181 परमेश्वरको देहधारणको अख्तियार र महत्व
पद १
मानिसको कद, ज्ञान, प्रेम, वफादारीता,
आज्ञाकारीता र उसले देख्ने सबै,
मानिसले अहिले प्राप्त गरेका यी सबै कुरा
वचनको न्यायबाट आएका हुन्।
यसद्वारा उसले परमेश्वरको अद्भुत काम देख्छ:
पूर्व कोरस १
मानिसले गर्न नसक्ने धेरै काम उहाँ गर्नुहुन्छ;
चारैतिर महान् रहस्य र चमत्कार छन्।
त्यसैले धेरै उहाँलाई पालन गर्छन्।
कोरस १
उहाँको वचनको न्याय कोही उछिन्न सक्तैन,
न कुनै अन्धकार उहाँको अख्तियार माथि विजयी हुन सक्छ।
मानिस उहाँको देहधारण, अख्तियार र उहाँको
वचनको न्यायको कारण पालन गर्छ।
पद २
कसैलाई पालन नगर्नेहरू
उहाँको वचनको सामना गर्दा उहाँ सामु घुँडा टेक्छन्।
कुनै छानबिन बिना, जिब्रोले गलत राय बनाएबिना,
तिनीहरू उहाँको वचनको न्यायमा झुक्छन्।
पूर्व कोरस २
उहाँको देह सामान्य भएझैँ देखिन्छ,
तर उहाँका वचनले मानिसलाई देखाउँछन् कि:
कोरस २
उहाँ अख्तियारले भरीपूर्ण र स्वयम् परमेश्वर हुनुहुन्छ,
उहाँका वचन स्वयम् परमेश्वरकै अभिव्यक्ति हुन्।
कसैले उहाँलाई चिढ्याउन सक्तैन,
उहाँ देहधारी परमेश्वर हुनुहुन्छ।
पद ३
देहधारी परमेश्वर उहाँका वचन बोल्नुहुन्छ,
ताकि कान हुने सबैले उहाँको न्याय सुनून् र पाऊन्।
उहाँ आत्माको रूपमा देखिनुभई मानिसलाई तर्साएर समर्पित हुन लगाउनुहुन्न।
मानिसको साँचो स्वभाव, लुकेको भए तापनि,
यो यथार्थ र असाधारण कामबाट प्रकट हुन्छ,
ताकि मानिस त्यसलाई चिनोस् र बदलियोस्।
उहाँको न्याय व्यावहारिक छ र वचनद्वारा गरिन्छ।
ब्रिज
यही हो उहाँको देहधारणको अख्तियार र महत्व।
उहाँको देहधारणको काम उहाँको अख्तियार हो।
कोरस १
उहाँको वचनको न्याय कोही उछिन्न सक्तैन,
न कुनै अन्धकार उहाँको अख्तियार माथि विजयी हुन सक्छ।
मानिस उहाँको देहधारण, अख्तियार र उहाँको
वचनको न्यायको कारण पालन गर्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “देहधारणको रहस्य (४)” बाट परिमार्जित