450 के तिमी परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा प्रवेश गरेको छौ?

पद १

धेरैले परमेश्‍वरमा विश्‍वास

गर्छन्, तर उहाँ के चाहनुहुन्छ

र शैतानले के चाहन्छ भनी जान्दैनन्।

सामान्य इसाई जीवनबिना,

अन्धाधुन्ध भीडलाई पछ्याउँछन्।

तिनको उहाँ वा अरूसँग उचित सम्बन्ध छैन।


पद २

मानिसका धेरै कमी,

समस्या र उहाँका इच्छालाई

बाधा दिन सक्ने धेरै कुरालाई

यसले स्पष्ट रूपमा देखाउँछ।

मानिस परमेश्‍वरमाथिको

विश्‍वासको सही मार्गबाट धेरै टाढा छ,

वास्तविक जीवन अनुभव

गरेको छैन भनी यसले देखाउँछ।


कोरस

उहाँमाथिको विश्‍वासको सही मार्ग

भनेको सधैँ उहाँसामु हृदय शान्त राख्नु,

उहाँसँग कुराकानी गर्नु,

उहाँबारे अझ बढी र आफ्नो कमी जान्नु हो।

हर दिन नयाँ अन्तर्दृष्टि पाउनेछौ,

तृष्णा बढ्नेछ, सत्यतामा प्रवेश गर्न खोज्नेछौ,

नयाँ ज्ञान पाउनेछौ तसर्थ

शैतानको पकडबाट स्वतन्त्र हुनेछौ र जीवनमा बढ्नेछौ।


पद ३

के सही मार्गमा छौ?

कुन कुरामा शैतानका बन्धन फुकाएको छौ?

के सही मार्गमा छौ?

कुन कुरामा शैतानको शक्तिबाट उम्केको छौ?

यदि सही मार्गमा छैनौ भने,

शैतानसँगका बन्धन तोडिएका छैनन्।

यो अवस्थामा तिम्रो उहाँप्रतिको

प्रेम के शुद्ध र साँचो हुन सक्छ?


ब्रिज

उहाँलाई प्रेम गर्छौ भन्छौ,

तैपनि शैतानका साङ्लोले बाँधिएको छौ।

उहाँलाई प्रेम गर्छौ भन्छौ,

तर के उहाँलाई मूर्ख बनाउँदैनौ?

उहाँद्वारा प्राप्त गरिन,

उहाँका मानिसहरू माझ गनिन,

उहाँलाई शुद्ध प्रेम गर्न,

पहिला आफूलाई सही मार्गमा लगाऊ।


कोरस

उहाँमाथिको विश्‍वासको सही मार्ग

भनेको सधैँ उहाँसामु हृदय शान्त राख्नु,

उहाँसँग कुराकानी गर्नु,

उहाँबारे अझ बढी र आफ्नो कमी जान्नु हो।

हर दिन नयाँ अन्तर्दृष्टि पाउनेछौ,

तृष्णा बढ्नेछ, सत्यतामा प्रवेश गर्न खोज्नेछौ,

नयाँ ज्ञान पाउनेछौ तसर्थ

शैतानको पकडबाट स्वतन्त्र हुनेछौ र जीवनमा बढ्नेछौ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “विश्‍वासीहरूले कस्तो दृष्टिकोण राख्‍नुपर्छ” बाट परिमार्जित

अघिल्लो: 449 पवित्र आत्माको कामको प्रकटीकरण

अर्को: 451 पवित्र आत्माको काम सामान्य र व्यावहारिक छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्