्त हुन्छन्। मानिसहरू यो मात्र खेर नफालिएको जीवन हो भन्ने सोच्छन्। भ्रष्ट मानव यी कुरामा लिप्त भएर रमाउँछ। तसर्थ, व्यक्तिले निश्चित पद प्राप्त गरेर यसबाट प्राप्त हुने विभिन्न लाभहरू पाउन थालेपछि, ऊ अथक रूपमा यी पापमय मोजमज्जामा लिप्त हुन्छ, र ती कहिल्यै नत्याग्ने हदसम्म समेत पुग्छ। मुख्यतः प्रसिद्धि र हैसियतको पछ्याइ निश्चित पदबाट प्राप्त हुने फाइदाहरूमा रमाउने, राजाझैँ शासन गर्ने, परमेश्वरका चुनिएका मानिसहरूमाथि नियन्त्रण जमाउने, सबै कुरामा प्रभुत्व जमाउने र आफ्नो हैसियतका फाइदाहरूमा विलासी जीवन जिउन र पापमय मोजमज्जामा लिप्त हुन सक्ने स्वतन्त्र राज्य स्थापना गर्ने इच्छाले प्रेरित हुन्छ। शैतानले मानिसहरूलाई धोका दिन, छल गर्न र मूर्ख बनाउन र तिनीहरूमा झूटो छाप छोड्न सबै प्रकारका तरिकाहरू प्रयोग गर्छ। शैतान मानिसहरूलाई त्यसको आदर गर्न र त्यसको डर मान्न लगाउन डर-धम्कीसमेत प्रयोग गर्छ, त्यसको अन्तिम लक्ष्य तिनीहरूलाई त्यसप्रति समर्पित हुन र त्यसको आराधना गर्न लगाउनु हो। यही कुराले शैतानलाई खुसी तुल्याउँछ; यो मानिसहरूलाई जित्न परमेश्वरसँग प्रतिस्पर्धा गरेर त्यसले हासिल गर्न खोजेको लक्ष्य पनि हो। त्यसैले, जब तिमीहरू अन्य मानिसमाझ हैसियत र प्रतिष्ठाका लागि लड्छौ, तिमीहरू केका लागि लडिरहेका हन्छौ? के यो साँच्चै प्रसिद्धिका लागि हो? होइन। तँ वास्तवमा त्यो प्रसिद्धिले तँलाई दिने फाइदाहरूका लागि लडिरहेको हुन्छस्। यदि तँ सधैँ ती लाभहरू पाउन चाहन्छस् भने, तिनका लागि लड्नुपर्ने हुन्छ। तर यदि तैँले ती लाभहरूलाई महत्त्व दिँदैनस् र “मानिसहरूले मलाई व्यवहार गर्ने तरिकाले केही फरक पार्दैन। म त साधारण व्यक्ति हुँ। म यस्तो राम्रो व्यवहारको योग्य छैनँ, न त म व्यक्तिको आराधना गर्न नै चाहन्छु। मैले साँच्चै आराधना गर्नुपर्ने र डराउनुपर्ने त परमेश्वर मात्र हुनुहुन्छ। उहाँ मात्र मेरा परमेश्वर र प्रभु हुनुहुन्छ। कुनै व्यक्ति जतिसुकै असल किन नहोस्, उसको क्षमता जति नै धेरै किन नहोस्, उसको प्रतिभा जति नै विशाल किन नहोस्, उसको छवि जति नै सानदार वा सिद्ध किन नहोस्, ऊ मेरो श्रद्धाको वस्तु होइन किनभने ऊ सत्यता होइन। ऊ सृष्टिकर्ता होइन; ऊ मुक्तिदाता होइन, र उसले योजनाबद्ध गर्न वा मानिसको भाग्यमामाथि सार्वभौम शासन गर्न सक्दैन। ऊ मेरो आराधनाको वस्तु होइन। कुनै पनि मानव व्यक्ति मेरो आराधनाको योग्य छैन,” भनेर भन्छस् भने, के यो सत्यताअनुरूप हुँदैन र? यसको विपरीत, यदि तँ अरूको आराधना गर्दैनस् भने, र तिनीहरूले तँलाई आराधना गर्न थाले भने, तैँले तिनीहरूलाई कस्तो व्यवहार गर्नुपर्छ? तैँले तिनीहरूलाई त्यसो गर्न रोक्ने उपाय खोज्नैपर्छ, र तिनीहरूलाई यस्तो मानसिकताबाट मुक्त हुन मद्दत गर्नैपर्छ। तैँले तिनीहरूलाई तेरो साँचो रूप देखाउने मार्ग खोज्नैपर्छ, र तिनीहरूलाई तेरो कुरूपता र साँचो प्रकृति हेर्न दिनैपर्छ। मुख्य कुरा भनेको तेरा क्षमता जति राम्रो भए पनि, तँ जति नै उच्च शिक्षित भए पनि, तँ जति नै ज्ञानी, वा जति नै बुद्धिमानी भए पनि, तँ केवल साधारण व्यक्ति होस् भनेर मानिसहरूलाई बुझ्न लगाउनु हो। तँ कसैको प्रशंसा वा आराधनाको वस्तु होइन। सर्वप्रथम, तैँले आफ्नो उचित स्थान लिनैपर्छ, र गल्तीहरू गरेपछि वा आफूलाई लज्जित पारेपछि छलेर हिँड्नु हुँदैन। गल्ती गरेपछि वा आफूलाई लज्जित पारेपछि, यदि तैँले यसलाई स्विकार्न नसक्ने मात्र होइन, यसलाई लुकाउन वा बाहिरी रूपमा राम्रो देखाउन देखावटी रूप पनि धारण गर्छस् भने, तेरो गल्ती दोबर-तेबर हुन्छ र तँ झनै कुरूप देखिन्छस्। तेरो महत्त्वाकाङ्क्षा अझ स्पष्ट हुन्छ। भ्रष्ट मानवजाति आफ्नो वास्तविकता लुकाउन सिपालु हुन्छन्। तिनीहरूले जे काम गरे पनि वा जस्तो भ्रष्टता प्रकट गरे पनि, तिनीहरू सधैँ आफ्नो भेष बदल्न खोज्छन्। यदि कुनै गलत कुरा हुन्छ वा तिनीहरूले गलत काम गरे भने, तिनीहरू अरूलाई दोष लगाउन चाहन्छन्। तिनीहरू असल कुराहरूको श्रेय आफै लिन चाहन्छन्, र खराब कुराको दोष अरूलाई दिन चाहन्छन्। के वास्तविक जीवनमा यस्ता धेरै देखावटीपन हुँदैनन् र? एकदमै धेरै हुन्छन्। गल्ती गर्नु वा भेष बदल्नु: यीमध्ये कुन चाहिँ भ्रष्ट स्वभावहरूसँग सम्बन्धित छ? भेष बदल्नु भनेको भ्रष्ट स्वभावहरूसित सम्बन्धित कुरा हो, यसमा अहङ्कारी स्वभाव, दुष्टता र छलीपन सामेल छन्; र परमेश्वरले यसलाई अत्यन्तै तुच्छ ठान्नुहुन्छ। वास्तवमा, जब तैँले आफ्नो भेष बदल्छस्, तब के भइरहेको छ भनेर सबैले बुझ्छन्, तर तँ अरूले देख्दैनन् भन्ने सोच्छस्, र इज्जत बचाउन र तैँले केही पनि गलत गरेको छैनस् भनेर सबैलाई सोच्ने बनाउन तैँले तर्क गर्ने र आफूलाई सही साबित गर्ने सक्दो प्रयास गर्छस्। के यो मूर्खता होइन र? अरूले यसलाई कसरी मूल्याङ्कन गर्छन्? तिनीहरूले के अनुभूति गर्छन्? घिन र घृणा। यदि गल्ती गरिसकेपछि, तैँले यसलाई सही तरिकाले लिन सक्छस्, र अरू सबैलाई यसबारे कुराकानी र टीकाटिप्पणी गर्न, यसलाई खुट्ट्याउन दिन सक्छस्, र तैँले यसलाई चिरफार गर्न र अरूले देख्नेगरी उदाङ्गो पार्न सक्छस् भने, तेरो बारेमा सबैको राय के हुनेछ? तिनीहरूले पक्कै पनि तँ इमानदार व्यक्ति होस् भन्नेछन्, किनकि तेरो हृदय परमेश्वरका लागि खुला छ, साथै तेरा कार्य र व्यवहारमार्फत, तिनीहरूले तेरो हृदय छर्लङ्ग देख्न सक्छन्। तर यदि तैँले भेष बदल्ने र सबैलाई धोका दिने कोसिस गरिस् भने, तिनीहरूले तँलाई कम आँक्नेछन्, अनि तँ मूर्ख र निर्बुद्धि व्यक्ति होस् भनेर भन्नेछन्। यदि तैँले नाटकबाजी गर्ने वा आफूलाई सही ठहराउने कोसिस गरिनस् भने, यदि तैँले आफ्नो गल्ती स्विकार्न सकिस् भने, सबैले तँ इमानदार र बुद्धिमान् छस् भन्नेछन्। अनि कुन कुराले तँलाई बुद्धिमान् बनाउँछ? सबैले गल्ती गर्छन्। सबैमा कमीकमजोरी र खोटहरू हुन्छन्। अनि सबैमा उस्तै भ्रष्ट स्वभावहरू हुन्छन्। आफूलाई अरूभन्दा कुलीन, सिद्ध, र दयालु नठान्; त्यसरी सोच्नु अत्यन्तै समझविहीन हुनु हो! जब तैँले मानिसहरूका भ्रष्ट स्वभावहरू र तिनीहरूको भ्रष्ट सारको साँचो मुहार स्पष्ट रूपमा देख्न सक्छस्, र तैँले आफ्नै गल्तीहरू ढाकछोप गर्न खोज्दैनस्, अरू मानिसहरूका गल्तीहरूलाई तिनीहरूको विरुद्धमा प्रयोग गर्दैनस्, र दुवैलाई सही तरिकाले लिन सक्छस्, तब मात्रै तैँले कामकुरालाई गहिराइमा देख्नेछस् र मूर्खतापूर्ण कामहरू गर्नेछैनस्, र तँ एक बुद्धिमान् व्यक्ति बन्नेछस्। जो समझविहीन छन् ती सबै बुद्धिमान् मानिस होइनन्, तिनीहरू मूर्ख मानिस हुन्। जब-जब तिनीहरूले गल्ती गर्छन् वा केही असङ्गत काम गर्छन् र तिनीहरूलाई काटछाँट गरिन्छ, तब तिनीहरू त्यसमा अल्झिन्छन्, र सधैँ आफूलाई सही साबित गर्न र आफ्नो बचाउ गर्न खोज्छन्, र पर्दापछाडि लुकिछिपी हिँड्छन्। यो देख्दा पनि घिन लाग्छ। वास्तवमा, तिनीहरूले जे गरिरहेका हुन्छन् त्यो अरू मानिसहरूले तुरुन्तै स्पष्ट रूपमा देख्छन्, तैपनि तिनीहरू अझै खुलेआम नाटक देखाउँछन्। अरूका नजरमा, यो जोकरको काम जस्तो देखिन्छ। के यो मूर्खता होइन र? यो साँच्चै मूर्खता हो। मूर्ख मानिसहरूको कुनै बुद्धि हुँदैन। तिनीहरूले जति धेरै प्रवचन सुने पनि, तिनीहरूले अझै पनि सत्यता बुझ्दैनन् वा कुनै कुराको वास्तविकतालाई देख्दैनन्। तिनीहरू आफ्नो अहम् कहिल्यै छोड्दैनन्, आफू अरू कोहीभन्दा फरक र कुलीन छु भन्ने सोच्छन्; यो अहङ्कार र आत्मधर्मीपन हो, यो मूर्खता हो। मूर्ख मानिसहरूमा आत्मिक बुझाइ हुँदैन, हुन्छ त? तँ जुन मामलाहरूमा मूर्ख र निर्बुद्धि छस् तँसित तिनै मामलाहरूको आत्मिक बुझाइ हुँदैन, र तैँले सजिलैसँग सत्यतालाई बुझ्न सक्दैनस्। कुराको वास्तविकता यही हो।
भ्रष्ट स्वभाव रातारात परिवर्तन हुँदैन। सबै मामिलामा आफूलाई निरन्तर आत्मचिन्तन र जाँच गर्नैपर्छ। परमेश्वरको वचनका प्रकाशमा आफ्ना कार्य र व्यवहारहरू जाँच्नैपर्छ, आफैलाई बुझ्ने प्रयास गर्नैपर्छ, र सत्यता अभ्यास गर्ने बाटो खोज्नैपर्छ। भ्रष्ट स्वभाव हटाउने तरिका यही हो। दैनिक जीवनमा प्रकट हुने भ्रष्ट स्वभावबारे चिन्तन र खोजबिन गर्न, सत्यता बुझाइको आधारमा चिरफार गर्न र खुट्ट्याउन, अनि क्रमिक रूपमा सफलता हासिल गर्न जरुरी छ, जसले गर्दा सत्यता अभ्यास गर्न र आफ्ना सबै कार्यलाई सत्यताअनुरूप बनाउन सकिन्छ। यस्तो पछ्याइ, अभ्यास र स्वबुझाइद्वारा, भ्रष्टताका यी प्रकाशहरू कम हुन थाल्छन्, र अन्ततः स्वभाव परिवर्तन हुने छ भन्ने आशा पलाउँछ। यो नै मार्ग हो। स्वभाव परिवर्तन जीवन वृद्धिको कुरा हो। व्यक्तिले सत्यता बुझेर यसको अभ्यास गर्नैपर्छ। सत्यता अभ्यास गरेर मात्र भ्रष्ट स्वभावको समस्या हल गर्न सकिन्छ। यदि कुनै भ्रष्ट स्वभाव निरन्तर प्रकट भइरहन्छ, हरेक कार्य र बोलीमा समेत प्रकट भइरहन्छ भने, यसको अर्थ स्वभाव परिवर्तन भएको छैन। भ्रष्ट स्वभावसँग सम्बन्धित कुनै पनि मामिलालाई गम्भीरतापूर्वक विश्लेषण र खोजबिन गर्नुपर्छ। भ्रष्ट स्वभावको मूल कारण पत्ता लगाएर समाधान गर्न सत्यता खोजी गर्नुपर्छ। भ्रष्ट स्वभावको समस्या पूर्ण रूपमा समाधान गर्ने एकमात्र तरिका यही हो। तैँले यो मार्ग फेला पारिसकेपछि तेरो स्वभाव परिवर्तन हुने आशा पलाउँछ। यी खोक्रा कुरा होइनन्; ती त वास्तविक जीवनसँग सान्दर्भिक छन्। मुख्य कुरा भनेको व्यक्तिविशेषहरू सत्यता वास्तविकताहरूमा पूर्ण हृदयले र लगनशील भई चल्न सक्छन् कि सक्दैनन् र सत्यता अभ्यास गर्न सक्छन् कि सक्दैनन् भन्ने हो। तिनीहरू सत्यता अभ्यास गर्न सक्छन् भने, बिस्तारै आफ्नो भ्रष्ट स्वभाव फाल्न थाल्न सक्छन्। त्यसपछि तिनीहरू परमेश्वरको मापदण्ड र आफ्नो स्थानअनुसार चल्न सक्छन्—अर्का शब्दमा भन्नुपर्दा, तिनीहरू आफूलाई आफ्नो स्थानअनुसार आचरणमा ढाल्न सक्छन्। तिनीहरूले आफ्नो ठाउँ पत्ता लगाएर, सृष्टि गरिएको प्राणीका रूपमा आफ्ना भूमिकामा दृढ बनेर, अनि साँच्चै परमेश्वरको आराधना गर्ने र उहाँप्रति समर्पित हुने व्यक्ति बनेर, परमेश्वरबाट अनुमोदन पाउनेछन्।
फेब्रुवरी २०, २०२०