488 परमेश्वरका वचनको वास्तविकतामा कसरी प्रवेश गर्ने
पद १
जो परमेश्वरप्रति समर्पित हुन्छन्,
पूरै अस्तित्व उहाँ सामु राख्छन्;
तिनीहरू उहाँका वाणीमा समर्पित हुन्छन्,
उहाँका वचन अभ्यास गर्न सक्छन्।
उहाँका वचनलाई आफ्नो अस्तित्वको आधार बनाउँछन्
र कुन भाग अभ्यास गर्ने भनी
वचन भित्र खोज्न सक्छन्।
त्यस्ता मानिस साँच्चै परमेश्वर सामु जिउँछन्।
कोरस १
तिम्रा कार्य तिम्रो जीवनको लागि लाभदायक भएमा,
र उहाँका वचन खाएर, पिएर,
आफ्ना आवश्यकता, कमीहरू
पुरा गरेर आफ्नो जीवन स्वभाव
रूपान्तरण गर्न सकेमा,
यसले उहाँको इच्छालाई सन्तुष्ट गर्नेछ।
पद २
उहाँका मागअनुसार कार्य गरेमा,
देहलाई होइन, उहाँको इच्छालाई सन्तुष्ट गरेमा,
उहाँका वचनको वास्तविकतामा प्रवेश गरेको हुनेछौ।
उहाँका वचनको वास्तविकतामा
साँच्चै प्रवेश गर्नु भनेको,
आफ्नो कर्तव्य र उहाँका माग पूरा गर्न सक्नु हो।
यसरी मात्र वचनको वास्तविकतामा पस्न सकिन्छ।
कोरस २
यो वास्तविकतामा प्रवेश गर्न, प्रवेश गर्न सकेमा,
तिमीसँग सत्यता हुनेछ, सत्यता हुनेछ।
यो वास्तविकता प्रवेशको सुरुवात हो;
पहिला यो तालिम लिनैपर्छ,
अनि मात्र अझ गहन वास्तविकतामा पस्न सक्नेछौ,
अनि मात्र अझ गहन वास्तविकतामा पस्न सक्नेछौ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “परमेश्वरलाई साँच्चै प्रेम गर्नेहरू ती हुन् जो उहाँको व्यावहारिकताप्रति पूर्ण रूपमा समर्पित हुन सक्छन्” बाट परिमार्जित