मानिसहरूलाई खुशी पार्दै हिँड्नुको तिक्तता

16 डिसेम्बर 2024

फ्र्याङ्की, ग्रीस

गत वर्ष सडकमा सुसमाचार प्रचार गरिरहेका ब्रदर ग्याब्रियललाई बर्खास्त गरियो। मैले तिनलाई यसबारेमा सोध्दा, तिनले केही वर्षदेखि आफ्नो कर्तव्यमा राम्रो काम गर्न सकेको थिइनँ भनेर भने; तिनले आफ्‍नै तरिकाले काम गर्थे, र तिनी स्वेच्छाचारी थिए, जसले गर्दा मण्डलीको काममा बाधा पुग्यो, त्यसकारण तिनलाई बर्खास्त गरिएको थियो। तिनलाई त्यस्तो मोडमा पुगेको देख्दा र त्यति पछुतो र भयानक अनुभवले भरिएको देख्दा, मलाई नराम्रो लाग्यो। हामीले सँगै काम गर्दाको क्षण सम्झँदा, मैले तिनलाई लटरपटर गर्दै काम गरेको र आफू खुशी गर्ने गरेको देखेको थिएँ। म तिनलाई यो कुरा औँल्याउन, आफ्‍नो बारेमा मनन गर्न र आत्मसचेतना हासिल गर्न मदत गर्न चाहन्थेँ, तर मुख खोल्‍न लाग्दालाग्दै म हिचकिचाएँ। मैले सोचेँ, “उनलाई बर्खास्त गर्दा अगुवाले नै उनलाई काफी रूपमा खुलासा र निराकरण गरे होलान्, त्यसकारण उनी पहिले नै दयनीय हालतमा हुनुपर्छ। यदि मैले पनि केही भनेँ भने, के त्यो घाउमा नुन हाल्‍नुसरह हुनेछैन र? के उनले ममा सहानुभूतिको कमी छ भन्‍ने सोच्‍नेछैनन् र? यसको साथै, मैले पत्ता लगाएका समस्याहरूको बारेमा अगुवाले पक्‍कै पनि पहिले नै उल्‍लेख गरिसकेको हुनुपर्छ, त्यसकारण म उनलाई सान्त्वना मात्रै दिनेछु।” त्यसैले मैले तिनलाई भनेँ, “मलाई थाहा छ तपाईंले सडकमा सुसमाचार सुनाउँदै बिताउनु भएका यतिका वर्षमा, तपाईंले धेरै अनुभव हासिल गर्नुभएको छ, वा कम्तीमा पनि धेरै अन्तर्दृष्टि पाउनुभएको छ। यहाँको मण्डलीका धेरैजसो ब्रदर-सिस्टरहरू केही वर्षपहिले मात्र आबद्ध भएका नयाँ विश्‍वासीहरू छन्; तिनीहरूसँग सुसमाचार प्रचारसम्‍बन्धी त्यति धेरै अनुभव छैन। तपाईं घर फर्केपछि सबैलाई सहयोग गर्न सक्‍नुहुन्छ।” तर अचम्‍मको कुरा, तिनले यस्तो प्रतिक्रिया दिए, “ब्रदर, तपाईंले यसो भनेको सुन्दा मलाई उदास लाग्छ। तपाईंले मेरा समस्याहरू औँल्याउनुहुन्छ र मलाई आत्मचिन्तन गर्न र अझ आत्मसचेत हुन मदत गर्नुहुन्छ होला भन्‍ने सोचेको थिएँ; त्यो मेरो जीवनको लागि फाइदाजनक हुनेथियो। तर, तपाईंले त म यस्तो अवस्थामा झरेको बेलामा समेत मेरो प्रशंसा गरिरहनुभएको छ, र मलाई मेरो बर्खास्ती ठूलो कुरा होइन र म अरूभन्दा सक्षम छु भनेर सोच्न लगाइरहनुभएको छ। तपाईं मान्छे खुसी पारिहिँड्ने व्यक्ति बन्दै हुनुहुन्छ, र शैतानको चम्चेको भूमिका खेल्दै मलाई नरकको नजिक धकेलिरहनुभएको छ। यी मिठामसिना शब्‍दहरूले मानिसहरूलाई सुधार गर्दैनन्, त्यसैले अबदेखि यस्तो कुरा नभन्‍नुहोस्। यो प्रेम गर्नु होइन, यो त खासमा अरूको लागि हानिकारक र विनाशकारी हुन्छ।” ती ब्रदरले यसो भनेको सुन्दा, मैले निकै लज्‍जित महसुस गरेँ र मलाई दुलोभित्र लुकूँ झैँ लाग्यो। ग्याब्रियलले विश्‍वास गरेको धेरै वर्ष भएको भए पनि तिनको भ्रष्ट स्वभावमा त्यति धेरै परिवर्तन आएको थिएन र तिनले आफ्‍नो कर्तव्यमा कहिल्यै पनि कुनै स्पष्ट उपलब्धि प्राप्त गरेका थिएनन्, र यो खतरनाक स्थिति थियो भन्‍ने मलाई थाहा थियो। तर मैले भने तिनका समस्याहरू औँल्याएर मदत गर्नुको सट्टा केवल मिठा कुराहरू बोलिरहेको थिएँ। म बाहिरी संसारको शैलीमा कपटी, विनम्र र तारिफ गर्ने व्यक्ति भइरहेको थिएँ। के त्यो उनीसित खेल खेल्नु र छली हुनु थिएन र? ग्याब्रियलको त्यो बर्खास्ती तिनको लागि मनन गर्ने र आफूलाई चिन्‍ने राम्रो मौका थियो। यदि तिनले सत्यताको खोजी गर्न, आत्मचिन्तन गर्न र साँचो रूपमा पश्‍चात्ताप गर्न सक्थे भने, त्यो असफलता उनको विश्‍वासको लागि परिवर्तनको बिन्दु हुन सक्थ्यो। तर तिनको भावनासँग खेल्‍न र तिनलाई बिथोल्न र बहकाउन केही पाखण्डी कुरा गर्दै म ठेस लाग्‍ने ढुङ्गा बनिरहेको थिएँ। म शैतानको चम्चे भइरहेको थिएँ। परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिन सक्दो गर्नुहुन्छ, तर शैतानले मानिसहरूलाई बिथोल्न र बाधा दिन, र तानेर तिनीहरूलाई नरकमा लैजान युक्ति र षडयन्त्र रच्छ। मेरो त्यस व्यर्थको कुराले मेरो ब्रदरलाई हानि मात्रै गरिरहेको थियो। त्यस्तो सोच्दा, मलाई निकै डर लाग्यो, त्यसैले मैले पढ्नको लागि परमेश्‍वरका केही वचनहरू खोजेँ, र परमेश्‍वरका ती वचनहरू मनन गर्दै मेरो यो समस्या चिन्‍ने प्रयास गर्न थालेँ।

मैले देखेँ कि परमेश्‍वरका वचनहरूले यसो भन्दा रहेछन्: “यदि कुनै दाजुभाइ वा दिदीबहिनीसँग तेरो राम्रो सम्‍बन्ध छ, र तिनीहरूले आफूमा भएको गलत कुरालाई औँल्याउन तँलाई अनुरोध गर्छन् भने, तैँले कसरी यो काम गर्नुपर्छ? यो कुरा तैँले त्यस विषयलाई कसरी लिन्छस् भन्‍ने तरिकासँग सम्‍बन्धित छ। के तेरो तरिका सत्यता सिद्धान्तहरूमा आधारित छ, कि तैँले संसारसँग व्यवहार गर्ने दर्शन प्रयोग गर्छस्? तिनीहरूमा समस्या छ भनेर स्पष्टसित देख्दा पनि तैँले आफ्नो सम्बन्धमा हानि नपुगोस् भनेर तिनीहरूलाई तुरुन्तै त्यो बताउँदैनस्, बरु ‘मेरो कद अहिले निकै सानो छ र मैले तपाईँका समस्याहरू पूर्ण रूपमा बुझेको छैन, पूर्ण रूपमा बुझेपछि म तपाईँलाई बताउनेछु’ भन्दै बहाना बनाउँछस् भने, यसमा के समस्या छ? त्यसोभए समस्या के हो त? यसमा संसारसँग व्यवहार गर्ने दर्शन समावेश हुन्छ। के यो मानिसहरूलाई मूर्ख बनाउने प्रयास होइन र? तैँले स्पष्टसित जति देख्छस् त्यति बोल्‍नुपर्छ; र यदि कुनै कुरा तेरो लागि स्पष्‍ट छैन भने, स्पष्‍ट छैन भन्। आफ्‍नो मनमा जे छ त्यही भन्‍नु भनेको यही हो। यदि तँमा केही विचारहरू छन् र निश्‍चित कुराहरू तँलाई स्पष्ट भयो, तर तिनीहरूलाई चिढ्याउँछु, तिनीहरूको भावनामा चोट पुर्‍याउँछु भन्‍ने डर मानेर तैँले केही पनि नभन्‍ने निर्णय गर्छस् भने, यो संसारसँग व्यवहार गर्ने दर्शनअनुसार जिउनु हो। यदि तैँले कुनै व्यक्तिमा समस्या छ वा ऊ बरालिएको छ भन्‍ने पत्ता लगाइस् भने, तैँले उसलाई प्रेमसाथ सहयोग गर्न नसके पनि, कम्तीमा तैँले समस्या औँल्याउनुपर्छ ताकि उसले यस कुरालाई मनन गर्न सकोस्। यदि तैँले यसलाई बेवास्ता गरिस् भने, के यो उसलाई हानि गर्नु होइन र?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै व्यक्तिले परमेश्‍वरबारे आफ्‍ना धारणा र गलतफहमीहरू हटाउन सक्छ)। अनि, धूर्त मानिसहरूको बारेमा अर्को एउटा खण्ड पनि थियो: “तिनीहरूमा सकारात्मक कुराहरूप्रति कुनै प्रेम हुँदैन, तिनीहरू ज्योतिको तृष्णा गर्दैनन्, र परमेश्‍वरको मार्गलाई वा सत्यतालाई प्रेम गर्दैनन्। तिनीहरूलाई सांसारिक प्रचलनहरू पछ्याउन मन पर्छ, तिनीहरू ख्याति, प्राप्ति, र हैसियत भनेपछि हुरुक्‍कै हुन्छन्, तिनीहरू भीडभन्दा भिन्‍न हुन मन पराउँछन्, तिनीहरू ख्याति, प्राप्ति, र हैसियतको पूजा गर्छन्, अनि महान्‌ र प्रसिद्ध व्यक्तिहरूलाई श्रद्धा गर्छन्, तर यथार्थमा तिनीहरूले पिशाचहरू र शैतानहरूलाई श्रद्धा गर्छन्। तिनीहरू हृदयमा जे पछ्याउँछन् सत्यता, वा सकारात्मक कुराहरू होइनन्; बरु तिनीहरू ज्ञानको सम्मान गर्छन्। … तिनीहरू शैतानी दर्शन र त्यसको तर्क र हरेक परिस्थितिमा त्यसको हरेक चाल र हरेक छल प्रयोग गरेर मानिसहरूलाई आफ्नो व्यक्तिगत भरोसाको आडमा ठग्छन्, उनीहरूलाई आफ्नो आराधना र पिछा गर्न लगाउँछन्। यो परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू हिँड्नुपर्ने बाटो होइन; यस्ता मानिसहरूले मुक्ति नपाउने मात्र होइन, परमेश्‍वरको दण्डसमेत भेट्नेछन्—यसबारे कुनै शङ्का हुन सक्दैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। धर्ममा विश्‍वास गरेर वा धार्मिक समारोहमा सहभागी भएर मुक्ति पाउन सकिँदैन)। परमेश्‍वरका वचनहरूले मेरो मनसाय र भ्रष्टताको सत्यता पूर्ण रूपमा खुलासा गरे। ग्याब्रियलका समस्याहरूबारे मलाई स्पष्ट रूपमै थाहा थियो; तिनी आफ्‍नो कर्तव्यमा लापरवाही हुँदै आएका थिए र तिनले आफ्‍नो कर्तव्यमा मन लगाइरहेका थिएनन्। तिनी आफ्‍नो काममा लगनशील वा सिद्धान्तबद्ध थिएनन्। तिनी आफूलाई जे मन लाग्यो त्यही गर्थे, र तिनले मण्डलीको काम बिथोलेका थिए। तर म मानिसहरूलाई खुशी पार्दै हिँड्ने व्यक्ति थिएँ, र तिनलाई चिढ्याउँछु भन्‍ने डरले ती कुरा कहिल्यै औँल्याउन सकिनँ। अहिले तिनलाई बर्खास्त गरिएको थियो र तिनले आफ्‍ना असफलताहरूका बारेमा मसित खुलेर सङ्गति गरेका थिए। मैले तिनलाई आफूलाई चिन्‍न र परमेश्‍वरको अघि पश्‍चात्ताप गर्न मदत गर्न तिनका समस्याहरूका बारेमा कुरा गरेर परमेश्‍वरको इच्‍छाको बारेमा सङ्गति गर्नुपर्थ्यो। त्यो साँचो रूपमा प्रेमपूर्ण, फाइदाजनक र सुधारकारी हुनेथियो। तर म त मानिसलाई खुशी पार्ने व्यक्ति थिएँ र मैले केही बनावटी कुराहरू भनेँ। के मैले तिनलाई मूर्ख बनाएर मलाई मन पराउने बनाउने प्रयास गरिरहेको थिइनँ र? तिनले असफलता अनुभव गर्दा म तिनलाई तिनको निराकरण र खुलासा गर्ने अगुवा हुन्, तर तिनको हृदयप्रति न्यानो र सान्त्वनाको व्यवहार गर्ने म हुँ भन्‍ने अनुभव गराउन चाहन्थेँ। त्यसपछि तिनी कृतज्ञ भएर मलाई राम्रो सोच्‍नेथिए। मैले त ती ब्रदरसँग कुराकानी गर्दा अविश्‍वासीहरूको सांसारिक दर्शनहरू प्रयोग गरिरहेको थिएँ, जस्तै “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू,” “अरूको भावना र तर्कसँग मिल्‍ने कुरा गर्नू, किनभने हकी कुरा गर्दा अरूलाई रिस उठ्छ,” “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ” आदि इत्यादि। ती सबै जिउने दुष्ट र सांसारिक शब्‍दहरू हुन् र ती पूर्ण रूपमा शैतानी दर्शनहरू हुन्। अविश्‍वासीहरूका अन्तरक्रियाहरूले सधैँ शैतानी सांसारिक दृष्टिकोणहरूलाई समर्थन गर्छन्, र तिनीहरूका शब्दहरू सधैँ चापलुसी र ढोङ्ग गर्ने खालका हुन्छन्। तिनीहरू सबैले देखावटी व्यवहार गर्छन्, अरूको भावना पढछन्, आफूले बोल्ने हरेक कुरामा चलाकी प्रयोग गर्छन्, र एउटा पनि सच्‍चा वा वास्तविक कुरा बोल्दैनन्। म त परमेश्‍वरको धेरै वचन खाएको र पिएको पुरानो विश्‍वासी थिएँ, तैपनि मैले एउटै सच्‍चा कुरा पनि बोल्‍न सकिनँ। बरु, मैले अविश्‍वासीले जस्तै शैतानी दर्शनहरू प्रयोग गरेँ, र म शैतानको पात्र थिएँ, र म झन्झन्‌ चिप्‍ले र कुटिल बनेँ। यो साँच्‍चै नै दयनीय कुरा थियो! मैले परमेश्‍वरका यी वचनहरू स्मरण गरेँ: “यदि विश्‍वासीहरू तिनीहरूका बोलीवचन र आचरणमा गैरजिम्मेवार र अनियन्त्रित छन् र गैरविश्‍वासीहरू जस्तो व्यवहार गर्छन् भने तिनीहरू गैरविश्‍वासीहरूभन्दा पनि बढी दुष्ट छन्; भूतात्माहरूको असली नमुना हुन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। “तँ जति धेरै परमेश्‍वरको उपस्थितिमा रहन्छस्, तँसँग उति नै धेरै अनुभवहरू हुनेछन्। यदि तँ संसारमा अझै पनि पशुझैँ जिउँछस् भने—तेरो मुखले परमेश्‍वरमाथिको विश्‍वासको घोषणा गरिरहेको हुन्छ तर तेरो हृदय भने अन्यत्रै हुन्छ—अनि यदि तँ अझै पनि सांसारिक कुराहरू सम्‍बन्धी दर्शनहरूको अध्ययन गर्छस् भने, तेरा सबै अघिल्‍ला प्रयासहरू व्यर्थका भएका हुँदैनन् त?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अनुभवको विषयमा)। वर्षौंको मेरो विश्‍वासलाई फर्केर हेर्दा, मैले सत्यतालाई प्राप्त गरेको वा सरल र इमानदार व्यक्ति बनेको थिइनँ, बरु म त सधैँ सांसारिक चालचलनहरूमै लागिरहेको थिएँ। म सत्यतालाई प्रेम गर्ने वा स्विकार्ने व्यक्ति थिइनँ। अनि, मैले परमेश्‍वरको अघि आएर प्रार्थना गरेँ, “हे परमेश्‍वर, म कुटिल छु! म साँचो रूपमा पश्‍चात्ताप गरी शैतानी र सांसारिक दर्शनअनुसार जिउन छोड्‍न चाहन्छु।”

त्यो अनुभव र पाठपछि, अरूसँग अन्तरक्रिया गर्दा, म अझ बढी सतर्क हुन सक्षम भएँ, र समस्याहरूबाट तर्कँदै मानिसहरूलाई खुशी पार्ने बन्‍नुको साटो तिनीहरूलाई फाइदा पुग्‍ने गरी बोल्ने अभ्यास गर्न थालेँ। तर मलाई शैतानले अत्यन्तै गहन रूपमा भ्रष्ट तुल्याएको हुनाले, कुनै कुरा मेरो व्यक्तिगत चासोहरूसँग सम्‍बन्धित हुनेबित्तिकै, म फेरि मानिसहरूलाई खुशी पार्ने व्यक्ति नबनी बस्‍न सक्दिनथेँ।

त्यतिबेला, मैले ब्रदर हड्सनसँग भिडियो निर्माणको काम गरिरहेको थिएँ। तिनी निकै कठोर विचारका थिए र कामको बारेमा तिनलाई मभन्दा बढी थाहा थियो। मलाई लाग्यो कि, म विनम्र हुनुपर्छ ताकि तिनले मलाई अहङ्कारी र केही नजान्‍ने नसोचून्। त्यसकारण हाम्रो कर्तव्यको दौरान, हामीबीच वैचारिक मतभेद आउँदा, सम्बन्धमा आउने दरारबाट बच्‍न र तिनीसित मिलेरै बसिरहन, मैले “मैत्रीभाव सम्पत्ति हो भने धैर्यता चमक हो” भन्‍ने भनाइ नै पालन गर्ने प्रयास गरिरहेँ। कहिलेकहीँ तिनले बनाएका भिडियोहरूमा केही समस्या र गल्तीहरू देख्थेँ र म ती सुधार गर्न सुझाव दिन्थेँ, तर मैले उल्‍लेख गरेका कुराहरू तिनलाई समस्या हुन् जस्तो लाग्दैनथ्यो। तिनले केही बहाना वा व्यक्तिगत विचारहरू मात्रै प्रस्तुत गर्थे। म तिनीसँग पूर्ण रूपमा सहमत नभए पनि, मलाई थप विवाद गर्दा गतिरोध वा विवाद पैदा हुन्छ, र सबैले मलाई अहङ्कारी, आत्मधर्मी, र जिद्दी भन्‍नेछन् भन्‍ने डर लाग्थ्यो, त्यसैले म यो कुरालाई छोडिदिन्थेँ। हामीले त्यसरी नै केही महिना काम गर्‍यौँ, तर हाम्रा भिडियोहरू बहिर आउँदा, सधैँ कतै न कतै समस्याहरू देखा परिरहन्थे, र तीमध्ये धेरैजसो समस्याहरू मैले सुरुमा औँल्याएकै कुराहरू हुन्थे। फलस्वरूप, हामीले ती भिडियोहरूमा फेरि काम गर्नुपर्थ्यो। अन्ततः अहङ्कारी, आत्मधर्मी र जिद्दी भएको कारण हड्सनलाई बर्खास्त गरियो। आखिरमा यी भिडियोहरूको काम सम्पन्‍न त गरियो, तर यसबारेमा मलाई हृदयमा ढुक्‍क वा शान्ति महसुस भएन। बरु, चिन्ता र पछुतोले सतायो। म आफ्‍नो कर्तव्यमा मानिसहरूलाई खुशी पार्ने काम गर्थेँ, सतही सद्भाव कायम राख्थेँ, र अरूलाई चिढ्याइएला कि भनी डराउँथेँ, र सिद्धान्तहरू पालना गर्दिनथेँ। मैले साझेदार सहकर्मीको रूपमा आफ्नो जिम्मेवारी साँचो रूपमा पूरा गरेको थिइनँ, र भिडियो बनाउने काममा बाधा दिइरहेको थिएँ। मलाई एकदमै भयानक अनुभूति भयो। त्यसपछि अगुवा मसँग कुरा गर्न आइन् र यसो भन्दै मेरो खुलासा गरिन्, “ब्रदर-सिस्टरहरूसँग काम गर्दा तपाईंले सत्यता सिद्धान्तहरू पालन गर्नुभएको छैन। प्रोडक्शनको बेला तपाईंलाई हड्सनको विचार गलत छ भनेर स्पष्टै थाहा थियो, र पनि कुनै विवाद हुन नदिन र आफ्नो छवि रक्षा गर्न तपाईंले अन्धाधुन्ध ब्रदर चेनलाई पछ्याउनुभयो, जसले गर्दा भिडियोहरूमा फेरि काम गर्नुपर्‍यो र हाम्रो प्रगतिमा ढिलाइ भयो।” त्यसपछि तिनले भनिन्, “तपाईं अरू जसरी हिड्छन्, त्यसैअनुसार हिँड्नुहुन्छ। तपाईंले सत्यताको खोजी गरेर यसलाई तुरुन्तै समाधान गर्नुपर्छ।” यो सुन्दा मलाई गाह्रो भयो। त्यसपछिका केही दिनसम्‍म मैले यस विषयमा प्रार्थना र चिन्तन गरिरहेँ र परमेश्‍वरका वचनहरू पढिरहेँ।

मैले देखेँ कि सर्वशक्तिमान्‌ परमेश्‍वरले यसो भन्‍नुभएको रहेछ: “हर प्रकटीकरणको लागि ख्रीष्टविरोधीका वचनहरू विशेष रूपमा दयालु, सभ्य र विशिष्ट देखिन्छन्। जसले सिद्धान्त उल्लङ्घन गर्ने, र मण्डलीको काममा भाँजो हाल्ने र बाधा दिने काम गरे ख्रीष्टविरोधीले यी मानिसहरूलाई खुलासा वा आलोचना गर्दैनन्; तिनीहरूले आँखा चिम्लिन्छन्, र मानिसहरूलाई आफू हर मामिलामा उदार भएको सोच्ने तुल्याउँछ। मानिसहरूले जस्तोसुकै भ्रष्टताहरू प्रकट गर्ने र दुष्ट कार्यहरू गर्ने भए पनि, ख्रीष्टविरोधी बुझकी र सहनशील हुन्छ। तिनीहरू क्रोधित हुँदैनन्, वा झनक्‍कै रिसाउँदैनन्, मानिसहरूले केही गलत काम गर्दा र परमेश्‍वरको घरका हितलाई हानि पुऱ्याउँदा, तिनीहरू झर्कंदैनन् र ती मानिसहरूलाई दोष दिँदैनन्। जोसुकैले खराब काम गरेको र मण्डलीको काममा बाधा पुऱ्याएको भए पनि, तिनीहरूले आफूसँग यसको कुनै सरोकार छैनझैँ गरी यसलाई कुनै वास्ता गर्दैनन्, र यस विषयको खातिर तिनीहरूले मानिसहरूलाई कहिल्यै चिढ्याउनेछैनन्। ख्रीष्टविरोधीहरूले सबैभन्दा धेरै केको चिन्ता गर्छन्? कति जना मानिसहरूले तिनीहरूको मान गर्छन्, र तिनीहरूले कष्ट भोग्दा कति मानिसहरूले देख्छन्, र यसको लागि प्रशंसा गर्छन् भन्‍ने कुरालाई लिएर तिनीहरू सबैभन्दा धेरै चिन्तित हुन्छन्। ख्रीष्टविरोधीहरू कष्ट व्यर्थमा कहिल्यै खेर जानु हुँदैन भन्‍ने विश्‍वास गर्छन्; तिनीहरूले जुनै कठिनाइ सहे पनि, तिनीहरूले जे मूल्य चुकाए पनि, तिनीहरूले जुनै असल काम गरे पनि, तिनीहरू अरूप्रति जति नै रखवाला, विचारशील र प्रेमिलो भए पनि, ती सबै व्यवहार अरूको अगाडि नै गरिनुपर्छ, ताकि त्यो कुरा अझ धेरै मानिसहरूले देख्न सकून्। अनि, तिनीहरूले यसरी व्यवहार गर्नुको लक्ष्य के हो? मानिसहरूको निगाह पाउनु, धेरै मानिसहरूलाई हृदयमा तिनीहरूका कार्यहरू, आचरण र चरित्रको अनुमोदन र स्वीकृति महसुस गराउनु। कतिपय ख्रीष्टविरोधीहरूले यो बाहिरी रूपमा असल देखिने व्यवहारद्वारा आफूलाई ‘एक असल व्यक्ति’ को रूपमा स्थापित गर्ने प्रयाससमेत गर्छन्, ताकि सहयोग माग्दै अझै बढी मानिसहरू तिनीहरूकहाँ आऊन्। … तिनीहरूका कार्यहरूले मानिसहरूलाई हृदयमा तिनीहरूको आराधना गर्ने तुल्याइसकेका मात्र हुँदैनन्, त्यहाँ तिनीहरूका लागि ठाउँ समेत राख्छन्। तिनीहरू परमेश्वरको स्थान लिन चाहन्छन्—ख्रीष्टविरोधीले यी कामकुरा गर्नुको उद्देश्य यही हो। यी कामकुरा गरेर ख्रीष्टविरोधीले सुरुवाती सफलता पाइसकेको छ भन्ने प्रस्टै छ; यी नासमझ मानिसहरूका हृदयमा यस ख्रीष्टविरोधीले ठाउँ पाइसकेको छ, अनि केही मानिसहरूले तिनीहरूलाई आराधना गर्न र आदरभावले हेर्न थालिसकेका छन्। ख्रीष्टविरोधीले हासिल गर्न चाहने उद्देश्य यही हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दस))। परमेश्‍वरले ख्रीष्टविरोधीहरू विशेष रूपमा दुष्ट र घृणित हुन्छन् भनेर देखाउनुभएको छ। तिनीहरू आफैलाई ढाकछोप गर्न र अरूको मन जित्‍नको लागि राम्रो व्यवहार गर्न र राम्रो बोल्न सिपालु हुन्छन्, र यसरी तिनीहरू मात्रै सहनशील र बुज्झकी छन् भन्‍ने सोच्ने तुल्याउँछन्, ताकि अरूले सान्त्वना पाउन तिनीहरूलाई नै खोजून्। यस्तो कामले मानिसहरूलाई परमेश्‍वरबाट झन्झन् टाढा लैजान्छ, र तिनीहरूको हृदयमा ख्रीष्टविरोधीहरूले परमेश्‍वरको स्थान लिन्छन्। म ठ्याक्‍कै त्यस्तै थिएँ। ब्रदर-सिस्टरहरूले कर्तव्यको दौरान समस्याहरू औँल्याएर एक-अर्कालाई सहयोग गर्नुपर्छ, तर मैले आफ्‍नै छवि रक्षा गर्नको लागि अरूलाई चिढ्याउने कामबाट टाढै बसिरहेको थिएँ। मैले हड्सनका भिडियोहरूमा केही समस्याहरू देखेको थिएँ तर मैले सत्यता सिद्धान्तहरू पालन गरिनँ, केवल होमा हो मिलाउँदै हिँडिरहेँ। म मानिसहरूलाई खुशी पार्ने व्यक्ति थिएँ, र मैले सत्यता अभ्यास गरिनँ। म कसैले पनि मलाई अहङ्कारी नसोचून्, बरु सबैले सहनशील, बुज्झकी, र अरूको भावनाको ख्याल गर्ने ठानून् भन्‍ने चाहन्थेँ। म आफूसँग कुराकानी गर्ने सबैलाई खुशी पार्न चाहन्थेँ ताकि तिनीहरूले मलाई मन पराऊन् र तिनीहरूमा मेरो राम्रो छाप बसोस्। यो दुष्ट उद्देश्य हासिल गर्न, मैले सकारात्मक छवि कायम राख्‍ने प्रयासमा मण्डलीको कामलाई समेत बाँकी राखिनँ। म अत्यन्तै स्वार्थी थिएँ। परमेश्‍वरको न्याय र प्रकाशमार्फत, मैले देखेँ कि म त मनिसहरूलाई खुशी पार्ने व्यक्ति बनेर ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेको रहेछु। यो महसुस गरेपछि मलाई अत्यन्तै ग्लानि भयो। त्यसपछि मैले आत्मचिन्तन गरिरहेँ। विश्‍वासी भएपछिको मेरो विगतको समयको बारेमा सोच्दा, मैले अरूलाई सधैँ आफ्नो असल रूप मात्र देखाएको पाएँ। मैले कसैलाई बोली र व्यवहारमा परोपकारी, शिष्ट, र परिष्कृत देख्‍नेबित्तिकै, म उसैको अनुकरण गर्ने प्रयास गरिहाल्थेँ। ब्रदर-सिस्टरहरूको मनमा बसेको मेरो छवि रक्षा गर्न म सहज र मिलनसार देखिन चाहन्थेँ। अरूको समस्या देख्दा वा तिनीहरूले भ्रष्टता प्रकट गर्दा म त्यसबारेमा बिरलै कुरा गर्थेँ, किनभने तिनीहरूलाई अप्ठ्यारोमा पार्छु कि भन्‍ने डर लाग्थ्यो। मलाई याद छ, पहिले म सुसमाचार डिकन हुँदा, म सधैँ सानो भएर बस्‍ने र नम्रताको साथ बोल्‍ने सक्दो प्रयास गरिरहेको हुन्थेँ। अरूलाई आफ्‍नो कर्तव्यमा अत्यन्तै लापरवाही र सिद्धान्तहीन भएको देख्दा, यदि मैले यो कुरा उठाएँ भने, सबैले मलाई सहानुभूति नभएको व्यक्ति ठान्लान् र मेरो “असल मान्छे” को छवि बिग्रेला भनी डराउँथेँ। त्यसैले, तथाकथित प्रेमको कारण, मैले अरूलाई मदत गर्ने प्रयास गर्दा, आफूले बोल्‍ने शब्‍दहरूमा म होसियार हुन्थेँ, र नम्र र अप्रत्यक्ष रूपमा बोल्थेँ। म कसैलाई कहिल्यै सीधै औँल्याउँदिनथेँ वा तिनीहरूको कामको गम्‍भीरता देख्‍न सहयोग गर्दिनथेँ। म तिनीहरूलाई अप्रत्यक्ष रूपमा इङ्गित मात्रै गर्थेँ। मैले कसैलाई बर्खास्त गर्नुपर्दा, उसलाई ठेस पुर्‍याइरहेको छु जस्तो लाग्थ्यो र के भन्‍ने थाहा हुँदैनथ्यो। मैले गर्नुपर्ने सङ्गति अरूद्वारा गराउन म सक्दो प्रयास गर्थेँ, र म यो काम आइपर्दा पन्छिहिँड्थेँ। यसरी, आफ्‍नो हैसियत र छवि रक्षा गर्न म सक्दो प्रयास गर्थेँ, र ब्रदर-सिस्टरहरूले म कहिल्यै धाक लगाउँदिनँ र मिलनसार छु भनी भन्थे। तिनीहरूले मलाई नेतृत्व पदको लागि पनि सिफारिश गर्थे, किनभने तिनीहरूले ममा “असल मानवता छ” र म अरूलाई दमन गर्दिनँ भन्‍ने सोच्थे। म अत्यन्तै आत्मसन्तुष्ट थिएँ। ख्रीष्टविरोधीहरूले मानिसहरूलाई बहकाउन र आफूतिर खिच्न देखावटी असल बानीबेहोरा प्रयोग गर्छन्। के मेरो हृदयमा पनि त्यस्तै मनसाय र उद्देश्यहरू थिएनन् र? म आफ्‍नो घृणित मनसाय र भ्रष्ट प्रकृतिको बारेमा कहिल्यै मनन गर्दिनथेँ, र मानिसहरूलाई खुशी पार्ने व्यक्ति हुनुमा कुनै गलत छैन जस्तो लाग्थ्यो। यसरी मैले अरूको अनुमोदन र सहयोग पाउन सक्थेँ, र मानिसहरूलाई मेरो बारेमा राम्रो सोच्‍ने तुल्याउन सक्थेँ: यो एकदमै राम्रो जिउने तरिका हो जस्तो लाग्थ्यो। तर अब म देख्‍न सक्थेँ कि मैले मानिसहरूलाई खुशी पार्ने व्यक्ति बनेर सबैभन्दा गुप्त र गुपचुप रूपमा आफैलाई स्थापित गर्दै अरूलाई बहकाइरहेको र आफूतर्फ खिचिरहेको थिएँ। म ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेको थिएँ।

एक दिन, मैले मेरो भक्तिको समयमा परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ, र त्यसले मनभित्र हलचल गरायो: “जब मानिसहरूले सधैँ आफ्‍नै हितहरूका बारेमा विचार गर्छन्, जब सधैँ आफ्‍नै गर्व र आडम्बरको रक्षा गर्ने प्रयास गरिरहन्छन्, जब तिनीहरूले भ्रष्ट स्वभाव प्रकट गर्छन् र पनि त्यसलाई समाधान गर्न सत्यताको खोजी गर्दैनन्, तब परिणाम के हुन्छ? परिणाम यो हुन्छ कि तिनीहरूले कुनै जीवन प्रवेश पाउँदैनन्, तिनीहरूमा साँचो अनुभव गवाहीको कमी हुन्छ। अनि यो खतरनाक हुन्छ, होइन र? यदि तैँले कहिल्यै पनि सत्यताको अभ्यास गर्दैनस् भने, यदि तँसँग कुनै अनुभव गवाही छैन भने, समय आएपछि तँलाई खुलासा गरिनेछ र हटाइनेछ। परमेश्‍वरको घरमा अनुभव गवाही नभएका मानिसहरूको के काम हुन्छ र? तिनीहरूले अवश्य नै कुनै कर्तव्य पनि राम्ररी पूरा गर्दैनन्, र कुनै काम पनि उचित रूपमा गर्न सक्षम हुँदैनन्। के तिनीहरू फोहोर होइनन् र? परमेश्‍वरलाई वर्षौँसम्‍म विश्‍वास गरेर पनि यदि मानिसहरूले कहिल्यै पनि सत्यता अभ्यास गर्दैनन् भने, तिनीहरू अविश्‍वासीहरू हुन्; तिनीहरू दुष्ट मानिसहरू हुन्। यदि तैँले सत्यताको अभ्यास कहिल्यै गर्दैनस् र यदि तेरा अपराधहरू झन्झन् धेरै हुँदै गए भने, तेरो परिणाम निश्‍चित हुन्छ। यो स्पष्ट छ कि तेरा सबै अपराधहरू, तैँले हिँड्ने गलत मार्ग, र पश्‍चात्ताप गर्न तैँले गर्ने इन्कार—यी सबै कुरा जोडिएर दुष्ट कार्यहरूको थुप्रो बन्छ; त्यसैले तेरो परिणाम के हुन्छ भने, तँ नरक जानेछस्—तँलाई दण्डित गरिनेछ। के तँलाई यो सानोतिनो कुरा हो भन्‍ने लाग्छ? यदि तँलाई दण्ड भएको छैन भने, यो कति भयानक हुन्छ भन्‍ने बोधसमेत तँमा हुनेछैन। जब त्यो दिन आउँछ जहाँ तैँले साँच्‍चै नै सङ्कटको सामना गर्छस्, र तँ मृत्युको सम्‍मुख हुन्छस्, तब पछुतो गर्नको लागि धेरै ढिला भइसकेको हुनेछ। यदि तैँले परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासमा सत्यता स्वीकार गर्दैनस्, र यदि तैँले परमेश्‍वरमा विश्‍वास गरेको वर्षौँ भयो, र पनि तँमा कुनै परिवर्तन आएको छैन भने, अन्तिम परिणाम के हुन्छ भने तँलाई हटाइनेछ र त्यागिनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। म सधैँ असल मान्छे बनिरहेको हुन्थेँ र सत्यता अभ्यास गर्दिनथेँ। अरूसँग मेरो सहकार्य गर्दा, म सधैँ मण्डलीको हितमा हानि पुर्‍याएर अरूलाई आकर्षित गर्ने र अरूको मन जित्‍ने दुष्ट उद्देश्य पूरा गर्थेँ। मैले गरेका हरेक काम दुष्कर्म थिए। यदि म त्यसरी नै अघि बढिरहेको भए, मलाई परमेश्‍वरले हटाउनुहुनेथियो र दण्ड दिनुहुनेथियो। परमेश्‍वरका वचनहरूबाट मैले उहाँको धर्मी स्वभावलाई र सत्यता अभ्यास नगर्नेहरूलाई उहाँले कति घृणा गर्नुहुन्छ भन्‍ने कुरालाई अनुभव गर्न सकेँ। म तुरुन्तै पश्‍चात्ताप गर्न, अभ्यासको मार्ग खोजी गर्न र मानिसहरूलाई खुशी पार्ने मेरो स्वभावलाई समाधान गर्न चाहन्थेँ।

मैले परमेश्‍वरका वचनहरू पढेँ, जसले यसो भन्छन्: “जब परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य बन्छ, अनि मानिसहरूसँग तेरो सम्बन्ध सामान्य बन्छ। परमेश्‍वरसँग सामान्य सम्‍बन्ध निर्माण गर्नको लागि, सबै कुरा परमेश्‍वरका वचनहरूको जगमा निर्माण भएको हुनुपर्छ, तैँले आफ्‍नो कर्तव्य परमेश्‍वरका वचनहरूअनुसार निर्वाह गर्न र परमेश्‍वरले अह्राउनुभएको काम पूरा गर्न सक्‍नुपर्छ, तैँले आफ्‍ना दृष्टिकोणहरूलाई सिधा पार्नुपर्छ, र सबै कुरामा सत्यताको खोजी गर्नैपर्छ। तैँले सत्यतालाई बुझेपछि यसलाई अभ्यास गर्नैपर्छ, र तँमाथि जेसुकै आइपरे पनि, तैँले परमेश्‍वरसँग प्रार्थना गर्नैपर्छ र परमेश्‍वरप्रति समर्पित हृदयले खोजी गर्नैपर्छ। यसरी अभ्यास गर्दा, तैँले परमेश्‍वरसँग सामान्य सम्‍बन्ध कायम राख्‍न सक्‍नेछस्। तैँले आफ्‍नो कर्तव्य उचित रूपमा निर्वाह गर्दैगर्दा, परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशलाई फाइदा नपुर्‍याउने कुनै पनि काम नगर्ने, र दाजुभाइ-दिदीबहिनीहरूको लागि उपयोगी नहुने कुनै पनि कुरा नबोल्ने सुनिश्‍चित गर्नुपर्छ। कम्तीमा पनि, तैँले तेरो विवेकको विरुद्ध जाने कुनै पनि काम गर्नु हुँदैन र लाजमर्दो काम त तैँले किमार्थ गर्नु हुँदैन। विशेष गरी, परमेश्‍वरको विरुद्धमा विद्रोह गर्ने वा उहाँको विरोध गर्ने काम तैँले कदापि गर्नु हुँदैन, र मण्डलीको काम वा जीवनमा बाधा दिने कुनै पनि कुरा गर्नु हुँदै हुँदैन। तैँले गर्ने सबै कार्यमा निष्पक्ष र प्रतिष्ठित बन् र तेरो प्रत्येक कार्य परमेश्‍वर समक्ष पेश गर्न सकिने कुरा सुनिश्चित गर्। कहिलेकाहीँ देह कमजोर बन्न सक्ने भए तापनि, तैँले व्यक्तिगत लाभको लोभविना, स्वार्थी वा तुच्छ कुनै पनि काम नगरी, र बारम्बार आत्मसमीक्षा गर्दै, परमेश्‍वरको परिवारको हितलाई सबैभन्दा अगाडि राख्न सक्नुपर्छ। यस तरिकाले तँ बारम्बार परमेश्‍वरको अगाडि आएर जिउन सक्छ्‍नेछस्, र परमेश्‍वरसँगको तेरो सम्बन्ध पूर्ण रूपमा सामान्य बन्‍नेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरसँग तेरो सम्बन्ध कस्तो छ?)। “आफ्‍नो कर्तव्य निभाउनेहरू सबैको हकमा भन्दा, सत्यतासम्‍बन्धी तिनीहरूको बुझाइ जति गहन वा सतही भए पनि, सत्यता वास्तविकतामा प्रवेश गर्ने सबैभन्दा सरल किसिमको अभ्यास भनेको सबै कुरामा परमेश्‍वरको घरको हितबारे विचार गर्नु, र आफ्ना स्वार्थी इच्‍छाहरू, व्यक्तिगत अभिप्राय, मनसाय, गर्व, र हैसियत त्याग्‍नु हो। परमेश्‍वरको घरका हितहरूलाई पहिलो प्राथमिकता दे—व्यक्तिले कम्तीमा पनि यतिचाहिँ गर्नैपर्छ। यदि कर्तव्य निभाउने व्यक्तिले यति पनि गर्न सक्दैन भने, उसले आफ्नो कर्तव्य निभाइरहेको छ भनेर कसरी भन्न सकिन्छ र? त्यो त आफ्नो कर्तव्य निभाएको कुरै भएन। तैँले सर्वप्रथम परमेश्‍वरको घरको हितबारे सोच्नुपर्छ, परमेश्‍वरका अभिप्रायको ख्याल राख्‍नुपर्छ, अनि मण्डलीको कामको बारेमा सोच्नुपर्छ। यी कुराहरूलाई नै सबैभन्दा सुरुमा र पहिलो प्राथमिकतामा राख्; त्यसपछि मात्र तैँले तेरो हैसियतको स्थिरता वा अरूले तँलाई कसरी लिन्छन् सोबारे सोच्न सक्छस्। जब यसलाई तिमीहरूले यी दुई चरणहरूमा विभाजन गर्छौ र केही सम्झौता गर्छौ, तब के तिमीहरूले यो अलि सहज भएको महसुस गर्दैनौ र? यदि तैँले केही समयसम्‍म यसरी अभ्यास गरिस् भने, तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्न त्यति गाह्रो छैन रहेछ भन्‍ने महसुस गर्नेछस्। तर त्योभन्दा पनि बढी, तँ आफ्ना जिम्मेवारीहरू पूरा गर्न, आफ्ना दायित्वहरू र कर्तव्यहरू निभाउन, अनि आफ्ना स्वार्थी चाहना, आशय र अभिप्रायहरू पन्छाउन सक्षम हुनुपर्नेछ; तैँले परमेश्‍वरका अभिप्रायको ख्याल गर्नुपर्नेछ, र तैँले परमेश्‍वरको घरको हित, मण्डलीको काम र तैँले निभाउनुपर्ने कर्तव्यलाई सबैभन्दा अगाडि राख्‍नुपर्नेछ। तैँले केही समय यस्तो अनुभव गरिसकेपछि, यो नै आफूलाई व्यवहारमा ढाल्ने राम्रो शैली हो भन्‍ने कुरा महसुस गर्नेछस्। यो सोझो हिसाबले र इमानदार तरिकाले जिउनु हो, र तुच्छ र निकृष्ठ व्यक्ति बन्‍नु होइन; यो त घृणित, तुच्छ, र बेकामे बन्नुको साटो न्यायसंगत रूपले र सम्मानपूर्वक जिउनु हो। व्यक्तिले यही शैलीमा व्यवहार गर्नुपर्छ र उसले जिउनुपर्ने स्वरूप यही हो भन्‍ने तैँले महसुस गर्नेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरको वचन पढेर, मैले हरेक कुरामा सत्यताको खोजी गर्ने र परमेश्‍वरको पक्षमा उभिनेहरू, आफ्ना व्यक्तिगत इच्‍छाहरू त्याग्‍ने र मण्डलीको कामलाई समर्थन गर्नेहरू मात्र मानव स्वरूपमा जिइरहेका हुन्छन् र तिनीहरूले मात्र अरूसँग सामान्य सम्‍बन्ध विकास गर्न सक्छन् भनेर बुझेँ। त्यसपछि, मैले सबै परिस्थितिमा मन्डलीका हितहरूलाई नै पहिलो प्राथमिकता दिने अभ्यास गर्न थालेँ, र म सबै कुरामा परमेश्‍वरको इच्‍छालाई सन्तुष्ट गर्ने प्रयास गर्थेँ। केही समयसम्‍म यसो गरिसकेपछि, मैले आफ्नो दैनिक जीवनमा र आफ्‍नो कर्तव्यमा सत्यताको अभ्यास गर्ने धेरै मौका पाउँदो रहेछु भन्‍ने थाहा पाएँ। उदाहरणको लागि, भेलाहरूमा मैले कतिपय मानिसहरू शब्द र धर्मसिद्धान्तहरू भट्याइरहेका वा विषयवस्तुबाहिर गइरहेका देख्थेँ। कतिपयले चाहिँ सङ्गतिको दौरान व्यर्थका कुरा बरबराइरहेका र हाम्रो भेलाको समय लम्ब्याइरहेका हुन्थेँ। यसले हाम्रो मण्डली जीवनमा हानि गर्थ्यो, तर समूह अगुवाले यसलाई औँल्याउने वा सुधार गर्ने प्रयास गर्दैनथे। सुरुमा त मलाई केही भन्‍न मन लागेन, तर मलाई अलिक ग्‍लानि भयो—र सोचेँ, म फेरि पनि मानिसहरूलाई खुशी पार्ने व्यक्ति बनिरहेको छु? मैले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरेँ, र मेरो गलत मनसाय त्यागेँ। भेलाको अन्त्यमा मैले आफूले देखेका समस्याहरूबारे कुरा उठाएँ र समाधानहरूबारे सुझाव दिएँ। मैले आफूलाई त्याग्दा र मण्डलीको कामलाई समर्थन गर्दा साँच्‍चै नै केही शान्ति मिल्दो रहेछ भन्‍ने अनुभूति गरेँ। यसको साथै, मैले राम्ररी चिनेको एक ब्रदर बर्खास्त भएका थिए, र तिनले मलाई तिनी सहजता खोज्थे, धर्तता र चलाकी अपनाउँथेँ, र आफ्‍नो कर्तव्यमा अप्रभावकारी हुन्थे, त्यसैले यस्तो भयो भनेर बताएका थिए। सुरुमा त मैले तिनलाई सान्त्वना दिएर मेरो बारेमा तिनलाई राम्रो सोच्‍ने बनाउन मन लागेको थियो, तर त्यसपछि मैले सत्यताको अभ्यास गर्नुपर्छ भन्‍ने महसुस गरेँ। त्यसकारण, मैले आफ्नो हृदय शान्त पारेँ र ती ब्रदरलाई सुधार गर्नको लागि के भन्‍नुपर्छ भन्‍नेबारेमा विचार गरेँ। मैले हाम्रो पहिलेका कुराकानीबारे सोचेँ। कर्तव्यको दौरान तिनमा सहजताप्रतिको इच्‍छा स्पष्टै देखिन्थ्यो। मैले कुनै कुरा नलुकाई तिनलाई तिनले कर्तव्यको दौरान प्रकट गरेका मनोवृत्तिसम्‍बन्धी समस्याहरू औँल्याइदिएँ र तिनलाई परमेश्‍वरका केही सान्दर्भिक वचनहरू पठाएँ। पछि, तिनले मलाई धन्यवाद दिए र ती सबै कुराले तिनलाई मदत गर्‍यो भनी बताए। त्यसो गरेपछि, मलाई निकै ढुक्‍क लाग्यो, र शान्तिको अनुभव गरेँ।

परमेश्‍वरका वचनहरूको न्याय र प्रकाशमार्फत, मैले के बुझेँ भने, यदि म शैतानका सांसारिक दर्शनहरूअनुसार निरन्तर जिइरहेँ भने, म झन्‍झन् चिप्ले र कुटिल मात्र बन्‍नेछु; मैले मानव बन्‍नु भनेको के हो, सोसम्बन्धी सबैभन्दा तल्लो मापदण्ड समेत गुमाउनेछु, र आखिरमा अरूलाई र आफैलाई चोट पुर्‍याउनेछु। मैले के पनि सिकेँ भने, परमेश्‍वरका वचनहरूअनुसार जिउनु र सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्नु मात्रै मानवता धारण गर्ने र साँचो रूपमा असल व्यक्ति बन्‍ने एउटै तरिका हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मानिसहरूलाई हेपेर हप्काउँदा मेरो कुरूपताको खुलासा भयो

गत वर्षको अक्टोबरमा, मैले मण्डलीको सुसमाचार कार्यको रेखदेख गरिरहेको थिएँ। मण्डलीका केही सदस्यहरूले भर्खर आफ्‍नो कर्तव्य पूरा गर्न थालेका...

म अहङ्कारबाट कसरी मुक्त भएँ

सन् २०१९ को जूनमा मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। एक वर्षपछि मैले मण्डली अगुवाको रूपमा मेरो कर्तव्य...

हामीले अरूलाई हेर्ने एकमात्र आधार परमेश्‍वरका वचनहरू हुन्

शीला र म निकै पुराना चिनजान हौँ र म उनलाई राम्ररी चिन्छु। हाम्रो भेट हुँदा, सधैँ उनी मसँग आफ्नो वर्तमान स्थितिबारे कुरा गर्थिन्। उनी सधैँ...

बन्धन

सन् २००४ मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ, र केही समयपछि नै, सुसमाचार प्रचार गरेको निहुँमा मलाई...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्