996 मार्गको अन्तिम भाग कसरी राम्रोसँग पछ्याउने
शुरुवात
याद गर यी वचन बोलिएका छन्:
तिमीले ठूलो सङ्कष्ट भोग्नेछौ।
पद १
सिद्ध पारिन सहज छैन।
अय्यूबजति विश्वास हुनैपर्छ।
तिम्रा जाँच अय्यूबका भन्दा ठूला हुनेछन्;
दीर्घकालीन सजाय भोग्नैपर्छ।
यदि तिम्रो क्षमता सुधार्न सकिँदैन,
बुझ्ने क्षमताको अभाव छ,
भएको ज्ञान निकै कम छ भने, त्यो समय,
तिमीसँग गवाही हुनेछैन।
ब्रिज १
ठट्टा बन्नेछौ, शैतानको खेलौना हुनेछौ।
अहिले दर्शन पक्रन नसकेमा,
तिमीसँग जग छैन, तिमी फ्याँकिनेछौ!
पद २
मार्गको कुनै भाग हिँड्न सहज छैन,
त्यसैले त्यसलाई हल्का रूपमा नलेऊ।
मार्गको अन्तिम भागमा सही रूपमा हिँड्न,
होशियार भई विचार गर र तयार होऊ।
बेवास्ता नगर। यो सबैको मार्ग हो,
हिँडिनैपर्ने अगाडिको मार्ग हो यो।
परमेश्वरका वचनलाई बेकार नसोच।
तिमीले यो सब प्रयोग गर्ने दिन आउनेछ।
ब्रिज २
आफैलाई सुसज्जित गर,
मार्ग बनाउन तयार होऊ।
कसरी दृढ खडा हुनेछौ?
भविष्यको लागि तयार होऊ,
घिचुवा, अल्छी नहोऊ!
पद ३
चाहिएको पाउन समय सदुपयोग गर।
बुझ्न सक भनी उहाँ सब दिनुहुन्छ।
ठूलो सङ्कष्टद्वारा, सबले आफैभित्र
साँचो बुझाइ पाउनेछन्।
ब्रिज ३
कामका चरणहरू यी हुन्।
आजका दर्शन बुझ, साँचो कद पाऊ,
तब कठिनाइले कुल्चनेछैनन्;
तिनको सामना गर्न सक्नेछौ।
पद ४
जब कामको यो अन्तिम चरण सक्याउनुहुन्छ,
जब अन्तिम वचन बोल्नुहुन्छ,
तब मानिस आफ्नै मार्गमा हिँड्नुपर्ने हुन्छ।
यसले पहिले बोलिएका वचन पूरा गर्नेछ:
अन्त्य
आत्माले सबलाई कर्तव्य दिनुहुन्छ,
सबमा काम गर्नुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “तँ मार्गको अन्तिम भागसम्म कसरी हिँड्नुपर्छ” बाट परिमार्जित