524 के परमेश्‍वरको वचन साँच्चै तिम्रो जीवन बनेको छ?

शुरुवात

मानिस परमेश्‍वरलाई जीवन बनाउँछु भन्छन्,

तर तिनले यो अनुभव गर्न बाँकी नै छ।


पद १

भन्छन् मात्र कि उहाँ तिनको जीवन हुनुहुन्छ

र तिनलाई हरदिन अगुवाइ गर्नुहुन्छ,

हरदिन उहाँका वचन पढ्छन्, प्रार्थना गर्छन्,

यसरी तिनको जीवन बन्नुभएको छ।

तिनको ज्ञान निकै सतही छ।

धेरै मानिसको कुनै जग छैन;

वचन तिनमा रोपिएका छन्, तर ती

अझै उम्रिन र फल्न बाँकी छन्।


कोरस १

एउटा बिन्दुसम्म अनुभव गरिसकेपछि,

त्याग्न लगाइए पनि, त्याग्न सक्थेनौ।

सधैँ महसुस गर्नेछौ कि उहाँ

तिमी भित्र नहुनुभई तिमी हुन सक्तैनौ।


पद २

उहाँ बिना हुनु जीवन गुमाउनु झैँ हो।

उहाँ बिना जिउन असक्षम छौ।

जब यो बिन्दुसम्म अनुभव गरेको हुन्छौ,

विश्‍वासले निशानामा हानेको हुनेछ।

यसरी उहाँ तिम्रो जीवन र

अस्तित्वको जग बन्नुहुनेछ,

ताकि फेरि कहिल्यै उहाँबाट

छुट्टिन सक्षम हुनेछैनौ।


कोरस २

यो बिन्दुमा साँच्चै उहाँको प्रेममा आनन्दित हुनेछौ,

उहाँसँग झन् नजिक हुन्छौ,

उहाँ तिम्रो जीवन र प्रेम हुनुहुनेछ।

मानिसको वास्तविक कद र जीवन यही हो।


ब्रिज

उहाँ तिम्रो जीवन हुनुहुन्छ भनी अनुभव गर्नैपर्छ,

उहाँ तिम्रो हृदयबाट हटाइनुभयो भने,

जीवन गुमाएझैँ हुनेछ;

उहाँ तिम्रो जीवन, उहाँलाई छोड्न सक्तैनौ।

यसरी साँच्चै उहाँलाई अनुभव गर्छौ।

यो समयमा, फेरि उहाँलाई प्रेम गर्दा,

उहाँलाई साँच्चै प्रेम गर्न सक्षम हुनेछौ।

यो एकल, शुद्ध प्रेम हुनेछ।


कोरस ३

जब अनुभव एउटा बिन्दुमा पुगेका हुन्छन्,

जब प्रार्थना गर्छौ, उहाँका वचन खान्छौ र पिउँछौ,

हृदय उहाँलाई छोड्न असक्षम हुनेछ,

उहाँलाई बिर्सन सक्नेछैनौ।


पद ३

उहाँ साँच्चै तिम्रो जीवन बन्नुभएको हुनेछ।

संसार, पति, पत्नी, बालबच्चा बिर्सन सक्छौ;

तर उहाँलाई बिर्सन कठिन हुनेछ।

तिम्रो साँचो जीवन, उहाँको निम्ति प्रेम यही हो।

जब उहाँप्रतिको प्रेम एउटा बिन्दुमा पुग्छ,

त्यो प्रेमसँग कुनै पनि कुराको तुलना हुँदैन।

यसरी तिनीहरू सबथोक त्याग्न र उहाँका

सब निराकरण स्वीकार्न सक्छन्।


कोरस ४

जब अरू सबथोकलाई उछिन्ने

उहाँप्रतिको प्रेम पाउन सक्षम हुन्छौ,

तब वास्तविकतामा र

तिमीप्रतिको उहाँको प्रेममा जिउनेछौ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌” बाट परिमार्जित

अघिल्लो: 521 सत्यता पछ्याउने व्यक्ति मात्र परमेश्‍वरद्वारा सिद्ध पारिन सक्छ

अर्को: 527 परमेश्‍वरका वचनहरूको साँचो अर्थ कहिल्यै बुझिएको छैन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्