एउटा “असल छवि” को पछाडि के रहन्छ

11 अक्टोबर 2021

वेइ चेन, दक्षिण कोरिया

सन् २०१९ डिसेम्बरमा, म मण्डलीमा सुसमाचार डिकनको रूपमा कार्य गरिरहेको थिएँ। केही समयपछि मैले के पाएँ भने जब अगुवाहरूले कसरी दाजुभाई र दिदीबहिनीहरूले आफ्नो कर्तव्य पालना गर्ने क्रममा समस्याहरू देखे, उनीहरूले ती कुरा सिधै औंल्याए, कहिलेकाहीं त निकै कठोर स्वरमा। उनीहरूले यी कुराहरू औंल्याउनु सही हो भन्ने मलाई लाग्यो, तर तिनीहरूको भन्ने तरिका लज्जित गराउने खालको थियो र मानिसहरूलाई सजिलै चोट पुर्याउन सक्थ्यो। म उनीहरू जस्तो हुन चाहन्न थिएँ। यस्तो कुरा त बुद्धिमतापूर्वक भनिनुपर्थ्यो, मानिसहरूमा असल छाप छोड्ने गरी। त्यो तरिकाले मैले सबैको समर्थन जित्ने थिएँ र मरो काम गर्न पनि सजिलो हुने थियो। अनि अर्को चुनावमा, मसँग अगुवाको रूपमा चुनिने एउटा मौका हुन सक्थ्यो। यो कुरालाई ध्यानमा राख्दै, दाजुभाई तथा दिदीबहिनीहरूसँग मैले कसरी बोल्नुपर्छ भन्नेमा म सचेत थिएँ। मैले वास्तवमा शिष्ट हुने कोशिश गरें र सबै कुरा सुपाच्य होस् भनेर कसैको पनि भावनामा चोट पुर्याउन चाहिनँ।

एउटा बिन्दुमा मैले के देखें भने सिस्टर चेंगले सजिलो काम झटपट लिन्थिन् र कठिन कामबाट पछि हट्ने गर्थिन्, र धेरै नै धारणाहरू भएको कुनै व्यक्तिसँग सुसमाचार बाँडनु पर्यो भने उनी पछि हट्ने गर्थिन्, वा उनीसँग कमजोर मनोवृति थियो। र पछि उनीले तिनीहरूको धारणाहरू हल गर्नको लागि आफूलाई सान्दर्भिक सत्यहरूले कहिल्यै सुसज्जित पार्दिन थिइन्। मैले के देखें भने उनीसँग आफ्नो कर्तव्यप्रति सही दृष्टिकोण थिएन र उनी यही बाटोमा हिँडिन् भने आफ्नो कर्तव्य राम्रोसँग गर्न कदापि सक्दिन थिइन्। म उनलाई यो कुरा उल्लेख गर्न र सङ्गति बाँड्न गइरहेको थिएँ, तर मैले उनलाई सन्देश पठाउनै लाग्दा, मेरो मनमा के आयो भने उनी कठिनाइ आइपर्दा पछि हटे पनि, आफ्नो कर्तव्यमा समान्यतया केहीकुरा हासिल गरिरहेकी थिइन्। यदि मैले उनको समस्या उल्लेख गरें भने, उनले म धेरै माग्दै थिएँ भन्न सक्थिन् र यसले उनलाई म विरुद्ध बनाउन सक्थ्यो। अनि भविष्यमा मैले बनाएको कुनै पनि कार्य व्यवस्था उनले पालना गरिनन् भने फेरि मैले के गर्ने? यदि मैले मेरो कर्तव्य राम्रोसँग निर्वाह गरिनँ भने, म यो कामको लागि सक्षम छैन भनेर अगुवाहरूले भन्ने थिएनन् त? त्यसैले उनलाई चोट नपुर्याउन मैले उनको समस्याको बारेमा एउटा शब्द पनि भनिनँ, बरु उनलाई एउटा उत्साहजनक सन्देश पठाएँ: “हामीले सुसमाचार बाँडेका केही मानिसहरूमा धेरै धारणाहरू छन्, तर उनीहरू सच्चा विश्‍वासीहरू हुन्। हामीले प्रेम र धैर्य राख्नुपर्छ, र परमेश्‍वरलाई अझ धेरै प्रार्थना गर्नुपर्छ र उहाँमा भरोसा राख्नुपर्छ। हामी जति धेरै कठिनाइ सामना गर्छौं, त्यति धेरै हाम्रो विश्‍वास सिद्ध हुन सक्छ। हामी बिल्कुल पछि हट्न सक्दैनौं।” त्यो समयमा उनी सहमत भइन्, तर आफ्नो समस्यालाई राम्रोसँग नबुझी, उनी कुनै पनि कठिनाइबाट भाग्दै गइन्। उनी बिल्कुलै बदलिइनन्। तर मलाई त्यो समयमा उक्त समस्याको जानकारी थिएन र मलाई लाग्यो मैले धेरै राम्रो गरिरहेको छु। हरेकपटक जब म यस्तै कुनै कुराको सामना गर्थें, तब मैले यसलाई त्यसरी नै सम्हाल्थें। मैले कहिल्यै मानिसहरूलाई निराकरण गरिनँ वा उनीहरूको भ्रष्टता वा कमजोरीहरू उजागर गरिनँ, त्यसैले दाजुभाई र दिदीबहिनीहरू मसँग काम गर्दा खुशी थिए र उनीहरूले आफ्नो स्थितिको बारेमा कुरा गर्न मलाई खोज्ने गर्थे। यसले मलाई आफ्नो तरिकामा अझ धेरै आत्मविश्‍वास दिलायो, र मैले सोचें कि दाजुभाई र दिदीबहिनीहरूले मेरो आदर गर्थे, र सबैजना मेरो धेरै समर्थन गर्थे।

पछि, मैले के देखें भने सिस्टर जिया धेरै घमण्डी र आत्म-धर्मी थिइन्। उनी जिद्दी थिइन् र अरुसँग राम्रोसँग मिलेर काम गर्दिन थिइन्, र यसको प्रभाव हाम्रो सुससाचारको कार्यमा पनि पर्यो। मैले सोच्न थालें सिस्टर जिया यति धेरै घमण्डी कसरी भएकी होलिन् र उनी अरुको सुझावहरू पनि स्वीकार गर्दिनन्, जसले उनको कर्तव्यमा असर गर्यो। मलाई लाग्यो मैले उनीसँग यो कुरा गर्नैपर्छ, ताकि उनले यस्ता कुराहरू परिवर्तन गर्न सकून्। तर मैले फेरि सोचें, यदि मैले यो कुरा औंल्याएँ र उनले यसलाई स्वीकार गरिनन् भने, बरू उल्टै रिसाइन् भने, त्यसबेला मैले के गर्ने होला? एक समय एउटा भेलामा, उनले मेरो धेरै सकारात्मक मूल्यांकन गरेको सुनेथें, त्यसैले मलाई चिन्ता थियो यदि मैले उनको मन दुखाएँ भने, यसले त उनले मप्रति बनाएको असल छविलाई बर्बाद गर्न सक्थ्यो। यदि मेरो बारेको उनको धारणा बदलियो भने त्यसले मेरो अगुवा बन्ने सभावना प्रभावित हुन सक्थ्यो। यो सबै सोचेपछि, मैले सिस्टर जियाको भ्रष्टता र कमजोरीहरू उल्लेख नगर्ने निधो गरें। बरु मैले भनें, “तिमीले आफ्नो कर्तव्यमा राम्रो नतिजाहरू हासिल गरिरहेको छैन् वा कठिनाइ झेलिरहेकी छौ भन्ने म बुझ्दछु, तर तिमीले आफूलाई नियाल्नुपर्छ र किन भन्ने बारेमा सोच्नुपर्छ। हामीले दाजुभाई तथा दिदीबहिनीहरूसँग पनि राम्रोसँग कार्य गर्नुपर्छ।” मैले मुख्य सवाललाई किनारा लगाएँ, केवल उनलाई केही सल्लाह र प्रोत्साहनका वचन बोलें। केही दिनपछि एकजना अगुवाले हाम्रो कामबारे मसँग सोधपुछ गरे, र मैले सिस्टर जिया घमण्डी र आत्म-धर्मी रहेको, र अरुसँग राम्ररी मिलेर काम नगरेको बताएँ। अनि अर्को पटक सिस्टर जियाले मलाई भेटिन् र भनिन्, “केही दिन पहिले जब ती अगुवाले तिमीसँग हाम्रो कामको बारेमा सोधे, म त्यतै हिड्दै थिएँ र तिमीले म घमण्डी अनि आत्म-धर्मी छु, र अरुसँग राम्ररी मिलेर काम गर्दिन भनेको सुनें। मेरो एउटा गम्भीर समस्या छ भन्ने तिमीलाई राम्रोसँग थाहा रहेछ, तर तिमीले यो बारेमा मलाई केही पनि भनेनौ। तिमी त केवल यसलाई सहन गरेर बसिरहेकी रहेछौ। विगतमा मैले देखेको छु तिमी कहिल्यै रिसाएकी वा मानिसहरूलाई हप्काएकी छैनौ, बरु सँधै उनीहरूलाई शान्त पार्छौ। मलाई लाग्यो तिमी धेरै असल व्यक्ति हौ। अब मलाई महसुस भयो कि तिमी निकै ‘सिपालु’ रहिछौं, तिमीसँग आफ्नो चतुर्याईं रहेछ। सिधा शब्दमा भन्नुपर्दा, तिमी एक पाखण्डी हौ।” उनीबाट यति तिखा शब्दहरू सुन्दा एकछिनको लागि त मेरो अनुहार रातो भइरहेको छ जस्तो महसुस भयो। “पाखण्डी” र “चतुर्याईं” भन्ने शब्दहरू मेरो दिमागमा गएर गाडियो। म धेरै दुःखी भएँ र परमेश्‍वरको अगाडि आएर प्रार्थना गरें, मेरो आफ्नै भ्रष्ट स्वभाव बुझ्नको लागि मलाई मार्गदर्शन गर्न उहाँलाई अनुनय गरें।

भोलिपल्ट मैले आफ्नो भक्तिमा परमेश्‍वरका वचनहरू भएको एउटा खण्ड पढेँ। “छलीपन प्रायजसो बाह्य रूपमा प्रकटीकरण हुन्छ। जब कुनै व्यक्ति उसका वचनहरूमा अत्यन्तै कुटिल र चनाखो हुन्छ, त्यो छलीपन हो। अनि दुष्टताको मुख्य विशेषता केहो त? दुष्टता भनेको त्यस्तो अवस्था हो, जुन अवस्थामा मानिसहरूले बताउने कुरा विशेष गरी सुन्दा राम्रो सुनिन्छ, जसरी हेरे पनि सबै कुरा ठीक-ठाक, र दोषरहित, र असल देखिन्छ, तर तिनीहरूका कार्यहरू विशेष गरी दुष्ट, अनि अत्यन्तै गुप्त हुन्छन्, र तिनलाई सहजै देख्न-चिन्न सकिँदैन। तिनीहरूले मानिसहरूको आँखा छल्‍न प्रायजसो केही ठीक शब्‍दहरू र राम्रो सुनिने वाक्यांशहरूको प्रयोग गर्छन्, र मानिसहरूको भावनाहरूसँग मिल्‍ने निश्‍चित धर्मसिद्धान्त, तर्क, र तरिकाहरूको प्रयोग गर्छन्; तिनीहरूले एकातिर जाने बहाना बनाउँछन् तर अर्कोतिर जान्छन्, यस क्रममा तिनीहरूको गुप्त उद्देश्यहरूलाई हासिल गर्नको लागि हेर्दा राम्रो, र सही देखिने, अनि मानिसहरूका भावनाहरूसँग मिल्‍ने, र सिद्धान्तअनुरूप देखिने कार्यहरूको प्रयोग गर्छन्। दुष्टता यही नै हो। सामान्यतया मानिसहरूले यसलाई नै छलीपन ठान्छन्। तिनीहरूसँग दुष्टताको बारेमा थोरै ज्ञान हुन्छ, र यसलाई विश्‍लेषण पनि कम नै गर्छन्; दुष्टतालाई पहिचान गर्नु वास्तवमा छलीपनभन्दा कठिन हुन्छ; यो अझै बढी गुप्त हुन्छ, र यससँग सम्‍बन्धित विधि र तरिकाहरू अझै बढी ‘चलाख’ हुन्छन्। जब मानिसहरूभित्र छली स्वभाव हुन्छ, तिनीहरू छली छन्, वा तिनीहरूका कार्य र तिनीहरूले भन्‍ने कुराहरूले छली स्वभावलाई सङ्केत गर्छ भन्‍ने पत्ता लगाउन सामान्यतया दुई-तीन दिन मात्र लाग्छ। तर जब कुनै व्यक्ति दुष्ट छ भनेर भनिन्छ, यो एक-दुई दिनमा पत्ता लगाउन सकिने कुरा होइन। किनभने अल्पकालीन रूपमा कुनै महत्त्वपूर्ण वा विशिष्ट घटना घटेन भने, तिनीहरूका वचनहरू मात्रै सुन्दा तँलाई तिनीहरू असल व्यक्ति हुन्, तिनीहरूले कामकुराहरू त्याग्‍न र आफैलाई समर्पित गर्न सक्छन्, तिनीहरूले आत्मिक कुराहरू बुझ्‍न सक्छन्, र तिनीहरूले भन्‍ने हरेक कुरा सही छ भन्‍ने लाग्छ, र तिनीहरू वास्तवमा को हुन् भन्‍ने कुरा बताउन तँलाई कठिन हुनेछ। सही कुरा बोल्ने, सही काम गर्ने, र एकपछि अर्को धर्मसिद्धान्त बताउन सक्‍ने धेरै छन्। त्यस्तो व्यक्तिसँग दुई-तीन दिन बिताइसकेपछि, तैँले तिनीहरूलाई आत्मिक कुराहरू बुझ्‍ने, परमेश्‍वरलाई प्रेम गर्ने हृदय भएको, विवेक र चेतनाद्वारा काम गर्न सक्‍ने व्यक्तिको रूपमा ठान्छस्। तर जब तैँले तिनीहरूलाई काम सुम्पन थाल्छस्, अनि तुरुन्तै तिनीहरू इमानदार मानिस होइनन्, तिनीहरू छली मानिसहरूभन्दा पनि घातक छन्—तिनीहरू दुष्ट छन् भन्‍ने पत्ता लगाउँछस्। तिनीहरूले मानिसहरूसँग कुराकानी गर्न, अनि एक हिसाबले आफैलाई स्थापित गर्न, अनि अर्को हिसाबमाअरूलाई धोका दिन र आफैलाई मानिसहरूका बीचमा हैसियत र प्रतिष्ठा दिने गरी प्रायजसो ठीक शब्‍दहरू, सत्यतासँग मिल्‍ने, मानिसहरूका भावनाहरू र मानवतासँग मिल्‍ने शब्‍दहरू, राम्रो सुनिने शब्‍दहरू, अनि मोहक सुनिने शब्‍दहरूको प्रयोग गर्छन्, जुन कुराले अज्ञानीहरूलाई, सत्यतालाई सतही रूपमा बुझेकाहरूलाई, आत्मिक कुराहरू नबुझ्‍नेहरूलाई, र परमेश्‍वरमाथिको विश्‍वासमा जग नभएकाहरूलाई सहजै मोहनी लगाउँछ। दुष्ट स्वभाव भएका मानिसहरूले यस्तै गर्छन्” (ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले मानिसहरूलाई छल गर्छन्, लोभ्याउँछन्, धम्काउँछन् र नियन्त्रणमा राख्छन्”)। परमेश्‍वरको वचनहरूको विरुद्ध आफ्नो व्यवहारलाई कायम राख्दै, मैले के महसुस गरें भने मेरो दुष्ट स्वाभावले नै मेरो कार्यहरूलाई अघि बढाइरहेको छ। जब मैले दाजुभाई तथा दिदीबहिनीहरूको कर्तव्यमा समस्या देख्थें जसले उनीहरूको कामलाई प्रभावित गरिरहेको थियो, मैले तिनीहरूको खुलाशा पनि गर्दिनथें, न त उनीहरूको समस्या सामुन्ने नै ल्याउथें, ताकि उनीहरू सबैले मलाई एउटा असल व्यक्ति भनुन् र मेरो बारेमा राम्रो कुरा गरुन्। मैले स्पष्ट रूपमा देखेको थिएँ सिस्टर चेंगको आफ्नो कर्तव्यप्रति सही दृष्टिकोण थिएन, उनी सजिलो काम मात्र गर्थिन् र कुनै कठिन कुरा आयो भने पछि हट्थिन्। सिस्टर जिया घमण्डी र आत्म-धर्मी पनि रहेको मैले देखें र यसले मण्डलीको सुसमाचार कार्यमा नकारात्मक रूपमा प्रभावित पारिरहेको थियो। मैले यी कुराहरू उनीहरूलाई भन्नुपर्थ्यो र उनीहरूलाई मद्दत गर्न सङ्गति गर्नुपर्थ्यो। तर मलाई चिन्ता थियो उनीहरूले मेरो बारेमा के सोच्छन् होला र मेरो काममा उनीहरूले साथ दिँदैनन् होला, र फेरि अगुवाहरूले मेरो कार्यसम्पादन नराम्रो भयो भने मलाई कमजोर सोच्छन् होला भनेर। त्यसैले मैले उनीहरूलाई प्रोत्साहित गर्नको लागि केही राम्रो सुनिने, छलछाम गर्ने कुराहरू भनें। यसरी म उनीहरूसँग मेरो सम्बन्धको रक्षा गर्न सक्थें र मेरो छवि पनि कायम राख्न सक्थें। र उनीहरूले मेरो कामलाई मन पराइरहन्थे—एक तीर दुई निशाना। म धेरै चलाख र धूर्त थिएँ, र मैले मानिसको आँखामाथि पर्दा तानिरहेको थिएँ। मैले उनीहरूलाई धोका दिएको थिएँ, उनीहरूलाई म वास्तवमा नै रेखदेख र बुझक्की छु भन्ने आभाष दिलाइरहेको थिएँ, र उनीहरूले साँच्चै नै मलाई आदर र प्रशंसा गर्दथे। त्यसपछि मात्र मैले देखें कि मसँग धूर्त, दुष्ट स्वभाव छ। यदि सिस्टर जियाले मलाई तिखो वचनवाण नहानेकी भए र परेश्‍वरको वचनहरूको प्रकाशको लागि नभएको भए, मलाई अझै पनि आफ्नो दुष्ट स्वभावको बारेमा कुनै समझ हुने थिएन, वा यो कति गम्भीर छ भन्ने कुनै सोच थिएन। मैले मेरो कार्य कति धेरै दुष्ट र घृणित रहेको छ भन्ने देखें, यो परमेश्‍वरलाई घृणा लाग्ने र अरुसँग विद्रोह गर्ने खालको थियो!

त्यसपछि मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढें। “केही मण्डली अगुवाहरूले लापरवाही र झारातिरुवा शैलीमा आफ्नो कर्तव्य निभाउने दाजुभाइ वा दिदीबहिनीहरूलाई गाली गर्नुपर्ने भए पनि गाली गर्दैनन्। जब परमेश्‍वरको घरको हितप्रति स्पष्ट रूपमा हानिकारक हुने कुरा तिनीहरूले देख्छन्, अरूलाई अलिकति पनि ठेस नपुगोस् भनेर तिनीहरूले नदेखेझैँ गर्छन् र कुनै जाँच-पड्ताल गर्दैनन्। तिनीहरूको साँचो उद्देश्य र लक्ष्य अरूको कमजोरीमा ध्यान पुर्‍याउनु होइन—तिनीहरूको अभिप्राय के हो भन्‍ने कुरा तिनीहरूलाई राम्ररी थाहा हुन्छ: ‘यदि मैले यसलाई जारी राखेँ र कसैलाई ठेस पर्‍याइनँ भने, तिनीहरूले म असल अगुवा हुँ भन्‍ने सोच्‍नेछन्। तिनीहरूले मेरो बारेमा असल र उच्‍च राय बनाउनेछन्। तिनीहरूले मलाई समर्थन गर्नेछन् र मलाई मन पराउनेछन्।’ परमेश्‍वरको घरको हितलाई जतिसुकै क्षति पुर्‍याए तापनि र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा जतिसुकै ठूलो वाधा पुर्‍याइए तापनि वा तिनीहरूको मण्डली जीवनलाई जतिसुकै ठूलो मात्रामा विचलित पारिए तापनि, त्यस्ता मानिसहरू अरूलाई ठेस नपुर्‍याउने आफ्ना शैतानी दर्शनमा लागिरहन्छन्। तिनीहरूको हृदयमा आत्म-निन्दाको भावना हुँदैन; बढीमा तिनीहरूले छोटकरीमा केही विषयहरूको बारेमा अनौपचारिक रूपमा उल्लेख गर्लान्, तर यसलाई त्यतिमै टुङ्‍ग्याउँछन्। तिनीहरूले सत्यको बारेमा सङ्‍गति गर्दैनन्, न त तिनीहरूले अरूका समस्याहरूको सारलाई औँल्याउँछन्, तिनीहरूले मानिसहरूको अवस्थाहरूको सुक्ष्म विश्लेषण गर्ने कुरा त परै जाओस्। तिनीहरूले मानिसहरूलाई सत्य वास्तविकतामा प्रवेश गराउनको निम्ति नेतृत्व गर्दैनन्, र तिनीहरूले परमेश्‍वरको इच्छा के हो वा मानिसहरूले गर्ने गल्तीहरू वा मानिसहरूले प्रकट गर्ने भ्रष्ट स्वभावहरू के हुन् भन्नेबारेमा कहिले पनि सञ्‍चार गर्दैनन्। तिनीहरूले यी व्यवहारिक समस्याहरूको समाधान गर्दैनन्; बरु, तिनीहरू अरूको कमजोरी र नकारात्मकता र तिनीहरूको लापरवाहीपन र उदासीनताप्रति समेत सधैँ आसक्त हुन्छन्। तिनीहरूले यी मानिसहरूका काम र व्यवहारहरूलाई तिनीहरू के हुन् भनी नखुट्ट्याईकन त्यतिकै छोड्छन् र तिनीहरूले ठ्याक्कै त्यही गर्ने हुनाले धेरैजसो मानिसहरूले सोच्छन्, ‘हाम्रो अगुवा हाम्रो निम्ति आमा जस्तै छन्। उनलाई हाम्रो कमजोरीको बारेमा परमेश्‍वरलाई भन्दा पनि राम्रो बुझाइ छ। हाम्रो कद परमेश्‍वरको मापदण्डअनुसार जिउनको निम्ति धेरै सानो हुन सक्छ, तर यो हाम्रो अगुवाको अपेक्षाअनुसार जिउनको निम्ति पर्याप्त छ। उनी हाम्रो निम्ति असल अगुवा हुन्। …’ यदि मानिसहरूले यस्ता विचार राखे भने—यदि तिनीहरूले आफ्ना अगुवासँग यस किसिमको सम्बन्ध विकास गरे, तिनीहरूमा ती अगुवाको यस्तो छाप पर्‍यो र तिनीहरूले आफ्ना हृदयमा ती अगुवाप्रति निर्भरता, प्रशंसा, आदर र श्रद्धाको भावना विकास गरे भने—ती अगुवाहरूले कस्तो महसुस गर्नुपर्छ? यदि यस विषयमा तिनीहरूले आत्म-निन्दा, केही असहजता र परमेश्‍वरप्रति ऋणीपन महसुस गर्छन् भने, तिनीहरूले आफ्नो ओहोदा वा अरूका हृदयमा आफ्नो छविप्रति आसक्त हुनुहुँदैन। तिनीहरूले परमेश्‍वरलाई गवाही दिनुपर्छ र उहाँको बढाइ गर्नुपर्छ, ताकि मानिसहरूका हृदयमा उहाँको निम्ति ठाउँ होस् र ताकि मानिसहरूले परमेश्‍वरलाई महान् मानेर आदर गरून्। तब मात्र तिनीहरूको हृदयमा साँचो रूपमा शान्ति हुनेछ र यसो गर्ने व्यक्ति सत्यताको पछि लाग्‍ने व्यक्ति हो। यद्यपि, यदि तिनीहरूको कार्यपछाडिको लक्ष्य यो होइन भने र यसको साटो, तिनीहरूले मानिसहरूलाई साँचो बाटोदेखि पथभ्रष्ट गराई सत्यता त्याग्‍न लोभ्याउनको निम्ति, मानिसहरूले आफ्ना कर्तव्यहरूप्रति प्रदर्शन गरेका लापरवाही, झारातिरुवा र गैरजिम्मेवार शैलीमा लिप्त हुने हदसम्म पुगी, मानिसहरूको हृदयमा निश्‍चित ठाउँ ओगट्ने र तिनीहरूको शुभेच्छा जित्‍ने लक्ष्यका साथ आफ्ना विधि र तौरतरिकाहरूको प्रयोग गर्छन् भने, के यो मानिसहरूलाई जित्‍ने प्रयास होइन र? अनि के यो दुष्ट, घृणित कुरो होइन र? यो घृणित कुरा हो!” (ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरू मानिसहरूलाई जित्ने कोसिस गर्छन्”)। परमेश्‍वरको वचनहरूले प्रकाश पारेको कुराले मलाई के महसुस गरायो भने मेरो दुष्ट स्वभावअनुसार कार्य गर्नु अनिवार्य रूपमा मानिसहरूलाई धोका दिनु हो र उनीहरूलाई वशमा राख्न, उनीहरूलाई नियन्त्रण गर्न उनीहरूलाई जित्ने प्रयास गर्नु हो। यो परमेश्‍वरको इच्छा विपरीत थियो र ठ्याक्कै त्यस्तै थियो जस्तो एउटा ख्रीष्टविरोधीले व्यवहार गर्दथ्यो। यो सोचले म धेरै नै भयभीत महसुस भएँ। अरुको हृदयमा मेरो स्थान र अगुवा चुनिने आफ्नो मौकालाई सुरक्षित गर्नको लागि, जब मैले दाजुभाई तथा दिदीबहिनीको कर्तव्यमा समस्या देख्थें, मैले सोझै कहिले पनि औंला उठाइन वा तिनको हल गर्न सत्यको बारेमा सङ्गति गरिनँ। यसको साटो मैले राम्रो सुनिने कुराहरू भनें ताकि अरुले मलाई मन पराउन् र मलाई दयालू र मायालु देखुन्। यसलाई महसुस नगरिकन, मैले अनुयायीहरू भेला गरिरहेको थिएँ र यस्तो हुन पुग्यो कि मैले धोका दिएका ती मानिसहरूले न त आफ्नो समस्याहरू देख्न सके, र तिनीहरूलाई ठीक गर्न सके बरु उनीहरूको जीवन प्रवेश क्षतिग्रस्त भयो, र तैपनि उनीहरूले मलाई आदर र प्रशंसा गर्थे। यो मेरो हकमा धेरै दुष्ट र घृणित थियो। दाजुभाई तथा दिदीबहिनीहरूको जीवनप्रति मेरो सम्मानको पूर्ण अभाव र उनीहरूका भ्रष्ट स्वभावहरूमा निर्भर रहँदै उनीहरूले निर्वाह गरेको कर्तव्यमा उनीहरूलाई सामेल गराउनुले हाम्रो काममा नकारात्मक प्रभाव पर्यो। म पूर्णरूपमा शैतानको सेवकको रूपमा कार्य गरिरहेको थिएँ, परमेश्‍वरको घरको कामलाई बाधा र कमजोर गरिरहेको थिएँ। यो महसुस भएपछि, मैले आफ्नो भ्रष्टतालाई अन्तरहृदय देखि नै घृणा गर्न थालें। म प्रार्थना र पश्चताप गर्न परमेश्‍वरको अगाडि आएँ। मैले भनें, “हे परमेश्‍वर, तपाईंको वचनहरूले मलाई मेरो दुष्ट स्वभाव कति गम्भीर छ र म ख्रीष्ट-विरोधीको बाटोमा हिँडिरहेको छु भन्ने देख्ने बनायो। म पश्चताप गर्न चाहन्छु र मेरो व्यक्तिगत मनसायहरू त्याग्न चाहन्छु र मेरो दुष्ट स्वभावअनुसार कार्य गर्न बन्द गर्न चाहन्छु।”

मैले आफ्नो प्रार्थना सकेपछि परमेश्‍वरको यी वचनहरूको बारेमा सोचें: “‘अनि यहोवा परमेश्‍वरले मानिसलाई आज्ञा गर्दै यसो भन्नुभयो, तैँले बगैँचाको हरेक रूखबाट स्वतन्त्र रूपमा खान सक्छस्: तर असल र खराबको ज्ञानको रूखबाट तैँले खानु हुँदैन: किनभने तैँले त्यसबाट खाएको दिन तँ निश्‍चय नै मर्नेछस्।’ … परमेश्‍वर बोल्‍नुभएको यी संक्षिप्‍त वचनमा, के तँ परमेश्‍वरको स्वभावको कुनै कुरा देख्‍न सक्छस्? के परमेश्‍वरका यी वचनहरू सत्य छन्? कुनै छल छ? कुनै झूट छ? कुनै त्रास छ? (छैन।) परमेश्‍वरले ईमानदारसाथ, सत्यतापूर्वक र सच्‍चारूपले मानिसलाई उसले के खानुहुन्छ र के खानुहुँदैन भनी बताउनुभयो। परमेश्‍वरले स्पष्‍ट रूपमा र सरल रूपमा बोल्‍नुभयो। के यी वचनहरूमा कुनै गुप्‍त अर्थ छन्? के यी वचनहरू सीधा छैनन्? के अनुमान गर्नुपर्ने कुनै आवश्यकता छ? (छैन।) अनुमान गर्नुपर्ने आवश्यकता छैन। तिनीहरूको अर्थ एक झलकमै स्पष्‍ट हुन्छ। ती पढेपछि तिनीहरूको अर्थ पूर्णतया स्पष्‍ट भएको महसुस गर्न सकिन्छ। त्यसैले, परमेश्‍वरले भन्‍न चाहनुभएको र उहाँले व्यक्त गर्न चाहनुभएको कुरा उहाँको हृदयबाट आउँछ। परमेश्‍वरले व्यक्त गर्नुहुने कुराहरू सफा, सीधा र स्पष्‍ट छन्। कुनै गुप्‍त अभिप्रायहरू हुँदैनन्, न त कुनै गुप्त अर्थहरू नै हुन्छन्। उहाँ मानिससँग प्रत्यक्ष रूपमा बोल्‍नुहुन्छ, उसले के खानुहुन्छ र के खानुहुँदैन भनी उसलाई बताउनुहुन्छ” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय ४”)। मैले यो पढें र वास्तवमा नै परमेश्‍वर हामीसँग कति धेरै सच्चा हुनुहुन्छ भन्ने महसुस गरें। जब परमेश्‍वरले आदमलाई आज्ञा दिनुभयो, उहाँ धेरै स्पष्ट हुनुहुथ्यो कि के खान हुन्छ, र के खान हुँदैन ताकि के गर्ने भनेर मानिसले स्पष्ट रूपमा थाहा पाउन सकुन्। परमेश्‍वरको वचनहरूमा कुनै पनि भ्रमित वा गलत बाटोमा डोर्याउने कुरा थिएन, र कुनै धूर्तता वा छल थिएन। परमेश्‍वर केवल मानवजातिको लागि उत्तम कुरा चाहनुहुन्थ्यो। उहाँले वास्तवमा नै हाम्रो बारेमा सोचिरहनुभएको थियो। उहाँले बिल्कुलै इमान्दारीको साथ मानिससँग बोल्नुभयो। मैले परमेश्‍वरको सार इमान्दार, पवित्र, परोपकारी र सुन्दर छ भन्ने देखें। उहाँ साँच्चै नै हाम्रो भरोसा र प्रशंसाको पात्र हुनुहुन्छ। तर मेरो कुरा गर्दा, म दाजुभाई र दिदीबहिनीसँग बिल्कुलै इमान्दार थिइनँ। मैले भनेका र गरेका हरेक कुरा मेरो व्यक्तिगत मनसायले दूषित थियो। म झूट र छलले भरिएको थिएँ। मैले केवल मानिसहरूलाई धोका दिइरहेको र प्रयोग गरिरहेको थिएँ र अन्ततः दाजुभाई र दिदीबहिनीहरूलाई हानि पुर्याइरहेको थिएँ। यो मेरो अति दुष्ट रूप थियो। यो सोचेर मलाई धेरै नै दोषी र पछुतो महसुस भयो। त्यसपछि म सिस्टर जिया र सिस्टर चेंगलाई खोज्न गएँ र मेरो भ्रष्ट स्वभावको बारेमा उनीहरूलाई खुलेर बताएँ। उनीहरूको कर्तव्यमा मैले देखेको समस्याहरूको बारेमा पनि उनीहरूलाई भनें। उनीहरूले मेरो बारेमा बिल्कुलै खराब सोचेनन्, बरु उनीहरूले यो भने कि मैले उनीहरूको समस्या स्पष्ट रूपमा देखाउँदा उनीहरूलाई यसमा मनन गर्न मद्दत गर्ने थियो, अन्यथा उनीहरूले आफ्नो समस्या कति गम्भीर रहेको छ भन्ने महसुस गर्ने थिएनन्। उनीहरूले मलाई यो पनि भने कि यदि मैले भविष्यमा समस्याहरू देखें भने फेरि पनि उनीहरूलाई निसङ्कोच बताउनु। त्यसपछि मैले उनीहरूमा केही परिवर्तनहरू देखें र उनीहरूले आफ्नो कर्तव्य राम्रोसँग गर्न थाले। यसले मलाई निकै खुशी बनायो।

यसपछि मेरो भक्तिमा, मैले परमेश्‍वरको वचनहरूमा आफ्नो भ्रष्ट स्वभावको समाधान खोज्न ध्यान केन्द्रित गरें। मैले परमेश्‍वरका वचनहरूको केही खण्डहरू पढेँ। “तैँले अहिले तेरा कर्तव्यहरू पूरा गरे पनि वा स्वभावगत परिवर्तनका प्रारम्‍भिक चरणहरूको खोजी गरे पनि, यस क्रममा तैँले जुनसुकै भ्रष्ट स्वभावहरू प्रकट गरे पनि—तैँले तिनलाई समाधान गर्नको लागि सत्यताको खोजी गर्नैपर्छ। … उदाहरणको लागि, यदि तैँले सधैँ मनोहर सुनिने शब्‍दहरूले देखावटी काम गर्ने प्रयास गर्छस् भने, यदि तँ सधैँ अरूको हृदयमा स्थान पाउने र अरूले तँलाई आदर गरून् भन्‍ने चाहना गर्छस् भने, यदि तँमा यस्ता इरादाहरू छन् भने, त्यसको अर्थ तँ तेरो स्वभावद्वारा नियन्त्रित छस् भन्‍ने हुन्छ। के तैँले यी मनोहर सुनिने शब्‍दहरू बोल्नुपर्छ त? (पर्दैन।) यदि तैँले ती शब्‍दहरू बोल्दैनस् भने, के तैँले तिनलाई लुकाएर राख्नुपर्छ त? यदि तैँले अरू मानिसहरूले तेरा इरादाहरूलाई पत्ता लगाउन नसक्‍ने किसिमका चलाख वाक्यांशहरू, फरक वाक्यशैलीहरू भेट्टाइस् भने, यो अझै पनि तेरो स्वभावसम्‍बन्धी समस्या नै हो। कस्तो स्वभाव? त्यो त दुष्टताको स्वभाव हो। के भ्रष्ट स्वभावहरू समाधान गर्न सजिलो हुन्छ त? यसमा व्यक्तिको प्रकृति सार समावेश हुन्छ। मानिसहरूसँग यो सार, यो जड हुन्छ, र यसलाई एक-एक गरी खोतलेर निकाल्‍नुपर्छ। यसलाई हरेक स्थितिबाट, तैँले बोल्‍ने हरेक शब्‍दपछाडिका हरेक इरादाहरूबाट खोतलेर निकालिनुपर्छ। यसलाई तैँले बोल्‍ने शब्‍दहरूबाट सुक्ष्म विश्लेषण गरेर बुझ्‍नुपर्छ। जब त्यस्तो चेतना अझै स्पष्ट बन्दै जान्छ र तेरो आत्मा अझै चलाख बन्दै जान्छ, तब तैँले परिवर्तनहरू हासिल गर्न सक्छस्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “तैँले आफैलाई चिनेपछि मात्रै तैँले सत्यताको खोजी गर्न सक्छस्”)। “तैंले गर्ने सबै काम, प्रत्येक कार्य, प्रत्येक उद्देश्य र प्रत्येक प्रतिक्रिया परमेश्‍वरको सामु ल्याउनुपर्छ। यहाँसम्म कि तेरो दैनिक आत्मिक जीवन—तेरा प्रार्थनाहरू, परमेश्‍वरसँगको तेरो घनिष्ठता, तँ परमेश्‍वरका वचनहरू कसरी खान्छस् र पिउँछस्, तेरा भाइबहिनीहरूसित तेरो सङ्गति र मण्डलीभित्रको तेरो जीवन—र साझेदारीमा गरिएको तेरो सेवालाई परमेश्‍वरको जाँचका निम्ति उहाँको सामने ल्याउन सकिन्छ। यो यस्तो अभ्यास हो जसले तँलाई जीवनमा वृद्धि हासिल गर्न मद्दत गर्दछ। परमेश्‍वरको जाँच स्वीकार्ने प्रक्रिया शुद्धीकरणको प्रक्रिया हो। तँ जति धेरै परमेश्‍वरको जाँचलाई स्वीकार गर्न सक्छस्, त्यति नै बढी तँ शुद्ध हुन्छस् र जति धेरै तँ परमेश्‍वरको इच्छाअनुसारको हुन्छस्, तँ अनैतिक कार्यमा आकर्षित हुनेछैनस्, र तेरो हृदय उहाँको उपस्थितिमा रहनेछ। तैँले उहाँको जाँचलाई जति धेरै स्वीकार गर्छस्, शैतानको अपमान र शरीरलाई छोड्ने तेरो क्षमता त्यति नै बढी हुन्छ। यसैले परमेश्‍वरको जाँचलाई स्वीकार गर्नु भनेको मानिसहरूले अनुसरण गर्नुपर्ने अभ्यास हो। चाहे तैँले जेसुकै गरे पनि, तैंले तेरा भाइबहिनीहरूसित बातचित गर्दा समेत तैंले आफ्ना कार्यहरू परमेश्‍वरको सामु ल्याउन र उहाँको जाँच खोज्न र स्वयम् परमेश्‍वरको आज्ञापालन गर्न सक्छस्; यसले तैंले अभ्यास गर्ने कुरालाई अझै सटीक बनाउँछ। तैंले गर्ने सबै कुराहरू परमेश्‍वरको सामु ल्याइस् र परमेश्‍वरको जाँचलाई स्वीकार गरिस् भने मात्र तँ त्यो व्यक्ति हुन सक्छस्, जो परमेश्‍वरको उपस्थितिमा जिउँछ” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरले उहाँको हृदय अनुसारकाहरूलाई सिद्ध बनाउनुहुन्छ”)। जब मैले परमेश्‍वरको वचनहरूमा चिन्तन गरें, यो स्पष्ट भयो कि कुनै पनि समस्याको समयमा, मैले आफ्नो विचारहरूको जाँच गर्नुपर्छ, मेरो शब्द र कार्यहरूको पछि रहेको मनसाय चिन्तन गर्नुपर्छ, मेरो बोली र कार्यलाई परमेश्‍वरको अगाडि ल्याउनुपर्छ र उहाँको जाँच स्वीकार गर्नुपर्छ, मैले दुष्ट स्वभाव प्रकट गर्न थालेको पाएँ भने आफूलाई विश्लेषण गर्दै चिन्नुपर्छ, र अबिलम्ब प्रार्थना गर्नुपर्छ र आफूलाई इन्कार गर्नुपर्छ। यसरी मेरो भ्रष्टताको त्यो पक्ष बिस्तारै सफा हुनेछ।

पछि, मैले एकजना सिस्टरलाई देखें जो कमजोर देखिन्थिन् र कुनै पनि कठिनाइ झेल्न तयार थिइनन्। जब-जब उनी आफ्नो सुसमाचारको कार्यमा केही समस्यामा पर्थिन्, उनी पछि हट्थिन्। मलाई लाग्यो उनले आफ्नो कर्तव्यको जिम्मेवारी लिइरहेकी छैनन् र सबै कुरा ठीक गर्न मैले तत्काल उनीसँग सङ्गति गर्नु आवश्यक छ। तर मेरो समस्या फेरि खडा भयो। मलाई लाग्यो यदि मैले उनको समस्या बताएँ भने, उनले म धेरै कठोर हुँदैछु भन्ने सोच्नेछिन् र मेरो प्रतिरोध गर्छिन्, र मेरो विरुद्धमा हुनेछिन्। उनलाई स्वीकार्य हुने गरी र उनी मेरो विरुद्ध पूर्वाग्रह नहुने गरी यसलाई कसरी मिलाउने होला भन्ने मेरो सोचमा आयो। यो सोचमा मलाई के महसुस भयो भने मैले फेरि दाजुभाई र दिदीबहिनीहरूको माझ मेरो हैसियत र छविलाई जोगाउँदैछु। मैले आफ्नो हृदयमा परमेश्‍वरलाई यो प्रार्थना गरें: “हे परमेश्‍वर, म तपाईंको जाँच स्वीकार गर्न र आफ्नो व्यक्तिगत मनसायहरू त्याग्न तयार छु। मेरो सिस्टरलाई मद्दत गर्न सत्य बारेको सङ्गति र मेरो कर्तव्य पूरा गर्न चाहन्छु।” त्यसपछि, मैले यो सिस्टरको समस्यालाई सुक्ष्म विश्लेषण गर्दै सङ्गति गरें। यसलाई व्यवहारमा उतारेपछि मलाई धेरै आत्मशान्ति मिल्यो। अब मसँग आफ्नो दुष्ट स्वभावमाथि केही सुक्ष्मज्ञान रहेको छ, र जब म कुनै समस्याको सामना गर्छु, म सचेत भएर सत्यको खोजी गर्छु र मेरो स्वार्थी मनसायलाई छोडिदिन्छु। म परमेश्‍वरको वचनहरूअनुसार कार्य गर्न सक्षम छु। यो सबै परमेश्‍वरको वचनहरूको न्यायको माध्यमबाट प्राप्त भएको हो। म परमेश्‍वरले दिनुभएको मुक्तिको लागि धेरै आभारी छु!

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

के मानिसहरूलाई खुशी पार्ने व्यक्तिले परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छ?

हाओ झेङ्ग, चीनम गरिब, पहाडको पछाडिएको ठाउँबाट आएको हुँ जहाँ सामन्ती प्रचलन र जटिल व्यक्तिगत सम्‍बन्धहरू रहेका छन्। त्यस वातावरण र मेरा...

आफ्‍नो कर्तव्यलाई कसरी लिनुपर्छ

झेङ्ग ये, दक्षिण कोरियामैले विश्‍वासी बनेपछि मण्डली अगुवाहरूले प्रायजसो सत्यता सम्‍बन्धी भेला र सङ्गतिहरू गरेको देख्थें। कतिपयले भिडियोहरू...

बिमारीको माध्यमबाट आशिष पाउने मेरो मनसाय खुलासा भयो

झेन्क्षिङ्ग, अमेरिका सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा खोजी गर्ने कुरा भनेको भविष्यको लागि...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्