अविस्मरणीय निर्णय

25 फेब्रुअरी 2023

म १५ वर्षको हुँदा मेरो बुबा बिरामी भएर बित्‍नुभयो र मेरो परिवारले मुख्य आधार गुमायो। मैले यो कुरालाई स्वीकार गर्नै सकिनँ। मलाई आकाश खसे झैँ लाग्यो। मेरी आमाले पनि यो कुरालाई सहन सक्‍नुभएन र चार दिनसम्‍म निकै ज्वरो आएर थलिनुभयो। हामीलाई पैसा तिरेर निकाल्‍नुपर्छ भन्‍ने डरले कुनै पनि आफ्‍नो हामीलाई भेट्न आएन। म मेरो बिरामी आमालाई अस्पतालमा हेरचाह गर्थेँ र उहाँ बेन्चमा नै ढल्‍नुभयो। सहयोग गर्न कोही पनि आएन, र मलाई हरेस लाग्यो। मैले सोचेँ, “मेरो बुबा भर्खरै बित्‍नुभयो। यदि मेरी आमालाई केही भयो भने, मेरी बहिनी र मैले के गरेर खाने?” पछि, कसैले हामीलाई प्रभु येशूको सुसमाचार सुनायो। प्रभुको अनुग्रहले गर्दा, दुई वटा भेलामा सहभागी भएपछि मात्रै पनि मेरो आमा निको हुनुभयो। हामीले प्रभुलाई त्यसरी विश्‍वास गरेका थियौँ। उहाँ मानवजातिलाई छुटकारा दिन कसरी क्रूसमा टाँगिनुभयो भन्‍ने कुरा देखेँ, उहाँको महान् प्रेमले मेरो हृदय छोयो। प्रभु येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभएको थियो: “मलाई पछ्याओ(मत्ती ४:१९)। “तिमीहरूले ममा शान्ति पाउन सक भनेर मैले तिमीहरूलाई यी कुराहरू भनेको छु। संसारमा तिमीहरूलाई संकष्ट हुनेछ: तर उत्साहित होओ; मैले संसारलाई विजय गरेको छु(यूहन्‍ना १६:३३)। यी वचनहरूले मलाई धेरै सान्त्वना दिए। विशेष गरी पश्चिमी देशका मिसनेरीहरूले प्रभुको लागि आफ्‍नो जीवन समर्पित गरेको कथाहरू सुन्दा, मलाई निकै उत्प्रेरणा मिल्यो, त्यसकारण मैले प्रभुसँग म उहाँको लागि समर्पित भएर सुसमाचार प्रचार गर्छु भन्‍ने सङ्कल्‍प गरेँ। त्यो बेला, जीवनमा कुनै कुरा अर्थपूर्ण छैन जस्तो लाग्यो। प्रभुलाई पछ्याउनु, उहाँको लागि काम गर्नु, र मानिसहरूलाई उहाँको अघि ल्याउनु मात्रै अर्थपूर्ण र सार्थक लाग्थ्यो। म घर छोडेर प्रचार गर्न र प्रभुको लागि काम गर्न जाने दिनको प्रतीक्षा गर्थेँ। एउटा प्रार्थना भेलामा, मैले प्रभुलाई प्रार्थना गरेँ उहाँलाई आफ्‍नो कामना बताएँ। त्यो बेला मेरी आमा पनि त्यहीँ हुनुहुन्थ्यो। घर पुगेपछि, उहाँले मलाई गाली गर्नुभयो, र भन्‍नुभयो, “तँ किन यति मूर्ख हुन्छस्? तैँले किन त्यसो भनिस्? प्रभुमा विश्‍वास गर्नुसम्‍म ठीकै छ, तर तैँले आफ्‍नो अध्ययनलाई छोड्नु हुँदैन। तैँले हाइ स्कूलको पढाइमा ध्यान दिनुपर्छ। हाम्रा आफन्तहरूले तँ सफल भइस् भने मात्रै तँलाई आदर गर्नेछन्।” यो सुन्दा म हिचकिचाएँ। मैले सोचेँ, “उहाँले ठीक भन्‍नुभयो। मेरो परिवारको आशा मेरो काँधमा छ। यदि मैले सुसमाचार प्रचार गर्न जान आफ्‍नो अध्ययन छोडेँ भने, मेरी आमालाई साँच्‍चै नै चोट पुग्‍नेछ। हामीलाई पालनपोषण गर्न निकै कठिन भएको थियो, त्यसकारण मैले अबदेखि उहाँलाई पीडा दिनु हुँदैन।” त्यसकारण म स्कूल पनि जान्थेँ र भेलाहरूमा र प्रचार गर्न पनि जान्थेँ, र मैले प्रभुको निम्ति गएर प्रचार र काम गर्ने मेरो इच्‍छालाई लुकाएर राखेँ।

जुलाइ २००१ मा, मैले भर्खरै कलेज प्रवेशिका परीक्षा दिइसकेकी थिएँ त्यस बेला स्वर्गको राज्यको सुसमाचार सुनाउने मानिसहरूलाई भेट्टाएँ। मेरी बहिनी र मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्यौँ र प्रभु मानिसलाई एक पटक सधैँको लागि शुद्ध गर्न र मुक्ति दिनको लागि सत्यता व्यक्त गर्न र परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गर्न आउनुभएको छ भन्‍ने थाहा पायौँ। म निकै उत्साहित भएँ। मैले पर्खेको प्रभु बल्‍ल फर्कनुभएको थियो र उहाँको आफ्‍नै आवाज सुन्‍न र उहाँको व्यक्तिगत अगुवाइ र मुक्ति पाउनु उहाँको ठूलो अनुग्रह थियो! बाइबलमा पढ्दा प्रभुका चेलाहरूले कुनै पनि बेला उहाँका शिक्षाहरू सुन्‍न पाएको देख्दा मलाई तिनीहरूप्रति डाहा लाग्थ्यो। म पनि तिनीहरू जस्तै भाग्यमानी हुन्छु भन्‍ने कुरा मैले कहिल्यै पनि कल्‍पना गरेकी थिइनँ। प्रभुको देखापराइको तृष्णा गरेका तर उहाँ फर्केर आइसक्‍नुभएको छ भन्‍ने थाहा नपाएका सबै मानिसहरूको बारेमा विचार गर्दा, र मैले तिनीहरूले भन्दा पहिले यो महान् खबर सुनेकी छु भन्‍ने सोच्दा, मैले स्वर्गको राज्यको सुसमाचार प्रचार गर्नुपर्छ भन्‍ने मलाई थाहा थियो। मैले सोचेँ: “मैले कलेजमा प्रवेश पाइनँ भने राम्रो हुनेछ। त्यसपछि मैले गएर प्रचार गर्छु र परमेश्‍वरको सेवा गर्छु भनी मेरी आमालाई बताउने राम्रो कारण पाउँछु।”

एक हप्तापछि, म मेरो जाँचको नतिजा लिन गएँ। मेरो शिक्षकले खुशी हुँदै मलाई मैले राम्रो कलेजमा प्रवेश पाएको छु भनेर बताए। मेरा कक्षाका साथीहरूले मलाई यसो भन्दै तारिफ गरे, “हाम्रो प्रान्तबाट हजारौँ मध्येबाट दश जना मात्रै छनौट भएका छन्। त्यस कलेजमा प्रवेश पाएर तिमीले राम्रो गर्‍यौ।” मेरो शिक्षक र कक्षाका साथीहरूले त्यसो भनेको सुन्दा, मलाई नरमाइलो लाग्यो, किनभने म मेरो परीक्षामा अनुतीर्ण भएको भए, म सुसमाचार प्रचार गर्न जान पाउँथेँ। तर अहिले मैले कलेजमा प्रवेश पाएकी छु भन्‍ने मेरी आमालाई थाहा भइसकेको हुनाले, उहाँले मेरो त्यस विचारलाई समेत विरोध गर्नुहुनेथियो। म घर आएपछि, मेरी आमा मुस्कुराइरहनुभयो, तर मलाई नरमाइलो लाग्यो। मैले यतिका वर्ष प्रभु आएर हामीलाई स्वर्गमा लैजानुहुन्छ भनेर प्रतीक्षा गर्दै आएकी थिएँ। अहिले उहाँ आएर हामीलाई व्यक्तिगत रूपमा मुक्ति दिन सत्यता व्यक्त गरिरहनुभएको थियो त्यसकारण म त्यो दुर्लभ मौका गुमाउन चाहँदिनथिएँ। मेरो जाँचको नतिजाको बारेमा थाहा पाएपछि हाम्रा आफन्तहरू सबै मलाई बधाई दिन आए र चापलुसी गर्ने कुराहरू भने। तर म सोच्थेँ: “तिनीहरू सबै यति देखावटी व्यवहार गर्छन्। मेरो बुबा बित्‍दा, तिनीहरू कोही पनि हामीलाई भेट्न आएनन्। अहिले मैले कलेजमा प्रवेश पाएपछि, तिनीहरू सबै आएका छन्। तिनीहरूले म एक दिन सफल भएपछि, यसले तिनीहरूलाई राम्रो देखाउनेछ भनेर आशा गरिरहेका थिए।” तिनीहरूले जति मप्रतिको आफ्‍नो “वास्ता” प्रकट गरेको मैले देखेँ मैले त्यति नै मानिसहरू कति स्वार्थी हुन्छन् भन्‍ने कुरा देखेँ। तर मेरी आमाले तिनीहरूसँग अत्यन्तै खुशी भएर कुराकानी गरिरहनुभएको थियो, किनभने मैले कलेजमा प्रवेश पाएकोमा उहाँलाई अत्यन्तै गर्व लागेको छ र मेरो कारणले अहिले मानिसहरूले उहाँलाई सम्‍मान गर्छन् भन्‍ने मलाई थाहा थियो। यदि मैले कलेज नजाने निर्णय गरेँ भने, मेरी आमाको इच्‍छा तहसनहस हुनेथियो र हाम्रा आफन्तहरूले हामीलाई फेरि हेला गर्नेथिए। हाम्रा आफन्तहरूले हामीलाई गरेको व्यवहारको कारण मेरी आमाले कसरी दुःख पाउनुभएको थियो भन्‍ने सोच्दा, मैले सोचेँ: “हामीलाई हुर्काउन-बढाउन मेरी आमालाई निकै दुःख भएको थियो। यदि मैले मेरी आमाले चाहेको गरिनँ भने, मैले साँच्‍चै नै मेरी आमालाई निराश तुल्याइरहेकी हुनेछु। मेरो हृदयले परमेश्‍वरलाई सन्तुष्ट पार्न चाहन्छ, तर म मेरी आमालाई यसरी चोट दिन सक्दिनँ।” त्यसकारण, मलाई मसँग कुनै विकल्‍प छैन भन्‍ने लाग्यो: म कलेज जानु नै पर्थ्यो। मैले कलेज सुरु गरेपछि, मैले गरिब र धनी विद्यार्थीहरूका बीचमा ठूलो भिन्‍नता रहेको देखेँ। धनी परिवारका विद्यार्थीहरूले गरिब विद्यार्थीहरूलाई हेला गर्थे र तिनीहरूमाथि हुकुम चलाएर हिँड्थे। सैन्य तालिमको दुई हप्तापछि नै, दुई जना प्रशिक्षकहरूले कक्षाका एक-दुई जना राम्री केटीहरूसँग डेटिङ गर्न थाले। र कक्षाको एक जनाको जन्‍म दिन हुँदा, सबै जनाले एक-अर्कालाई उपहारद्वारा जित्‍ने प्रयास गर्थे। तिनीहरू भव्य भोज खान बाहिर जान्थे र मलाई मेरा कक्षाका साथीहरूले एक-अर्कालाई छल गरिरहेका र प्रयोग गरिरहेका छन् जस्तो लाग्थ्यो। त्यहाँ कुनै पनि वास्तविक मित्रता हुँदैनथियो। मलाई यी सबै कुराप्रति दिक्‍क लागेको थियो। चार वर्ष त्यहाँ पढेर म कस्तो व्यक्ति हुन्छु भन्‍ने कुरा मलाई सोच्‍न पनि गाह्रो भएको थियो। त्यो बेला, मलाई घरमा हुँदाको मण्डली जीवन र अरू मण्डली सदस्यहरूको अझै धेरै याद आउन थाल्यो। मलाई कलेज छोडेर तिनीहरूकहाँ फर्केर जाने धेरै इच्‍छा हुन्थ्यो।

कलेजमा थप तीन महिना संघर्ष गरिसकेपछि, जाडोको बिदा भयो। मैले घर गएपछि मेरी आमाको सामना गरेर म स्कूल छोड्न लागेकी छु भनेर भन्छु भनी सङ्कल्‍प गरेँ। घरमा पुगेको पहिलो दिन, मैले परमेश्‍वरका वचनहरूको एउटा भजन बजाएँ: “खोट विनाको शुद्ध प्रेम।” “‘प्रेम’ को परिभाषाअनुसार यो यस्तो भावना हो, जुन शुद्ध र दोषरहित हुन्छ जहाँ तँ प्रेम गर्न, अनुभव गर्न र विचारमग्न हुन आफ्नो हृदय प्रयोग गर्छस्। प्रेममा कुनै सर्त हुँदैन, कुनै अवरोध हुँदैन र कुनै दूरी पनि हुँदैन। प्रेममा कुनै शङ्का हुँदैन, कुनै छलकपट हुँदैन र कुनै धूर्तता पनि हुँदैन। प्रेममा कुनै लेनदेन हुँदैन र केही कुरा पनि अपवित्र हुँदैन। यदि तैँले प्रेम गर्छस् भने, छलकपट गर्दैनस्, गुनासो गर्दैनस्, धोका दिँदैनस्, विद्रोह गर्दैनस्, धुत्ने वा कुनै कुरा प्राप्त गर्ने अथवा निश्चित मात्रामा केही पाउने प्रयास गर्दैनस्। ‘प्रेम’ को परिभाषाअनुसार यो यस्तो भावना हो, जुन शुद्ध र दोषरहित हुन्छ जहाँ तँ प्रेम गर्न, अनुभव गर्न र विचारमग्न हुन आफ्नो हृदय प्रयोग गर्छस्। प्रेममा कुनै सर्त हुँदैन, कुनै अवरोध हुँदैन र कुनै दूरी पनि हुँदैन। प्रेममा कुनै शङ्का हुँदैन, कुनै छलकपट हुँदैन र कुनै धूर्तता पनि हुँदैन। प्रेममा कुनै लेनदेन हुँदैन र केही कुरा पनि अपवित्र हुँदैन। यदि तैँले प्रेम गरिस् भने, खुसीसाथ आफूलाई समर्पण गर्नेछस्, खुसी र दुःख सहनेछस्, तँ मेरो अनुकूल हुनेछस्, मेरा लागि आफूसँग भएका सम्पूर्ण कुरा त्याग्नेछस्, आफ्‍नो परिवार, आफ्‍नो भविष्य, आफ्‍नो यौवन र आफ्‍नो विवाह त्याग्नेछस्। होइन भने, तेरो प्रेम कत्ति पनि प्रेम हुनेछैन, तर त्यो त केवल छलकपट र धोका हुनेछ!(थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्)। परमेश्‍वरको वचनले हृदय उथलपुथल बनायो। म हर्षित थिएँ, तर मलाई पछुतो पनि भयो। मैले मेरो सारा जीवनभरि परमेश्‍वरलाई पछ्याउने, परमेश्‍वरलाई चिन्‍ने र प्रेम गर्ने सङ्कल्‍प गरेकी थिएँ। प्रेममा, कुनै पनि छल वा धोका हुँदैन। यदि मैले उहाँलाई साँच्‍चै प्रेम गरेकी थिएँ भने, मैले उहाँमा आफूलाई समर्पित गरेर सबै कुरा उहाँमा सुम्पनु पर्नेथियो। तर यी सबै कुरा शब्‍दमा मात्र सीमित भएको थियो। यसलाई व्यवहारमा लागू गर्ने समयमा, मैले मेरो परिवार र तिनीहरूको भावनाको बारेमा मात्रै विचार गरेँ। मैले परमेश्‍वरलाई प्रेम गरेकी थिइनँ। मैले उहाँलाई छल गरेर धोका दिएकी थिएँ।

त्यसपछि मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “परमेश्‍वरलाई प्रेम गर्न इच्‍छा गर्ने हरेकको लागि प्राप्त गर्न नसकिने सत्यताहरू छैनन्‌ र तिनीहरू दह्रिलो गरी खडा हुन नसक्‍ने कुनै न्याय छैन। तैँले आफ्‍नो जीवन कसरी जिउनुपर्छ? तैँले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ र उहाँको इच्‍छा पूरा गर्नको लागि कसरी यो प्रेमको प्रयोग गर्नुपर्छ? तेरो जीवनमा योभन्दा ठूलो विषय अरू कुनै छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा, तँसँग यस किसिमका आकांक्षाहरू र दृढता हुनैपर्छ, र तँ मेरुदण्ड नभएका, दुर्बल व्यक्तिहरूजस्तो बन्‍नु हुँदैन। अर्थपूर्ण जीवनको अनुभव र अर्थपूर्ण सत्यताहरूको अनुभव कसरी गर्ने त्यो तैँले सिक्‍नैपर्छ, र आफैलाई त्यसरी आलटाल गर्ने व्यवहार गर्नु हुँदैन। तैँले महसुस नै गर्न नपाई, तेरो जीवनले तँलाई छोडेर जानेछ; त्यसपछि के तैँले परमेश्‍वरलाई प्रेम गर्ने अर्को मौका पाउनेछस्‌? के मरेपछि मानिसले परमेश्‍वरलाई प्रेम गर्न सक्छ? तँसँग पनि पत्रुसको जस्ता आकांक्षाहरू र विवेक हुनुपर्छ; तेरो जीवन अर्थपूर्ण हुनैपर्छ, र तैँले आफैसँग खेलबाड गर्नु हुँदैन। मानवको रूपमा र परमेश्‍वरको खोजी गर्ने व्यक्तिको रूपमा, तैँले आफ्‍नो जीवनलाई कस्तो व्यवहार गर्छस्‌, तैँले आफैलाई परमेश्‍वरमा कसरी समर्पण गर्नुपर्छ, परमेश्‍वरमा तैँले कसरी अझै अर्थपूर्ण विश्‍वास राख्‍नुपर्छ, र परमेश्‍वरलाई तैँले प्रेम गर्ने हुनाले उहाँलाई अझै शुद्ध, अझै सुन्दर, अझै असल तरिकाले तैँले कसरी प्रेम गर्नुपर्छ भन्‍नेबारेमा होसियारीसाथ विचार गर्न तँ सक्षम हुनुपर्छ(वचन देहमा देखा पर्नुहुन्छ, खण्ड १, पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। मैले उहाँको वचनमा मानिसप्रतिको परमेश्‍वरको आशा अनुभव गरेँ। हाम्रो जीवनमा परमेश्‍वरलाई भेट्टाउनु अत्यन्तै दुर्लभ कुरा हो। दुई हजार वर्ष पहिले, प्रभुका चेलाहरूले परमेश्‍वरलाई भेटेका थिए, र अहिले परमेश्‍वरले मलाई उहाँलाई पछ्याउने, र उहाँलाई चिन्‍ने र प्रेम गर्ने दुर्लभ मौका दिइरहनुभएको थियो। यदि मैले मेरो परिवारको बन्धनलाई जित्‍न सकिनँ, मेरी आमालाई चोट पुर्‍याउँछु भन्‍ने डर मानेँ, र शैतानको सांसारिक मार्गलाई पछ्याइरहेँ भने, के मैले मेरो समय बरबाद गरिरहेकी हुनेथिइनँ र? परमेश्‍वरको कामले कुनै पनि मानिसलाई पर्खँदैन, र उहाँले पृथ्वीमा छोटो समयको लागि मात्रै काम गर्नुहुन्छ। यदि मैले यसलाई त्यतिकै बितेर जान दिएँ भने, मैले यो मौका फेरि भेट्टाउनेथिइनँ। मैले पत्रुसको बारेमा सम्झेँ। तिनका आमाबुबाले तिनी अधिकारी बनेको चाहन्थे तर तिनी आफ्‍नो परिवारको बन्धनमा परेनन्। तिनले परमेश्‍वरलाई पछ्याउने र परमेश्‍वरलाई प्रेम गर्ने निर्णय गरे र प्रभुले तिनलाई सिद्ध तुल्याउनुभयो। म पत्रुससँग तुलना हुन लायक नभए पनि, मैले पनि तिनले जस्तै परमेश्‍वरलाई चिन्‍न र प्रेम गर्न लागिपर्नु पर्छ भन्‍ने मलाई थाहा थियो। त्यो सबैभन्दा अर्थपूर्ण जीवन हुनेथियो। त्यसपछि मलाई परिवारको बन्धनमा परेको जस्तो लागेन र मैले यस पटक परमेश्‍वरलाई नै सन्तुष्ट पार्ने निर्णय गरेँ।

स्कूल फेरि सुरु हुने अघिल्‍लो दिन, मैले मेरी आमालाई आग्रहपूर्वक म फर्केर जाँदिनँ भनेर भनेँ। उहाँले मलाई यसो भन्दै हकार्नुभयो, “तैँले परमेश्‍वरको लागि स्कूल छोड्न चाहन्छस् भन्‍ने मलाई थाहा छ, तर तैँले त्यसो गर्न सक्दैनस्, त्यसकारण त्यो कुरालाई बिर्सी!” मैले भनेँ, “परमेश्‍वरले हामी सबैलाई बनाउनुभएको हो। हामीले उहाँको आराधना गर्नुपर्छ। त्यही नै सही र उचित कार्य हो। बाइबलले हामीलाई यसो भनेर पनि सिकाएको छ: ‘संसारलाई अनि संसारका वस्तुहरूलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्छ भने, ऊसँग पिताप्रतिको प्रेम हुँदैन’ (१ यूहन्‍ना २:१५)। परमेश्‍वरका विश्‍वासीहरूले भविष्यको आशाको लागि संसारिक मार्ग हिँड्नु हुँदैन। त्यो परमेश्‍वरको इच्‍छा होइन। म परमेश्‍वरलाई पछ्याउन र आफ्‍नो कर्तव्य पूरा गर्न चाहन्छु।” त्यसपछि मेरी आमाले भन्‍नुभयो, “अरू परिवारसँग हाम्रोभन्दा धेरै सम्पत्ति छ। तिनीहरूले चाहे भने तिनीहरूले प्रभुको सेवा गर्दै आफ्‍नो समय बिताउन सक्छन्। जवान हुँदै तेरो बुबा बित्‍नुभयो, हामीसँग पैसा छैन, र हाम्रा आफन्तहरूले हामीलाई हेला गर्छन्। मैले यतिको वर्ष दुःख गरेको के अर्थ भयो र? तँ कलेज गएर सफल हुन सक्, र राम्रो जीवन पाउन सक् भनेर मैले यसो गरेको थिएँ! कति दुःख भएको थियो। तैँले यो दौड समाप्त गर्न लागेको छस् तर तँ आफ्‍नो दौड छोड्न चाहन्छस्। तैँले कसरी मलाई यसरी पीडा दिन सक्छस्?” उहाँले त्यसो भन्‍नुभएपछि मलाई कमजोर महसुस हुन थाल्यो। मैले सोचेँ: “उहाँले ठीक भन्‍नुभयो। यदि म कलेज गएँ भने, मैले राम्रो जागिर पाउनेछु र हामीसँग पैसा हुनेछ, र आमालाई त्यसपछि कसैले हेला गर्नेछैन।” तर त्यसपछि मैले विचार गरेँ: “सायद मैले भौतिक जीवन सुखमा बिताउन सक्छु होला र अरूले मलाई आदर गर्छन् होला, तर परमेश्‍वरको काम सकिएपछि शैतानको यो संसारलाई नष्ट गरिनेछ र ख्रीष्टको राज्य मात्रै बाँकी हुनेछ। सबै मोजमस्ती र अभिमान धुँवामा उडेर जानेछ।” त्यसकारण मैले मेरी आमालाई भनेँ, “पृथ्वीमा हामी पाहुना मात्रै हौँ। हामीले जति सुखी जीवन बिताए पनि, परमेश्‍वरको मुक्तिको काम पूरा भएपछि, महा-विपत्तिहरू आउनेछन् र हाम्रो जीवन नष्ट हुनेछ। पैसाले केही फरक पार्दैन। प्रभु येशूले भन्नुभयो, ‘किनकि यदि मानिसले सारा संसार पाएर आफ्नै प्राण गुमायो भने, उसलाई के फाइदा हुन्छ? अथवा आफ्नो प्राणको साटो मानिसले के दिन सक्छ?(मत्ती १६:२६)।” मेरी आमाले यसो भन्दै मेरो कुरा बीचैमा काट्नुभयो, “तैँले परमेश्‍वरमा विश्‍वास गर्दा म त्यसको विरोध गर्दिनँ। यति हो कि तँ त्यति गम्‍भीर नबनिहाल्। परमेश्‍वरमा विश्‍वास गर्, ठीकै छ, तर संसारलाई नत्यागिहाल्, नत्र भने तैँले कसरी सुखी जीवन पाउनेछस्? पैसा नकमाई मैले तिमीहरूलाई कसरी हुर्काउनेथिएँ?” उहाँले यसो भन्‍नुभएपछि मलाई उहाँको विश्‍वास नामको मात्र विश्‍वास रहेछ भन्‍ने थाहा भयो। उहाँले दुई वटा डुङ्गामा खुट्टा राखिरहनुभएको रहेछ, परमेश्‍वर र संसार दुवैबाट आशिष्‌ पाउने चाहना गरेर। मैले त्यसपछि भनेँ, “परमेश्‍वरको आशिष्‌विना मानिसहरूले जति नै परिश्रम गरे पनि पैसा कमाउन सक्दैनन्। हामीले जीवनमा कति पैसा कमाउँछौँ भन्‍ने कुरा परमेश्‍वरले निर्णय गर्नुहुन्छ, र सत्यताविना, आखिर यो सबै कुरा व्यर्थ हुन्छ।” तर उहाँले मेरो कुरा सुन्‍नुभएन र मेरो इच्‍छाको विरोध गर्ने अठोट गर्नुभयो। त्यसपछि उहाँले मेरो दाइ र काकीलाई बोलाउनुभयो, र तिनीहरूलाई मसँग कुरा गर्न लगाउनुभयो। मेरी आमाले भनेको नसुनेको देख्दा मलाई दिक्‍क लाग्यो। मैले सोचेँ: “उहाँले किन यो कुरा बुझ्‍नुहुन्‍न?” यसपछि के हुने हो मलाई थाहा थिएन, त्यसकारण मैले परमेश्‍वरसँग मनमनै प्रार्थना गरेँ अनि जेसुकै आइपरे पनि मलाई दह्रिलो गरी खडा हुन सहयोग गर्नुहोस् भनी अनुरोध गरेँ।

मेरी आमाले भेटे जति सबै आफन्तहरूलाई घरमा बोलाउनुभयो। मेरो काकाले आइपुग्‍ने बित्तिकै रिसाउँदै भन्‍नुभयो, “यो सब परमेश्‍वरको कुरा के हो? यति जवान भएर पनि तँ अन्धविश्‍वासी छस्!” मेरी काकीले भन्‍नुभयो, “तिम्रो आमाले तिम्रो हित चाहन्छिन्।” तिनीहरू सबैले मलाई यस विषयमा सम्झाए-बुझाए। तिनीहरू सबै नास्तिक हुन् र तिनीहरूले मेरो कुरा सुन्दैनन्, तर मैले केही भनेँ भने परमेश्‍वरको निन्दा मात्रै गर्छन् भन्‍ने मलाई थाहा थियो, त्यसकारण मैले केही पनि भनिनँ। अचानक, मेरो काकाले फर्केर मेरी आमालाई भन्‍नुभयो, “त्यसलाई विपत्तिहरूमा परेर मर्छु भन्‍ने डर लागेर त्यसले परमेश्‍वरमा विश्‍वास गरेको रहेछ, त्यसकारण त्यसलाई विपत्तिहरूभन्दा पहिले नै मर्न दिनुपर्‍यो। पुलिस बोलाएर त्यसलाई इलेक्ट्रिक बेटनले कुट्न लगाउनुपर्छ, अनि त्यसले अझै विश्‍वास गर्छ कि गर्दैन हेरौँ!” मेरो काकाले यस्तो कुरा भन्‍न सक्छ भनेर मैले कहिल्यै पनि सोचेकी थिइनँ। मैले सोचेँ: “यो मेरो आफन्त हो कि दियाबलस हो?” अचम्‍मको कुरो, मेरी आमाले पनि तिनीहरूको पक्षमा उभिएर भन्‍नुभयो, “त्यसलाई अनुशासन चाहिएको छ, साह्रै अटेरी भएको छ!” मलाई मेरो विश्‍वास त्याग्‍न लगाउन इच्‍छुक हुँदै उहाँले तिनीहरूको पक्ष लिएको देख्दा, मेरो हृदय तोडियो। त्यसपछि मेरो दाइले यसो भने, “यदि तैँले विश्‍वास गर्न छोडिस् र कलेज पूरा गर्न ध्यान दिइस् भने, हामी तँलाई सहयोग गर्छौँ। हामी तेरी आमाको हेरचाह गर्छौँ र तेरी बहिनीलाई राम्रो जागिर खोज्‍न मदत गर्छौँ। तर यदि तैँले तेरो विश्‍वासलाई कायम राख्‍न चाहन्छस् भने, हामी तेरो परिवारसँग सबै सम्‍बन्ध तोड्छौँ, र अबदेखि, जेसुकै भए पनि, हामी तिमीहरू कसैलाई पनि सहयोग गर्दैनौँ। हामी अबदेखि आफन्त रहनेछैनौँ। राम्ररी सोच्!” तिनले मलाई ख्रीष्‍टलाई पछ्याउने मार्गबाट लोभ्याएर टाढा लैजान चाहन्थे। र म हाइ स्कूलमा अध्ययन गर्दा, तिनीहरू कसैले पनि मलाई सहयोग गर्न चाहेका थिएनन्! अहिले म परमेश्‍वरलाई पछ्याउन र सही मार्गमा हिँड्न चाहँदा, तिनीहरू सबैले मलाई “राम्रा” कुराहरू भनेर लोभ्याउँदै मलाई रोक्‍न आएका थिए। यो शैतानको युक्ति थियो, र म यसद्वारा बहकिनेवाला थिइनँ। तर त्यसपछि मैले सोचेँ: “यदि म साँच्‍चै कलेज फर्केर गइनँ भने, मेरी आमालाई धेरै चोट पुग्‍नेछ। उहाँले धेरै दुःख भोगिसक्‍नुभएको छ। यदि मैले उहाँलाई अझै पीडा दिएँ भने म कसरी जिउन सक्छु र?” त्यसपछि मैले परमेश्‍वरसँग मनमनै प्रार्थना गरेँ। मैले भनेँ, “हे परमेश्‍वर, म तपाईंलाई छोड्न चाहन्‍नँ। तपाईंलाई पछ्याउनु र सत्यताको पछि लाग्‍नु सही मार्ग हो भन्‍ने मलाई थाहा छ, तर मेरी आमाको बारेमा सोच्दा मलाई बन्धनमा परेको अनुभव हुन्छ। के गर्ने मलाई थाहा छैन। बिन्ती छ मलाई सहायता गर्नुहोस्।” त्यसपछि, मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका यी वचनहरू याद आयो: “एक व्यक्तिले जति दु:ख भोग्नुपर्छ र उनीहरूले आफ्नो मार्गमा जति दूरी हिँड्नु पर्ने हुन्छ त्यो परमेश्‍वरद्वारा तोकिएको हुन्छ, र कसैले पनि अरू कसैलाई वास्तवमा सहायता गर्न सक्दैन(वचन देहमा देखा पर्नुहुन्छ, खण्ड १, मार्ग … (६))। मैले अचानक कुरा बुझेँ। मैले सोचेँ, “हो।” हरेक व्यक्तिले कति दुःख भोग्‍नुपर्छ भन्‍ने कुराको निर्णय परमेश्‍वरले नै गर्नुहुन्छ। यो हाम्रो हातको कुरा होइन, र धेरै पैसा कमाएर उहाँलाई दिँदैमा म मेरी आमाको कष्टलाई रोक्‍न सक्दिनँ। हाम्रो पीडाको जड त शैतानले गरेको भ्रष्टता र हामी भित्रका सबै शैतानी विष र ठूला-ठूला इच्‍छाहरू नै हुन्। यदि मानिसहरूले अहिले परमेश्‍वरलाई आराधना गर्दैनन् र शुद्ध हुन उहाँको न्यायलाई स्वीकार गर्दैनन् भने, तिनीहरू कहिल्यै पनि पीडाबाट मुक्त हुनेछैनन्। तर यदि मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् र सत्यताको खोजी गर्छन् भने, तिनीहरूको जीवन कठिन नै भए पनि, परमेश्‍वरको र उहाँको आशिष्‌ पाएर, तिनीहरूले सबैभन्दा खुशी जीवन पाउनेछन्।” राम्रो अध्ययन गरेर, धेरै पैसा कमाएर, अनि अरूको आदर पाएर मेरी आमाको कष्टलाई कम गर्छ भन्‍ने म सोच्थेँ। तर त्यो मूर्ख सोच थियो। म झण्डै शैतानको बन्धनमा परेँ। यी कुराहरू सोचेपछि, मेरो सङ्कल्प दह्रिलो भयो। तिनीहरूले जसरी परमेश्‍वरको निन्दा र गिल्‍ला गरे पनि, परमेश्‍वरको अघि मेरो हृदय शान्त भयो, र म यस क्रममा उहाँलाई पुकारिरहन्थेँ। मैले केही नबोलेको देख्दा, मेरी आमा अत्यन्तै रिसाउनुभयो। उहाँले मलाई ठेलेर मेरो ओछ्यानबाट तल फ्याँक्‍नुभयो। उहाँले मलाई यस्तो गर्न सक्‍नुहुन्छ भन्‍ने देखेर म छक्‍क परेँ। मलाई निकै दुःख लाग्यो र म रुन थालेँ। तर यस क्रममा मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गरिरहेँ, र मेरो हृदय दह्रिलो राख्‍नुहोस् ताकि म तपाईंको लागि गवाहीको रूपमा खडा हुन सकूँ र बहकाउमा नपरूँ भनेर उहाँलाई बिन्ती गरिरहेँ। मलाई प्रभुले भन्‍नुभएको यो वचन याद आयो: “आफ्नो क्रूस बोकेर मेरो पछि नलाग्‍ने, मेरो लायक हुँदैन(मत्ती १०:३८)। अनि सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “जवानहरू विचार, आकांक्षाहरू र आफैलाई अझ असल बनाउने उत्साही चाहना विहीन हुनुहुँदैन; तिनीहरू आफ्ना सम्भावनाहरूको बारेमा निराश बन्‍नु हुँदैन, न त तिनीहरूले जीवनको आशा वा भविष्यको आत्मविश्‍वास नै गुमाउनुपर्छ; तिनीहरूमा तिनीहरूले अहिले रोजेको सत्यताको मार्गलाई निरन्तरता दिने धैर्य हुनुपर्छ—तिनीहरूको सम्पूर्ण जीवन मेरो निम्ति खर्च गर्ने तिनीहरूको इच्छालाई महसुस गर्न। तिनीहरू सत्यतारहित हुनु हुँदैन, न त तिनीहरूले ढोँगीपन र अधर्म नै लुकाउनु हुन्छ—तिनीहरू उचित अडानमा बलियोसँग खडा हुनुपर्छ। तिनीहरू त्यतिकै बहकिनु हुँदैन, तर न्याय तथा सत्यताको निम्ति बलिदानहरू गर्ने र संघर्ष गर्न साहस गर्ने आत्मा तिनीहरूमा हुनुपर्छ। अन्धकारका शक्तिहरूको थिचोमिचोको शिकार नहुने र आफ्‍नो अस्तित्वको महत्त्वलाई रूपान्तरण गर्ने साहस जवान मानिसहरूमा हुनुपर्छ(वचन देहमा देखा पर्नुहुन्छ, खण्ड १, जवान र वृद्धको निम्ति वचनहरू)। परमेश्‍वरका वचनहरूले मलाई विश्‍वास र शक्ति दिए र मैले रोजेको मार्गमा नै लागिरहने आत्मविश्‍वास दिए।

मेरी आमा बजारमा काम गर्न जानुभएन अनि म र बहिनीलाई चीलले जस्तो हेरिरहन घरमै बस्‍नुभयो। परमेश्‍वरका वचनहरू र भजनका क्यासेटहरू खोज्‍न उहाँले सबैतिर खोजतलास गर्नुभयो र रिसाउँदै भन्‍नुभयो, “अबदेखि, तिमीहरू कसैलाई पनि भेलाहरूमा जाने अनुमति छैन। तिमीहरू जहाँ गए पनि म तिमीहरूसँगै जानेछु। तिमीहरू भेला हुने ठाउँ पत्ता लगाउनेछु।” मलाई घरमा नै हिरासतमा राखिएको जस्तो लाग्यो। मैले आफ्‍नै घरमा आफ्‍नो स्वतन्त्रता गुमाएकी थिएँ। मैले परमेश्‍वरका वचनहरू पढ्न पाउँदिनथिएँ र हाम्रो विश्‍वासको बारेमा मेरी बहिनीसँग कुरा गर्ने आँट आउँदैनथियो, मण्डली जीवन जिउने कुरा त परै जाओस्। निकै तनावपूर्ण अवस्था थियो। मलाई उम्‍कने बाटो देखाउनुहोस् भन्दै मैले परमेश्‍वरसँग प्रार्थना गरिरहेँ। केही दिनपछि, मेरी आमा शौचालय जानुभएको बेला, मैले मेरी बहिनीलाई हेर्न लगाएर परमेश्‍वरका वचनहरू र भजनका क्यासेटहरू लिएँ र हाम्रो मण्डली अगुवा, सिस्टर ट्याङ्गको घरमा दौडिएर गएँ। मैले उनलाई के भयो र यस विषयमा मेरो विचार के छ त्यो बताएँ। मैले भनेँ, “सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूबाट मलाई थाहा भएको छ, परमेश्‍वरलाई पछ्याउनु मुक्ति पाउने ज्योतिको मार्ग हो। म परमेश्‍वरको घरमा आफ्‍नो कर्तव्य पूरा गर्न चाहन्छु, तर मेरी आमाले मलाई रोकिरहनुभएको छ। बहिनी र मैले भेलाहरूमा सहभागिता जनाउन पाउँदैनौँ। किन हाम्रो जीवनमा यो सबै कुरा भइरहेको छ?” सिस्टर ट्याङ्गले धैर्यताको साथ यसो भन्दै सङ्गति दिइन्, “परिवारका सदस्यहरूबाट आउने दबाब वास्तवमा आत्मिक संसारमा हुने युद्ध हो। हामी परमेश्‍वरको लागि समर्पित भएर काम गर्न चाहन्छौँ, तर शैतानले हामीलाई रोक्‍न हाम्रो परिवारको प्रयोग गर्छ र हामीलाई आक्रमण गर्न हाम्रो कमजोरीहरूको प्रयोग गर्छ ताकि हामीले मुक्ति पाउन नसकौँ। यसका युक्तिहरूलाई देख्‍नको लागि हामीले परमेश्‍वरमा भरोसा गर्नुपर्छ।” त्यसपछि उनले मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेर सुनाइन्: “परमेश्‍वरले मानिसहरूभित्र गर्ने कार्यको प्रत्येक चरणमा, बाहिरी रूपमा यो मानिसहरू बीचको अन्तरक्रिया जस्तो देखिन्छ, मानवको बन्दोबस्त वा हस्तक्षेपहरूबाट जन्मेको जस्तो देखिन्छ। तर पर्दा पछाडि, कार्यको प्रत्येक चरण, र जे कुरा पनि हुन्छ, त्यो शैतानले परमेश्‍वरसँग बाजी थाप्‍ने कार्य हो, र यसका लागि मानिसहरूले परमेश्‍वरको साक्षी दिन दह्रिलो भएर खडा हुनु आवश्यक हुन्छ। उदाहरणको लागि अय्यूबलाई परीक्षा गरिएको घटनालाई लिऊँ: पर्दा पछाडि शैतानले परमेश्‍वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो त्यो मानिसहरूको कार्यहरू र मानिसहरूको हस्तक्षेप थियो। तिमीहरूमा परमेश्‍वरले गर्ने कार्यको प्रत्येक कदमको पछाडि शैतानले परमेश्‍वरसँग बाजी थापेको हुन्छ—पछाडिपट्टि यो सबै युद्ध हो। … जब आत्मिक क्षेत्रमा परमेश्‍वर र शैतानबीच युद्ध हुन्छ, तैँले परमेश्‍वरलाई कसरी सन्तुष्ट बनाउनुपर्छ, र उहाँलाई साक्षी दिन तँ कसरी दह्रिलो भएर खडा हुनुपर्छ? तँलाई हुने सबै कुराहरू ठूलो जाँच हो र साक्षी दिनका लागि परमेश्‍वरलाई तेरो आवश्यकता पर्ने समय हो भन्‍ने तँलाई थाहा हुनुपर्छ(वचन देहमा देखा पर्नुहुन्छ, खण्ड १, परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो)। यी वचनहरूले मलाई के देखाए भने अन्धकार र दुष्ट संसारमा हामी ख्रीष्‍टलाई पछ्याउन चाहन्छौँ भने यो सहज हुनेछैन। यो आत्मिक युद्ध र कठिन निर्णयहरूले भरिएको हुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले अहिले न्यायको काम गरिरहनुभएको छ, अर्थात्, मानिसहरूलाई शुद्ध पार्ने र मुक्ति दिने अन्तिम, र सबैभन्दा महत्त्वपूर्ण चरणको काम पूरा गरिरहनुभएको छ। हरेकले उहाँको सत्यता र जीवन प्राप्त गर्न सकून्, अनि मुक्ति पाएर बाँच्‍न सकून् भन्‍ने परमेश्‍वर आशा गर्नुहुन्छ। तर उहाँले मानिसहरूलाई जबरजस्ती गर्नुहुन्‍न, तर हामीलाई आफ्‍नो निर्णय आफै गर्न दिनुहुन्छ। मेरी आमाले मलाई कलेज गएको, अध्ययन गरेर सफल भएको चाहनुहुन्थ्यो। तर उहाँले सत्यता बुझ्‍नुभएको थिएन। उहाँ शैतानका विषयहरूद्वारा छलमा पर्नुभएको थियो र त्यस्तो खोजीको खोक्रो अवस्थालाई देख्‍न सक्‍नुभएको थिएन। मैले उहाँको कुरा सुनेर गलत मार्ग रोज्‍नु हुँदैनथियो। त्यसपछि सिस्टर ट्याङ्गले भनिन्, “ज्ञानको खोजी गर्नु कति महत्त्वपूर्ण छ तपाईंले देख्‍नुभएको छ र तपाईंसँग परमेश्‍वरको लागि समर्पित भएर काम गर्ने सङ्कल्प छ र सत्यताको खोजी गर्ने मार्ग चुन्‍नुभएको छ। यो परमेश्‍वरको लागि स्वीकार्य छ। तर तपाईंले आफ्‍नो जीवनमा जे छनौट गर्नुहुन्छ त्यो तपाईंकै हातमा हुन्छ, र तपाईंले अझै बढी प्रार्थना र खोजी गर्नुपर्छ।” मैले सोचेँ: “हजुर। मैले ख्रीष्‍टलाई पछ्याउने सङ्कल्प लिएको भए पनि, मेरी आमाले मलाई गिद्धले झैँ हेर्नुहुन्छ, र हाम्रो भेला हुने स्थान खोजेर भेट्टाउँछु भनिरहनुहुन्छ। यदि म कलेजमा फर्केर गइनँ भने, उहाँले पक्‍कै पनि ब्रदर-सिस्टरहरूको लागि समस्या पैदा गर्नुहुनेछ।” त्यसकारण मैले उनलाई म कलेज फर्केर जान्छु भनेर भनेँ।

त्यहाँ पुगेपछि, मैले बिदाको लागि निवेदन दिएँ र यो अनुमोदन भयो। अहँ, गर्नुभएन। उहाँ रुनुभयो र आफूले गरेको दुःखको बारेमा कुरा गर्नुभयो, अनि म र मेरी बहिनी हुर्काउन कति गाह्रो भएको थियो सो बताउनुभयो। उहाँले यस्तो अवस्थामा देख्दा, मलाई निकै नरमाइलो लाग्यो, र मैले सोचेँ, “मेरी आमाले हामीलाई हुर्काउन साँच्‍चै संघर्ष गर्नुभयो र हामीले उहाँलाई यसको निम्ति केही दिएका छैनौँ। यदि मैले उहाँले चाहनुभएजस्तो गरिनँ भने, के म अकृतज्ञ छोरी बन्दिनँ र?” मैले तुरुन्तै यसो भन्दै परमेश्‍वरलाई प्रार्थना गरेँ, “प्रिय परमेश्‍वर, मैले के गर्ने? बिन्ती छ मलाई सहायता गर्नुहोस्।” ठीक त्यही बेला, परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद आयो: “जब वसन्तको न्यानोपन आइपुग्छ र फूलहरू फुल्‍न थाल्छ्न्, जब स्वर्गमुनिका सबै कुरालाई हरियालीले ढाक्छ र पृथ्वीका सबै कुरा ठीक-ठीक ठाउँमा हुन्छन्, तब सबै मानिसहरू र सबै थोक क्रमिक रूपमा परमेश्‍वरको सजायमा प्रवेश गर्नेछन्, र त्यो बेला पृथ्वीमा परमेश्‍वरले गर्नुहुने सबै कार्य समाप्त हुनेछ। परमेश्‍वर त्यसउप्रान्त पृथ्वीमा काम गर्ने वा बस्‍ने गर्नुहुनेछैन, किनभने परमेश्‍वरको महान् काम पूरा भइसकेको हुनेछ। के यो छोटो समयको लागि मानिसहरूले आफ्‍नो देहलाई पन्छाउन सक्दैनन्? मानिस र परमेश्‍वर बीचको प्रेमलाई के कुराले चिरा पार्न सक्छ? मानिस र परमेश्‍वर बीचको प्रेमलाई कसले छुटाउन सक्छ? के यो आमाबाबु, पति, दिदीबहिनी, पत्‍नी हुन् कि पीडादायी शोधन हो? के विवेकबाट आएका भावनाहरूले मानिसभित्रको परमेश्‍वरको स्वरूपलाई मेटाउन सक्छ? के एक-अर्काप्रतिको मानिसहरूको आभारीपन र कार्यहरू तिनीहरू आफैले ल्याएको कुरा हो? के तिनलाई मानिसले समाधान गर्न सक्छ? कसले आफैलाई रक्षा गर्न सक्छ? के मानिसहरूले आफैले आफ्‍नो भरणपोषण गर्न सक्छन्? जीवनमा दह्रिला हुनेहरू को हुन्? को मलाई छोडेर आफै जिउन सक्छ?(वचन देहमा देखा पर्नुहुन्छ, खण्ड १, सम्पूर्ण ब्रह्माण्डको निम्ति परमेश्‍वरका वचनहरूका रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय २४ र २५)। परमेश्‍वरका वचनहरूले मलाई के देखाए भने हामी प्रत्येकको जीवनमाथि परमेश्‍वरले शासन गर्नुहुन्छ र उहाँले नै यसलाई पूर्वनिर्धारित गर्नुभएको छ। मेरी आमाले नै मलाई हुर्काउनुभएको जस्तो देखिन्थ्यो तर हाम्रो जीवन परमेश्‍वरबाट आएको थियो। हामीलाई पालनपोषण गर्ने र हुर्काउने परमेश्‍वर नै हुनुहुन्छ। छोराछोरी हुर्काउने काम आमाबुबाले पूरा गर्ने दायित्व मात्रै हो, र कोही पनि कसैप्रति ऋणी हुँदैन। मलाई चाहिने सबै कुरा परमेश्‍वरले उपलब्ध गर्नुभएको थियो र मलाई उहाँको मुक्ति स्वीकार गर्न लगाउनको लागि सबै प्रकारका मानिसहरू र कुराहरू मिलाउनुभएको थियो। परमेश्‍वरको प्रेम अत्यन्तै महान् छ! मैले परमेश्‍वरबाट धेरै कुरा प्राप्त गरेकी थिएँ, तर मैले उहाँको ऋण तिरेकी थिइनँ। जे भएको थियो, त्यसको कारण मैले परमेश्‍वरलाई गरेको प्रतिज्ञा एउटा धोका बनेको थियो। म त परमेश्‍वर, सृष्टिकर्ताप्रति नै ऋणी थिएँ। पृथ्वीको परमेश्‍वरको अहिलेको काम प्रभु येशूको काम जस्तै छोटो हुन्छ भन्‍ने सोच्दा, मैले उहाँको सृष्टिको रूपमा आफ्‍नो कर्तव्य पूरा गरेर परमेश्‍वरको प्रेमको ऋण तिर्न यो दुर्लभ मौकालाई प्रयोग गर्नु पर्नेथियो। र मैले ख्रीष्‍टलाई पछ्याउने निर्णय गर्ने बित्तिकै, परिस्थिति अचानक परिवर्तन भयो। मैले धेरै कक्षा छुटाएँ भने मलाई निष्कासन गरिनेछ भन्‍ने मेरी आमाले सुन्‍नुभएको थियो र म उप्रान्त कलेज जान पाउँदिन भन्‍ने डरले उहाँले मलाई घर आउन दिनुभयो। म घर पुगेपछि, उहाँले मलाई यसो भन्दै चेतावनी दिनुभयो, “अबदेखि परमेश्‍वरमा विश्‍वास गर्ने होइन। तैँले यहाँ जागिर खोजेर एक वर्ष काम गर्नुपर्छ, त्यसपछि कलेज फर्केर जानुपर्छ।” म यसै गर्छु भनेर मैले उहाँलाई प्रतिज्ञा गरेँ, तर भित्र-भित्रै मैले सोचेँ, “मैले ख्रीष्‍टलाई पछ्याउनुपर्छ भनेर परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको छ, र यो मेरो निर्णय हो। म यसलाई त्यति सजिलै छोड्दिनँ।”

त्यसकारण मैले जागिर खोजेँ, र काम र मण्डली भेला दुवैमा जान्थेँ, र खाली समयमा अरूलाई सुसमाचार सुनाउँथेँ। परमेश्‍वरका वचनहरूलाई अभ्यास गरेर, मैले क्रमिक रूपमा केही सत्यता बुझ्‍न थालेँ र सत्यताको खोजी गर्नु मात्रै अर्थपूर्ण जीवन हो भन्‍ने बुझेँ। परमेश्‍वरलाई पछ्याउने मेरो सङ्कल्‍प अझै दह्रिलो भयो। परमेश्‍वरलाई धन्यवाद होस्! थाहै नपाई, स्कूल फर्केर जाने बेला भयो र मैले यो अन्तिम निर्णय गर्नु पर्‍यो: मैले परमेश्‍वरलाई चुनेँ। मैले परमेश्‍वरसँग मनमनै प्रार्थना गरेँ। मैले भनेँ, “प्रिय परमेश्‍वर, बिन्ती छ यस परीक्षामा खडा हुन मलाई विश्‍वास दिनुहोस्।” त्यस दिनको भेलापछि, म घर जाँदा आमाले आफ्‍नो सामानहरू पोका पार्दैहुनुहुन्थ्यो। एक जना छिमेकीले मेरी आमालाई एक जना मान्छेसँग भेट्टाइदिएको रहेछ र उहाँले त्यस व्यक्तिसँग विवाह गर्न लाग्‍नुभएको रहेछ। मलाई अचम्‍म लाग्यो र मन दुख्यो, र सोचेँ: “आमा जान लाग्‍नुभएको हो? हामीलाई कसले हेरचाह गर्छ?” उहाँले हामीलाई अब चाहनुहुन्‍न कि भनेर मैले उहाँलाई सोधेँ। उहाँले भन्‍नुभयो, “तिमीहरूलाई नचाहने म होइनँ। तँ परमेश्‍वरमा विश्‍वास गर्न जिद्दी गर्छस् र अब मलाई तेरो भरोसा लाग्दैन। म तँलाई अन्तिम मौका दिन्छु। यो मेरो हुनेवाला श्रीमानको फोन नम्‍बर हो। तँ स्कूल फर्केर गइस् भने, घर आउँदा यो नम्‍बरमा फोन गर्नु र हामी तँलाई लिन आउँछौँ। तर तँ आफ्‍नो विश्‍वासलाई कायम राख्‍न जोड दिन्छस् भने, म तँलाई अबदेखि सहयोग गर्नेछैन।” उहाँले यसो भनेको सुन्दा नराम्रो लाग्यो। मैले विश्‍वासको मार्ग पछ्याउने अठोट गरेकी थिएँ, तर आमाले हामीलाई स्वीकार गर्नुहुनेथिएन। म अझै पनि सानै थिएँ र मसँग मेरी सानी बहिनी थिइन्। हामी कहाँ बस्‍ने? यसको बारेमा विचार गर्नुभन्दा पहिले नै, आमाले हामीलाई स्कूल जाने बसमा लिएर जानुभयो। बाटोमा, यो सब कुराको बारेमा म विचार गरिरहेकी थिएँ। एकै दिनमा, मेरी बहिनी र म घरबारविहीन आवारा बनेका थियौँ। यो सहनै नसकिने अवस्था थियो। मेरी बहिनीले विवश हुँदै भनिन्, “आमाले अब हामीलाई चाहनुहुन्‍न रहेछ। तपाईं स्कूल फर्केर जानुभएन भने हामीले के गर्ने?” मेरी बहिनीको कुरा सुन्दा मन रोयो। मैले सोचेँ, “हो, आमा सधैँ हामीलाई साथ दिन हाम्रो साथमा हुनुहुन्थ्यो। अहिले हामीसँग कोही साथीसङ्गी वा परिवार छैन, र आमाले अरू कसैसँग विवाह गर्दैहुनुहुन्छ। यदि मैले परमेश्‍वरमाथिको मेरो विश्‍वासलाई कायम राखेँ भने हामी कसरी जिउनेछौँ? हामी कहाँ जाने? हामीले आखिर के गर्ने?” मलाई निकै चित्त दुख्यो र कमजोर अनुभव भयो, त्यसकारण मैले परमेश्‍वरसँग प्रार्थना गरेँ। मैले भनेँ, “हे परमेश्‍वर, म यस्तो कुरा सहन सक्दिनँ। म तपाईंलाई सन्तुष्ट पार्न चाहन्छु, तर मसँग अघि बढ्ने कुनै विश्‍वास र शक्ति छैन। तपाईंले मेरो लागि धेरै गर्नुभएको छ भन्‍ने मलाई थाहा छ तर म अत्यन्तै कमजोर छु। म मुक्ति पाउन योग्यको छैन।”

ठीक त्यही बेला, परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद आयो: “जब यस प्रकारको काम फैलने दिन आउनेछ र तैँले यसको सम्पूर्णता देख्‍नेछस्, तब तँ पछुताउनेछस्, र त्यो समय तँ अक्‍क न बक्‍क हुनेछस्। आशिष्‌हरू छन्, तैपनि तिनमा आनन्द लिन तैँले जान्दैनस्, र सत्यता छ, तैपनि तैँले यसको खोजी गर्दैनस्। के तैँले आफैमा तिरस्कार ल्याउँदैनस् र? … मुक्तिलाई देखेका तर यसलाई प्राप्त गर्नको लागि खोजी नगर्ने मानिसहरूजत्तिको मूर्ख अरू कोही पनि हुँदैन; आफैलाई देहमा मस्त पार्ने र शैतानको आनन्द लिने मानिसहरू यिनै हुन्(वचन देहमा देखा पर्नुहुन्छ, खण्ड १, पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। मैले सोचेँ, “हो। परमेश्‍वरको काम चाँडै समाप्त हुनेछ र हामीले साँचो मार्ग देखेका हुनेछौँ। यदि मैले देहको कष्ट सहन नसकेर देहलाई सन्तुष्ट तुल्याउने निर्णय गरेँ भने, परमेश्‍वरको काम समाप्त भएपछि मैले सत्यता प्राप्त गर्ने यो दुर्लभ मौका गुमाउनेछु, र मसँग पछुतो बाहेक केही हुनेछैन।” मलाई गत वर्ष मण्डलीमा आफ्‍नो कर्तव्य पूरा गर्दै बिताएको कुरा याद आयो। ब्रदर-सिस्टरहरू धेरै ठाउँबाट आएका भए पनि, तिनीहरू सबै एक-अर्कासँग प्रेम र इमानदारीताको साथ व्यवहार गर्थे। तिनीहरूले प्रेम पूर्वक एक-अर्काको भ्रष्ट स्वभावलाई औँल्याइदिन्थे र परिवारले जस्तै एक-अर्कालाई सहयोग गर्न सत्यतामा सङ्गति गर्थे। मैले परमेश्‍वरका वचनहरूको मलजल र भरणपोषण प्राप्त गरेकी थिएँ, मैले केही सत्यता बुझेकी थिएँ, र क्रमिक रूपमा संसारको बारेमा धेरै कुरा बुझ्‍न थालेकी थिएँ। मैले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूले मात्रै मानिसहरूलाई शुद्ध गर्न र मुक्ति दिन सक्छन् र ख्रीष्‍टलाई पछ्याउनु मात्रै मुक्ति पाउने ज्योतिको मार्ग हो भन्‍ने देखेकी थिएँ। मैले निर्णय गर्नुपर्ने थियो। मेरो जीवन परमेश्‍वरबाट आएको थियो र उहाँले मलाई सबै कुरा दिनुभएको थियो। सृष्टि गरिएको प्राणीको रूपमा आफ्‍नो कर्तव्य पूरा गर्नु पूर्ण रूपमा सही कुरा थियो! आमाले मेरो विश्‍वासमा साथ दिनुभएन तर मैले ज्ञान र सफलताको पछि लागेको चाहनुहुन्थ्यो। यदि मैले उहाँले चाहनुभए अनुसार गरेर गलत मार्ग लिएकी भए, म झन्-झन् शैतानद्वारा भ्रष्ट तुल्याइनेथिएँ र दण्डित भएर नष्ट हुनेथिएँ। ज्ञानले मलाई मेरो भ्रष्ट स्वभावबाट मुक्त गर्न वा मलाई शुद्ध पार्न सक्दैनथियो। परमेश्‍वरले मात्रै हामीलाई मुक्ति दिन सक्‍नुहुन्छ। यदि मेरो परिवारले मलाई चाहँदैन भने, परमेश्‍वर मेरो साथमा हुनुहुन्थ्यो। भएका सबै घटनाहरूका बारेमा सोच्दा, मलाई धेरै पटक कमजोर महसुस हुन्थ्यो, तर परमेश्‍वरका वचनहरूले मलाई साथ दिए, सहयोग गरे, र शक्ति दिए। मेरो कमजोरीको क्षणमा मैले परमेश्‍वरलाई त्याग्‍न चाहँदा, उहाँका वचनहरूले मेरो हृदय छोयो। मप्रतिको परमेश्‍वरको प्रेम संसारको सबैभन्दा वास्तविक कुरा थियो! यसको बारेमा विचार गरेपछि, मलाई म परमेश्‍वरप्रति अत्यन्तै धेरै ऋणी छु भन्‍ने महसुस भयो र मेरो आत्मविश्‍वास फर्केर आयो। मैले आँसु पुछेँ र मेरी बहिनीलाई भनेँ, “परमेश्‍वरमा मात्रै हामीले भरोसा गर्न सक्छौँ र उहाँले हामीलाई बाटो देखाउनुहुनेछ। हामी मण्डलीमा फर्केर जाऊँ।” भोलिपल्‍ट, हामी बसमा चढेर घर फर्क्यौँ र मण्डलीमा आफ्‍नो कर्तव्य पूरा गर्न थाल्यौँ। परमेश्‍वरलाई धन्यवाद होस्! परमेश्‍वरका वचनहरूले मलाई मेरो देहको कमजोरीलाई जितेर ज्योतिको मार्गमा हिँड्न अगुवाइ गरे। मैले परमेश्‍वरका वचनहरू भएका एउटा भजन पनि सुनेँ। “परमेश्‍वरको प्रेम खोजी गर्ने व्यक्तिको रूपमा, तिमीहरूको साँचो भविष्य, र सबैभन्दा मूल्यवान् र महत्त्वको जीवन भनेकै परमेश्‍वरका मानिसहरूमध्ये एक बन्‍नको लागि राज्यमा प्रवेश गर्नु हो; तिमीहरू जत्तिको आशिषित कोही पनि हुँदैन। तिमीहरू जत्तिको आशिषित कोही पनि हुँदैन। किनभने तिमीहरू आज परमेश्‍वर लागि, र परमेश्‍वरको इच्‍छालाई पूरा गर्नको लागि जिउँछौ। यही कारणले गर्दा नै तिमीहरूको जीवन सबैभन्दा महत्त्वपूर्ण छ भनेर म भन्छु। यही कारणले गर्दा नै तिमीहरूको जीवन सबैभन्दा महत्त्वपूर्ण छ भनेर म भन्छु। परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूको यो समूहले मात्रै सबैभन्दा महत्त्वको जीवन जिउन सक्छन्: पृथ्वीमा अरू कोही पनि त्यस्तो मूल्य र अर्थको जीवन जिउन सक्षम छैनन्(थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मेरो रोजाइ

बाइयुन्, चीन मार्च २०१२ मा, मेरी आमाले मलाई सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको सुसमाचार सुनाउनुभयो। मैले हरेक दिन परमेश्‍वरका वचनहरू...

झूटो अगुवाको चेतना खुल्छ

सन् २०१९ मा, म मण्डली अगुवा चयन भएँ, यो, परमेश्‍वरले मलाई उच्च पार्नुभको हो भनेर मलाई थाहा थियो र मैले आफ्नो कर्तव्य राम्ररी पूरा गर्नेछु...

कर्तव्य गुमाएप्रतिको चिन्तन

वाङ लिन्, दक्षिण कोरिया मसित वेल्डिङ गर्ने केही सीप भएकोले, सन् २०१७ मा म मण्डलीको केही काम सम्हाल्न खटिएँ। यो शारीरिक तवरमा निकै काम...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्