878 परमेश्‍वरको कामको हरेक चरण मानिसको जीवनको लागि हो

पद १

परमेश्‍वर यो पटक देहधारी हुनुभएको छ—

आफ्नो अपूरो काम सकाउन,

युगलाई न्याय गर्न, समाप्त गर्न,

दुख:को संसारबाट पापीलाई मुक्ति दिन

र तिनलाई रूपान्तरण गर्न।


कोरस १

मानव कामको लागि उहाँ अनिदो रातहरू बिताउनुहुन्छ।

मानिससँग समय बिताउन

तल जीवित नर्कसम्म झर्नुभएको छ,

कहिल्यै संसारको जीर्णताको गुनासो गर्नुभएन

मानिसको विद्रोहको निन्दा गर्नुभएन

तर स्वयम् काम गर्दा अपमान सहनुहुन्छ।


पद २

उहाँ कसरी नरकमा बस्न सक्नुहुन्छ?

तर मानव मुक्ति र सिघ्र विश्रामको लागि,

अपमान सहनुभई, अन्याय भोग्नुभई,

उहाँ पृथ्वीमा झर्नुहुन्छ

र एउटा “नरक” मा छिर्नुहुन्छ।


कोरस २

कसरी मानिस उहाँको विरोध गर्न योग्य छ?

कसरी उहाँबारे गुनासो गर्न

वा उहाँलाई हेर्ने धृष्टता राख्नसक्छ?

कहिल्यै मानिसबारे गुनासो नपोख्नुभई,

उहाँ भ्रष्टताको फोहोर देशमा आउनुभएको छ।


पद ३

उहाँ मानिसको थिचोमिचो चुपचाप स्वीकार्नुहुन्छ,

उसका मागको प्रतिकार गर्नुहुन्न

न उससँग अनुचित माग राख्नुहुन्छ;

बिना गुनासो उसलाई चाहिने काम गर्नुहुन्छ।


कोरस ३

उहाँको कुन कदम मानव निम्ति रहेको छैन र?

वचनले अन्तर्दृष्टि, सान्त्वना दिनुहुन्छ, सम्झाउनुहुन्छ,

निन्दा, शोधन, न्याय र खुलासा गर्नुहुन्छ।

मानिसको नियति हटाइदिनु भएपनि,

कुन कदम चाहिँ उसको अस्तित्वको लागि वा

कष्ट, अन्धकारबाट हटाउन भएको छैन?


अन्त्य

कसले उहाँको हृदयलाई बुझ्न सक्छ

जुन प्रेमिलो आमाको जस्तो छ?


— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “काम र प्रवेश” बाट परिमार्जित

अघिल्लो: 872 परमेश्‍वरले ठूलो अपमान सहनुहुन्छ

अर्को: 879 परमेश्‍वरले मात्र मानिसलाई अगाध माया गर्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्