720 परमेश्‍वर मानिसको साँचो आज्ञापालन चाहनुहुन्छ

पद १

परमेश्‍वरले मानिसको

आज्ञापालन, उहाँका वचनको

खान-पान र जीवनको कष्टद्वारा,

तिनलाई सिद्ध पार्नुहुन्छ।

यस्तो विश्‍वासद्वारा मात्र

तिनको स्वभाव बदलिन सक्छ,

र उहाँलाई साँच्चै चिन्न सक्छन्।


पद २

उहाँको अनुग्रहको आनन्द मात्र

लिनेलाई सिद्ध पार्नुहुन्न।

तिनको धैर्यता, भक्ति, प्रेम,

आज्ञापालन सतही मात्र छन्।

उहाँलाई साँच्चै चिन्न सक्तैनन्,

र चिने पनि, यो तिनले

सतही ज्ञान मात्र फेला पारेको हो।


पूर्व कोरस १

यसले तिनलाई “उहाँ कृपा

देखाउनुहुन्छ” भन्न लगाउँछ,

उहाँबारे वास्तविक ज्ञान देखाउँदैन।


कोरस

यदि उहाँको अनुग्रहमा बाँचेर

मात्र सन्तुष्ट छैनौ,

यदि मनबाटै सत्यता चाहन्छौ, खोज्छौ र

यदि उहाँद्वारा लिइन खोज्दै छौ भने,

उहाँले चाहनुहुने विश्‍वास यस्तै हो,

यस्तै हो, किनकि यो भनेको

उहाँलाई सचेत भई पालन गर्नु हो।


पद ३

वचनद्वारा शोधन गरिँदा वा जाँच सामना गर्दा,

उहाँलाई पालन गर्न नसकेमा,

शङ्कालु, पतित भएमा त्यो आज्ञापालन होइन।

तिनीहरूभित्र उहाँमाथिको विश्‍वासबारे नियम

र बाइबलमा आधारित सिद्धान्त छन्।


पूर्व कोरस २

मानवीय चिजले भरिएकाहरू,

मनपरी उहाँलाई पालन गर्छन्।

के उहाँ यस्तो आज्ञापालन चाहनुहुनेछ?


ब्रिज

यो आत्म-तुष्टि, आत्म-सन्तुष्टि हो,

उहाँप्रतिको आज्ञापालन होइन।

हो भन्छौ भने, के यो इश्‍वरनिन्दा होइन?

तिमी मिश्री फारो हौ,

दुष्ट काम र उहाँको विरोध गर्ने।

यसरी सेवा गरेको उहाँ चाहनुहुन्न।

त्यसैले पश्चाताप गर, स्व-चेतना पाउन खोज।

बाधा नदेऊ, तर आफ्नो स्थान जान,

नत्र उहाँको विरोध गरेकोमा दण्डित हुनेछौ।


कोरस

यदि उहाँको अनुग्रहमा बाँचेर

मात्र सन्तुष्ट छैनौ,

यदि मनबाटै सत्यता चाहन्छौ, खोज्छौ र

यदि उहाँद्वारा लिइन खोज्दै छौ भने,

उहाँले चाहनुहुने विश्‍वास यस्तै हो,

यस्तै हो, किनकि यो भनेको

उहाँलाई सचेत भई पालन गर्नु हो,

उहाँलाई सचेत भई पालन गर्नु हो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तैँले परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ” बाट परिमार्जित

अघिल्लो: 717 परमेश्‍वरका साक्षीहरूको स्वभावमा परिवर्तन हुनैपर्छ

अर्को: 722 सिद्ध पारिन देहधारी परमेश्‍वरलाई पालन गर

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्