परमेश्वरको गवाही दिनु नै साँचो रूपमा कर्तव्य पूरा गर्नु हो
जुडी, दक्षिण कोरियाहालसालै, मैले नयाँ विश्वासीहरूको अनुभव गवाहीका केही भिडियोहरू हेरेँ, र म निकै प्रभावित भएँ। केवल दुईतीन वर्ष विश्वास...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
मेरो बुबा स्कुलको प्रधानाध्यापक हुनुहुन्थ्यो, उहाँ घरमा होस् वा स्कुलमा, सधैँजसो भौतिकवादको कुरा गर्नुहुन्थ्यो। उहाँले हामीलाई खुसी हाम्रै मिहिनेतमा निर्भर हुन्छ, र हामीले अरूभन्दा असल बन्न र पुर्खाको नाम राख्न कडा मिहिनेत गर्नुपर्छ भनेर सिकाउनुहुन्थ्यो। बुबाआमाका यिनै कुरा र उहाँहरूले बसाल्नुभएको उदाहरणबाट निर्देशित हुँदै, हामी दाजुभाइ-दिदीबहिनी सबै जना ख्याति, प्राप्ति र प्रतिष्ठाको पछि लाग्यौँ। कोही व्यापारमा लाग्यौँ त कोही सरकारी अधिकारी बन्यौँ।
२००७ को वसन्त ऋतुमा, संयोगवश मैले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गरेँ। मैले हरेक दिन परमेश्वरका वचन पढेँ, मेरा ब्रदर-सिस्टरहरूसँग नियमित रूपमा सङ्गति गरेँ, अनि परमेश्वरको सार्वभौमिकताबारे केही बुझाइ हासिल गरेँ। यी वचनले विशेष प्रभाव पारे: “परमेश्वरले यस संसारलाई सृष्टि गर्नुभयो, उहाँले यस मानवजातिलाई सृष्टि गर्नुभयो, र, त्यसमाथि, उहाँ प्राचीन ग्रीक संस्कृति र मानव सभ्यताका वास्तुकार हुनुहुन्थ्यो। परमेश्वरले मात्र यस मानवजातिलाई सान्त्वना दिनुहुन्छ, र परमेश्वरले मात्र यस मानवजातिलाई दिन-रात हेरचाह गर्नुहुन्छ। मानव विकास र प्रगति परमेश्वरको सार्वभौमिकताबाट अविभाज्य छन्, र मानवजातिको इतिहास र भविष्य परमेश्वरका हातद्वारा निर्मित बन्दोबस्तहरूबाट उम्कन सक्दैनन्। यदि तँ साँचो इसाई होस् भने, कुनै पनि देश वा राष्ट्रको उदय र पतन परमेश्वरका बन्दोबस्तअन्तर्गत पर्छ भनी तैँले अवश्यै विश्वास गर्नेछस्। कुनै देश वा राष्ट्रको भवितव्य परमेश्वरलाई मात्र थाहा छ, अनि परमेश्वरले मात्र यस मानवजातिको मार्ग नियन्त्रण गर्नुहुन्छ। यदि मानवजातिले असल नियति चाहन्छ भने, यदि कुनै देशले असल नियति चाहन्छ भने, मानवले परमेश्वरको आराधना गर्न घुँडा टेक्नैपर्छ, र परमेश्वरसामु पश्चात्ताप र स्वीकार गर्न उहाँसामु आउनैपर्छ, अन्यथा मानवको नियति र गन्तव्य एउटा अपरिहार्य विपत्ति हुनेछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ)। परमेश्वरका वचनले मेरो हृदय नै उज्यालो पारिदिए। परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, उहाँले नै आजसम्म मानवजातिलाई मार्गदर्शन र भरणपोषण गर्नुभएको छ। त्यति मात्र होइन, उहाँले नै हाम्रो नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ। परमेश्वरको आराधना गरेर, उहाँसामु पश्चात्ताप गरेर र उहाँको मुक्ति स्वीकार गरेर मात्र हामीले राम्रो नियति प्राप्त गर्न सक्छौँ। मैले के पनि थाहा पाएँ भने, मुक्तिदाता, सर्वशक्तिमान् परमेश्वर सत्यता व्यक्त गर्न र न्यायको काम गर्न, अनि मानवजातिलाई पूर्ण रूपमा शुद्ध गर्न र मुक्ति दिन, हामीलाई शैतानको प्रभावबाट बाहिर निकालेर परमेश्वरले हाम्रा लागि तयार गर्नुभएको सुन्दर गन्तव्यमा अगुवाइ गर्न आखिरी दिनहरूमा आउनुभएको हो, ताकि हामीले एउटा राम्रो नियति र परिणाम प्राप्त गर्न सकौँ। सर्वशक्तिमान् परमेश्वरलाई स्वीकार गर्न पाएकामा मैले आफूलाई धेरै आशिषित महसुस गरेँ, अनि मैले आफ्नो आस्थालाई राम्ररी अभ्यास गर्ने, सत्यता पछ्याउने, र परमेश्वरको प्रेमको ऋण तिर्न एउटा सृजित प्राणीको कर्तव्य निर्वाह गर्ने भनेर मनमनै प्रण गरेँ।
तर नसोचेको कुरा, जब म आफ्नो कर्तव्यमा पूर्ण रूपले समर्पित हुँदै थिएँ, त्यही बेला मलाई कम्युनिस्ट पार्टीले पक्राउ गर्यो। सन् २००९, मार्च महिनाको एक दिन मध्यान्हतिर प्रहरीहरू हाम्रो भेलामा आए, मेरा तीन जना सिस्टर र मलाई लिएर गए, अनि प्रहरी चौकीमा हामीलाई गैरकानुनी रूपमा थुनामा राखे। जनसुरक्षा ब्युरो प्रमुख मतिर फर्केर डरलाग्दो गरी करायो, “तँलाई जे-जे थाहा छ भन्! तँलाई सुसमाचार प्रचार गर्ने को हो? तेरो मण्डलीको अगुवा को हो? तैँले बोलिस् भने, म तँलाई अहिल्यै घर जान दिन्छु। तर तैँले सहयोग गरिनस् भने, तेरो ठाउँमा हामीले भेट्टाएका ती सबै धार्मिक पुस्तकका आधारमा, हामी तँलाई पाँच वा छ वर्षसम्म जेलमा सडाउन सक्छौँ!” उसको अनुहारको क्रूर भाव देखेर मेरो मुटु ढुकढुक गर्न थाल्यो। तिनीहरूले मलाई कस्तो व्यवहार गर्नेछन्, मलाई थाहा थिएन। मैले हतारहतार एउटा प्रार्थना गरेँ, परमेश्वरसँग मलाई सुरक्षा दिन, मलाई आस्था र शक्ति दिन, अनि मलाई दृढ रहन दिन बिन्ती गरेँ। प्रार्थना गरेपछि मैले परमेश्वरका यी वचन सम्झेँ: “सत्तामा हुनेहरू बाहिरबाट क्रूर देखिन सक्छन्, तर नडराऊ, किनकि तिमीहरूसित थोरै आस्था भएको कारण यस्तो भएको हो। यदि तिमीहरूको आस्था बढ्छ भने, सबै कुरा अति सहज हुनेछन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ७५)। परमेश्वरका वचनले मलाई आस्था र शक्ति दिए। सबै कुरा पूर्ण रूपमा परमेश्वरकै हातमा छन्। त्यो जनसुरक्षा प्रमुख डरलाग्दो देखिए पनि, ऊ पनि परमेश्वरकै हातमा थियो। मलाई जेल सजाय हुने कि नहुने भन्ने कुराको निर्णय गर्ने अधिकार ऊसँग थिएन—त्यो केवल परमेश्वरसँग थियो। उसको धम्कीको अगाडि म डराएर झुक्न हुँदैनथ्यो। पछि, मैले केही बोल्दिनँ भन्ने देखेपछि, तिनीहरूले सामाजिक सुव्यवस्थामा अवरोध पुर्याएको आरोप लगाएर म र अरू तीन जनालाई हिरासतमा राखे।
एक दिन बिहान, एक्कासि, मैले कसैले चिच्याएर मेरो नाम बोलाएको सुनेँ। मेरो सातो गयो। तिनीहरूले मलाई फेरि सोधपुछ गर्न लागेका हुन् कि? तिनीहरूले मलाई पहिले पनि केरकार गरेका थिए, र मैले केही भनेकी थिइनँ। यसपालि झन् क्रूर तरिकाहरू पो अपनाउने हुन् कि भन्ने सोचेर मलाई डर लाग्यो। मैले मनमनै परमेश्वरलाई प्रार्थना गरेँ, र म बिस्तारै शान्त हुन सकेँ। प्रहरीले मलाई एउटा ठूलो कोठामा ल्यायो। म भित्र पस्नेबित्तिकै, मैले बुबालाई देखेँ, र मेरो मनै झसङ्ग भयो। तिनीहरूले मेरो बुबालाई किन ल्याएका होलान्? उहाँले मेरो विश्वासको सधैँ विरोध गर्नुभएको थियो, त्यसैले अहिले म पक्राउ परेपछि उहाँले मलाई कस्तो व्यवहार गर्नुहोला? मैले केही बोल्न नपाउँदै, मेरो बुबाले हात उठाएर मेरो टाउकामा तीन पटक बेस्सरी हिर्काउनुभयो। मलाई रिँगटा लाग्यो र मेरा आँखा तिर्मिराए। उहाँले कडा स्वरमा भन्नुभयो, “मैले तँलाई आस्था राख्न मनाही गरेको थिएँ, तर तैँले ढिपी गरिस्, र अहिले तँ पक्राउ पर्दा मेरो त इज्जतै माटोमा मिल्यो! तेरो विश्वासका बारेमा तिनीहरूलाई सबै कुरा भन्! प्रहरीले भनेको छ, तैँले सबै कुरा कबुल्नेबित्तिकै तिनीहरूले तँलाई छोडिदिनेछन्, तर तैँले त्यसो गरिनस् भने तँलाई कडा सजाय हुनेछ!” मेरो बुबाको बुढ्यौली लागेको अनुहार देखेर, मेरो हृदयमा गहिरो पीडा भयो। उहाँ झन्डै ८० वर्षको हुनुहुन्थ्यो, र उहाँका लागि आफ्नो इज्जत नै सबथोक थियो। मलाई जेल सजाय भयो भने उहाँले कसरी सहनुहोला? त्यसपछि, अचानक, उहाँले घुँडा टेक्नुभयो। आँखाभरि आँसु लिएर, उहाँले भन्नुभयो, “तेरी आमाले यो कुरा थाहा पाएपछि, ऊ बिरामी परी। ऊ घरमा थला परेकी छे, उसलाई स्लाइन पानी चढाइएको छ। जे-जे थाहा छ सबै भन् र मसँगै घर हिँड्!” यी सबै कुराको सामना गर्दा, मैले आफ्नो आँसु थाम्नै सकिनँ। परापूर्व कालदेखि, सन्तानले मात्र बुबाआमाको अगाडि घुँडा टेक्छन्, तर यहाँ त उल्टो भइरहेको थियो। मेरा बुबाआमाले दुःखजिलो गरेर मलाई हुर्काउनु भएको थियो, र मेरा आफ्नै छोराछोरीलाई हुर्काउन पनि मद्दत गर्नुभयो। यस्तो वृद्ध उमेरमा पनि उहाँहरूले मेरो चिन्ता लिनुपरेको थियो। यदि म विश्वासी नभएको भए उहाँहरूले यस्तो पीडा र सास्ती भोग्नुपर्ने थिएन। मलाई म उहाँहरूको ऋणी छु भन्ने महसुस भयो—मलाई एकदमै नराम्रो लाग्यो। तर फेरि, मलाई म सही स्थितिमा छैन भन्ने महसुस गरेँ। मैले हतारहतार एउटा प्रार्थना गरेँ, “हे परमेश्वर! यो परिस्थिति मेरा लागि पीडादायी छ। म कमजोर महसुस गर्दै छु। म आफ्ना बुबाआमाप्रति ऋणी भएको लाग्छ। मलाई के गर्ने थाहा छैन। कृपया मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस् ताकि म तपाईंको अभिप्राय बुझ्न र दृढ रहन सकूँ।” प्रार्थनापछि, मैले तत्कालै परमेश्वरसामु आफ्नो आस्थामा दृढ रहने, परमेश्वरलाई पछ्याउने, र अटल हृदयले उहाँलाई प्रेम गर्ने कुरा पछ्याउने भनी आफूले गरेको सङ्कल्प सम्झेँ। त्यही पल, म आफ्नो होसमा पाएँ। मैले परमेश्वरका वचन पनि सम्झेँ: “के यो छोटो समयको लागि मानिसहरूले आफ्नो देहलाई पन्छाउन सक्दैनन्? मानिस र परमेश्वर बीचको प्रेमलाई के कुराले चिरा पार्न सक्छ? मानिस र परमेश्वर बीचको प्रेमलाई कसले छुटाउन सक्छ? के यो आमाबाबु, पति, दिदीबहिनी, पत्नी हुन् कि पीडादायी शोधन हो? के विवेकबाट आएका भावनाहरूले मानिसभित्रको परमेश्वरको स्वरूपलाई मेटाउन सक्छ? के एक-अर्काप्रतिको मानिसहरूको ऋणीपन र कार्यहरू तिनीहरू आफैले ल्याएको कुरा हो? के तिनलाई मानिसले समाधान गर्न सक्छ? कसले आफैलाई रक्षा गर्न सक्छ? के मानिसहरूले आफैले आफ्नो भरणपोषण गर्न सक्छन्? जीवनमा दह्रिला हुनेहरू को हुन्? को मलाई छोडेर आफै जिउन सक्छ?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू” का रहस्यहरूको अनावरण, अध्याय २४ साथै अध्याय २५)। परमेश्वरका वचनले मलाई आत्मग्लानिले भरिदिए। यो सास नै मलाई परमेश्वरले दिनुभएको थियो, र मलाई बाँच्नका लागि आवश्यक पर्ने सबै थोक परमेश्वरले नै जुटाउनुभएको थियो। परमेश्वरले चुपचाप मेरो ख्याल राख्नुभएको र मलाई सुरक्षा दिनुभएको कारणले मात्रै म आजसम्म जीवित थिएँ। मलाई उहाँसामु आउन र उहाँको मुक्ति स्वीकार गर्ने कुरामा मार्गदर्शन दिन उहाँले नै मानिस, घटना र कामकुराहरू योजनाबद्ध गर्नुभयो। परमेश्वरको प्रेम कति महान् छ! बुबाआमाको मन दुख्छ भन्ने डरले म परमेश्वरलाई धोका दिन सक्दिनथेँ। फेरि, उहाँहरूको स्वास्थ्य पनि परमेश्वरकै हातमा थियो, र मैले चिन्ता गरेर केही हुनेवाला थिएन। कम्युनिस्ट पार्टीको दमनको कारणले उहाँहरू दुःखी र पीडामा हुनुहुन्थ्यो। यदि उहाँहरूले पार्टीको दुष्टता देख्न सक्नुभएको भए आफ्नो इज्जत गएको जस्तो महसुस गर्नुहुने थिएन, र शैतानले उहाँहरूलाई मूर्ख बनाउन सक्ने थिएन। यसरी सोचेपछि, मलाई त्यति धेरै दुःख लागेन। मैले जेल जानुपरे पनि, परमेश्वरप्रतिको आफ्नो गवाहीमा दृढ रहने कसम खाएँ। मैले आफ्नो आँसु पुछेँ र बुबालाई उठ्न मद्दत गरेँ। त्यत्तिकैमा पाँच वा छ जना प्रहरी आएर मलाई घेरे। मैले तिनीहरूलाई भनेँ, “मलाई केही पनि थाहा छैन।” एक जनाले मलाई घुरेर हेर्दै भन्यो, “तँसँग पाँच मिनेट मात्र बाँकी छ।” मेरो बुबा असाध्यै रिसाउनुभयो। मलाई फेरि केही थप्पड हान्नुभयो, घुँडा टेक्दै भन्नुभयो, “यदि तैँले भनिनस् भने, म यहाँ तेरो अगाडि नमरुन्जेल घुँडा टेकेर बस्नेछु! पार्टीले मानिसहरूलाई परमेश्वरमा विश्वास गर्न दिँदैन—तैँले यसको विरुद्धमा जाने कसरी आँट गरिस्? छिटो सबै कुरा कबुल्! अनि हामी घर जान सक्छौँ।” त्यसपछि, मैले यो प्रहरीको एउटा चाल हो भन्ने बुझेँ। तिनीहरूले मलाई यहूदा बन्न र अरूमाथि घात गर्न लगाउन मेरो बुबालाई दबाब दिए। मलाई रिस उठ्यो, र क्रोधित महसुस भयो। ती प्रहरीहरू कति छली छन्! मैले बुबालाई फेरि उठ्न मद्दत गरेँ, पाँच वा छ जना प्रहरीले मलाई फेरि घेरे र कुरा ओकल्न दबाब दिए। मैले तिनीहरूलाई हेरेँ र शान्तपूर्वक भनेँ, “मलाई केही पनि थाहा छैन।” त्यही बेला, मेरो बुबाको फोन बज्न थाल्यो, र उहाँले मलाई उठाउन भन्नुभयो। मैले फोनमा मेरी आमाले सराप्दै र यसो भन्दै गरेको सुनेँ, “तैँले मलाई मार्ने नै भइस्! सरकारले आस्था राख्न अनुमति दिँदैन, तर तँ ढिपी गर्छेस्। तैँले तिनीहरूसँग लडेर जित्न सक्दिनस्! जे थाहा छ तिनीहरूलाई भन् र फर्केर आइज! तँलाई जेल सजाय भयो भने हामी के गर्ने? तेरो छोराको बिहे कसरी होला? हामी सबैको पनि बेइज्जत हुनेछ। तैँले हाम्रो पनि विचार गर्नुपर्छ!” रुँदै, मैले फोन राखेँ र मेरो बुबा पाइला घिसार्दै बाहिर जानुभएको हेरिरहेँ।
म थुनुवा कक्षमा फर्केपछि, मैले फेरि बिरामी भएर थला परेकी मेरी आमालाई सम्झेँ। यदि उहाँलाई केही तलमाथि भइहाल्यो भने, मैले सन्तान धर्म निर्वाह गर्न नसकेको हुनेथियो। मैले जति धेरै सोचेँ, मलाई त्यति नै नराम्रो महसुस भयो। मैले आँसु थाम्न सकिनँ। त्यतिबेला मैले मेरो स्नेह नै मेरो सबैभन्दा ठुलो कमजोरी हो भन्ने महसुस गरेँ। म परमेश्वरलाई प्रार्थना गर्नमा पूर्ण रूपले तल्लीन भएँ। मैले उहाँसँग मलाई दृढ अडान लिन, र स्नेहको आधारमा नजिउन मार्गदर्शन दिन बिन्ती गरेँ। मैले परमेश्वरले भन्नुभएको एउटा कुरा सम्झेँ: “किन मानिसहरूलाई आफ्ना भावनाहरू फाल्न यति गाह्रो हुन्छ? के यसो गर्दा विवेकका मानकहरू नाघिन्छ? के विवेकले परमेश्वरको इच्छा पूरा गर्न सक्छ? के भावनाले मानिसहरूलाई प्रतिकूलता पार गर्न मद्दत गर्न सक्छ? परमेश्वरका नजरमा, भावनाहरू उहाँका शत्रु हुन्—के परमेश्वरका वचनहरूमा यो कुरा प्रस्ट रूपमा बताइएको छैन र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू” का रहस्यहरूको अनावरण, अध्याय २८)। परमेश्वरका वचनले मेरा आँखा खोलिदिए। स्नेह परमेश्वरको शत्रु हो र सत्यता अभ्यास गर्ने कुरामा सबैभन्दा ठूलो तगारो हो। जब हामी स्नेहको आधारमा जिउँछौँ, तब हामी परमेश्वरबाट टाढा हुन्छौँ र उहाँलाई धोका दिन्छौँ। म मेरा बुबाआमाप्रतिको स्नेहमा फसेकी थिएँ। उहाँहरूको कुरा नमान्नु एउटा गम्भीर अपराध हो, र यसले मलाई एउटी खराब छोरी बनाउँछ भन्ने मलाई लाग्थ्यो। मेरो पक्राउले उहाँहरूलाई दुःखी र निराश देख्दा, मलाई उहाँहरूप्रति ऋणी भएको महसुस भयो। मलाई लाग्यो, उहाँहरूले मलाई हुर्काउन त्यति धेरै मिहिनेत गर्नुभएको थियो, तर मैले उहाँहरूको ऋण तिरेकी थिइनँ, र उल्टै उहाँहरूलाई मेरो कारणले दुःख भोग्न बाध्य बनाएकी थिएँ। यो बुबाआमाको अनादर थियो। मैले मेरा बुबाआमाको दयालाई धेरै महत्त्व दिएँ तर हामीलाई जीवन दिनुहुने त परमेश्वर नै हुनुहुन्छ भन्ने कुरा बिर्सेँ। परमेश्वर मानव जीवनको स्रोत हुनुहुन्छ, र उहाँकै जीवनरूपी सासमा म आजसम्म बाँचिरहेकी छु। आज मसँग जे छ, त्यो परमेश्वरको मार्गदर्शन र आपूर्तिकै कारणले हो। परमेश्वरले हामीलाई बदलामा केही पनि नमागीकन यति धेरै कुरा दिनुभएको छ। आखिरी दिनहरूमा, मानवजातिलाई मुक्ति दिन परमेश्वर फेरि देहधारी हुनुभएको छ, र उहाँले ठूला अपमानहरूका साथै कम्युनिस्ट पार्टीको खेदो र दमन सहनुभएको छ। परमेश्वरले मानवजातिका लागि सबै कुरा दिनुभएको छ—उहाँको प्रेम कति महान् छ! हामीले जसको आराधना गर्नुपर्छ र जसप्रति समर्पित हुनुपर्छ, उहाँ परमेश्वर नै हुनुहुन्छ। मेरा बुबाआमाले मेरा लागि गर्नुभएको हेरचाहले मेरो भौतिक जीवनलाई सुधारेको हुन सक्छ, तर उहाँहरूले मलाई सत्यता दिन सक्नुहुन्नथ्यो। उहाँहरूले मलाई शैतानको भ्रष्टताबाट मुक्ति दिन वा मलाई राम्रो गन्तव्य र परिणाम दिन सक्नुहुन्नथ्यो। यदि मैले मेरा बुबाआमाको इच्छा पूरा गर्न मात्रै अरूमाथि घात गरेँ र परमेश्वरलाई धोका दिएँ भने, म उहाँहरूप्रति ऋणी त हुनेथिइनँ होला, तर परमेश्वरबाट तिरस्कृत हुने थिएँ र उहाँको मुक्ति सधैँका लागि गुमाउने थिएँ। त्यस घडीमा मैले के देखेँ भने शैतानले मलाई परीक्षामा फसाउन मेरा बुबाआमाप्रतिको मेरो स्नेहलाई प्रयोग गरिरहेको थियो, ताकि यसले अन्ततः मलाई परमेश्वरबाट टाढा बनाउन, उहाँलाई धोका दिन लगाउन, मेरो मुक्तिको अवसर गुमाउन लगाउन, अनि आफूसँगै नरक पुर्याएर नष्ट गर्न सकोस्। म शैतानको चालमा फस्न हुँदैनथ्यो। यसले मलाई पत्रुसको याद दिलायो, जसले सिद्धान्तमा रहेर आफ्ना बुबाआमाको विरुद्धमा अडान लिएका थिए। बुबाआमाले जति नै रोक्न खोजे पनि, उनी आफ्नो आस्थामा दृढ रहे र प्रभु येशूलाई पछ्याए। अन्तमा, परमेश्वरप्रतिको उनको प्रेमले सबै कुरामाथि विजय प्राप्त गर्यो र उनले परमेश्वरको अनुमोदन प्राप्त गरे। यी कुराहरू सोच्दा मलाई साँच्चै प्रेरणा मिल्यो।
पाँचौँ दिन, प्रहरीले मलाई पढ्न भनेर तीनवटा चिठी ल्याएर दिए, जुन मेरी आमा, मेरी छोरी र मेरो छोराले लेखेका थिए। मेरो छोराले लेखेको थियो, “आमा, सेनामा बिताएका यी पछिल्ला केही वर्षमा म सम्पूर्ण परिवार पुनर्मिलन हुने दिनको पर्खाइमा थिएँ। म धेरै दुखले सरुवा मिलाएर घर फर्केको थिएँ, र अहिले तपाईँ पक्राउ पर्नुभएको छ। तपाईँ घरमा नहुँदा, मलाई आकाशै खसेजस्तो भएको छ। आमा, प्रहरीलाई तपाईँको धर्मको कुरा भनिदिनुहोस् न! यदि तपाईँ जेल पर्नुभयो भने, त्यसले मेरो काम र विवाहको सम्भावनामा असर पार्नेछ। तपाईँले आफ्ना बारेमा नसोचे पनि, मेरा बारेमा त सोच्नुपर्छ नि…।” चिठीको यो भागमा पुगेपछि, म रोक्नै नसकेर रून थालेँ। यदि मैले सजाय भोगेका कारणले उसको राम्रो भविष्य साँच्चै बर्बाद हुने भयो भने, मैले उसलाई कसरी मुख देखाउनु? उसले पक्कै पनि मलाई घृणा गर्नेथियो! मलाई आस्थाको मार्ग तगारैतगारोले भरिएको रहेछ, र पाइलैपिच्छे एउटा छनौट गर्नुपर्ने रहेछ भन्ने महसुस भयो। मैले हृदयमा परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म साँच्चै पीडामा छु, र कमजोर महसुस गर्दै छु। कृपया मेरो हृदयको रक्षा गर्नुहोस् र मेरो आस्थालाई बलियो बनाइदिनुहोस्।” थुनुवा कक्षमा फर्केपछि, एउटी सिस्टरले म कुन अवस्थाबाट गुज्रिरहेकी छु भन्ने थाहा पाइन् र मलाई शैतानको चालमा नफस्न सम्झाइन्। यो मलाई झकझकाउने कुरा थियो। मैले हरेक पल शैतानले कसरी अनेकौँ उपायहरू अपनाएर हामीलाई परमेश्वरलाई धोका दिन लगाउन लोभ्याउँछ र बहकाउँछ भन्ने कुरा सम्झेँ। हामीले होसियार हुन छोड्नेबित्तिकै हामी शैतानको जालमा फस्न सक्छौँ। शैतानका चालहरू छर्लङ्ग देख्न, परमेश्वरको सुरक्षा प्राप्त गर्न, र दृढ रहन हामीले परमेश्वरसामु आफ्नो हृदयलाई शान्त पार्ने, अनि प्रार्थना गर्ने र उहाँमा भर पर्ने काम निरन्तर गरिरहनुपर्छ। त्यो रात म ओछ्यानमा पल्टिएँ, निदाउन सकिनँ, र मनमनै परमेश्वरलाई प्रार्थना गरेँ। मैले उहाँको वचनबाट यो कुरा सम्झेँ: “तँ यस संसारमा रुँदै आएको क्षणदेखि नै, तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न थाल्छस्। परमेश्वरको योजना र उहाँको नियोजनका खातिर तँ आफ्नो भूमिका खेल्छस् र तँ आफ्नो जीवन यात्रा सुरु गर्छस्। तेरो पृष्ठभूमि जस्तोसुकै भए पनि र तेरो अगाडि जस्तोसुकै यात्रा भए तापनि, जेसुकै भए पनि, स्वर्गको योजनाबद्ध कार्य र प्रबन्धबाट कोही पनि उम्कन सक्दैन, अनि कसैले पनि आफ्नो नियति नियन्त्रण गर्न सक्दैन, किनकि यावत् थोकमाथि सार्वभौम हुनुहुने उहाँ मात्र यस्तो काम गर्न सक्षम हुनुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। त्यो सही हो। हाम्रो सम्पूर्ण जीवन, हाम्रो नियति परमेश्वरकै शासन र बन्दोबस्तमा चल्छ, र कसैले पनि तिनलाई बदल्न सक्दैन। भविष्यमा मेरो छोराको कस्तो जागिर वा विवाह हुनेछ भन्ने कुरा म नियन्त्रण गर्न सक्दिनथेँ। मैले आफ्ना छोराछोरीका बारेमा जतिसुकै सोचे पनि वा जति नै चिन्ता लिए पनि, म तिनीहरूको भाग्य बदल्न सक्दिनथेँ, र म जेल जाने छु कि छैन भन्ने कुरा पनि परमेश्वरद्वारा नै निर्धारण गर्नु हुने कुरा थियो। मैले चाहेर मात्रै म त्यसबाट उम्कन सक्दिनथेँ। मैले गर्नुपर्ने कुरा त सबथोक परमेश्वरलाई सुम्पेर उहाँको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुनु थियो। त्यसपछि, मैले परमेश्वरका वचनको अर्को खण्ड सम्झेँ: “तैँले सत्यताका लागि कष्ट भोग्नैपर्छ, तैँले सत्यताका लागि आफ्नो बलिदान गर्नैपर्छ, तैँले सत्यताका लागि अपमान सहनैपर्छ, र अझै बढी सत्यता प्राप्त गर्नका खातिर तैँले अझै बढी दुःख भोग्नैपर्छ। तैँले गर्नुपर्ने यही नै हो। पारिवारिक सामञ्जस्यतामा रमाउनका खातिर तैँले सत्यतालाई फ्याँक्नु हुँदैन र अस्थायी आनन्दका खातिर तैँले जीवनभरको इज्जत र निष्ठा गुमाउनु हुँदैन। तैँले जुन कुरा सुन्दर र असल छ त्यो सबैलाई पछ्याउनुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण मार्ग पछ्याउनुपर्छ। यदि तैँले त्यस किसिमको साधारण र सांसारिक जीवन जिउँछस्, र तँसँग पछ्याउनका लागि कुनै पनि लक्ष्य छैन भने, के यो तैँले आफ्नो जीवनलाई खेर फाल्नु होइन र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्न सक्छस्? एउटा सत्यताका खातिर तैँले देहका सबै आनन्दहरू त्याग्नुपर्छ, र थोरै आनन्दका खातिर सबै सत्यताहरूलाई फ्याँक्नु हुँदैन। यस्ता मानिसहरूसँग कुनै निष्ठा वा इज्जत हुँदैन; तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान)। परमेश्वरको वचनले मलाई आस्था र शक्ति दिए। एक विश्वासीका रूपमा, परमेश्वरको अनुमोदन प्राप्त गर्ने एउटै मात्र तरिका भनेको सत्यता पछ्याउनु र एउटा सृजित प्राणीको कर्तव्य निर्वाह गर्नु हो। त्यसलाई मात्र मूल्यवान् जीवन मान्न सकिन्छ, र सत्यता प्राप्त गर्नका लागि जतिसुकै कष्ट भोग्नुपरे पनि त्यो सार्थक हुन्छ। यदि मैले आफ्नो परिवारलाई सन्तुष्ट पार्न मात्रै मेरा ब्रदर-सिस्टरहरू र मण्डलीमाथि घात गरेँ भने, म परमेश्वरलाई धोका दिने यहूदा हुनेथिएँ। त्यो सबैभन्दा ठूलो अपमान हुनेथियो, र त्यसका लागि मलाई परमेश्वरले श्राप दिनुहुनेथियो। सुखी परिवार र आरामदायी जीवन भए पनि, त्यो खोक्रो र अर्थहीन हुनेथियो, र म एउटा जिउँदो लासभन्दा कम हुनेथिइनँ। यो सोच्दा, मलाई परमेश्वरलाई पछ्याउने अझ ठूलो सङ्कल्प मिल्यो। प्रहरीले जस्तोसुकै चाल प्रयोग गरे तापनि, म आफ्नो गवाहीमा दृढ रहनेछु र शैतानलाई लज्जित पार्नेछु!
छैटौँ दिन, प्रहरीले मलाई मुख्य हलमा बोलायो, जहाँ मैले मेरो काका, मेरो श्रीमान्, मेरो छोरा र मेरी छोरीलाई देखेँ। मेरा छोराछोरीले मलाई अँगालो हालेर रुँदै भने, “आमा, घर आउनुहोस्!” मेरो श्रीमान् पनि एक छेउमा उभिएर रुँदै हुनुहुन्थ्यो। त्यसपछि मेरो काकाले आँशु झार्दै भन्नुभयो, “लिङ्गमिन, प्रहरीले भनेको छ, तैँले तिनीहरूलाई केही कुरा बताउनेबित्तिकै घर आउन पाउनेछस्, तर तैँले क्बुलिनस् भने, तिनीहरूले तँलाई जेल हाल्नेछन्। तँ जेल गइस् भने तेरो छोराको भविष्य बर्बाद हुनेछ। यसले परिवारै खत्तम गर्नेछ! मेरो कुरा सुन्, र तिनीहरूलाई सबै कुरा भनिदे!” त्यस क्षण, हृदय एकदमै सफा भयो। मेरो परिवारले दिएको अर्तीको पछाडि शैतानको चाल छ, र यदि मैले तिनीहरूलाई अलिकति पनि कुरा भनेँ भने, प्रहरीले मबाट अझ धेरै कुरा ओकल्न दबाब दिनेछ, र अरू धेरै जना पक्राउ पर्नेछन् भन्ने मलाई थाहा थियो। यो कुरा मनमा राख्दै, मैले भनेँ, “एक विश्वासीका रूपमा, म जीवनको सही मार्गमा हिँडिरहेकी छु। मैले कुनै गैरकानुनी काम गरेकी छैनँ, त्यसैले मैले कबुल्नुपर्ने केही कुरा छैन। तपाईँहरू घर जानुहोस्।” थुनुवा कक्षमा फर्कंदै गर्दा, प्रहरीले मेरो परीक्षा गर्न, मलाई मेरा ब्रदर-सिस्टरहरूमाथि घात गर्न र परमेश्वरलाई धोका दिन बाध्य बनाउन बारम्बार मेरा प्रियजनहरूलाई प्रयोग गरिरहेको कुरा सम्झेँ। कम्युनिस्ट पार्टी कति नीच छ! तिनीहरू परमेश्वरविरोधी पिशाचहरू हुन्! त्यसपछि, एउटा प्रहरीले मलाई अफिसमा बोलायो र आत्मतुष्टि देखाउँदै भन्यो, “तेरो परिवारसँगको भेटघाट कस्तो रह्यो त?” यो दुःखद अवस्थामा ऊ रमाइरहेको देखेर, मलाई यति धेरै रिस उठ्यो कि मैले गोजीबाट ती तीनवटा चिठी निकालेँ, टुक्राटुक्रा पारेर टेबलमा फ्याँकिदिएँ र भनेँ, “म एक विश्वासी र इमानदार व्यक्ति हुँ। मैले कुनै खराब काम गरेकी छैनँ। तपाईँले किन उहाँहरूलाई बोलाएर मलाई अर्ती दिन लगाएको? मैले कुन कानुन तोडेकी छु?” त्यसपछि म सरासर बाहिर निस्किएँ। प्रहरीको सोधपुछलाई शान्तपूर्वक सामना गर्न सक्नु परमेश्वरले मलाई दिनुभएको शक्तिकै कारणले थियो।
१४ औँ दिनको बिहान, जनसुरक्षा ब्युरो प्रमुखले मलाई अफिसमा बोलायो। ऊ पहिले जस्तो कडा थिएन, तर उसले चिन्ता गरेझैँ गर्दै मेरो परिवारका बारेमा सोध्यो। उसले मिठा कुराहरू गरेर मलाई मेरा ब्रदर-सिस्टरहरूमाथि घात गर्न लोभ्याउने कोसिस गर्यो। मैले हृदयमा मलाई शैतानको झेलमा फस्नबाट जोगाउनुहोस् भनी परमेश्वरलाई निरन्तर प्रार्थना गरिरहेँ। ब्युरो प्रमुखले धेरै कुरा भन्यो। अन्त्यमा, मैले केही पनि नबोलेको देखेपछि, ऊ आगो भयो र रिसले चर्कियो, “म तँलाई सिधा कुरा भन्छु। तेरो घरमा हामीले धेरै नै धार्मिक पुस्तकहरू भेट्टाएका छौँ, र यो सहरकै सबैभन्दा ठूलो मुद्दा हो। तँ बोलिनस् भने पक्कै जेल पर्नेछेस्!” तर उसले जे भने पनि, मैले मनमनै परमेश्वरलाई प्रार्थना गरेँ र मलाई जेल सजाय भए पनि, म मेरा ब्रदर-सिस्टरहरूमाथि कहिल्यै घात गर्नेछैनँ र परमेश्वरलाई कहिल्यै धोका दिनेछैनँ भनेर कसम खाएँ। पन्ध्र दिनपछि, तिनीहरूले मबाट केही पनि ओकाल्न नसक्ने देखेपछि, तिनीहरूसँग मलाई घर जान दिनुबाहेक अरू विकल्प थिएन।
घर पुगेपछि पनि, मेरो परिवारले मेरो आस्थाको विरोध र रोकटोक गर्न छाडेन। यो सबै कम्युनिस्ट पार्टीको भ्रम र सतावटको कारणले हो भन्ने मलाई थाहा थियो। मैले प्रार्थना गरेँ र जतिसुकै कठिन भए पनि, म अन्त्यसम्म परमेश्वरलाई पछ्याउनेछु भनेर कसम खाएँ। त्यसपछि, “परमेश्वरको प्रेममा कहिल्यै निराशा नपोत्नू” शीर्षकको एउटा भजन मेरो मनमा आयो: “विश्वासको मार्ग कति कठिन होला भन्ने चिन्ता छैन, मेरो एउटै मिशन हो परमेश्वरको इच्छा पूरा गर्नु; भविष्यमा आशिष् पाउँछु वा दुर्भाग्य भोग्छु भन्ने कुराको म त्यति वास्ता गर्दिनँ। म त अहिले परमेश्वरलाई प्रेम गर्न दृढ़ छु, म अन्त्यसम्म विश्वासयोग्य हुनेछु। मेरो पछाडि जस्तोसुकै खतरा वा कठिनाइहरू लुकेका भए पनि, अनि म जस्तोसुकै अवस्थामा पुगे पनि, परमेश्वरको महिमाको दिनलाई स्वागत गर्न, उहाँका पाइला राम्ररी पछ्याउँछु, सधैँ अगाडि बढ्ने प्रयास गर्छु।” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्)। मैले त्यो भजन बारम्बार गाएँ, र धेरै प्रेरित महसुस गरेँ। मलाई थाहा थियो, आस्थाको मार्गमा सधैँ पार्टीको सतावट भइरहन्छ, र भविष्यमा म फेरि पक्राउ पर्न सक्छु वा मलाई जेल सजाय समेत हुन सक्छ। तर यो नै साँचो मार्ग हो भन्ने कुरामा म निश्चित थिएँ, र म अन्त्यसम्म परमेश्वरलाई पछ्याउन तयार थिएँ। केही समयसम्म, मैले मण्डलीका अन्य सदस्यहरूसँग सम्पर्क गर्न वा मण्डलीको जीवन जिउन सकिनँ। त्यसैले, मैले घरमै परमेश्वरको वचन खाएँ-पिएँ, आफूलाई सत्यताले सुसज्जित पारेँ, र मेरो परिवारलाई सुसमाचार सुनाएँ। पछि मेरो श्रीमान् र छोरी पनि विश्वासी बने। हामी एकै परिवार भएर भेला हुन्थ्यौँ, अनि परमेश्वरको वचन खान्थ्यौँ-पिउँथ्यौँ। एक वर्षपछि, म ब्रदर-सिस्टरहरूसँग फेरि सम्पर्कमा आएँ, र एउटा कर्तव्य निर्वाह गर्न थालेँ। म परमेश्वरप्रति एकदमै कृतज्ञ थिएँ।
यो सम्पूर्ण समयमा जे-जे भएको थियो—कम्युनिस्ट पार्टीको सतावट र गिरफ्तारीदेखि अनि मेरो परिवारका परीक्षाहरू र प्रहारहरूसम्म—ती सबैको बीचमा परमेश्वरका वचनको अन्तर्दृष्टि र मार्गदर्शनले नै मलाई चरणबद्ध रूपमा अगाडि बढ्न मद्दत गर्यो। मेरो अगाडिको बाटो जतिसुकै कठिन भए पनि, म अन्त्यसम्म परमेश्वरलाई पछ्याउनेछु।
जुडी, दक्षिण कोरियाहालसालै, मैले नयाँ विश्वासीहरूको अनुभव गवाहीका केही भिडियोहरू हेरेँ, र म निकै प्रभावित भएँ। केवल दुईतीन वर्ष विश्वास...
एडा, इटालीअप्रिल २०२३ मा, मैले फेरि अभिनेत्रीका रूपमा आफ्नो कर्तव्य सम्हालेँ। म मुख्यतया अनुभवात्मक गवाही भिडियोहरूको सुटिङमा संलग्न थिएँ,...
गत वर्ष अक्टोबरमा, दुई जना भिडियो बनाउने कामका सुपरभाइजरहरू बर्खास्त भए। किनभने हाम्रा अगुवाले यो कामको महत्त्वको बारेमा बारम्बार जोड...
चेन सियाओ, चीनसन् २०२३ को अप्रिलको अन्ततिर, मैले माथिल्लो अगुवाबाट एउटा चिठी पाएँ, जसमा एउटा मण्डलीको अगुवालाई वास्तविक काम नगरेकाले...