891 आफूले मुक्ति दिनेहरूलाई परमेश्वरले सबैभन्दा बढी वास्ता गर्नुहुन्छ
पद १
आजको युगमा, परमेश्वर योजना पूरा गर्न,
मुक्ति दिन चाहनुभएकालाई
मुक्ति दिन आतुर हुनुहुन्छ।
नपछ्याउनेले कसरी विरोध
र मानिसले कसरी उहाँको निन्दा गर्छन्,
उहाँ वास्ता गर्नुहुन्न।
कोरस
उहाँलाई पछ्याउने, उहाँका मुक्तिका पात्रलाई
पूर्ण पार्नुभएको छ-छैन,
उहाँको सन्तुष्टि हासिल गरे-गरेनन् भनी
मात्रै वास्ता गर्नुहुन्छ।
पद २
उहाँलाई पछ्याउने बाहेकका मानिसहरूलाई,
क्रोध व्यक्त गरी दण्ड दिनुहुनेछ,
जबकि त्यही समयमा,
पछ्याउनेहरू, उहाँले मुक्ति दिन
लाग्नुभएकाहरूलाई सुरक्षा दिनुहुन्छ।
कोरस
उहाँलाई पछ्याउने, उहाँका मुक्तिका पात्रलाई
पूर्ण पार्नुभएको छ-छैन,
उहाँको सन्तुष्टि हासिल गरे-गरेनन् भनी
मात्रै वास्ता गर्नुहुन्छ।
पद ३
परमेश्वरको स्वभाव एकातिर,
उहाँले पूर्ण पार्नुहुनेलाई नितान्त सहनुहुन्छ,
र सक्नुभएसम्म तिनको लागि पर्खनुहुन्छ।
र यस विपरीत, अर्कोतर्फ,
नपछ्याउने, उहाँको विरोध गर्ने
शैतान-जस्ता मानिसलाई
कडा घृणा र इन्कार गर्नुहुन्छ।
कोरस
उहाँलाई पछ्याउने, उहाँका मुक्तिका पात्रलाई
पूर्ण पार्नुभएको छ-छैन,
उहाँको सन्तुष्टि हासिल गरे-गरेनन् भनी
मात्रै वास्ता गर्नुहुन्छ।
अन्त्य
शैतान-जस्ताले आराधना
गरुन्-नगरुन्, वास्ता गर्नुहुन्न,
धैर्य गर्नुहुन्छ तर तिनलाई घृणा गर्नुहुन्छ।
यी शैतान-जस्ताका अन्त्य निर्धारण गर्दै,
आफ्नो पाइलाका आगमन पर्खनुहुन्छ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। “परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् १” बाट परिमार्जित