916 सृष्टिकर्ताको अख्तियार र शक्ति असीमित छन्

शुरुवात

“म बादलमा मेरो इन्द्रेणी राख्छु,

र त्यो म र पृथ्वी बीच भएको

करारको चिनो हुनेछ।”


पद १

सृष्टिकर्ताले मानवलाई यी

वचन बोल्दै गर्नुहुँदा,

एउटा इन्द्रेणी देखा पर्यो।

त्यो आजसम्म रहिरहेको छ,

यसले उहाँ र मानव बीचको

प्रतिज्ञालाई मूर्तरूप दिन्छ,

उहाँले वचन बोल्नुभएपछिको

उहाँको शक्तिको निरन्तरता हो यो।


पूर्व कोरस १

यसलाई वैज्ञानिक आधार चाहिँदैन,

मानवले यसलाई न बनायो,

न बदल्न नै सक्छ।


कोरस

“उहाँ आफ्नो वचन जति नै पक्का हुनुहुन्छ, ती पूरा हुनेछन्,

उहाँले हासिल गर्नुहुने कुरा सदासर्वदा रहन्छन्।”

यस्ता वचन सबैले देख्ने गरी यहाँ प्रकट हुन्छन्,

यो उहाँको अख्तियारको स्पष्ट चिन्ह र सद्गुण हो।


पद २

आफ्नो करार र प्रतिज्ञा राख्न

आफ्नै विधि प्रयोग गर्नुभयो,

र ऊ सँगको करारको चिन्ह भनी

इन्द्रेणी प्रयोग गर्नुभयो।

यो स्वर्गीय आदेश र नियम हो

जुन सधैँ अपरिवर्तित रहनेछ,

मानव र सृष्टिकर्ता, दुवैको लागि।


पूर्व कोरस २

यो नियममा उहाँको शक्ति प्रकट हुन्छ,

जसरी सबथोकको सृष्टिमा भएको थियो;

उहाँको अख्तियार असीमित छ।


पद ३

उहाँले वचनद्वारा गर्नुभएको अर्को

कार्य हो यो इन्द्रेणी;

वचनद्वारा मानवसँग गर्नुभएको

सम्झौताको चिन्ह हो।

उहाँले मानवलाई के र कसरी हासिल

गर्नुहुन्छ भनी बताउनुभयो।

यसरी उहाँको मुखको

वचन अनुसार कुरा पूरा भयो।


पूर्व कोरस ३

उहाँसँग मात्र यस्तो शक्ति छ र

आज, उहाँको दाबीको हजारौँ वर्ष पछि मानवले

वचनद्वारा सृजित इन्द्रेणी अझै देख्छन्।


ब्रिज

उहाँले बोल्नुभएका वचनको कारण,

यो कुरा आज सम्म अपरिवर्तित रहेको छ।

कसैले यो इन्द्रेणी हटाउन वा

त्यसका नियम बदल्न सक्तैन।

यो उहाँकै वचनको लागि विद्यमान छ।

यो नै उहाँको अख्तियार हो।


कोरस

“उहाँ आफ्नो वचन जति नै पक्का हुनुहुन्छ, ती पूरा हुनेछन्,

उहाँले हासिल गर्नुहुने कुरा सदासर्वदा रहन्छन्।”

यस्ता वचन सबैले देख्ने गरी यहाँ प्रकट हुन्छन्,

यो उहाँको अख्तियारको स्पष्ट चिन्ह र सद्गुण हो।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वर स्वयम् अद्वितीय १” बाट परिमार्जित

अघिल्लो: 915 सृष्टिकर्ताको अख्तियार अन्तर्गत सबथोक पूर्ण रूपमा सिद्ध छ

अर्को: 917 सबथोक परमेश्‍वरको अख्तियारद्वारा जिउँछन् र नाश हुन्छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्