आस्थाका लागि मैले भोगेको ताडना

1 अप्रिल 2025

झाओ मिङ्गेन, चीन

मे २००३ को एक साँझ ८ बजेपछि, म भर्खरै कर्तव्य निर्वाह गरेर घर आएकी थिएँ। तीन जना प्रहरी स्वात्त भित्र पसे र मलाई हातमा हतकडी लगाए। डरले मेरो मुटु ढुकढुक भइरहेको थियो। तीमध्ये एक जनाले मेरो खानतलासी गरेर मेरो पेजर जफत गऱ्यो। मैले सोधेँ, “मैले कुन नियम तोडेकी छु र? तपाईं किन मलाई गिरफ्तार गर्दै हुनुहुन्छ?” उसले अँध्यारो मुख लगाएर भन्यो, “राज्यले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्ने अनुमति दिँदैन। यो कम्युनिस्ट पार्टीको नीतिविपरीत हो। त्यसैले तँ गिरफ्तार हुँदै छस्!” तिनीहरूले थप केही नभनी मलाई तिनीहरूको गाडीमा हाले। म पछाडीपट्टिको सीटमा बसेर घबराएकी र डराएकी थिएँ, कस्तो क्रूरता भोग्नुपर्ने हो मलाई केही थाहा थिएन। म आफ्नो कद सानो भएकोले यातना सहन सक्दिनँ होला, यूहदा बनेर ब्रदर-सिस्टरहरूलाई धोका दिन्छु होला भनेर चिन्तित थिएँ। मैले परमेश्वरलाई मनमनै बारम्बार प्रार्थना गरेर सुरक्षा, विश्वास र बल मागेँ। त्यसपछि, मलाई परमेश्वरका वचनहरूका यो कुरा याद आयो: “तँ जान्दछस् कि तेरो वरिपरि वातावरणमा भएका सबै कुराहरू मेरो अनुमतिमा त्यहाँ छन्, सबै मैले नै योजना बनाएको हुँ। स्पष्ट रूपमा हेर र मैले तँलाई दिएको वातावरणमा मेरो हृदयलाई सन्तुष्ट बना। नडरा, सेनाहरूका सर्वशक्तिमान्‌ परमेश्‍वर अवश्य नै तेरो साथमा हुनेछ; उहाँ तेरो पछाडि खडा हुनुहुन्छ र उहाँ तेरो ढाल हुनुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय २६)। परमेश्वरका वचनहरूले मेरो विश्वास र साहसलाई टेवा दिए। मेरो पक्राउ परमेश्वरको अनुमतिमा भएको थियो र प्रहरी परमेश्वरको नियन्त्रणमा थियो। परमेश्वर मेरो साथमा हुनुभएकोले डराउनुपर्ने कुनै कारण थिएन। यसबारे त्यसरी सोच्दा मलाई त्यति डर लागेन, र मैले प्रहरीले मलाई जसरी यातना दिए पनि, ब्रदर-सिस्टरहरू वा परमेश्वरलाई कहिल्यै धोका दिदिँनँ भनेर मनमनै सङ्कल्प गरेँ।

हामी प्रहरी चौकी पुगेपछि, एक जना महिला प्रहरीले मेरो कपडा उतारेर तलासी लिइन् र अर्को कोठामा लगिन् अनि मेरो पछाडिपट्टिको हिटिङ पाइपमा मलाई हतकडी लगाइन्। राती ११ बजेतिर, प्रहरीले मेरो घरमा परमेश्वरका वचनका पुस्तकहरू र निकैवटा पेजर फेला पारेछ। आपराधिक प्रहरी ब्रिगेडका प्रमुख लिले हातमा ती पेजरहरू लिएर मलाई सोधे, “तँलाई यी कसले दियो? तेरो सम्पर्कमा कोको छन्? मैले मुख नखोलेपछि, उनले मलाई केहीपटक नराम्रोसँग थप्पर हाने। मैले झिलिल्ल तोरीको फूल देखेँ र अनुहार भतभत पोलेर दुख्यो। त्यसपछि तिनले मेरो खुट्टाको बूढी औँलामा जोडले कुल्चे र मलाई सियोले घोचेको जस्तो दुख्यो। यति साह्रो दुख्यो कि मेरो पुरै शरीर पसिनै-पसिना भयो। मैले रिसाउँदै उनलाई भनेँ, “म जीवनको सही मार्गमा विश्वास गर्छु। त्यसले कुन कानुन तोड्छ? के चीनको कानुनले धार्मिक स्वतन्त्रतालाई अनुमति दिएको छैन र? मलाई पक्रने र कुट्ने तपाईंको के अधिकार छ?” एक जना प्रहरीले भने, “तिमीहरू सोझा हौ!” धार्मिक स्वतन्त्रता त विदेशीहरूको मुख बुजाउने मुखौटो मात्र हो। कम्युनिस्ट पार्टी नास्तिक हो, त्यसैले देश तिमी विश्वासीहरूलाई दमन गर्न र जरैसमेत उखेल्न चाहन्छ! यदि तैँले आफूलाई थाहा भएको कुरा बताइनस् भने, भोलि तेरो छाला काढिनेछ। तँ यहाँ आउन त जिउँदै आएकी छेस्, तर यहाँबाट तेरो लाश निस्कनेछ!” त्यसो भन्दै तिनीहरू कोठाबाट निस्के। तिनीहरूले मेरो घरमा त्यति धेरै चीज भेट्टाएकोले मलाई कुनै हालतमा त्यतिकै छोड्नेछैनन् भन्ने मलाई लाग्यो। मैले मुख खोलिनँ भने तिनीहरूले मलाई कस्तो यातना दिने हुन्, मलाई केही थाहा थिएन। मेरो छाला काढिनेछ भनेरसमेत तिनीहरूले भनेका छन्—तिनीहरूले मेरो ज्यान लिनेछन्। यसले गर्दा मलाई साह्रै चिन्ता लाग्यो, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेर विश्वास र बल मागेँ। भोली बिहान चार जना प्रहरी टाइगर चेयर लिएर आए। अफिसर लिले भयानक अनुहार पार्दै भने, “नबोलेकोमा अब तैँले मेरोबाट भेट्नेछस्! आज तैँले टाइगर चेयरको स्वाद चाख्नेछस्!” त्यसपछि तिनीहरूले मलाई चेयरमा थेचारेर राखे र मेरो हात चेयरपछाडी लगेर हतकडी लगाए। मेरो शरीर खुट्टा तल पारेर चेयरमा पछिल्तिर ढल्काएर बसाइयो, र नाडीमा हतकडी भासिएर एकदमै दुख्यो। मेरो हात भुक्क सुनियो अनि नीलो भएर लाटा भयो। त्यो दिन बित्यो। मेरो शरीर हिउँजस्तो चिसो भयो र मेरो हात झन्-झनै धेरै सुन्निन्दै गयो। मलाई झन् धेरै चिन्ता र डर लाग्दै थियो: यदि यस्तै भइरह्यो भने, के मेरो हात कुँजो हुँदैन र? अनि त्यसो भएमा, यसपछि मैले कसरी जीवन धान्ने? यसबारे जति सोचेँ, उति नै म दुःखी भएँ। यो दुःख कहिल्यै सकिन्छ भन्ने मलाई थाहा थिएन। मैले यस्तो प्रार्थना गरेँ: “हे परमेश्वर, मलाई अति कष्ट भइरहेको छ। बिन्ती छ, दह्रिलो हुन मलाई बल र मार्गदर्शन दिनुहोस्।” र त्यसपछि, मैले परमेश्वरले भन्नुभएको कुरा सम्झेँ: “जाँचहरूबाट भएर जाँदा मानिसहरू कमजोर हुनु वा उनीहरूभित्र नकारात्मकता हुनु वा परमेश्‍वरको इच्छा वा तिनीहरूका अभ्यासको मार्गबारे स्पष्ट नहुनु सामान्य कुरा हो। तर कुनै पनि अवस्थामा परमेश्‍वरको कामप्रति तँमा विश्‍वास हुनुपर्छ, अनि जसरी अय्यूबले परमेश्‍वरलाई इन्कार गरेनन्, तैँले पनि त्यसो गर्नु हुँदैन। … कठिनाइ र शोधनको समयमा मानिसहरूलाई विश्‍वास चाहिएको हुन्छ, अनि विश्‍वास यस्तो कुरा हो जुन शोधन पछि आउँछ; शोधन र विश्‍वासलाई अलग गर्न सकिँदैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ)। परमेश्वरका वचनहरूबाट मैले बल पाएँ—मैले यो पीडा र सतावट भोग्दा परमेश्वरमा विश्वास गर्नुपर्थ्यो। प्रहरीले मलाई झुकाउन र परमेश्वरलाई धोका दिन लगाउन मेरो देहगत कमजोरीको दुरुपयोग गर्ने प्रयास गर्दै यातना दिइरहेको थियो। परमेश्वरले पनि यस परिस्थितिलाई मेरो विश्वास र सतावट सहने मेरो सङ्कल्पलाई सिद्ध पार्न प्रयोग गरिरहनुभएको थियो। मेरो हात कुँजो हुने वा नहुने कुरालगायत सबै कुरा पूर्णतया परमेश्वरको हातमा र उहाँको शासनको अधीनमा थियो। मैले परमेश्वरको गवाहीमा स्थिर रहन उहाँमा विश्वास र भरोसा गर्नुपर्थ्यो। यो सोच्दा मलाई अझ दह्रिलो भएको महसुस भयो, र थाहै नभई मेरो हातको दुखाइ हराएर गयो। मैले परमेश्वरलाई हृदयदेखि नै धन्यवाद दिएँ!

प्रहरीले तेस्रो दिन बिहान फेरि मलाई सोधपुछ गर्न थाल्यो। तिनीहरूमध्ये एक जनाले मलाई औँल्याउँदै भने, “हामीलाई केही थाहा छैन भन्ने नसोच्। हामीले दुई महिनाभन्दा अघिदेखि तेरो घरको निगरानी गरिरहेका छौँ। हामीले निकै धेरै मानिसहरू आउजाउ गरेको देखेका छौँ!” त्यसपछि तिनले मेरो घरमा आउने मानिसहरूले कस्तो कपडा लगाएका थिए, तिनीहरू कति अग्ला थिए, तिनीहरूले कस्ता बाइसाइकल चढेका थिए भन्दै फटाफट बताए। म त तीनछक परेँ। तिनीहरूले मेरो घरलाई केही समयदेखि निगरानीमा राखेका रहेछन्, र तिनीहरूले बताएका मानिसहरू सबै मण्डली अगुवा वा डिकनहरू थिए। मैले ती कुनै ब्रदर-सिस्टरहरूलाई धोका दिनु हुँदैनथ्यो, तर प्रहरीलाई पहिल्यै सबै कुरा राम्ररी थाहा भएकोले, र यदि मैले फिटिक्कै केही बताइनँ भने, तिनीहरूले मलाई अवश्यै छोड्नेथिएनन्। तिनीहरूले मलाई कस्तो यातना दिने हुन् मलाई थाहा थिएन। सायद मैले थोरै भए पनि केही भन्नुपर्ला कि? म हिरासतमा परेको तीन दिन भइसकेको थियो, त्यसैले मेरा सिस्टरहरूलाई यो कुरा थाहा भइसकेको र उनीहरू पक्कै पनि लुकिसकेको हुनुपर्छ। प्रहरीले उनीहरूलाई भेट्टाउन सक्दैन भन्ने मलाई लाग्यो र मैले भनेँ, “मकहाँ आउने मानिसहरू मेरा दिदी-बहिनीहरू हुन्।” त्यसपछि ती प्रहरीले सोधे, “के तिनीहरू विश्वासी हुन्?” मैले यसबारे त्यति नसोची फ्याट्टै भनिहालेँ, “तिनीहरू साँचो विश्वासी होइनन्।” मैले त्यसो भन्नासाथ, प्रहरी ती सिस्टरहरूलाई पक्रन हिँडिहाल्यो। मलाई साह्रै ग्लानि भयो। मैले उनीहरू विश्वासी हुन् भनेर कसरी भन्न सकेँ? आफूले कम कष्ट भोग्न सकूँ भनेन आफ्ना सिस्टरहरूलाई धोका दिनु भनेको के यहूदा बन्नु थिएन र? यदि उनीहरू पक्रा परे र अरू ब्रदर-सिस्टरहरू पनि त्यसमा मुछिए भने, के मण्डलीको काममा झनै ठूलो हानि पुग्नेथिएन र? अनि यदि उनीहरू यसपटक पक्रा परेनन् भने पनि, प्रहरीले तिनीहरूलाई त्यतिकै छोड्नेथिएन। उनीहरू भाग्दै हिँड्नुपर्ने हुन्थ्यो। यसबारे जति सोचेँ, उति नै मलाई नराम्रो लाग्यो, र त्यसपछि मैले परमश्वरका यी वचनहरू सम्झेँ: “सङ्कष्टको समयमा मप्रति अलिकति पनि निष्ठा नदेखाउनेहरूप्रति, अब म कृपालु हुनेछैनँ, किनभने मेरो कृपा यहीँसम्मका लागि मात्रै थियो। साथै, मलाई एक पटक विश्‍वासघात गर्नेहरूलाई म मन पराउँदिनँ र आफ्ना साथीहरूको हितलाई बिक्री गर्नेहरूसँग संलग्न हुन झनै मन पराउँदिनँ। मानिस जोसुकै भए पनि मेरो स्वभाव यही हो। मैले तिमीहरूलाई यो भन्नैपर्छ: मेरो हृदय तोड्ने जोसुकैले मबाट दोस्रो पटक क्षमा पाउनेछैन, र मप्रति निष्ठावान् रहनेहरू सधैँ मेरा हृदयमा रहनेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्)। परमेश्वरको न्यायका वचनहरू पढ्दा मलाई झनै नरमाइलो लाग्यो। परमेश्वरको धार्मिक स्वभावले कुनै अपराध सहँदैन। परमेश्वर उहाँलाई धोका दिनेहरूलाई घृणा र तिरस्कार गर्नुहुन्छ। मैले मेरा दुई जना सिस्टरलाई धोका दिएकी थिएँ, लाज पचेको यहूदाले जस्तो व्यवहार गरेँ र आफ्नो गवाही गुमाएँ। म यति स्वार्थी र दुष्ट बनेकोमा, आफूमा यति बिघ्न मानवता नभएकोमा मलाई आफूप्रति घृणा जाग्यो। मैले हृदयबाटै परमेश्वरलाई प्रार्थना र पश्चात्ताप गरेँ, अनि प्रहरीले मलाई जसरी सोधपूछ गरे पनि र यातना दिए पनि, अबउसो ब्रदर-सिस्टरहरूलाई धोका दिँदिनँ भनेर कसम खाएँ। त्यो साँझ, अफिसर लिले १३ वटा फोटो लिएर त्यसमा भएका मानिसहरू मलाई चिन्न लगाए। मैले ती कसैलाई चिन्दिनँ भनेर भनेँ। त्यसपछि, तिनले अर्की सिस्टरको फोटो निकालेर भने, “तँ उसलाई त चिन्छस्, होइन? उसले तँलाई चिन्छु भनेको छ।” उसले मलाई चिन्छु भने पनि, मैले उसलाई चिन्छु भन्नु हुँदैन भनेर मैले सोचेँ। मैले मेरा दुई जना सिस्टरबारे बताइसकेकी थिएँ, त्यसैले अब अरू कसैलाई धोका दिएर मलाई जस्तो यातना भोग्न लगाउनु हुँदैनथ्यो। मैले दृढ भएर भनेँ, “म उनलाई चिन्दिनँ।” अफिसर लि गर्जिए, “तैँले बताइनस् भने, भोली तेरो काल आउनेछ!”

चौथो दिनको दिउँसो, एक जना प्रहरीले चारवटा ब्याटन लिएर आए, एउटा ब्याटन एक इन्भन्दा मोटो र एक फूट लामो थियो, त्यसपछि तिनले झ्यालको बार र पर्दा लगाए ताकि मैले कोठामा केही देख्न नसकूँ। मेरो मुट छाती फुट्लाजस्तो गरी ढुकढुक भयो, धडकन बढ्यो र खुट्टा लतक्क भयो। तिनीहरूले मलाई यातना दिन कस्तो माध्यम प्रयाग गर्नेथिए वा मैले त्यो सहन सक्छु कि सक्दिनँ, त्यो मलाई थाहा थिएन। मैले परमेश्वरलाई मनमनै बारम्बार पुकारेँ र दह्रिलो हुन सकूँ भनेर सुरक्षा मागेँ। केही क्षणपछि छ जना प्रहरी भित्र आए, मलाई टाइगर चेयरबाट निकाले र मेरो हात पछाडी लगेर हतकडी लगाए। दुई जनाले टेबलनजिक उभिएर मलाई हतकडीमा समाएर उचाल्दै चिच्याए, “बोल्! तेरो नाइके को हो?” मेरो खुट्टाले भुईँ टेकेको थिएन र मेरो शीर तलतिर लत्रेको थियो; मेरो शरीर हावामा तुर्लुङ्ग झुण्डिएको थियो र म पीडाले छटपटाइरहेकी थिएँ। मैले केही नबोलेको देखेर, दुई जना प्रहरीले मेरो करङमा ब्याटन तलमाथि दौडाउन थाले भने अर्को दुई जनाले चाहिँ ब्याटनले मेरो हातखुट्टामा हिर्काउन थाले। मलाई मेरो करङको चेपबाट मासु च्यातिन्दै निस्किरहेको र मेरा खुट्टाहरू चुँडिएको जस्तो लाग्यो। म पीडाले पसिनै पसिना भइरहेकी थिएँ। तिनीहरूले त्यसो गर्दै यसो भने, “बोलिनस् भने अझ जोडले भेट्नेछस्!” मैले दाँत कसिरहेँ र एक शब्द बोलिनँ। दुई जना प्रहरीले एउटा कडा चीज ल्याएर मेरो खुट्टाको नङमा अति दुख्ने गरी घुसारे, त्यससँगै धेरै पावरको बत्ती मेरो हातमा बालिदिए जुन मलाई आगोजस्तो तातो लाग्यो। अबचाहिँ शारीरिक तवरमा सहन सक्दिनँ होला भन्ने लागेर, मैले परमेश्वरलाई बारम्बार पुकारेर बल मागेँ। तिनीहरूले फेरि मलाई हतकडीमा पक्रेर उचाल्दा पाखुरमा कऱ्याक्क आवाज आयो र म पीडाले चिच्याएँ, अनि त्यसपछि मात्र तिनीहरूले मलाई छोडिदिए। तिनीहरूले मलाई एक घण्टाभन्दा धेरै समयसम्म तुर्लुङ्ग झुण्डाएर राखे। तिनीहरूले मलाई तल झारेपछि मेरो खुट्टा पुरै लाटा भएको थियो। उभिनै सकिनँ। मेरो पाखुर र खुट्टा कालो-निलो भएको थियो र भतभत पोल्दै दुखिरहेको थियो। मेरो करङ वरिपरिको मासुमा पनि आगो सल्केको जस्तो लाग्यो, र असाध्यै पीडा भयो। म हिँड्न नसकेर भुईँमा ढलेँ, लत्याकलुतुक भएँ र पुरै शरीर चकनाचुर भएको जस्तो लाग्यो। यो साह्रै पीडादायी थियो। प्रहरीले मलाई थप कसरी यातना दिने हो, वा मैले त्यो सहन सक्छु कि सक्दिनँ भन्ने थाहा छैन भनेर सम्झँदा, मलाई दुःख र कमजोर महसुस भयो। म आफ्नो जिब्रो टोकेर आत्महत्या गर्न चाहन्थेँ ताकि मैले कम्तीमा ब्रदर-सिस्टरहरूलाई धोका त दिनेथिइनँ। मैले निकै जोडले जिब्रो टोकेँ, तर सहनै नसक्ने गरी अति दुःख्यो। त्यसपछि मैले आफ्नो किलकिले निकाल्नुपर्ला भनेर सोचेँ ताकि म बोल्नै नसकूँ। मैले तिनीहरूलाई बाथरूम जानुपऱ्यो भनेर भनेँ। मेरो निगरानी गरिरहेका प्रहरीले मैले बाथरूममा जिब्रो तान्दा वाकवाक गरेको आवाज सुनेर मलाई “त्यसो गर्ने त सोच्दै नसोचे हुन्छ,” भन्दै मलाई फर्काएर ल्याए र फेरि टाइगर चेयरमा हतकडी लगाए। त्यसपछि मलाई आफूले झण्डै अत्यन्तै मूर्ख काम गरेछु भन्ने महसुस भयो, र मैले परमेश्वरले भन्नुभएको कुरा सम्झेँ: “यी आखिरी दिनहरूमा तिमीहरूले परमेश्‍वरको गवाही दिनैपर्छ। तिमीहरूका दु:ख-कष्टहरू जतिसुकै ठूलो भए पनि तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि तिमीहरू परमेश्‍वरप्रति विश्‍वासयोग्य रहनुपर्छ र आफुलाई उहाँकै कृपामा छोड्नुपर्छ; केवल यो मात्रै परमेश्‍वरलाई साँचो रूपले प्रेम गर्नु हो, र यो मात्र बलियो र जोडदार गवाही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्)। “निराश नबन्, कमजोर नबन्, अनि म तेरो लागि सबै कुरा स्पष्ट बनाउनेछु। राज्यमा पुग्‍ने मार्ग सहज छैन; कुनै पनि कुरा त्यति साधारण छैन! तिमीहरूकहाँ आशिष सहजै आएको नै तिमीहरू चाहन्छौ, होइन र? आज सबैले कठिन परीक्षाको सामना गर्नु पर्नेछ। यस्तो परीक्षाविना मेरो निम्ति तिमीहरूसँग भएको प्रेम बलियो हुन सक्दैन अनि तिमीहरूमा मेरो निम्ति साँचो प्रेम हुनेछैन। यस्ता परीक्षाहरू स-साना परिस्थितिहरूले भरिएका भए तापनि सबैले यसबाट पार भएर नै जानुपर्नेछ, केवल परीक्षाको कठिनाइ व्यक्ति अनुरूप फरक हुनेगर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ४१)। मैले परमेश्वरका वचनहरूबाट के बुझेँ भने पिशाचहरूको क्रूरता सामना गर्दा, परमेश्वरको इच्छाले हाम्रो विश्वास र भक्ति सिद्ध पार्नुपर्छ, अनि त्यो ठूलो रातो अजिङ्गरले कसरी परमेश्वरविरुद्ध कार्य गर्छ र मानिसहरूलाई अत्याचार गर्छ भनेर हामीलाई स्पष्टसित बुझ्न लगाउनुपर्छ, ताकि हामी त्यसलाई हृदयदेखि नै घृणा गर्न र शैतानसामु परमेश्वरको गवाही दिन दृढ रहन सकूँ। तर परमेश्वरप्रति मेरो विश्वास एकदमै कमजोर थियो, र अलिकति सतावट आउँदा नै म आत्महत्या गरेर यसबाट उम्कन चाहन्थेँ। त्यो कसरी कुनै गवाही भयो र? यसबारे त्यसरी सोच्दा, मलाई त्यति दुःख लाग्न छोड्यो, र ममा अझ धेरै विश्वास पलायो। तिनीहरूले मलाई जसरी यातना दिए पनि, मेरो एक मुठी सास रहुञ्जेलसम्म पनि म परमेश्वरमा भर पर्न, उहाँको गवाहीमा दृढ रहन र शैतानलाई लज्जित पार्न चाहन्थेँ। म कहिल्यै आफ्ना ब्रदर-सिस्टरहरूलाई र परमेश्वरलाई धोका दिनेथिइनँ। मैले त्यो अठोट गरेपछि, प्रहरी मलाई सोधपूछ गर्न फेरि आएन। मैले यो अनुभवद्वारा परमेश्वरको शासन र सर्वशक्तिमानता, अनि त्यो ठूलो रातो अजिङ्गर त उहाँको हातको कठपुतली मात्र रहेछ भन्ने देखेँ। यो त परमेश्वरले आफ्ना चुनिएका मानिसहरूलाई सिद्ध पार्न प्रयोग गर्नुहुने औजार मात्र हो। मैले यो कष्टको अवधिभरि परमेश्वर मेरो साथमा रहनुभएको पनि देखेँ। उहाँ मलाई आफ्ना वचनहरूद्वारा मार्गदर्शन र मदत गर्दै, विश्वास र बल दिँदै सधैँ मेरो साथमा हुनुहुन्थ्यो। मैले परमेश्वरको प्रेम र सुरक्षा महसुस गर्न सकेँ र उहाँलाई हृदयदेखि नै धन्यवाद दिएँ।

कम्युनिस्ट पार्टीले मलाई “सामाजिक सुव्यवस्था भङ्ग गरेको” भनेर श्रममार्फत सुध्रिनुपर्ने तीन वर्षको सजाय दियो। मैले श्रम शिविरमा हरेक दिन १२ देखि १४ घण्टा कडा परिश्रम गर्नुपर्थ्यो, र यदि काम पूरा भएन भने त्योभन्दा लामो समयसम्म काम गर्नुपर्थ्यो। मलाई कीटनाशक औषधीको कारखानमा काम गर्न खटाइएको थियो। म कीटनाशक औषधीको गन्ध सहन सक्दिनथेँ, त्यसैले मलाई हरेक दिन टाउको दुख्थ्यो र वाकवाकी लाग्थ्यो, र म राम्ररी खान वा सुत्न सक्दिनथेँ। मैले अर्को कारखानमा सरुवा पाऊँ भनेर निवेदन दिएँ, तर प्रहरीले स्वीकृति दिएन। त्यो बेला म साह्रै दयनीय हालतमा थिएँ, र त्यहाँ तीन वर्ष अर्थात् एक हजार दिन र रातभन्दा धेरै समय काट्नुपर्ने कुरा सम्झँदा, त्यो कसरी पार गर्ने मलाई केही हेक्का भएन। मैले काम गर्न जाँदा बाहिर मानिसहरूलाई स्वतन्त्र र ढुक्क, तर आफूलाई चाहिँ पिँजराको सुगाजस्तो हालतमा देख्दा, मलाई साह्रै दुःख लाग्थ्यो र रून मन लाग्थ्यो। त्यही कारखानामा काम गर्ने अर्की सिस्टरले मलाई सङ्गति दिइन्, र हामीले सँगै परमेश्वरका वचनहरूको एउटा भजन चुपचाप गायौँ: “के तिमीहरूलाई दिइएको आशिष्‌हरूलाई तिमीहरूले कहिल्यै स्वीकार गरेका छौ? के तिमीहरूका निम्ति गरिएका प्रतिज्ञाहरूलाई तिमीहरूले कहिल्यै खोजी गरेका छौ? मेरो ज्योतिको अगुवाइमा, तिमीहरूले अवश्य नै अन्धकारको शक्तिको पकडलाई तोड्नेछौ। अन्धकारको बीचमा तिमीहरूलाई अगुवाइ गर्ने ज्योतिलाई तिमीहरूले अवश्य नै गुमाउनेछैनौ। तिमीहरू अवश्य नै सारा सृष्टिका मालिक बन्‍नेछौ। तिमीहरू अवश्य नै शैतानको अघि विजयी बन्‍नेछौ। ठूलो रातो अजिङ्गरको राज्यको पतन हुँदा, तिमीहरू अवश्य नै मेरो विजयको साक्षी बन्‍नलाई धेरै भीडहरूमाझ खडा हुनेछौ। सिनिमको देशमा तिमीहरू अवश्य नै दह्रिलो गरी र अटल रूपमा खडा हुनेछौ। तिमीहरूले सामना गरेका कष्टहरूमार्फत्, तिमीहरू मेरा आशिष्‌हरूका उत्तराधिकारी हुनेछौ, र अवश्य नै सम्पूर्ण ब्रह्माण्डमा मेरो महिमालाई चम्काउनेछौ(थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्, विजेताहरूको गीत) यो भजन गाउँदा मेरो मन प्रफुल्ल भयो। यो सतावटले मलाई परमेश्वरको गवाही दिने मौका दियो—यो मेरो लागि सम्मानको कुरा थियो। कम्युनिस्ट पार्टीले मेरो शरीर र मन दुवै नष्ट गर्न चाहन्थ्यो, ताकि मैले कष्ट सहन नसकेर परमेश्वरलाई धोका दिऊँ। म यसको चालमा फस्नु हुँदैनथ्यो। त्यो जति नै दुःखदायी वा कठिन भए पनि, म परमेश्वरमा भर पर्नुपर्थ्यो, दृढ रहनुपर्थ्यो र मैले शैतानलाई लज्जित तुल्याउनुपर्थ्यो। त्यसपछि उता, बेलुका-बेलुका ती सिस्टर र म मौका पाउनेबित्तिकै गोप्यरूपमा परमेश्वरका वचनका भजनहरू सँगै गुनगुनाउँथ्यौँ। क्रमिकरूपमा, मलाई त्यति दुःख लाग्न छोड्यो।

पछि मेरा श्रीमान् मलाई भेट्न आए, र मैले उनको स्वास्थ्य बिग्रेको र उनी आफ्नो हातखुट्टा राम्ररी चलाउन नसक्ने हालतमा देखेँ। म पक्राउ परेपछि, मेरा श्रीमानलाई मैले यातना पाउँछु भन्ने डरले गर्दा खान र सुत्न गाह्रो भएछ, अनि मुट रोग लागेछ। जचाउँदाखेरि, डाक्टरले उनको पछिल्लो मष्तिष्कको स्नायु कोशमा क्षति पुगेको र उनी आंशिक पक्षघात भएको बताएछन्। यो सुनेर मेरो मुटु छियाछिया भयो, मलाई पिशाचहरूको झुण्ड त्यो कम्युनिस्ट पार्टीप्रति सारा मनले घृणा जाग्यो। यदि तिनीहरूले विश्वासीहरूलाई नपक्रेको र नसताएको भए, म कहिल्यै पक्राउ पर्ने नै थिइनँ र मेरा श्रीमान् बिमार पर्नेथिएनन्। त्यसको केही समयपछि नै, मेरो देवर मलाई भेट्न आए र मेरा श्रीमानको हालत झनै बिग्रेको छ र उनी मलमूत्र रोक्न नसक्ने हालतमा पुगेका छन् भनेर बताए। यो सुनेर साह्रै दुःख लाग्यो, र म आफू कहिले जेलमुक्त भएर घर गई उनको स्याहार-सुसार गर्न सकूँ भनेर मात्र सोच्न सक्थेँ। त्यसपछि, २००४ को अन्त्यतिर, उनको हालत झनै बिग्रेर उनी बिते भन्ने पत्र परिवारबाट पाएँ। यो सुन्दा, मलाई आफूमाथि आकाश नै खसेको जस्तो लाग्यो। म वेदनाले तड्पिएँ। हाम्रो परिवारका मूल खाँबो ढलेको थियो। हाम्रो छोरो अझै विश्वविद्यालयमा नै थियो, र उसले कस्तो गर्दै छ मलाई अत्तोपत्तो थिएन। कम्युनिस्ट पार्टीको सतावटले गर्दा, हाम्रो एकदमै सुखी परिवार बरबाद भयो र मेरा श्रीमान् बिते। मलाई थाहै नभई साह्रै कमजोर भइरहेको र ममा दुःखको भेल बढेको महसुस भइरहेको थियो। किन विपत्ति सधैँ मामाथि नै खनिरहेको थियो? किन परमेश्वरले मलाई रक्षा गरिरहनुभएको थिएन? पीडामा, मैले परमेश्वरका यी वचनहरू सम्झेँ: “यदि तैँले देहको कमजोरीलाई आश्रय दिइस् भने र परमेश्‍वरले अति नै गर्नुहुन्छ भनेर भन्छस् भने तैँले सधैँ पीडाको महसुस गर्नेछस् र तँ सधैँ उदास बन्‍नेछस्, र तँ परमेश्‍वरका सबै कार्यका बारेमा अस्पष्ट हुनेछस्, र परमेश्‍वर मानिसको कमजोरी र मानिसका अप्ठ्याराप्रति पूर्ण रूपमा असंवेदनशील रहेको जस्तो हुन्छ। तसर्थ, तैँले ठूलो अन्याय भोगेजस्तो सधैँ हैरानी र एक्लो महसुस गर्नेछस्, र यस बेला तैँले गुनासो गर्न सुरु गर्नेछस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो)। परमेश्वरका वचनहरूले मेरो स्थिति खुलासा गरिदिए। मेरा श्रीमानको मृत्यु हुँदा, मैले परमेश्वरको इच्छा खोजी गरिनँ, तर आफ्नो देहलाई सन्तुष्ट पारेँ। मलाई आफ्ना पतिविना हाम्रो छोरोको हेरचाह गर्ने कोही छैन भन्ने लाग्यो र मैले परमेश्वरलाई दोष दिएँ। ममा पटक्कै विवेक थिएन! स्पष्टतः कम्युनिस्ट पार्टीको सतावटले गर्दा नै मेरो परिवार भताभुङ्ग भएको र मेरा श्रीमानको मृत्यु भएको थियो, तर मैले यो सबैको दोष परमेश्वरलाई लगाएँ। मेरो सोचाइ पुरै गलत थियो—म समझहीन थिएँ। त्यो बेला मैले आफू साँच्चै सानो कदको भएको र ममा परमेश्वरप्रति साँचो विश्वास वा साँचो समर्पण नभएको देखेँ। मैले हृदय पोखाएर प्रार्थना गरेँ, “हे परमेश्वर, यसरी खुलासा हुँदा, मैले आफू कति विद्रोही रहेछु भनेर देख्न सकेँ। म सधैँ आफ्नै देहबारे मात्र सोच्छु, र तपाईंको हृदयलाई पटक्कै बुझ्ने प्रयास गर्दिनँ। हे परमेश्वर, बिन्ती छ यो परिस्थितिमार्फत मलाई समर्पित हुन र तपाईंको इच्छा बुझ्न मार्गदर्शन गर्नुहोस्।” त्यसपछि यी वचनहरू मेरो मनमा आए: “तँ सृष्टि गरिएको प्राणी होस्—तैँले अवश्य पनि परमेश्‍वरको आराधना गर्नुपर्छ र अर्थपूर्ण जीवनको खोजी गर्नुपर्छ। यदि तैँले परमेश्‍वरको आराधना गर्दैनस् तर आफ्नै फोहोर देहमा जिउँछस् भने, के तँ मानिसको वस्त्र धारण गरेको पशु हुँदैनस् र? तँ मानिस भएकोले तैँले आफूलाई परमेश्‍वरका निम्ति समर्पित गर्नुपर्छ र सबै दुःख भोग्नुपर्छ। तँ आज जुन सानो दुःखमा परेको छस् त्यसलाई तैँले खुसी र निर्धक्कसाथ स्वीकार गर्नुपर्छ, अनि अय्यूब र पत्रुसले जस्तो अर्थपूर्ण जीवन जिउनुपर्छ। … तिमीहरू त्यस्ता मानिसहरू हौ जसले सही मार्ग पछ्याउँछन्, जसले सुधार खोजी गर्छन्। तिमीहरू त्यस्ता मानिसहरू हौ जो ठूलो रातो अजिङ्गरको देशमा खडा हुन्छन्, जसलाई परमेश्‍वरले धर्मी भन्नुहुन्छ। के त्यो सबैभन्दा अर्थपूर्ण जीवन होइन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (२))। मैले परमेश्वरका वचनहरू मनन गरेर आफ्नो विश्वासको खातिर पक्राउ पर्नु र त्यसरी कष्ट भोग्नु त धार्मिकताका लागि सताइनु पो रहेछ अनि त्यो कष्ट भोगाइको अर्थ रहेछ भन्ने बुझेँ। मैले यो कठिनाइद्वारा आफ्नो विद्रोहीपन र भ्रष्टता अनि आफ्नो साँचो कद देखेँ। मैले त्यो ठूलो रातो अजिङ्गरको शैतानी सार—कसरी यसले परमेश्वरलाई घृणा र विरोध गर्छ—लाई बुझेँ। त्यो मप्रति परमेश्वरको प्रेम थियो। अय्यूबले यस्तै हदसम्म परीक्षा भोगेको मलाई याद आयो—उनको वस्तुभाउको बथान र सबै पारिवारिक सम्पत्ति चोरी भएको थियो, उनका छोराछोरी मरे, र उनको शरीरभरि खटिरा आयो। तैपनि उनले परमेश्वरलाई दोष दिएनन् र कुनै पापमय कुरा भनेनन्। उनले अन्त्यमा यसो भने, “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। अय्यूबले परमेश्वरबारे सुन्दर गवाही दिए। मेरो मन साह्रै छोयो, र अय्यूबको उदाहरण पछ्याउने, जतिसुकै सतावट भोग्नुपरे पनि दृढ रहने अठोट गरेँ। मैले यो महसुस गरेर परमेश्वरसामु आई समर्पणको प्रार्थना गरेँ, आफ्नो परिवारसम्बन्धी सबै कुरा उहाँको हातमा छोड्न र उहाँका शासन र बन्दोबस्तहरूमा समर्पित हुन तयार भएँ।

म डिसेम्बर २००५ को अन्त्यतिर रिहा भएँ। मेरो छोरो अझै विश्वविद्यालयमै थियो र हामीलाई जीवन धान्न एकदमै धौधौ परेको थियो, त्यसैले मैले जागिर खोजेँ। तर एक महिना पनि नपुग्दै मेरा हाकिमले यसो भने, “प्रहरी आएर मलाई तिमी धार्मको मान्छे हौ भनेर भन्यो। मैले तिमीलाई जागिरबाट निकाल्नुपर्छ भनेर तिनीहरूले मलाई भनेका छन्।” त्यो सुनेर मलाई साह्रै रिस उठ्यो। मलाई जेलबाट त जान दियो तर कम्युनिस्ट पार्टीले मलाई अझै छोडेको थिएन—तिनीहरूले अझै मलाई मेरो बाँच्न पाउने अधिकारबाट वञ्चित गर्दै थिए। तिनीहरू साँच्चै घृणित र दुष्ट रहेछन्! मेरो छोरोले २००६ मा स्नातक गरिसकेको हुनुपर्थ्यो, तर मलाई आफ्नो विश्वासको कारण श्रम सजाय दिइएको हुनाले, स्कूलले उसलाई थोरै अङ्कले कक्षा फेल भएको आधारमा डिप्लोमा दिन मानेन। तसर्थ, उसले फेरि एक वर्ष स्कुल दोहोऱ्याउनुपऱ्यो। तर अर्को वर्ष पनि तिनीहरूले त्यही बहानामा उसलाई डिप्लोमा दिन मानेन। अरू सहपाठीले दुई वा तीन वर्ष आफ्ना कक्षा पास नगरे पनि तिनीहरू स्नातक भएको देख्दा, उसले यसबारे शिक्षकलाई सोधेछ, जसले यसो भनेछन्, “तिम्री आमा धर्मका मान्छे हुन् भन्ने तिमीलाई थाहा छैन?” त्यसपछि मात्र हामीलाई मेरो विश्वासको कारण उसलाई स्कूलले डिप्लोमा नदिने बहाना बनाइरहेको रहेछ भन्ने थाहा भयो। अन्त्यमा, तिनीहरूले उसलाई उपस्थितिको प्रमाणपत्र मात्र दिए। डिप्लोमाविना उसले जागिर पाउनु गाह्रो थियो, र ऊ साह्रै निराश भयो। ऊ सधैँ घरमा मात्र बस्न मन गर्थ्यो र बोल्नसमेत मन गर्दैनथ्यो। उसलाई त्यस्तो दयनीय हालतमा देख्दा म साह्रै व्याकुल हुन्थेँ। म जेल परेको कारण उसले यत्तिका वर्ष अध्ययन गरेपछि त्यसमा उसलाई मुछेको थियो, र अन्त्यमा उसलाई डिप्लोमा गर्न दिइएन र जागिर पाउन गाह्रो भयो। मलाई भित्री कमजोरी महसुस भयो। मेरो छोरो पनि विश्वासी नै थियो, त्यसैले हामीले सँगै परमेश्वरलाई प्रार्थना गऱ्यौँ र उहाँका वचनहरू पढ्यौँ, र यो देख्यौँ: “कामको यस चरणमा हामीबाट ठूलो विश्‍वास र प्रेमको आवश्यक हुन्छ। थोरै लापरवाहीको कारण हामीले ठक्कर खान सक्छौं, किनकि यस चरणको काम पहिलेका सबै चरणहरू भन्दा फरक छ: परमेश्‍वरले जे सिद्ध पार्दै हुनुहुन्छ त्यो मानवजातिको विश्‍वास हो, जुन अदृष्य र अमूर्त दुवै छ। परमेश्‍वरले जे गर्नुहुन्छ त्यो वचनहरूलाई विश्‍वासमा, प्रेममा र जीवनमा परिवर्तन गर्नु हो। मानिसहरू त्यो विन्दुमा पुग्नुपर्छ जहाँ तिनीहरूले सयौं शुद्धीकरणहरू सहन गरिसकेका हुन्छन् र तिनीहरूले अय्यूबको भन्दा ठूलो विश्‍वास धारण गरिसकेका हुन्छन्। तिनीहरूले परमेश्‍वरलाई नछाडीकनै अविश्‍वसनीय कष्ट र हरप्रकारका यातना सहन गर्नुपर्छ। जब तिनीहरू मृत्युसम्मै आज्ञाकारी रहन्छन्, र तिनीहरूसँग परमेश्‍वरमाथिको ठूलो विश्‍वास हुन्छ, तब परमेश्‍वरको कामको यो चरण पूरा हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मार्ग … (८))। मलाई कम्युनिस्ट पार्टीले पक्रेर सतावट दिएको कारण, मेरा श्रीमानको मृत्यु भयो र मेरो छोरोले जागिर पाउन सकेन। पार्टीले हाम्रो आयस्रोत बन्द गरिदिएको थियो र परमेश्वरलाई दोष र धोका दिन मलाई बाध्य पार्न यस परिस्थितिको प्रयोग गर्न चाहन्थ्यो। तर परमेश्वरले यो परिस्थितिलाई मेरो विश्वास सिद्ध पार्न प्रयोग गरिरहनुभएको थियो। यदि मैले असाध्यै कष्ट सहेर परमेश्वरलाई पछ्याउन र उहाँको आज्ञा मान्न सकेको भए, ममा साँचो विश्वास रहेछ भनेर देखिनेथ्यो। कम्युनिस्ट पार्टीले हामीलाई बेसाहारा बनाउन चाहन्थ्यो, तर जीवनमा परमेश्वरलाई भरोसा गरेर अनि उहाँको भरनपोषण र मार्गदर्शनद्वारा अघि बढेर हामी अझै जीवन धान्न सक्छौँ। त्यसपछि, मेरो छोरो र मैले सँगै परमेश्वरका वचनहरू बारम्बार पढ्यौँ र यसमा सङ्गति गऱ्यौँ, अनि ऊ क्रमिकरूपमा आफ्नो दुःखी हालतबाट बाहिर निस्कन सक्यो। यी सब दुःख कम्युनिस्ट पार्टीले ल्याएको हो; पार्टीले जीवन तहसनहस पार्छ तर परमेश्वरले चाहिँ कृपा गर्नुहुन्छ र मुक्ति दिनुहुन्छ; र परमेश्वरले मात्र हामीलाई ज्योति दिन सक्नुहुन्छ, अनि परमेश्वरलाई पछ्याउनु नै जीवनको सही मार्ग हो भन्ने आफूले स्पष्टसित बुझेको कुरा उसले बतायो। उसले परमेश्वरलाई विश्वास गर्न र निष्कपट भई पछ्याउन चाहन्छु भनेर भन्यो। त्यसपछि, हामी दुवैले जङ्गली जडीबुटी र च्याउ खोजेर बजारमा बेच्यौँ, ताकि हामीले अझ सजिलै भेलाहरू जान र कर्तव्य निर्वाह गर्न सकौँ। त्यसरी, हामीले धेरै परिश्रम नगरी जीवन धान्न मनग्गे पैसा जुटाउन सक्यौँ।

मैले कम्युनिस्ट पार्टीको पक्राउ र सतावट अनुभव गरेपछि, यसको शैतानी सार—यसले कसरी परमेश्वरलाई घृणा र विरोध गर्छ—लाई राम्ररी देखेँ। यसले धार्मिक स्वतन्त्रताको ग्यारेन्टी दिएको दाबी त गर्छ, तर गोप्यरूपमा इसाईहरूलाई पक्रन, यातना दिन र जेलसजाय दिन बृहत अभियान चलाउँछ, साथै उनीहरूको परिवारका सदस्यहरूलाई थिचोमिचो गर्छ र सताउँछ, यसरी अनगिन्ती इसाई परिवारहरू तहसनहस भएको छ। मैले यसलाई हृदयदेखि नै घृणा गरेँ र त्यागेँ—र म यसको घोर विरोध गर्छु भन्ने मलाई थाहा थियो। मैले परमेश्वरको प्रेम र उहाँका वचनहरूको अख्तियार पनि व्यक्तिगत तवरमा अनुभव गरेँ। मलाई पक्रेर जेलसजाय हुँदा, मेरा श्रीमानको मृत्यु हुँदा, मेरो छोरोले विश्वविद्यालायको डिप्लोमा पाउन नसक्दा, र म उम्कने बाटोविनाको दयनीय हालतमा जिउँदा, परमेश्वरका वचनहरूले नै मलाई विश्वास र बल दिएका थिए, र देहगत कमजोरीलाई जित्न मदत गरेका थिए। मैले परमेश्वरको हेरचाह र सुरक्षा नपाएको भए, यो दिन कहिल्यै देख्नेथिइनँ। म परमेश्वरको प्रेम र मुक्तिको लागि साँच्चै कृतज्ञ छु। मैले भविष्यमा जस्तोसुकै दमन र कठिनाइ भोग्नुपरे पनि, म अन्त्यसम्मै परमेश्वरलाई पछ्याउनेछु।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

सोधपूछ कोठामा दिइएको यातना

जियाओ मिन, चीनसन् २०१२ मा, सुसमाचार प्रचारको क्रममा मलाई चिनियाँ कम्युनिस्ट पार्टीले गिरफ्तार गर्‍यो। १३ सेप्टेम्बरको साँझ म घर फर्केँ,...

जवान हुँदाको एउटा विशेष अनुभव

झेङ्छिन, चीनसन् २००२ मा, १८ वर्षको हुँदा मैले सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको काम ग्रहण गरेँ। जुलाई २००४ मा, अर्को प्रान्तमा...

निरन्तर यातना भोग्दा

वु मिङ, चीन सन् २००० डिसेम्बरको एक दिन दिउँसो करिब ५ बजेतिर एक जना ब्रदर र सिस्टरसहित म र मेरी श्रीमती घरमा भेला भइरहेका बेला हामीले अचानक...

जेलको कष्ट

जियाओ फान, चीनमे २००४ को एक दिन, म केही दाजुभाइ-दिदीबहिनीहरूसँग भेलामा सहभागी भइरहेकी थिएँ त्यही बेला अचानक २० जनाभन्दा बढी प्रहरीहरू अचानक...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्