244 परमेश्वरलाई विरोध गर्नुको परिणाम दण्ड हो
पद १
परमेश्वरले मानिसलाई मुक्ति दिन योजना गर्नुभएको
आफ्नो व्यवस्थापन पूरा गर्न,
हजारौँ वर्ष काम र धेरै युगहरू पार गर्नुभएको छ।
पूर्व कोरस १
उहाँले मुक्ति दिन चाहनुभएकाले
उहाँको विरोध गरेको वा उहाँको
अनुग्रहको आनन्द लिएकाले
उहाँलाई धोका दिएको हेर्न चाहनुहुन्न।
कोरस
उहाँको विरोधको परिणाम दण्ड हो,
कोही उम्कन सक्तैन।
यो उहाँको स्वभाव हो,
दुष्टलाई निराकरण गर्ने तरिका।
उहाँलाई निन्दा गर्नु, धोका दिनुको अन्त्य दण्ड हो।
यो यस्तै थियो। यस्तै छ, यस्तै रहनेछ।
यो अनन्त सत्य हो।
ब्रिज
जे गर्नुहुन्छ, झन् धेरैलाई मुक्ति दिन,
उहाँसँग एकै मन भएका
धेरै मानिस पाउन गर्नुहुन्छ, ताकि
राज्यमा पसेर उहाँका प्रतिज्ञाको
आनन्द लिन सकून्।
पद २
उहाँको परिवारबाटको विरोधलाई
सबसे घृणा गर्नुहुन्छ।
उहाँको विरोध गर्नेलाई दण्ड र श्राप
दिन बाहेक उहाँ के गर्न सक्नुहुन्छ?
पूर्व कोरस २
उहाँको विरोध गर्ने मानिसप्रति योभन्दा
राम्रो अडान के छ?
उहाँको दण्ड स्वीकार गर्नुबाहेक
तिनीहरूसँग के विकल्प छ?
कोरस
उहाँको विरोधको परिणाम दण्ड हो,
कोही उम्कन सक्तैन।
यो उहाँको स्वभाव हो,
दुष्टलाई निराकरण गर्ने तरिका।
उहाँलाई निन्दा गर्नु, धोका दिनुको अन्त्य दण्ड हो।
यो यस्तै थियो। यस्तै छ, यस्तै रहनेछ।
यो अनन्त सत्य हो।
— सर्वशक्तिमान् परमेश्वरको विरोध गर्दा दिइने दण्डको उत्कृष्ट उदाहरणहरू, “सन्दर्भग्रन्थ” बाट उद्धृत गरिएको