मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ

मानिसले केही सहस्राब्दीदेखि नैमुक्तिदाताको आगमन देख्ने तृष्णा गरेको छ। मानिसले मुक्तिदाता येशू व्यक्तिगत रूपमा सेतो बादलमा सवार भई हजारौँ वर्षदेखि उहाँको तृष्णा र आशा गर्नेहरूमाझ अवतरण हुनुभएको देख्ने तृष्णा गरेको छ। मानिसले मुक्तिदाताको आगमन र ऊसँगको पुनर्मिलनको पनि तृष्णा गरेको छ; अर्थात्, हजारौँ वर्षदेखि मानिसहरूबाट अलग गरिनुभएको मुक्तिदाता येशू फर्केर आउनुभएको, र उहाँले यहूदीहरूमाझ गर्नुभएको छुटकाराको काम फेरि एक पटक कार्यान्वयन गर्नुभएको, उहाँ मानिसप्रति कृपालु र प्रेमिलो हुनुभएको, उहाँले मानिसको पाप क्षमा गर्नुभएको र मानिसका पापहरू वहन गर्नुभएको, साथै मानिसका सबै अपराध समेत वहन गरेर मानिसलाई पापबाट मुक्ति दिनुभएको तृष्णा गरेको छ। मानिस मुक्तिदाता येशू पहिलेको जस्तै प्रेम गर्न लायक, दयालु र सम्माननीय, मानिससँग कहिल्यै नरिसाउने, र मानिसलाई कहिल्यै नधिक्कार्ने, बरु मानिसका सबै पाप क्षमा गर्ने र बोक्ने, र पहिले जस्तै मानिसका निम्ति क्रूसमा मर्नसमेत तयार हुने मुक्तिदाता हुनुहोस् भन्ने तृष्णा गर्छ। येशू बिदा भएर जानुभएपछि, उहाँलाई पछ्याउने चेलाहरू, साथै उहाँको नाउँमा मुक्ति पाउने सन्तहरू सबै उहाँका लागि व्यग्रतापूर्वक तड्पँदै र उहाँको प्रतीक्षा गर्दै आएका छन्। अनुग्रहको युगमा येशू ख्रीष्टको अनुग्रहद्वारा मुक्ति दिइएका सबै मानिस आखिरी दिनहरूको त्यो उल्लासित दिनको तृष्णा गर्दै आइरहेका छन्, जब मुक्तिदाता येशू अनेकौँ मानिससमक्ष देखा पर्न सेतो बादलमा अवतरण गर्नुहुन्छ। अवश्यै, आज मुक्तिदाता येशूको नाउँ स्विकार्ने सबै जनाको सामूहिक इच्छा पनि यही हो। मुक्तिदाता येशूको मुक्तिबारे थाहा हुने ब्रह्माण्डका सबैले पृथ्वीमा हुँदा येशूले “म जसरी गएको छु त्यसै गरी आउनेछु” भनेर भन्नुभएको कुरा पूरा गर्न येशू ख्रीष्ट अचानक आइपुग्नुहोस् भनी उत्कट इच्छा गर्दै आइरहेका छन्। मानिस के विश्वास गर्छ भने, क्रुसीकरण र पुनरुत्थानपछि सर्वोच्चको दाहिने हातपट्टिको आफ्नो स्थान लिन येशू सेतो बादलमा स्वर्ग फर्केर जानुभयो। त्यसरी नै, हजारौँ वर्षदेखि उहाँको तृष्णा गर्नेहरूमाझ, येशू सेतो बादलमा (यो बादलले येशू स्वर्ग फर्कनुहुँदा उहाँ चढ्नुभएको बादललाई जनाउँछ) फेरि अवतरण गर्नुहुनेछ, र उहाँले यहूदीहरूको स्वरूप धारण गर्नुहुनेछ र पोसाक लगाउनुहुनेछ। तिनीहरूसमक्ष देखा पर्नुभएपछि, उहाँले तिनीहरूलाई खाना दिनुहुनेछ, र तिनीहरूका लागि जिउँदो पानी खन्याइदिनुहुनेछ, अनि उहाँ अनुग्रहले पूर्ण, प्रेमिलो दयालुपनले पूर्ण, सुस्पष्ट र यथार्थ भएर मानिसमाझ जिउनुहुनेछ। मानिसहरू यस्तै सारा धारणाहरूमा विश्‍वास गर्छन्। तैपनि मुक्तिदाता येशूले यसो गर्नुभएन; उहाँले मानिसका धारणाहरूको ठ्याक्कै उल्टो गर्नुभयो। उत्कट रूपमा उहाँको पुनःआगमनको तृष्णा गर्नेहरूमाझ उहाँ आइपुग्नुभएन, र सेतो बादलमा सवार भएर उहाँ अनेकौँ मानिससामु देखा पर्नुभएन। उहाँ आइपुगिसक्नुभएको छ, तर मानिस उहाँलाई चिन्दैन, र यसबारे अनजान नै छ। मानिस विनाउद्देश्य उहाँको प्रतीक्षा मात्र गरिरहेको छ—उहाँले “सेतो बादलमा” (त्यो सेतो बादल उहाँको आत्मा, उहाँका वचनहरू, उहाँको सारा स्वभाव र उहाँ जे हुनुहुन्छ त्यो सबै हो) अवतरण गरिसक्नुभएको छ, र अहिले उहाँ आखिरी दिनहरूमा उहाँले बनाउने विजेताहरूको समूहमाझ हुनुहुन्छ भन्ने कुरा उसलाई थाहै छैन। पवित्र मुक्तिदाता येशू प्रेमिलो दयालुपन र मानिसप्रतिको प्रेमले भरिएको हुनुभए पनि, उहाँ ती फोहोरले भरिएका र अशुद्ध आत्माहरूले बास गरेका “मन्दिरहरू” मा काम गर्न सक्नुहुन्न भनेर मानिसलाई कसरी थाहा हुन सक्छ? मानिसले उहाँको आगमनको प्रतीक्षा गर्दै आइरहेको भए पनि, अधर्मीको देह खाने, अधर्मीको रगत पिउने, र अधर्मीको वस्‍त्र धारण गर्ने, उहाँमा विश्‍वास गर्ने तर उहाँलाई नचिन्ने र उहाँलाई निरन्तर धुतिरहने मानिसकहाँ उहाँ कसरी देखा पर्न सक्नुहुन्थ्यो? मानिसलाई मुक्तिदाता येशू प्रेमिलो दयालुपनले भरिएको र कृपाले भरिपूर्ण हुनुहुन्छ, र उहाँ छुटकाराले भरिपूर्ण पापबलि हुनुहुन्छ भन्ने कुरा मात्र थाहा छ। तर, उहाँ स्वयम्‌ परमेश्‍वर हुनुहुन्छ, जो धार्मिकता, प्रताप, क्रोध र न्यायले भरिभराउ हुनुहुन्छ, अख्तियारयुक्त, र इज्जतले भरिपूर्ण हुनुहुन्छ भन्‍ने कुरा मानिसलाई थाहै छैन। त्यसकारण, मानिसले उद्धारकर्ताको पुनरागमनको तृष्णा र लालसा गरे पनि, र उसको प्रार्थनाले “स्वर्ग” नै हल्लाए पनि, मुक्तिदाता येशू उहाँमा विश्‍वास गर्ने तर उहाँलाई नचिन्नेहरूसमक्ष देखा पर्नुहुन्न।

मैले इस्राएलमा मेरो काम गर्दा “यहोवा” नाउँ धारण गरेँ, र यसको अर्थ इस्राएलीहरूको (परमेश्वरका चुनिएका मानिसहरूको) परमेश्‍वर हो, जो मानिसलाई कृपा देखाउन, मानिसलाई श्राप दिन, र मानिसको जीवनलाई मार्गदर्शन गर्न सक्नुहुन्छ; ती परमेश्‍वर, जोसँग महान्‌ शक्ति छ र जो बुद्धिले भरिपूर्ण हुनुहुन्छ। “येशू” इम्मानुएल हुनुहुन्छ, जसको अर्थ प्रेमिलो दयालुपनले भरिपूर्ण, कृपाले भरिपूर्ण, र मानिसलाई छुटकारा दिने पापबलि हुन्छ। उहाँले अनुग्रहको युगको काम गर्नुभयो, र उहाँ अनुग्रहको युगको प्रतिनिधित्व गर्नुहुन्छ, र व्यवस्थापन योजनाको कामको एउटा पाटोको मात्र प्रतिनिधित्व गर्न सक्नुहुन्छ। यसको तात्पर्य, यहोवा मात्र इस्राएलका चुनिएका मानिसहरूको परमेश्‍वर, अब्राहामको परमेश्‍वर, इसहाकको परमेश्‍वर, याकूबको परमेश्‍वर, मोशाको परमेश्‍वर, र इस्राएलका सारा मानिसको परमेश्‍वर हुनुहुन्छ। त्यसैले, हालको युगमा, यहूदी मानिसहरू अलावा सारा इस्राएली यहोवाको आराधना गर्छन्। तिनीहरू उहाँका लागि वेदीमा बलि चढाउँछन् र धर्मगुरुको पोसाक लगाएर मन्दिरमा उहाँको सेवा गर्छन्। तिनीहरू यहोवाको पुनः देखा पराइको आशा गर्छन्। येशू मात्र मानवजातिको उद्धारकर्ता हुनुहुन्छ, र उहाँ मानवजातिलाई पापबाट छुटकारा दिने पापबलि हुनुहुन्छ। भन्नुको अर्थ, येशूको नाउँ अनुग्रहको युगबाट आएको हो र अनुग्रहको युगमा छुटकाराको कामका कारण अस्तित्वमा आएको हो। येशूको नाउँ अनुग्रहको युगका मानिसहरूलाई पुनर्जन्म लिने र मुक्ति पाउने अनुमति दिन अस्तित्वमा आएको हो, र यो समग्र मानवजातिको छुटकाराका लागि एउटा विशेष नाउँ हो। तसर्थ, येशू नाउँले छुटकाराको कामको प्रतिनिधित्व गर्छ, र अनुग्रहको युगलाई जनाउँछ। यहोवा नाउँ व्यवस्थाअन्तर्गत जिएका इस्राएलका मानिसहरूका निम्ति एउटा विशेष नाउँ हो। हरेक युग र कामको हरेक चरणमा, मेरो नाउँ निराधार छैन, बरु यसले प्रतिनिधिमूलक महत्त्व राख्छ: हरेक नाउँले एउटा युगको प्रतिनिधित्व गर्छ। “यहोवा” ले व्यवस्थाको युगको प्रतिनिधित्व गर्छ, र यो इस्राएलका मानिसहरूले आराधना गर्ने परमेश्‍वरलाई बोलाउने आदरार्थी नाम हो। “येशू” ले अनुग्रहको युगको प्रतिनिधित्व गर्छ, र यो अनुग्रहको युगमा छुटकारा पाउने सबैको परमेश्‍वरको नाउँ हो। यदि मानिस अझै आखिरी दिनहरूमा मुक्तिदाता येशूको आगमनको तृष्णा गर्छ, र अझै उहाँले यहूदियामा वहन गर्नुभएको स्वरूपमा उहाँ आइपुग्ने अपेक्षा गर्छ भने, सम्पूर्ण छ हजार वर्षे व्यवस्थापनको योजना छुटकाराको युगमा रोकिनेथ्यो, र अलिकता पनि अघि बढ्न सक्नेथिएन। यसको अलावा, आखिरी दिनहरू कहिल्यै आउने थिएनन्, र युगको अन्त्य कहिल्यै हुने थिएन। किनभने मुक्तिदाता येशू मानवजातिको छुटकारा र मुक्तिका निम्ति मात्र हुनुहुन्छ। मैले येशूको नाउँ केवल अनुग्रहको युगका सबै पापीका खातिर लिएँ, तर त्यो त्यस्तो नाउँ होइन जसद्वारा म समग्र मानवजातिलाई अन्त्य गर्नेछु। यहोवा, येशू, र मसीह सबैले मेरो आत्माको प्रतिनिधित्व गर्ने भए पनि, यी नाउँले मेरो व्यवस्थापनको योजनाका विभिन्न युगलाई मात्र जनाउँछन्, र समग्र रूपमा मेरो प्रतिनिधित्व गर्दैनन्। पृथ्वीका मानिसहरूले मलाई बोलाउने नाउँले मेरो सम्पूर्ण स्वभाव र म जे हुँ त्यो सबैलाई पूर्ण रूपमा व्यक्त गर्न सक्दैनन्। ती केवल विभिन्न युगमा मलाई बोलाइने फरक-फरक नाउँ हुन्। त्यसैले जब अन्तिम युग—आखिरी युग—आउँछ, तब मेरो नाउँ फेरि बदलिनेछ। मसीह भनिन त छोडिदिऊँ, मलाई यहोवा वा येशू पनि भनिनेछैन—मलाई शक्तिशाली र सर्वशक्तिमान् परमेश्‍वर स्वयम्‌ भनिनेछ, र म यही नाउँमा समग्र युगको अन्त्य गर्नेछु। मलाई कुनै समय यहोवा भनेर बोलाइन्थ्यो, कुनै समय मानिसहरूले मलाई मसीह भनेर पनि चिन्थे, र कुनै समय मानिसहरूले मलाई प्रेम र आदरसाथ मुक्तिदाता येशू भनी बोलाउँथे। आज, म अब उप्रान्त मानिसहरूले विगतको समयमा चिनेको यहोवा वा येशू होइनँ। बरु म त आखिरी दिनहरूमा फर्केर आएको परमेश्‍वर, युग अन्त्य गर्ने परमेश्‍वर हुँ; म पृथ्वीको पल्लो छेउबाट उदय हुने, मेरो सम्पूर्ण स्वभावले भरिएको, र अख्तियार, आदर र महिमाले भरिपूर्ण परमेश्‍वर स्वयम्‌ हुँ। मानिसहरू कहिल्यै मेरो सम्पर्कमा आएका छैनन्, तिनीहरूले मलाई कहिल्यै चिनेका छैनन्, र तिनीहरू सदैव मेरो स्वभावबारे अनभिज्ञ रहेका छन्। संसारको सृष्टिदेखि अहिलेसम्म, एउटा व्यक्तिले पनि मलाई देखेको छैन। आखिरी दिनहरूमा मानिसहरूकहाँ देखा पर्नुहुने तर उनीहरूमाझ गुप्त रहनुहुने परमेश्‍वर उहाँ नै हुनुहुन्छ। उहाँ मानिसहरूमाझ, साँचो र वास्तविक रूपमा, जलिरहेको सूर्य र दन्किरहेको ज्वालाजस्तै, शक्तिले भरिपूर्ण र अख्तियारले भरिएर बास गर्नुहुन्छ। मेरा वचनहरूद्वारा न्याय नगरिने एक जना व्यक्ति वा वस्तु छैन, र आगोको प्रज्वलनद्वारा शुद्ध नपारिने एक जना व्यक्ति वा वस्तु छैन। अन्ततः, मेरा वचनहरूका कारण असङ्ख्य राष्ट्र आशिषित हुनेछन्, र मेरा वचनहरूका कारण टुक्रा-टुक्रा पनि पारिनेछन्। यसरी, आखिरी दिनहरूमा सबै मानिसहरूले म फर्केर आएको मुक्तिदाता हुँ, र म सर्वशक्तिमान् परमेश्‍वर हुँ, जसले सारा मानवजातिलाई विजय गर्नुहुन्छ भनी देख्नेछन्। अनि म एक पटक मानिसका निम्ति पापबलि थिएँ, तर आखिरी दिनहरूमा म यावत् थोकलाई जलाउने दन्किँदो सूर्यका ज्वालाहरू, साथै सबै थोकलाई प्रकाश गर्ने धार्मिकताको सूर्य पनि बनेको छु भनी सबैले देख्नेछन्। आखिरी दिनहरूमा मेरो काम यही हो। म यो नाउँ धारण गर्छु र यो स्वभाव वहन गर्छु, ताकि सबै मानिसले म धर्मी परमेश्‍वर, जलिरहेको सूर्य, दन्किरहेको ज्वाला हुँ भन्‍ने देखून्, र ताकि सबैले म, एक मात्र साँचो परमेश्‍वरको आराधना गरून्, र ताकि तिनीहरूले मेरो साँचो मुहार देख्न सकून्: म इस्राएलीहरूको परमेश्‍वर मात्र होइन, र म उद्धारकर्ता मात्र होइन; बरु म स्वर्गहरू, र पृथ्वी र समुद्रभरिका सबै प्राणीहरूका परमेश्‍वर हुँ।

यदि मुक्तिदाता आखिरी दिनहरूमा आइपुग्नुभयो र उहाँलाई अझै पनि येशू नै भनियो, र फेरि एक पटक यहूदियामा नै जन्मिएर उहाँले उहाँको काम त्यहीँ गर्नुभयो भने, यसले मैले इस्राएलका मानिसहरूलाई मात्र सृष्टि गरेँ र इस्राएलका मानिसहरूलाई मात्र छुटकारा दिएँ, अनि अन्यजातिहरूसँग मेरो कुनै सरोकार छैन भन्‍ने कुरा साबित गर्नेथ्यो। के यो “स्वर्गहरू, पृथ्वी र यावत् थोक सृष्टि गर्ने परमेश्‍वर म नै हुँ” भन्‍ने मेरा वचनहरूसँग विरोधाभासपूर्ण हुँदैन र? मैले यहूदिया छोडेँ र म अन्यजातिहरूमाझ मेरो काम गर्छु, किनभने म इस्राएलका मानिसहरूको मात्र परमेश्‍वर नभई सबै सृजित प्राणीको परमेश्‍वर हुँ। म आखिरी दिनहरूमा अन्यजातिहरूमाझ देखा पर्छु किनभने म इस्राएलका मानिसहरूको परमेश्‍वर, यहोवा मात्र होइन, त्योभन्दा बढी, म अन्यजातिहरूमाझ मेरा चुनिएका मानिसहरू सबैको सृष्टिकर्ता हुँ। मैले इस्राएल, मिश्र र लेबनान मात्र सृष्टि गरिनँ, इस्राएलभन्दा बाहिरका अन्यजाति राष्ट्रहरू सबै सृष्टि गरेँ। यसकारण, म सबै सृजित प्राणीको प्रभु हुँ। मैले इस्राएललाई मेरो कामको प्रारम्भिक बिन्दुका रूपमा मात्रै प्रयोग गरेँ, यहूदिया र गालीललाई मेरो छुटकाराको कामको गढका रूपमा प्रयोग गरेँ, र अहिले म कुनै अन्यजाति राष्ट्रलाई सम्पूर्ण युगलाई अन्त्यमा पुर्‍याउने आधारका रूपमा प्रयोग गर्छु। मैले इस्राएलमा कामका दुइटा चरण पूरा गरेँ (ती दुइटा चरण व्यवस्थाको युग र अनुग्रहको युग हुन्), र म इस्राएलभन्दा बाहिरका मुलुकहरूभरि कामका थप दुइटा चरण (अनुग्रहको युग र राज्यको युग) लाई अघि बढाउँदै आइरहेको छु। अन्यजाति राष्ट्रहरूमाझ, म विजयको काम गर्नेछु, र यसरी उक्त युग समाप्‍त गर्नेछु। यदि मानिसहरू मलाई सधैँ येशू ख्रीष्ट भनेर बोलाउँछन्, तर आखिरी दिनहरूमा मैले नयाँ युग सुरु गरेको छु र म नयाँ काममा लागेको छु भन्‍ने कुरा जान्दैनन् भने, र यदि मानिस व्यग्रतापूर्वक मुक्तिदाता येशूको आगमनको नै प्रतीक्षा गरिरहन्छ भने, म यस्ता मानिसहरूलाई ममा विश्‍वास नगर्ने मानिस भन्‍नेछु; तिनीहरू मलाई नचिन्ने तर विश्वासी भएको नाटक गर्ने मानिस हुन्। के त्यस्ता मानिसहरूले स्वर्गबाट आउनुभएको मुक्तिदाता येशूको आगमन देख्न सक्छन्? तिनीहरू त मेरो आगमनको होइन, यहूदीहरूको राजाको आगमनको प्रतीक्षा गर्छन्। तिनीहरू मैले यो फोहोरी पुरानो संसारलाई सर्वनाश गरेको तृष्णा गर्दैनन्, बरु येशूको दोस्रो आगमनको तृष्णा गर्छन् जसपश्चात् तिनीहरूले छुटकारा पाउनेछन्—तिनीहरू येशूले फेरि एक पटक यो अशुद्ध र अधर्मी भूमिबाट सारा मानवजातिलाई छुटकारा दिने दिनको प्रतीक्षा गर्छन्। त्यस्ता मानिसहरू कसरी आखिरी दिनहरूमा मेरो काम पूरा गर्ने मानिस बन्‍न सक्छन्? मानिसका चाहनाहरूले मेरा इच्छाहरू पूरा गर्न वा मेरो काम सम्पन्न गर्न सक्दैनन्, किनभने मानिस मैले पहिले गरेका कामको मात्र सराहना वा कदर गर्छ, उसलाई म सधैँ नयाँ रहने र कहिल्यै पुरानो नहुने परमेश्‍वर स्वयम् हुँ भन्‍ने थाहा छैन, र म यहोवा र येशू हुँ भन्‍ने मात्र थाहा छ, तर मानवजातिको अन्त्य गराउने आखिरी दिनहरूको एक म नै हुँ भन्‍ने कुराको अलिकति पनि आभास छैन। मानिसले तृष्णा गर्ने र जान्ने कुरा उसका आफ्नै धारणहरूबाट आउँछ, र यो उसको आफ्नै आँखाले देख्न सक्ने कुरा मात्र हो। यो मैले गर्ने कामसँग मिल्दैन, बरु त्योसँग असमाञ्जस्यपूर्ण छ। यदि मेरो काम मानिसका विचारहरूअनुसार सञ्चालित हुन्थे भने, यो कहिले अन्त्य हुन्थ्यो? मानवजाति विश्राममा कहिले प्रवेश गर्थ्यो? अनि म कहिले सातौँ दिन अर्थात् शबाथमा प्रवेश गर्न सक्थेँ? म मेरो योजना र मेरो उद्देश्यअनुसार काम गर्छु—मानिसका अभिप्रायहरू अनुसार होइन।

अघिल्लो: देहको कोही पनि क्रोधको दिनबाट उम्कन सक्दैन

अर्को: सुसमाचार फैलाउने काम पनि मानिसलाई मुक्ति दिने काम नै हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्