म आफू अत्यन्तै स्वार्थी छु भन्ने कुरा बुझ्छु
यान झेन, चीनसन् २०२४ को अप्रिलमा, मलाई जिल्ला अगुवा चुनियो, र त्यतिबेला, मैले धेरै दबाब महसुस गरेँ। मलाई यो कर्तव्यको जिम्मेवारी भारी छ,...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
सन् २०२२, सेप्टेम्बर २ का दिन, म कुनै कामविशेषले एक जना अगुवाको निवासमा गएकी थिएँ, तर घरमा कोही थिएन। उहाँको घर पारि बस्ने सिस्टर सिआओ होङले संयोगवश मलाई देख्नुभयो। उहाँले मलाई आफ्नो निवासमा बोलाउनुभयो अनि चिन्तित भावमा भन्नुभयो, “एउटा घटना घटेको छ! झोउ लिङलाई प्रहरीले पक्राउ गर्यो। दुई दिन भइसक्यो तर हामीले केही खबर पाएका छैनौँ। अगुवा सबैलाई जानकारी गराउन जानुभएको छ—उहाँ छिट्टै फर्किनुपर्ने हो।” यो खबर सुनेपछि, मलाई निकै छटपटी भयो र डर लाग्यो। झोउ लिङ पहिले अगुवा हुनुहुन्थ्यो, अनि प्रहरीले उहाँलाई कस्तो यातना दिने हो मलाई थाहा थिएन। उहाँ यातना सहन नसकेर टुट्नुहुनेछ र यहूदा बन्नुहुनेछ कि? म भर्खरै उहाँको निवासमा गएकी थिएँ। प्रहरीले निगरानी गरिरहेको थियो भने त सायद मलाई देखेको हुन सक्छ। सुरुमा म यहाँ सरेको कारण नै म प्रहरीबाट भाग्दै थिएँ। प्रहरीले वर्षौंदेखि मलाई निरन्तर खोजिरहेको थियो। यदि तिनीहरूले मलाई पक्रे भने झन् कडा यातना दिनेछन्। म कुटपिटबाट मर्न पनि सक्छु। म एकदमै डराएकी थिएँ र आफ्नो काम सिध्याएर जतिसक्दो चाँडो त्यस इलाकाबाट निस्कन चाहन्थेँ। केही समयपछि अगुवा सिआओ होङको निवासमा आइपुग्नुभयो, र हाम्रो छलफल सकिएपछि उहाँ आफ्नो घर फर्किनुभयो। भर्खर दुई-तीन मिनेट मात्र बितेको थियो, सिआओ होङ आत्तिँदै दौडेर फर्किनुभयो र भन्नुभयो, “अगुवा भर्खरै घर पुग्नुभएको थियो, सात-आठ जना प्रहरी आएर उहाँलाई पक्रेर लगे। झोउ लिङ पनि तिनीहरूकै कारमा हुनुहुन्थ्यो। पक्कै पनि उहाँले नै अगुवा बस्ने ठाउँ देखाइदिएको हुनुपर्छ। जेसुकै होस्, तपाईँ बाहिर ननिस्कनू।” मेरो त सातो गयो। सिआओ होङ र अगुवा वारिपारि बस्नुहुन्थ्यो। प्रहरीहरू केही पाइलाको दूरीमा मात्र हुन सक्थे। तिनीहरूले मलाई पक्रेका भए, म पक्कै पनि सकुशल उम्कने थिइनँ। म त्यही निवासभित्रै लुकेँ र झ्यालबाट बाहिर हेर्ने आँटसमेत गरिनँ, अनि प्रहरीहरू चाँडै जाऊन् भन्ने आशा गर्दै आफ्नो हृदयमा निरन्तर परमेश्वरलाई पुकारिरहेँ। करिब एक घण्टापछि प्रहरीको कार त्यहाँबाट गयो अनि बल्ल मेरो हृदय शान्त भयो। तर झोउ लिङ केही दिनअघि मात्रै मेरो निवासमा आउनुभएको थियो—उहाँले ममाथि पनि घात गर्नुभयो होला त? म बसेको ठाउँ अब सुरक्षित थिएन। म कहाँ जाने होला? मैले मेरो निवासमा रहेको नोटबुक सम्झिएँ, त्यसमा ब्रदर-सिस्टरहरूका फोन नम्बरहरू लेखिएका थिए, र त्यसलाई मैले जतिसक्दो चाँडो त्यहाँबाट हटाउनुपर्ने थियो। मेरो निवासनजिकै अन्य तीनवटा अतिथि सत्कारक घरहरू थिए। यदि तिनीहरूलाई तुरुन्तै खबर गरिएन र प्रहरीले त्यो नोटबुक फेला पार्यो भने, अझै धेरै ब्रदर-सिस्टर फस्नेथिए। तर म त्यतिबेलै फर्किएँ भने, म तिनीहरूको जालमा पर्नेथिएँ। म वर्षौंदेखि आफ्नो सहरबाहिर रहेर आफ्नो कर्तव्य निर्वाह गर्दै आएकी थिएँ, र म प्रहरीको पक्राउ सूचीको मुख्य निसानामा थिएँ। यदि म पक्राउ परेँ भने मैले अझ कडा यातना भोग्नुपर्ने थियो। मैले सोचेँ, “होइन, म भागेर तुरुन्तै कुनै सुरक्षित ठाउँ खोज्नुपर्छ!” तर यस्तो सोच्दा, मैले मेरो हृदयमा शान्ति पाइनँ, त्यसैले मैले निरन्तर परमेश्वरलाई पुकारेँ। त्यसपछि मैले परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झिएँ: “तँ यो र त्यो कुरासँग डराउनु हुँदैन; तैँले जतिसुकै कठिनाइ र खतरा सामना गरे पनि, तँ कुनै पनि अड्चनमा नपरी, मेरो अगाडि स्थिर रहन सक्नुपर्छ, ताकि मेरो इच्छा विनारोकटोक पूरा होओस्। यो तेरो कर्तव्य हो; अन्यथा, म मेरो क्रोध तँमाथि खन्याउनेछु, र मेरो हातले म…। त्यसपछि तैँले अन्त्यहीन मानसिक कष्ट सहनेछस्। तैँले सबै सहनैपर्छ; मेरा लागि, तँ सबै कुरा त्याग्न र आफ्नो सारा शक्तिले मलाई पछ्याउन तयार हुनैपर्छ, अनि कुनै पनि मूल्य चुकाउन तयार हुनैपर्छ। अहिले मैले तँलाई जाँच गर्ने समय हो: के तँ तेरो बफादारी मलाई अर्पण गर्नेछस्? के यो बाटोको अन्त्यसम्म तँ मलाई बफादारीपूर्वक पछ्याउन सक्छस्? नडरा; म तेरो आड हुँदा, तेरो मार्ग कसले कहिल्यै छेक्न सक्थ्यो र? यो कुरा याद राख्! याद राख्! सबै थोकमा मेरा असल अभिप्रायहरू हुन्छन्, र सबै थोक मेरो छानबिनमुनि हुन्छ। के तेरा प्रत्येक शब्द र कार्यले मेरो वचन पालन गर्छन्? जब तँमाथि आगोका जाँचहरू आइपर्नेछन्, के तैँले घुँडा टेकेर कराउनेछस्? कि तँ डरले लुरुक्क पर्नेछस्, अगाडि बढ्न सक्नेछैनस्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १०)। परमेश्वरका वचनमार्फत, मैले मेरो कद निकै सानो छ र ममा साँचो विश्वासको कमी छ भन्ने महसुस गरेँ। मेरो वरपरका मानिसहरू एकपछि अर्को गर्दै पक्राउ परेको देखेर, म डराएकी थिएँ र लुक्नका लागि कुनै सुरक्षित ठाउँ खोज्न चाहन्थेँ। मैले आफ्नो सलामतीको सुरक्षा गर्न मण्डलीका हितहरूलाई बेवास्ता गरिरहेकी थिएँ—म कति स्वार्थी थिएँ! अगुवा पक्राउ पर्नुभएको हुनाले, धेरै ब्रदर-सिस्टरलाई खबर गर्नुपर्ने थियो, अनि परमेश्वरका वचनका धेरै पुस्तक सार्नुपर्ने थियो। यदि यसलाई जतिसक्दो चाँडो उचित ढङ्गले व्यवस्थापन गरिएन भने, यसबाट अझै धेरै ब्रदर-सिस्टर पक्राउ पर्ने अवस्था आउन सक्थ्यो। मण्डलीको डिकन भएका नाताले, ब्रदर-सिस्टरहरूका साथै परमेश्वरका वचनका पुस्तकहरूको सुरक्षा गर्नु मेरो कर्तव्य र जिम्मेवारी थियो। यदि मैले डर र कायरताका कारण लाछी बन्ने र तुच्छ जीवनलाई निरन्तरता दिने छनौट गरेँ भने, त्यो अत्यन्तै गैरजिम्मेवारीपन हुनेथियो। यस कठिन घडीमा परमेश्वरले म उहाँको अभिप्रायलाई ख्याल गर्छु कि गर्दिनँ र मण्डलीको कामलाई सुरक्षित राख्छु कि राख्दिनँ भनेर हेर्नका लागि मेरो छानबीन गर्दै हुनुहुन्थ्यो। मैले परमेश्वरमाथि भरोसा राख्नुपर्थ्यो र यस सङ्कटउपरान्तको काम तुरुन्त सम्हाल्नुपर्थ्यो। म पक्राउ पर्छु वा पर्दिनँ भन्ने कुरा परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूले तय गर्ने कुरा थियो। म आफूलाई परमेश्वरका हातमा सुम्पन तयार थिएँ। जब मैले त्यो कुरा बुझेँ, तब म त्यति धेरै आत्तिइनँ र डराइनँ। म आफ्नो निवासनजिकै पुग्दा, मैले प्रवेशद्वारमा प्रहरीको एउटा कार रोकिएको देखेँ। मेरो मुटु जोडले ढुकढुक गर्न थाल्यो। मैले सोचेँ, “पक्कै पनि त्यो यहूदाले मलाई घात गरिन्। नजिकैका तीनवटा अतिथि सत्कारक घरहरूमा पनि खानतलासी गरियो कि गरिएन मलाई थाहा छैन। मैले जतिसक्दो चाँडो मण्डलीको अवस्थाबारे माथिल्ला अगुवावर्गलाई खबर गर्नुपर्छ, ताकि उहाँहरूले सावधानी अपनाउन र मण्डलीको काममा अझ ठूलो नोक्सानी हुनबाट रोक्न समयमै बन्दोबस्तहरू मिलाउन सक्नुहोस्।”
मलाई थाहा थियो कि सिस्टर सु हुवाले माथिल्ला अगुवावर्गसँग सम्पर्क गर्न सक्नुहुन्थ्यो, त्यसैले म उहाँलाई भेट्न गएँ। म त्यहाँ पुग्नेबित्तिकै, उहाँका गैरविश्वासी श्रीमान्ले आत्तिँदै भन्नुभयो, “भर्खरै केही प्रहरी आएका थिए। सु हुवा बाहिर भएकीले तिनीहरूले उनलाई भेट्टाएनन्। तिनीहरू अरू धेरै पक्राउहरू गर्न तपाईँ बस्ने ठाउँतिरै गएका छन्।” म एक छिन पनि त्यहाँ बस्ने आँट नगरी हतार-हतार निस्किएँ। फर्कने क्रममा, ठूलो रातो अजिङ्गर कति दुष्ट छ भन्ने कुरा सोचिरहेकी थिएँ। यसले परमेश्वरमा विश्वास गर्ने मानिसहरूलाई पक्रन मात्रै यति धेरै जोडबल गर्छ। ब्रदर-सिस्टरहरू एकपछि अर्को पक्राउ परिरहेका थिए, अनि म पनि जुनसुकै बेला पक्राउ पर्न सक्ने खतरामा थिएँ। यदि मैले यातना सहन सकिनँ र यहूदा बनेँ भने, के मेरो आस्थाको मार्ग त्यहीँ टुङ्गिने छैन र? जति धेरै सोचेँ, म त्यति नै कमजोर र भयभीत भएँ, अनि मलाई चीनमा विश्वासी भएर जिउनु धेरै गाह्रो र अत्यन्तै खतरनाक छ भन्ने लाग्यो। त्यसैले मैले आफ्नो हृदयमा बारम्बार परमेश्वरलाई पुकारेँ, “हे परमेश्वर! म के गरूँ?” त्यसपछि मैले परमेश्वरका वचनहरूको यो खण्ड सम्झिएँ: “आस्था भनेको साँघु जस्तै हुन्छ: जीवनलाई पक्रिरहने र मृत्युको डर मान्नेहरूलाई त्यो पार गर्न कठिनाइ हुनेछ, तर आफ्नो जीवन दिन तयार रहनेहरू, नडगमगाई र निष्फिक्रीसित त्यसलाई पार गर्न सक्छन्। यदि मानिसले डरपोक र भयका विचारहरू राख्छ भने, यो शैतानले उसलाई मूर्ख बनाएकाले हो, हामी आस्थाको पुल पार गरेर परमेश्वरभित्र प्रवेश गरौँला भनी त्यो डराएको हुन्छ। शैतानले हरसम्भव तरिकाले हामीकहाँ त्यसका विचारहरू पठाउने कोसिस गरिरहेको हुन्छ। परमेश्वरले हामीलाई ज्योति र अन्तर्दृष्टि दिनुहोस् भनी हामीले हरक्षण प्रार्थना गर्नुपर्छ, हामीभित्रबाट शैतानको विष पखाल्नका लागि हामी हरक्षण परमेश्वरमा भर पर्नुपर्छ, हामीले हाम्रो आत्माभित्र हरपल परमेश्वरको नजिक जाने अभ्यास गर्नुपर्छ, र परमेश्वरलाई हाम्रो सम्पूर्ण सत्त्वमाथि प्रभुत्व राख्न र त्यसलाई ओगट्न दिनुपर्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ६)। परमेश्वरका वचनहरूले मलाई आस्था र शक्ति दिए। मलाई के महसुस भयो भने म पक्राउ पर्ने र कुटपिटबाट मर्ने डरका कारण कायरता र भयमा जिइरहेकी रहेछु। म शैतानका छलकपटहरूमा परिरहेकी थिएँ। शैतानले मलाई नियन्त्रणमा राख्नका लागि मेरो कमजोरीको फाइदा उठाइरहेको थियो, ताकि मैले परमेश्वरमाथिको विश्वास गुमाऊँ र आफ्नो कर्तव्य पूरा गर्ने आँट नगरूँ, अनि यसरी बिस्तारै परमेश्वरबाट टाढा भई उहाँलाई धोका दिऊँ। मैले शैतानका छलकपटहरूलाई चिन्नुपर्थ्यो। म यस्ता परिस्थितिहरूको जति धेरै सामना गर्थेँ, त्यति नै परमेश्वरको नजिक जानुपर्थ्यो, उहाँमा भर पर्नुपर्थ्यो र उहाँका वचनहरूबमोजिम जिउनुपर्थ्यो। यदि म पक्राउ परिहालेँ भने पनि, म समर्पित हुनेथिएँ र कहिल्यै गुनासो गर्नेथिइनँ। म आफ्नो साक्षीमा दृढ रहनेथिएँ र परमेश्वरलाई सन्तुष्ट पार्नेथिएँ।
मैले माथिल्ला अगुवावर्गसँग सम्पर्क गर्न सकिनँ र पहिले सङ्कटउपरान्तको काम सम्हाल्ने निर्णय गरेँ। मैले गर्नुपर्ने पहिलो काम भनेको घरमा छुटेको त्यो फोन नम्बरहरू भएको नोटबुक फिर्ता ल्याउने कुनै उपाय सोच्नु थियो; अन्यथा, प्रहरीले त्यो फेला पार्यो भने, कयौँ ब्रदर-सिस्टर पक्राउ पर्नेथिए। तर प्रहरीले मेरो निवासमा निगरानी गरिरहेको हुन सक्थ्यो—के म तिनीहरूको जालमा पर्नेथिइनँ र? यसरी म दोधारमा परिरहेकै बेला, मैले परमेश्वरका वचनहरू सम्झिएँ: “तिमीहरू प्रत्येकले मप्रति अनुकूल छु भनी विश्वास गर्छौ, तर त्यसो भएको भए त, त्यस किसिमको अकाट्य प्रमाण कसमा लागू हुनेथ्यो र? तिमीहरू आफूमा मप्रति अत्यधिक इमानदारिता र वफादारिता छ भनी विश्वास गर्छौ। तिमीहरूलाई आफू अति कृपालु, अति करुणामय भएको, र मलाई अत्यन्तै धेरै कुरा समर्पित गरेको जस्तो लाग्छ। तिमीहरूलाई तिमीहरूले मेरो लागि जति गर्नुपर्ने हो त्योभन्दा बढी नै गरेको जस्तो लाग्छ। तर के तिमीहरूले कहिल्यै यसलाई आफ्ना कार्यहरूसँग तुलना गरेका छौ? … तिमीहरू आफ्नो छोराछोरी, वा आफ्नो श्रीमान्, वा आफ्नै आत्मसंरक्षणको खातिर मेरा लागि ढोका बन्द गरिदिन्छौ। मेरा बारेमा वास्ता गर्नुको सट्टा, तिमीहरू आफ्नो परिवार, आफ्नो छोराछोरी, आफ्नो हैसियत, आफ्नो भविष्य, र आफ्नो सुखको वास्ता गर्छौ। तिमीहरूले बोल्दा वा काम गर्दा कहिले पो मेरा बारेमा विचार गरेका छौ र? ठन्डीका दिनहरूमा, तिमीहरू आफ्नो सन्तान, आफ्नो श्रीमान्, आफ्नी श्रीमती, वा आफ्ना आमाबाबुका बारेमा सोच्छौ। गर्मीका दिनहरूमा पनि, तिमीहरूको विचारमा मेरो कुनै स्थान हुँदैन। तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा, तँ आफ्नै हितहरू, आफ्नै व्यक्तिगत सुरक्षा, आफ्नै परिवारका सदस्यहरूका बारेमा सोचिरहेको हुन्छस्। तैँले मेरा लागि कहिले के नै गरेको छस् र? तैँले कहिले चाहिँ मेरा बारेमा सोचेको छस्? तैँले कहिले मेरै लागि र मेरो कामका लागि सबथोक दाउमा राखेको छस्? मसँगको तेरो अनुकूलताको प्रमाण कहाँ छ? मप्रति तेरो बफादारीको वास्तविकता कहाँ छ? मप्रति तेरो समर्पणताको वास्तविकता कहाँ छ? तेरा अभिप्रायहरू कहिले चाहिँ मेरा आशिष्हरू प्राप्त गर्नका खातिर थिएनन्? तिमीहरू सबैजना मलाई मूर्ख बनाउन खोजिरहेका छौ। तिमीहरू सबैजना मलाई छल गरिरहेका छौ। तिमीहरू सत्यतासँग खेलबाड गरिरहेका छौ, सत्यताको अस्तित्वलाई लुकाइरहेका छौ, र सत्यताको सारलाई धोका दिइरहेका छौ। यसरी मेरो विरुद्धमा लाग्दा भविष्यमा तिमीहरूलाई केले कुरिरहेको हुनेछ?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले ख्रीष्टसँग अनुकूलताको मार्ग खोजी गर्नुपर्छ)। हरेक प्रश्न मेरो हृदयमा परमेश्वरबाट आएको दोषारोपण जस्तै लाग्यो। विगतमा, मलाई म आफ्नो कर्तव्यका लागि आफ्नो परिवार र कामलाई त्याग्न सक्छु भन्ने लाग्थ्यो, त्यसैले म परमेश्वरप्रति बफादार थिएँ। तर जब मैले वास्तवमै ठूलो रातो अजिङ्गरको गिरफ्तारीहरूको सामना गरेँ, तब मैले मेरो कद कति सानो रहेछ भनेर देखेँ। पहिले, म केवल खोक्रा नारा र धर्मसिद्धान्तहरू मात्रै अलापिरहेकी थिएँ। एउटा वास्तविक सङ्कटले मेरो साँचो कदलाई प्रकट गरिदियो। मैले आफ्नै हितहरूको रक्षा कसरी गर्ने भन्ने बारेमा मात्रै सोचेँ। मैले मण्डलीको कामको सुरक्षा पटक्कै गरिरहेकी थिइनँ। म परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्ने व्यक्ति थिइनँ। परमेश्वरका अभिप्रायहरूलाई साँच्चिकै ख्याल गर्ने मानिसहरूले मण्डलीका हितहरू जोडिएको कुरा आउँदा परमेश्वरलाई सन्तुष्ट पार्न सबथोक, आफ्नै जीवनसमेत, त्याग्न सक्छन्। ब्रदर-सिस्टरहरूले कसरी परमेश्वरका वचनका पुस्तकहरू पुर्याउन आफ्नो ज्यानलाई जोखिममा हालेका थिए र ती पुस्तकहरू ओसारपसार गर्ने क्रममा तिनीहरूमध्ये धेरै जनालाई ठूलो रातो अजिङ्गरले पक्राउ गरेको थियो भन्ने कुरा मैले सम्झिएँ। कतिपय त कुटपिटबाट मारिएका थिए। ब्रदर-सिस्टरहरूले परमेश्वरका वचनहरू पढ्न सकून् भनेर तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्न र परमेश्वरलाई सन्तुष्ट पार्नकै लागि आफ्नो जीवन र मृत्युको चिन्तालाई पन्छाएका थिए। तर मैले मण्डलीका हितहरूका बारेमा पटक्कै विचार गरिनँ। खतराको सामना गर्दा मैले आफ्नो सुरक्षाका बारेमा मात्र सोचेँ, पक्राउ परेर यातनाद्वारा मर्नुपर्ला भनेर डराएँ। सामान्यतया, मलाई फाइदा हुने कुराका लागि म जे गर्न पनि तयार हुन्थेँ, तर अहिले मण्डलीका हितहरूका खातिर मैले थोरै पनि बलिदान गर्न सकिनँ। ती ब्रदर-सिस्टरहरूको तुलनामा म असाध्यै स्वार्थी थिएँ। ममा परमेश्वरका अभिप्रायहरूप्रति कत्ति पनि ख्याल थिएन। अहिले मण्डलीकी एक जना अगुवा पक्राउ पर्नुभएको अवस्थामा, मण्डलीको कामको सुरक्षा गर्न अघि सर्नुको साटो म एउटा मण्डली कामदार भएर लुकिरहेकी थिएँ, म सुरक्षित त थिएँ तर मैले मेरो कर्तव्य र गवाही दुवै गुमाएँ। त्यसोभए म जिउनुको अर्थ नै रह्यो र? के म केवल एउटा जिउँदो लास मात्र थिइनँ र? यो विचार आउनसाथ, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म आज पक्राउ पर्छु या पर्दिनँ भन्ने कुरा पूर्ण रूपमा तपाईँका हातमा छ। कृपया मलाई आस्था र बुद्धि दिनुहोस् ताकि म तपाईँमा भर पर्न र आफ्नो कर्तव्य पूरा गर्न सकूँ।”
बिहानको करिब २ बजेतिर, म नजिकै बस्ने एक जना सिस्टरको निवासमा पुगेँ। मैले के थाहा पाएँ भने प्रहरी मेरो निवासनजिकै रहेका कयौँ अन्य अतिथि सत्कारक घरमा पनि पुगेको रहेछ। केही ब्रदर-सिस्टर भागेर पक्राउ पर्नबाट बचेका थिए। तिनीहरूले प्रहरी पक्कै पनि फर्केर आउनेछ भन्दै मलाई त्यहाँबाट गइहाल्न भने। मैले त्यहाँ धेरै बेर बस्ने आँट गरिनँ। मैले त्यस निवासको प्रवेशद्वारमा कोही पनि कुरिरहेको नदेखेपछि, हतार-हतार घर फर्केँ अनि फोन नम्बरहरू भएको त्यो नोटबुक लिएँ। त्यसपछि बल्ल मैले राहतको सास फेरेँ। त्यसपछि म ब्रदर याङ ग्वाङको ठाउँमा गएँ। मलाई देख्नेबित्तिकै उहाँले डराउँदै भन्नुभयो, “हिजो मेरी श्रीमतीसँगै म पनि पक्राउ परेको थिएँ। तिनीहरूले हामीलाई हिजो राति छोडिदिए। यहाँ वरपर बस्ने अन्य केही ब्रदर-सिस्टरलाई पनि पक्राउ गरिएको छ।” अनि त्यसपछि, म हतार-हतार त्यहाँबाट निस्किएँ। फर्कने क्रममा मैले के सोचिरहेकी थिएँ भने, अवस्था झन्-झन् खराब हुँदै गइरहेको छ, र जताततै ब्रदर-सिस्टरहरूको गिरफ्तारीहरू भइरहेका छन्। त्यो यहूदाले ममाथि पनि घात गरिसकेकी थिइन्। प्रहरीसँग पक्कै पनि मेरो हुलिया हुनुपर्छ, र चारैतिर यति धेरै निगरानी भएकाले, म जुनसुकै बेला पक्राउ पर्न सक्थेँ। यदि मैले तिनीहरूको यातना सहन सकिनँ भने नि? त्यो मेरा लागि एउटा भयानक विचार थियो। लुकेर बसेँ भने अलि सुरक्षित हुनेछु कि जस्तो मलाई लाग्यो, तर सङ्कटउपरान्तको काम अझै सकिएको थिएन। यदि म अहिले लुक्न गएँ भने, के त्यसले मलाई भगौडा बनाउँदैन र? मैले यतिका वर्षदेखि परमेश्वरमा विश्वास गर्दै आएकी थिएँ र परमेश्वरका वचनहरूको यति धेरै मलजलको आनन्द लिएकी थिएँ। यदि म यस्तो कठिन घडीमा आफ्नो कर्तव्य र जिम्मेवारीहरूसमेत पूरा नगरी भागेँ भने, ममा अलिकति पनि विवेक वा मानवता हुनेथिएन। के म एउटा विश्वासीका रूपमा गनिन लायक हुन्थेँ र? म परमेश्वरलाई धोका दिने यहूदाभन्दा केही फरक हुनेथिइनँ। यो विचार आएपछि, भागेर एउटा तुच्छ जीवनलाई निरन्तरता दिनुभन्दा बरु म पक्राउ पर्न र ठूलो रातो अजिङ्गरको हातबाट मर्न तयार हुनेछु भनेर मैले मनमनै अठोट गरेँ। म आफ्नो साक्षीमा दृढ रहनैपर्थ्यो, परमेश्वरलाई सन्तुष्ट पार्नैपर्थ्यो, र आफ्नो कर्तव्य पूरा गर्न मैले सम्पूर्ण प्रयास लगाउनैपर्थ्यो। त्यस साँझ मैले परमेश्वरका वचनहरूमा यो कुरा पढेँ: “मेरो योजनामा, शैतानले अहिलेसम्म नै पाइलैपिच्छे पछ्याउँदै आएको छ र यसले मेरो बुद्धिको प्रतिभारको रूपमा, मेरो मौलिक योजनालाई अवरोध गर्ने तरिका र माध्यमहरू पत्ता लगाउने कोसिस गर्दै आएको छ। तर के म त्यसका छली युक्तिहरूमा फस्न सकुँला र? स्वर्ग र पृथ्वीका यावत् थोकले मेरो सेवा गर्ने वस्तुका रूपमा कार्य गर्छन्; के शैतानका छली युक्तिहरू फरक हुन सक्लान् र? ठीक यहीँनेर नै मेरो बुद्धिले प्रतिच्छेदन गर्छ; मेरा कार्यहरूको अद्भुतता ठीक यही नै हो, र मेरो सम्पूर्ण व्यवस्थापन योजनाको सञ्चालन सिद्धान्त नै यही हो। राज्य निर्माणको युगमा, अझै पनि म शैतानको छली युक्तिहरूलाई पन्छाउँदिन, बरु मैले गर्नैपर्ने कार्यलाई जारी राख्छु। ब्रह्माण्ड र यावत् थोकहरूको माझमा, मैले शैतानका कार्यहरूलाई मेरो प्रतिभारका रूपमा छानेको छु। के यो मेरो बुद्धिको प्रदर्शन होइन र? मेरो कार्यका बारेमा रहेको अद्भुतता ठीक यही नै होइन र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय ८)। मैले परमेश्वरका वचनहरूमा उहाँको सर्वशक्तिमान्ता र बुद्धि देख्न सकेँ। ठूलो रातो अजिङ्गर परमेश्वरको शत्रु हो। यसले पागलपनका साथ इसाईहरूलाई पक्राउ गर्छ र सताउँछ, अनि मानवजातिलाई मुक्ति दिने परमेश्वरको कामलाई नष्ट गर्ने व्यर्थको आशा गर्दै परमेश्वरको काममा बाधा दिन्छ। तर ठूलो रातो अजिङ्गरका गिरफ्तारीहरू र सतावटले हामीलाई मानिसलाई हानि गर्ने र परमेश्वरको विरुद्धमा खडा हुने यसको दुष्ट सार खुट्याउने क्षमता विकास गर्न, अनि यसलाई हृदयदेखि नै घृणा गर्न र यससँगको सम्बन्धहरू तोड्न मद्दत गर्छ। यसका गिरफ्तारीहरू र सतावटले साँचो विश्वासीहरू र झूटा विश्वासीहरूलाई पनि प्रकट गरिदिन्छ, अनि भेडा र बाख्राहरूलाई, साथै गहुँ र सामाहरूलाई छुट्याउँछ। सङ्कष्टका बेला, केही मानिस यस्ता हुन्छन् जसले डर र कायरताको कारण आफ्नो कर्तव्य निर्वाह गर्दैनन् वा आस्था नै त्याग्छन्, अनि कोही यस्ता हुन्छन् जसले पक्राउ पर्दा यातना सहन नसकेर परमेश्वरलाई धोका दिन्छन् र यहूदा बन्छन्। तिनीहरू नै सामाका रूपमा प्रकट भएकाहरू हुन्, जसलाई बतासले उडाएर लैजानेछ। के यसले परमेश्वरको बुद्धि र धार्मिकता प्रकट गर्दैन र? त्यसले मलाई प्रभु येशूले भनेको कुराको याद दिलायो: “किनभने जसले आफ्नो जीवन बचाउनेछ उसले त्यो गुमाउनेछ: र जसले मेरा खातिर आफ्नो जीवन गुमाउनेछ त्यसले त्यो पाउनेछ” (मत्ती १६:२५)। मैले युगौँयुगदेखिका परमेश्वरको सुसमाचार प्रसार गर्ने क्रममा सहिद भएका सन्तहरूलाई सम्झिएँ। कोहीलाई उँधो मुन्टो पारेर क्रूसमा टाँगिएको थियो; कसैलाई घोडाले घिसारेर चारटुक्रा पारिएको थियो। तिनीहरू मरे पनि, तिनीहरूको मृत्युको अर्थ थियो। जबकि परमेश्वरलाई धोका दिएर यहूदा बन्नेहरू बाहिरबाट हेर्दा अझै जीवितै देखिए तापनि, तिनीहरूको हृदय अत्यन्तै पीडामा हुन्छ। तिनीहरू जिउँदो लास जस्तै हुन्, जो वर्णन गर्न नसकिने कष्टमा छन्। मरेपछि, तिनीहरूका आत्माहरू नरकमै जानेछन् र दण्डित हुनेछन्। मैले यस विषयलाई स्पष्ट रूपमा बुझेकी थिइनँ, र आफ्नो कर्तव्यबाट पन्छिएर लुक्न समेत चाहेकी थिएँ। यदि मैले कर्तव्यको बेवास्ताको कारण मण्डलीको काममा नोक्सानी पुर्याएँ भने, त्यो एउटा अपराध—एउटा अनन्त दाग हुनेथियो। यदि मैले आफ्नो जीवनको बलिदान दिन र आफ्नो कर्तव्यप्रति बफादार हुन सकेँ भने, म पक्राउ परेर कुटपिटबाट मारिएँ भने पनि, मैले परमेश्वरका लागि गवाही दिन र शैतानलाई लज्जित पार्न सक्थेँ। मेरो मृत्युको मूल्य र अर्थ हुनेथियो!
त्यसपछि मैले परमेश्वरका वचनहरू अझ धेरै पढेँ: “शैतान जतिसुकै ‘अत्यन्तै शक्तिशाली’ भए पनि, यो जतिसुकै दुस्साहसी र महत्त्वाकाङ्क्षी भए पनि, क्षति पुऱ्याउने यसको क्षमता जतिसुकै ठूलो भए पनि, मानिसलाई भ्रष्ट तुल्याउने र प्रलोभनमा पार्ने यसका सक्षमताहरूको दायरा जतिसुकै फराकिलो भए पनि, यसले मानिसलाई धम्काउने युक्ति र जालझेलहरू जतिसुकै चलाख भए पनि, वा यसको अस्तित्वका रूपहरू जतिसुकै विविध भए पनि, यसले कहिल्यै एउटै जीवित प्राणी सृष्टि गर्न, यावत् थोकको अस्तित्वका लागि व्यवस्था वा नियमहरू स्थापित गर्न, वा कुनै पनि सजीव वा निर्जीव वस्तुमाथि शासन गर्न वा सार्वभौमिकता राख्न सकेको छैन। ब्रह्माण्ड र आकाशभित्र, एउटा पनि व्यक्ति वा थोक छैन जुन यसद्वारा अस्तित्वमा ल्याइएको होस् वा यसको कारणले अस्तित्वमा रहेको होस्; यसको सार्वभौमिकता वा शासनअन्तर्गत एउटा पनि व्यक्ति वा थोक छैन। यसको विपरीत, यो परमेश्वरको प्रभुत्वअन्तर्गत अस्तित्वमा रहनुपर्ने मात्रै होइन, यसले परमेश्वरका सबै आज्ञा र आदेश पनि पालन गर्नैपर्छ। परमेश्वरको अनुमतिविना, शैतानले जमिनमा भएको एक थोपा पानी वा बालुवाको एक कणलाई सजिलै छुन समेत सक्दैन; परमेश्वरको अनुमतिविना, शैतानले जमिनमा भएका कमिलाहरूलाई समेत छेडछाड गर्न सक्दैन, परमेश्वरले सृष्टि गर्नुभएको मानवजातिको त कुरै छोडौँ। परमेश्वरको नजरमा, शैतान पहाडका लिलीहरू, हावामा उड्ने चराहरू, समुद्रका माछाहरू, र पृथ्वीका औँसाहरूभन्दा तुच्छ छ। यावत् थोकहरूमाझ यसको भूमिका भनेको यावत् थोकहरूको सेवा गर्नु, मानवजातिको सेवा गर्नु, र परमेश्वरको काम र उहाँको व्यवस्थापनको योजनाको सेवा गर्नु हो। यसको प्रकृति जतिसुकै दुर्भावपूर्ण भए पनि, र यसको सार जतिसुकै दुष्ट भए पनि, यसले गर्न सक्ने एउटै कुरा भनेको आज्ञाकारी भई आफ्नो कार्य पूरा गर्नु हो: परमेश्वरलाई सेवा प्रदान गर्नु—एक प्रतिभारका रूपमा राम्ररी सेवा गर्नु। शैतानको सार र मौलिक स्थान यही हो। जीवन, शक्ति, वा अख्तियारसँग यसको सारको कुनै सम्बन्ध छैन; यो परमेश्वरको हातमा भएको एउटा खेलौना मात्रै हो, परमेश्वरले सेवाका लागि प्रयोग गर्नुहुने एउटा यन्त्र मात्रै हो” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १)। परमेश्वरका वचनहरूमार्फत मैले उहाँको शक्ति र अख्तियार देख्न सकेँ। सम्पूर्ण कुरा, चाहे ती जीवित होऊन् वा मृत, परमेश्वरकै हातमा छन्। शैतानले परमेश्वरको कामका लागि सेवा पुर्याउँछ—यसले प्रतिभारका रूपमा काम गर्छ। ठूलो रातो अजिङ्गर जतिसुकै षडयन्त्रकारी भए पनि, र यसले जतिसुकै धेरै मानिस र कुराको शक्ति प्रयोग गरे तापनि, परमेश्वरको अनुमतिविना, यसले हाम्रो एउटा रौँसमेत छुन सक्दैन। मैले अय्यूबको अनुभव सम्झिएँ: परमेश्वरलाई इन्कार र अस्वीकार गराउन बाध्य पार्ने प्रयासमा शैतानले उनलाई आक्रमण गर्यो र चोट पुर्यायो। परमेश्वरले शैतानलाई अय्यूबमाथि नराम्रो व्यवहार गर्न त अनुमति दिनुभयो, तर अय्यूबको ज्यान खतरामा पार्न अनुमति दिनुभएन, र शैतानले परमेश्वरको आज्ञाको विरुद्धमा जाने आँट गरेन। मैले सङ्कटउपरान्तको काम सम्हालिरहँदा, म एकपछि अर्को खतरनाक परिस्थितिबाट सकुशल बाहिर निस्किएँ। त्यो पूर्ण रूपमा परमेश्वरकै हेरचाह र सुरक्षा थियो। यी सबै अनुभवहरूले मलाई परमेश्वरको सर्वशक्तिमान्ता र सार्वभौमिकता देखाएका थिए। यदि परमेश्वरले ठूलो रातो अजिङ्गरलाई मलाई पक्रन अनुमति दिनुभएन भने, यसले मलाई पक्रन सक्दैनथ्यो। यदि उहाँले मलाई पक्राउ गर्ने अनुमति दिनुभयो भने, म चाहेर पनि त्यसबाट उम्कन सक्दिनथेँ। यो कुराको बुझाइले मलाई आस्था दियो। म आफ्नो जीवन परमेश्वरका हातमा सुम्पन र उहाँका योजनाबद्ध कार्य तथा बन्दोबस्तहरूप्रति समर्पित हुन तयार रहेको महसुस गरेँ।
केही दिनपछि अगुवाहरूबाट एउटा पत्र आयो, जसमा प्रहरीले हाम्रो क्षेत्रमा गरेको धरपकडहरूको क्रममा पुस्तकहरू सुरक्षित राख्न प्रयोग गरिएका दुईवटा घरमा छापा मारिएको कुरा लेखिएको थियो। अब एउटा घर मात्र बाँकी थियो, र त्यहाँ भएका पुस्तकहरू तुरुन्तै सार्नुपर्ने थियो। पुस्तकहरूको रेखदेख गर्नेहरूलाई चिन्ने मबाहेक अरू सबै पक्राउ परिसकेका थिए, र म यस इलाका र मण्डलीका सदस्यहरूसँग अलि बढी परिचित भएको हुनाले, तिनीहरूले पुस्तकहरू सार्न मैले मद्दत गरूँ भन्ने चाहेका थिए। यस्तो परिस्थितिमा म जानु नै सबैभन्दा बेस हुन्छ, र यो म पन्छिन नमिल्ने जिम्मेवारी हो भन्ने मलाई राम्ररी थाहा थियो। तर अहिलेको अवस्था निकै प्रतिकूल थियो र ठूलो रातो अजिङ्गरले अझै पनि मानिसहरूलाई खेदिरहेको थियो। यदि म यस्तो समयमा गएँ भने, के मैले आफैलाई खतरामा पारिरहेकी हुनेथिइनँ र? मलाई अलि डर लाग्यो। तर यो परिस्थिति परमेश्वरकै हातमा छ, र यदि परमेश्वरले अनुमति दिनुभएन भने, ठूलो रातो अजिङ्गरले मलाई केही पनि गर्न सक्दैन भन्ने कुरा मैले सम्झिएँ। त्यसैले मैले जोखिम मोलेरै भए पनि गएर पुस्तकहरू सार्ने निर्णय गरेँ। मैले प्रार्थना गरेँ, “हे परमेश्वर! यो कर्तव्य मेरोसामु आएको छ, र म आफ्नो जिम्मेवारी पूरा गर्न तयार छु। अब जेसुकै भए पनि, म तपाईँका योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूप्रति समर्पित हुन तत्पर छु। यदि म पक्राउ परेँ भने पनि, यातना भोगेँ भने पनि, म फेरि कहिल्यै भगौडा बन्नेछैनँ। म तपाईँप्रति आफ्नो बफादारी अर्पण गर्नेछु, र शैतानलाई लज्जित पार्न आफ्नो साक्षीमा दृढ रहनेछु!” त्यसैले मैले सोधपुछ गरेँ, र पुस्तकहरू राखिएको घर फेला पारेँ। त्यहाँका ब्रदरले उहाँको घरमा सात-आठ जना प्रहरी पहिल्यै आइसकेका र पक्राउ गरेको कुरा बताउनुभयो। तिनीहरूले केही नभनी उहाँकी श्रीमतीलाई पक्राउ गरे, र उहाँहरूलाई २,००० युआन जरिवाना तिराए, तर त्यहाँ राखिएका पुस्तकहरू भने तिनीहरूले फेला पार्न सकेनन्—ती पुस्तकहरू जतिसक्दो चाँडो सार्नुपर्ने थियो। हामीले हतार-हतार पुस्तकहरू कारमा प्याक गर्यौँ। पूरै यात्राभरि, मेरो हृदयले एकछिन पनि परमेश्वरबाट विचलित हुने आँट गरेन। अन्ततः हामीले विना कुनै रोकावट पुस्तकहरूलाई सुरक्षित ठाउँमा पुर्यायौँ। मैले परमेश्वरलाई बारम्बार धन्यवाद दिएँ!
यो सम्पूर्ण अनुभवलाई फर्केर हेर्दा, मैले परमेश्वरको बुद्धि र सर्वशक्तिमान्ता देखेँ, साथै मेरो विश्वास कति सतही रहेछ भन्ने पनि देखेँ। ठूलो रातो अजिङ्गरको गिरफ्तारीहरू नभएको भए, मैले मेरो आफ्नै कदलाई स्पष्टसँग देख्न सक्ने थिइनँ, र विशेषगरी म मेरो स्वार्थीपन, घृणास्पदपन र मृत्युको डरलाई स्वीकार गर्नेथिइनँ, न त ममा परमेश्वरको सर्वशक्तिमान्ता र सार्वभौमिकताका बारेमा कुनै बुझाइ नै हुनेथियो। परमेश्वर साँच्चै नै हाम्रो साथमा हुनुहुन्छ, र हामी उहाँमा भर परुन्जेल उहाँले हामीलाई मार्गदर्शन गर्नुहुनेछ र हाम्रा लागि मार्ग खोलिदिनुहुनेछ भन्ने कुराको पनि मैले अनुभव गर्न पाएँ। यो बुझाइ एउटा शान्त वातावरणमा मैले कहिल्यै प्राप्त गर्न सक्नेथिइनँ।
यान झेन, चीनसन् २०२४ को अप्रिलमा, मलाई जिल्ला अगुवा चुनियो, र त्यतिबेला, मैले धेरै दबाब महसुस गरेँ। मलाई यो कर्तव्यको जिम्मेवारी भारी छ,...
जिङ्रु, चीनसन् २०१७ मा, मण्डलीमा सफाइको काम मेरो जिम्मामा थियो। जुलाई २ मा धेरै अगुवा र कामदारहरू अनि ब्रदर-सिस्टरहरू पक्राउ परे। त्यतिबेला...
ली जेन, चीनसन् २०२२ को अप्रिलमा, अगुवाहरूले मलाई मण्डलीमा शुद्धीकरणको काम गर्ने बन्दोबस्त मिलाउनुभयो। मैले यो काम पहिले कहिल्यै गरेकी थिइनँ...
छ्याओ मिन, चीनसन् २०२१ को जनवरीमा, झाङ फाङ र म दुवै जना मण्डली अगुवा बन्नका लागि छानियौँ। हामी बिहानदेखि राति अबेरसम्म मण्डलीमा व्यस्त...