59 न्याय र सजायको काम छुटकाराको कामभन्दा गहन छ
शुरुवात
अब युग बदलिएको छ,
परमेश्वरको काम अघि बढेको छ।
मानिसको विद्रोहीपन र अशुद्धि,
न्यायद्वारा हटाइने छ।
पद १
छुटकाराको काम ताका,
मानिसले आनन्द पाउन उहाँले अनुग्रह देखाउनुपर्छ।
ताकि तिनले पापबाट छुटकारा पाऊन्,
र अनुग्रहद्वारा पाप क्षमा गरिऊन्।
कोरस
अब उहाँ अधार्मिकताको खुलासा गर्नुहुन्छ,
सजाय, न्यायको माध्यमबाट,
मानिसलाई वचनले प्रहार,
खुलासा, ताडना गर्नुहुन्छ।
ताकि तिनलाई मुक्ति मिलोस्,
यो काम छुटकाराभन्दा गहन छ।
पद २
अनुग्रहको युगको अनुग्रह,
मानिसको आनन्दको लागि काफि थियो।
त्यो अनुग्रह अनुभव गरिसकेकोले,
मानिसलाई यसको आनन्द लिन दिइँदैन।
यो कामको समय अब बितिसकेको छ,
अब उहाँ मानिसलाई वचनको न्यायद्वारा मुक्ति दिनुहुन्छ।
उसलाई न्याय गरिन्छ, सजाय दिइन्छ, शोधन गरिन्छ,
अनि मात्र उसको स्वभाव बदलिन्छ।
पूर्व कोरस
के यो उहाँले बोल्नुभएका वचनले गर्दा होइन र?
कोरस
अब उहाँ अधार्मिकताको खुलासा गर्नुहुन्छ,
सजाय, न्यायको माध्यमबाट,
मानिसलाई वचनले प्रहार,
खुलासा, ताडना गर्नुहुन्छ।
ताकि तिनलाई मुक्ति मिलोस्,
यो काम छुटकाराभन्दा गहन छ।
ब्रिज
कामको हरेक चरण मानवको प्रगति
र युग अनुरूप गरिन्छ।
यी सब काम अर्थपूर्ण छन्,
जुन अन्तिम मुक्तिको लागि गरिन्छ।
ताकि मानिसले राम्रो गन्तव्य पाऊन्,
र अन्त्यमा मानवजातिमा वर्गीकृत हुन सकून्।
कोरस
अब उहाँ अधार्मिकताको खुलासा गर्नुहुन्छ,
सजाय, न्यायको माध्यमबाट,
मानिसलाई वचनले प्रहार,
खुलासा, ताडना गर्नुहुन्छ।
ताकि तिनलाई मुक्ति मिलोस्,
यो काम छुटकाराभन्दा गहन छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “देहधारणको रहस्य (४)” बाट परिमार्जित