मानिसहरूलाई खुसी पार्ने हुनुको सत्यतालाई मैले देखेको छु

17 अक्टोबर 2021

नुलि, चीन

मैले मेरा इष्टमित्र, परिवार र छिमेकीहरूसित अन्तरक्रियाहरू गर्दा व्यक्तिगत सम्बन्धलाई कायम राख्न निकै प्रयास गर्ने गर्थेँ। म कुनै पनि कुरा सहन्थें अनि मानिसहरूलाई उनीहरूकै तरिकामा चल्न दिन्थें ताकि कसैले पनि मेरोबारे कटु शब्द नबोलून्। मैले कसैसित कहिल्यै विवाद गरिनँ। कसैसित समस्या भएको देख्दा समेत, म केही भन्दिन थिएँ। समय बित्दै जाँदा, सबैले मलाई एक असल व्यक्ति ठान्न थाले। आफू विश्‍वासी भएपछि पनि मैले यस जीवन-दर्शनलाई आफ्ना मामिलाहरूमा र अरूसितको अन्तरक्रियाहरूमा प्रयोग गरिरहेँ। मलाई याद छ, म विश्‍वासमा आएको केही समयपछि नै हाम्रो समूहका भेलाहरूको इन्‍चार्ज ब्रदर टियान सधैँ आफ्‍नो बोली-वचनमा अत्यन्तै नम्र रहेका र परमेश्‍वरका वचनहरू सम्‍बन्धी उनको सङ्गति अन्तर्दृष्टि दिने किसिमका भएका मैले पाएँ। जब-जब ममा कुनै कुरा आइपर्थ्यो वा मलाई कुनै प्रकारको कठिनाइ हुन्थ्यो, यसको समाधानमा मद्दत खोज्न म उनैकहाँ जान्थेँ, र मसँगको सङ्गतिमा उनी सधैँ अत्यन्तै सहनशील हुन्थे। हामी राम्ररी नै मिल्थ्यौं। केही वर्षपछि हामी दुवै जना मण्डली अगुवाहरूको रूपमा चुनियौं, र उनको साथमा मेरो कर्तव्य पूरा गर्ने मौका पाउँदा म निकै उत्साहित थिएँ। तर केही समयपछि, मैले के देखेँ भने ब्रदर टियानले आफ्‍नो कर्तव्यमा त्यति बोझ वहन गर्दा रहेनछन्, र जब-जब दाजुभाइ-दिदीबहिनीहरू नकारात्मक र कमजोर बन्थे, उनले झारा टार्ने काम गर्दै केही सरल सङ्गति बाँड्थे। यसबाट कुनै परिणाम आयो कि आएन उनले त्यसको बारेमा कुनै वास्ता गर्दैनथिए। मलाई लाग्थ्यो, “के उनी आफ्‍नो कर्तव्यमा लापरवाही बनिरहेका छैनन् र? यसले अवश्य नै दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा ढिलाइ गर्नेछ। मैले उनीसँग सङ्गति गर्नैपर्छ। तर फेरि, उनले मैले भन्दा लामो समयदेखि यो कर्तव्य पूरा गर्दै आएका छन् र यस कामको विषयमा उनीसँग केही अनुभव छन्। मैले त अगुवाको रूपमा भर्खरै मेरो कर्तव्य पूरा गर्न सुरु गरेको छु। तिमीले आफ्‍नो काममा बोझ लिइरहेका छैनौ भनेर मैले उनलाई भनेँ भने उनले मलाई के सोच्‍नेछ?” भनाइ नै छ, “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ।” त्यसकारण हाम्रो सम्‍बन्धलाई यथास्थितिमा राख्‍नको लागि, मैले उनीसँग कुराकानी मात्रै गरेँ र उनका समस्याहरूलाई त्यति ठूलो कुरा होइन भनी भनेँ।

हाम्रो एउटा भेलामा, केही दाजुभाइ-दिदीबहिनीहरूले सुसमाचार सुनाउने क्रममा आफूले सामना गरेका कठिनाइहरूको बारेमा कुरा उठाए, र हामीले उनीहरूलाई यी समस्याहरू समाधान गर्न सहायता गर्न सक्छौं भन्‍ने तिनीहरूको आशा थियो। मैले ब्रदर टियानसँग हामी सँगै जानुपर्छ भनेर कुरा गरेँ, तर उनले सुसमाचारको काम आफ्नो सबल पक्ष नरहेको भन्‍ने बहाना गर्दै आफू जान नचाहेको बताए। हाम्रा दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्‍नो कर्तव्य पूरा गर्न कठिन भइरहेको छ, त्यसकारण हामीले तिनीहरूलाई सहायता गर्नको लागि हाम्रो शक्तिले भ्याउने सबै कुरा गर्नुपर्छ, र हामीले हाम्रा रुचिहरूको आधारमा मात्रै हाम्रो कर्तव्य पूरा गर्नु हुँदैन भन्दै मैले उनीसँग सङ्गति गरेँ। उनी मौन बसे, त्यसकारण यो उनको मौन सहमति होला भन्‍ने मैले सोचेँ। अर्को दिन उनी देखा नपर्दा म छक्‍क परेँ। मलाई उनीप्रति केही रिस उठ्यो—एउटा मण्डली अगुवाको रूपमा दाजुभाइ-दिदीबहिनीहरूका समस्याहरूका समस्या समाधान गर्न हात नबढाउनु उनको गैरजिम्‍मेवारीपन भएन र? मैले यस बारेमा उनीसँग कुरा गर्नैपर्छ भन्‍ने मलाई थाहा थियो।

भेला सकिनेबित्तिकै म ब्रदर टियानसँग कुरा गर्न गइहालेँ, र त्यहाँ जाँदा बाटोभरि मैले उनीसँग कसरी सङ्गति गर्ने भनेर विचार गरिरहें। तर म उनको घरमा पुगेपछि मप्रति उनले अत्यन्तै न्यानो र मित्रवत् व्यवहार गरे, र मलाई यो कुरा उठाउन अलिक अप्ठ्यारो लाग्यो। मैले सोचेँ, “ब्रदर टियान मुस्कुराइरहेका छन् र उनले मलाई चिया पनि दिए। मैले कसरी यो कुरा उनलाई भन्‍न सक्छु? यदि मैले उनलाई तिमी आफ्‍नो कर्तव्यमा गैरजिम्‍मेवार छौ र तिमी भयानक स्थितिमा छौ भनें भने, के त्यो उनको लागि अत्यन्तै लाजमर्दो कुरा हुने थिएन र? भनाइ नै छ, ‘मुस्कुराउने मान्छेमाथि हात नउठाउनु।’ हामी सधैँ अति मिल्दै आएका छौं। यदि मैले हाम्रो सम्‍बन्धलाई बर्बाद गरेँ भने हामीले कसरी सँगै काम गरिरहन सक्छौं र? हामीले एक-अर्कालाई सधैँ भेटिरहेका हुन्छौं, त्यसकारण यो अत्यन्तै अप्ठ्यारो अवस्था हुनेछ!” त्यसकारण मैले उनलाई नम्र ढङ्गले भनेँ, “हामीले हाम्रो कर्तव्यप्रति बोझ वहनको भावना विकास गर्नु आवश्यक छ। हामीले हाम्रा व्यक्तिगत रुचिहरूका आधारमा काम-कुरा गर्नु हुँदैन।” जब उनले आफ्‍नो शिर निहुराए र केही पनि बोलेनन्, मलाई थप केही कुरा भन्‍न मन लागेन। मैले सोचेँ, मण्डली अगुवाको रूपमा काम गर्न मैले भर्खरै सुरु मात्रै गरेको छु र मलाई मण्डलीको कामको बारेमा अझै त्यति राम्ररी थाहा छैन। मलाई धेरै कुरामा उनको सहयोग चाहिन्थ्यो, र एउटा पुरानो भनाइले भनेजस्तै, “आफू हिँड्ने पुल नजलाउनु।” मैले उनलाई त्यति कठोर व्यवहार गर्नुहुँदैन भन्‍ने मलाई लाग्यो, त्यसकारण मैले थप केही पनि भनिनँ।

केही समयपछि हामीलाई एउटा भेलाको बारेमा जानकारी गराउँदै हाम्रा अगुवाहरूबाट एउटा सन्देश प्राप्त भयो, र ब्रदर टियान र मैले छुट्टाछुट्टै गएर केही दाजुभाइ-दिदीबहिनीहरूलाई खबर गर्ने निर्णय गर्‍यौं। भोलिपल्ट हाम्रो भेट हुँदा मैले उनलाई त्यो खबर फैलायौ त भनेर सोधेँ, तर उनले कुनै वास्ता नै नभए जसरी आफू अरू नै काम गर्नमा व्यस्त भएको यसको बारेमा बिर्सिएँ पो भने। उनको यो उदासीनता देखेर मैले उनलाई नहप्काइ रहन सकिनँ। मैले भनेँ, “तपाईंले यो तरिकाले आफ्‍नो कर्तव्य पूरा गर्नु भनेको गैरजिम्‍मेवारपन हो र यसले मण्डलीको काममा ढिलाइ गर्न सक्छ।” उनले आफ्‍नो अनुहार बिगार्दै आफ्‍नो चाबी लिएर त्यहाँबाट हिँडेको देख्दा म छक्‍क परेँ। उनी चिढिएको देखेर मैले थप केही पनि भन्‍ने आँट गरिनँ, किनभने मलाई यसले हाम्रो सम्‍बन्धलाई पूर्ण रूपमा बर्बाद गर्नेछ भन्‍ने डर थियो।

ब्रदर टियानले आफ्‍नो कर्तव्यमा कुनै बोझ वहन नगरेको, उनी लापरवाही रहेको, उनले प्रायजसो ढिलाइ गराउने गरेको, र समस्याहरूको सामना गर्दा उनमा आत्मज्ञानको कमी रहेको मैले देखेको थिएँ। अरूले उनका समस्याहरूको बारेमा सङ्गति गर्दा वा औंल्याइदिँदा, उनी यो कुरा स्वीकार गर्दैनन् थिए। के ती सबैले उनी सत्यतालाई स्वीकार गर्न वा व्यावहारिक काम गर्न नसक्‍ने झूटो अगुवा हो भन्‍ने कुरालाई औंल्याउँदैन थियो र? उनी अगुवाको पदमा नै रहिरहे भने यसले मण्डलीको कामलाई पछि पार्नेथियो—उनका समस्याहरूका बारेमा मैले अगुवाहरूलाई बताउनुपर्छ भन्‍ने मलाई थाहा थियो। तर फेरि सोचेँ, अगुवाहरूले यो सबैको बारेमा थाहा पाएपछि उनलाई पक्कै पनि काटछाँट गर्ने र निराकरण गर्नेछन्, र उनले आफ्‍नो पद गुमाउन सक्नेछन्। अनि ब्रदर टियानले उनको बारेमा उजुरी गर्ने म नै हुँ भन्‍ने थाहा पाए भने, उनले म अत्यन्तै निर्दयी छु, मैले पुरानो साथीलाई धोका दिएको छु भनी भन्‍नेछन्। त्यसपछि म कसरी उनको सामुन्ने पर्न सक्थेँ र? यो सोचले के गर्ने भन्‍ने बारेमा मलाई अनिश्‍चित बनायो। यसबारेमा धेरै विचार गरिसकेपछि, मैले आखिरमा उनको बारेमा उजुरी गर्ने कार्यलाई थाती राख्‍ने निर्णय गरेँ। मैले उनका समस्याहरूको खुलासा गरेको भए—सायद उनले मनन गर्नेथिए र आफ्‍ना समस्याहरूलाई बुझेर पश्‍चात्ताप गर्नेथिए। उनले विश्‍वास गर्दै आएको धेरै वर्ष भएको थियो र यसभन्दा पहिले उनी आफ्‍नो कर्तव्यमा निकै जिम्‍मेवार रहँदै आएका थिए। त्यसकारण मैले थप केही दिनसम्‍म अवस्थालाई हेर्ने निर्णय गरेँ, र उनी अझै परिवर्तन भएनन् भने, मैले उनको बारेमा उजुरी गर्न सक्थेँ।

त्यसपछि हामीसँग एक जना असल मानवता भएको सम्‍भावित नयाँ विश्‍वासी थिए र तिनी परमेश्‍वरको आखिरी दिनहरूको बारेमा बुझ्‍न इच्‍छुक थिए, तर उनी कामको सिलसिलामा केही दिनपछि सहर बाहिर जानु पर्नेथियो। उनलाई सुसमाचार बाँड्नको लागि हामीले जतिसक्दो चाँडो कसैलाई पठाउनुपर्ने थियो। हामीले यसको बारेमा छलफल गर्‍यौं र ब्रदर टियानलाई पठाउने निर्णय गर्‍यौं। तैपनि, अनपेक्षित रूपमा, उनले समय नै भूले र जानुपर्ने दिनमा उनी गएन। यस बारेमा थाहा पाएपछि मलाई साँच्‍चै रिस उठ्यो। मैले उनलाई धेरै पटक चेतावनी दिएको थिएँ, तर उनी कहिल्यै पनि परिवर्तन भएनन्, र त्यस पटक उनले निकै महत्त्वपूर्ण कुरामा गडबडी गरे। मलाई के महसुस भयो भने ब्रदर टियानले केही समयदेखि आफ्‍नो कर्तव्यमा अल्याङ्टल्याङ गर्दै आइरहेका र उनमा कुनै जिम्‍मेवारीको बोध नरहेको मलाई थाहा थियो, तर मलाई हाम्रो सम्‍बन्धको नै चिन्ता थियो। उनको मन दुखाउँछु कि भनेर म डराएको थिएँ, त्यसकारण मैले उनका समस्याहरूका बारेमा अगुवाहरूलाई बताएको थिइनँ। त्यसले गर्दा बारम्‍बार मण्डलीको काममा बाधा पुगेको थियो। के मैले दुष्ट काम गरिरहेको थिइनँ र? यो सोचेपछि मलाई रिस उठ्यो र आफूप्रति धिक्‍कार लाग्यो।

त्यो साँझ मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र मेरा समस्याहरू बुझ्‍न मलाई मार्गदर्शन गर्न उहाँसँग अनुरोध गरेँ। त्यसपछि मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ। “धेरैजसो मानिसहरूले सत्यताको खोजी र अभ्यास गर्न चाहन्छन्, तर धेरैजसो समय तिनीहरूसँग त्यसो गर्ने संकल्प र इच्‍छा मात्रै हुन्छ; तिनीहरूभित्र सत्यताको जीवन हुँदैन। परिणामस्वरूप, जब तिनीहरूले दुष्ट शक्तिहरूको सामना गर्छन् वा दुष्ट र खराब मानिसहरूले दुष्ट कार्यहरू गरिरहेका, वा झूटा अगुवा र ख्रीष्ट-विरोधीहरूले सिद्धान्तहरूलाई उल्‍लङ्घन गर्ने कार्य गरिरहेका—यसरी परमेश्‍वरको घरमा हानि पुर्‍याइरहेका, र परमेश्‍वरका चुनिएकाहरूलाई नोक्‍सानी पुर्‍याइरहेका—भेट्टाउँछन्, तब तिनीहरूले खडा हुने र बोल्‍ने साहस गुमाउँछन्। तँसँग कुनै साहस नहुनु भनेको के हो? के यसको अर्थ तँ डरपोक वा बोल्न नसक्ने व्यक्ति होस् भन्‍ने हो? कि यसको अर्थ तैँले पूर्ण रूपमा नबुझेको कारण, तँसँग बोल्‍ने साहस नहुनु हो? यो यीमध्ये कुनै पनि होइन; यसको अर्थ के हो भने तँ धेरै प्रकारका भ्रष्ट स्वभावद्वारा नियन्त्रित छस्। यीमध्ये एउटा स्वभाव धूर्तता हो। तैँले पहिले आफ्‍नै बारेमा सोच्छस्, र यस्तो विचार गर्छस्, ‘यदि म बोलेँ भने, यसले मलाई कसरी फाइदा दिनेछ? यदि म बोलेँ र कसैलाई बेखुशी तुल्याएँ भने, भविष्यमा हामी कसरी मिलेर बस्‍न सक्‍नेछौं?’ यो धूर्त मानसिकता हो, होइन र? के यो धूर्त स्वभावको परिणाम होइन र? अर्को स्वार्थी र छुद्र स्वभाव हो। तँ यस्तो विचार गर्छस्, ‘परमेश्‍वरको घरका हितहरूमा हानि पुग्‍नुसँग मेरो के सम्‍बन्ध छ र? मैले किन यसको मतलब गर्ने? यससँग मेरो केही सम्‍बन्ध छैन। मैले यसो भएको देखेँ र सुनेँ भने पनि, मैले केही पनि गर्नु पर्दैन। यो मेरो जिम्‍मेवारी होइन—म अगुवा होइन।’ त्यस्ता कुराहरू तँभित्र हुन्छन्, मानौं ती तेरा अचेतन मनबाट पैदा भएका हुन्, मानौं तिनले स्थायी रूपमा तेरा हृदयका स्थानहरू ओगटेका छन्—ती मानिसका भ्रष्ट, शैतानी स्वभाव हुन्। यी भ्रष्ट स्वभावहरूले तेरा विचारहरूलाई नियन्त्रण गर्छन् र तेरा हात-खुट्टा बाँध्छन्, अनि तिनले तेरो मुखलाई काबुमा राख्छन्। जब तैँले आफ्‍नो हृदयमा भएको कुनै कुरा भन्छस्, शब्‍दहरू तेरो मुखसम्‍म आइपुग्छन् तर तैँले ती बोल्दैनस्, वा, तैँले बोलिस् नै भने पनि तेरा शब्‍दहरू घुमाउरो हुन्छन्, अनि तैँले आफ्‍नो निम्ति चलखेलको ठाउँ छोडेको हुन्छस्—तैँले स्पष्‍ट रूपमा बोल्दै बोल्दैनस्। तेरो कुरा सुनेर अरूले केही पनि महसुस गर्दैनन्, र तैँले बोलेको कुराले समस्या समाधान गरेको हुँदैन। तैँले मनमनै विचार गर्छस्: ‘ठीकै छ, मैले बोलेँ। मेरो अन्तरात्मामा सहज अनुभूति भएको छ। मैले मेरो जिम्‍मेवारी पूरा गरेँ।’ वास्तवमा, तैँले भन्‍नुपर्ने सबै कुरा तैँले भनेको छैनस्, तैँले भनेको कुराले कुनै प्रभाव पारेको छैन, र परमेश्‍वरको घरको कामको हानि यथावत् छ भन्‍ने कुरा तँलाई तेरो हृदयमा थाहा हुन्छ। तैँले तेरो जिम्‍मेवारी पूरा गरेको हुँदैनस्, तैपनि तैँले तेरो जिम्‍मेवारी पूरा गरेको छस्, वा जे भइरहेको थियो त्यो तेरो लागि स्पष्ट थिएन भनेर खुल्लमखुल्ला भन्छस्। के तँ तेरो भ्रष्ट, शैतानी स्वभावहरूको पूर्ण नियन्त्रणमा छैनस् र?” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यता अभ्यास गर्नेहरू मात्रै परमेश्‍वरको डर मान्‍नेहरू हुन्”)। परमेश्‍वरका हरेक वचनहरूले मलाई चट्याङ्गले झैँ प्रहार गर्‍यो, मानौं उहाँले मेरो न्याय र खुलासा गर्ने क्रममा म उहाँको आमने-सामने छु। मलाई अत्यन्तै पछुतो भयो। ब्रदर टियानले आफ्‍नो कर्तव्यमा कुनै बोझ वहन गर्दैनन्, र मण्डलीको काममा बाधा पुर्‍याएका छन् भन्‍ने कुरा मैले स्पष्ट रूपमा देखेको थिएँ, तर मैले उनीसँगको मेरो सम्‍बन्धलाई रक्षा गर्न सकूँ भनेर आँखा चिम्लँदै आफूलाई असल व्यक्तिको रूपमा प्रस्तुत गरेँ। मैले उनका समस्याहरूलाई औंल्याउने केही साहस बटुलेको थिएँ, तर पनि उनका कार्यहरूको सार र हानिकारक परिणामहरूको बारेमा कुरा गर्ने आँट नआएर म पछि हटेँ। र मैले सत्यताको अभ्यास गरिरहेको छु भन्‍ने सोच्दै आफूलाई मूर्ख तुल्याएँ। झूटो अगुवाले परमेश्‍वरको घरमा पुर्‍याउन सक्‍ने हानिको बारेमा मैले देखेको थिएँ, तर आत्मरक्षाको खातिर, मैले उनको खुलासा गर्ने र उनको बारेमा उजुरी गर्ने गरिनँ। म व्यक्तिलाई चिढ्याउनुभन्दा बरू परमेश्‍वरलाई चिढ्याउन म तयार थिएँ। त्यसरी व्यवहार गर्दा म शैतानको नोकर भएर झूटो अगुवाको पक्षमा उभिरहेको, उनीसँग दलदलमा फसिरहेको थिएँ, र मैले मण्डलीको काममा वाधा पुर्‍याइरहेको थिएँ। यो परमेश्‍वरको लागि तिरस्कारपूर्ण र घिनलाग्दो कुरा थियो। मैले सत्यताको बारेमा सङ्गति गर्नेछु, दाजुभाइ-दिदीबहिनीहरूका समस्याहरूलाई समाधान गर्नेछु, र मण्डलीको काममा साथ दिनेछु भन्‍ने आशामा परमेश्‍वरले मलाई मण्डली अगुवाको कर्तव्य लिने अवसर दिँदै माथि उठाउनुभएको थियो। यसको सट्टा, मैले मेरा व्यक्तिगत सम्‍बन्धहरूलाई मात्रै रक्षा गरेको थिएँ र झूटा अगुवाले मण्डलीको काममा वाधा पुर्‍याउँदा पनि उनलाई पुलपुल्याएको थिएँ। मेरो कर्तव्यमा मेरो समर्पणताको पूर्ण कमी छ भन्‍ने मैले देखेँ। म सत्यताको अभ्यास गर्न असफल भएको मात्रै होइन, मैले त अपराध पनि गरेको थिएँ। मैले साँच्‍चै नै परमेश्‍वरका परिश्रमी प्रयासहरूलाई चानचुने ठानेँ। मैले बल्‍ल के देखेँ भने मानिसहरूलाई खुशी पार्दै हिँड्नेहरू वास्तवमा असल मानिसहरू होइनन्, तर तिनीहरू स्वार्थी र धूर्त हुन्। यो कुरालाई महसुस गर्दा मलाई साँच्‍चै रिस उठ्यो, र मलाई आफैप्रति अत्यन्तै नराम्रो अनुभूति भयो। म अबउप्रान्त मानिसहरूलाई खुशी पार्दै हिँड्ने व्यक्ति बन्‍नु हुँदैन, बरू मैले सत्यताको अभ्यास गर्दै व्यावहारिक काम नगरेकोमा ब्रदर टियानको खुलासा गर्नुपर्छ; मैले उनका समस्याहरूका बारेमा अगुवाहरूलाई साँचो कुरा बताउनुपर्छ र उनको बारेमा ढाकछोप गर्न छोड्नुपर्छ भन्ने मलाई थाहा भयो।

त्यही रात मैले ब्रदर टियानको कार्य-प्रदर्शनको बारेमा अगुवाहरूलाई पत्र लेखेँ। मेरो पत्र समाप्त गरेपछि मलाई साँच्‍चै चिन्तामुक्त र शान्ति अनुभूति भयो, अनि मैले बल्‍ल न्यायको बोध गर्न थालेको, अनि पहिलेजस्तो नीच र घृणित नरहेको जस्तो मलाई महसुस भयो। यो परमेश्‍वरले भन्‍नुभएको जस्तै थियो: “यदि तैँले आफ्ना उत्तरदायित्वहरूलाई पूरा गर्छस्, आफ्ना दायित्वहरू र कर्तव्यहरू निभाउँछस्, आफ्ना स्वार्थी चाहनाहरूलाई पन्छाउँछस्, आफ्ना आशयहरू र अभिप्रायहरूलाई पन्छाउँछस्, परमेश्‍वरको इच्छाको बारेमा सोचविचार गर्छस् भने, र परमेश्‍वर र उहाँको घरको हितलाई सबैभन्दा अगाडि राख्छस् भने, तैँले केही समय यसलाई अनुभव गरिसकेपछि यो जीवन जिउने राम्रो शैली हो भन्ने कुरा तैँले महसुस गर्नेछस्। यो भनेको तुच्छ व्यक्ति वा बेकामे नबनीकन सोझो हिसाबले र इमानदार तरिकाले जिउनु हो, र संकीर्ण सोच राख्नु वा निर्दयी बन्नुको साटो न्यायसंगत रूपले र सम्मान पूर्वक जिउनु हो। व्यक्तिले यही शैलीमा जिउनु र कार्य गर्नुपर्छ भन्ने तैँले महसुस गर्नेछस्। तेरा आफ्ना चासोहरू सन्तुष्ट पार्ने तेरो हृदय भित्रको चाहना क्रमिक रूपमा कम हुँदै जानेछ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। जब मैले भोलिपल्ट ब्रदर टियानलाई भेटेँ, उनको कर्तव्यमा रहेका समस्याहरूको बारेमा समालोचना गर्दै मैले उनीसँग सङ्गति गरेँ, र मैले यति लापरवाही र बेपरवाह हुनुको प्रकृति र परिणामहरूको बारेमा कुरा गरेँ, मेरो कुरा सुनेर उनले आफूमा समस्या छ भन्‍ने कुरालाई स्वीकार गरे। उनको आधारभूत कार्य-प्रदर्शनको माध्यमद्वारा हाम्रा अगुवाहरूले उनले कुनै पनि व्यवहारिक काम गरेका छैनन् र उनी एक झूटो अगुवा हुन् भन्‍ने निर्धारित गरे, अनि उनलाई निष्कासन गरियो। उनले आफ्‍नो पद गुमाएको भए पनि, उनले मण्डलीको काममा पुर्‍याएको नोक्‍सानीको लागि मसँग अखण्डनीय जिम्‍मेवारी थियो। मैले मनमनै के सङ्कल्‍प गरेँ भने म फेरि कहिल्यै पनि मानिसहरूलाई खुशी पार्ने व्यक्ति बन्‍नेछैन, म अबउप्रान्त मण्डलीको कामको बाटोमा खडा हुनेछैन।

त्यसको केही समयपछि नै, मैले मण्डली अगुवा बनेका ब्रदर लीसँग काम गर्न थालेँ। हामी सङ्गति गर्थ्यौं र हाम्रो काममा हामीले सामना गर्ने कुनै पनि कठिनाइहरूको बारेमा छलफल गर्थ्यौं। जब म खराब स्थितिमा हुन्थें, उनले मलाई सङ्गतिद्वारा सहयोग गर्थे। हामी राम्ररी मिल्थ्यौं। तर केही समयपछि, ब्रदर लीले आफ्‍नो कर्तव्यमा व्यवहारिक काम गर्दैनन् भन्‍ने कुरा स्पष्ट भयो। भेलाहरूमा उनले अल्याङटल्याङ गर्ने गर्थे, तर उनले दाजुभाइ-दिदीबहिनीहरूका वास्तविक जीवनसँग सम्‍बन्धित कठिनाइलाई समाधान गर्दैनन् थिए। ब्रदर ली त्यति जिम्‍मेवार व्यक्ति होइनन्, र मैले उनलाई सङ्गति दिनैपर्छ भन्‍ने मलाई महसुस भयो। केही समयपछि, मैले यसको बारेमा उनको अघि कुरा उठाएँ र उनले आफ्‍नो कर्तव्य पूरा गर्ने तरिकाको प्रकृति र परिणामहरूको बारेमा खुलासा गरेँ।

केही समय बितेपछि पनि मैले के थाहा पाएँ भने, ब्रदर लीले आफ्‍नो कर्तव्यप्रतिको आफ्‍नो आचरणलाई सुधार गरेका रहेनछन्, यति मात्रै होइन, तिनी सधैँ नाम र हैसियतको पछि लाग्दा रहेछन्। आफ्‍नो काममा कुनै कुरा हासिल गर्न नसक्दा र अरूको आदर कमाउन नसक्दा उनी नकरात्मक बन्थे, र मण्डलीको काममा कुनै ध्यान दिँदैनन् थिए। म फेरि उनीसँग सङ्गति गर्न गएँ र उनलाई आफ्‍नो कर्तव्यमा रहेका आफ्‍ना मनसायहरूको बारेमा मनन गरेर बुझ्‍ने प्रयास गर्न अनुरोध गरेँ। त्योबेला, उनले पिछा गरेका कुरामा उनको दृष्टिकोण गलत रहेको भनी उनले स्वीकार त गरे, तर पछि उनको स्थिति परिवर्तन हुँदै भएन। मैले के थाहा पाएँ भने यदि उनी आफ्‍नो कर्तव्यमा त्यसरी नै अघि बढिरहे भने त्यसले मण्डलीको काममा हानि गर्नेछ, त्यसकारण मैले अगुवाहरूलाई यसको बारेमा जानकारी दिने निर्णय गरेँ। तर मैले कलम उठाएर पत्र लेख्‍न लागेको मात्र के थिएँ, मैले यो विचार गरेँ, “यदि अगुवाहरूले ब्रदर लीको व्यवहारको बारेमा थाहा पाए भने, तिनीहरूले अवश्य नै सिद्धान्तहरू अनुरूप काम गर्नेछन् र उनलाई निष्कासन गर्नेछन्। ब्रदर लीले आफ्‍नो इज्‍जतलाई धेरै महत्त्वपूर्ण ठान्छन्—यदि उनलाई निष्कासन गरियो भने के उनले मलाई तिरस्कार गर्नेछैनन् र? जब मैले मेरो कर्तव्य पूरा गर्न सुरु गरेको थिएँ, उनले सधैँ मसँग सङ्गति र मलाई सहायता गरिरहेका हुन्थे, त्यसकारण यदि मैले अहिले उनका समस्याहरूको बारेमा उजुरी गरेँ भने, के उनले मलाई निर्दयी भएको ठान्‍नेछैन र? त्यसपछि म कसरी उनको सामुन्ने पर्न सक्थेँ र?” त्यसपछि मलाई म त फेरि मानिसहरूलाई खुशी पार्ने व्यक्ति बनिरहेको छु र मैले परमेश्‍वरको घरको कामलाई साथ दिइरहेको छैन भन्‍ने थाहा पाएँ। यसप्रति मलाई अलिक पछुतो भयो, त्यसकारण मैले तुरुन्तै प्रार्थना गरेँ: “हे परमेश्‍वर, मैले ब्रदर लीका समस्याहरू देखेको छु र म ती कुराको बारेमा उजुरी गर्न चाहन्छु, र उनलाई अप्रसन्न पार्ने पो हुँ कि भनेर डराएको छु। मलाई सत्यताको बारेमा राम्ररी थाहा छ तर मैले यसलाई अभ्यास गर्न सकेको छैन। त्यो परमेश्‍वरको घरको काममा साथ दिने कार्य होइन। हे परमेश्‍वर, बिन्ती छ आफूलाई चिन्‍नको लागि मलाई मार्गदर्शन गर्नुहोस्, ताकि मैले पश्‍चात्ताप गर्न सकूँ र म परिवर्तन हुन सकूँ।”

मैले मेरो प्रार्थनापछि, परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ: “शैतानले मानिसहरूलाई राष्ट्रिय सरकारहरू अनि प्रख्यात र महान् व्यक्तिहरूको शिक्षा र प्रभावमार्फत भ्रष्ट तुल्याउँछ। तिनीहरूका दुष्ट शब्दहरू मानिसको जीवन प्रकृति बनेका छन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’ भन्‍ने भनाइ शैतानको चिरपरिचित भनाइ हो, जसलाई हरेक व्यक्तिमा हालिएको छ र यो मानिसको जीवन बनेको छ। जीवन जिउने दर्शनहरूका पनि अन्य शब्दहरू छन् जुन यही भनाइ जस्तै छन्। शैतानले हरेक देशको उत्कृष्ट परम्परागत संस्कृतिलाई प्रयोग गरेर मानिसहरूलाई शिक्षित तुल्याउँछ र मानिसहरूलाई विनाशको सीमा विहीन खाल्डोमा खसेर त्यसद्वारा पुरिने तुल्याउँछ, अनि अन्त्यमा तिनीहरूलाई परमेश्‍वरले नाश गर्नुहुनेछ किनकि तिनीहरूले शैतानको सेवा र परमेश्‍वरको प्रतिरोध गर्छन्। … मानिसहरूका जीवन, तिनीहरूका आचरण र व्यवहारमा अझै थुप्रै शैतानी विषहरू छन्; तिनीहरूमा सत्यता लगभग हुँदैन। उदाहरणको लागि, तिनीहरूको जीवन जिउने दर्शनहरू, तिनीहरूका काम गर्ने शैलीहरू, र तिनीहरूका नीति-वाणीहरू सबै ठूलो रातो अजिङ्गरका विषहरूद्वारा भरिएका छन्, र ती सबै शैतानबाट आउँछन्। यसरी, मानिसहरूको हाड र रगतमा बगिरहेका सबै कुराहरू शैतानबाट आएका कुराहरू हुन्। … मानवजातिलाई शैतानले गहन रूपमा भ्रष्ट पारेको छ। शैतानको विष हरेक व्यक्तिको रगतमा बग्छ र मानिसहरूको प्रकृति भ्रष्ट, दुष्ट, प्रतिक्रियावादी छ अनि शैतानका दर्शनहरूले भरिपूर्ण छ र ती दर्शनहरूमा डुबेको छ भन्‍ने देख्‍न सकिन्छ—यो यसको पूर्णतामा यस्तो प्रकृति हो जसले परमेश्‍वरलाई विश्‍वासघात गर्छ। यही कारणले गर्दा मानिसहरूले परमेश्‍वरको विरोध गर्छन् र परमेश्‍वरको विरुद्धमा उभिन्छन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “मानिसको प्रकृति कसरी जान्ने”)।

परमेश्‍वरका वचनहरूद्वारा, मैले म मानिसहरूलाई खुशी पार्दै हिँड्ने व्यक्ति बन्‍नुको कारण म अत्यन्तै स्वार्थी, घृणित, कुटिल, र धूर्त भएको कारणले रहेछ भन्‍ने बुझ्‍न सकेँ। मैले सबै कुरामा मेरै चासोहरूलाई पहिलो प्राथमिकता दिँदो रहेछु। म अस्तित्वको लागि शैतानी नियम र दृष्टिकोणहरूद्वारा जिउँदो रहेछु, जस्तै “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ,” “बोल्‍नुभन्दा पहिले सोच्नू र कुरा गर्दा पेट नरित्याउनू,” र “मान्छेलाई कम्‍मरभन्दा मुनि कहिल्यै नकुट्नू।” चाहे मैले जोसँग कार्य गरिरहेको होस्, म अरू मानिसहरूको समस्याको बारेमा मेरो मुख बाँधेर बस्थें, किनभने त्यसले गर्दा म अरूको निम्ति प्रिय हुनेछु, तिनीहरूले मलाई मन पराउँछन् भन्‍ने मलाई लाग्थ्यो। म हरेक मोडमा मेरा व्यक्तिगत सम्‍बन्धहरूलाई रक्षा गर्थेँ; म अरूको नजरमा मेरो इज्‍जतको रक्षा गर्थेँ। मैले गर्ने हरेक कुरामा मेरा मनसाय र खराब विचारहरू, साथै शैतानका धूर्त युक्तिहरू मिसिएका हुन्थे। ब्रदर टियानले आफ्‍नो कर्तव्यप्रति कुनै जिम्‍मेवारी बोध गर्दैनन् र उनले बारम्‍बार मण्डलीको काममा वाधा गरेको र ढिलाइ गरेका छन् भन्‍ने मलाई थाहा थियो, तर मैले उनको समस्याको बारेमा विस्तृत रूपमा बुझ्‍ने वा यसको बारेमा हाम्रा अगुवाहरूलाई उजुरी गर्ने गरिनँ, किनभने मलाई उनको मन पो दुखाउँछु कि भन्‍ने डर थियो र उनीमा रहेको मेरो छविलाई रक्षा गर्नु पनि थियो। यसले मण्डलीको काममा क्षति पुर्‍यायो। र हालै, मैले ब्रदर लीले आफ्‍नो कर्तव्यमा नाम र हैसियतको पछि लाग्‍ने कार्यमा ध्यान केन्द्रित गर्छन् र उनले मण्डलीको कामप्रति कुनै जिम्‍मेवारी लिँदैनन् भन्‍ने देखेँ। उनलाई आफ्‍नो बारेमा कुनै वास्तविक बुझाइ छैन, त्यो पदको लागि उनी योग्य छैनन् र परमेश्‍वरको घरको कामको रक्षा गर्नको लागि मैले तुरुन्तै अगुवाहरूलाई बताउनुपर्छ भन्‍ने पनि मलाई थाहा थियो। तैपनि, मलाई उनले तिरस्कार गर्लान् र मेरा आफ्‍नै चासो र प्रतिष्ठाको सम्झौता हुनेछ भन्‍ने चिन्ता थियो, त्यसकारण मैले फेरि पनि मानिसहरूलाई खुशी पार्दै हिँड्ने मानिसको भूमिका खेल्‍न चाहेँ। मैले मण्डलीको कामको बारेमा कुनै ध्यान नै नदिई मेरा आफ्‍नै चासोहरू र प्रतिष्ठादालाई अरू सबै कुराभन्दा माथि राखेर हरेक मोडमा म शैतानी जीवन-दर्शन अनुसार जिइरहेको छु भन्‍ने मैले चाल पाएँ। म साँच्‍चै स्वार्थी र धूर्त भएको रहेछु। म शैतानी जीवन-दर्शनको आधारमा मानिसहरूलाई खुशी पार्ने व्यक्तिको रूपमा जिइरहेको कारणले नै यो सबै भएको थियो भन्‍ने मैले देखेँ।

मलाई के लाग्थ्यो भने सबैसँग मैत्रीपूर्ण भई मिलेर बसेर अनि कसैको भावनामा कहिल्यै चोट नपुर्‍याएर म असल व्यक्ति बन्छु। तर वास्तविकताले मलाई के देखायो भने मानिसहरूलाई खुशी पार्ने व्यक्तिले अरूलाई कहिल्यै चोट नपुर्‍याउने जस्तो देखिए पनि, जब उनीहरूले कुनै व्यक्ति शैतानको हानिमा परेर भ्रष्ट स्वभावमा जिइरहेको र मण्डलीका हितहरूमा नोक्सानी गरिरहेको देख्छन्, तिनीहरूले आफ्‍नै व्यक्तिगत चासोहरू र व्यक्तिगत सम्‍बन्धहरूको रक्षा गर्ने बारेमा मात्रै चिन्ता गर्छन्। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई सहायता र साथ दिनको लागि सत्यताको पक्षमा खडा भएर मण्डलीको कामलाई समर्थन गर्न सक्दैनन्। मानिसहरूलाई खुशी पार्ने व्यक्तिहरू निष्पक्ष र बुझकी मानिसहरू हुन् जस्तो देखिन्छ, तर त्यो सबै देखावटी कुरा मात्र हुन्। तिनीहरूको हृदयको गहिराइमा, तिनीहरूले आफ्‍नै हितको बारेमा मात्रै विचार गर्छन्। मण्डलीको काममा क्षति हुँदा र दाजुभाइ-दिदीबहिनीहरूको जीवनको प्रगतिमा ढिलाइ हुँदा पनि तिनीहरू अलिकति नहिचकिचाई शिर ठाडो परेर हिँड्छन्। तिनीहरूले अरूलाई कुल्चेर व्यक्तिगत प्राप्ति गर्ने प्रयास गर्छन्। त्यसमा मानवता कहाँ छ र? तिनीहरू अस्थिर, छली, धूर्त र घृणित ढोङ्गीहरू हुन् भन्‍ने कुरा स्पष्टै हुन्छ। यो कुरा थाहा पाएपछि म अत्यन्तै लज्‍जित भएँ। मैले परमेश्‍वरबाट आउने सबै कुराको आनन्द उठाउँदै आइरहेको थिएँ, र जब समस्याको सामना गर्नुपर्‍यो, म मानिसहरूलाई खुशी पार्ने व्यक्तिको रूपमा शैतानको पक्षमा उभिएँ। त्यो कसरी मेरो कर्तव्य पूरा गरेको भयो र? मैले शत्रुको पक्ष लिँदै आफूलाई खुवाउने हात चिथोर्दैथिएँ। म मण्डलीको काममा वाधा दिने, दुष्ट काम गर्ने र परमेश्‍वरको विरोध गर्ने शैतानको कठपुतली थिएँ!

यो कुरा महसुस गर्दा मलाई साँच्‍चै डर लाग्यो। म तुरुन्तै प्रार्थनामा परमेश्‍वरको अघि आएँ: “हे परमेश्‍वर, मैले धेरै दुष्कर्म गरेको छु। म धेरै समयदेखि तपाईंको दण्ड पाउन योग्य थिएँ, तर तपाईंले मलाई अझै पनि मेरो कर्तव्य पूरा गर्ने मौका दिनुभएको छ। तपाईंको कृपाको लागि म अत्यन्तै कृतज्ञ छु। हे परमेश्‍वर, म पश्‍चात्ताप गर्न चाहन्छु। बिन्ती छ मलाई मार्गनिर्देशन दिनुहोस् र अगुवाइ गर्नुहोस्, ताकि मैले अभ्यासको मार्ग भेट्टाउन सकूँ।”

त्यसपछि मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ: “जब सत्यताले तेरो हृदयमा अधिकार जमाएको हुन्छ र यो तेरो जीवन बनेको हुन्छ, तब तैँले कुनै निष्क्रिय, नकारात्मक, वा दुष्टता खडा भइरहेको देख्‍नेबित्तिकै, तेरो हृदयमा पैदा हुने प्रतिक्रिया पूर्ण रूपमा फरक हुन्छ। पहिलो, तैँले भर्त्सना र असहजताको बोध अनुभूति गर्छस्, त्यसपछि तुरुन्तै तँमा यस्तो भावना आउँछ: ‘म हात बाँधेर आँखा चिम्लँदै बस्‍नु हुँदैन। मैले खडा भएर बोल्‍नैपर्छ, मैले खडा भएर जिम्‍मेवारी लिनैपर्छ।’ त्यसपछि तैँले खडा भएर यी दुष्ट कार्यहरूलाई प्रकट गर्दै, परमेश्‍वरको घरका हितहरूलाई रक्षा गर्न र परमेश्‍वरको कार्यमा वाधा हुन नदिन प्रयास गर्दै तिनलाई रोक्‍न सक्छस्। तँसँग यो साहस र सङ्कल्प मात्रै हुँदैन, र त्यस विषयलाई तैँले पूर्ण रूपमा बुझ्‍न मात्र सक्‍नेछैनस्, बरु तैँले त परमेश्‍वरको कार्य र उहाँको घरका हितहरूको लागि तैँले उठाउनुपर्ने जिम्‍मेवारी समेत पूरा गर्नेछस्, त्यसरी तेरो कर्तव्य पूरा हुनेछ। यदि तैँले आफ्‍नो कर्तव्य पूरा गर्ने कामलाई तेरो जिम्‍मेवारी र दायित्व अनि परमेश्‍वरले दिनुभएको आज्ञाको रूपमा र परमेश्‍वरको अघि साथै तेरो आफ्नै विवेकको अघि आफूलाई प्रस्तुत गर्न तैँले राम्ररी पूरा गर्नैपर्ने कामको रूपमा लिन्छस् भने, के तँ विवेक, तर्क, सत्यनिष्ठा, र गरिमामा बाँचिरहेको हुनेछैनस् र? तेरा कार्य र बानीबेहोरा उहाँले बताउनुभएको ‘परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने’ किसिमको हुनेछ। तैँले यी वचनहरूका सारलाई पूरा गरिरहेको र तिनको वास्तविकतामा जिइरहेको हुनेछस्। जब सत्यता व्यक्तिको जीवन बन्छ, तब तिनीहरू यो वास्तविकतामा जिउन सक्‍नेछन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यता अभ्यास गर्नेहरू मात्रै परमेश्‍वरको डर मान्‍नेहरू हुन्”)। “मण्डलीमा, मप्रतिको साक्षीमा दृढ़ होऊ, सत्यलाई समर्थन गर; सही कुरो सही नै हो अनि गलत कुरो गलत नै हो। कालो अनि सेतोमा नअलमलिओ। तिमीहरू शैतानसँग लड्नु पर्नेछ अनि तिमीहरूले त्यसलाई पूर्ण रूपले पराजित गर्नुपर्नेछ, ताकि त्यो फेरि कहिले पनि नउठोस्। तिमीहरूले मेरो साक्षीको सुरक्षा गर्न तिमीहरूमा भएको सबै कुरो अवश्यै दिनुपर्नेछ। यो तिमीहरूको कामको लक्ष्य हुनुपर्नेछ-यो नभुल” (वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको “अध्याय ४१”)। परमेश्‍वरका वचनहरू पढेपछि यसले मलाई मेरो कर्तव्यमा, मैले परमेश्‍वरको इच्‍छालाई बुझ्‍ने र सधैँ मण्डलीका हितहरूलाई पहिलो प्राथमिकता दिने गर्नुपर्छ भन्‍ने बुझ्‍न सहायता गर्‍यो। यदि मैले सत्यताका सिद्धान्तहरूको उल्‍लङ्घन गर्ने कुनै कुरा पत्ता लगाएँ भने, मैले भावुकतामा आई मेरा सम्‍बन्धहरूको रक्षा गर्ने र मेरा व्यक्तिगत चासोहरूलाई रक्षा गर्ने गर्नु हुँदैन बरु मैले नकरात्मक कुराहरूलाई खुलासा गर्ने आँट गर्नुपर्छ, काम-कुरा सिद्धान्तहरू अनुरूप गर्नुपर्छ, र परमेश्‍वरको घरको काममा साथ दिनुपर्छ। मेरो कर्तव्य र मेरा जिम्‍मेवारीहरूलाई पूरा गर्ने एक मात्र तरिका यही हो। ब्रदर ली एक अगुवा थिए, त्यसकारण यदि मैले उनले आफ्‍नो कर्तव्य पूरा गर्ने शैलीमा समस्याहरू देखेँ तर ती कुरा उठाइनँ भने, त्यसले परमेश्‍वरको घरको काममा हानि गर्ने मात्रै होइन, तर त्यो ब्रदर लीको लागि पनि हानिकारक हुनेथियो। त्यसपछि उनले मेरो बारेमा जे विचार गरे पनि वा उनले मसँग जस्तो व्यवहार गरे पनि, मैले सत्यतालाई साथ दिँदै उनका समस्याहरूको बारेमा उजुरी गर्नुपर्छ भन्ने मलाई थाहा भयो। म पत्र लेख्‍न तयार हुन लागेको बेलामा अगुवाहरूले हाम्रो लागि भेलाको आयोजना गरे। त्यो भेलामा, मैले ब्रदर लीको कार्य-प्रदर्शनको बारेमा सबै कुरा बताएँ। भोलिपल्‍ट यसको बारेमा अगुवाहरूले सबै कुरा पुष्टि गरिसकेपछि र ब्रदर लीले व्यवहारिक काम गर्न सक्दैनन् भन्‍ने सुनिश्‍चित गरिसकेपछि, उनलाई उनको कर्तव्यबाट हटाइयो। यसो गरिएपछि मलाई निकै सहज र शान्ति भयो।

मैले पहिले कहिल्यै पनि आफूलाई चिनेको थिइनँ। म सबै कुरामा शैतानी दर्शनहरू अनुसार जिउँदै मानिसहरूलाई खुशी पार्ने व्यक्ति थिएँ। अरूसँगको मेरा सम्‍बन्धहरूलाई खुस्काउँछु र बर्बाद गर्छु भन्‍ने डरले मैले सधैँ मेरा आफ्‍नै चासोहरूको रक्षा गर्थेँ। अरूले गलत काम गरेका छन् भन्‍ने जान्दा-जान्दै पनि म आफ्‍नो मुख बाँधेर बस्थें। मैले सत्यताका सिद्धान्तहरूलाई समर्थन गर्न सकिनँ, र परमेश्‍वरको घरका हितहरूको रक्षा गरिनँ। म कुनै पनि गरिमा वा इज्‍जतविना नै जिउँदै आएको थिएँ। मेरा स्वार्थी इच्‍छाहरूलाई त्यागेर, मेरो कर्तव्यमा परमेश्‍वरको आदर गर्ने हृदयको साथ अघि बढेर, र सिद्धान्तहरूलाई पक्रिएर अनि परमेश्‍वरको घरको कामको रक्षा गरेर, अहिले म पूर्ण शान्तिमा छु। मलाई मानव रूपमा जिउने एउटै मात्र तरिका यही हो जस्तो लाग्छ। परमेश्‍वरको मुक्तिप्रति म अत्यन्तै कृतज्ञ छु!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

स्वार्थीपनको समाधान कसरी गर्ने

झाङ्ग जिङ्ग, चेक गणतन्त्रसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन मापदण्डअनुसार व्यक्तिका कामहरू असल वा खराब हुन् भनी निर्धारित गरिन्छ? यो...

परमेश्‍वरका वचनहरूले झक्झकाएर मेरो आत्मालाई जगाएको छ

नान्‍नान, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “यी आखिरी दिनहरूको परमेश्‍वरको कार्यको हालको चरणमा, उहाँले पहिलेजस्तो मानिसलाई...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्