6 सर्वशक्तिमान् परमेश्वर धार्मिकताको सूर्यको रूपमा देखा पर्नुहुन्छ
शुरुवात
हे! सर्वशक्तिमान् परमेश्वर! आमेन!
तपाईंमा सबैथोक मुक्त र खुल्ला छन्,
सबै उज्जवल छन् र केही लुकेका छैनन्।
तपाईं हुनुहुन्छ देहधारी सर्वशक्तिमान् परमेश्वर!
देहधारी सर्वशक्तिमान् परमेश्वर!
पद १
तपाईं राजाझै राज गर्नुहुन्छ, खुल्ला रूपमा प्रकट,
रहस्यरहित, सदा खुल्ला।
उहाँ धार्मिकताको सूर्यको रूपमा देखा पर्नुभएको छ।
बिहानको ताराको समय सकिएको छ
र केही लुकेको छैन।
उहाँको काम बिजुलीझैं छ—
तुरुन्तै चम्कने, तत्कालै सकिने।
कोरस
सर्वशक्तिमान् परमेश्वर धार्मिकताको सूर्यको रूपमा देखा पर्नुहुन्छ,
तिमीले उहाँसँगै महिमा र शुभाशिष पाउँछौ,
सदा सर्वदा, सदा सर्वदा।
यी वचनहरू सत्य छन् र तिमीमा
पुष्टि हुन सुरू भइसकेका छन्।
पद २
उहाँले जे जति प्रतिज्ञा गर्नुभएको छ, ती सब पूरा गर्नुहुनेछ।
उहाँको वचन सत्य छ, रित्तै फर्किदैन।
यी शुभाशिष तिम्रा हुन्, अरु कसैले दाबी गर्न सक्तैनन्।
तिम्रो सेवाका फल हुन्
उहाँसँग सहकार्य गरेको फल।
धार्मिक धारणा हटाउ, उहाँका वचनमा विश्वास गर,
शङ्कालु नहोऊ।
कोरस
सर्वशक्तिमान् परमेश्वर धार्मिकताको सूर्यको रूपमा देखा पर्नुहुन्छ,
तिमीले उहाँसँगै महिमा र शुभाशिष पाउँछौ,
सदा सर्वदा, सदा सर्वदा।
यी वचनहरू सत्य छन् र तिमीमा
पुष्टि हुन सुरू भइसकेका छन्।
कोरस
सर्वशक्तिमान् परमेश्वर धार्मिकताको सूर्यको रूपमा देखा पर्नुहुन्छ,
तिमीले उहाँसँगै महिमा र शुभाशिष पाउँछौ,
सदा सर्वदा, सदा सर्वदा।
यी वचनहरू सत्य छन् र तिमीमा
पुष्टि हुन सुरू भइसकेका छन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ५१” बाट परिमार्जित