आमालाई क्यान्सर भएको थाहा भएपछि
सन् २०२३ जुनमा, मैले सुसमाचार कामको आवश्यकताका कारण कर्तव्य निर्वाह गर्न घर छोड्नुपर्ने थियो। म केही समयसम्म फर्केर आउन नपाउने भएकाले पहिले घर जान्छु, आमाबुबालाई भन्छु र केही लुगा बोक्छु भन्ने सोचेथेँ। जब म घर पुगेँ, आमालाई स्लाइन पानी चढाएको देखेँ, उहाँ निकै पहेँलो देखिइरहनु भएको थियो। मैले आमालाई के भयो भनेर सोधेँ, उहाँले त्यस्तो ठूलो केही होइन, सानो शल्यक्रियाले ठीक हुन्छ भन्नुभयो। तर त्यो अलिक गम्भीर कुरा देखिन्थ्यो, त्यसैले मैले उहाँको मेडिकल रेकर्ड हेर्न मागेँ। रेकर्डमा उहाँमा तीन प्रकारका घातक ट्युमर रहेको उल्लेख थियो। म स्तब्ध भएँ, मेरी आमालाई क्यान्सर! यी घातक ट्युमर थिए—के उहाँलाई निको हुन्छ? उपचारले काम गरेन भने? बुबाले मलाई भन्नुभयो, “आमाको केमोथेरापी चलिरहेको छ, उपचार सफल हुन्छ-हुँदैन भन्ने कुरा अब केमोले के गर्छ भन्नेमा निर्भर गर्छ।” तर, म जान्दथेँ, यो सबै परमेश्वरको अनुमतिले भएको हो, र म गुनासो गर्न सक्दिनथेँ, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरी मेरो हृदयको रक्षा गर्न भनेँ। बुबाले आमा अस्पतालमा हुँदा मेरो भाइले हेरचाह गरेको, र आमाको उपचार खर्च जुटाउन उसले अर्को जागिर समेत खाएको बताउनुभयो। यो सुनेर मलाई निकै नराम्रो लाग्यो। म परिवारकी जेठी छोरी थिएँ, यो सब त मैले सम्हाल्नुपर्ने थियो, तर मैले कुनै मद्दत गर्न सकेकी थिइनँ। के आमाबुबाले म विवेकहीन, सन्तानको धर्म निर्वाह नगर्ने व्यक्ति र मलाई हुर्काउनु व्यर्थ रहेको ठान्नुहुनेथ्यो? आमाले यसो भन्दै मलाई सान्त्वना दिनुभयो, “चिन्ता नगर, नडराऊ। हामी कति बाँच्छौँ भन्ने कुरा परमेश्वरको हातमा छ। तिमी आफ्नो कर्तव्य निर्वाह गरिरहनू, मेरो चिन्ता नगर्नू।” आमाले यसो भनेको सुनेर, मलाई घरमै बसेर उहाँको हेरचाह गरूँ जस्तो लाग्यो, तर मण्डलीमा गर्नुपर्ने धेरै काम थिए र म घरमा बस्न सक्दिनँथेँ। मेरी आमालाई त्यस हालतमा देखेर, घर छोडेर टाढा गई कर्तव्य निर्वाह गर्ने योजना बनाएकी छु भनेर भन्न सकिनँ। त्यसैले, मैले केही नभनी हतार गर्दै त्यहाँबाट निस्केँ।
बाटोमा हिँड्दैगर्दा, आमा अस्पतालमा रहेको, उहाँलाई हेरचाह गर्ने कोही नभएको र मेरो भाइले आमाको उपचार खर्च जुटाउन निकै दुःख गरिरहेको मात्र सोचिरहेँ। जति धेरै यसबारे सोचेँ, उति नै नराम्रो लाग्यो। छोरी भएको नाताले, म मेरी आमा बिरामी हुँदा हेरचाह गर्न त्यहाँ हुनुपर्थ्यो, तर मैले उहाँको हेरचाह गर्न नसक्ने मात्र होइन, उहाँलाई मद्दत पनि गर्न सक्नेथिइनँ। अरु मानिसले यसबारे सुने भने, उनीहरूले मेरा बारेमा के भन्ने थिए होलान्? के तिनीहरूले म विवेकहीन र कृतघ्न रहेछु भन्ने थिए कि? मेरो भाइले मेरा बारेमा गुनासो गर्नेथियो कि? मैले जति सोचेँ उति नै नराम्रो लाग्यो, ममा घर छोडेर कर्तव्य निर्वाह गर्न जाने उत्साह नै हराएको थियो। मनमनै मैले परमेश्वरलाई भनेँ, “हे परमेश्वर, कर्तव्य निर्वाह गर्नका लागि म घर छोड्न सक्दिनँ। आमालाई क्यान्सर भएको छ, म अहिले नै गएँ भने उहाँलाई फेरि कहिल्यै देख्न पाउँदिनँ होला! म यही बसेर कर्तव्य निर्वाह गर्नेछु, त्यसो हुँदा फुर्सदको बेला आमालाई हेर्न जान सक्नेछु।” त्यसपछि, मैले कर्तव्य निर्वाह त गरिरहेँ, तर मन शान्त र ध्यान केन्द्रित गर्न सकिनँ। म सोचिरहन्थेँ, “अहिले आमालाई कस्तो होला?” म फुर्सद मिलाएर घर गई उहाँलाई हेर्न चाहन्थेँ। मेरो स्थिति खराब भएको थाहा पाएँ, त्यसैले मैले पढ्नका लागि परमेश्वरका वचन खोजेँ। मैले यो खण्ड भेटेँ: “हरेक अवधि र हरेक चरणमा, मानिसहरूको धारणाविपरीत मण्डलीमा केही विशेष घटनाहरू घट्छन्। उदाहरणको लागि, कतिपय मानिसहरू बिमार पर्छन्, अगुवा र सेवकहरू प्रतिस्थापित हुन्छन्, कतिपय मानिसहरूलाई खुलासा गरेर हटाइन्छ, केहीले जीवन र मृत्युको परीक्षा भोग्छन्, अनि कतिपय मण्डलीमा विघ्नवाधा ल्याउने दुष्ट मानिस र ख्रीष्टविरोधीहरूसमेत हुन्छन्, र यस्तै अन्य कुराहरू हुन्छन्। यी कुराहरू समयसमयमा हुने गर्छन्, तर ती दुर्घटनावश हुने पक्कै होइनन्। यी सबै कुरा परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तका परिणाम हुन्। एकदमै शान्तिमय अवधि केही घटना वा असामान्य घटनाले अचानक अशान्त बन्छ, जुन घटना तिमीहरूको वरपर वा तिमीहरूमै घट्छन्, र यस्ता घटना घट्दा मानिसहरूको जीवनको सामान्य क्रम र सामान्य अवस्था भताभुङ्ग हुन्छ। यसो हेर्दा, यी कुराहरू मानिसको धारणा र कल्पनाअनुरूप होइनन् भन्ने लाग्छ, मानिसहरू यी कुराहरू देख्न वा आफूलाई आइपरेको चाहँदैनन्। अनि, के यी कुराहरू घटित हुँदा मानिसहरूलाई फाइदा पुग्छ? … कुनै पनि कुरा अचानक हुँदैन, सबै थोकमाथि परमेश्वरले शासन गर्नुहुन्छ। मानिसहरूले यसलाई सैद्धान्तिक रूपमा बुझ्न र स्विकार्न त सक्छन्, तर तिनीहरूले परमेश्वरको सार्वभौमिकतालाई कसरी लिनुपर्छ? यो मानिसहरूले पछ्याउनु र बुझ्नुपर्ने सत्यता हो, अनि यसलाई तिनीहरूले विशिष्ट रूपमै अभ्यास गर्नुपर्छ। यदि मानिसहरू परमेश्वरको सार्वभौमिकतालाई सैद्धान्तिक रूपमा मात्र स्विकार्छन् तर यसलाई वास्तविक रूपमा बुझ्दैनन् भने, र तिनीहरूको आफ्नै धारणा र कल्पना हटाइएको छैन भने, तिनीहरूले परमेश्वरमा जति नै वर्ष विश्वास गरे पनि र जति नै धेरै कुरा अनभुव गरे पनि, अन्ततः तिनीहरूले अझै सत्यता प्राप्त गर्न सक्नेछैनन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता पछ्याउनु भनेको के हो (११))। परमेश्वरका वचनबाट मैले मानिसले जीवनका विभिन्न चरणमा कठिन परिस्थितिहरूको सामना गर्नुपर्नेछ भन्ने बुझेँ। मानिसहरू सायद यस्तो परिस्थितिको सामना गर्न चाहँदैनन्, तर यसभित्र परमेश्वरको अभिप्राय हुन्छ। यदि हामी सत्यताको खोजी गर्दैनौँ, आफ्ना धारणार कल्पनाभित्र जिउँछौँ र परमेश्वरलाई गलत बुझी उहाँबारे गुनासो गर्छौँ भने, यी परिस्थितिबाट सिक्न गाह्रो हुनेछ। आमा बिरामी हुँदा त्यसबाट मैले केही कुरा सिक्न सक्थेँ। मैले सत्यताको खोजी गरी आत्मचिन्तन गर्नुपर्थ्यो। मैले आमालाई क्यान्सर भएको थाहा पाउँदा उपचारले काम गर्नेछैन भनेर म कसरी चिन्तित भएकी थिएँ भन्ने कुरा सम्झेँ। उहाँले अस्पतालमा केमो लिँदा मैले उहाँको हेरचाह गरिनँ भने उहाँलाई नराम्रो लाग्नेछ भन्ने कुराको पनि मलाई चिन्ता लाग्यो। मलाई हुर्काउनु व्यर्थ थियो भन्ने उहाँले सोच्नुहुन्थेन र? यो चिन्ताले गर्दा, घर छोडेर कर्तव्य निर्वाह गर्न जाने मेरो सबै प्रेरणा तत्कालै हराएर गयो। मैले परमेश्वरसामु आफ्नो बचाउ पनि गरेँ। मलाई लाग्यो, आमा बिरामी हुनुभएकाले म घरै बसेर उहाँको हेरचाह गर्नुपर्छ, र घर छोडेर कर्तव्य निर्वाह गर्न जान मिल्दैन। मेरो भावनात्मक बन्धन निकै गहिरो देखियो, र तिनलाई हल गर्न मैले सत्यताको खोजी गर्नुथियो।
पछि, मैले पढ्नका लागि परमेश्वरका वचनको सान्दर्भिक खण्ड खोजेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “गैरविश्वासीहरूको संसारमा एउटा भनाइ छ: ‘कागले खाना खुवाएर आमाको ऋण तिर्छ, र पाठाले घुँडा टेकेर आमाको दूध चुस्छ।’ यो भनाइ पनि छ: ‘आमाबुबालाई आदर नगर्ने व्यक्ति पशुभन्दा गिरेको हुन्छ।’ यी भनाइहरू कति भव्य सुनिन्छन्! वास्तवमा, पहिलो भनाइले उल्लेख गरेको घटना, अर्थात् कागले खाना खुवाएर आमाको ऋण तिर्नु, र पाठाले घुँडा टेकेर आमाको दूध चुस्नु भनेको वास्तवमै हुने कुरा हुन्, र यी तथ्य हुन्। तैपनि, यी त पशु जगतमा देखिने घटनाहरू मात्र हुन्। यी कुराहरू परमेश्वरले विभिन्न जीवित प्राणीहरूका लागि स्थापित गर्नुभएको नियम मात्र हुन्, र मानिसलगायत सबै प्रकारका जीवित प्राणीहरूले यिनै नियमहरू पालना गर्छन्। … मानिसहरूले किन यस्तो कुरा गर्छन्? किनभने समाजमा र मानिसहरूको समूहभित्र, विभिन्न गलत विचार र सर्वसम्मतिहरू रहेका हुन्छन्। मानिसहरू यी कुराहरूद्वारा प्रभावित, क्षतविक्षत भएपछि र सडेपछि, तिनीहरूमा आमाबुबा र सन्तानको सम्बन्धलाई व्याख्या गर्ने र लिने विभिन्न तरिकाहरू पैदा हुन्छन्, र तिनीहरूले अन्ततः आफ्ना आमाबुबालाई आफ्ना ऋणदाताका रूपमा व्यवहार गर्छन्—तिनीहरूले आफ्नो सम्पूर्ण जीवनभरि पनि कहिल्यै तिर्न नसक्ने ऋणदाताहरू। कतिपय मानिसहरूले त आफ्ना आमाबुबाको मृत्युपछि आफ्नो सम्पूर्ण जीवनभरि दोषी महसुस पनि गर्छन्, र तिनीहरूले आफ्ना आमाबुबालाई खुसी नपार्ने कुनै काम गरेकोले वा तिनीहरूका आमाबुबाले चाहे जस्तो नगरेकोले आफ्ना आमाबुबाको दया-माया पाउन आफूलाई अयोग्य ठान्छन्। मलाई भन, के यो अति नै भएन र? मानिसहरू आफ्नो भावनाका माझ जिउँछन्, त्यसैले तिनीहरूलाई यी भावनाहरूबाट उत्पन्न हुने विभिन्न विचारहरूले मात्रै अतिक्रमण गर्न र बाधा पुर्याउन सक्छन्। मानिसहरू भ्रष्ट मानवजातिको विचारधाराले रङ्गिएको वातावरणमा जिउँछन्, त्यसैले तिनीहरूलाई विभिन्न मिथ्या विचारहरूले अतिक्रमण गर्छन् र बाधा पुर्याउँछन्, जसले गर्दा तिनीहरूको जीवन थकाइलाग्दो र अन्य जीवित प्राणीहरूको भन्दा कम सरल हुन्छ। तैपनि, अहिले परमेश्वर काम गरिरहनुभएको हुनाले, र उहाँले मानिसहरूलाई यी सबै तथ्यहरूको वास्तविक प्रकृति बताउन, र तिनीहरूलाई सत्यता बुझ्न सक्षम तुल्याउन सत्यता व्यक्त गरिरहनुभएको हुनाले, तैँले सत्यता बुझेपछि, यी मिथ्या विचार र दृष्टिकोणहरूले तँमाथि बोझ थोपर्न छोड्नेछन्, र ती तैँले आफ्ना आमाबुबासँगको सम्बन्धलाई कसरी सम्हाल्ने भन्ने कुराको मार्गदर्शक हुन छोड्नेछन्। यस बिन्दुमा, तेरो जीवन थप ढुक्क हुनेछ। ढुक्क जीवन बिताउनुको मतलब तँलाई आफ्ना जिम्मेवारी र दायित्वहरू के हुन् भनेर थाहा नहुने भन्ने हुँदैन—तँलाई यी कुराहरू थाहा हुने नै छ। यो कुरा तैँले आफ्नो जिम्मेवारी र दायित्वहरूलाई लिनका लागि कुन दृष्टिकोण र विधिहरू रोज्छस् भन्ने कुरामा निर्भर हुने मात्र हो। एउटा तरिका भनेको भावनाहरूको बाटो समात्नु हो, र भावनात्मक माध्यमहरू, र शैतानले मानिसलाई निर्देशित गर्ने विधि, विचार र दृष्टिकोणहरूका आधारमा यी कुरालाई लिनु हो। अर्को मार्ग भनेको परमेश्वरले मानिसलाई सिकाउनुभएका वचनहरूका आधारमा यी कुराहरूलाई लिनु हो। जब मानिसहरूले शैतानका मिथ्या विचार र दृष्टिकोणअनुसार यी मामिलाहरू सम्हाल्छन्, तब तिनीहरू आफ्नो भावनाको उल्झनभित्र जिउन मात्रै सक्छन्, र तिनीहरूले कहिले पनि सही र गलत छुट्याउन सक्दैनन्। यी परिस्थितिहरूमा, तिनीहरूसँग बन्धनमा जिउनेबाहेक अरू कुनै विकल्प हुँदैन, तिनीहरू सधैँ ‘तिमी सही छौ, म गलत छु। तिमीले मलाई बढी दिएका छौ; मैले तिमीलाई कम दिएको छु। तिमी अकृतज्ञ छौ। तिमीले हद पार गरिरहेका छौ’ भन्ने जस्ता कुराहरूको जालमा फसेर जिउनुपर्ने हुन्छ। परिणामस्वरूप, तिनीहरू कहिल्यै स्पष्ट रूपमा बोल्दैनन्। तैपनि, मानिसहरूले सत्यता बुझेपछि, र तिनीहरू आफ्ना मिथ्या विचार र दृष्टिकोण, अनि भावनाहरूको जालबाट मुक्त भएपछि, तिनीहरूका लागि यी कुराहरू सरल बन्छन्। यदि तैँले सही र परमेश्वरबाट आउने सत्यता सिद्धान्त, विचार, वा दृष्टिकोणको पालना गरिस् भने, तेरो जीवन धेरै ढुक्कलाग्दो बन्नेछ। उपरान्त, तैँले आफ्ना आमाबुबासँगको सम्बन्धलाई कसरी लिन्छस् भन्ने कुरालाई न त जनमतले, न त तेरो विवेकको सचेतनाले, न त तेरो भावनाको बोझले नै अवरोध गर्न सक्छ; यसको विपरीत, यी कुराहरूले तँलाई यो सम्बन्धलाई सही र तर्कसङ्गत ढङ्गले सामना गर्न सक्षम तुल्याउनेछन्। यदि तैँले परमेश्वरले मानिसलाई दिनुभएका सत्यता सिद्धान्तअनुसार काम गरिस् भने, मानिसहरूले तँलाई तेरो पिठ्यूँपछाडि आलोचना गरे पनि, तँलाई आफ्नो हृदयको गहिराइमा शान्ति र सहज महसुस हुनेछ, र यसले तँलाई कुनै असर गर्नेछैन। कम्तीमा पनि, तैँले आफूलाई कसैको वास्ता नगर्ने बैगुनी भएको भनी हप्काउनेछैनस् वा उपरान्त आफ्नो हृदयको गहिराइमा विवेकको दोष महसुस गर्नेछैनस्। किनभने तेरा सबै कार्यहरू परमेश्वरले तँलाई सिकाउनुभएका विधिअनुरूप छन्, र तैँले परमेश्वरका वचनहरू सुनिरहेको र तिनमा समर्पित भइरहेको, र उहाँको मार्ग पछ्याइरहेको छस् भन्ने कुरा तँलाई थाहा हुन्छ। परमेश्वरका वचनहरू सुन्नु र उहाँको मार्ग पछ्याउनु नै मानिसहरूमा सबैभन्दा बढी हुनुपर्ने विवेकको भावना हो। तैँले यी कुराहरू गर्न सक्ने भएपछि मात्रै तँ एक साँचो व्यक्ति हुनेछस्। यदि तैँले यी कुराहरू हासिल गरेको छैनस् भने, तँ कसैको वास्ता नगर्ने बैगुनी होस्। के कुरा त्यही होइन र? (हो।)” (वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (१७))। परमेश्वरका वचनबाट मैले बुझेँ, म यति दुःखी हुनुको कारण “बाबुआमाप्रतिको धर्म नै सबैभन्दा ठूलो पुण्य हो”, र “आमाबुबाप्रतिको धर्म निर्वाह नगर्ने व्यक्ति पशुभन्दा गिरेको हुन्छ” भन्ने जस्ता भ्रामक विचार थिए। यी विचार शैतानले मभित्र भरेको थियो, मभित्र जरा गाडेर बसेका थिए। मलाई लाग्यो, मैले आमाबुबाप्रतिको धर्म निभाउन सकिनँ भने, त्यसको अर्थ म कृतघ्न र सन्तानको धर्म पूरा नगर्ने छोरी हो। मैले सोचेँ, मलाई हुर्काउन निकै गाह्रो भएको हुनुपर्छ, खास गरी छोरा र पुरुषलाई श्रेष्ठ मानिने युगमा म जन्मिएकीले, मेरी आमाले म छोरी भएकीले धेरै अपमान र तिरस्कार सहनुपर्यो होला, तर उहाँले भाइलाई भन्दा मलाई धेरै माया गर्नुहुन्थ्यो। उहाँले मेरो आस्था र कर्तव्यको पनि निकै समर्थन गर्नुहुन्थ्यो। उहाँलाई थाहा थियो, म धेरै भावुक छु त्यसैले घरमा केही हुँदा, उहाँले मलाई सुनाउनु हुँदैनथ्यो, किनकि मेरो ध्यान विचलित भई कर्तव्य प्रभावित हुन्छ भनी उहाँ डराउनुहुन्थ्यो। चाहे यो भावनात्मक दृष्टिकोणबाट होस् वा आर्थिक दृष्टिकोणबाट, आमाले मलाई धेरै सहयोग गर्नुभयो, र बारम्बार मलाई आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न प्रोत्साहित गर्नुहुन्थ्यो। यो सबै, अनि उहाँ बिरामी हुँदा उहाँको छेउमा बसेर आफूले हेरचाह गर्न नसक्ने कुरा सम्झँदा मलाई निकै नराम्रो लाग्यो। म सधैँ सोच्थेँ, उहाँकी छोरी भएकी नाताले मैले उहाँहरूलाई आदर गरिनँ, वा बिरामी हुँदा हेरचाह गरिनँ भने यो सन्तानको धर्म निर्वाह नगर्नु र कृतघ्न हुनु हो। त्यसैले, मलाई दोषी महसुस हुनेथ्यो र उहाँहरूको सामुन्ने पर्न लाज लाग्नेथ्यो। म शैतानी विषबाट धेरै प्रभावित भइसकेकी थिएँ! मैले यसलाई भावनात्मक बन्धन र पारम्परिक विचारको चस्माले हेरिरहेँ भने, आमालाई हेरचाह नगरेकीले मैले सन्तानको धर्म निर्वाह नगरेको बोझ मैले बोक्नुपर्ने थियो। यसरी जिउन निकै गाह्रो र दुखदायी हुने थियो। मैले यो सबै सक्रिय रूपमा त्यागेर परमेश्वरका वचनमा भएका सत्यताअनुसार मानिस र कामकुरालाई हेर्न सिक्नुपर्थ्यो, तब मात्र म यस पीडाबाट छुटकारा पाउन सक्थेँ।
पछि, उपासनाको दौरान, मैले परमेश्वरका वचनको यो खण्ड भेटेँ। यसले मलाई आमाबुबासँगको सम्बन्धलाई कसरी लिने भन्नेबारे धेरै प्रस्ट पाऱ्यो। परमेश्वरका वचनले भन्छन्ः “सन्तानका रूपमा, तैँले तेरा आमाबुबा तेरा ऋणदाता होइनन् भन्ने कुरा बुझ्नुपर्छ। तैँले यस जीवनमा गर्नुपर्ने धेरै कुरा छन्, र यी सबै कुराहरू सृष्टि गरिएको प्राणीले गर्नुपर्ने, सृष्टिका प्रभुले तँलाई सुम्पनुभएका कुराहरू हुन्, र तैँले तेरा आमाबुबाको दया-मायाको ऋण तिर्ने कार्यसँग तिनको कुनै सम्बन्ध छैन। आफ्ना आमाबुबाप्रति सन्तानी निष्ठा देखाउनु, तिनीहरूको दया-मायाको ऋण तिर्नु, तिनीहरूको दया-माया फर्काउनु—तेरो जीवनको मिसनसँग यी कुराहरूको कुनै सम्बन्ध हुँदैन। तैँले आफ्ना आमाबुबाप्रति सन्तानी निष्ठा देखाउनु, तिनीहरूको ऋण तिर्नु, वा तिनीहरूप्रतिको आफ्नो कुनै पनि जिम्मेवारी पूरा गर्नु आवश्यक छैन भनेर पनि भन्न सकिन्छ। स्पष्ट रूपमा भन्दा, परिस्थितिले दियो भने तैँले यो कार्य थोरै मात्रामा गर्न सक्छस् र आफ्ना केही जिम्मेवारीहरू पूरा गर्न सक्छस्; परिस्थितिले दिएन भने, तैँले त्यसो गर्न जिद्दी गर्नु पर्दैन। यदि तैँले आफ्ना आमाबुबाप्रति सन्तानी निष्ठा देखाउने आफ्नो जिम्मेवारी पूरा गर्न सकिनस् भने, यो भयानक कुरा होइन, यो तेरो विवेक, मानवीय नैतिकता र मानवीय धारणाहरूविपरीत कुरा मात्र हो। तर कम्तीमा पनि, यो सत्यताविपरीत कुरा होइन, र परमेश्वरले यसका लागि तेरो निन्दा गर्नुहुनेछैन। जब तैँले सत्यता बुझ्छस्, तब तेरो विवेकले यसैको कारण तँलाई दोषी महसुस गराउँदैन। के तिमीहरूले सत्यताको यस पक्ष बुझिसकेपछि तिमीहरूको हृदय स्थिर भएन र? (भयो।) कतिपय मानिसहरूले यसो भन्छन्: ‘परमेश्वरले मेरो निन्दा नगर्नुहुने भए पनि, मेरो विवेकमा, म यो कुरालाई अझै पनि पार गर्न सक्दिनँ, र मलाई अस्थिर महसुस हुन्छ।’ यदि तेरो अवस्था पनि यस्तै हुन्छ भने, तेरो कद साह्रै सानो छ, र तैँले यस विषयको सारलाई बुझेको वा स्पष्ट रूपमा देखेको छैनस्। तँ मानिसको नियति बुझ्दैनस्, तँ परमेश्वरको सार्वभौमिकता बुझ्दैनस्, र तँ परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरू स्वीकार गर्न इच्छुक छैनस्। तँसँग सधैँ मानव इच्छा र तेरा आफ्नै भावनाहरू हुन्छन्, र यी कुराहरूले तँलाई चलाइरहेका छन् र तँमाथि प्रभुत्व जमाइरहेका छन्; यी कुराहरू तेरो जीवन बनेका छन्। यदि तँ मानवीय इच्छा र आफ्ना भावनाहरू रोजिस् भने, तैँले सत्यतालाई रोजेको छैनस्, र तैँले सत्यता अभ्यास गरिरहेको छैनस् वा तँ यसमा समर्पित भइरहेको छैनस्। यदि तैँले मानवीय इच्छा र आफ्ना भावनाहरू रोजिस् भने, तैँले सत्यतालाई धोका दिइरहेको छस्। तेरो परिस्थिति र परिवेशले तँलाई आफ्ना आमाबुबाप्रति सन्तानी निष्ठा देखाउने अनुमति दिँदैन भन्ने स्पष्ट छ, तर पनि तँ सधैँ सोच्छस्: ‘म मेरा आमाबुबाप्रति ऋणी छु। मैले तिनीहरूलाई सन्तानी निष्ठा देखाएको छैन। तिनीहरूले मलाई यति धेरै वर्षदेखि देखेका छैनन्। तिनीहरूले मलाई व्यर्थैमा हुर्काए।’ तेरो हृदयको गहिराइमा, तैँले यी कुराहरू कहिल्यै त्याग्न सक्दैनस्। यसले एउटा कुरा प्रमाणित गर्छ: तैँले सत्यतालाई स्वीकार गर्दैनस्। धर्मसिद्धान्तको हिसाबमा, तँ परमेश्वरका वचनहरू सही छन् भनेर स्वीकार गर्छस्, तर तैँले तिनलाई सत्यताका रूपमा स्वीकार गर्दैनस्, वा त्यसलाई आफ्नो कार्यहरूको सिद्धान्तका रूपमा लिँदैनस्। त्यसकारण, कम्तीमा पनि, तैँले आफ्ना आमाबुबासँग गर्ने व्यवहारको तरिकाको हकमा, तँ सत्यता पछ्याउने व्यक्ति होइनस्। किनभने, यस मामिलामा, तँ सत्यताका आधारमा व्यवहार गर्दैनस्, तैँले परमेश्वरका वचनअनुसार अभ्यास गर्दैनस्, बरु तैँले आफ्ना भावनात्मक आवश्यकताहरू, र आफ्नो विवेकका आवश्यकताहरू मात्रै पूरा गर्छस्, अनि आफ्ना आमाबुबाप्रति सन्तानी निष्ठा देखाउन र तिनीहरूको दया-मायाको ऋण तिर्न चाहन्छस्। यो रोजेकोमा परमेश्वरले तेरो निन्दा नगर्नुभए पनि, र यो तेरो आफ्नो रोजाइ भए पनि, जीवनको सन्दर्भमा अन्तमा घाटा बेहोर्ने त तँ नै हुनेछस्” (वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (१७))। परमेश्वरका वचन पढेपछि मैले निकै प्रस्टसँग बुझेँ। आमाबुबाले मलाई त्यसरी हुर्काउनु, सबै परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तकै कारण थियो। आमाले मलाई दयालु व्यवहार गर्नु परमेश्वरको अनुग्रह थियो। आस्थामा प्रवेश गरेपछि, मैले शान्तिसँग कर्तव्य निर्वाह गर्न सकूँ भनेर आमाले घर सम्हाल्नु, बाहिरबाट हेर्दा आमाको दयालुपन जस्तो देखिएला, तर वास्तवमा, यो परमेश्वरले मेरो कद बुझेर सोहीअनुसारको प्रबन्ध गर्नुभएको हो। घर सम्हालेर मेरो आस्थामा सहयोग गर्नु आमाको कर्तव्य र जिम्मेवारी थियो। परमेश्वर भन्नुहुन्छ, हाम्रा आमाबुबा हाम्रो ऋणदाता होइनन्, सन्तानको धर्म निभाउनु केवल एउटा जिम्मेवारी हो, मानिसले पूरा गर्नुपर्ने मिसन होइन। परिस्थिति सही भएमा हामी उहाँहरूको हेरचाह गर्न र उहाँहरूप्रति सन्तानको धर्म निर्वाह गर्न सक्छौँ, तर परिस्थिति सही नहुँदा र सन्तानको धर्म निर्वाह गर्न नसक्दा, यो मानभङ्ग हुनु होइन, किनभने यस जीवनमा हामीले गर्नुपर्ने धेरै कुरा छन्। सृजित प्राणीको रूपमा हामीले गर्नुपर्ने कर्तव्य छन्, आमाबुबाप्रति सन्तानको धर्म निर्वाह गर्न मात्रै हामी जिउन सक्दैनौँ। यस्ता धेरै गैरविश्वासी छन् जसले आफ्नो करियर र परिवारका कारण धेरै समय आमाबुबाभन्दा टाढा बिताएका छन्, आमाबुबाको हेरचाह गर्न सकेका छैनन्, तर मानिसले यो बुझ्छन् र उनीहरूको निन्दा वा उपहास गर्दैनन्। जहाँसम्म मेरो कुरा छ, म आमाबुबाप्रतिको कृतज्ञतामा डुबेकी थिएँ, र प्रायजसो उहाँहरूको हेरचाह गर्न सँगै बस्न नसकेकोमा दुःखी र दोषी महसुस गर्थेँ, र कर्तव्य निर्वाह गर्नका लागि घर छोडेर नजाने भन्ने निर्णय पनि गरेँ। मेरो भावनात्मक बन्धन निकै बलियो थियो! हामी यस्तो क्षणमा छौँ जहाँ सुसमाचार धेरै विस्तार भइरहेको छ, मण्डली अगुवा भएको नाताले मैले परमेश्वरको अभिप्रायलाई अझ धेरै ध्यान दिनुपर्ने थियो। परमेश्वरको आखिरी दिनहरूको सुसमाचारको गवाही दिन मैले ब्रदर-सिस्टरहरूलाई अगुवाइ गर्नुपर्थ्यो, र धेरैभन्दा धेरै मानिसलाई परमेश्वरको आवाज सुन्न सक्ने, उहाँको आखिरी दिनहरूको मुक्ति पाउने बनाउनुपर्थ्यो। यो मेरो कर्तव्य र जिम्मेवारी थियो। तर, मैले आमाबुबाको हेरचाह र सम्मान गर्नु मैले गर्नसक्ने सबभन्दा महत्त्वपूर्ण काम हो भन्ने ठानेँ। म धेरै वर्षदेखिको विश्वासी थिएँ, परमेश्वरका धेरै वचन खाएकी, पिएकी थिएँ, तर वास्तविक सङ्कटापन्न स्थिति सामना गर्दा, म परमेश्वरको योजनाबद्ध कार्य र बन्दोबस्तप्रति समर्पित भई कर्तव्य पूरा गर्न असमर्थ भएँ, मैले सत्यता सिद्धान्तको प्रयोग गरी त्यो परिस्थिति सम्हालिनँ। मैले सत्यतालाई विश्वासघात गरिरहेकी थिएँ, सत्यता स्विकार्न असफल भइरहेकी थिएँ! मैले बुझेँ कि म यी परम्परागत विचार बोकेर नै जिइरहेँ भने र परमेश्वरसामु पश्चात्ताप गरी कर्तव्य पूरा गरिनँ भने म अन्ततः खुलासा भई हटाइने थिएँ। मैले मनमनै परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर! मेरी आमाको बिमारीले मेरो अविश्वासी दृष्टिकोणलाई पूरै खुलासा गरिदिएको छ। म देख्न सक्छु, मेरो कद निकै सानो छ, र मसँग सत्यता वास्तविकता छैन। मैले बल्ल बुझेकी छु, आमाबुबाप्रति सन्तानको धर्म निर्वाह गर्नु मेरो मिसन होइन। सृजित प्राणीको नाताले आफ्नो कर्तव्य पूरा गर्नु मेरो साँचो मिसन र जिम्मेवारी हो। म आफ्नो भ्रामक विचार त्यागेर मेरी आमाको बिमारीलाई तपाईँको हातमा राख्न तयार छु। चाहे जे होस्, म कर्तव्यमा दह्रिलोसँग उभिनेछु र शैतानको हाँसोको पात्र बन्नेछैन।” प्रार्थनापछि, मलाई धेरै सहज महसुस भयो, कर्तव्य पूरा गर्न परमेश्वरमा भर पर्न तयार भएँ।
केही समयपछि, मैले आमाका बारेमा एउटा चिनियाँ मेडिकल डाक्टरसँग सल्लाह लिएँ, आमाको उपचार गर्न अनुरोध गरेँ। डाक्टरले भने, “क्यान्सर शरीरभरि फैलिसकेको छ, यसलाई निको पार्न सकिँदैन। तैपनि म पन्ध्र दिनका लागि जडीबुटी लेखिदिन्छु, हेरौँ यसले कस्तो गर्छ।” उनको निष्कर्ष सुनेर मेरो हृदय खस्कियो। मैले सम्झेँ, पहिले म घर आएको बेला आमा खोकिरहेको देख्दा पनि मैले कहिल्यै उहाँलाई अस्पताल लगिनँ, उहाँलाई केही चिनियाँ जडीबुटी ल्याइदिएँ, र त्यत्तिकैमा छाडिदिएँ। यदि मैले उहाँलाई झट्टै अस्पताल पुऱ्याएर छिटो उपचार गराएकी भए, परिस्थिति यस्तो हुने थियो र? मैले जति सोचेँ, त्यति नै दुःखी र दोषी महसुस भयो, र म निकै उदास भएँ। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, मलाई त्यस स्थितिबाट बाहिर निकाल्न मार्गदर्शन गर्न बिन्ती गरेँ। पछि, मैले परमेश्वरका वचनको यो खण्ड देखेँ। “त्यसोभए, तेरा आमाबुबाले यी महत्त्वपूर्ण मामिलाहरू सामना गर्दा के भइरहेको हुन्छ? यो मात्र भन्न सकिन्छ कि, परमेश्वरले तिनीहरूको जीवनमा यस्ता कुरा आउनुपर्छ भनेर योजनाबद्ध गर्नुभएको हो। परमेश्वरको हातले नै यसलाई योजनाबद्ध गर्नुभएको हो—तैँले वस्तुगत कारण र आधारहरूलाई ध्यान दिनु हुँदैन—तेरा आमाबुबा यो उमेरमा पुगेपछि तिनीहरूले यो कुरा सामना गर्नु नै पर्नेथियो, र तिनीहरूलाई यो रोग लाग्नु नै पर्नेथियो। यदि तँ तिनीहरूको साथमा भएको भए, के तिनीहरू त्यसबाट जोगिन सक्थे? यदि परमेश्वरले तिनीहरूको भाग्यको भागका रूपमा तिनीहरू बिरामी हुन्छन् भनेर बन्दोबस्त नगर्नुभएको भए, तँ तिनीहरूको साथमा नै नभएको पनि, तिनीहरूलाई केही हुनेथिएन। यदि तिनीहरूले आफ्नो जीवनमा यस प्रकारको ठूलो दुर्भाग्य सामना गर्नेछन् भनेर लेखिएको थियो भने, तँ तिनीहरूको साथमा भएर तैँले कस्तो प्रभाव पार्न सक्नेथिइस् र? तिनीहरू यसबाट बच्न सक्नेथिएनन्, होइन र? (हो।) परमेश्वरमा विश्वास नगर्ने ती मानिसहरूका बारेमा सोच्—के तिनीहरूको परिवार वर्षैपिच्छे नै सँगै हुँदैनन्? ती आमाबुबाले ठूलो दुर्भाग्य सामना गर्दा, तिनीहरूको परिवारका सदस्यहरू र तिनीहरूका सन्तान सबै तिनीहरूसँगै हुन्छन्, होइन र? जब आमाबुबा बिरामी पर्छन्, वा जब तिनीहरूको रोग बिग्रन्छ, तब के तिनीहरूका सन्तानले तिनीहरूलाई छोडेका कारण यस्तो भएको हुन्छ? त्यस्तो हुँदैन, यस्तो हुन्छ भनेर नियतिमा लेखिएको हुन्छ। यति मात्र हो कि, तिनीहरूको सन्तानका रूपमा, तेरा आमाबुबासँग तेरो रगतको नाता हुन्छ, त्यसकारण तिनीहरू बिरामी छन् भन्ने सुन्दा तँ दुःखी हुन्छस्, जबकि अरू मानिसहरूले केही पनि महसुस गर्दैनन्। यो सामान्य कुरा हो। तर, तेरा आमाबुबाले यस प्रकारको ठूलो दुर्भाग्य सामना गर्नुको मतलब यसलाई कसरी हटाउने वा समाधान गर्ने भनेर तैँले विश्लेषण र अनुसन्धान गर्नुपर्छ वा यसबारे सोच्नुपर्छ भन्ने होइन। तेरा आमाबुबा वयस्क हुन्; तिनीहरूले समाजमा धेरै पटक यस्तो कुरा अनुभव गरेका छन्। यदि परमेश्वरले तिनीहरूलाई यस कुराबाट मुक्त गर्ने परिवेशको बन्दोबस्त गर्नुभयो भने, ढिलो-चाँडो यो पूर्ण रूपमा हराउनेछ। यदि यो कुरा तिनीहरूका लागि जीवनको तगारो हो, र तिनीहरूले यो अनुभव गर्नु नै पर्ने हो भने, तिनीहरूले कति लामो समयसम्म यो अनुभव गर्नुपर्छ भन्ने कुरा परमेश्वरको हातमा हुन्छ। यो तिनीहरूले अनुभव गर्नु नै पर्ने कुरा हो, र तिनीहरू यसबाट जोगिन सक्दैनन्। यदि तँ यस मामिलालाई आफै समाधान गर्न चाहन्छस्, यदि तँ यस मामिलाको स्रोत, कारण र परिणामहरूको विश्लेषण र अनुसन्धान गर्न चाहन्छस् भने, त्यो मूर्ख विचार हो। यो कुनै कामको छैन, र यो अनावश्यक कुरा हो। तैँले त्यसो गर्दै यसबारे विश्लेषण गर्ने, अनुसन्धान गर्ने र आफ्ना सहपाठीहरू र साथीहरूसँग सहयोग माग्ने, आफ्ना आमाबुबाका लागि अस्पताललाई सम्पर्क गर्ने, राम्रा डाक्टरहरूलाई सम्पर्क गर्ने, तिनीहरूका लागि अस्पतालको सबैभन्दा राम्रो शय्या व्यवस्था गर्ने गर्नु हुँदैन—तैँले यी सबै कुराहरू गरेर आफ्नो दिमाग खियाउनु पर्दैन। यदि तँसँग वास्तवमै केही फाल्टु ऊर्जा छ भने, तैँले अहिले निर्वाह गर्नुपर्ने कर्तव्य राम्ररी गर्नुपर्छ। तेरा आमाबुबाको आफ्नै नियति छ। आफू मर्नुपर्ने उमेरबाट कोही पनि उम्कन सक्दैन। तेरा आमाबुबा तेरो नियतिका मालिक होइनन्, त्यसरी नै, तँ पनि आफ्ना आमाबुबाको नियतिको मालिक होइनस्। यदि तिनीहरूलाई केही हुने नियति लेखिएको छ भने, तैँले यसबारे के गर्न सक्छस् र? तैँले व्याकुल भएर अनि समाधानहरू खोजेर के हासिल गर्न सक्छस् र? यसले केही हासिल गर्न सक्दैन; यो परमेश्वरका अभिप्रायमा निर्भर हुने कुरा हो। यदि परमेश्वरले तिनीहरूलाई लैजान चाहनुहुन्छ, र तँलाई आफ्नो कर्तव्य निर्विघ्न रूपमा निर्वाह गर्न दिन चाहनुहुन्छ भने, के तैँले यसमा हस्तक्षेप गर्न सक्छस्? के तैँले परमेश्वरसँग सर्तहरूबारे छलफल गर्न सक्छस्? तैँले यसबेला के गर्नुपर्छ? समाधान खोज्दै, अनुसन्धान गर्दै, विश्लेषण गर्दै आफ्नो दिमाग खियाउने, आफैलाई दोष लगाउने, र आफ्ना आमाबुबाको मुख हेर्न लाज मान्ने—के यी व्यक्तिमा हुनुपर्ने विचार र व्यवहार हुन्? यी सबै परमेश्वर र सत्यताप्रति समर्पणताको कमीका प्रकटीकरणहरू हुन्; यी कुराहरू तर्कहीन, मूर्ख र परमेश्वरप्रति विद्रोही छन्। मानिसहरूमा यी प्रकटीकरणहरू हुनु हुँदैन। बुझिस्? (बुझेँ।)” (वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (१७))। परमेश्वरका वचनबाट मैले बुझेँ कि मानिसले के कस्तो कठिनाइ झेल्नेछन्, कति कष्ट भोग्नेछन् भन्ने कुरा उनीहरूको आवश्यकता र कदका आधारमा परमेश्वरले तय र योजनाबद्ध गर्नुहुन्छ। मानिसले खास परिस्थितिहरू कहिले सामना गर्नेछन्, कहिलेसम्म सहनुपर्नेछ भन्ने सबै कुरा परमेश्वरले नै निर्धारण र प्रबन्ध गर्नुहुन्छ। यी कुनै कुरा मानवजातिले तय गर्न सक्दैन, यी कुरालाई सामान्य मानवीय दृष्टिकोणबाट विश्लेषण त बिलकुलै गर्नुहुदैन। मानिसले परमेश्वरबाट आएका कुरा स्विकार्न र उहाँको प्रबन्ध र योजनाबद्ध कार्यमा समर्पित हुन सिक्नुपर्छ। मेरी आमाको बिमारीकै कुरा गरौँ, सतही रूपमा, उहाँलाई छिटो अस्पताल नलगेकाले उहाँको अवस्था खराब भएको जस्तो देखिएला, तर वास्तवमा यो केवल उहाँको नियति हो। मान्छेको मरण परमेश्वरकै हातमा हुन्छ। परमेश्वरले मरणको अनुमति दिनुहुन्न भने, ठूलो विपत्तिले पनि मानिसलाई हानि गर्न सक्दैन। जस्तै, मेरो बुबा नराम्रोसँग कार दुर्घटनामा पर्नुभयो, अन्य सबै यात्रुलाई नराम्रोसँग चोटपटक लाग्यो, तर बुबालाई हल्का चोट मात्रै लाग्यो र सबैभन्दा छिटै निको हुनुभयो। हाम्रो जीवनमा, हामीले आफ्नो मिसन अघि बढाइरहेका छौँ। यदि कसैले जीवनमा उसको मिसन पूरा गरेको छ भने, परमेश्वरको योजनाअनुसार उसले यो संसार छोडेर जानेछ। उसले आफ्नो मिसन पूरा गरेको छैन भने, जस्तोसुकै कठिनाइ झेलेपनि यसलाई सुरक्षित रूपमा पूरा गर्नेछ। मेरी आमाको बिमारी धेरै बढेको थियो, र डाक्टरले निको हुन सक्दैन भनेका थिए, तर उहाँ कति बाँच्नुहुन्छ भन्ने कुरा कुनै व्यक्तिले निर्धारण गर्ने सक्ने कुरा होइन, यो परमेश्वरले तय र प्रबन्ध गर्ने कुरा हो। म त्यति दुःखी हुनुको कारण परमेश्वरप्रति मेरो अनुचित माग रहनु थियो, म सधैँ आमालाई निको होस् भन्ने चाहन्थेँ। तर मेरो चाहअनुसार कुरा अघि नबढ्ने बित्तिकै, म नकारात्मक र दुःखी भएँ। यसो हुनुको कारण मैले परमेश्वरको सार्वभौमिकताबारे नजान्नु र उहाँप्रति समर्पित हुन नसक्नु थियो। परमेश्वरको अभिप्राय बुझेपछि, मैले उहाँलाई प्रार्थना गरेँ, “हे परमेश्वर! मेरी आमाको स्वास्थ्यलाभ हुनेछ कि हुनेछैन वा उहाँ कति समय बाँच्नुहुनेछ भन्ने मैले तय गर्ने कुरा होइन। मैले आफ्ना मागलाई पन्छाउनुपर्छ, र जे सुकै भएपनि, समर्पित हुन तयार हुनुपर्छ।” प्रार्थना गरेपछि मलाई शान्ति र स्थिरता महसुस भयो। त्यसपछि, मैले प्रभु येशूका वचनको यो खण्ड भेटेँ: “यदि कुनै मानिस मकहाँ आउँछ, र आफ्नो बाबु, र आमा, र पत्नी, र छोराछोरी, र दाजुभाइ-दिदीबहिनीलाई, अँ अनि, उसको आफ्नै जीवनलाई घृणा गर्दैन भने, ऊ मेरो चेला हुन सक्दैन” (लूका १४:२६)। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “यदि आमाबुबाप्रतिको तेरो प्रेम परमेश्वरप्रतिको तेरो प्रेमभन्दा बढी छ भने, तँ परमेश्वरलाई पछ्याउन अयोग्य छस्, र तँ उहाँका अनुयायीहरूमध्येको एक होइनस्। यदि तँ उहाँका अनुयायीहरूमध्येको एक होइनस् भने, तँ विजयी होइनस्, र परमेश्वरले तँलाई चाहनुहुन्न भनेर भन्न सकिन्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (१७))। परमेश्वरले भन्नुभयो, उहाँलाई भन्दा आफ्ना आमाबुबालाई धेरै प्रेम गर्ने मानिस उहाँको अनुयायी बन्न योग्य छैनन्। म शैतानले ममा रोपेका यी भ्रामक विचारअनुसार जिउन छोड्नुपर्थ्यो। मैले फरक तरिकाले जिउन सुरु गर्नुपर्थ्यो, परमेश्वरका वचन र सत्यता सिद्धान्तअनुसार मानिस र कामकुरालाई हेर्ने, आचरण र कार्य गर्ने गर्नुपर्थ्यो। अब मैले आफूलाई बिस्तारै कर्तव्यमा ढाल्न सुरु गरेकी छु। अझैपनि कहिलेकाहीँ आमाको चिन्ता लाग्छ, तर फेरि सोच्छु उहाँको जीवनमा उहाँले सामना गर्ने परिस्थिति र भोग्नैपर्ने कष्ट सबै परमेश्वरद्वारा पूर्वनिर्धारित छन्। मेरी आमा कति समय बाँच्नुहुन्छ र उहाँले कसरी संसार छोडेर जानुहुन्छ भन्ने कुरा परमेश्वरमा निर्भर छ, त्यो मैले निर्धारण गर्ने कुरा होइन। यो बुझ्दै गएपछि मलाई धेरै सहजता भयो। भर्खरै, मेरो आमाको अवस्था अहिले स्थिर रहेको, र यो बिमारीबाट उहाँले केही कुरा सिकेको थाहा पाएँ। यो खबर सुनेर, भित्रैदेखि भावनामा बहेँ, र परमेश्वरमा मेरो आस्थाको कमी रहेको सम्झेर लज्जाबोध पनि भयो। मैले हालै, घरबाट बाहिर रहेर कर्तव्य निर्वाह गर्नका लागि सक्रियतापूर्वक निवेदन दिएकी छु।
यो अनुभवबाट, मैले आफ्नो कमजोरीबारे नयाँ बुझाइ पाएँ, र आफूले सधैँ पालेर राखेको भ्रामक विचारलाई खुट्याउन सकेँ। अब म यी विचारअनुसार जिउनेछैन, आमाबुबासँगको मेरो सम्बन्धप्रति उचित मनोवृत्ति राख्नेछु। यो सबै परमेश्वरको मार्गदर्शनले भएको हो।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।