610 प्रभु येशूको अनुकरण गर

पद १

परमेश्‍वरको आज्ञा—सारा मानवजातिको

छुटकाराको काम पूरा गर्न येशु सक्षम हुनुभयो,

कारण आफ्नो निम्ति कुनै योजना,

प्रबन्ध नबनाउनुभई,

परमेश्‍वरको इच्छामा पूरा ध्यान दिनुभयो।


पद २

परमेश्‍वरको व्यवस्थापनको

योजना केन्द्रमा राख्नुभयो,

स्वर्गमा हुनुहुने पिताको इच्छा खोज्नुभयो,

प्रार्थना गर्नुभयो र भन्नुभयो:

“परमेश्‍वर पिता! तपाईँको इच्छा पूरा गर्नुहोस्,


कोरस १

मेरा चाहना अनुसार होइन,

तपाईँको योजना अनुसार काम गर्नुहोस्।

मानिस कमजोर हुन सक्छ, तर

तपाईँले उसको वास्ता किन गर्नुपऱ्यो?


कोरस २

तपाईँको हातमा कमिला जस्तो मानिस,

तपाईँको वास्ताको योग्य कसरी हुन सक्छ?

हृदयमा, तपाईँको इच्छा पूरा गर्न मात्र चाहन्छु,

र चाहन्छु कि तपाईँ ममा आफ्ना

चाहना अनुसार काम गर्न सक्नुहोस्।”


पद ३

यरूशलेमको बाटोमा, येशू वेदनामा हुनुहुन्थ्यो,

मानौँ उहाँको मुटुमा छुरी रोपिएको थियो,

तैपनि उहाँमा आफ्नो

वचनबाट पछि हट्ने अलिकति पनि अभिप्राय थिएन;


कोरस ३

सधैँ एउटा प्रबल शक्तिले उहाँलाई क्रूसमा टाँगिने

स्थानतर्फ बढ्न निर्देशन गरिरहेको थियो।

अन्त्यमा, उहाँ क्रूसमा टाँगिइनुभयो र

मानवजातिको छुटकाराको काम पूरा गर्नुहुँदै,


कोरस ४

पापी शरीरको प्रतिरूप बन्नुभयो।

मृत्यु र पातालका बन्धनबाट उम्कनुभयो।

उहाँ सामु, मृत्यु, नरक

र पातालले आफ्नो शक्ति गुमाए

र उहाँद्वारा पराजित भए।


पद ४

उहाँ तेत्तीस वर्ष जिउनुभयो, जुन अवधिमा

परमेश्‍वरको त्यो बेलाको काम अनुसार

परमेश्‍वरको इच्छा पूरा गर्न सक्दो गर्नुभयो,

आफ्नो लागि सोच्नुभएन,

सधैँ परमेश्‍वरको इच्छाबारे सोच्नुभयो।


पद ५

येशूको सेवा परमेश्‍वरको इच्छाअनुरूप भएकोले,

परमेश्‍वरले सब मानिसलाई छुटकारा दिने गह्रौँ काम

उहाँका काँधमा राखिदिनुभयो,

पूरा गर्न लगाउनुभयो,

उहाँ यो महत्त्वपूर्ण कार्य गर्न योग्य

र हकदार हुनुहुन्थ्यो।


कोरस ५

जीवनभर, परमेश्‍वरको निम्ति

असीमित कष्ट सहनुभयो,

शैतानले अनगिन्ती पटक परीक्षा गऱ्यो,

तर निराश हुनुभएन।

परमेश्‍वरले उहाँलाई भरोसा,

प्रेम गर्नुभएको कारण उहाँलाई यति ठूलो

काम दिनुभयो।


कोरस ६

येशूले जस्तै, तिमीहरूले परमेश्‍वरको बोझलाई

पूर्ण ध्यान दिन, देहलाई त्याग्न सकेमा,

परमेश्‍वरले उहाँका महत्त्वपूर्ण कार्य

तिमीहरूलाई सुम्पनुहुनेछ,

ताकि परमेश्‍वरको सेवा गर्न चाहिने

सर्त पूरा गर्नेछौ।


कोरस ७

त्यस्ता परिस्थितिमा मात्र

परमेश्‍वरको इच्छा र आज्ञा पूरा गर्दैछौ,

उहाँको साँच्चै सेवा गर्दैछौ भनी भन्ने साहस गर्नेछौ,

सेवा गर्दैछौ भनी भन्ने साहस गर्नेछौ,

सेवा गर्दैछौ भनी भन्ने साहस गर्नेछौ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरको इच्छा अनुसार कसरी सेवा गर्ने” बाट परिमार्जित

अघिल्लो: 609 केवल परमेश्‍वरका घनिष्ठहरू उहाँको सेवा गर्न योग्य छन्

अर्को: 612 परमेश्‍वरको सेवा गर्ने व्यक्ति हुन के चाहिन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्