85 वचनद्वारा गरिएको न्यायले परमेश्वरको अख्तियारलाई अझ राम्ररी प्रतिनिधित्व गर्छ
पद १
परमेश्वरले अन्तिम दिनहरूमा गर्नुहुने काममा,
वचनको अख्तियार र शक्ति,
चिन्ह र चमत्कारको भन्दा बढी हुन्छ।
त्यसले मानिसको भ्रष्ट स्वभाव देखाउँछ।
तिनलाई आफैँ चिन्न सक्तैनौ,
तर जब वचनले तिनलाई तिम्रो अघि उदाङ्गो पार्छ,
तिनलाई चिन्नेछौ, इन्कार गर्नेछैनौ,
र तिमी पूर्ण विश्वस्त हुनेछौ।
पूर्व कोरस १
के यो वचनको अख्तियार होइन र?
यो वचनको आजको कामको परिणाम हो,
हो, उहाँको वचनको परिणाम हो यो।
कोरस
यसले देखाउँछ कि उहाँको शक्ति, अख्तियार
चिन्हको काम गर्नु, रोगी निको पार्नु र
भूत धपाउनु मात्र होइन।
बरू वचनको न्यायले उहाँको
सर्वशक्तिमानता, अख्तियारको
अझ प्रतिनिधित्व गर्न सक्छ।
पद २
न्याय र सजायको यो कामद्वारा, मानिसले
आफ्नै फोहोर र भ्रष्ट सार पूर्णतः देख्नेछ,
ऊ पुरै बदलिनेछ र धोइनेछ।
मानिस उहाँको सिंहासन अघि फर्कन
योग्य हुन सक्ने यो एउटै तरिका हो।
वचनको न्याय र सजायद्वारा मानिस
उहाँद्वारा लिइन सक्षम हुन्छ।
पूर्व कोरस २
वचनको न्याय,
शोधन र खुलासाद्वारा
मानिसका सबै धारणा, अभिप्राय, आकांक्षा र
उसको हृदयका अशुद्धता प्रकट गरिन्छ।
कोरस
यसले देखाउँछ कि उहाँको शक्ति, अख्तियार
चिन्हको काम गर्नु, रोगी निको पार्नु र
भूत धपाउनु मात्र होइन।
बरू वचनको न्यायले उहाँको
सर्वशक्तिमानता, अख्तियारको
अझ प्रतिनिधित्व गर्न सक्छ।
ब्रिज
तिमीहरूले पाउने सबै फल वचनबाट हो,
जुन चिन्ह र चमत्कारका भन्दा ठूला हुन्छन्।
तिमी उहाँको महिमा र अख्तियार,
क्रूसीकरण, रोगी निको पार्ने,
भूत धपाउने कामद्वारा मात्र नभई
उहाँको वचनको न्यायद्वारा अझ बढी देख्छौ।
कोरस
यसले देखाउँछ कि उहाँको शक्ति, अख्तियार
चिन्हको काम गर्नु, रोगी निको पार्नु र
भूत धपाउनु मात्र होइन।
बरू वचनको न्यायले उहाँको
सर्वशक्तिमानता, अख्तियारको
अझ प्रतिनिधित्व गर्न सक्छ।
यसले देखाउँछ कि उहाँको शक्ति, अख्तियार
चिन्हको काम गर्नु, रोगी निको पार्नु र
भूत धपाउनु मात्र होइन।
बरू वचनको न्यायले उहाँको
सर्वशक्तिमानता, अख्तियारको
अझ प्रतिनिधित्व गर्न सक्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “देहधारणको रहस्य (४)” बाट परिमार्जित