179 परमेश्वर देहधारी हुनुहुँदा मात्र मानिस उहाँको विश्वासपात्र हुन सक्छ
पद १
परमेश्वरले आफूलाई एक हदसम्म विनम्र बनाउनुहुँदा,
अर्थात मानिसमाझ बस्न देहधारी हुनुहुँदा मात्र,
मानिस उहाँको विश्वासपात्र बन्न सक्छन्,
मानिस परमेश्वरको विश्वासपात्र बन्न सक्छन्।
कोरस
परमेश्वर आत्मा, उच्च र बुझ्न नसकिने हुनुहुँदा,
मानिस कसरी परमेश्वरको विश्वासपात्र
बन्न योग्य हुनसक्छ?
मानिस झैँ सृष्टि गरिएको देह बन्नुभएपछि मात्र
मानिसले उहाँको इच्छा बुझ्न
र उहाँद्वारा लिइन सक्छ।
पद २
परमेश्वर देहमा बोल्नुहुन्छ, काम गर्नुहुन्छ,
मानिसको सुख, दुःख, सङ्कष्टमा सामेल हुनुहुन्छ, तिनको संसारमा जिउनुहुन्छ,
तिनलाई सुरक्षा दिनुहुन्छ, डोर्याउनुहुन्छ,
तिनलाई धुनुहुन्छ ताकि उहाँको मुक्ति र आशिष् पाउन सकून्।
कोरस
परमेश्वर आत्मा, उच्च र बुझ्न नसकिने हुनुहुँदा,
मानिस कसरी परमेश्वरको विश्वासपात्र
बन्न योग्य हुनसक्छ?
मानिस झैँ सृष्टि गरिएको देह बन्नुभएपछि मात्र
मानिसले उहाँको इच्छा बुझ्न
र उहाँद्वारा लिइन सक्छ।
पद ३
यसद्वारा, मानिसले साँच्चै उहाँको इच्छा बुझ्न, उहाँको
विश्वासपात्र हुन सक्छ, यो मात्र व्यावहारिक छ। यदि उहाँ मानिसको लागि अदृश्य,
अमूर्त हुनुभएको भए, मानिस
कसरी उहाँको विश्वासपात्र हुन सक्थ्यो? के यो सिद्धान्त बेकार छैन?
कोरस
परमेश्वर आत्मा, उच्च र बुझ्न नसकिने हुनुहुँदा,
मानिस कसरी परमेश्वरको विश्वासपात्र
बन्न योग्य हुनसक्छ?
मानिस झैँ सृष्टि गरिएको देह बन्नुभएपछि मात्र
मानिसले उहाँको इच्छा बुझ्न
र उहाँद्वारा लिइन सक्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “परमेश्वर र उहाँको कार्यलाई चिन्नेहरूले मात्र परमेश्वरलाई सन्तुष्ट पार्न सक्छन्” बाट परिमार्जित