अरूको समस्या खुलासा गर्न म किन डराउँछु

17 डिसेम्बर 2024

म स्कूलमा छँदा, मेरा केही साथीहरू ठाह्रै बोलेको देख्थेँ। अरूले गल्ती गरेको देख्दा तिनीहरू आएर सिधै भन्थे, जसले गर्दा प्रायः मानिसहरू चिढिन्थे र तिनीहरू आफै अलगिन्थे। म सोच्थेँ: “के यी मानिसहरू अलिक मूर्ख हुन्? तिनीहरू भन्छन्, ‘असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ’ र ‘मान्छेको मर्ममा कहिल्यै प्रहार नगर्नू’। सबै थोक विचार गर्नू, तर सबै थोक नबताउनू, यसो गर्दा, मानिस भीडमा मिल्न सक्छ। कुनै खराब नियत नभए पनि, अति सिधा कुरा गरियो भने, मानिसहरूले नराम्रो प्रतिक्रिया दिनेछन् र अस्वीकार गर्नेछन्। त्यसरी त कसरी साथी बनाउन सकिन्छ र?” त्यसकारण म अरूसँग अन्तरक्रिया गर्दा तिनीहरूको समस्या कहिल्यै सिधै औँल्याउदिनथेँ। सबै सहपाठी मलाई मन पराउँथे र मेरा साथी थिए, म मिलनसार र असल छु भन्थे, र मलाई ममा राम्रो मानवता रहेछ भन्‍ने लाग्थ्यो। परमेश्‍वरमा विश्‍वास गरेपछि, मैले ब्रदर-सिस्टरहरूसँग पनि यसरी नै अन्तरक्रिया गरेँ। म अरूको समस्या देखेर पनि औँल्याउदिनथेँ। मलाई जहिले पनि अति सिधा कुरा गर्दा मान्छेलाई अप्ठ्यारो पर्छ, मैले तिनीहरूलाई लक्षित गरेर तिनीहरूका कमीकमजोरी खुलासा गर्न खोज्दै छु भन्‍ने तिनीहरू सोच्लान्, त्यसले गर्दा हाम्रो मित्रता बिग्रन्छ जस्तो लाग्थ्यो। मैले एउटा प्रकाश अनुभव गरेपछि र परमेश्‍वरको वचन पढेपछि मात्र अरूसँग अन्तरक्रिया गर्ने मेरो तरिका सत्यता र परमेश्‍वरविरुद्ध रहेछ भन्‍ने बुझेँ।

२०१५ को कुरा हो, मैले लेस्लीसँग भिडियोको काममा सहकार्य गरेकी थिएँ। उनी विश्‍वासमा मभन्दा अघिदेखि थिइन् र उमेरमा पनि ठूली थिइन्। हामी एकअर्काप्रति भद्र व्यवहार गर्थ्यौँ, निकै मिल्थ्यौँ, र झगडा त हुँदैनथ्यो भन्दा हुन्छ। पछि, म पर्यवेक्षक चुनिएँ। एकपटक, अरूले लेस्ली लापरवाह, कुटिल, र धूर्त बन्दै छिन्, अनि उनले काममा ढिलाइ गरिरहेकी छिन् भनी रिपोर्ट गरे। मलाई उनको समस्या अलि गम्भीर लाग्यो, त्यसैले, मैले लेस्लीको समस्या औँल्याएर खुलासा गर्नुपर्नेबारे मेरा सहकर्मीहरूसँग कुरा गरेँ ताकि उनले चिन्तन गर्न, आफूलाई चिन्न, प्रायश्चित गर्न, र परिवर्तन हुन सकून्। मेरा सहकर्मीहरूले सहमति जनाए र लेस्लीलाई कसले सङ्गति दिनुपर्ला भनी सोधे। म केही नबोली बसेँ, किनकी त्यो समस्या समाधान गर्ने जोखिम मोल्न चाहन्नथेँ। सोचेँ: “यदि मैले उनका समस्याहरू देखाइदिएँ भने के मैले उनलाई लक्षित गरिरहेको उनले ठान्नेछिन्? त्यसपछि हामी कसरी मिलेर बस्ने?” अचम्मको कुरा, सबैले मलाई नै लेस्लीसँग सङ्गति गर्न सुझाव दिए। म उम्कन चाहन्थेँ, तर मैले उनको समस्या देखाइनँ भने मण्डलीको काम प्रभावित भइरहनेथ्यो। त्यसैले अन्त्यमा, मैले नै सङ्कल्प गरेर त्यो काम गर्नुपऱ्यो। मैले आफूलाई मानसिकरूपमा तयार पार्न केही समय लिएँ, उनको समस्या औँल्याउन आफूलाई हौसला दिएँ। मैले सुरुदेखि अन्त्यसम्म उनलाई भन्नुपर्ने कुरा आफ्नो दिमागमा अभ्यास गरिरहेँ। तर उनलाई देखेपछि, म दोधारमा परेँ। मलाई घाँटी न्याकेजस्तो महसुस भयो, र मेरो बोली नै फुटेन। र मैले उनलाई कोमल स्वरमा सोधेँ: “हाल तपाईंको अवस्था ठिकै छ? तपाईंलाई केही कठिनाइ भएको छ कि? भिडियो बनाउन तपाईंले किन यति ढिलो गरिरहनुभएको छ?” लेस्लीले आफू छोरो विद्यालय नगएकोले चिन्तित भएको कारण उनको काममा ढिलाइ भएको भनी जवाफ दिइन्। मैले सोचेँ: “उनी आफूलाई कठिनाइ भइरहेको छ भन्छिन्। उनी लापरवाह, कुटिल, र धूर्त बनेको मैले खुलासा गरेँ भने, के उनले म अति कठोर बनिरहेकी र उनलाई लक्षित गरिरहेकी छु भन्ठान्नेछिन्? हाम्रो सम्बन्ध टुट्यो भने, हामीबीच अझ बढी अप्ठ्यारो हुनेछ।” त्यो सोचेर, मैले उनको समस्या औँल्याइनँ। उनलाई सहानुभूतिका केही शब्दहरू मात्र भनेँ र उनको कर्तव्यको अवस्थाबारे छोटकरीमा केही कुरा गरेँ।

उनले आफूलाई वास्तविक तवरमा निचनेकोले, उनी काममा लापरवाह भइरहिन्, र उनका भिडियोहरूमा थुप्रै समस्या हुन्थे। मलाई लेस्लीको समस्या अलि गम्भीर लाग्यो, र उनी बद्लिनन् भने उनलाई बर्खास्त गरिनुपर्थ्यो। पछि, म फेरि उनलाई सङ्गति दिन गएँ। यसपालीचाहिँ जसरी पनि उनको समस्या औँल्याउछु भनेर मैले सोचेँ। तर बस्नेबित्तिकै मेरो बोली मुखमै अड्कियो। म उनलाई लक्षित गर्दै छु भनी सोच्न वा मविरुद्ध पूर्वाग्रह राख्न नलगाई उनका समस्याबारे अवगत गराउँदै कसरी उनलाई अप्ठ्यारोमा नपारी कुरा बताउने भनी मैले सोचिरहेँ। मैले भाँती पुऱ्याएर उनलाई सोधेँ: “तपाईं जहिले पनि आफ्नो काममा किन लापरवाह गर्नुहुन्छ?” त्यसपछि लेस्लीले मलाई कहिलेकाहीँ उनको उपन्यास पढ्ने देहगत मोहको वशमा परेकोले आफ्नो कर्तव्यको उपेक्षा भएको मलाई बताइन्। उनी यति व्याकुल भइन् कि यसो भन्दा धुरु धुरु रोइन्। मैले सोचेँ: “उनलाई यस्तो गाह्रो भइरहेको छ। यदि मैले उनी कुटिल र धूर्त बन्दै छिन् भनेर भनेँ भने, के उनले यो सहन सक्छिन्? केही नभन्नु नै बेस। जे भए पनि उनले आफ्नो समस्या स्विकारेकी छिन् र अब उनी सुध्रिनुपर्छ।” त्यसकारण मैले उनलाई उनको परिस्थितिबारे अवगत गराएँ र आफ्नो कर्तव्यमा अझ मेहनत गर्न प्रोत्साहन दिएँ। त्यसपश्चात उनले प्रयाश्चित नै गरिनन्, उनको लापरवाही व्यवहार झन्-झन् खराब बन्दै गयो, र अन्त्यमा उनी बर्खास्त भइन्। मैले आत्मचिन्तन गरिनँ, र यो विषय विगत बन्यो।

पछि, मैले परमेश्‍वरको वचनको एउटा खण्ड पढेँ जसबाट मैले आफ्नो अवस्थालाई केही मात्रामा बुझेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “मानिसहरूको बानीबेहोरा र अरूप्रतिको तिनीहरूको व्यवहार परमेश्‍वरका वचनहरूअनुरूप नै हुनुपर्छ; मानव आचरणको सबैभन्दा आधारभूत सिद्धान्त यही हो। यदि मानिसहरूले मानव आचरणका सिद्धान्तहरू बुझ्दैनन् भने तिनीहरूले कसरी सत्यता अभ्यास गर्न सक्छन्? सत्यताको अभ्यास गर्नु भनेको खोक्रा कुराहरू भन्नु र नाराहरू भट्याउनु होइन। व्यक्तिले जीवनमा जेसुकै सामना गर्नु परे पनि, जबसम्म त्यसमा मानव आचरणका सिद्धान्त, घटनाबारे दृष्टिकोण, वा आफ्‍नो कर्तव्य निभाउने विषय समावेश हुन्छ, तबसम्म उसले नै निर्णय गर्नुपर्ने परिस्थिति आइपर्नेछ, अनि उसले सत्यता खोजी गर्नुपर्छ, र परमेश्‍वरका वचनहरूमा आधार र सिद्धान्त खोज्‍नुपर्छ, र त्यसपछि अभ्यासको मार्ग खोज्‍नुपर्छ। यसरी अभ्यास गर्न सक्‍नेहरू नै सत्यताको खोजी गर्न सक्‍ने मानिसहरू हुन्। कठिनाइहरू जति नै ठूला भए पनि यसरी सत्यताको खोजी गर्न सक्‍नु भनेको सत्यता खोजी गर्ने पत्रुसको मार्गमा हिँड्नु हो। उदाहरणको लागि: अरूसँग अन्तरक्रिया गर्दा कस्तो सिद्धान्त पछ्याउनुपर्छ? मेलमिलाप मूल्यवान् हुन्छ र सहनशीलता बुद्धिमानी हो, त्यसैले शान्ति कायम राख्‍नुपर्छ, अरूको इज्‍जतमा धक्‍का पुऱ्याउनु हुँदैन, र कसैलाई पनि चिढ्याउनु हुँदैन, र त्यसरी अरूसँग सुमधुर सम्बन्ध बनाउनुपर्छ भन्‍ने तेरो आफ्नै दृष्टिकोण हुन सक्छ। अनि, यस दृष्टिकोणद्वारा बाँधिएर तँ अरूले दुष्कर्म गरिरहेको वा सिद्धान्तहरू उल्लङघन गरिरहेको देख्दा चुप लागिरहनेछस्। तैँले अरूलाई चिढ्याउनुभन्दा मण्डलीको काममा क्षति पुऱ्याउन रुचाउनेछस्। तैँले सबैसँग मेलमिलाप राख्‍न खोज्नेछस्, चाहे तिनीहरू जोसुकै नै किन नहोऊन्। तैँले अरूलाई राम्रो लाग्‍ने कुरा मात्र भन्‍नेछस्—तिनीहरूको भावनामा चोट नपुऱ्याउने र तिनीहरूको इज्‍जत जोगाउनेबारे मात्र सोच्नेछस्। तैँले कसैमा समस्या रहेछ भनेर थाहा पाइस् भने पनि सहेर बस्‍नेछस्—उसको पिठ्यूँपछाडि त बोल्छस् होला, तर उसको सामुन्‍नेचाहिँ शान्ति कायम राख्दै आफ्नो सम्बन्ध जोगाइराख्‍नेछस्। यस्तो बेहोराको बारेमा तँ के सोच्छस्? के त्यो मान्छे खुसी पार्दै हिँड्ने बेहोरा होइन र? के त्यसमा एकदमै चिप्लेपन छैन र? यसले आचरणका सिद्धान्तहरू उल्लङ्घन गर्छ। त्यसैले, के त्यस्तो प्रकारको व्यवहार गर्नु तुच्छता होइन र? यस्तो व्यवहार गर्नेहरू असल मानिसहरू होइनन्, न त तिनीहरू महान् व्यक्तिहरू नै हुन्। तैँले जति धेरै दु:ख भोगेको भए पनि, र तैँले जस्तै मूल्य चुकाएको भए पनि, यदि तैँले सिद्धान्तहरूविना व्यवहार गर्छस् भने, तँ असफल भएको छस्, र परमेश्‍वरको सामु कुनै स्वीकृति पाउनेछैनस्, न त उहाँद्वारा सम्झना गरिनेछस्, न तैँले उहाँलाई खुसी पार्न सक्छस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। राम्रोसित आफ्‍नो कर्तव्य निभाउनको लागि, व्यक्तिमा कम्तीमा पनि विवेक र तर्कशक्ति हुनुपर्छ)। परमेश्‍वरको वचनले मलाई के स्पष्ट पाऱ्यो भने आफ्नो जीवनमा जेसुकै भए पनि, त्यसमा आचरणका सिद्धान्तहरू वा कामकुराप्रतिको दृष्टिकोण मुछिएका छन् भने, मैले जहिले पनि सत्यताको सिद्धान्त खोज्नुपर्छ। त्यतिञ्जेल, मैले ब्रदर-सिस्टरहरूको समस्या औँल्याउने आँट गरेकी थिइनँ, र त्यसमा केही गल्ती छैन भन्‍ने मलाई लाग्थ्यो। हामी झगडा नगरी मिलेर बस्यौँ भने भइहाल्यो भन्‍ने मलाई लाग्थ्यो। मैले परमेश्‍वरले भन्नुभएको कुरा पढेँ: “तैँले जति धेरै दु:ख भोगेको भए पनि, र तैँले जस्तै मूल्य चुकाएको भए पनि, यदि तैँले सिद्धान्तहरूविना व्यवहार गर्छस् भने, तँ असफल भएको छस्, र परमेश्‍वरको सामु कुनै स्वीकृति पाउनेछैनस्, न त उहाँद्वारा सम्झना गरिनेछस्, न तैँले उहाँलाई खुसी पार्न सक्छस्।” यी वचनहरूले मलाई वास्तवमै भावुक बनाए। मैले कुनै दुष्ट काम गरिरहेको जस्तो देखिँदैनथ्यो होला, तर म सधैँ मानिसहरूलाई चिढ्याउँछु भन्‍ने डरले कहिल्यै ईमानदारीसाथ अरूको समस्या औँल्याउने आँट गर्दिनथेँ। कुनै समस्या देखेर भित्र रिस उठे पनि, तिनीहरूसँग मुस्कुराउँथेँ, परिणामस्वरूप, समाधान भइसक्नुपर्ने समस्याहरू समाधान भएनन् र मण्डलीको काममा क्षति पुग्थ्यो। परमेश्‍वर भन्नुहुन्छ, त्यस्तो व्यक्ति धूर्त र छली हो र उसको आचरण सिद्धान्तविहीन हुन्छ। मैले लेस्लीको घटनालाई कसरी सम्हालेकी थिएँ भनी चिन्तन गरेँ। मलाई उनी कुटिल र धूर्त हुन् र उनले प्रगतिमा नराम्रोसँग असर पारिरहेकी छन् भन्‍ने राम्ररी थाहा थियो, तर अति सिधै कुरा गरेर उनलाई दुःखी बनाउँछु भन्‍ने डर थियो। उनले मलाई अति कठोर ठान्न, र मविरुद्ध पूर्वाग्रह राख्न सक्थिन्। उनी मेरो कुरा मान्दिनन् र दुःखी हुन्छिन्, र यस्तो भयो भने हामीबीच तिक्तता बढ्नेछ भनेर म डराउँथेँ। म हाम्रो सम्बन्ध जोगाउन चाहँदै उनलाई खुलासा वा निराकरण गर्न केही भन्न अति डराएकी थिएँ। मैले उनको लापरवाह हुने समस्या झन् खराब बन्दै गएको देखेँ र मलाई रिस उठेको थियो, तर उनीसँग सङ्गति गर्दा, म उनलाई शत्रु बनाउँछु होला भनेर डराएकी थिएँ, त्यसैले मैले उनको समस्या बताउने वा खुलासा गर्ने आँट गरिनँ। मैले त्यस विषयलाई हल्का छुने गरी केही हानि नपुग्ने कुरा मात्र गरेँ, र मलाई जस्तो महसुस भइरहेको भए पनि, उनलाई सान्त्वनासमेत दिएँ। मैले पर्यवेक्षक भएर, आफूले भेट्टाएको समस्या खुलासा वा समाधान नगर्नुको मतलब म गैरजिम्मेवार र गम्भीररूपमा लापरवाह बनिरहेकी थिएँ। अन्त्यमा थाहा पाएँ म त सुरुदेखि नै अरूसामु “असल व्यक्ति” को भूमिका निभाइरहेकी रहेछु, विचारशील र बुझक्की बन्नु भनेको राम्रो व्यक्ति हुनु हो भन्ठानिरहेकी रहेछु। तथ्यहरू बाहिरिएपछि मात्र मैले आफूलाई हेर्ने दृष्टिकोण पूर्णरूपमा परिवर्तन गरेँ। मैले लेस्लीको समस्या देखेँ तर त्यो औँल्याएर उनलाई सहयोग गरिनँ। परिणामस्वरूप, उनले आफ्नो समस्याको सार र परिणाम देखिनन्, उनको जीवन कष्टदायी भयो, र मण्डलीको काममा ढिलाइ भयो। म अति स्वार्थी, कुटिल र छली भएकी थिएँ। मैले ममा राम्रो मानवता छ भनेर कसरी भन्न सकेँ?

पछि, एउटा भेलामा, मैले “मान्छेको मर्ममा कहिल्यै प्रहार नगर्नू”, र “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ” भन्‍ने भनाइलाई परमेश्‍वरको वचनले चिरफार गरेको पढेँ। त्यसपछि के थाहा पाएँ भने, म यी विचारहरूको प्रभावमा परेर अरूको समस्या औँल्याउन इच्छुक भएकी रहेनछु। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “जिउनेसम्‍बन्धी दर्शनको एउटा सिद्धान्त छ, ‘असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ।’ यसको अर्थ मित्रताको सम्बन्ध जोगाउनको लागि, व्यक्तिले आफ्‍नो मित्रमा भएका समस्याहरू स्पष्ट देखे पनि ऊ यसबारेमा मौन बस्‍नुपर्छ—उसले मान्छेको मर्ममा प्रहार नगर्ने वा कमीकमजोरीहरू खुलासा नगर्ने सिद्धान्तहरू पालना गर्नुपर्छ। तिनीहरूले एकअर्कालाई धोका दिनुपर्छ, एकअर्काबाट आफ्नो कुरा लुकाउनुपर्छ, एकअर्काको विरुद्ध षड्यन्त्र गर्नुपर्छ; र अर्को व्यक्ति कस्तो हो भन्‍ने कुरा स्पष्टै थाहा भएर पनि, तिनीहरूले त्यो कुरा सीधै भन्‍नु हुँदैन, बरु तिनीहरूको राम्रो मित्रता रक्षा गर्न धूर्त विधिहरू अपनाउनुपर्छ। किन व्यक्तिले यस्तो सम्‍बन्ध जोगाउन चाहन्छ? यसको अर्थ समाजमा, समूहमा शत्रु बनाउन नचाहनु हो, किनभने त्यसो गर्दा आफू खतरनाक परिस्थितिमा पर्न सकिन्छ। तैँले कुनै व्यक्तिका कमजोरी खुलासा गरेपछि वा उसलाई चोट पुर्‍याएपछि ऊ तेरो शत्रु बन्‍नेछ र उसले तँलाई हानि गर्नेछ भन्‍ने तँलाई थाहा हुन्छ, र तैँले आफूलाई यस्तो परिस्थितिमा राख्‍न चाहँदैनस्, त्यसकारण तैँले ‘मान्छेको मर्ममा कहिल्यै प्रहार नगर्नू, र कहिल्यै अरूको कमजोरी खुलासा नगर्नू’ जस्ता जिउनेसम्‍बन्धी दर्शनका सिद्धान्तहरू अपनाउँछस्। यो कुरालाई ध्यानमा राख्दा, यदि दुई व्यक्ति यस्तो सम्‍बन्धमा छन् भने, के तिनीहरूलाई साँचो मित्र भनेर भन्‍न सकिन्छ? (सकिँदैन।) तिनीहरू साँचो मित्र होइनन्, तिनीहरू एकअर्काका विश्‍वासपात्र हुनु त परको कुरा हो। त्यसो भए, यो वास्तवमा कस्तो सम्‍बन्ध हो? के यो आधारभूत सामाजिक सम्‍बन्ध होइन र? (हो।) त्यस्ता सामाजिक सम्‍बन्धहरूमा, मानिसहरूले आफूलाई लागेको कुरा भन्‍न सक्दैनन्, न त गहिरा कुराहरू गर्न, आफूलाई मन पर्ने कुरा, वा हृदयको कुरा भन्‍न, अर्को व्यक्तिमा देखेका समस्याहरू बताउन, वा अर्को व्यक्तिलाई फाइदा पुग्‍ने शब्‍दहरू बोल्‍न सक्छन्। बरु, तिनीहरूले बोल्नको लागि अरूको मन जित्‍ने राम्रा कुराहरू चुन्छन्। तिनीहरू आफूविरुद्ध अरूमा शत्रुता नपलाओस् भनेर सत्य कुरा बोल्ने वा सिद्धान्तहरू पालना गर्ने आँट गर्दैनन्। कसैले तिनीहरूलाई खतरामा नपार्दा, के तिनीहरू तुलनात्मक रूपमा सहज र शान्तिमा बाँचिरहेका हुँदैनन् र? ‘मान्छेको मर्ममा कहिल्यै प्रहार नगर्नू, र कहिल्यै अरूको कमजोरी खुलासा नगर्नू’ भन्‍ने वाक्यांशको प्रवर्धन गर्नुको पछाडि मानिसहरूको उद्देश्य यही हुँदैन र? (यही हुन्छ।) स्पष्टै छ, यो अस्तित्वमा रहने धूर्त र छली तरिका हो जसमा आत्मरक्षाको तत्व मिसिएको हुन्छ, र यसमा व्यक्तिको उद्देश्य भनेको आफ्‍नो सुरक्षा गर्नु हुन्छ। यसरी जिउने मानिसहरूको केही कुरा भन्‍न सकिने विश्‍वासपात्र र घनिष्ठ मित्र कोही हुँदैनन्। तिनीहरू एकअर्काप्रति रक्षात्मक, अनि षड्यन्त्रकारी, र रणनीतिक हुन्छन्, र दुवैले नै उक्त सम्‍बन्धबाट आफूलाई चाहेको कुरा लिन्छन्। के यो यस्तै हुँदैन र? ‘मान्छेको मर्ममा कहिल्यै प्रहार नगर्नू, र कहिल्यै अरूको कमजोरी खुलासा नगर्नू’ भन्‍ने वाक्यांशको मूल उद्देश्य भनेको अरूलाई रिस नउठाउनु र शत्रु नकमाउनु, अनि कसैलाई चोट नपुर्‍याएर आफ्‍नो रक्षा गर्नु हो। यो आफूलाई चोट लाग्‍न नदिनका लागि प्रयोग गरिने उपाय र विधि हो। सारका यी कैयौँ पक्षहरूलाई हेर्दा, ‘मान्छेको मर्ममा कहिल्यै प्रहार नगर्नू, र कहिल्यै अरूको कमजोरी खुलासा नगर्नू’ भन्‍ने मानव सद्गुणको मापदण्ड के महान् सिद्धान्त हो? के यो सकारात्मक कुरा हो? (होइन।) त्यसो भए, यसले मानिसहरूलाई के शिक्षा दिइरहेको छ? त्यो शिक्षा हो, हामीले कसैलाई दुःख दिनु वा चोट पुऱ्याउनु हुँदैन, नत्र तँलाई नै चोट पुग्‍नेछ; र साथै, तैँले कसैलाई भरोसा गर्नु हुँदैन। यदि तैँले आफ्ना असल मित्रहरूमध्ये कसैलाई चोट पुऱ्याइस् भने, त्यो मित्रता चालै नपाई उल्टो हुन थाल्छ; ऊ तेरो असल र घनिष्ठ मित्रबाट सडकमा भेटिने कोही अपरिचित व्यक्ति, वा तेरो शत्रु बन्‍नेछ। मानिसहरूलाई यसरी शिक्षा दिँदा के-कस्ता समस्याहरू समाधान हुन सक्छन्? यसरी व्यवहार गरेर, तैँले शत्रु नबनाए पनि र केही शत्रु घटाए पनि, के यसले गर्दा मानिसहरूले तँलाई आदर र अनुमोदन गर्नेछन्, र सधैँ तँलाई साथी बनाइराख्‍नेछन्? के यसले पूर्ण रूपमा सद्गुणको मापदण्ड हासिल गर्छ? बढीमा, यो जीवनदर्शन मात्रै हो(वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता पछ्याउनु भनेको के हो (८))। परमेश्‍वरले “मान्छेको मर्ममा कहिल्यै प्रहार नगर्नू”, र “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ” भन्‍ने भनाइको प्रभावलाई चिरफार गर्नुहुँदा, उहाँले मेरै अगाडि मेरो खुलासा गरिरहनुभएको जस्तो मलाई लाग्यो। आचरणका यी दर्शनहरूअनुसार जिउँदा, मेरो बोली र कामले मलाई जोगाउने काम मात्र गर्थ्यो। म जोसँग हुँदा पनि, सधैँ कसैलाई दुश्मन नबनाउने वा नचिढ्याउने सिद्धान्तमा रहेँ। जस्तै म स्कूलमा छँदा, सिधा कुरा गर्नेहरू बहिष्कृत भएको देखेँ, त्यसैले अरूसँग मिलेर बस्न, आफ्नो साँचो भावना कहिल्यै व्यक्त गर्नै हुँदैन, र व्यक्तिको समस्यालाई अघि ल्याएर तिनीहरूलाई चिढ्याउनै हुँदैन भन्‍ने मलाई लाग्यो। यसो गर्दा मानिसहरूले तपाईंलाई मन पराउनेछन् र तपाईं सजिलै अटाउन सक्नुहुनेछ। मैले परमेश्‍वरमा विश्‍वास गरेपछि पनि ब्रदर-सिस्टरहरूसँग त्यही आचरण अपनाएँ। मन नपर्दो हुन र भावनामा ठेस पुऱ्याउनबाट जोगिन, मानिसहरूलाई खुलासा गरेर सम्भवतः चिढ्याउनुपर्ने बेला, म पछि हट्थेँ, वा कुनै सहकर्मीलाई भनेर त्यो सम्हाल्न लगाउँथेँ। कहिलेकाहीँ मैले सङ्गति दिनुपर्दा, परिस्थितिसँग मिल्ने केही महत्त्वहीन कुरा मात्र भन्थेँ, जसले गर्दा थुप्रै समस्याहरू समयमा समाधान हुँदैनथे। मैले “साथी बढे बाटो बढ्छ” र “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ” जस्ता सांसारिक दर्शनहरू पालन गरेँ, जसलाई आफ्नो आचरणको मापदण्ड बनाएकी थिएँ। मैले कहिल्यै कसैलाई आफ्नो वास्तविक विचार बताइनँ, र म झन्-झन् झूटा र छली बनेँ। म मनमनै सोच्थेँ, सबैसँग राम्रो सम्बन्ध कायम गरी मिलेर बस्दा मानिसहरूले मलाई मन पराउनेछन्, र म सजिलै अरूको अनुमोदन पाउनेछु। यदि मैले कुनै दिन सिद्धान्तविपरीत केही बोलेँ वा गरेँ भने, मानिसहरूले मलाई त्यसबाट उम्कन र इज्जत बचाउन मदत गर्नेथिए। म आफू अन्तरक्रियाहरूमा सिद्धान्तमा नचलेको देख्थेँ। म केवल सबैलाई हाँसीखुसी राख्न, र कसैले कसैको कमजोरीहरू खुलासा नगरून् भन्‍ने चाहन्थेँ ताकि मेरो बेइज्जत नहोस् र मैले आफ्नो हैसियत र छवि कायम राख्न सकूँ। के मैले मानिसहरूको मन जितेर उनीहरूलाई प्रयोग गर्न खोजिरहेकी थिइनँ र? म आकर्षक, मिलनसार र सहानुभूतिशील देखिन्थेँ होला, तर ती सबैको पछाडि, म आफ्नै अव्यक्त लक्ष्यको पछि लागिरहेकी थिएँ। म वास्तवमै दुष्ट थिएँ! लेस्लीको विषयमा फर्केर सोच्दा, उनी कुटिल र धूर्त थिइन् भन्‍नेमा म स्पष्ट थिएँ, तर उनलाई दुश्मन नबनाउन, मैले उनको समस्या औँल्याइनँ वा खुलासा गरिनँ, जसले गर्दा कामको प्रगतिमा असर पुग्यो। त्यसरी अन्तरक्रिया गरेर मैले उनलाई हानि मात्र गरिरहेकी थिइनँ, तर मण्डलीको काममा पनि ढिलाइ गरिरहेकी थिएँ। परमेश्‍वरले सधैँ के सङ्गति दिनुभएको छ भने, हामीले सत्यतालाई मापदण्ड बनाएर परमेश्‍वरको वचनअनुसार मानिस र परिस्थितिलाई हेर्ने र व्यवहार गर्ने गर्नुपर्छ। तर दैनिक जीवनमा, म शैतानी दर्शनअनुसार जिइरहेकी थिएँ, सधैँ मेरो वचन र काम बन्धनमा थिए। म सामान्यरूपमा अरूलाई सङ्गति दिन र सहयोग गर्न असमर्थ थिएँ, र अगुवाको दायित्व पूरा गर्न झनै असमर्थ थिएँ। मैले मानिसको सुधार हुने वा मण्डलीको काम जोगाउन कसरी बोल्ने भनेर विचार गरिनँ। मैले मण्डलीको काममा असर पुगेको हेरिरहेँ र आफूलाई जे महसुस भइरहेको भए पनि असल व्यक्तिको भूमिका निभाएँ। मैले आफ्नै हितको खातिर मण्डलीको हितको बलि चढाइरहेकी थिएँ। म अति झूटा र मानवताहीन थिएँ! म यस्तै भइरको भए, परमेश्‍वरद्वारा घृणित र तिरस्कृत अनि अरूद्वारा अवहेलित र अस्वीकृत हुनेथिएँ। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ: “हे परमेश्‍वर, म मण्डलीको काममा असर परेको देख्छु तर सधैँ असल व्यक्तिको भूमिका निभाउँछु। मैले मण्डलीको हित जोगाइरहेकी छैनँ र त्यसलाई हजुरले पक्कै घृणा गर्नुहुन्छ। हे परमेश्‍वर, म प्रयाश्चित गर्न चाहन्छु। कृपया, मलाई यो समस्या समाधान गर्न र मण्डलीको काम जोगाउने न्यायको बोध भएको व्यक्ति बन्न मार्गदर्शन गर्नुहोस्।”

त्यसपछि, मैले परमेश्‍वरको थप वचन पढेँ। “जब कुनै कुरा आइपर्छ, तँ जीवन-दर्शनअनुसार जिउँछस्, र सत्यता अभ्यास गर्दैनस्। तँलाई सधैँ अरूलाई चिढ्याउँछु भन्‍ने डर लाग्छ, तर परमेश्‍वरलाई चिढ्याउँछु भन्‍ने डर लाग्दैन, र अन्तर्वैयक्तिक सम्‍बन्धहरू जोगाउन तैँले परमेश्‍वरको घरका हितहरूसमेत बलि चढाउँछस्। यसरी व्यवहार गर्नुका परिणामहरू के हुन्छन्? तैँले सधैँ आफ्‍ना अन्तर्वैयक्तिक सम्‍बन्धहरू त राम्ररी जोगाउनेछस्, तर तैँले परमेश्‍वरलाई चिढ्याएको हुनेछस्, र उहाँले तँलाई घृणा र इन्कार गर्नुहुनेछ, र उहाँ तँदेखि क्रोधित हुनुहुनेछ। सन्तुलनको हिसाबमा, कुन राम्रो हो? यदि यो कुरा बताउन सक्दैनस् भने, तँ पूर्ण रूपमा भ्रमित छस्; यसले तैँले अलिकति पनि सत्यता बुझेको छैनस् भन्‍ने प्रमाणित गर्छ। यदि यो कुरा महसुसै नगरी तँ यसरी नै अघि बढिरहन्छस् भने खतरा वास्तवमै निकै ठूलो हुन्छ, र अन्त्यमा, तैँले सत्यता प्राप्त गर्न सक्‍नेछैनस्। नोक्‍सानी बेहोर्ने तँ नै हुनेछस्। यस विषयमा, यदि तैँले सत्यता खोजी गर्दैनस्, र तँ असफल हुन्छस् भने, के भविष्यमा तँ सत्यता खोजी गर्न सक्षम हुनेछस्? यदि तँ अझै त्यसो गर्न सक्दैनस् भने, त्यो अब घाटाको मात्रै कुरा हुनेछैन—अन्त्यमा तँलाई निष्कासित नै गरिनेछ। यदि तँसँग ‘राम्रो व्यक्ति’ का उत्प्रेरणा र दृष्टिकोणहरू छन् भने, सबै कुरामा तँ सत्यताको अभ्यास र सिद्धान्त पालना गर्न असमर्थ हुनेछस्, अनि तँ सधैँ असफल हुनेछस् र लड्नेछस्। यदि तँ ब्युँझिदैनस् र सत्यता खोजी गर्दैनस् भने, तँ गैरविश्‍वासी होस्, र तैँले सत्यता र जीवन कहिल्यै पाउनेछैनस्। त्यसो भए तैँले के गर्नुपर्छ त? त्यस्ता कुराहरूको सामना गर्दा, तैँले प्रार्थनामा परमेश्‍वरलाई पुकार्नुपर्छ, मुक्तिको लागि बिन्ती गर्नुपर्छ, र परमेश्‍वरसित मलाई सिद्धान्त पालन गर्न, गर्नुपर्ने कुरा गर्न, सिद्धान्तहरूअनुसार कामकुरा सम्‍हाल्‍न, आफ्नो स्थानमा खडा हुन, परमेश्‍वरको घरका हितहरूको रक्षा गर्न, र परमेश्‍वरको घरको काममा कुनै हानि आउन नदिन थप विश्‍वास र सामर्थ्य दिनुहोस् भनी अनुरोध गर्नुपर्छ। यदि तैँले आफ्‍नो आत्म-हित, प्रतिष्ठा, र ‘राम्रो व्यक्ति’ को दृष्टिकोणलाई त्याग्‍न सकिस् भने, र यदि तैँले आफूले गर्नुपर्ने काम इमानदार, र एकाग्र हृदयले गर्छस् भने, तैँले शैतानलाई जितेको हुनेछस्, अनि सत्यताको यो पक्ष हासिल गरेको हुनेछस्। यदि तँ अरूसँगका तेरा सम्‍बन्धहरू कायम राख्दै र कहिल्यै सत्यता अभ्यास नगरी, सिद्धान्त पालन गर्ने आँट नगरी, सधैँ शैतानको दर्शनअनुसार जिउँछस् भने, के तैँले अरू मामलाहरूमा सत्यता अभ्यास गर्न सक्छस्? तँसँग कुनै विश्‍वास, कुनै शक्ति हुनेछैन। यदि तैँले कहिल्यै सत्यता खोजी गर्न वा सत्यता स्वीकार गर्न सक्दैनस् भने, के परमेश्‍वरमाथिको त्यस्तो विश्‍वासले तँलाई सत्यता हासिल गर्न दिन्छ? (दिँदैन।) अनि यदि तैँले सत्यता हासिल गर्न सक्दैनस् भने, के तैँले मुक्ति पाउन सक्छस्? सक्दैनस्। यदि तँ सधैँ शैतानको दर्शनअनुसार जिउँछस्, र तँमा सत्यताको वास्तविकता छँदै छैन भने, तैँले कहिल्यै मुक्ति पाउन सक्दैनस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरको वचनले मलाई के स्पष्ट पाऱ्यो भने जहिले पनि मेरा सिद्धान्तहरू परमेश्‍वरको वचन अभ्यास गर्नुको साटो सम्बन्ध कायम राख्न र शत्रु नबनाउनका लागि थिए। सत्यतासँग मेल नखाने केही कुरा देख्दा, म त्यो त्यतिकै छोडिदिन्थेँ, किनकी म अरूसँग सम्बन्ध जोगाउन चाहन्थेँ, ताकि म सुरक्षित अवस्थामा जिउन सकूँ। मैले आफू पूर्णरूपले सिद्धान्तमा नचली मध्यमार्गमा हिँडिरहेको देखेँ। परमेश्‍वर हामीले उहाँको वचनअनुसार बोलेको र काम गरेको, उहाँले प्रेम गर्ने कुरालाई प्रेम गर्ने, घृणा गर्ने कुरालाई घृणा गर्ने, अनि असल र खराब छुट्याउने व्यक्ति बनेको, सबै खालका मानिस चिन्न र अरूलाई सिद्धान्तअनुसार व्यवहार गर्न सकेको माग गर्नुहुन्छ। यो अभ्यास मात्र परमेश्‍वरको इच्छाअनुरूप छ। तर, लेस्लीले आफ्नो कर्तव्यमा ढिलाइ गरेको मैले स्पष्ट देखेँ तर उनको आलोचना वा खुलासा गरिनँ। उनी रुँदा मैले सान्त्वना दिएँ र आफूलाई जे महसुस भइरहेको भए पनि असल व्यक्तिको भूमिका निभाएँ। यसमा, मैले हाम्रो सम्बन्ध जोगाइरहेकी र उनप्रति अति उदार बनेर शैतानको पक्ष लिइरहेकी थिएँ। म अति मूर्ख थिएँ। पहिला, त्यस्तो आचरण यस्तो समस्या रहेछ भनेर सोचेकी थिइनँ। तथ्यहरू बाहिरिएपछि मात्र आचरणका यी सिद्धान्तअनुसार जिउनु त वास्तवमा सही मार्ग रहेनछ भन्‍ने देखेँ। म पर्यवेक्षक थिएँ, तर मलाई सधैँ मानिसलाई चिढ्याउँछु भन्‍ने डर लाग्थ्यो र ममा न्यायको बोध थिएन। मैले भेट्टाएका समस्याहरू औँल्याउने आँट गरिनँ वा ती समाधान गर्न सङ्गति दिइनँ, जसले गर्दा समस्या बारम्बार आइरह्यो। यो वास्तविक काम गराइ थिएन; यो परमेश्‍वरको प्रतिरोध गर्नु थियो।

पछि, मैले परमेश्‍वरको वचनमा अभ्यासको मार्ग भेट्टाएँ: “यदि तँ परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्न चाहन्छस् भने तेरो हृदय परमेश्‍वरतर्फ फर्किएको हुनुपर्छ; यसको जगमा अन्य मानिसहरूसँगको तेरो सम्बन्ध पनि सामान्य हुनेछ। यदि परमेश्‍वरसँग तेरो सम्‍बन्ध सामान्य छैन भने, तैँले अन्य मानिसहरूसँगको तेरो सम्बन्ध कायम राख्‍न जे गरे पनि, तैँले जति नै कठिन परिश्रम गरे पनि वा जति नै शक्ति प्रयोग गरे पनि, ती सबै जीवन जिउने मानवदर्शनका कुरा हुनेछन्। तैँले परमेश्‍वरका वचनहरूअनुरूप सामान्य अन्तर्वैयक्तिक सम्बन्ध स्थापित गर्नुको सट्टा, मानव दृष्टिकोण र मानव दर्शनद्वारा मानिसहरूमाझ तेरो प्रतिष्ठा रक्षा गरिरहेको र उनीहरूको प्रशंसा बटुलिरहेको हुनेछस्। यदि तैँले मानिसहरूसँगका तेरा सम्बन्धहरूमा ध्यान केन्द्रित गर्दैनस्, बरु त्यसको सट्टा परमेश्‍वरसँग सामान्य सम्बन्ध कायम राख्छस् भने, यदि तँ आफ्नो हृदय परमेश्‍वरलाई अर्पित गर्न र उहाँको आज्ञापालन गर्न सिक्‍न तत्पर छस् भने, प्राकृतिक रूपमै तेरा अन्तर्वैयक्तिक सम्बन्धहरू सामान्य हुनेछन्। त्यसपछि, ती सम्बन्धहरू देहको आधारमा नभई परमेश्‍वरको प्रेमको जगमा स्थापित हुनेछन्। अन्य मानिसहरूसँगको तेरो दैहिक अन्तरक्रिया झण्डै शून्य हुनेछ, तर आत्मिक तहमा तिमीहरूमाझ सङ्गति, पारस्परिक प्रेम, सान्त्वना, र भरणपोषण हुनेछ। यी सबै कुरा परमेश्‍वरलाई सन्तुष्ट पार्ने चाहनाको जगमा गरिन्छ—यी सम्बन्धहरू जीवन जिउने मानवदर्शनको आधारमा कायम राखिँदैन, ती सम्बन्धहरू परमेश्‍वरको लागि बोझ बोक्‍ने क्रममा प्राकृतिक रूपमै स्थापित हुन्छन्। यसको लागि तेरो कृत्रिम मानव प्रयत्न आवश्यक पर्दैन, तैँले परमेश्‍वरका वचनहरूको सिद्धान्तअनुसार अभ्यास गरे मात्र पुग्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्नु अति नै महत्त्वपूर्ण छ)। परमेश्‍वरको वचनले मलाई के स्पष्ट पाऱ्यो भने, सामान्य पारस्परिक सम्बन्धहरू सांसारिक दर्शनद्वारा कायम हुँदैनन्। ती त उहाँको वचनको अभ्यासको जगमा स्थापित हुन्छन्। परिस्थितिहरू आइपर्दा हामीले सत्यता अभ्यास गर्नुपर्छ, सिद्धान्तअनुरूप काम गर्नुपर्छ, मण्डलीको काम जोगाउनुपर्छ, र ब्रदर-सिस्टरहरूको जीवनका लागि बोझ बोक्नुपर्छ। यो मात्र सामान्य पारस्परिक सम्बन्ध राख्ने तरिका हो। मैले केही ब्रदर-सिस्टरहरूको अनुभव गवाही सम्झेँ। तिनीहरूले अरूको समस्या देख्दा ती देखाउन र परमेश्‍वरको वचनअनुसार तिनीहरूलाई सहयोग गर्न सके। मानिसहरूले कहिलेकाहीँ इज्जत गुमाए पनि, यदि सत्यताको पछि लागे भने, यो सङ्गति र आलोचना प्रयोग गरी आफ्ना कमजोरी पत्ता लगाउन, भ्रष्ट स्वाभाव थाहा पाउन, आफ्नो गलत अवस्था सुधार्न, जीवनमा प्रगति गर्न, र आफ्नो कर्तव्यमा झन्-झन् राम्रा परिणामहरू ल्याउन सक्थे। यो नै साँचो अर्थमा मायालु र सहयोगी बन्नु हो। तर सत्यताको पछि नलाग्नेहरूका सन्दर्भमा भन्नुपर्दा, आलोचना र निराकरण गरिँदा तिनीहरूको खुलासा हुन्छ। तिनीहरू सत्यतादेखि दिक्क मान्छन्, र तिनीहरूलाई काँटछाँट र निराकरण गरिँदा, तिनीहरूले बहाना बनाउने र प्रतिरोध गर्ने प्रयास गर्छन्, बिलकुलै स्विकार्दैनन्। यस्तो व्यक्ति साँचो ब्रदर-सिस्टर हैनन् र यिनीहरूलाई इन्कार र बहिष्कार गरिनुपर्छ। यो बुझेर, मलाई झन् बढी परमेश्‍वरको वचन मात्र हाम्रो कार्य र आचरणको मापदण्ड हो, हामीले अरूलाई परमेश्‍वरको वचनअनुसार व्यवहार गर्नुपर्छ भन्‍ने लाग्यो। यो नै आफूले गर्नुपर्ने सही व्यवहार हो र सामान्य मानवताका मापदण्डअनुरूप छ।

पछि, मैले एउटी सिस्टर अहङ्कारी, आत्मधर्मी, र सुझाव नस्विकार्ने भएको पाएँ। उनले आफूखुसी गरेर काममा ढिलाइ गरिन्। मैले सङ्गति दिएर उनको समस्या औँल्याउनुपर्थ्यो ताकि उनले आत्मचिन्तन गरी आफूलाई चिन्न सकून्। तर म अलि आशंकित भएँ। उनले स्विकारिनन् भने नि? के उनी मविरुद्ध पूर्वाग्रही भई मैले उनलाई लक्षित गरिरहेकी छु भन्‍नेछिन्? मैले पहिलाको आफ्नो असफलता, र थोरैअघि मात्र परमेश्‍वरको वचनमा पढेको कुरा सम्झेँ, र त्यसले मलाई झकझकायो। यदि मैले हाम्रो सम्बन्ध जोगाउने प्रयासमा मण्डलीको काम बेवास्ता गरेको भए, परमेश्‍वरलाई चित्त दुखाएकी हुनेथिएँ। यसपटक, परमेश्‍वरले म प्रयाश्चित गरेर परिवर्तन भएँ कि भइनँ भनी हेर्न मेरो मनोवृति नियालिरहनुभएको थियो। मैले मानिसहरूलाई पहिलाजस्तै व्यवहार गर्नु हुँदैनथ्यो। मैले परमेश्‍वरको वचनले भनेको कुरा सम्झेँ: “त्यस्ता कुराहरूको सामना गर्दा, तैँले प्रार्थनामा परमेश्‍वरलाई पुकार्नुपर्छ, मुक्तिको लागि बिन्ती गर्नुपर्छ, र परमेश्‍वरसित मलाई सिद्धान्त पालन गर्न, गर्नुपर्ने कुरा गर्न, सिद्धान्तहरूअनुसार कामकुरा सम्‍हाल्‍न, आफ्नो स्थानमा खडा हुन, परमेश्‍वरको घरका हितहरूको रक्षा गर्न, र परमेश्‍वरको घरको काममा कुनै हानि आउन नदिन थप विश्‍वास र सामर्थ्य दिनुहोस् भनी अनुरोध गर्नुपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मलाई परमेश्‍वर मेरै बगलमा बसेर यो कदम चाल्न प्रोत्साहित गरिरहनुभएको जस्तो महसुस भयो। मैले परमेश्‍वरलाई प्रार्थना गरेर, विश्‍वास र बल मागेँ ताकि म सत्यता अभ्यास गर्न, मण्डलीको कामलाई प्राथमिकता दिन, र सम्बन्ध जोगाउन मानिसहरूलाई चिढ्याउँछु कि भनी डराउन छोडेँ। प्रार्थनापछि, मैले ती सिस्टरलाई भेटेँ। मैले उनको निरन्तर व्यवहारको आधारमा उनको समस्या खुलासा गर्नुका साथै, उनी अहङ्कारी र अरूको सुझाव स्विकार्दिनन्, र यो सत्यतादेखि दिक्क मान्नु र शैतानी स्वाभाव राख्नु हो भनी औँल्याइदिएँ। मैले उनलाई प्रयाश्चित नगरी वा परिवर्तन नभई मण्डलीको काममा अवरोध पुऱ्याइरहिन् भने, बर्खास्त गरिनेछ भनेर बताएँ। मैले यी सबै भनेपछि, मलाई सधैँजसो महसुस भएन अर्थात् घृणित हुने डर भएन। बरु मलाई झन् ढुक्क र शान्ति महसुस भयो। फर्केर सोच्दा, म जहिले पनि आचरणबारे शैतानी सिद्धान्तअनुसार जिउँथेँ, मानिसहरूलाई चिढ्याइएला, विवाद र झगडा उत्पन्न होला भनेर डराउथेँ। अन्तरक्रियाहरूमा, म सधैँ अरूको इज्जत विचार गर्थेँ र सम्बन्ध जोगाउथेँ, जसले गर्दा सत्यता अभ्यास गर्ने थुप्रै मौका गुमाउथेँ। अहिले, मानिसहरूको समस्या औँल्याउनुपर्दा, मलाई अझै पनि अलिअलि डर लाग्छ, तर म ढुक्क भएर परमेश्‍वरलाई प्रार्थना गर्न सक्छु, अनि सिद्धान्तअनुसार अभ्यास गर्न आफ्नो अभिप्राय र धारणालाई सच्याउँछु। यस अनुभवले मलाई आफ्ना गलत धारणाहरू सुधार्ने मौका दियो। म साँच्चै परमेश्‍वरलाई धन्यवाद दिन्छु!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

एक अविस्मरणीय निर्णय

बाइ याङ, चीनम १५ वर्षकी हुँदा मेरा बुबा अचानक रोग लागेर बित्नुभो। मेरी आमा यो झट्का सहन नसकेर थला पर्नुभयो। हामीलाई कठिनाइमुक्त पार्नुपर्ने...

सुसमाचार सुनाउँदाको अनुभव

फुसु, दक्षिण कोरिया मैले सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कार्य स्वीकारेपछि सुसमाचार सुनाउन थालें। जस्तै कठिनाइहरू आइपरे तापनि म...

मेरो प्रतिरक्षात्मक सोचाइ र गलतबुझाइलाई परमेश्‍वरको वचनले हटायो

सन् २०१४ मा, म मण्डली अगुवा हुँदा, म आफ्‍नो कर्तव्यमा तुलनात्मक रूपमा प्रभावकारी नै थिएँ, त्यसकारण मलाई मैले सत्यतालाई बुझेकी छु जस्तो...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्