257 सृष्टिका सबै प्राणीहरूको जीवन परमेश्‍वरबाट आउँछ

पद १

परमेश्‍वरले मानिसलाई दिनुभएको जीवन सीमा वा,

भौतिकता, समय वा दुरीले बाँधिएको छैन।

उहाँले दिनुभएको जीवनको रहस्य यस्तो छ,

र यो जीवन उहाँबाटै आएको प्रमाण हो।


कोरस १

धेरैले जीवन परमेश्‍वरबाटै

आएको भनेर विश्‍वास नगरेपनि,

मानिसले अनिवार्य

उहाँबाट आएका कुरा उपभोग गर्छ,

चाहे उनीहरू उहाँको अस्तित्व

विश्‍वास गरुन् वा नगरुन्।


कोरस २

यदि उहाँको हृदय एक दिन अचानक परिवर्तन भयो र

संसारमा रहेको सबै कुरा पुनः प्राप्त गर्न र

उहाँले दिनुभएको जीवन फिर्ता लिन चाहनुभयो भने,

केही पनि रहनेछैन, केही पनि रहनेछैन।


पद २

परमेश्‍वरले जीवित र निर्जीव,

सबै कुराको आपूर्ति गर्न

आफ्नो जीवन प्रयोग गर्नुहुन्छ,

उहाँको शक्ति र अख्तियारको सद्गुणद्वारा

सबै सुव्यवस्थित हुन्छ।


कोरस ३

यो त्यस्तो तथ्य हो, जुन कसैले पनि

कल्पना गर्न वा बुझ्न सक्तैन,

र यी बुझ्न नसकिने तथ्य

उहाँको जीवन-शक्तिको

प्रकटीकरण र साक्षी हुन्।


कोरस ४

अब उहाँले तिमीलाई एउटा रहस्य भन्नुहुन्छ:

उहाँको जीवनको महानता र शक्ति

कुनै पनि प्राणीका लागि बुझ्न नसकिने छ।

विगतमा जस्तो थियो, यो अहिले पनि त्यस्तै छ,

र आगामी समयमा पनि त्यस्तै रहनेछ।


ब्रिज १

उहाँले बताउनुहुने दोस्रो रहस्य यो हो:

सबै सृजित प्राणीका निम्ति

जीवनको श्रोत परमेश्‍वरबाट आउँछ,

तिनको जीवनको रूप वा ढाँचा

जति फरक भए पनि;

तिमी जस्तोसुकै जीवित प्राणी भए पनि,

उहाँद्वारा तोकिएको जीवन मार्ग

विरुद्ध जान सक्तैनौ।


पद ३

उहाँ चाहनुहुन्छ कि मानिसले यो बुझोस्:

परमेश्‍वरको वास्ता, हेरचाह र प्रबन्ध बिना,

मानिसले पाउनुपर्ने सबथोक प्राप्त गर्न सक्तैन,

जतिसुकै कोसिस, कठिन संघर्ष गरोस्।


कोरस ५

परमेश्‍वरबाट जीवनको आपूर्ति बिना,

मानिसले जिउनुको मूल्य गुमाउँछ;

परमेश्‍वरबाट जीवनको आपूर्ति बिना,

मानिसले जिउनुको मूल्य गुमाउँछ

र जीवनको अर्थ पनि।


ब्रिज २

परमेश्‍वरबाट जीवनको आपूर्ति बिना,

मानिसले जिउनुको मूल्य गुमाउँछ;

परमेश्‍वरबाट जीवनको आपूर्ति बिना,

मानिसले जिउनुको मूल्य गुमाउँछ

र जीवनको अर्थ पनि।


कोरस ६

उहाँ चाहनुहुन्छ कि मानिसले यो बुझोस्:

परमेश्‍वरको वास्ता, हेरचाह र प्रबन्ध बिना,

मानिसले प्राप्त गर्नुपर्ने सबै कुरा

प्राप्त गर्न सक्तैन, प्राप्त गर्न सक्तैन,

उसले जतिसुकै कोसिस वा कठिन संघर्ष गरोस्।


कोरस ७

परमेश्‍वरबाट जीवनको आपूर्ति बिना,

मानिसले जिउनुको मूल्य गुमाउँछ;

परमेश्‍वरबाट जीवनको आपूर्ति बिना,

मानिसले जिउनुको मूल्य गुमाउँछ

र जीवनको अर्थ पनि, र जीवनको अर्थ पनि।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ” बाट परिमार्जित

अघिल्लो: 256 परमेश्‍वरले कसरी सबै थोकमाथि शासन गर्नुहुन्छ

अर्को: 258 परमेश्‍वरको जीवनशक्तिको प्रकटीकरण

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्