185 परमेश्वरले मानवजातिलाई कसरी देख्नुहुन्छ
पद १
जब येशूले मानिसको पापको जीवन देख्नुभो,
तीव्र इच्छाले भरिनुभो'—
तिनलाई संघर्षबाट मुक्त गर्ने।
चाँडै क्रूसमा तिनका पाप बोक्नैपर्छ।
मानिससँग जिउँदा येशूका विचार यी थिए,
र पापमा जिउनुको तिनको पिडा देख्नुभो'।
पूर्व कोरस १
कि देहधारी परमेश्वरको मानिसप्रति यस्तो इच्छा हुन सक्थ्यो—
के यो सामान्य व्यक्तिसँग हुने स्वभाव हो?
कोरस
उहाँ सधैँ मानवजातिलाई
ईश्वरीय दृष्टिले हेर्नुहुन्छ,
सृष्टिकर्ताको पदका उचाइबाट।
उहाँ सधैँ मानवजातिलाई
उहाँको मन र सारले हेर्नुहुन्छ,
भ्रष्ट, सामान्य मानिसको दृष्टिले होइन।
पद २
सतहमा उहाँले मानव रूप लिनुभएपनि,
तिनको ज्ञान र भाषा सिक्नुभएपनि,
विचार व्यक्त गर्न तिनका तरिका प्रयोग गर्नुभएपनि,
मानिसलाई तिनले देख्न नसक्ने तरिकाले हेर्नुहुन्छ।
सबको सारलाई हेर्ने उहाँको दृष्टिकोण
भ्रष्ट मानवजातिको झैँ छैन।
पूर्व कोरस २
उहाँको दृष्टिकोण र उहाँ उभिनुहुने उचाइ,
कुनै पनि भ्रष्ट मानिसको लागि अप्राप्य कुरा हो।
कोरस
उहाँ सधैँ मानवजातिलाई
ईश्वरीय दृष्टिले हेर्नुहुन्छ,
सृष्टिकर्ताको पदका उचाइबाट।
उहाँ सधैँ मानवजातिलाई
उहाँको मन र सारले हेर्नुहुन्छ,
भ्रष्ट, सामान्य मानिसको दृष्टिले होइन।
ब्रिज
कारण परमेश्वर सत्य हुनुहुन्छ
र उहाँको देहमा पनि परमेश्वरको सार छ,
मानिसको रूपमा उहाँका विचार सत्य हुन्,
र उहाँका अभिव्यक्ति पनि।
उहाँको देह जतिसुकै निच र
अपमानसित व्यवहार गरिएपनि,
मानिसप्रति उहाँको मनोवृति र विचार
सिको वा हासिल गर्न सकिँदैन।
कोरस
उहाँ सधैँ मानवजातिलाई
ईश्वरीय दृष्टिले हेर्नुहुन्छ,
सृष्टिकर्ताको पदका उचाइबाट।
उहाँ सधैँ मानवजातिलाई
उहाँको मन र सारले हेर्नुहुन्छ,
भ्रष्ट, सामान्य मानिसको दृष्टिले होइन।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। “परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् ३” बाट परिमार्जित