912 परमेश्वरको अख्तियारलाई कसैले प्रतिस्थापन गर्न सक्तैन
पद १
संसारमा मानव देखा पर्नु अघि,
परमेश्वरले सबै सृष्टि गर्न शक्ति प्रयोग गर्नुभयो।
अद्वितीय विधिले, मानिसको बासस्थान बनाउनुभयो,
किनकि छिट्टै उसलाई सास दिनुहुनेथियो।
उहाँको अख्तियार सबै प्राणी, महान् समुद्र,
स्वर्ग, ज्योति, भुमि, पशु, पक्षी,
सूक्ष्मजीव र किराहरूमा देखाइयो।
कोरस
जब परमेश्वरले सबै थोकको सृष्टि सुरु गर्नुभयो,
उहाँको शक्ति प्रकट हुन थाल्यो।
सबै थोक सृष्टि गर्न र कायम राख्न उहाँले वचन प्रयोग गर्नुभयो।
हो, यही हो उहाँको अद्वितीय अख्तियार।
पद २
उहाँको सार्वभौमिकता मुनि, उहाँका
वचनको कारणले प्रत्येकलाई जीवन दिइयो
र वृद्धि गराइयो।
उहाँको शक्तिले अचल कुरालाई जीवन दिन्छ,
ताकि ती कहिल्यै नहराऊन्,
जीवित प्राणीलाई वृद्धि हुने प्रवृत्ति दिन्छ,
ताकि अस्तित्वका नियम हस्तान्तरण गरून्।
कोरस
जब परमेश्वरले सबै थोकको सृष्टि सुरु गर्नुभयो,
उहाँको शक्ति प्रकट हुन थाल्यो।
सबै थोक सृष्टि गर्न र कायम राख्न उहाँले वचन प्रयोग गर्नुभयो।
हो, यही हो उहाँको अद्वितीय अख्तियार।
ब्रिज
उहाँको शक्ति रूपहरूमा, वृहत् वा
सूक्ष्म दृष्टिकोणमा सीमित छैन।
ब्रह्माण्डलाई आदेश दिनुहुन्छ र
जीवन-मृत्युमाथि शासन गर्नुहुन्छ।
सबैलाई सेवा गर्न लगाउनुहुन्छ,
पानी-पर्वत शासन गर्नुहुन्छ।
सृष्टिको आवश्यकता प्रदान गर्दै,
ती भित्रका सबैमा शासन गर्नुहुन्छ।
यसले मानव बाहेक सबै माझ उहाँको
अद्वितीय अख्तियार देखाउँछ।
यो प्रकटीकरण कहिल्यै सकिने छैन,
केही-कसैले यसलाई बदल्न, बिगार्न,
थप्न वा घटाउन सक्तैन।
कारण सृष्टिकर्ताको पहिचान कसैले प्रतिस्थापन गर्न सक्तैन।
कोरस
जब परमेश्वरले सबै थोकको सृष्टि सुरु गर्नुभयो,
उहाँको शक्ति प्रकट हुन थाल्यो।
सबै थोक सृष्टि गर्न र कायम राख्न उहाँले वचन प्रयोग गर्नुभयो।
हो, यही हो उहाँको अद्वितीय अख्तियार।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। “परमेश्वर स्वयम् अद्वितीय १” बाट परिमार्जित