861 मानिसको लागि परमेश्‍वरको प्रेम

पद १

जब परमेश्‍वर पृथ्वीमा आउनुभयो, उहाँ संसारको हुनुहुन्नथ्यो।

उहाँ संसारको आनन्द लिन आउनुभएन।

उहाँ काम गर्न सबभन्दा अर्थपूर्ण हुने र आफ्नो स्वभाव

प्रकट गर्न मिल्ने ठाउँमा जन्मनुभयो।


पद २

पवित्र वा फोहोर भूमि भएपनि,

उहाँले जहाँ काम गरेपनि, पवित्र रहनुहुन्छ।

संसार उहाँले सृष्टि गर्नुभयो, अहिले भ्रष्ट भएपनि।

सबथोक अझै उहाँकै हुन्, उहाँकै हातमा छन्।


कोरस

फोहोर देशमा जन्मनुभए पनि उहाँ नीच हुनुहुन्न।

यसले उहाँको महानता र प्रेम देखाउँछ।

जति यसरी काम गर्नुहुन्छ, त्यति मानिसले

उहाँको शुद्ध र दोषरहित प्रेम जान्दछ।


पद ३

उहाँ फोहोर देशमा काम गर्न, आफ्नो

पवित्रता प्रकट गर्न आउनुभएको छ।

आफ्नो काम गर्न र यो ठाउँमा मानिसलाई मुक्ति दिन,

ठूलो अपमान सहनुहुन्छ।


पद ४

साक्षी र सबै मानिसको लागि उहाँ यसो गर्नुहुन्छ।

उहाँको कामद्वारा सबले उहाँको धार्मिकता, सर्वोच्चता देख्छन्।

केहि नीच मानिसको समूहको मुक्तिद्वारा,

उहाँको महानता र इमान्दारीता पूर्णतः देखाइन्छ।


कोरस

फोहोर देशमा जन्मनुभए पनि उहाँ नीच हुनुहुन्न।

यसले उहाँको महानता र प्रेम देखाउँछ।

जति यसरी काम गर्नुहुन्छ, त्यति मानिसले

उहाँको शुद्ध र दोषरहित प्रेम जान्दछ।


पद ५

उहाँ फोहोर भूमिमा जन्मनुभए पनि, येशूले पापीसँग जिउनुभए झैँ

फोहोरीसँग जिउनुभएपनि, पवित्र, धर्मी हुनुहुन्छ।

के उहाँको सबै काम मानिसको अस्तित्वको लागि होइन?

के यो सबै मानिसको महान् मुक्तिको लागि होइन?


कोरस

फोहोर देशमा जन्मनुभए पनि उहाँ नीच हुनुहुन्न।

यसले उहाँको महानता र प्रेम देखाउँछ।

जति यसरी काम गर्नुहुन्छ, त्यति मानिसले

उहाँको शुद्ध र दोषरहित प्रेम जान्दछ।


कोरस

फोहोर देशमा जन्मनुभए पनि उहाँ नीच हुनुहुन्न।

यसले उहाँको महानता र प्रेम देखाउँछ।

जति यसरी काम गर्नुहुन्छ, त्यति मानिसले

उहाँको शुद्ध र दोषरहित प्रेम जान्दछ,

उहाँको शुद्ध र दोषरहित प्रेम जान्दछ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “मोआबका सन्तानहरूलाई बचाउनुको महत्त्व” बाट परिमार्जित

अघिल्लो: 860 मानवजातिप्रति परमेश्‍वरको प्रेम साँचो र वास्तविक छ

अर्को: 862 देहधारी परमेश्‍वर सबैभन्दा मायालु हुनुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्