699 परमेश्वरलाई सबैभन्दा बहुमूल्य बलिदान चढाउँदै
वर्षौँ बितेपछि,
शोधन र सजायको कष्ट
अनुभव गरिसकेपछि, मानिस जीर्ण बनेको छ।
मानिसले विगतको “महिमा” र
“रोमान्स” गुमाए तापनि
उसले अन्जानमै मानव आचरणका
सिद्धान्त बुझ्न पुगेको छ र
मानवलाई मुक्ति दिने, परमेश्वरको वर्षौँको इच्छालाई बुझ्न पुगेको छ,
मानवलाई मुक्ति दिने, परमेश्वरको वर्षौँको इच्छालाई बुझ्न पुगेको छ।
मानिस बिस्तारै आफ्नै
जङ्गलीपनलाई, असभ्यतालाई,
आफ्ना अनुचित मागलाई र
उहाँप्रतिका सबै गलत बुझाइलाई घृणा गर्न थाल्छ।
समयलाई पछाडि फर्काउन सकिन्न,
विगतका घटना खेदपूर्ण याद बन्छन्
र उहाँका वचन र प्रेम
मानिसको नयाँ जीवनको प्रेरणा-शक्ति।
समयलाई पछाडि फर्काउन सकिन्न,
विगतका घटना खेदपूर्ण याद बन्छन्
र उहाँका वचन र प्रेम
मानिसको नयाँ जीवनको प्रेरणा-शक्ति।
मानिसका घाउ दिन-प्रतिदिन निको हुन्छन्,
उसको शक्ति फर्किन्छ
र ऊ उठेर
सर्वशक्तिमानको अनुहारमा हेर्छ,
केवल यो थाहा पाउन कि उहाँ सधैँ मेरो छेउमै हुनुहुन्छ
र उहाँको मुस्कान र सुन्दर मुहार
अझै कति मोहक छन्।
उहाँको हृदयमा आफ्नो सृष्टि मानवप्रति अझै चिन्ता छ,
र उहाँका हात सुरुमा जस्तै अझै न्याना र शक्तिशाली छन्।
मानिस अदनको बगैँचामा
फर्किएको जस्तै हो यो,
तर यो पाली, मानिस सर्पको प्रलोभन सुन्दैन
न अब यहोवाको मुहारबाट टाढिन्छ।
मानिस उहाँ सामु घुँडा टेक्छ,
उहाँको मुस्कुराइरहेको मुहार हेर्छ
र सबैभन्दा बहुमूल्य बलिदान चढाउँछ—
हे मेरो प्रभु, मेरो परमेश्वर!
मानिस उहाँ सामु घुँडा टेक्छ,
उहाँको मुस्कुराइरहेको मुहार हेर्छ
र सबैभन्दा बहुमूल्य बलिदान चढाउँछ—
हे मेरो प्रभु, मेरो परमेश्वर!
मानिस उहाँ सामु घुँडा टेक्छ,
उहाँको मुस्कुराइरहेको मुहार हेर्छ
र सबैभन्दा बहुमूल्य बलिदान चढाउँछ—
हे मेरो प्रभु, मेरो परमेश्वर!
हे मेरो प्रभु, मेरो परमेश्वर!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “परिशिष्ट ३: मानिसलाई परमेश्वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ” बाट परिमार्जित