रिपोर्ट गर्ने कि नगर्ने

17 अक्टोबर 2021

याङ्ग यि, चीन

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “तिमीहरूको नियतिको लागि, तिमीहरूले परमेश्‍वरको स्वीकृति खोजी गर्नुपर्छ। भन्नुको मतलब, तिमीहरूले आफू परमेश्‍वरको घरानाको एक सदस्य भएको कुरा स्वीकार गरेको हुनाले तिमीहरूले परमेश्‍वरकहाँ मनको शान्ति ल्याउनुपर्छ र सबै कुराहरूमा उहाँलाई सन्तुष्ट पार्नुपर्छ। अर्को शब्दमा भन्ने हो भने, तँ आफ्ना सबै कार्यहरूमा अनुशासित हुनुपर्छ र तिनीहरूमा सत्यता बमोजिम चल्नुपर्छ। यदि यो कुरा तिमीहरूको वशभन्दा बाहिर छ भने परमेश्‍वरले तिमीहरूलाई तिरस्कार र इन्कार गर्नुहुनेछ र हरेक मानिसले घृणा गर्नेछ। तिमीहरू यस्तो बन्धनमा फसिसकेपछि, तिमीहरूलाई परमेश्‍वरको घरानाको सदस्यको रूपमा गणना गर्न सकिँदैन, र परमेश्‍वरले स्वीकृति नदिनु भन्नुको मतलब ठ्याक्कै यही हो” (वचन देहमा देखा पर्नुहुन्छको “तीन अर्तीहरू”)। हामीले सिद्धान्त र सत्यताअनुरूप कामकुराहरू गरेको परमेश्‍वर चाहनुहुन्छ। विश्‍वासीहरूका रूपमा यो हाम्रो दायित्व पनि हो। यो मानक नभएसम्‍म हामीले परमेश्‍वरको मन्जुरी प्राप्त गर्न सक्दैनौं। विगतमा, म सधैँ मेरो भ्रष्ट स्वभावको कारण पछि पर्थेँ। म सिद्धान्तअनुसार बोल्‍ने वा काम गर्ने गर्दिन थिएँ। जब मैले मण्डलीको झूटो अगुवा वा सेवकहरूबारे पत्ता लगाएँ, मैले तिनीहरूको खुलासा गर्ने वा रिपोर्ट गर्ने आँट गरिनँ, अनि यसले परमेश्‍वरको भवनको काममा ढिलाइ भयो। केँ कामकुराहरू सिद्धान्तअनुसार गर्नु कत्ति महत्वपूर्ण छ भनेर मैले अनुभवद्वारा सिकेँ।

गत ग्रीष्ममा हाम्रो मण्डली अगुवाले मलाई टोली अगुवालाई टोलीको काममा सहायता गर्नको लागि सम्पादन गर्ने काम दिनुभयो। मलाई मेरो पहिलाको कर्तव्यबाट तीन महिनाअघि खारेज गरिएको थियो, त्यसकारण अर्को अवसरको लागि मैले परमेश्‍वरलाई हार्दिक धन्यवाद दिएँ। मैले यो अवसरलाई साँच्‍चै बहुमूल्य ठानेँ र यो कार्य गर्न परमेश्‍वरमा भरोसा गर्न चाहेँ। टोली अगुवाले मलाई टोलीको कामबारे छोटो जानकारी दिए, अनि तिनीहरूसँग कागजातहरू सम्पादन गर्ने पर्याप्त व्यक्तिहरू रहेनछन् भन्‍ने मैले देखेँ। यसले तिनीहरूको प्रगतिमा साँच्‍चै प्रभाव पार्‍यो। मैले केही दाजुभाई र दिदीबहिनीहरूको प्रस्ताव राखेँ ताकि त्यो कर्तव्यको लागि सबैभन्दा उपयुक्त व्यक्ति को हुनेछ भन्‍ने बारेमा हामीले छलफल गर्न सकौं। तर उनको प्रतिक्रिया यस्तो थियो, “केही हतार छैन। आरामले गरौँ न—पहिला केही दस्तावेज सम्पादन गरिहाल्नुहोस्, त्यसपछि के हुन्छ हेरौंला।” तिनी कति उदासीन रहेछन् भन्‍ने देखेर म आत्तिएँ। सत्यता बुझेका र राम्रो क्षमता भएका पर्याप्त मानिसहरू टोलीमा थिएनन्, अनि यसले पहिले नै काममा प्रभाव पारिसकेको थियो। उसले कसरी, “आरामले गरौँ न” भन्न सकेका होला? यस बारेमा मैले तिनीसँग कुरा गर्नुपर्छ भन्‍ने मलाई लाग्यो। तर मलाई लाग्यो, “रेखदेख गर्ने व्यक्ति त तिनी नै हुन्। तिनले मैले भन्दा लामो समयदेखि यो कर्तव्य पूरा गर्दै आएका छन् र तिनले मैले भन्दा धेरै सिद्धान्तहरू बुझ्छन्। कामकुरा कसरी मिलाउने भन्‍नेतिनलाई राम्ररी थाहा हुनुपर्छ। म त भर्खरै समूहमा आबद्ध भएको छु र मेरो लागि सबै कुरा नयाँ छ। यदि मैले धेरै मुख बजाएँ भने, मलाई तिनले महत्त्वाकांक्षी भइरहेको र आफ्‍नो हैसियतभन्दा बाहिर गइरहेको छु भन्‍ने ठान्दैन र? आ, बिर्सिदिन्छु यो कुरा। पर्खेर हेरौँ न।”

केही समयपछि मैले के पत्ता लगाएँ भने टोलीका सदस्यहरूलाई तालिम दिनमा तिनी साँच्‍चै नै लापरवाही रहेछन् र मानिसहरूलाई काममा खटाउँदा तिनी सिद्धान्तअनुसार गर्दैनन् रहेछ। कतिपय दाजुभाइ-दिदीबहिनीहरूले निश्‍चित कर्तव्य पूरा गरिरहेका हुन्थे, अनि समग्र परिस्थिति, व्यक्तिको क्षमता, वा तिनीहरू कस्तो प्रकारको कर्तव्यको निम्ति उचित छन् भन्‍ने कुरालाई विचारै नगरी, तिनले मनोमानी ढङ्गले तिनीहरूलाई अर्को टोलीमा खटाउँथे। यसले परमेश्‍वरको भवनको काममा प्रभाव पार्‍यो र हाम्रो प्रगतिमा बाधा दियो। मैले तिनलाई उनले गरेका बन्दोबस्तहरू सिद्धान्तहीन र अनुचित छन् भनेर बताएँ, तर तिनले आफ्‍नो कामलाई जारी राखे। तिनले के गरिरहेका छन् त्यसको प्रकृतिलाई विश्‍लेषण गर्न र प्रकट गर्न म तिनीसँग सङ्गति गर्न चाहन्थेँ। तर त्यसपछि मैले सोचेँ, “म टोलीको नयाँ सदस्य हुँ। यदि मैले लगातार सुझाव दिइरहेँ भने, मैले नियन्त्रण गरिरहेको र अनुचित व्यवहार गरिरहेको छु भन्‍ने के उनलाई लाग्‍नेछ?” जब मैले त्यो बारेमा सोचेँ, मैले फेरि यसबारे बताउने आँट गरिनँ।

चाँडै नै, मैले मण्डली अगुवाबाट कागजातहरू सम्पादन गर्ने कसैलाई भेट्टायौं कि भेट्टाएनौं र टोली अगुवा र मैले मिलेर राम्ररी काम गरिरहेका छौं कि छैनौं भनेर सोधिएको पत्र प्राप्त गरेँ। यसले मलाई अलिक चिन्तित तुल्यायो। के जवाफ दिने मलाई थाहा थिएन। यदि टोली अगुवाले व्यवहारिक काम गरेनन् भनेर मैले मण्डली अगुवालाई बताएँ र त्यो कुरा तिनले थाहा पाए भने, हामी कसरी निरन्तर सँगै काम गर्न सक्छौं र? त्यति मात्र होइन, टोलीका अरूले उनीबारे के ससोच्थे भन्‍ने मलाई थाहा थिएन। यदि मेरो धारणा गलत रहेछ भने, के मण्डली अगुवाले मलाई म गल्ती खोतल्‍ने, पक्षपाती भन्दैनन् र? तर यदि मैले यो कुरा बताइनँ भने, म इमानदार भएको छैन वा मैले परमेश्‍वरको भवनको हितलाई रक्षा गरिरहेको छैन भन्‍ने मलाई लाग्‍नेथियो। निकै विचार गरिसकेपछि, सुरुमा मैले उनीबारे अरूले के सोच्दा रहेछन् सो पत्ता लगाउने निर्णय गरेँ। मैले पत्रको जवाफ पछि पठाउन सकेँ।

एक दिन, मैले एउटा भेलामा ब्रदर याङलाई देखेँ। उनले आफू धेरै महिनादेखि टोलीमा रहेको, अनि टोली अगुवा कहिल्यै पनि त्यति जिम्‍मेवार नरहेका बताए। टोली अगुवाले कार्यबारे जानकारी राखिराख्‍ने वा समयमै फलो-अप गर्ने गर्दैनथिए, अनि तिनले दाजुभाइ-दिदीबहिनीहरूलाई मार्गदर्शन गरेनन् वा तिनीहरूलाई सिद्धान्तहरूमा प्रवेश गर्न सहायता गरेनन्। केही अपर्झट चाहिएको कागजातहरू पनि थिए जसको लागि उनले समयमै मानिसहरू खटाएका थिएनन्, र अरू मानिसहरूले यो कुरा उठाउँदा पनि तिनी साँच्‍चै लापरवाह भए। आफूबारे कसरी मनन गर्ने र आफूलाई चिन्‍ने अनि समस्या पर्दा परमेश्‍वरका वचनहरू कसरी अभ्यास गर्ने त्यसबारे टोली अगुवाले सङ्गति गरेको विरलै सुनेको तर तिनले केही सिद्धान्तका कुरा मात्रै बताउने गरेका ब्रदर याङले पनि बताए। उनी भन्थे, टोली अगुवा मीठो गफ गर्ने खालका छन् तर तिनले कहिल्यै पनि कुनै वास्तविक काम गरेनन्। मैले मनमनै सोचेँ, “यस्तो लाग्छ, टोली अगुवा त कुनै वास्तविक काम नगरी झारा टार्ने काम मात्रै गरिरहेका छन्। उनले सत्यता वा अरूले बताएका सुझावहरू स्वीकार्दैनन्। के त्यो त झूटा अगुवा वा सेवकको परिभाषा होइन र? यदि उनले परमेश्‍वरको भवनको यत्ति महत्त्वपूर्ण कार्य सम्हाल्ने जिम्‍मेवार रहेको यो कर्तव्य निरन्तर गरिरहे भने, त्यसले साँच्‍चै नै परमेश्‍वरको भवनको काममा हानी पुऱ्याउन सक्छ।” यसले गर्दा मलाई यो समस्या कति गम्‍भीर रहेछ र मैले कुनै ढिलाइ नगरी यसबारे मण्डली अगुवालाई बताउनुपर्छ भन्‍ने लाग्यो। तर त्यसपछि मैले सोचेँ, “यदि मैले यसको रिपोर्ट गरेँ र उनलाई प्रतिस्थापन गरिएन भने, उनले मेरो लागि समस्या खडा गर्नेछन् वा मलाई मेरो कर्तव्यबाट खारेज समेत गर्नेछन्। मैले तीन महिनादेखि भक्ति र आत्म-चिन्तन गर्दैआएको छु। म यो कर्तव्यमा लागेको धेरै भएको छैन। यदि मलाई खारेज गरियो भने, के मैले अर्को कर्तव्यमा मौका पाउनेछु? पुरानो भनाइ छ, ‘सबैभन्दा अग्लो कीलालाई नै पहिले ठोकिन्छ।’ मैले केही पनि भन्‍नु हुँदैन। म कसैले तिनको बारेमा रिपोर्ट गरूञ्‍जेल पर्खिनेछु, त्यसपछि म पनि सहभागी हुनेछु। त्यसरी मैले आफूलाई मात्रै खतरामा पारिरहेको हुँदिन।”

म चनाखो भई झारा टार्न चाहन्थेँ, तर परमेश्‍वरले हाम्रो हृदय हेर्नुहुन्छ। घर फर्किँदा मलाई यस्तो निकै असहज आभास भइरहेको थियो। मेरो विवेकमा घोचेको थियो। यो त पवित्र आत्‍माले मलाई हप्काइरहनुभएको हो भन्‍ने मलाई लाग्यो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र अन्तर्दृष्टि मागेँ ताकि मैले आफूलाई चिन्‍न सकूँ। प्रार्थनापछि, मैले परमेश्‍वरका यी वचनहरूबारे सोचेँ: “तिमीहरू परमेश्‍वरको भारलाई बुझ्छौ र मण्डलीको गवाहीको प्रतिरक्षा गर्छौ भनी तिमीहरू सबै भन्छौ, तर तिमीहरूमध्ये कसले परमेश्‍वरको बोझलाई साँच्‍चै बुझेका छौ? आफैलाई सोध: के तँ उहाँको बोझलाई बुझ्‍ने व्यक्ति होस्? के तैँले उहाँको निम्ति धार्मिकतालाई अभ्यास गर्न सक्छस्? के तँ मेरो लागि खडा भएर बोल्‍न सक्छस्? के तँ दृढताको साथ सत्यतालाई अभ्यास गर्न सक्छस्? के तँ शैतानका सारा कार्यहरूको विरुद्धमा लड्न सक्‍ने जत्तिको साहसी छस्? के तँ आफ्‍ना भावनाहरूलाई पन्छ्याएर मेरो सत्यताको खातिर शैतानको खुलासा गर्न सक्षम छस्? के तँ मेरा अभिप्रायहरूलाई तँमा पूरा हुन दिन सक्छस्? के तैँले सबैभन्दा महत्त्वपूर्ण पलहरूमा आफ्‍नो हृदयलाई समर्पण गरेको छस्? के तँ मेरो इच्‍छा पूरा गर्ने व्यक्ति होस्?” (वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको “अध्याय १३”)। मसँग यसको कुनै उत्तर थिएन। म साँच्‍चै उदास थिएँ। म सधैँ परमेश्‍वरको इच्‍छालाई विचार गर्ने र मण्डलीको कामलाई कायम राख्नेबारे कुरा गर्थेँ, तर सत्यता उल्‍लङ्घन गर्ने र परमेश्‍वरको भवनलाई हानि गर्ने घटना साँच्चै घट्दा, म केवल आफ्‍नै चासोहरूमा लागिरहेँ। टोलीका अगुवा आफ्‍नो कर्तव्यमा लापरवाह छन् र कुनै पनि वास्तविक काम गर्दैनन्, यसले मण्डलीको कामलाई प्रभाव पारिसके छ र मैले मण्डली अगुवालाई बताउनुपर्छ भन्‍ने मलाई थाहा थियो। तर उनी ममाथि आइलाग्लान् वा मैले आफ्‍नो कर्तव्य समेत गुमाउन सक्छु भन्ने डरले मैले केवल आफ्नो रक्षा गरेँ। निर्णायक घडीमा म पछि हटेँ, मैले आँखा चिम्लेँ, केही थाहा छैन भन्‍ने बहाना बनाएँ। मैले परमेश्‍वरको भवनको हितलाई अलिकति पनि कायम राखिरहेको थिइनँ। म कुनै मानवता वा समझ नभएको स्वार्थी र घृणित थिएँ!

घर पुगेपछि, मैले परमेश्‍वरसँग यसो भनेर खोजी गर्दै प्रार्थना गरेँ: “के कुराले मलाई साँच्‍चै सत्यता अभ्यास गर्न र मण्डलीको काम कायम राख्न दिएन?” पछि मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “धेरैजसो मानिसहरूले सत्यताको खोजी र अभ्यास गर्न चाहन्छन्, तर धेरैजसो समय तिनीहरूसँग त्यसो गर्ने संकल्प र इच्‍छा मात्रै हुन्छ; तिनीहरूभित्र सत्यताको जीवन हुँदैन। परिणामस्वरूप, जब तिनीहरूले दुष्ट शक्तिहरूको सामना गर्छन् वा दुष्ट र खराब मानिसहरूले दुष्ट कार्यहरू गरिरहेका, वा झूटा अगुवा र ख्रीष्ट-विरोधीहरूले सिद्धान्तहरूलाई उल्‍लङ्घन गर्ने कार्य गरिरहेका—यसरी परमेश्‍वरको घरमा हानि पुर्‍याइरहेका, र परमेश्‍वरका चुनिएकाहरूलाई नोक्‍सानी पुर्‍याइरहेका—भेट्टाउँछन्, तब तिनीहरूले खडा हुने र बोल्‍ने साहस गुमाउँछन्। तँसँग कुनै साहस नहुनु भनेको के हो? के यसको अर्थ तँ डरपोक वा बोल्न नसक्ने व्यक्ति होस् भन्‍ने हो? कि यसको अर्थ तैँले पूर्ण रूपमा नबुझेको कारण, तँसँग बोल्‍ने साहस नहुनु हो? यो यीमध्ये कुनै पनि होइन; यसको अर्थ के हो भने तँ धेरै प्रकारका भ्रष्ट स्वभावद्वारा नियन्त्रित छस्। यीमध्ये एउटा स्वभाव धूर्तता हो। तैँले पहिले आफ्‍नै बारेमा सोच्छस्, र यस्तो विचार गर्छस्, ‘यदि म बोलेँ भने, यसले मलाई कसरी फाइदा दिनेछ? यदि म बोलेँ र कसैलाई बेखुशी तुल्याएँ भने, भविष्यमा हामी कसरी मिलेर बस्‍न सक्‍नेछौं?’ यो धूर्त मानसिकता हो, होइन र? के यो धूर्त स्वभावको परिणाम होइन र? … तेरो शैतानी, भ्रष्ट स्वभावले तँलाई नियन्त्रण गरिरहेको हुन्छ; तँ तेरो आफ्‍नै मुखको समेत मालिक होइनस्। तैँले इमानदार शब्‍दहरू बोल्‍न चाहे पनि, तैँले ती बोल्‍न पनि सक्दैनस् र तँ ती बोल्‍न पनि डराउँछस्। तैँले आफूले गर्नुपर्ने कुराहरू, आफूले भन्‍नुपर्ने कुराहरू, अनि तैँले लिनुपर्ने जिम्‍मेवारीको दश हजार भागको एक भाग गर्न वा बोल्‍न पनि सक्दैनस्; तेरा हात-खुट्टा तेरो शैतानी, भ्रष्ट स्वभावले बाँधिएका छन्। तँ आफूलाई काबुमा राख्‍ने अवस्थामा छैनस्। तेरो शैतानी, भ्रष्ट स्वभावले नै तँलाई कसरी बोल्‍ने भनेर बताउँछ, अनि तँ त्यसरी नै बोल्छस्; यसले तँलाई के गर्ने भनेर बताउँछ, अनि तैँले त्यही कुरा गर्छस्। … तैँले सत्यताको खोजी गर्दैनस्, तैँले सत्यताको अभ्यास गर्ने कुरा त परै जाओस्, तैपनि तँ प्रार्थना गरिरहन्छस्, आफ्‍नो संकल्प निर्माण गरिरहन्छस्, अठोट लिइरहन्छस्, र शपथ खाइरहन्छस्। अनि यो सबैबाट के आउँछ? तँ अझै पनि होमा हो मिलाउने मान्छे नै रहन्छस्: ‘म कसैलाई पनि रिस उठाउनेछैन, न त म कसैलाई चिढ्याउनेछु। यदि कुनै विषयसँग मेरो कुनै सम्‍बन्ध छैन भने, म यसबाट टाढै बस्‍नेछु; मसँग कुनै सम्‍बन्ध नै नभएका कुराहरूको बारेमा म केही पनि बताउनेछैन, अनि यसमा कुनै अपवाद छैन। यदि कुनै कुराले मेरो चासोहरू, मेरो अभिमान, वा मेरो आत्मसम्‍मानमा चोट पर्‍याउँछ भने, म यसलाई कुनै ध्यान दिनेछैन, र म यसलाई होशियारीको साथ लिनेछु; मैले हतारमा काम गर्नु हुँदैन। सबैभन्दा अग्लो कीलालाई नै पहिले ठोकिन्छ, र म त्यति मूर्ख पनि छैन!’ तँ तेरो दुष्टता, धूर्तता, कठोरता, अनि सत्यतालाई घृणा गर्ने तेरा भ्रष्ट स्वभावहरूद्वारा पूर्ण रूपमा नियन्त्रित छस्। तिनले तँलाई पूर्ण रूपमा काबुमा राखेका छन्, र तेरो लागि यो हनुमान राजाले लगाउने सुनौलो चक्रभन्दा पनि असहनीय र नियन्त्रण गर्न नसकिने भएको छ। भ्रष्ट स्वभावको नियन्त्रणमा जिउनु अत्यन्तै हैरानीपूर्ण र पीडादायी कुरा हो!” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यता अभ्यास गर्नेहरू मात्रै परमेश्‍वरको डर मान्‍नेहरू हुन्”)। परमेश्‍वरका वचनहरूले मेरा धूर्त र दुष्ट शैतानी स्वभावहरूलाई वारपार गरेर प्रकट गरिदिए। मैले सुरुमा समूहमा मानिसहरूको कमी छ भन्‍ने कुरा उठाउँदा र टोली अगुवा पूर्णतया ढुक्‍क छन् र जिम्‍मेवारी लिँदैनन् भन्‍ने देख्दा, यसले मण्डलीको कामलाई प्रभाव पार्छ भन्‍ने मलाई राम्ररी थाहा थियो। तर तिनले मलाई आफ्‍नो हैसियतभन्दा माथि उठिरहेको भभ न्लान् र मलाई मन नपराउन थाल्नेछन् भन्‍ने डरले मैले थप केही पनि भन्‍ने आँट गरिनँ। पछि, तिनले एकतिरबाट पैसा लिएर अर्कोतिर तिर्ने गरेको अनि हाम्रो काममा हानी पुऱ्याउँदै कुनै सिद्धान्तहरूविना मानिसहरूलाई यता-उता हेरफेर गरेको मैले देखेँ। अझै पनि मैले यसबारे बताइनँ तर यसलाई ढाकछोप गरेँ। यसबाट केही प्राप्त भएको छैन भन्‍ने मलाई थाहा थियो तर म तिनलाई निराकरण गर्न वा खुलासा गर्न डराएँ। ब्रदर याङले मलाई तिनीबारे थप कुरा बताउँदा, तिनले व्यावहारिक काम गरिरहेका छैनन् र सत्यतालाई स्वीकार गर्दैनन्, तिनी एक झूटो अगुवा हुन् र मैले तुरुन्तै यसबारे मण्डली अगुवालाई रिपोर्ट गर्नुपर्छ भन्‍ने कुरामा मलाई कुनै शङ्का रहेन। अझै पनि, मलाई तिनले मेरो कर्तव्य खोस्ने डर थियो, त्यसकारण मेरो आफ्‍नै पद र प्रत्याशाहरूलाई बचाउन म फेरि लुरुक्‍क परेर भागेँ। म कति स्वार्थी र कपटी थिएँ! जब-जब मैले तिनको कुनै समस्या देख्थें, तिनको खुलासा गर्ने वा मण्डली अगुवालाई बताउने आँट गरिनँ। परिणामस्वरूप यसले परमेश्‍वरको भवनको काममा बाधा पुग्‍यो। म “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “सबैभन्दा अग्लो कीलालाई नै पहिले ठोकिन्छ,” “शक्तिले भक्ति ल्याउँछ,” र “राजाले गाउँगाउँमा हुकुम दिँदै हिँड्न सक्दैन।” जस्ता शैतानी विषहरूअनुसार जिइरहेको थिएँ। मेरो दृष्टिकोण एकदमै निरर्थक थियो र म झन्-झन् स्वार्थी र कपटी भएँ। आइपर्ने कुनै पनि समस्याको निम्ति जिम्‍मेवार तुल्याइन्छ भन्‍ने डरले हरेक कदममा आफ्‍नै हितलाई जोगाउँदै मैले आफ्‍नै रक्षा गरिरहेकी र आफूले गर्ने सबै कुरामा होसियार भइरहेकी थिएँ। अन्योलमा पर्नेबारे सोच्नै सक्दिनथिएँ। साँचो बोल्‍न र वास्तवमा के भइरहेको छ त्यो बताउन मलाई साह्रै कठिन भयो। मसँग झूटो अगुवाको रिपोर्ट गर्ने र खुलासा गर्ने हिम्मत थिएन। यी शैतानी स्वभाव र विषहरूले मलाई बलियो गरी बाँधेको र नियन्त्रण गरेका थिए। मैले सत्यता बताउन सकिनँ र मसँग धार्मिकता नै थिएन। यो जिउने निकै कायर तरिका थियो। मैले यी शैतानी विषहरू कति निरर्थक छन् भन्‍ने कुरा साँच्‍चै अनुभव गरेँ, र तीअनुसार जिउँदा मैले गरेको हरेक कुरा सत्यता र परमेश्‍वरको विरुद्धमा गए। मसँग कुनै मानव रूप नै थिएन।

ठीक त्यही बेला, मण्डलीले कामका बन्दोबस्तहरू जारी गर्यो। यदि व्यवहारिक काम नगर्ने कुनै दुष्कर्मी र ख्रीष्टविरोधी वा झूटा अगुवा वा सेवकहरू पत्ता लागेको छ भने परमेश्‍वरको भवनका हितहरूलाई जोगाउन तिनीहरूबारे रिपोर्ट गर्नुपर्छ भनेर हामीलाई फेरि भनियो। त्यसो गर्नु परमेश्‍वरका चुनिएका हरेक मानिसको जिम्‍मेवारी हो। परमेश्‍वरको भवनबाट यी आवश्यकहरू मेरोअघि प्रस्तुत गरिँदा मलाई डर लाग्यो। हाम्रो समूहमा एक जना झूटो अगुवा छ भन्‍ने मलाई राम्ररी थाहा थियो तर मैले तिनको रिपोर्ट गर्ने आँट गरिनँ। म कसरी परमेश्‍वरको चुनिएको व्यक्ति हुन योग्य थिएँ र? मैले मेरो स्थितिसँग प्रासङ्गिक परमेश्‍वरका केही वचनहरू खोजेँ र यो भेट्टाएँ: “अगुवा वा कामदारलाई कसरी व्यवहार गर्ने सम्बन्धमा मानिसहरूसँग हुनुपर्ने मनोवृत्ति के हो? यदि उसले गरेको कुरा सही हो भने तैँले उसको आज्ञापालन गर्न सक्छस्; यदि उसले गरेको गलत हो भने तैँले उसको पर्दाफास गर्न र उसको विरोध गर्न र फरक राय राख्‍न समेत सक्छस्। यदि ऊ व्यवहारिक काम गर्न सक्षम छैन र झुटो अगुवा, झुटो कामदार वा ख्रीष्टविरोधीको रूपमा प्रकट भएको छ भने तैँले उसको नेतृत्व इन्कार गर्न सक्छस् र तैँले त्यसको रिपोर्ट गर्न र पर्दाफास गर्न पनि सक्छस्। यद्यपि, केही परमेश्‍वरबाट चुनिएका मानिसहरूले सत्यतालाई बुझ्दैनन् र खास गरी डरपोक हुन्छन् र यसैले तिनीहरू केही गर्ने आँट गर्दैनन्। तिनीहरू भन्छन्, ‘यदि अगुवाले मलाई हटायो भने म सकिन्छु; यदि ऊसले सबैलाई मेरो पर्दाफास गर्न र मलाई त्याग्‍न लगायो भने, म अबउप्रान्त परमेश्‍वरमा विश्‍वास गर्न सक्षम हुनेछैनँ। यदि मैले मण्डली छोडेँ भने, परमेश्‍वरले मलाई चाहनुहुनेछैन र मलाई बचाउनुहुनेछैन। मण्डलीले परमेश्‍वरको प्रतिनिधित्व गर्छ!’ के सोचाइका यी तरिकाहरूले त्यस्तो व्यक्तिको ती कुराहरूप्रतिको मनोवृत्तिलाई प्रभाव पार्दैन र? यदि अगुवाले तँलाई निष्कासन गर्छ भने तैँले मुक्ति पाउनेछैनस् भन्‍ने कुरा वास्तवमा सत्य हुन सक्छ र? के तेरो मुक्तिको प्रश्‍न तेरो अगुवाको तँप्रतिको मनोवृत्तिमा निर्भर रहन्छ र? किन यति धेरै मानिसहरूमा यति डर हुन्छ? कुनै झुटो अगुवा वा ख्रीष्टविरोधीले तँलाई धम्काउनेबित्तिकै यदि तैँले माथि रिपोर्ट गर्ने हिम्मत गर्दैनस् र त्यसपछि त्यसो गर्ने प्रत्याभूति गरिनस् भने तँ त्यो अगुवासँग एकै मनको हुनेछस्, तब के तँ सकिँदैनस् र? के यो सत्य पछ्याउने किसिमको व्यक्ति हो? तैँले शैतानी ख्रीष्टविरोधीले गरेको त्यस्तो दुष्ट व्यवहारको पर्दाफास गर्ने हिम्मत नगरेको मात्र होइन, यसको विपरित, तैँले त तिनीहरूको आज्ञापालन गर्छस् र तिनीहरूका शब्दहरूलाई सत्य समेत मान्छस्, र तँ त्यसैमा समर्पित हुन्छस्। के यो मूर्खताको प्रतीक होइन र?” (ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरू सत्यको पछि लाग्नेहरूलाई बहिष्कार र आक्रमण गर्छन्”)। परमेश्‍वरका यी वचनहरू पढेपछि मेरो हृदय उज्यालो भयो। मुख्यतः यदि मैले टोली अगुवालाई चिढ्याएँ भने उनले मेरो लागि समस्याहरू पैदा गर्लान् वा मैले मेरो कर्तव्य गुमाउन समेत सक्छु भन्‍ने मेरो डरले नै उनको रिपोर्ट गर्न डराएको थिएँ। यो मानौं उनले मेरो कर्तव्य वा मेरो नियति निर्धारण गर्न सक्छन् भन्‍ने जस्तै थियो। यो साँच्‍चै नै निरर्थक दृष्टिकोण थियो। मलाई खारेज गर्ने कि वा मेरो भवितव्य के हुनेछ भन्‍ने कुरा परमेश्‍वरको हातमा थियो। कुनै मानिसले यसको निर्णय गर्न सक्दैनथ्यो। झूटा अगुवा र ख्रीष्टविरोधीहरूले त्यसलाई नियन्त्रण गर्न सक्दैनन्। परमेश्‍वरको भवन संसारजस्तो छैन। यहाँ, सत्यता र धार्मिकताले शासन गर्छ। झूटा अगुवा र ख्रीष्ट-विरोधीहरूले परमेश्‍वरको घरमा पाइला टेक्‍न सक्दैनन्। तिनीहरूले केही समयको लागि शक्ति प्राप्त गर्न सक्लान् तर आखिरमा, तिनीहरूको खुलासा हुनेछ र तिनीहरूलाई हटाइनेछ। विगतमा मण्डलीले धेरैजनाझूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई खारेज गरेको र हटाएको थियो। मैले त्यो कुरा एकदमै स्पष्ट रूपमा देखेँ, तर जब तीमध्ये एक जना मेरो वृत्तमा देखा पर्‍यो र मैले परमेश्‍वरको भवका हितहरूलाई जोगाउन तिनको रिपोर्ट गर्नु आवश्यक पर्‍यो, तब म पछि हटेँ। म शैतानको सानो नोकर बन्‍न रुचाएँ। म अत्यन्तै कमजोर र कायर थिएँ। मैले परमेश्‍वरको धर्मी स्वभावलाई बुझिनँ, र उहाँले सबै कुरामथि शासन गर्नुहुन्छ र सबै कुरा देख्‍नुहुन्छ भन्‍ने कुरा मैले साँच्‍चै देखिनँ। म परमेश्‍वरलाई होइन मानिसलाई नाराज पार्छु कि भनेर डराएँ त्यो कसरी परमेश्‍वरलाई आफ्नो हृदयमा ठाउँ दिएको भयो र?

त्यसपछि मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ। “यदि कुनै मण्डलीमा सत्यको अभ्यास गर्न इच्छुक र परमेश्‍वरको गवाही दिन सक्ने कोही छैन भने त्यो मण्डलीलाई पूर्ण रूपमा अलग गर्नुपर्दछ, र अरू मण्डलीहरूसँग त्यसको सम्बन्ध विच्छेद गर्नुपर्दछ। यसलाई ‘मृत्युलाई गाड्नु’ भनिन्छ; शैतानलाई निकाल्नु भनेको यही हो। यदि एउटा मण्डलीमा धेरै जना स्थानीय बदमासहरू छन्, र तिनीहरूलाई ‘स-साना झिँगोहरू’ ले पछ्याउँछन् जसमा पूर्ण रूपमा विवेकको कमी हुन्छ, र यदि विश्‍वासीहरूले सत्य देखेर पनि ती बदमासहरूका बन्धनहरू र धूर्तताहरू अस्वीकार गर्न सक्दैनन् भने, तब अन्त्यमा ती सबै मूर्खहरूलाई हटाइनेछन्। यी साना झिँगोहरूले कुनै डरलाग्दो काम नगरेको हुन सक्छ, तर तिनीहरू अझ छली हुन्छन्, झन् धेरै चलाख र धोकेबाज हुन्छन्, र यस्तो सबैलाई हटाइनेछ। एउटै पनि बाँकी रहनेछैन! जो शैतानका हुन् उनीहरू शैतानकहाँ फर्किनेछन् भने जो परमेश्‍वरका हुन् उनीहरू निश्चय सत्यको खोजीमा लाग्नेछन्; उनीहरूका प्रकृतिद्वारा यसको निर्णय गरिन्छ। शैतानको पछि लाग्नेहरू सबै नष्ट होऊन्! त्यस्ता मानिसहरूलाई कुनै दया देखाइनेछैन। सत्यको खोजी गर्नेहरूका निम्ति प्रबन्ध गरिन्छ, र उनीहरूले आफ्नो हृदयको सन्तुष्टिका निम्ति परमेश्‍वरको वचनको आनन्द लिन सक्छन्। परमेश्‍वर धर्मी हुनुहुन्छ; उहाँले कसैलाई पक्षपात गर्नुहुन्न। यदि तँ दियाबलस हो भने तँ सत्य प्रयोग गर्न असमर्थ छस्; यदि तँ सत्यको खोजी गर्ने व्यक्ति होस् भने यो निश्चित छ कि तँ शैतानद्वारा बन्दी बनाइनेछैनस्। यस कुरामा कुनै शङ्का छैन” (वचन देहमा देखा पर्नुहुन्छको “सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेताउनी”)। उहाँका वचनहरू पढेर मैले साँच्‍चै नै परमेश्‍वरको पवित्र, धर्मी, रिस उठाउन नसकिने स्वभावलाई देख्‍न सकेँ। झूटा अगुवाहरू र ख्रीष्टविरोधीहरूले उहाँको भवनको काममा बधा पुऱ्याएको र उहाँका चुनिएका मानिसहरूलाई हानि गरेको उहाँले सहनुहुनेछैन। त्यस्ता मानिसहरू देखा पर्दा, सत्यताको अभ्यास नगर्ने, परमेश्‍वरको भवनका हितहरूको रक्षा नगर्नेहरूलाई पनि उहाँ घृणा गर्नुहुन्छ। यदि तिनीहरूले पश्‍चात्ताप गरेनन् भने, तिनीहरूलाई हटाइन्छ र दण्ड दिइन्छ। हाम्रो टोली अगुवा एक झूटो अगुवा हुन् भन्‍ने मलाई थाहा थियो तर कसरी सत्यताको अभ्यास गरिनँ वा तिनको रिपोर्ट गर्ने आँट गरिनँ त्यसबारे सोचेँ। यो सबै मैले आफ्‍नै हितको लागि गरेको थिएँ। म शैतानको पक्षमा उभिँदै, परमेश्‍वरको घरको मूल्य चुकाउँदै झूटा अगुवालाई लिप्त गराउँदै र जोगाउँदै बारम्‍बार शैतानसामु झुकेँ। त्यसले गरिरहेको दुष्टतामा म पनि सहभागी थिएँ। म परमेश्‍वरले दिनुहुने सत्यतामा रमाइरहेको थिएँ र उहाँको टेबलमा खाने र पिउने गरिरहेको थिएँ। तर शैतानले परमेश्‍वरको भवनमा सर्वनाश निम्त्याइरहेको नाजुक समयमा, मैले परमेश्‍वरको भवनका हितहरूलाई रक्षा गर्न सकिनँ। त्यसको सट्टा, मैले आफ्नो थालमा आफै थुकेँ र शत्रुको पक्ष लिएँ। त्यो परमेश्‍वरप्रति विश्‍वासघात थियो र यसले उहाँको स्वभावलाई गम्‍भीर रूपमा चिढ्यायो। परमेश्‍वरका यी वचनहरूबारे विचार गर्दा, “शैतानको पछि लाग्नेहरू सबै नष्ट होऊन्!” म अत्यन्तै भयभीत भएँ। यदि मैले पश्‍चात्ताप गरिनँ भने, परमेश्‍वरले मलाई झूटा अगुवासँगै अवश्य हटाउनुहुन्छ भन्‍ने मलाई थाहा भयो। मैले झूटा अगुवाको रिपोर्ट नगरेको कारण आउने परिणामहरूको प्रकृति र गम्‍भीरतालाई बुझेँ र त्यत्तिका स्वार्थी र घृणित भएकोमा आफूलाई साँच्चै घृणा गरेँ। मैले परमेश्‍वरको भवनका हितहरूलाई रक्षा गर्दै गरेको थिइनँ। ममा मानवताको पूर्णतया कमी थियो। त्यसपछि म प्रार्थनामा परमेश्‍वरसामु आएँ। “हे परमेश्‍वर, म अत्यन्तै स्वार्थी र कपटी छु। मैले मण्डलीमा झूटा अगुवा देखेँ अनि कहिल्यै रिपोर्ट गरिनँ वा खुलासा गरिनँ। मैले तिनलाई ढाकछोप गरेँ र लिप्त गराएँ, र केवल आफ्‍ना हितहरूलाई जोगाउन मैले शैतानको दासको जस्तो व्यवहार गरेँ। मैले दण्ड पाउनुपर्छ। हे परमेश्‍वर, म त्यस्तो काम फेरि कहिल्यै गर्नेछैन। म पश्‍चात्ताप गर्न चाहन्छु। बिन्ती छ मलाई शक्ति दिनुहोस् ताकि सत्यता अभ्यास गर्न सकूँ, त्यस झूटो अगुवाको रिपोर्ट र खुलासा गर्न सकूँ अनि मण्डलीको कामलाई कायम राख्न सकूँ।”

भोलिपल्ट मैले मेरो भक्तिमा परमेश्‍वरका यी वचनहरू पढेँ: “तैँले आफ्‍ना सोचाइ र विचारहरूलाई कसरी विश्‍लेषण गर्ने सो कुरा सिक्‍नुपर्छ। तैँले जे-जस्ता कुराहरू गलत रूपमा गरिरहेको छस्, र तेरा जे-जस्ता बानीबेहोरा परमेश्‍वरले मन पराउनुहुन्‍न, तैँले तिनलाई तुरुन्तै उल्ट्याएर सुधार गर्न सक्‍नुपर्छ। तिनलाई सुधार गर्नुको उद्देश्‍य के हो त? यसको उद्देश्य तँभित्र भएका शैतानको स्वामित्वमा रहेका कुराहरूलाई इन्कार गर्दै र तिनलाई सत्यताले प्रतिस्थापन गर्दै सत्यतालाई स्वीकार गर्नु र अपनाउनु हो। तँ तेरो भ्रष्ट स्वभावमा भरोसा गर्ने गर्थिस्, जस्तै कुटिलपन र छलीपन, तर तँ अहिले त्यसो गर्दैनस्; अहिले जब तँ कामकुराहरू गर्छस्, तँ इमानदार, विशुद्ध, र खुला मनोवृत्ति, स्थिति, र स्वभावहरूमा भर पर्छस्। … जब सत्यता तेरो जीवन बन्छ, तब, यदि कसैले परमेश्‍वरको विरुद्धमा ईश्‍वरनिन्दा गर्छ, त्यो व्यक्तिसँग परमेश्‍वरप्रति कुनै आदर हुँदैन, आफ्‍नो कर्तव्यमा लापरवाही गर्छ, मण्डलीको काममा बाधा वा अवरोधहरू ल्याउँछ भने, र जब तैँले यसो भएको देख्छस्, तब तैँले यसलाई पत्ता लगाउन र आवश्यक परे यसलाई खुलासा गर्न, अनि सत्यता सिद्धान्तअनुसार यसलाई समाधान गर्न सक्छस्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यता अभ्यास गर्नेहरू मात्रै परमेश्‍वरको डर मान्‍नेहरू हुन्”)। परमेश्‍वर वचनहरूले मलाई विश्‍वासको सबैभन्दा आधारभूत तत्व भनेको इमानदार हृदय हुनु, सत्यता अभ्यास गर्नु, परमेश्‍वरको भवनका हितको रक्षा गर्नु र सिद्धान्त अनुसार कामकुरा गर्नु हो भन्‍ने कुरा देखाए। त्यसरी हामीले परमेश्‍वरलाई आनन्दित पार्न सक्छौं। मैले सत्यता अभ्यास गर्नुपर्छ र सिद्धान्तअनुसार हाम्रो टोली अगुवाको रिपोर्ट गर्नुपर्छ भन्‍ने मलाई थाहा थियो। र त्यसकारण, तिनले गरेका सबै कुरा सटीक रूपमा र विस्तृत रूपमा लेखेँ र मण्डली अगुवालाई दिएँ। सबै कुराको जाँच गरिसकेपछि, मण्डली अगुवाले के पुष्टि गरे भने टोली अगुवाले आफ्‍नो कर्तव्य लापरवाहीसाथ गरिरहेका थिए र कुनै पनि वास्तविक काम गरेका थिएनन्। तिनी साँच्‍चै नै झूटो अगुवा थिए र तिनलाई तिनको कर्तव्यबाट खारेज गरियो। त्यसबारे मलाई जानकारी दिइँदा मलाई शान्ति अनुभूति भयो। त्यो अनुभवले मलाई परमेश्‍वर कत्ति धर्मी हुनुहुन्छ, र उहाँको भवनमा ख्रीष्‍ट र सत्यताले शासन गर्नुहुन्छ भन्‍ने देखायो। कसैको पद जति नै उच्‍च भए पनि, तिनीहरूको वरिष्ठता जति नै ठूलो भए पनि, तिनीहरू सत्यता र परमेश्‍वरका वचनहरूमा समर्पित हुनैपर्छ। सत्यता अभ्यास नगर्नेहरू परमेश्‍वरको भवनमा खडा हुन सक्‍नेछैनन्। अन्त्यमा तिनीहरूलाई हटाइनेछ। इमानदार व्यक्ति बन्‍नु, परमेश्‍वरका वचनहरू अभ्यास गर्नु र सिद्धान्तअनुसार कामकुरा गर्नु मात्रै परमेश्‍वरको इच्‍छाअनुरूप हो र त्यसले मात्रै उहाँको मन्जुरी पाउँछ।

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

इमानदार मानिस हुनुको स्वाद

योङ्ग्सुइ, दक्षिण कोरियाएक दिन मार्च महिनाको अन्ततिर एक भेलामा, एक जना अगुवाले गिरफ्तार गरेर क्रूर यातना दिइएका एकजना दाजुको बारेमा बताए।...

आफ्‍नो कर्तव्य पूरा गर्नु भनेको के हो मैले बल्‍ल बुझेँ

क्षुन्‍क्‍वी, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “वास्तविकतामा, मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको मानिसभित्र...

नतोडिने विश्‍वास

मेङ्ग योङ्ग, चीनडिसेम्बर २०१२ मा, धेरै जना दाजुभाइ-दिदीबहिनीहरू र म सुसमाचार प्रचार गर्न गाडीमा चढेर एउटा ठाउँमा गयौं, र दुष्ट मानिसहरूले...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्